`

मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा कालोपत्र गर्न सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो । 

दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए । 

उनले भने, “बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।” बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ । 

पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ । 

यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

‘आफ्नै पसिना र मेहनतले बनाएको बालकोटको घरलाई भ्रष्टाचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ । शनिबार एक विशेष समारोहकाबीच पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पण कार्यक्रममा शाक्यले गरिब दुःखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, विहेसम्मका कुराहरु यो पुस्तकमा समेटिएको बताइन् । साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन् ।

बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहनतले घर बनाएको प्रष्ट पारिन् ।

उनले भनिन्, ‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ । मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं । आफ्नै पसिना, मेहनतले घर बनाएका हौं । यसमा भ्रष्टाचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन ।’

प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने बताएका छन् ।

डिजिटल करसम्बन्धी आदेशमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने प्रश्नमा ट्रम्पले छिट्टै यस्तो आदेशमा हस्ताक्षर गर्ने जवाफ दिए ।

उनले भने, “हामी त्यो (डिजिटल) कर लगाउने घोषणा गर्दैछौँ । अन्य देशहरूमा डिजिटल करका सम्बन्धमा उनीहरूले हामीलाई जे गरिरहेका छन् त्यो डरलाग्दो अवस्था छ । त्यसैले, हामी यसको घोषणा गर्न जाँदैछौं।”

ह्वाइट हाउसले यसै महिनाको सुरुमा जारी गरेको तथ्यपुस्तिकामा भनिएको थियो, “ केवल अमेरिकालाई मात्र अमेरिकी फर्महरूमा कर लगाउने अनुमति दिने अमेरिकासँग त्यस्तो कुनै संयन्त्र छैन र व्यापारिक साझेदारहरूले अमेरिकी कम्पनीहरूलाई डिजिटल सेवा कर भनिने कुनै पनि कुराको लागि बिल दिन्छन्।”

ह्वाइट हाउसले भनेको थियो, “क्यानडा र फ्रान्सले यी करहरू प्रयोग गरेर अमेरिकी कम्पनीहरूबाट प्रतिवर्ष ५० करोड अमेरिकी डलरभन्दा बढी कर सङ्कलन गर्छन्। समग्रमा, यी गैर–पारस्परिक करहरूले अमेरिकी फर्महरूलाई प्रति वर्ष दुई अर्ब डलरभन्दा बढी अतिरिक्त रकम बराबरको खर्च लगाउँछन् ।”

हालैका वर्षहरूमा, धेरै युरोपेली देशहरूले आफ्नो देशमा गुगल, अमेजन, एप्पल र मेटाजस्ता ठूला प्रविधि कम्पनीहरूको सञ्चालनमा डिजिटल करको लागि सक्रिय रूपमा दबाब दिएका छन्, जसको संयुक्त राज्य अमेरिकाले कडा विरोध गरेको छ।

ट्रम्पको पहिलो कार्यकालको दौडानमा उहाँले यी करका उपायहरूले अमेरिकी व्यवसायहरूलाई अनुचित रूपमा असर पारेको आरोप लगाउँदै धेरै व्यापार साझेदारहरूको डिजिटल सेवा करहरूमा ‘३०१ वटा अनुसन्धान’ शुरू गरेका थिए ।

जो बाइडनले कार्यभार सम्हालेपछि संयुक्त राज्य अमेरिकाले अक्टोबर २०२१ मा अस्ट्रिया, बेलायत, फ्रान्स, इटाली र स्पेनसँग डिजिटल सेवा कर विवादको सम्बन्धमा सम्झौता गरेको थियो र आर्थिक सहयोग र विकास सङ्गठन (ओइसिडी) को विश्वव्यापी कर सम्झौताको ढाँचा अन्तर्गत मुद्दा समाधान गर्न सहमत भएको थियो।

तर जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिन ट्रम्पले ओइसिडी फ्रेमवर्कअन्तर्गत भएको विश्वव्यापी कर्पोरेट संस्थाका लागि न्यूनतम कर सम्झौताको संयुक्त राज्य अमेरिकामा ‘कुनै प्रभाव’ नभएको भन्दै बाइडेन प्रशासनले लगभग १४० देशहरूसँग वार्ता गरेको सम्झौताबाट प्रभावकारी रूपमा पछि हटेको राष्ट्रपतिको आदेशमा हस्ताक्षर गरेका थिए ।

