कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

काठमाडौं – कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ । गत पुस १५ गते बिहान कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल आगलागी भएको थियो । सोही आगलागीमा पाण्डे पनि परेका थिए ।

आगलागी भएपछि ज्यान जोगाउन उनी होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट हामफालेका थिए । र उनको ज्यान गएको थियो ।

कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलो भएको थियो । तर शवको प्रक्रियाको लागि नेपालबाट कागजात पठाएपछि शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याइने भएको हो ।

nepal one