पोखरामा विमान दुर्घटनामा परी बाबु छोरीको मृत्यु, गाउँ नै शोकमा

NepalOne १ माघ २०७९ २०:०४
समाचार

काठमाडौं – पोखरामा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा पर्वतको कुश्माका बाबु छोरी पनि परेका छन् । मृत्यु हुनेमा कुश्मा नगरपालिका९ ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेल रहेका छन् ।

काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जाडो बिदा मनाउन जन्मघर पर्वत जानेक्रममा दुर्घटनामा परेकी हुन् । बाबुछोरीको मृत्युले गाउँ नै शोकमा डुबेको छ । मृतक पौडेल ९ वर्ष कोरियामा बसेर नेपाल फर्केका थिए ।


प्रतिक्रिया