अमेरिकामा पहिलो अश्वेत राष्ट्रपतिदेखि इरान बन्धक अन्त्य

आज २० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति
सन् २००९ मा अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको सपथ लिएका थिए । अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन् ।

इरान बन्धक अन्त्य
इरानले बन्धक बनाएर राखेका दर्जनौं अमेरिकी नागरिकलाई महिनौंपछि सन् १९८१ को २० जनवरीमा रिहा गरिएको थियो । मुस्लिमहरुको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो ।

बंगलादेश स्वतन्त्र युद्धको बिजारोपण
सन् १९६९ मा एक पाकिस्ताका एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वीपाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो । २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो ।

अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति
सन् २०२१ को २० जनवरीमा कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन् । डेमोक्रयाटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन् ।
५६ वर्षीय ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन् ।

nepal one