बालिका बलात्कार आराेपमा एकजना पक्राउ

NepalOne १८ वैशाख २०८० १७:५२
अपराध

काठमाडौं / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका-८ छैमले घर भएका ३७ वर्षीय पूर्ण बहादुर बलामीलाई प्रहरीले पक्राउ गरेको छ । 

बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


प्रतिक्रिया