सीआईबीले बुझायो स्पट फिक्सिङ सम्बन्धीको अनुसन्धान प्रतिवेदन

NepalOne ३ फागुन २०७९ १३:४२
खेलकुद

काठमाडौं । नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो सीआईबीले स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

१० जनालाई प्रतिवादी बनाइएको र उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस पनि गरेको बताइएको छ ।

नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया