विमान दुर्घटना : पहिचान नभएका शव हेलिकप्टरबाट काठमाडौँ लगिदै

समाचार

काठमाडौं – आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि देश नै शोकमा डुबेको छ । विमानमा सवार ७२ जना मध्ये हालसम्म ७० जनाको शव फेला परिसकेको छ । विमान दुर्घटनामा ज्यान गुमाई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज हेलिकप्टरबाट काठमाडों लगिदैछ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने भएको हो ।
प्रतिक्रिया
ताजा अपडेट