यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट केसीको शालिक निर्माण गरिने

NepalOne ४ माघ २०७९ ९:०८
समाचार

काठमाडौं – आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले पायलट केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने भएको हो ।

केसी रुपा गाउँपालिका–३ पोल्याङका हुन् । उनलाई सोही गाउँपालिकाले २०७८ सालमा रुपारत्न सम्मानबाट समेत गरेको थियो । अमेरिकाबाट पाइलट कोर्स पढेर आएका केसी ले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुवात गरेका थिए ।


प्रतिक्रिया