एमाले बागमती संसदीय दलको नेतामा थपलिया सर्वसम्मत

NepalOne १४ पुष २०७९ १४:०६
प्रमुख खबर

हेटौँडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा एमाले संसदीय दलको कार्यालय हेटौँडामा बिहीवार बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

उहाँ चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित बन्नुभएको थियो । नेकपा एमालेको केन्द्रीय सदस्य रहनुभएका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत हुनुहुन्थ्यो ।


प्रतिक्रिया