‘धरान रन’को उपाधि केन्याली धावकलाई

धरान। केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । शनिबार सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् ।

दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।

धावकद्वयलाई नगद ६० हजार पुरस्कार प्रदान गरिएको छ । पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद ४० हजार पुरस्कार प्रदान गरिएको छ ।

धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद ३० हजार प्रदान गरिएको थियो । प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।

गुटउपगुटले आफ्नो स्वार्थअनुसार पार्टीलाई अगाडि बढाउन खोज्दा समस्या देखियोः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैको समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिशेन भएकै छैन । कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो’,उनले भने ।

कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको उनले बाताए । ‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भईरहेका छौं,’ उनले भने,’समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरि पार्टी संगठनलाई अघि बढाऊँ ।’

कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै उनले अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकोमा चिन्ता व्यक्त गरे ।

उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । पार्टीको नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने सिंहको भनाई थियो ।

पूर्वराजाले पुनरागमन हुने दिवासपना नदेख्दा हुन्छः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको शनिबार उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताए । स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको उल्लेख गर्दै उनले यो रणनैतिक सिफ्ट भएको बताए ।

प्रचण्डले समाजवादको सैद्धान्तिक बहसलाई व्यवहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिए । एकातिर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र अर्कोतिर विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उनले यसको मर्मलाई आत्मसात गरेर अघि बढ्न आग्रह गरे ।

पार्टीले आठौं महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्ममा साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

समुदायसित मिलेर स्थानीय विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्नेमा सबै नेता कार्यकर्ताको समान बुझाइ हुनुपर्ने उल्लेख गर्दै उनले पार्टीले समाजवादतर्फको यात्रा सुरु गरेन भनेर कुनै न कुनै रुपले देश दुर्घटनामा जाने बताए ।

अब विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आउने पीँढीको भविष्यलाई समेत ध्यान दिएर नेपाली समाजमा अग्रगामी विकल्प दिनुपर्ने दायित्व माओवादीको काँधमा आएको बताए ।

उनले १८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिँदै गर्दा जनतामा गरिएको अपीलले जनतामा सकारात्मक प्रभाव पर्दै गएको र माओवादीप्रति पुनः आकर्षण फर्कन थालेको बताए ।

अध्यक्ष प्रचण्डले पछिल्लो केही समय आवश्यकता भन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसितको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको जानकारी दिए ।

उनले सरकारको प्रस्तुति दिन प्रतिदिन कमजोर बन्दै गएको र यसलाई विभिन्न तत्वहरुले आफ्नो अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको बताए ।

इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरुले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए । उनले भने, ‘इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपनामा छन्, त्यस खालका प्रचारबाजी भइरहेका छन्।’

महसुल नबुझाउने उद्योगको लाइन नकाट्न प्राधिकरणलाई विद्युत नियमन आयोगको निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल उठाउन उद्योगहरुमा लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विभिन्न दबाबमुलक कार्यहरु गर्दा समेत उद्योगहरु बक्यौता तिर्न नआएको भन्दै लाइन काट्ने तयारी गर्दै विद्युत नियमन आयोगसँग लाइन काट्ने सहमतिका लागि पत्र पठाएका थिए ।

पत्रको जवाफमा नियमन आयोगले विद्युत प्राधिकरणलाई पत्र पठाउँदै मंसिर २ गते सरकारको निर्णय (मन्त्रीस्तर) ले प्राडा अरबिन्द कुमार मिश्रको संयोजकत्वमा बक्यौता रकमको जाँच गर्ने प्राविधिक समिति गठन गरेको र समितिले काम नसकेको भन्दै सरकारबाट निर्णय नभएसम्म वा आयोगबाट अर्को निर्देशन प्राप्त नभएसम्म कारवाही यथास्थितिमा राख्न साथै बक्यौता असुली कार्यलाई निरन्तरता दिने लगायतको निर्देशन भएको प्राधिकरणलाई स्मरण गराएको छ ।

