गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा सुनुवाइ हुँदै

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे शुक्रवार सर्वोच्च अदालतले संवैधानिक इजलासमा सुनुवाइ गर्ने भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

अमेरिकी ग्रिनकार्ड लिइसकेका व्यक्तिले नेपाली नागरिकता कायम राख्नु गैरकानूनी भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । यसअघि प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । नागरिकता विवादमा सर्वोच्चले पुस ६ गते अन्तरिम आदेश अस्वीकार गरेपछि रविले पुस ७ गते सांसदको शपथ र पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका थिए ।

Reporter