जवान देखिन प्लास्टिक सर्जरी गरेका थिए सलमानले

काठमाडौं – आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्युटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।

यो सूचीमा सलमान खानको नाममा पनि पर्छ । भलै सलमानले हालसम्म विवाह गरेका छैनन्, तर आफूलाई जवान र हेन्डसम देखाउन कुनै कसर बाँकी राखेका छैनन् । सलमानले हेयर ट्रान्सप्लान्टसँगै बोटक्स र चिक फिलर्स पनि गराएका छन् ।

nepal one