आयोगले भनेको छ, ‘आयोगको मिति २०८१/७/१४ को पत्रबाट २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड फीडर र ट्रंकलाइनको बक्यौता विद्युत महसुल हो भने मासिक विद्युत महसुल नियमितरुपमा बुझाइरहेका उपभोक्ताहरुको हकमा मात्र त्यस्ता उपभोक्ताबाट किस्ताबन्दीमा असुल फरफारक गर्ने रणनीति बनाई त्यहाँ प्राधिकरणवाटै उपयुक्त अनुपातमा आवधिक रकम तोकिदिएर सम्बन्धित ग्राहकबाट असुलउपर गर्ने र उक्त विद्युत महसुलको दररेट वा परिमाण वा अन्य कुनै पक्षउपर पछि कुनै आधिकारिक निकायवाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा त्यस्तो रकम असुल भैसकेको भए पनि त्यसपछिका विलमा समायोजन गर्दै जाने भन्ने निर्देशन भएको पनि विदितै छ ।’

प्राधिकरणले उपयुक्त रणनीति अख्तियार गरी त्यसअनुसार कामकारवाही गरेकै हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ । बक्यौता असुलीको कार्यलाई निरन्तरता दिने क्रममा ठूला ग्राहकहरुबाट बक्यौता असुल गर्ने क्रममा विद्युत् लाइन बिच्छेदको कारवाही गरियो भने प्राधिकरणले त्यस्ता ग्राहकबाट आर्जन गर्ने नियमित आम्दानीमा नकारात्मक असर पर्ने आयोगले बताएको छ । आयोगले बक्यौता असुलीलाई निरन्तरता दिने क्रममा प्राधिकरणबाट कात्तिक १४ गतेपछि हालसम्म भएको प्रगति आयोगलाई जानकारी गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगीको खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भुक्तानी रोकेर बक्यौता उठाउने, बक्यौता रहेका उद्योगी सञ्चालकको घरको लाइन काट्ने चेतावनी दिएको थियो । आईपीओ निष्कासन रोक्न सेबोनलाई पत्राचार समेत गरेको थियो ।

विभिन्न दबाबमुलक कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले पुनःलाइन काट्नका लागि आयोगसँग अनुमति मागेको थियो ।

हमासले शुक्रबार फिर्ता गरेको अवशेष शिरी बिबासको पनि भएको परिवारद्वारा पुष्टि

जेरुसेलम । शुक्रबार इजरायलमा फिर्ता गरिएका अवशेषहरूमध्ये सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले बन्धक बनाएका इजरायली नागरिक शिरी बिबासको भएको पुष्टि भएको उनको परिवारले शनिबार जनाएको छ ।

रेड क्रसको अन्तर्राष्ट्रिय समितिले शुक्रबार कसको हो भनी नबताई थप मानव अवशेषहरू इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरेको बताएपछि नीर ओजको इजरायली किब्बुट्ज समुदायले शनिबार बिबासको मृत्युको घोषणा गरेको थियो ।

“इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनमा पहिचान प्रक्रियापछि आज बिहान हामीले शिरी बिबासको मृत्युको प्रमाण पायौँ । शिरीलाई बन्धक बनाएपछि हत्या गरिएको थियो र अहिले उनी आफ्ना छोराहरू, पति, बहिनी र परिवारका सबै सदस्यहरूलाई आराम दिन घर फर्किएकी छिन्,” बिबास परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उनीहरूको भाग्यको लागि हाम्रो डरको बावजुद अब हामी शिरीसँग छुट्टिएका छाँैं र यसले हामीलाई दुःखी बनाएको छ ।”

“करिब १६ महिनादेखि हामीले निश्चितता खोजेका थियौँ र अब हामीसँग कुनै सान्त्वना दिने आशा छैन, अब शिरीको खोजीको अभियान टुङ्गिएको छ,” परिवारले इन्स्टाग्राममा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिहीबार हमासले शिरी बिबास, उनका दुई साना छोरा र एक वृद्ध बन्धकको भन्दै चार वटा शव हस्तान्तरण गरेको थियो ।

उनका दुई छोरा र बन्धक बनाइएका वृद्धको शवको सकारात्मक पहिचान भए पनि इजरायली अधिकारीहरूले चौथो शव शिरी बिबासको नभएको बताएका थिए ।

हमासले शुक्रबार नै शवको सम्भावित ‘घुलमिल’ भएको हुनसक्ने भन्दै रेडक्रसलाई नयाँ अवशेष हस्तान्तरण गरेको थियो। हमासले लामो समयदेखि इजरायलको हवाई आक्रमणमा बिबास र उनका छोराहरू केफिर र एरियलको मृत्यु भएको बताउँदै आएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गाजामा युद्ध सुरु गरेपछि बिबास परिवार इजरायलले भोग्नुपरेको बन्धकको पीडाको प्रतीक बनेको थियो ।

लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए ।

“अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ”, उनले भने । 

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए । दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याए ।

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ । राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उनको भनाइ छ ।

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो ।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा छ दशमलव २० प्रतिशतले बढेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ ।

त्यस्तै, चीनसँगको व्यापार घाटा एक खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट रू एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा रू दुई अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।

नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ । अफगानस्तानसँग सात महिनामा एक करोड २४ लाखको आयात र ५९ करोड ४५ लाखको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ ।

विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र छ अर्ब ६१ करोड ६५ लाखको एलपि ग्यास आयात भएको छ ।

त्यस्तै, पाँच अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र पाँच अर्ब ४३ करोड ४१ लाखको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा तीन अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, रु छ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, रु पाँच अर्ब ३८ करोड ८० लाखको अलैँची, रु तीन अर्ब ८९ करोड ५२ लाखको कार्पेट, रु तीन अर्ब १० करोडको धागो र रु तीन अर्ब बराबरको चिया निर्यात भएको छ ।

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

स्याङ्जा । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको वडा नम्बर ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झण्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् ।

चापाकोटस्थित रत्नपुर साना किसान कृषि सहकारी संस्था, रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था र नवदृष्टि कृषि सहकारी संस्थामा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलले बताए ।

उनका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कूल तीन सय ९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको हो ।

“तीन सय ९० रोपनी क्षेत्रफलमध्ये २० रोपनीमा बीउका लागि आलु लगाइएको छ”, उनले भने, “बाँकी तीन सय ७० रोपनी क्षेत्रफलमा खायन आलु लगाइएको छ ।”

सामूहिक आलुखेतीमा वडा नम्बर ८ र ९ का झण्डै दुई सय कृषक प्रत्यक्ष सहभागी भएका उनले बताए । यहाँ उत्पादन हुने आलु चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको उनले बताए ।

“यहाँ जतिमात्रामा आलु उत्पादन गरेपनि बजार पाउँदैन कि भनेर पिरोलिनुपर्ने अवस्था छैन” उनले भने, “चिप्स बनाउने कम्पनीसित आलु बिक्रीकालागि सम्झौता भएकाले हामीले आलु खनेपछि कम्पनीलाई खबर गर्छौं, कम्पनीले चलनचल्तीको भाउमा आलु खरिद गरेर लैजान्छ ।”

यसवर्ष झण्डै चार सय टन आलु उत्पादन हुने अनुमान उहाँको छ । आलु कार्यक्रमकालागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए । ज्ञान केन्द्रले बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै निःशुल्क कीटनाशक विषादी तथा प्राविधिक सहयोग, यन्त्र उपकरण तथा साना सिँचाइका लागि उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

यसवर्ष स्याङ्जामा दुई हजार चार सय रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ । निर्वाहमुखी रूपमा हुँदै आएको आलु खेतीमा आधुनिकता र व्यावसायिकतामा जोड दिएसँगै कृषक आलु खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।

