`

यस्तो छ प्रदेशको बजेट

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् । प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आगामी आर्थिक बर्षको लागि आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गरेका हुन् ।

केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार प्रदेश सरकारहरुले बजेट ल्याएका हुन् ।

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेशसभामा पेस गरेको बजेटमध्ये आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ ४२ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ अर्थात् ६१ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेका हुन् । यसपटकको बजेटमा पूँजीगत खर्चलाई उच्च प्राथमिकता दिइएको छ ।

बजेट खर्चका लागि स्रोत व्यवस्थापनतर्फ सरकारले कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। त्यसका साथै अन्य आन्तरिक स्रोतबाट ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ उठाउने अनुमान गरिएको छ। संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँट, समानीकरण अनुदान, सशर्त अनुदान, विशेष तथा पूरक अनुदान) मद्दतबाट ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । यसैगरी, अघिल्लो वर्षको बचत तथा संचित कोण लगायत विविध स्रोतबाट १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ खर्च धानिने प्रदेश सरकारको भनाइ छ ।

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%), पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।

पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ । यस्तै, समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड अनुमान छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेको छ ।

प्रदेशमै लाइसेन्स छपाई गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेटमा कृषि मन्त्रालयलाई २ अर्ब ८ करोड, उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लख, वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ६ करोड, सामाजिक विकास तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३९ करोड, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ३२ करोड, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्ब ९८ करोड, उर्जा, जलस्रोत तथा खानेपानीलाई ३ अर्ब ८८ करोड छुट्याएको छ ।

मधेस सरकारले ल्यायो ४६ अर्ब ९८ करोडको बजेट
जनकपुरधाम । मधेस सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि लागि बजेट प्रस्तुत गरेको छ । आइतबार प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ३५.८९ प्रतिशत अर्थात १६ अर्ब ७२ करोड ५ लाख १७ हजार चालु तर्फ बजेट विनिजयोजन गरेको छ । पूजिगत तर्फ ६४.११ प्रतिशत अर्थात ३० अर्ब २६ करोड २८ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरी कुल १२ अर्ब ७३ करोड ६४ लाख , संघिय राजश्य बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख, गत आवको मौज्दातबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार व्यहोर्दा २ अर्ब न्युन रह्नेछ । सो रकम आन्तरिक ऋणबाट जुटाइने छ ।

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्री रानामगरले बजेट समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको बताए ।

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको रानाले बताए । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख रहेको छ ।

यस्तै समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख खर्च ६ लाख रुपैयाँ खर्च व्यहोरिने आर्थिक मामिला तथा योजनामन्त्री मगरले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ८३ करोड ८२ लाख छ हजार रहेको जानकारी दिए ।

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ रु एक करोड विनियोजन गरिएको छ । विनियोजित कुल बजेटको चालुतर्फ ३० दशमलब ४९ प्रतिशत, पुँजीगततर्फ ५९ दशमलब २५ प्रतिशत हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड, नेपाल सरकारवाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु नौ अर्ब ८७ करोड २५ लाख अनुमान गरिएको छ ।

यसैगरी, सङ्घीय रोयल्टी बाँडफाँडबापत प्राप्त हुने रु आठ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु चार अर्ब १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ५१ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्यायो करिव ३९ अर्बको बजेट

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जसमा चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् । यो बजेट गत वर्षको हाराहारी कै छ ।

वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ को लागि ३८ अर्ब ९७ करोडको ल्याएको थियो । लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी : खुसी नागरिकको दीर्घकालिन आकांक्षा हासिल गर्ने संकल्प गरेको छ ।

जसअन्तर्गत कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, उद्यमशीलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना गर्दै आर्थिक असमानता र गरिबी न्यूनिकरणमा सहयोग पुग्नेगरी बजेटले प्राथमिकतामा राखेको छ ।

उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न गरिबी न्यूनीकरण तथा आर्थिक असानता घटाउने गरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गरिएको जनाइएको छ ।

 

बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका हुन्छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रममा मन्त्री भण्डारीले नेपाली भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानले पु¥याउँदै आएको भूमिका प्रशंसनीय रहेको बताए ।

उनले भने, ‘देशको समग्र विकास र समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो हुन् । भौतिक पूर्वाधारको विकास मात्रले समृद्धि हासिल हुँदैन, साँचो समृद्धि त मौलिकता, पहिचान र सिर्जनशीलताको संरक्षणबाट सम्भव हुन्छ ।’

मन्त्री भण्डारीले नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझ सशक्त, समावेशी र यथार्थपरक संस्थाको रूपमा अगाडि बढाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत स्पष्ट गरे ।

उनले साहित्य, कला र संस्कृतिको विकास र संरक्षणलाई राष्ट्रिय गौरव र कर्तव्यको रूपमा लिनु पर्ने आवश्यकता औंल्याउँदै भने, ‘हामी जतिसुकै प्रविधिमा अघि बढे पनि सांस्कृतिक मूल्य र राष्ट्रिय चेतनाको संरक्षणबिना त्यो विकास दीगो हुन सक्दैन ।’

कार्यक्रममा उनले सिर्जनात्मक साहित्य, मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सबै सरोकारवालाहरूबीच सहकार्यको खाँचो औँल्याए ।

‘हामीले आत्मगौरवका लागि हाम्रो पहिचान बोकेको संस्कृति, भाषा र कला जोगाउनैपर्छ,’ उनले भने । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङठनद्वारा प्रतिष्ठानमा योगदान पुर्याएका अग्रज साहित्यकारहरूलाई सम्मान गरिएको थियो । साथै, नेपाली भाषा र संस्कृतिका समसामयिक चुनौतीहरू, नीति निर्माणको प्रभाव, सृजनात्मक स्वतन्त्रता, र भावी पुस्तामा यसको प्रभावबारे गम्भीर विमर्श गरिएको थियो ।

गोष्ठीमा विशिष्ट साहित्यकार, प्राज्ञिक व्यक्तित्व, कलाकार, सरकारी अधिकारीहरू तथा युवा सर्जकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागितामार्फत अनुभवी तथा नयाँ पुस्ताबीच सर्जनात्मक विचार आदानप्रदान भएको आयोजकहरूले जनाएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना पश्चात् ६८ वर्षको यात्रामा संस्थाले नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई प्रवद्र्धन गर्नमा खेलेको भूमिकालाई बहसको केन्द्रबिन्दु बनाइएको थियो ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरू सँग छलफल गरेका छन् । वर्षायाम सुरु भएसँगै देशका विभिन्न ठाउँहरूमा हुनसक्ने प्राकृतिक प्रकोपका घटनाहरूको प्रतिकार्य र त्यस समयमा उपभोग्य सामग्रीको अभाव नहोस् भनी तयारी गर्नका लागि उक्त छलफल गरिएको हो ।

छलफलका क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र नेपाल आयल निगम लिमिटेडले अत्यावश्यक सामग्रीको अभाव नहुने बताएका छन् । यी निकायहरूबाट अनिवार्य उपलब्ध हुनुपर्ने चामल, नुन, ग्यास तथा पेट्रोलियम पदार्थको पर्याप्तता रहेको जनाएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराउन सक्ने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । उनले देशैभरी रहेका सबै गोदामहरुमा सामग्री राखिएकोले मनसुनको समयमा यातायात अवरुद्ध हुने अवस्था आएपनि सामानहरु उपलब्ध गराउने सक्ने बताए ।

साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पनि अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइन् भने आयल निगमबाट उपलब्ध हुने सेवाहरू वर्षा याममा अभाव नहुने निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहको भनाई छ ।
यसैगरी निजी क्षेत्रका प्रतिनिधिहरूले समेत आफूहरूले उपलब्ध गराउने सेवाहरूमा कमी आउन नदिने जनाएका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले प्रदेश तथा जिल्ला स्तरका सबै समितिहरूलाई मनसुनको समयमा उपभोग्य बस्तुहरूको अभाव हुन नदिन पत्राचार गर्ने बताए ।

यस सन्दर्भमा मन्त्री भण्डारीले निजी क्षेत्रका व्यवसायीहरूलाई समस्यामा परेका नागरिकलाई सहयोग गर्न आग्रह गरे । निजी क्षेत्रसँग भएको कोषको उचित परिचालन गर्न आग्रह गर्दै उनले सेवाको भावना दर्साउन आग्रह गरे ।

छलफलमा सहभागी नेपाल उद्योग, वाणिज्य महासङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले मनसुन पूर्व तयारी तथा प्रतिकायमा आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् । मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले प्रकोप तथा विपदजन्य गतिविधिको मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जसमा चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् । यो बजेट गत वर्षको हाराहारी कै छ ।

वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ को लागि ३८ अर्ब ९७ करोडको ल्याएको थियो । लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी : खुसी नागरिकको दीर्घकालिन आकांक्षा हासिल गर्ने संकल्प गरेको छ ।

जसअन्तर्गत कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, उद्यमशीलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना गर्दै आर्थिक असमानता र गरिबी न्यूनिकरणमा सहयोग पुग्नेगरी बजेटले प्राथमिकतामा राखेको छ ।

उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न गरिबी न्यूनीकरण तथा आर्थिक असानता घटाउने गरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गरिएको जनाइएको छ ।

रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सामा मुद्दा दर्ता

वीरगंज । वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको हो । प्रहरीले करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

लामिछानेले सहकारी संस्थाबाट १ करोड ५० लाख रुपैयाँ व्यक्तिगत ऋण लिएको अभियोजन पत्रमा उल्लेख छ । लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ । लामिछाने र जोशी हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन् । सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ ।

सानो पाइला सहकारीले ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिन राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न इजरायल र कतारका लागि नेपाली राजदूतलाई निर्देशन दिएकी छन् ।

इजरायल र कतारका लागि नेपाली राजदूतलाई आइतबार टेलिफोन गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न उनले निर्देशन दिएकी हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ ।’

हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपाली रहेको तथा उनीहरू सबैजना सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा इजरायलको आक्रमण इरानभन्दा बाहिर युद्ध विस्तार गर्ने प्रयास भएको बताएका छन् ।

‘द्वन्द्वलाई फारसी खाडी क्षेत्रमा तान्नु एउटा ठूलो रणनीतिक गल्ती हो, सम्भवतः जानाजानी र युद्धलाई इरानी क्षेत्रभन्दा बाहिर विस्तार गर्ने उद्देश्यले गरिएको हो’, विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा अराघचीले भने ।

उनले इरानको दक्षिणी बुसेहर प्रान्त नजिकै समुद्री क्षेत्रमा अवस्थित दक्षिण पार्समा सञ्चालित एक केन्द्रमा भएको आक्रमणलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । यो क्षेत्रले इरानको घरेलु प्राकृतिक ग्यासको करिब ७० प्रतिशत आपूर्ति गर्दछ ।

साउथ पार्स/नर्थ डोम मेगा–फिल्ड विश्वको सबैभन्दा ठूलो ज्ञात ग्यास भण्डार हो । यो विशाल क्षेत्र ऊर्जा दिग्गज कतारसँग साझा गर्ने इरानले सन् १९९० को दशकको अन्त्यदेखि आफ्नो भागको विकास गर्दै आएको छ ।

इरानी सञ्चारमाध्यमले शनिबार इजरायली ड्रोनले साउथ पार्स फेज १४ को एउटा सुविधालाई लक्षित गरेपछि ‘ठूलो विस्फोट’ र आगलागी भएको रिपोर्ट गरेको थियो ।

अराघचीले आक्रमणलाई ‘एक अत्यन्त खतरनाक कदम’ भनेर वर्णन गर्दै खाडीमा कुनै पनि सैन्य गतिविधिमा ‘सम्पूर्ण क्षेत्र–र सम्भवतः सम्पूर्ण विश्व संलग्न हुनसक्छ’ भनी जोड दिए ।

शुक्रबार इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण गरेको थियो जसमा शीर्ष सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरू मारिए र देशभरका सैन्य आधारहरू, आणविक स्थलहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरियो ।

त्यसपछि इरानले इजरायलमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको छ । आइतबार राति कम्तीमा १० इजरायलीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् ।

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी दोषी ठहरिएपछि खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ अनर (देशको सर्वोच्च उपाधि) खोसिएको छ ।

सन् २०१२ को राष्ट्रपति चुनावमा एक पाँच वर्षको कार्यकाल पूरा गरेपछि पराजित भएदेखि उनी कानूनी समस्याहरूले घेरिएका छन् ।

७० वर्षीय सार्कोजीले गत महिनासम्म इलेक्ट्रोनिक एङ्कल ट्याग लगाएका थिए । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालतले गत डिसेम्बरमा न्यायाधीशबाट अवैध रूपमा अनुग्रह प्राप्त गर्ने प्रयास गरेकामा उनको सजायलाई सदर गरेको थियो ।

लिजन अफ अनरको संहिताअनुसार फ्रान्सको शीर्ष राज्य पुरस्कार एक वर्ष वा सोभन्दा बढी कैदको सजाय पाएको व्यक्तिलाई यो आदेशबाट बाहिर राखिएको छ ।

तर फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अप्रिलमा यस्तो कदमको विरुद्धमा तर्क गर्दै घोटालाले ग्रस्त सार्कोजी निर्वाचित भएको र ‘पूर्व राष्ट्रपतिहरूलाई सम्मान गर्नु धेरै महत्त्वपूर्ण’ भएको बताएका थिए ।
कानूनी समस्याहरूका बावजुद सार्कोजी दक्षिणपन्थमा प्रभावशाली व्यक्तित्व बनेका छन् र राष्ट्राध्यक्षसँग नियमित रूपमा सामाजिक रूपमा परिचित छन् ।

नाजी सहयोगी फिलिप पेटाइनपछि सार्कोजी यो पुरस्कारबाट वञ्चित हुने दोस्रो पूर्व राष्ट्रप्रमुख बनेका छन् । पेटाइनलाई सन् १९४५ अगस्टमा राजद्रोह र शत्रुसँग षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

यो सम्मानबाट वञ्चित हुनेहरूमा सिरियाका पूर्वराष्ट्रपति बशर अल–असद, डोपिङ घोटालामा फसेका साइकल खेलाडी लान्स आर्मस्ट्रङ र चलचित्र व्यवसायी हार्वे वाइन्स्टाइन पनि छन् । वाइन्स्टाइनको महिलाहरूसँगको व्यवहारले यौन हिंसाविरुद्धको मि टु आन्दोलनको सुरुवात गरेको थियो ।

इलेक्ट्रोनिक ट्याग यस महिना हटाइएका सार्कोजीले दोषसिद्धिविरुद्ध आफ्नो बचाउमा युरोपेली मानवअधिकार अदालतमा (इसिएचआर) पुनरावेदनको आफ्नो अन्तिम बाँकी कानूनी विकल्प प्रयोग गरिरहेका छन् ।

सार्कोजीका वकिल प्याट्रिस स्पिनोसीले पूर्वराष्ट्रपतिले लिजन अफ अनरबाट वञ्चित गर्ने निर्णयलाई ‘स्वीकार गर्नुभएको’ तर इसिएचआरमा दायर गरिएको निवेदन ‘अझै विचाराधीन’ बताए ।

“फ्रान्स विरुद्धको कुनै पनि इसिएचआरको फैसलाले (सार्कोजी) विरुद्धको आपराधिक सजायको समीक्षा गर्ने साथै लिजन अफ अनरको आदेशबाट उहाँको बहिष्करणको पुनरावलोकन गर्न आवश्यक हुनेछ”, स्पिनोसीले भने ।

सार्कोजीले हाल लिबियाका दिवङ्गत तानाशाह मोआमर गद्दाफीसँगको कथित सम्झौतामा अवैध अभियान वित्तपोषण स्वीकार गरेको आरोपमा छुट्टै मुद्दाको सामना गरिरहेका छन् ।

अदालतले सेप्टेम्बरमा फैसला सुनाउने छ जहाँ अभियोजकहरूले सार्कोजीका लागि सात वर्षको जेल सजायको माग गरेका छन् । सार्कोजीले आरोपलाई अस्वीकार गरेका छन् ।

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्री रानामगरले बजेट समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको बताए ।

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको रानाले बताए । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख रहेको छ ।

यस्तै समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख खर्च ६ लाख रुपैयाँ खर्च व्यहोरिने आर्थिक मामिला तथा योजनामन्त्री मगरले बताए ।

sp;

उखु उत्पादक किसानलाई एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले उखु उत्पादक किसानलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षको अनुदान करिब एक अर्ब ६० करोड किसानलाई यथाशीघ्र भुक्तानी गर्नुपर्ने माग गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक किसानहरुको वक्यौता रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने, धान र मकैका लागि अति आवश्यक रहेको रासायनिक मलको पर्याप्त उपलब्धताको सुनिश्चितता गर्नुपर्ने समेत माग गरेका हुन् ।

‘राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिले, विसं २०७९ साउन १६ गते अर्थमन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयलाई डिएनए परीक्षण गरेर मात्र सुपारी निर्यात गर्न भनी निर्देशन गरेपनि उत्पादन बिक्री वितरण गर्न नपाउँदा सुपारी उत्पादक किसान समस्यामा परेका छन् । त्यसैले सुपारी किसानका समस्या तत्काल सम्बोधन गर्नुपर्दछ’, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले भने ।

उनले च्याउखेती तथा पशुपालनका लागि प्रयोग हुने पराल र गहुँको नल दुवानी गर्दा प्रहरी प्रशासनले बारम्बार दुःख दिइरहेकाले यसको स्थायी समाधान गरी कृषिमा सुशासनको प्रत्याभूति गर्न पनि माग गरे ।

नेपाल किसान महासङ्घका अध्यक्ष गणेशभन्द्र तिमल्सेनाले अस्थायी संरचना निर्माण गरेर भएता पनि उत्पादित बिक्रीयोग्य चैते धान निर्धारित समर्थन मूल्यमा यथाशीघ्र खरिद गर्न आवश्यक रहेको बतए । उनले निर्धारित मूल्यभन्दा कममा बिक्री गरिएको धानको समर्थन मूल्य बराबरको रकम किसानले प्राप्त गर्ने गरी सरकारले शोधभर्ना दिनुपर्ने माग गरे ।

