ए डिभिजनका आज तीनवटा खेलः दुईवटा रंगशालामा, एउटा च्यासलमा हुदैँ

NepalOne २७ फागुन २०७९ ११:०१
खेलकुद

काठमाडौं / शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदै छ। 

तेस्रो चरणअन्तर्गत शनिबार च्यासल रंगशालामा एउटा र दशरथ रंगाशालामा दुईवटा गरी तीनवटा खेल हुन लागेको हो।

दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ भने  साढे २ बजे नै सोही समयमा दशरथ रंगशालामा एपीएफ क्लब र जावलाखेल भिड्ने छन्। 

यता, साढे ५ बजे दशरथ रंगशालामै हुने अर्को खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया