काठमाडौँको सामाखुशीमा आगलागी

NepalOne २२ पुष २०७९ २१:३५
समाचार

काठमाडौँ – काठमाडौँको सामाखुशीमा आगलागी भएको छ । शुक्रबार साझँ काठमाडौँको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पुगेको बताइएको छ ।


प्रतिक्रिया