नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा, सबैभन्दा बढी भ्रष्ट मुलुक अफगानिस्तान


काठमाडौं । भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा नेपाल ११०औं स्थानमा परेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक २०२२ मा १०० मा ३४ अंक पाएर नेपाल ११०औँ स्थानमा परेको हो ।
यो वर्ष नेपाल गत वर्षको तुलनामा ७ स्थान तल झरेको छ । पछिल्लो २ वर्ष नेपाल ११७औँ स्थानमा थियो । गत वर्ष नेपालले ३३ अंक पाएको थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानले ६८ अंक पाएर २५ औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ ।
ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंक सहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । सोमालिया १२अंक सहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।