पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

NepalOne १२ फागुन २०७९ ११:३३
प्रशासन

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय बिशाल सिटौला रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 

दुर्घटनालगतै चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्योलय पथरीले जानकारी दिएको छ । 
 


प्रतिक्रिया