गतवर्ष स्याङ्जामा एक हजार आठ सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गरिएकोमा यसवर्ष पाँच सय ५० रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको हो । विगतदेखि नै निर्वाहमुखी र परम्परागत रूपमा आलु खेती गरिदै आए पनि विगत दुई वर्षदेखि आलुमा आधुनिकीकरण र व्यावसायिकतासँगै क्षेत्रफल र उत्पादनमा वृद्धि भएको प्रमुख हमालले बताए ।

स्याङ्जामा कृषक समूह, सहकारी व्यावसायिक फर्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलु खेती गरिएको छ । जिल्लामा जनकदेव, खुमल उज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायत उन्नत जातको बीउ आलु लगाउने गरिएको छ ।

यस वर्षको प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

काठमाडौँ । यसवर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किलोमिटर दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् ।

सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा शनिबार आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई तीन लाखसहित ट्रफी र पदक प्रदान गरे ।

कूल  तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे । उनीहरुलाई क्रमशः  दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरियो । 

त्यस्तै २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजिन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय घोषित भए ।

     प्रधानसेनापति अशोकराज सिग्देलले कूल आठ सय ६३ धावक सम्मिलित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः  ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गरे ।

महिलातर्फको २१ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गरे । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उनीहरुलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गरे ।

      दश किलोमिटर दूरीको सैनिक सहचारीतर्फको दौडमा भारतीय दूतावासका प्रेमलाल चौहान प्रथम, सोही दूतावासका विकास कुमार द्वितीय तथा बेलायती दूतावासका सुमन राई तृतीय भए । सेनाका अधिकृततर्फको १० किमी दौडमा उपसेनानी सन्तोष श्रेष्ठ, सहसेनानी सुरेन्द्र बस्नेत र  उपसेनानी दीपराज खत्री क्रमशः प्रथम,  द्वितीय र तृतीय घोषित भए ।
    
सेनाका महिला अधिकृततर्फको १० किमी दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमश ः प्रथम, द्वितीय र तृतीय भए ।

त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यामिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए । 

त्यस्तै पाँच किमी दूरीको कक्षा दशदेखि १२ सम्म अध्ययनरत छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरका आयुश्मा आचार्य, निकिता राउत र करुणा खड्का प्रथम, द्वितीय र तृतीय भए । पाँच किमी दूरीका दौडमा सोही महाविद्यालय मातहतका कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रतर्फ मौसम रोकाय, बवीन अधिकारी र दिपेश रिमाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । ती सबै विधाका दौड प्रतियोगितामा करिब दुई हजारको सङ्ख्यामा धावकको सहभागी रहेको नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले जनाएको छ । 

सामाजिक एकताको प्रतिका रुपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा विसं २०७२ देखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

निःशुल्क शिक्षा दिन धौलागिरी बुहुमुखी क्याम्पसमा एक करोडको कोष स्थापना

बागलुङ । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ ।

 गत वर्षको तिहारमा देउसीभैलो खेलेर एक करोडको कोषको शुभारम्भ गरिएकामा कोष हस्तान्तरणको तयारीमा पुगेको छ । अहिले कोषमा  ७५ लाख सङ्कलन गरिएको छ ।

धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो । 

 कोषलाई छिट्टै एक करोड पुर्याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिलेसम्म ७५ लाख सङ्कलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलले जानकारी दिए । कोष निर्माणका लागि धौलागिरी बुहमुखी क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका छन् । 

कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १०० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापति कँडेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन–पाठनमा सहयोग पुर्याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले  एक करोड ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुगेको हो ।  

कोष निर्माणका लागि देउसीभैलोमार्फत  ४५ लाख सङ्कलन भएको र काठेखोला गाउँपालिकाले  तीन लाख तथा पर्वतको जलजला गाउँपालिकाले एक लाख प्रदान गरिसकेको कँडेलको भनाइ छ । यस्तै शिक्षाप्रेमी, समाजसेवी, अग्रजको सम्झनामा समेत कोषलाई  २० लाख रकम प्राप्त भइसकेको उनले बताए ।

