आज गृह जिल्ला झापा जाँदै एमाले अध्यक्ष ओली

आज गृह जिल्ला झापा जाँदै एमाले अध्यक्ष ओली

काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । अध्यक्ष ओली आज दिउसो १ः०० बजे भद्रपुर हुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले कोसी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अध्यक्ष ओलीले भोलि (शुक्रवार) मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेको ४३ वटा आवास भवनको  एकै पटक उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौँ फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको हालसम्मको अवस्थाका बारेमा पनि अध्यक्ष ओलीले जानकारी गराउनुहुनेछ । 

यसैगरी झापा सञ्चालन भइरहेको ग्रासरुट अभियानको बारेमा पनि नेताहरू जानकारी गराउने तयारी गरेका छन् । 

nepalone