सरकारी विभेदविरुद्ध उद्योगी व्यवसायीहरूले गरे काठमाडौँमा प्रदर्शन

NepalOne १६ माघ २०७९ १३:३८
प्रशासन

काठमाडौँ / सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अगुवाइमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तीय संस्थाहरूले आतङ्क विरुद्ध व्यवसायीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले व्यावसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देऊ, उद्योग व्यापार बचाऊँ, राष्ट्रिय अर्थतन्त्र उठाऊ, बैङ्किङ आतङ्क बन्द गर, बैङ्किङ ब्याजदर १ अङ्कमा ल्याऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरूले सहज रूपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैङ्कहरू सधैँ नाफामा हुने तर आफूहरू भने सधैँ घाटामा गएको गुनासो उनीहरूले गरेका छन् ।


प्रतिक्रिया