उनका अनुसार कोष निर्माणमा पूर्व विद्यार्थीले समेत साथ दिइरहेका छन् । कोषमा  एक करोड पुर्याउन स्थानीय तहमा निर्णय भएअनुसार प्राप्त भए लक्ष्यमा पुगिनेछ । कोषमा बागलुङ नगरपालिकाले  पाँच लाख, तमानखोला गाउँपालिकाले  पाँच लाख र बरेङ गाउँपालिकाबाट दुई लाख गरी  १२ लाख रकम दिने निर्णय भइसकेको र जम्मा हुँन बाँकी रहेको कँडेलले बताए । 

“धौलागिरी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दो छ, पलायन विद्यार्थीलाई यही राख्न र निःशुल्क उच्च शिक्षा प्रदान गर्नका लागि कोषले ठूलो सहयोग गर्नेछ”, कँडेलले भने, “स्वतन्त्र विद्यार्थी युनियनले कोष निर्माण र सङ्कलन गरे पनि कोषको रकम  एक करोड पुर्याएर क्याम्पसलाई दिइने छ, प्रत्येक वर्ष १०० विद्यार्थीको अध्ययन खर्च कोषको ब्याज रकमबाटै दिइनेछ ।”

क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य पुरा हुने चरणमा पुगेको हो । कोष निर्माणमा क्याम्पसका प्राध्यापकले एक महिनाको तलब सहयोग गरेका थिए । क्याम्पस र समुदायबीचको सम्बन्ध तथा सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण गरिएको हो । 

आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बञ्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने क्याम्पस प्रमुख सह–प्रध्यापक डा सुर्दशन सिलवालले जानकारी दिए । बागलुङ–३ किनारा टोल निवासी समाजसेवी भिमसेनकुमार श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठले विपन्न विद्यार्थीको अध्ययनमा सहयोग होस् भनि क्याम्पसमा श्रेष्ठ परिवारले  दुई लाख सहयोग गरेका थिए ।

कोषको ब्याजको रकमबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको पठनपाठनमा सघाइने क्याम्पसका पूर्वप्रमुख प्रा डा रामप्रसाद उपाध्यायले जानकारी दिए । “अहिले पनि हामीले विद्यार्थीलाई केही छात्रवृत्ति उपलब्ध गराएका छौँ, तर त्यसले मात्र पुग्दैन”, उनले भने, “क्याम्पसमा स्थापना गरिने रु एक करोडको कोषले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउनेछ ।” क्यम्पसमा अहिले दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरू

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएका हुन् ।

ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।

त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरूङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठ वटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

‘जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ, हामीले आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छौं’, गाउँपालिका अध्यक्ष पुनले भने ।

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७ भारवाङमा विद्युत्गृह रहने अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरूङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरू गरेको छ । विसं २०८१ वैशाख २८ गतेदेखि पुर्वाधार निर्माण गर्न सुरू गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरूङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

उनका अनुसार, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरूङ र विद्युत्गृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ । मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युत्‌गृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत्‌गृहको पहुँचमार्ग निर्माण गरेको छ ।

नाउरादेखि छ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युत्गृहको लागि पूर्वाधार बनाउने र सुरूङ निर्माणको तयारी गरिएको छ । सुरूङ निर्माण र विद्युत्गृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए।

मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरूङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिले जानकारी दिए ।

आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युत्‌गृहबाट सुरूङ खन्ने तयारी गरिएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।

संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार र महत्त्वपूर्ण थलोका रूपमा लिइन्छ । यो सभालाई प्रभावकारी तुल्याउन दलगत स्वार्थ त्यागेर देशलाई केन्द्रविन्दुमा राखी हेरिनुपर्छ । हरेक विषयलाई साझा ढङ्गले छलफल र बहस गरेर टुङ्ग्याइनुपर्छ । त्यसो त शून्य र विशेष समयमा सदस्यहरूले आ–आफ्ना ढङ्गले विषयवस्तु उठाउँछौँ तर, कानुन बनाउने कुरामा अहिलेसम्म हामी फरक–फरक ढङ्गले प्रस्तुत हुँदैनौँ । आगामी दिनमा पनि सोही ढङ्गले अगाडि बढ्नुपर्छ । राष्ट्रियसभालाई फरक र जिम्मेवार ढङ्गले लैजानुपर्छ ।

