स्वर्णिम वाग्लेको प्रश्न : बजेट निर्माण गर्दा अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

स्वर्णिम वाग्लेको प्रश्न : बजेट निर्माण गर्दा अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले बजेट निर्माण गर्दा अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन भन्दै प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले आफूहरुलाई झस्काएको र यस विषयको बारेमा अर्थमन्त्रीले जवाफ दिनु पर्ने बताएका हुन् ।

यसबारे आफ्नो दलले प्रारम्भिक छानबिन गर्दा एचएस कोडका विज्ञलाई सहभागी गराएको भन्दै पनि आएको भन्दै उनले अर्थमन्त्रीलाई तीन प्रश्न गरे ।

पहिलो : यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

दोस्रो : एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रक्रिया पुर्‍याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?

र, तेस्रो : ३ करोड जनसंख्या भएको देशमा ३०/३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?

nepalone