कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला, कसैको दोष नभएर समयको दोष थियो – पल शाह

कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला, कसैको दोष नभएर समयको दोष थियो – पल शाह

काठमाडौँ । अभिनेता पल शाहले कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा होलीको अवसरमा शुभकामना व्यक्त गर्दै अभिनेता शाहले बितेको एक वर्षलाई आफूले सिकाईको उर्बर समयको रुपमा लिएको भन्दै कसैलाई गाली नगर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन् – ‘नमस्कार सबैजनालाई ????सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य। साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ। र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस ।’

‘त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। ???? रङ्गिन र सुखमय होस जीवन! होलीको शुभकामना सम्पुर्णमा !❤️’

nepal one