सरुवा, बढुवाका लागि नेताको घर गए कारबाही गर्ने गृहमन्त्री लामिछानेको चेतवानी

प्रमुख खबर

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरुवा बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने चेतवानी दिएका छन् । गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिने चेतवानी दिएका हुन् ।
उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’
आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले भने, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’ उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताएका हुन् ।
प्रतिक्रिया
ताजा अपडेट