उनले भने, ‘तत्कालका लागि उत्पादित धानलाई मौज्दात राखी सहुलियत कर्जा किसानलाई उपलब्ध गराउन आवश्यक छ, भविष्यमा खाद्यवानी भण्डारणका लागि समस्या हुन नदिन आवश्यक पर्ने पूर्ण क्षमताका भण्डारण गोदाम निर्माण गर्नुपर्दछ ।’

राष्ट्रिय किसान आयोगका पदाधिकारीको कार्यकाल, २०८२ वैशाख १७ गते समाप्त भइसके पनि आजको मितिसम्म पनि पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै नियुक्ति प्रक्रिया चाँडोभन्दा चाँडो अगाडि बढाउन महासङ्घको माग छ ।

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन दूतावासको आग्रह

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ ।

विज्ञप्ति जारी गरी दूतावासले इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरेको हो ।

दूतावासले युद्धको दौरानमा इजरायलका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको र त्यहाँको होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि लगातार अध्यावधिक निर्देशन जारी गरिरहेकोले शैक्षिक संस्था एवम् अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने जनाएको छ।

११ महिनामा ४० प्रतिशत मात्र विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ। चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव सात प्रतिशत अर्थात् रु एक खर्ब ४३ अर्ब ३९ करोड सात लाख बराबर छ। चालु आवका लागि सरकारले रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख पुँजीगत खर्च छुट्याएको थियो।

प्रारम्भिक लक्ष्यअनुसार खर्च हुन असारमा मात्ररु दुई खर्ब नौ अर्ब पुँजीगत बजेट खर्च गर्नुपर्ने हुन्छ। सरकारले बजेटको मध्यावधि समीक्षा र आगामी आर्थिक वर्षको बजेट संसदा प्रस्तुत गर्दासमेत दुईपटक आय–व्ययको अनुमान संशोधन गरिसकेको छ।

सुरुको विनियोजनको तुलनामा मात्र नभई दोस्रो पटक संशोधित लक्ष्यको तुलनामा पनि हालसम्मको वास्तविक खर्च निकै कम हो । असारे विकास भनेर आचोलित हुँदै आएको सरकारलाई आवको अन्त्यको खर्च रोक्न महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो प्रतिवेदनमार्फत सुझाव दिँदै आएको छ तर असारमा नै अधिक खर्च हुने प्रवृत्ति रोकिएको छैन।

गत जेठ मसान्तसम्म समग्र बजेट खर्च वार्षिक विनियोजनको ६८ दशमलव ९८ प्रतिशत छ । चालु आवका लागि सरकारले रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। पछिल्लो ११ महिनामा रु १२ खर्ब ८३ अर्ब १६ करोड खर्च भएको छ। प्रारम्भिक विनियोजन लक्ष्यअनुसार खर्च गर्ने होभने असारमा मात्र सरकारले रु पाँच खर्ब ७७ अर्ब १४ करोड बराबर बजेट खर्च गर्नुपर्ने हुन्छ। विकास आयोजनामा लगाइने पुँजीगत शीर्षकको खर्च कमजोर हुँदा चालु खर्च र सरकारी ऋणको साँवा–व्याज भुक्तानीमा हुने वित्तीय व्यवस्थातर्फको खर्च भने औसत देखिन्छ। यस वर्षका लागि

सरकारले चालु खर्च रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन गरेकामा जेठ मसान्तसम्ममा ७४ दशमलव ६८ प्रतिशत अर्थात् रु आठ खर्ब ५१ अर्ब ७९ करोड ६३ लाख खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बजेट विनियोजन भएकोमा समीक्षा अवधिमा ७८ दशमलव ४१ प्रतिशत अर्थात् रु दुई खर्ब ८७ अर्ब ९७ करोड खर्च भएको छ।
सरकारको खर्च मात्र नभई आम्दानी पनि खुम्चिएको छ। यस वर्षका लागि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य निर्धारण भएकामा जेठ मसान्तसम्ममा वार्षिक लक्ष्यको ७० दशमलव ९९ प्रतिशत बराबर मात्र आम्दानी भएको छ।

कर राजस्व वार्षिक लक्ष्यको ७१ दशमलव ४८ प्रतिशत अर्थात् नौ खर्ब १८ अर्ब र गैरकर राजस्व वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत अर्थात् रु ९८ अर्ब आठ करोड छ। यसवर्ष सरकारले रु १२ खर्ब ८४ अर्ब २० करोड कर राजस्व र रु एक खर्ब ३५ अर्ब गैरकर राजस्व उठाउने लक्ष्य थियो। हालसम्मको वैदेशिक अनुदान प्राप्ति वार्षिक लक्ष्यको ३२ दशमलव ६६ प्रतिशतमा सीमित भएको छ।यस वर्ष सरकारले रु ५२ अर्ब ३२ करोड वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा जेठ मसान्तसम्ममा रु १७ अर्ब नौ करोड बराबर मात्र प्राप्ति गरेको उक्त कार्यालयले जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान दोस्रो पटक संशोधन गरिसकेको छ। पछिल्लो अनुमानअनुसार यस वर्ष वार्षिक विनियोजनको ८९ दशमलव चार प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड बजेट खर्च ठानिएको छ। प्रारम्भिक विनियोजनको अनुपातमा चालु खर्चतर्फ ८८ दशमलव पाँच, पुँजीगततर्फ ८४ दशमलव चार र वित्तीय व्यवस्थातर्फ ९७ दशमलव छ प्रतिशत रहने संशोधित अनुमान सरकारको छ। चालु आर्थिक वर्ष राजस्व परिचालन रु १२ खर्ब ६७ अर्ब ३९ करोमा खुम्चने सरकारको अनुमान छ।

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए ।

‘दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ’, सभापति खतिवडाले भने ।

प्रतिनिधिसभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।

विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको सभापति खतिवडाले जानकारी दिए । यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक रहेको पनि उनले बताए ।

बैंकिङ कसुरका तीन फरार प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापालाई पक्राउ गरेको हो ।

मुना १६ लाख, मोहमद अली ११ लाख र थापाविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो ।

बङ्गलादेशमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने यु–२० दक्षिण एसियाली फुटबल सङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका छन् ।

प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले दोस्रो चरणको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई आउट गर्दै ३० खेलाडी छनोट गर्नुभयो । बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडी सहभागी थिए ।

बन्द प्रशिक्षणबाट छनोट हुने खेलाडीमा अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, बिर्साना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, लीला जोशी, मनिषा सेन, माया मास्के, मीना देउवा र कविता गुरुङ छन् ।

त्यसैगरी करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला चन्द, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङ्तान, समीक्षा मगर, सनिमा माया लो, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी र रुपा लिम्बू छन् ।

बन्द प्रशिक्षणबाट अमिता भुल, सुनिता विक, सुनिता सुनार, प्रतीमा शर्मा मरिना लामा, अवानी राजेश्वरी, गायत्री मल्ल, रोजिता विष्ट, सविता मण्डल र सङ्गीता अधिकारी भने बाहिरिएका हुन् ।

अग्नि सापकोटाको मुद्दालाई संसद खोल्ने सहमतिसँग नजोडियोस्ः माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि आइतबार संसदमा पार्टीको धारणा राख्दै पुनले केही दिनअघिसम्म संसद अवरोधमा सँगै उभिएको स्मरण गर्दै रास्वपालाई बजेट छलफलमा सहभागी हुन आग्रह गरेका हुन् ।

पुनले भने,‘हामीले आमजनताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं । तर, राजीनामा दिने नदिने कुरा व्यक्तिको निजी निर्णय हो । गृहमन्त्रीले छानबिनका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।’

छानबिन प्रक्रिया अगाडि बढाउन ३० दिनभित्र संरचना बनाइने सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीसँग सहमति भएर सदन नियमित गरिएको उनले बताए ।

उनले रास्वपालाई पनि उक्त सहमतिमा समेटिन भन्दै संसदीय प्रक्रिया र अनुभव सन्दर्भमा सहयोगको आग्रह गरे ।

‘रास्वपाका माननीयज्यूहरूलाई पनि अनुरोध गर्दछु । तपाईंहरू नयाँ दल हुनुहुन्छ । संसदीय संघर्षमा अझै अनुभव नपुग्न सक्छ । हामीसँग सिक्न सक्नुहुन्छ, पुनले भने, ‘साथै उनले माओवादी गृहमन्त्रालय सम्हाल्दा डराएको भन्ने केहीको टिप्पणीप्रति आपत्ति जनाउँदै भने, ‘हामी छानविनका लागि तयार छौं । कुनै डर, लेनदेन वा दबाबको विषय होइन ।’

पुनले पूर्वसभामुख अग्नि सापकोटाको मुद्दालाई सहमतिसँग जोडिएको भनी गरिएका टिप्पणीहरूलाई अस्वीकार गर्दै अदालतको आदेशको पूर्णपाठ पर्खिरहेको बताए ।

