नेपाल टस हारेर फिल्डिङमा

NepalOne १९ फागुन २०७९ ११:४५
खेलकुद


काठमाडौँ /
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीले नेपालईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । सातपटक आमनेसामने हुँदा नेपाल र पीएनजी एकदिवसीय क्रिकेटमा पाँच खेल नेपालले र दुई खेल पीएनजीले जितेको छ।

यूएईसँग बिहीवारको खेलमा पराजय भएपछि नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने छ । आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने


प्रतिक्रिया