पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि मुगुमा दीपावली

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि मुगुमा दीपावली

मुगु, २५ फागुन – मुलुकमा तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि कर्णाली प्रदेशको मुगु जिल्लामा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल मुगु र नेपाल विद्यार्थी संघ मुगुले बिहीबार साँझ सदरमुकाम गमगढी बजारको कृष्ण चोकमा नव निर्वाचित राष्ट्रपति पौडयालको खुसिमा दीप प्रज्वलन गरिएको हो ।  

नेपाली कांग्रेसको नेताले राष्ट्रपति पाएपछि दीप प्रज्वलन गर्नुका साथै खुसि साटासाट गरेको नेपाल विद्यार्थी संघ मुगुका सभापति सोविन्द्र बहादुर मल्लले बताए ।

पौडेल १६ वर्ष हुँदादेखि राजनीतिमा प्रवेश गरेका थिए । पौडेल ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै गणतन्त्र नेपाललको तेस्रो राष्ट्रपति बन्न पुगेका छन् । पौडेलले आजसम्म गरेको राजनीतिको फल पाएको उनले बताए । उनले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति हुँदा मलाई धेरै खुसी लागेको छ । 

nepal one