शनिबार सरकारी डाटा सेन्टरमा भएको साइबर आक्रमण इजरायल र फ्रान्सबाट

प्रशासन

काठमाडौं / शनिबार सरकारी डाटा सेन्टरमा भएको साइबर आक्रमण इजरायल र फ्रान्सलगायतका देशबाट भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार लग विश्लेषण गर्दा ती देशबाट धेरै ट्राफिक आएको पाइएको बताउनुभयो ।
आक्रमणको कारण भने खुल्न नसकेको भन्दै उहाँले थप जाँचबुझ भइरहेको बताउनभुयो । सेवा प्रवाह अवरुद्ध गर्ने उद्देश्यले हुने आक्रमणलाई ‘डक अट्याक’ भनिन्छ । कुनै सर्भरमा भाइरसमार्फत अत्यधिक ट्राफिक प्रवाह गरेर सर्भर नचल्ने बनाइन्छ । तर, यस्तो आक्रमणमा डाटा भने सुरक्षित हुन्छन् ।
पैसा माग्न, कुनै सिस्टम कमजोर देखाउन तथा कुनै प्रतिशोध साध्न पनि साइबर दुनियाँमा यस्ता आक्रमण हुने गरेको पाइन्छ । शनिबारको आक्रमणमा डाटा ह्याकिङ नभएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट