यू१९ विश्वकप छनोट : नेपालद्धारा यूएईलाई १ सय ९२ रनको चुनौती

खेलकुद

काठमाडौँ / आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले युएईलाई १९२ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ५८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो।
यू-१९ विश्वकपमा छनोट हुनका लागि निर्णायक खेलमा नेपालले अब १९१ रन डिफेण्ड गर्नुपर्नेछ । खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनाले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।
प्रतिक्रिया
ताजा अपडेट