२२ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ

अपराध

तेह्रथुम / २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना जेष्ठ नागरिक समातिएका छन् ।
तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका ६२ वर्षीय गोपाल गुरुङलाई बलात्कार अभियोगमा प्रहरीले आज पक्राउ गरेको हो । गुरूङले ती युवतीलाई ललाई फकाई गत भदौदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले गुरुङलाई समातेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट