‘मुद्दा सिद्धिएको छैन, रास्वपाले अझै धैर्यता राख्नुपर्छ’ : उपाध्यक्ष महरा

‘मुद्दा सिद्धिएको छैन,  रास्वपाले अझै धैर्यता राख्नुपर्छ’ : उपाध्यक्ष महरा

काठमाडौं – माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएका छन् । स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी गराउँने क्रममा प्रवक्ता कृष्णबहादुर महराले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्नुपर्ने बताएका हुन् ।

महराले भने, हाम्रो धारणा हिजो नै भनिसके रास्वपाले अझै धैर्यता राख्नुपर्छ । उसको मुद्दाकोको पूर्णपाठ आएको छैन । मुद्दा सिद्धिएको पनि छैन । मन्त्रीमण्डलमा के गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । त्यसकारण त्यो बिषय हाम्रोलाई चर्चाको होइन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तरमाओवादीले यसअघि नै रवि लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नभएसम्म गृहमन्त्रालयबारे कुनै निर्णय नगर्ने बताइसकेको छ । रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ र उसको बिहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।

nepal one