एक बर्षअघि विवाह गरेर अमेरिका गएका पतिलाई लिन काठमाडौँ पुगेकी थिइन् आशिका, यती एयरमा दुवै एकसाथ अस्ताए

NepalOne १ माघ २०७९ २०:१८
प्रमुख खबर

काठमाडौं – पोखरामा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा अमेरिकाबाट शनिबार काठमाडौँ झरेका राजन सापकोटा पनि परेका छन्् । पोखराको हेमजा हनुमान चोकका राजनको घरमा आज बिहानैदेखि खुसियाली थियो । अमेरिकाबाट आउँदै गरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा पर्यो ।

तर बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार एकाएक शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस भइन् । छिमेकीका आँखा पनि रसाए । सापकोटा डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका थिए । उनले गर्त वर्ष बिहे गरेका थिए ।


प्रतिक्रिया