११ दिनपछि पुनः सञ्चालनमा आयो मनकामना केबलकार

११ दिनपछि पुनः सञ्चालनमा आयो मनकामना केबलकार

गोरखा ।  गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर सञ्चालनमा रहेको केबलकार ११ दिनपछि आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।

सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको हो । गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन् ।

यहीँ पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मङ्गलबारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो ।

Reporter