सत्तापक्षप्रति लक्षित गर्दै उनले संयमता अपनाउन सुझाव दिए । उनले भने,‘प्रमुख प्रतिपक्ष आइसक्यो, अब पेलेर भए पनि हुन्छ भन्ने सोच गलत हो ।’

शेयर बजारमा ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आइतबार नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ दशमलव ९४ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव ९६, उत्पादन तथा प्रशोधन एक दशमलव ४७, निर्जीवन बिमा शून्य दशमलव शून्य सात र व्यापार समूह एक दशमलव शून्य आठ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ४४, वित्त शून्य दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ७६ र जीवन बिमा शून्य दशमलव ५४ प्रतिशतले घटेका छन् । त्यस्तै, लघुवित्त शून्य दशमलव ३१, म्यचुअल फण्ड शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले घटेका हुन् ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, प्युअर् इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रु ८९ करोड एक लाख बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २० लाख ७५ हजार एक सय ९७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छः सांसद आचार्य

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा पार्टीकोतर्फबाट विचार राख्दै उनले २० अर्ब राजस्व उठाउन सकिने बताउँदै अहिले ५० प्रतिशत राजस्व चुहावट भइरहेको जानकारी दिए ।

‘बजेट तुलनात्मक रूपमा यथार्थपरक छ, निजी क्षेत्रका समस्या समाधान गर्न उन्मुख बजेट आएको छ, बजेटले आयोजनालाई प्राथमिकीकरण गर्न खोजेको छ, अनुत्पादक क्षेत्रमा ऋण लिनुहुँदैन, आवश्यक विषयमा ऋण लिन डराउनु पनि हुँदैन तीन करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि एक हजारका आयोजना पनि आउनुले सरकारको निर्णय कार्यान्वयन नभएको देखिएको छ’, आचार्यले भने ।

कृषिक्षेत्रमा अनुसन्धान हुन नसकेको उल्लेख गर्दै सांसद आचार्यले फौजी कीराकाबारेमा अनुसन्धान हुन नसकेको बताए । बजेटको वाक्यांशमा परेका विषय कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।

उद्योग क्षेत्रमा दक्ष जनशक्ति नभएर धेरै विदेशीलाई काम दिनुपरेको अवस्था, अर्कोतिर रोजगारी नपाएर समस्या भएकाले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्न पनि सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराए ।

विद्यार्थी नभएर सामुदायिक विद्यालय खाली हुन थालेकाले रोजगारीमूलक शिक्षा दिने व्यवस्था मिलाएर दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्नुपर्ने उनको भनाइ छ । बजेटले पर्यटन क्षेत्रमा सुधार गर्न खोजेकाले त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने उनले बताए ।

लघुउद्यमका क्षेत्रमा तालिम दिने, स्टार्टअप पुँजीको व्यवस्था पनि गर्नुपर्नेमा सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराए । उनले हाल वार्षिक रूपमा डेढ खर्बको एलपी ग्यासको आयात भइरहेकामा विद्युतबाट त्यसलाई प्रतिस्थापन गर्नेगरी बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अवैतनिक वाणिज्य दूतलाई व्यवस्थित रुपमा उद्देश्यअनुरुप परिचालन गर्नुपर्ने सुझाव सांसद आचार्यले दिए । उनले निर्वाचन क्षेत्र रणनीतिक सडकलाई समयमै निर्माण गरेर उदाहरणीय बनाउनुपर्ने आवश्यकता औँल्याए ।

आधारहीन विषयलाई उठाएर रास्वपाले बजेटमाथिको छलफलको महत्त्वपूर्ण अवसर गुमायोः पूर्वअर्थमन्त्री महत

 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासनको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै महतले विगतको तुलनामा यो पटकको बजेट सन्तुलित र अनुशासित भएको उल्लेख गरे ।

‘आजको आवश्यकता आर्थिक अनुशासनको हो, बजेट तुलनात्मक रूपमा सन्तुलित छ । प्राथमिकताका आधारमा बजेट विनियोजन आजको अपरिहार्यता हो’, पूर्वअर्थमन्त्री डा महतले भने, ‘बजेट विनियोजनमा अराजकता र अनुशासन हिनता हुने तर परिणाम प्राप्त नहुने परिस्थिति थियो, त्यसलाई कम गर्न यो बजेटले कोसिस गरेको छ ।’

महतले सङ्घीय बजेटले तीन करोडभन्दा तलका आयोजना प्रस्तावित नगर्ने कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको भन्दै यसलाई अझ सशक्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले पनि कतिपय आयोजना तीन करोडभन्दा तल परेका छन् । कार्यविधि पूर्ण लागू गरिएको भए अझ परिणामुखी हुन्थ्यो । यद्यपि, चार हजारभन्दा बढी आयोजना कटौती गरेर बजेटलाई परिणाममुखी बनाउने कोसिस गर्नुभएको छ, म सराहना गर्न चाहन्छु ।’

सांसद महतले अहिले देशको आवश्यकता अनुसार बजेट अनुशासन र परिणाममुखी विनियोजन भएको भन्दै यसबाट आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्नसक्ने विश्वास व्यक्त गरे । सरकारले बजेट कार्यान्वयन गर्दै परिणाममुखी आयोजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
‘मुलुकमा पर्यटन क्षेत्रको सम्भावना बढी छ । जहाँजहाँ महत्त्वपूर्ण पर्यटकीय क्षेत्र छन्, तिनलाई बाह्रै महिना चल्ने सडक सञ्जालबाट जोडेर निजी क्षेत्रले होटल, रेष्टुरेन्टलगायत पूर्वाधार विकासमार्फत पर्यटन क्षेत्रको विकास गरिनुपर्छ’, उनले भने ।

पूर्वअर्थमन्त्री महतले बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिनाइ हुने धारणा राखे । उनले भने, ‘आन्तरिक ऋण, वित्तीय तथा बैंकिङ प्रणालीबाट ऋण लिन बढी प्रस्ताव गरिएको छ, ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्च बराबरको वित्तीय व्यवस्थापन गर्नुपर्ने हुन्छ । आगामी दिनमा विनियोजनमा देखिएको समस्या, स्रोत जुटाउने समस्याप्रति थप गम्भीर हुन जरुरी छ । ठोस, सार्थक र प्राथमिकताका आधारमा मात्रै खर्च गर्ने प्रचलनलाई विकसित गर्नुपर्छ ।’

सांसद महतले प्रदेशमा पनि बजेट अनुशासन कायम हुन जरुरी रहेको भन्दै सानासाना आयोजनामा बजेट विनियोजन गरेर रकम दुरुपयोग हुने गरेकाले अनिवार्य ठेक्काबाट मात्रै आयोजना कार्यान्वयन गर्ने, एक करोडभन्दा माथिको आयोजना मात्रै कार्यान्वयन गर्न प्रदेशमा बाध्यकारी अवस्था हुनुपर्नेमा जोड दिए ।

उनले प्रमुख प्रतिपक्षी दललगायत सबै दल सहभागी भएर बजेटमा छलफल गरेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आधारहीन विषयलाई उठाएर विरोध गरी बजेटमाथिको छलफलको महत्त्वपूर्ण अवसर गुमाएको बताए ।

हरेक बजेटको लक्ष्य देशमा आर्थिक समृद्धि, आर्थिक अवसर सिर्जना गर्नु र रोजगारी सिर्जना गरी देशको आर्थिक विकासलाई गति दिनु रहेको भन्दै उनले त्यसका लागि राज्यको स्रोतसाधन कसरी परिचालन गर्ने, वैदेशिक सहायता, राजस्व परिचालन गरी कुन क्षेत्रमा लगानी गर्ने, पुँजीगत खर्च कसरी गर्नेलगायत प्राथमिकताका विषयलाई केन्द्रमा राखेर कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

पूर्वअर्थमन्त्री डा महतले प्रस्तावित  १९ खर्ब ६४ अर्बको बजेटको आम्दानीको अनुमान चाहेजस्तो हुने अवस्था नरहेको भन्दै विदेशी अनुदान प्रस्ताव गरेअनुसार आउन कठिन हुने तथा वैदेशिक ऋण पनि प्रस्ताव गरेजस्तो आउने अवस्था नभएको, राजस्व परिचालन लक्ष्य भेट्टाउन पनि सरकारले बढी मेहनत गर्नुपर्ने बताए ।

उनले भने, ‘आन्तरिक ऋण, वित्तीय तथा बैंकिङ प्रणालीबाट ऋण लिन बढी प्रस्ताव गरिएको छ, ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्च बराबरकै वित्तीय व्यवस्थापन गर्नुपर्ने अवस्था छ । आउने दिनमा सरकारले विनियोजनमा देखिएको समस्या, स्रोत जुटाउने समस्याप्रति थप गम्भीर हुन जरुरी छ ।’

 

टुँडिखेलमा भूमे नाच(फोटोफिचर)

काठमाडौँ टुँडिखेलमा आइतबार भूमे पर्व संरक्षण नेपालले आयोजना गरेको भूमे पर्व कार्यक्रममा भूमे नाचगान प्रस्तुत गर्दै मगर समुदायका ।

तस्बिरः हरिराम भेटुवाल/रासस

पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा) मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ।

यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो।

गण्डकी प्रदेश सरकारको  २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरेको कार्यालय प्रमुख अमृत कँडेलले जानकारी दिए।

उनका अनुसार करिब एक सय ५० जना क्षमताको आश्रयस्थल, दुई वटा सार्वजनिक शौचालय र खोप्राबाट बयलीतर्फ जाने भिरमा पाँच सय मिटर पदमार्ग निर्माण भएको छ।

उक्त पदमार्गमा ढुङ्गा पनि बिछ्याइएको उल्लेख गर्दै कँडेलले करिब ६० मिटर पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको बताए।

“गत वर्ष जडान गरिएको एक हजार ८०० मिटरको पाइपलाई जमिनभित्र गाडिएको छ। यसअघि निर्माण भएको सामुदायिक लजको भवनमा रङगरोगन र भल तर्काउने कुलेसो निर्माण भएको छ”, उनले भने।

समुद्री सतहबाट तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्रामा योजना सञ्चालन गर्न पाउद्धार गाउँका मजदुर ४५ दिनसम्म त्यही बास बसेका थिए।

गाउँबाट आवतजावत गर्न टाढा भएकाले २८ जनाले सम्बन्धित ठाउँमा बास बसेर साँझ बिहानको समयमा पनि काम गरेका उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताए। गत वर्षपनि प्रदेश सरकारद्वारा प्राप्त रु १२ लाख बजेटबाट यहाँ पर्यटन पूर्वाधार निर्माण भएको थियो।

स्थानीयवासीले खोपारा भन्ने यस स्थान पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको छ।

सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्बाउन खोप्रालाई वैकल्पिक गन्तव्य बनाइएको छ।

खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याम्प) भित्र पर्छ। गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो।

यहाँबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा खोपरा पर्न थालेपछि पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गरिएको अन्नपूूर्ण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए।

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आज स्वागत गरेको छ ।
राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै पदक दिलाउन सफल भएकामा बधाई दिए ।

त्यसअघि आजै नेपाली टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानको थिम्पुमा गत जेठ ३० र ३१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजतपदक जितेको थियो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीको सहभागिता थियो ।
महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् ।

सोही स्पर्धामा शीला ठकुरीले रजतपदक जितिन् । पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जितेका हुन् । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर माथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन् ।

स्वागत कार्यक्रममा सदस्यसचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थुप्रै अन्तरराष्ट्रिय पदक जितिसकेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकामा खेलाडीलाई बधाई प्रदान गरे । शारीरिक सुगठन महासङ्घका प्रथम उपाध्यक्ष कायश्थले हरेक अन्तरराष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गरे ।

टोलीसँगै अफिसियल रूपमा भुटान जानुभएका शारीरिक सुगठनका सचिव दिनेशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजनाबारे पनि भुटानमा छलफल भएको जानकारी दिए ।

व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

लोक सेवा आयोगको आइतबार आयोजित हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरुप काम गरेमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्न सकिने बताए ।

उनले भने, “अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ । कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन हुँदैन ।”

राष्ट्रपति पौडेलले मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले ७५ वर्षमा आफ्नो मूल सिद्धान्त ‘योग्यता, निष्पक्षता र स्वच्छता’लाई प्रमुख आधार मान्दै निरन्तर क्रियाशील रहनु प्रशंसनीय कार्य भएको बताए ।

उनले भने, “आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व, जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ ।”

स्वउत्प्रेरित, उच्च नैतिकवान्, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न सक्छन् भन्ने यथार्थलाई स्मरण गराउँदै राष्ट्रपति पौडेलले भने, “आयोग सरकारी सेवामा कर्मचारी छनोट र भर्नाको जग हो । यसले सदैव असल र उम्दा कर्मचारी छनोट गर्न सक्नेगरी सकेसम्म योग्यताका सबै पक्षहरु पूर्वानुमान गर्न सकिने खालका परीक्षण विधिहरु अवलम्बन गर्नुपर्छ ।”

राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भएयता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष भएको बताए ।

बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर उभिएका छन् ।

आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले गोरखाका पर्याप्त बजेट विनियोजन नगरेको र योजना पनि काटेको भन्दै विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन् । त्यसलगत्तै उनले नोट पनि जारी गरेका छन्।

नोट जारी गर्दै बजगाईंले लेखेका छन्, ‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ। नेपालका अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालजी, तपाईले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन,’ ।

प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण रहेको तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेट यसअनुसार आउन नसकेको उनले बताए ।

उनले थपे, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले न प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन् न देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिए ।’

लोकसेवाको प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि ध्यान दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् ।

आयोगको हीरक जयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरे ।

“नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री ओलीले भने, “आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।”

प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवापुस्तामा विश्वासको वातावरण सृजना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उनले प्राङ्गारिक र प्राकृतिक मल उत्पादनलाई प्रवद्र्धन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसमा लागेको कर हटाइएको तथा बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि वृद्धि हुने बताए ।

अर्थमन्त्री पौडेलले प्रस्ताव प्रस्तुत गरिरहेका बेला सांसद राजेन्द्र पाण्डेले सांसदको नाराबाजीका कारण मन्त्रीले भनेको कुरा नसुनिएकाले यसलाई एउटा निष्कर्षमा लगेरमात्र सभा सञ्चालन गर्न माग गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ ।

संसद् छाडेर बाहिरिए राप्रपाका सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा आफूहरूको विरोधबीच बजेटमाथिको छलफल अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असहमति जनाएर प्रतिपक्षी दलहरूले अवरोध गरिरहँदा पनि बैठक सञ्चालन गरिएकाले आफ्नो दलले बहिस्कार गरेको बताए।

यसअघि आकस्मिक समयमा बोल्दै शाहीले विरोधबीच बैठक चलाएर ‘दादागिरी’ गरिएको भन्दै रोक्न आग्रह गरेका थिए ।

 

धार्मिक पर्यटन प्रवर्द्धनमा पर्यटनमन्त्री पाण्डेको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका कतिपय धार्मिकस्थल चीन र भारतका पनि आस्थाका केन्द्र भएकाले ती देशबाट अधिकाधिक धार्मिक पर्यटक भित्राउन धार्मिक पर्यटन प्रवद्र्धन अपरिहार्य भएको बताएका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिले ‘हिमाली बौद्ध धर्म र परम्परा’ शीर्षकमा आइतबार आयोजना गरेको पाँचदिने प्रशिक्षणमा मन्त्री पाण्डेले बुद्ध र वेदभूमि हाम्रो देश समान धार्मिक विश्वासका कारण दुवै राष्ट्रका निम्ति आस्थाका केन्द्र भएका बताए ।

मुलुकका धार्मिक एवं सांस्कृतिकस्थलको समुचित प्रचारप्रसार हुनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेले त्यसो हुन सकेमा धार्मिक पर्यटन विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले धर्मसंस्कृतिको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिपक्षको विरोध भइरहेको बेला सदन बन्द गर्न ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्न आग्रह गरेका हुन् ।

उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ ? भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

 

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।

तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उनले दोहोर्याए ।

तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गरेका छन्  र इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको छ ।

ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताउनुभएको थियो । उहाँले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहोर्याए ।

‘यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण गर्यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन’, उनले भने, ‘हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”

ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गरेका थिए ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो र उनले इरानमाथि पुनःप्रतिबन्धहरू लगाएका थिए । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।

कांग्रेसको प्रश्नः रास्वपाले नैतिकताको पाठ सिकाउनु कति जायज हो ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नैतिकताको पाठ नसिकाउन आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोधकैबीच बोलेका कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नैतिकताको प्रश्न उठाइएको विषयमा आपत्ति जनाएका हुन् ।

उनले रास्वपा सभापति रवि लामिछानेलाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको भन्दै पार्टीको सभापति पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने,‘रास्वपाले नौतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरुले पाँचवटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति सुद्दीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’

उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैंबाट सुरु गर्नुपर्ने पनि बताए । उनले भने, ‘अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछोने नै हुनुहुन्छ। जो संसद सदस्यबाट नै निलम्बित भइसक्नु भएको छ त्यही व्यक्ति नै अहिले पनि संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन मिल्छ कति मिल्ने हो कति जायज हो?’

