प्रचण्ड र ओलीबीच भेटवार्ता, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन विषयमा छलफल

प्रचण्ड र ओलीबीच भेटवार्ता, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा भेटवार्ता भएको हो ।

प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् । दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि बुधबार सत्तारुढ दलको तर्फबाट एमालेले कुमार दसौदी र नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन् ।

Reporter