नेपालमा चरा गणना सुरु, चराविज्ञ र संरक्षणकर्मी खटिने

59 Shares

काठमाडौं । राष्ट्रिय निकुञ्ज विभागको अगुवाइमा नेपालमा चरा गणना सुरु गरिएको छ । हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा आजदेखि चरा गणना गर्ने सुरु गरिएको हो ।

चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालका अनुसार, गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मी सहभागी हुनेछन् । तीन सातासम्म चरा गन्ने काम हुने छ ।

पछिल्लो तथ्याङ्कअनुसार, नेपालमा ८ सय ९२ प्रजातिका चरा छन्, जसमा दुई सय चरा पानीमा आश्रित छन् ।

सम्बन्धित समाचार

सबै