संसदमा रास्वपा र राप्रपाको विरोध जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अघि बढाएका छन् ।

आइतबार बिहान ११ बजे बैठक बोलाइएकोमा दुई घण्टा बैठक सुरु भएको थियो । बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गर्दै नाराबाजी गरिहेका छन् ।

दुई दलका सांसद बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएपनि सभामुख घिमिरेले माओवादी, कांग्रेस र एमालेका सांसदहरुलाई बोल्ने समय दिएका छन् ।

सशस्त्र प्रहरीद्वारा चार महिनामा रौतहटमा एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा १ करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो ।

नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए ।

‘सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ’, उनले भने ‘एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।’

सोही अवधिमा ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ । पछिल्लो चार महिनामा स्रोत नखुलेको १० लाख ६१ हजार नेपाली रुपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिए । उनका अनुसार त्यसैगरी स्रोत नखुलेको छ लाख चार हजार ६४० भारतीय रुपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ ।

मानवबेचबिखनमा पर्न सक्ने आशङ्कामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताए । हेडक्वाटर मातहतमा रहेका पाँच वटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

आरोग्य पर्यटनः गन्तव्य नेपाल

-एलपी भानु शर्मा

अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन् । तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, अनि शरीर र मस्तिष्कको स्वस्थता र आनन्द आवश्यक पर्दछ, जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ ।

नेपाल ध्यानको उद्गम बिन्दु हो । योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो । वैदिककालमै हाम्रा ऋषिमुनिहरूले योग र ध्यानको आविष्कार गरेका थिए । योग, ध्यान, हाम्रो प्रकृति, संस्कृति, व्यवहार, उत्पादन, जडीबुटीलगायत वन पैदावार र जैविक विविधता सबै आरोग्य प्राप्तिका लागि सहायक तत्व हुन् । जसलाई एउटै शृङ्खलामा आबद्ध गरी आरोग्य पर्यटनको विकास र प्रवर्द्धन गर्न सक्दछौँ र नेपाल आरोग्य पर्यटनका लागि नमुना मुलुक हो भनेर संसारलाई चिनाउन सक्दछौँ । त्यसैले हामीले हाम्रो पर्यटनको ब्राण्डिङ गर्नुपर्ने मूल तत्व हो–आरोग्य । नेपालमा उपलब्ध सम्पूर्ण स्रोत र साधनलाई आरोग्यतर्फ लक्षित गरी आरोग्य पर्यटनका लागि नेपाल विश्वको अग्रणी मुलुक हो भनेर स्थापित गर्न सक्नुपर्दछ ।

प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । सामान्य अर्थमा आरोग्य भन्नाले कुनै किसिमको रोग नभएको र आन्तरिक ऊर्जाले भरिभराउ भन्ने बुझिन्छ । तर, कस्तो रोग नभएकोलाई आरोग्य भन्ने त ? मैले कुनै पनि प्रकारको औषधि सेवन गर्नु पर्दैन, मैले अहिलेसम्म कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको सेवा लिनुपरेको छैन, म आजसम्म कुनै अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपरेको छैन, त्यसैले म आरोगी हो भनेर कसैले भन्न सक्दछ । तर, यो शारीरिक निरोगिता मात्र हो । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको भावना र चेतना स्वस्थ हुनुपर्दछ ।

आरोग्य के हो ?

आरोग्य बहुआयामिक विषय हो । आरोग्यका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । मानिसलाई आरोगी हुन यी सबै आयामको सन्तुलन आवश्यक पर्दछ । यी आयामहरूले मानिसलाई तीन वटा तापबाट मुक्त हुन सहयोग गर्दछन् । तीनवटै ताप छैन भने मानिस स्वतः आनन्दित हुन्छ, अनि यसरी आनन्दित मानिस नै आरोगी हुन्छ । तसर्थ आनन्दको बाहिरी प्रकट रूप नै आरोग्य हो ।

आरोग्य पर्यटनको सम्भावना

पर्यटन विकासका लागि कुनै एउटा ‘ब्राण्ड’ हुनु जरूरी छ । हालसम्म हामीले प्रकृतिलाई मात्र अघि सार्दै आयौँ । नेपालको प्राकृतिक सौन्दर्य र सामाजिक–सांस्कृतिक सम्पदालाई नै पर्यटनको मूल स्रोतका रूपमा प्रचारप्रसार गर्दै आयौँ । तर, कुनै मूल तत्व अर्थात् ‘ब्राण्ड’लाई भने आधार बनाएनौँ । हामीले नेपालको पर्यटनको साँच्चिकै विकास गर्ने हो भने एउटा ‘ब्राण्ड’ आवश्यक हुन्छ, जुन आरोग्य हो ।

विश्वमा आरोग्य अर्थतन्त्रको आकार बर्सेनि बढ्दो क्रममा रहेको छ । ग्लेबल वेल्नेस् इन्ष्टितच्युटले प्रकाशन गरेको ‘दि वेल्नेस भकोनोमी : कन्ट्री र्याङ्किङ’ का अनुसार सन् २०२२ मा विश्वको आरोग्य अर्थतन्त्र ५.६ ट्रिलियन अमेरिकी डलर बराबर पुगेको थियो, जुन सन् २०१४ मा ३.४ ट्रिलियन अमेरिकी डलरको मात्र थियो । यसरी आठ वर्षको अवधिमा आरोग्य अर्थथन्त्रको आकार ६४ प्रतिशतले बढेको देखिन्छ । अर्थतन्त्रको आकार बढेसँगै आरोग्य प्राप्तिका लगि गरिने प्रतिव्यक्ति खर्चमा पनि वृद्धि भएको छ । सन् २०२२ मा यस्तो खर्च ७०६ अमेरिकी डलर पुगेको थियो, जुन प्रतिव्यक्ति स्वास्थ्य सेवामा गरिने खर्च (७११ अमेरिकी डलर) कै हाराहारीमा रहेको थियो । अझ उत्तर अमेरिकाको प्रतिव्यक्ति आरोग्य खर्च ५,१०८ अमेरिकी डलर पुगेको छ । यसबाट आरोग्य व्यवसाय र उद्योगको विस्तार व्यापक रूपमा भइरहेको देखिन्छ ।

आरोग्य अर्थतन्त्रमा सबैभन्दा बढी योगदान व्यक्तिगत हेरचाह र सौन्दर्य (अमेरिकी डलर १,०८९ अर्ब) को छ भने त्यसपछि क्रमशः स्वस्थकर खाना, पौष्टिकता र वजन कम गर्न (अमेरिकी डलर १,०७९ अर्ब), शारीरिक व्यायाम (अमेरिकी डलर ९७६ अर्ब), आरोग्य पर्यटन (अमेरिकी डलर ६५१ अर्ब), जनस्वास्थ्य, निरोधात्मक र औषधि (अमेरिकी डलर ६११ अर्ब), परम्परागत र निःशुल्क औषधि (अमेरिकी डलर ५१९ अर्ब) र आरोग्य घरजग्गा व्यवसाय (अमेरिकी डलर ३११ अर्ब) को रहेको छ ।

नेपालको आरोग्य अर्थतन्त्रको आकार निकै सानो छ । ग्लोबल वेल्नेस इन्टिच्युटका अनुसार विश्वका १४३ मुलुकमध्ये नेपाल आरोग्य अर्थतन्त्र सूचकाङ्कको ९१औँ स्थानमा छ । सन् २०२२ मा नेपालको आरोग्य अर्थतन्त्रको आकार २.०२ अर्ब अमेरिकी डलरको थियो । यसमा माथि उल्लेख गरिएका सबै प्रकारका खर्च पर्दछन् । नेपालमा उपलब्ध आरोग्य पर्यटनका वस्तु र सेवाले आरोग्यका अन्य आयामहरूमा गरिने खर्चलाई उल्लेख्य रूपमा घटाउन मदत गर्दछन् । हामीले यसको ब्राण्डिङ, प्रवद्र्धन र पर्याप्त प्रचारप्रसार गर्न सक्यौँ र सोही अनुसारको सेवा प्रदान गर्न सक्यौँ भने नेपाल आरोग्य पर्यटनको विश्वव्यापी ‘हब’ बन्न सक्दछ । यसबाट नेपाल समृद्ध हुने त छँदैछ, विश्वभरका मानिसलाई आरोगी बनाउन उल्लेख्य भूमिका खेल्न सकिन्छ ।

आरोग्य पर्यटनका वस्तु, सम्भावना र अवसर

मानिसले सधैँ तीन वटा कुराको लालसा राख्दछ–भौतिक सुख, शारीरिक स्वस्थता र खुसी । आधुनिक युगमा भौतिक सुख प्राप्तिका लागि मानिसले जस्तोसुकै मूल्य पनि चुकाउन तयार हुन्छ । शरीरको स्वस्थता मानिसले खोज्ने अर्को कुरा हो । उसले मानसिक स्वास्थ्यको खासै वास्ता गर्दैन तर शारीरिक स्वस्थतालाई भने प्राथमिकतामा राख्छ । धेरै मानिसलाई दिगो र अविनाशी खुसीका बारेमा खासै ज्ञान छैन, उसले केवल क्षणिक खुसीलाई नै सर्वोपरि ठान्दछ । यी तीनवटै कुराको परिमार्जित सम्मिश्रण हो–आरोग्य । हामीलाई भौतिक सुख पनि चाहिन्छ, शारीरिक स्वस्थता मात्र पर्याप्त हुँदैन, मानसिक स्वस्थता पनि उत्तिकै आवश्यक हुन्छ । अनि खुसी भएर मात्र हुँदैन, त्यो खुशी दिगो र शास्वत हुनुपर्दछ । पर्यटकले खोज्ने पनि यत्ति नै हो–भौतिक सुविधा पनि होस्, स्वास्थ्य पनि सुदृढ होस् र खुसी मिलोस् । नेपालमा यी तीनै कुरा छन्मात्र हामीले खोज्न सक्नुपर्दछ, तिनको प्रवद्र्धन गर्नुपर्दछ र पर्यटकलाई दिनुपर्दछ ।

हाम्रा ऋषिमुनिहरूले भौतिक सुखलाई वास्ता गरेनन्, मानसिक सुख, स्वास्थ्य र शान्ति, त्यसपछि खुसीलाई जोड दिए । भौतिक सुखले मानिस दीगो रूपमा खुसी हुन पनि सक्दैन र मानसिक सुख पनि प्राप्त हुँदैन भन्ने उनीहरूको मान्यता थियो । आधुनिक युगमा मानिसले भौतिक सुखलाई सर्वोपरि ठान्दै स्वास्थ्यलाई कम प्राथमिकतामा राखेको छ । यी दुवै अतिवादबाट माथि उठेर हामीले आरोग्य पर्यटनको प्रवद्र्धन गर्नुपर्दछ । उपाय सरल छ– भौतिक सुख प्राप्तिमा योग र ध्यानलाई जोड्ने । यसले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन मद्दत गर्दछ । जब शारीरिक र मानसिक सुख प्राप्त भई दिगो खुसी मिल्दछ, अनि आरोग्य खोज्न कतै जानुपर्दैन–आफैँभित्र पाइन्छ ।

नेपालमा के छ ? 

