एयरहोस्टेस ओसिनले ५ महिना अघि मात्रै यती एयरलाइन्समा जागीर खाएकी थिइन्

NepalOne १ माघ २०७९ १७:४४
समाचार

काठमाडौं / यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने मध्ये एक थिइन् एयरहोस्टेस ओसिन आलेमगर । एयरहोस्टेस ओसिनले करिब ५ महिना अघि मात्रै यती एयरलाइन्समा जागीर खाएकी थिइन् ।

चितवन घर भएकी एयरहोस्टेस ओसिनले यती एयरलाइन्समा नाम निकालेपछि उनी निकै उत्साहित थिइन् । ओसिनले केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स पुरा गरेकी थिइन् । टिकटकमा समेत सक्रिय रहँदै आएकी ओसिनले कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् ।

आज यती एयरलाइन्सको विमान दुर्घटना हुँदा उनको उड्डयन यात्राले समेत विश्राम लिएको छ ।


प्रतिक्रिया