सुरेन्द्र भण्डारीको जवाफी बहस : ‘रवि लामिछानेले नागरिकता त्यागेको राज्यलाई थाहा छैन्’

NepalOne १३ माघ २०७९ १५:१३
प्रमुख खबर

काठमाडौं । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका छन् । उनले संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेले नेपाली राज्यलाई अमेरिकी नागरिकता त्याग्न लागेको सूचना दिए पनि अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताएका हुन् ।

भण्डारीले भने, कानुन मिच्ने प्रवृत्ति उहाँमा पहिलेदेखि नै थियो । पारिवारिक भिसामा नेपालमा आएर उहाँले काम गर्नुभयो । त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’

उनले लामिछाने नेपाल राज्यप्रति इमानदार नभएको पनि दाबी समेत गरेका छन् । लामिछानेले अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता खारेज भएकाले फेरि नागरिकता लिन प्रक्रियामा जानुपर्ने बताए । अमेरिकी नागरिकका रूपमा नेपाल आएर लामिछानेले श्रम स्वीकृति नलिइकनै काम गरेको उल्लेख गर्दै भण्डारीले कानुन नमान्ने लामिछानेको प्रवृत्ति रहेको बताएका छन् । उनले अहिलेसम्म रविले नागरिकता त्यागेको राज्यलाई थाहा नभएको पनि जिकिर गरे ।

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गरेको हो । लामिछानेका वकिलहरूको बहस सकिएपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए ।


प्रतिक्रिया