नेपालमा के छ भन्नुभन्दा पनि के छैन भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ । नेपालको आरोग्य पर्यटनका नौ वटा अवयब छन् ।

१ प्रकृति, भौगोलिक र जैविक विविधता

नेपाल प्राकृतिक सौन्दर्यका लागि विश्वमै अद्वितीय मुलुक हो । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ वटा नेपालमै पर्दछन् । हिमाल बाहेक हामीसँग भएका अपार जलसम्पदा, घना जङ्गल, पदयात्राका लागि विकल्प नै विकल्प भएका स्थानहरू उपलब्ध छन् । हिमाल आरोहण होस् वा पदयात्रा होस्, वनजङ्गल विचरण होस् वा अत्यधिक बहाव भएका नदीनालामा जलयात्रालगायतका मनोरञ्जनपूर्ण क्रियाकलाप हुन्, यी सबैले शारीरिक तन्दुरुस्ती दिन्छ ।

नेपालको भौगोलिक र जैविक विविधता विश्वमै अनुपम छ । समुद्री सतहबाट ७० मिटरमाथिको केचनाकलन र ८८४८.१५ मिटरको सगरमाथा छ । त्यति नै दूरीमा माइनस ४४ देखि प्लस ४४ डिग्री सेल्सियसको तापक्रम पाइन्छ । एउटै अरुण उपत्यकामा मात्र ६०० जातिका चराचुरुङ्गी पाइन्छ । नेपालभर १०० भन्दाबढी जातजाति बस्दछन् भने ९० भन्दाबढी भाषा बोलिन्छन् । एउटै भाषा बोल्दा पनि स्थान विशेषका उच्चारण र भाव फरक रूपमा प्रकट हुन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधताको सामीप्य र भौगोलिक विविधताले दिने शारीरिक तथा इन्द्रीय सुख नेपालमा सजिलै पाइन्छ ।

२ साहसिक पर्यटनका वस्तु र सेवा

साहसिक पर्यटनका लागि लगभग सबै अवसर नेपालमा उपलब्ध छन् । हिमाल आरोहण, स्कीइङ, ट्रेकिङ, अत्यधिक बहाव भएका नदीहरूमा गरिने जलयात्रा, अनेकौं प्रकारका जङ्गली जनावरहरू, अत्यधिक उचाइबाट गरिने बञ्जी जम्पिङलगायतका साहसिक खेलका लागि नेपाल आकर्षक भूमि हो। यी सबैले एकातिर शारीरिक तन्दुरुस्ती दिन्छन् भने अर्कातिर प्राकृतिक सुन्दरता र मनोरमताले इन्द्रीय सुख प्रदान गर्दछन् । शरीर र मन दुवै स्वस्थ भएपछि स्वतः मानिसले आनन्दको अनुभव गर्दछ । साहसिक पर्यटनको प्याकेजमा योग र ध्यान समावेश गर्न सकिएमा व्यक्तिले आन्त्यतिक अर्थात् अन्त नहुने सुख प्राप्त गर्दछ ।

३ धर्म, धार्मिक सद्भाव र सहिष्णुता 

नेपाल हिन्दू धर्मावलम्बी बहुल मुलुक भए तापनि यहाँ धार्मिक सहिष्णुता र विविधता छ । व्यक्तिका धार्मिक आस्था फरकफरक होलान्, तर यहाँ कहिल्यै धार्मिक कारणले द्वन्द्व वा अशान्ति भएको छैन । नेपाल सधैँ बहुधार्मिक सद्भाव भएको मुलुकको रूपमा परिचित छ । एउटै धर्म मान्ने सम्प्रदायभित्र पनि अलग परम्परा र रीति कायम छ ।

कतिपय धर्मका अनुयायीहरू प्रकृति पूजक छन् । प्रकृतिसँग सामीप्य राख्दा स्वाभाविक रूपमा मानसिक शान्तिको अनुभूति हुन्छ । हाम्रा सबै धर्मले हामीलाई शान्ति, सद्भाव र मानसिक सुखका लागि प्रेरित गरेका हुन्छन् । आ–आफ्नो धर्मको पालना गर्दा होस् वा प्रकृतिको पूजा गरेर प्रकृतिसँग रमाउँदा होस्, मानिसले मानसिक सुखका साथै आफ्नो व्यवहारमा परिवर्तन भएको अनुभव गर्दछ । यी सबैले व्यक्तिलाई इन्द्रीय र मानसिक सुख त दिन्छ नै, यिनमा योग र ध्यान समावेश गर्न सकिएमा व्यक्ति ध्यानयोगी हुन्छ, जसले वास्तविक आनन्दको अनुभूति दिलाउँछ ।

४ संस्कृति तथा सांस्कृतिक सम्पदा

नेपालको संस्कृति विविधताले भरिपूर्ण छ । नेपालका विभिन्न स्थानमा वर्षैभरि कुनै न कुनै सांस्कृतिक पर्व, उत्सव वा कार्यक्रम भइरहेका हुन्छन् । संस्कृति मात्र होइन, नेपालका सांस्कृतिक सम्पदा पनि उत्तिकै विविधतायुक्त छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका कुल १० मध्ये आठ वटा सम्पदा संस्कृतिसँगै सम्बन्धित छन् । यी स्थानमा पुग्दा मात्र पनि व्यक्तिले इन्द्रीय आनन्द प्राप्त गर्दछ, मानसिक शान्तिको महसूस गर्दछ । नेपालका कतिपय संस्कृति प्रकृति पूजासँग सम्बन्धित छन् । पृथ्वीमा उपलब्ध पक्षी, जनावर, प्रकृतिका सबै स्वरूपको कुनै न कुनै तवरले पूजा गरिन्छ । अझ किराँत र बोन समुदाय त प्रकृतिको पूजारीकै रूपमा चिनिन्छन् ।

नेपालको संस्कृतिले प्रत्येक नेपालीलाई एकताको सूत्रमा बाँधेको छ । यहाँ धर्मको बन्देज छैन, जातपातको बन्देज नै छ । नेपालका सांस्कृतिक सम्पदा सबैका लागि खुला सङ्ग्रहालयका रूपमा रहेका छन्, जहाँबाट यिनको आनन्द लिने मात्र होइन यिनको खोज र अनुसन्धान पनि गर्न सकिन्छ । यी संस्कृति र सम्पदा विश्वको हरेक कुनाका पर्यटकका लागि अत्यन्त आकर्षक पर्यटकीय सम्पदा तथा खोज केन्द्रका रूपमा रहेका छन् ।

५ सामाजिक जनजीवन, रहनसहन, व्यवहार

नेपालीको सामाजिक जनजीवन र रहनसहन विशिष्ट प्रकृतिको छ । धर्म र संस्कृति नै विविधतापूर्ण भएकाले पनि यहाँको जनजीवन र रहनसहनलाई विविधतापूर्ण बनेका छन् । विविध खाले सामाजिक मूल्य, मान्यता र परम्परा भए तापनि एक आपसमा द्वेष, राग र उपेक्षाभाव छैन । यसले नेपाल विश्वभरका पर्यटकका लागि एक अनुपम विविधतायुक्त मुलुकका रूपमा परिचित छ ।

नेपालीले एक अर्काप्रति गर्ने व्यवहार अन्यत्रको भन्दा फरक छ । नेपालीहरू जस्तोसुकै दुःख परेको बेलामा पनि अतिथिलाई आदर गर्ने स्वभावबाट पर्यटकहरू प्रभावित हुने गरेका छन् । विविध प्रकारका सामाजिक रहनसहन, जनजीवन र रीतिले मात्र होइन, सबैलाई आत्मीय र आदरणीय व्यवहार गर्ने नेपालीको स्वभाव पर्यटकका लागि इन्द्रीय आनन्द र मानसिक शान्ति प्राप्त गर्ने माध्यम बन्दछ । त्यति मात्र होइन, यसले सोचाइमा परिवर्तन गर्न र अरुसँगको व्यवहारमा सुधार गर्न समेत मदत गर्दछ ।

