डीआईजी अशोक सिंहद्वारा राजीनामा

NepalOne १० फागुन २०७९ १४:५९
प्रशासन

काठमाडौं –  डीआईजी अशोक सिंहले राजीनामा दिनुभएको छ । आज दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उहाँले राजीनामा बुझाउनु भएको हो ।

उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा दिनुभएको हो । उहाँले केहीबेरअघि राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ।  

राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेट्नुभएको थियो । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गर्नुभएको थियो ।

सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ । 


प्रतिक्रिया