भक्तपुरबाट १७ वर्षपछि पक्राउ परे दुई अभियुक्त

NepalOne १५ माघ २०७९ १६:२७
प्रशासन

भक्तपुर / भक्तपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

३० माघ २०६२ मा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ (साविक ताथली गा.बि.स. -८)  ताथलीमा रहेको गणेश ईट्टा भट्टामा काम गर्ने रोल्पाका ४१ वर्षीय कृष्ण योगीको हत्या गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काभ्रे मण्डनदेउपुर नगरपालिका– १ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षका बहादुर तामाङलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रहरी वृत्त जगातीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।


प्रतिक्रिया