नेपालको तर्फबाट सन्दीप लामिछानेले दिलाए पहिलो विकेट

खेलकुद

काठमाडौं / आईसीसी विश्वकप लिग–२ अन्तर्गत सन्दीप लामिछानेले पपुवा न्युगिनीविरुद्ध पहिलो विकेट निकालेका छन् ।पपुवा न्युगिनीले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
सन्दीपले ११ औं ओभरको तेस्रो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् ।
बिहीवारको खेलमा पराजय भएपछि नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने छ । आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ ।
प्रतिक्रिया
ताजा अपडेट