३.६ कृषि उत्पादन, खाद्यशैली र स्वच्छ पानी, वन पैदावार

नेपालको कृषि प्रणाली विशिष्ट प्रकारको छ । खेती गर्ने आफ्नै शैली मात्र होइन, उच्च हिमाली भूभागमा समथर भूमिमा उत्पादन हुने खाद्यवस्तु उत्पादन हुन्छ । जुम्लामा दुई हजार ५०० मिटरको उचाइमा धान उत्पादन हुन्छ । यहाँको खाद्यशैली स्वस्थकर छ । परम्परागत र रैथाने खाद्यान्न पौष्टिक र स्वस्थकर छन् । विविध प्रकारका मसलाजन्य पदार्थको उत्पादनले खानाको स्वाद बढाउन मात्र होइन, औषधिका रूपमा समेत काम गर्दछन् । स्वच्छ पानीको स्रोत नेपालमै छ । नेपालका हिमालले विश्वको कुल जनसङ्ख्याको ठूलो हिस्साको पानीको आवश्यकता पूरा गर्दछन् । हिमालको हिउँ पग्लेर नदी किनारमा रहेका जडीबुटीको पौष्टिकता लिँदै बहने कञ्चन नदीका पानी स्वच्छ र शरीरका लागि आवश्यक खनिज तत्वले भरिएका छन् । कूल भू–भागको करिब ४५ प्रतिशत भाग वनक्षेत्रले ओगटेको छ । यहाँ टिम्बर र गैरटिम्बर दुवै प्रकारका वन पैदावार पाइन्छन् । जडीबुटी नेपालको सबैभन्दा महत्वपूर्ण गैरटिम्बरजन्य वन पैदावार हो । नेपालका यी खाद्यान्न, खाद्यशैली, पानी र वन पैदावारले इन्द्रीय सुख र शारीरिक स्वस्थता प्रदान गर्दछन् ।

७ शिक्षा, स्वास्थ्य र खेल पर्यटनका लागि अनुकूल वातावरण

नेपालको जलवायु शैक्षिक गतिविधिका लागि उपयुक्त छ । न यहाँ असाध्यै जाडो हुन्छ, न असाध्यै गर्मी । आधुनिक शिक्षाका लागि मात्र होइन, नेपाल वैदिक सनातनी शिक्षाका लागि पनि उपयुक्त स्थल हो । वैदिक सनातन युग होस् वा बुद्ध युग, कुनै पनि खोज र अनुसन्धानको अवसर नेपालमा उपलब्ध छ । आधुनिक शिक्षाका साथै सनातन शिक्षा एवं खोज तथा अनुसन्धानका लागि समेत नेपाल आकर्षक शैक्षिक हब बन्न सक्दछ ।

कुनै व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका लागि उपचार र स्वास्थ्य सामग्री मात्र पर्याप्त हुँदैन, अपितु उपयुक्त हावापानी र वातावरण नेपालमा उपलब्ध छ । पहाडी र उच्च पहाडीस्थल आधुनिक र प्राकृतिक चिकित्साका लागि उर्वर भूमि हुन् । आयुर्वेदका लागि नेपाल पर्याप्त सम्भावना भएको मुलुक हो । चरक ऋषिबाट प्रतिपादित उपचार पद्धति होस् वा धन्वन्तरीबाट विकसित औषधि हुन्, नेपालमा यी प्रचुरमात्रामा उपलब्ध छन् । आधुनिक र आयुर्वेदिक उपचार पद्धतिका साथै प्राकृतिक चिकित्साका लागि नेपाल अवसरयुक्त मुलुक हो । यहाँका परम्परागत उपचार विधि, प्राकृतिक चिकित्सा, योग, ध्यान, स्पा, एक्युपङ्कचर, मसाजलगायतका उपचार पद्धतिमध्ये धेरै नेपालको आफ्नै खोज र अभ्यासबाट विकास भएका छन् ।

ध्यान र योगको नियमित अभ्यासले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । हाम्रो शरीरमा रहेका सात चक्रहरूले शरीरमा भएका ग्रन्थिहरूबाट स्वास्थ्यका लागि आवश्यक विभिन्न किसिमका हर्मोन उत्पादन गर्दछन् । यसरी योग र ध्यानले मानिसको स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने भएकाले नेपालमा उपलब्ध हुने स्वास्थ्य सेवामा योग र ध्यानलाई जोड्न सकिएमा स्वभाविक रूपमा आरोग्य प्रवद्र्धन गर्न सकिन्छ ।

नेपालको हावापानी साहसिकलगायत सबै प्रकारका खेलकुदका लागि उपयुक्त छ । वर्षैभर कुनै न कुनै प्रकारको खेल यहाँ हुन सक्दछ । विश्व राजनीति, धार्मिक र साम्प्रदायिक रूपमा तटस्थ भएकाले जुनसुकै प्रकारका खेल प्रतियोगिताको आयोजना नेपालमा सम्भव हुन्छ । विश्वभर प्रख्यात हात्तीपोलो होस् वा सर्वाधिक रुचाइने फूटबल तथा क्रिकेटका लागि नेपाल तटस्थ खेल मैदानको रूपमा रहन सक्दछ । विपरीत राजनीतिक, धार्मिक र साम्प्रदायिक आस्था बोकेका मुलुकलाई खेल पर्यटनका माध्यमबाट नेपालले एकैथलोमा जुटाउन सक्दछ ।

आठ वैदिक खोज, अनुसन्धान र सामग्री

नेपाल वैदिक खोज र अनुसन्धानका लागि अद्वितीय मुलुक हो । योग र ध्यानको उद्गमस्थल नेपाल नै हो । बौद्ध धर्मको उत्पत्ति नेपालमै भएको थियो । भगवान् बुद्ध यहीँ जन्मिनुभएको थियो । लुम्बिनीको सङ्ग्रहालयमा करिब एक लाख खोज सामग्री सुरक्षित छन् । हिन्दू र बुद्ध धर्मको सम्मिश्रण, सद्भाव र एक अर्काप्रतिको आदरभाव अनि अपनत्वमात्र पनि खोजकर्ताका लागि महत्त्वपूर्ण विषय हुन सक्दछ ।

९. ध्यान र योग     

नेपाल त्यस्तो मुलुक हो जहाँ ध्यानको उत्पत्ति भएको थियो, ध्यानी र योगीको बासस्थान रहेको थियो, जहाँ योग र ध्यानका लागि शान्त र स्वच्छ वातावरण अनि ऋषिमुनिले ध्यान गरेको हिमालको काखमा शान्त वातावरणमा ध्यान गर्न सकिने स्थल उपलब्ध छ । यति मात्र होइन, भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ध्यान गर्न पाउनु कुनै पनि व्यक्तिका लागि बिरलै पाइने अवसर हुनसक्छ । योगका लागि नेपाल उपयुक्त मुलुक हो । यहाँको हावापानी र वातावरणले योगबाट प्राप्त हुने फाइदालाई कैयौँगुणा बढाइदिन्छ । योग र ध्यानको महत्त्व बुझेरै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्षको जून २१ लाई अन्तरराष्ट्रिय योग दिवस र डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको छ । हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेका योग र हाम्रो भूमिबाट उत्पन्न ध्यानलाई विश्वभर फैलाउने अवसर प्राप्त भएको छ । यसरी नेपाल आरोग्य पर्यटनका माध्यमबाट समृद्धिको यात्रामा हिँड्न सक्छ ।

(जीवन विज्ञान विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)

 

संसद संचालनमा सहयोग गर्न रास्वपा र राप्रपालाई सभामुखको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।
रास्वपा कार्यवाहक सभापति अर्यालसँग सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेकाले सदन अवरोधको स्वरुप बदल्न तथा सदनलाई मर्यादित बनाउन उनको ध्यानाकर्षण गराउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन अनुरोध गरेका थिए । अध्यक्ष लिङ्देनलाई टेलिफोन गरेर सभामुखले संसद्मा आफ्ना विषय राखेर सदनको कारबाही सञ्चालनमा सहयोग गर्न आग्रह गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट । चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँको मृत्यु भएको छ ।

आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।

यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उनी बताउछन् ।

“हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्”, उनले भने, “सुन्तलालाई एकपटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।”

वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनको भनाइ छ । सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरण लगायत काम गरिरहेको उनले जानकारी दिए ।

भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लाष्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको उनले बताए । मेहनत गरे यहाँ नै किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उनले बताए ।

“कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचबिखनका लागि सहजता छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।”

चार सयले बढ्यो सुन तोलामा

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आइतबार बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत जेठ २७ एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो । दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी भइरहेको छ ।

इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिबार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै तेहरानमा हवाई आक्रमण गरेको बताएको छ । सले इरानको रक्षा मन्त्रालयसहित इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निसाना बनाएको बताएको हो ।

पछिल्लो इरानी हमलामा परेर इजरायलमा कम्तीमा ६ जनाको ज्यान गएको र १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

तेल अभिभको दक्षिणमा रहेको बात याम क्षेत्रमा एउटा भवनमा इरानले प्रहार गर्दा ती व्यक्तिहरूको मृत्यु भएको बताइएको छ । इरानले तम्राह क्षेत्रमा पनि आक्रमण गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।