सहमतिमै संविधान संशोधन

संविधान संशोधनको विषय अहिले बहसमा छ । खासगरी नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार सात बुँदे जगमा बनेको हो । सात बुँदामध्ये संविधान संशोधन एक महत्त्वपूर्ण विषय हो । दुई ठूला राजनीतिक दल बढी जिम्मेवार बन्नुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन सरकार बनेको मेरो बुझाइ छ । हरेक १० वर्षमा संविधान पुनरावलोकन गर्ने भन्ने पनि छ । संविधान कार्यान्वयनको एक दशकको अवधिमा कहाँ–कहाँ कमजोरी रहे र कुन–कुन विषयलाई सच्याउनुपर्छ भनेर संविधान संशोधनको विषय उठेको हो । संविधान संशोधन दुई ठूला दलले मात्रै गर्ने नभई सबै दलको साझा सहमतिमा हुनुपर्छ ।

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ । संविधानले व्यवस्था गरेबमोजिम अध्यादेश आएको छ । अध्यादेश अहिले मात्र हैन हिजोका सरकारहरूले पनि ल्याएकै हुन् । अहिले अत्यावश्यक अध्यादेश आएका छन् भन्ने मेरो बुझाइ हो । अध्यादेश देशको अर्थतन्त्रलाई सुधार्ने, सुशासन प्रवर्द्धन गर्ने र विकासलाई गति दिने खालका छन् । लामो समयदेखि समस्याको रूपमा रहेको भूमिसम्बन्धी र सहकारी क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्न समय सान्दर्भिक भएर अध्यादेश ल्याइएको छ । कतिपय विधेयकहरू दुई–चार वर्षदेखि सदनमा विचाराधीन छन् । छिटो कानुन बनाउने अवस्था नभएपछि सरकारले तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै अध्यादेश ल्याएको हो । अध्यादेशले समेटेका विषयमा कुनै समस्या छन् भने त्यसमा छलफल गरेर परिस्कृत गर्न सकिन्छ । अध्यादेशमा कैफियत नै रहेछ भने पनि प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।

राष्ट्रियसभा भनेको विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार छ । त्यो जिम्मेवारीमा राम्रोसँग भूमिका खेल्नुपर्छ भनेर लागिपरेको छु । राष्ट्रियसभाले खेल्ने महत्त्वपूर्ण भूमिका भनेको विधेयकमा ध्यान दिने र नीति बनाउने हो । सिकाइ, बुझाइ र खेल्नुपर्ने भूमिकाका हिसाबले राष्ट्रियसभा मेरा लागि विश्वविद्यालय भएको छ ।

हालको जिम्मेवारीबाट देशमा नीतिगत सुधार के कति गर्न सकिन्छ भन्नेमा केन्द्रित छु । पहिलो जिम्मेवारी कानुन निर्माणमै सक्रिय भइरहेकी छु । राष्ट्रियसभाको औचित्यका बारेमा प्रश्न उठाइएको सुनेको छु, तर संसदीय अभ्यासमा यो सभा अनिवार्य र अपरिहार्य छ । संविधानले परिकल्पना गरेअनुरूप यसको भूमिकालाई अझ प्रभावकारी बनाउन जरूरी छ । प्रतिनिधिसभाको ‘चेक एन्ड ब्यालेन्स’ का निम्ति पनि राष्ट्रियसभा चाहिन्छ । खासगरी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । उहाँहरूको ध्यान विकास निर्माणतर्फ बढी केन्द्रित हुने गरेको देखिन्छ । प्रतिनिधिसभाले विधेयकमाथिको छलफलका लागि पर्याप्त समय दिन नसकेको हो की भन्ने लाग्छ । तुलनात्मक रूपमा राष्ट्रियसभाको बढी ध्यान कानुन निर्माणमै हुने गरेको छ । यसो भनिरहँदा प्रतिनिधिसभाले कानुन बनाउन विलम्ब गरेको छ भन्ने होइन । भूमिकाको हिसाबले राष्ट्रियसभाले कानुन निर्माणमा बढी ध्यान दिएको देखिन्छ । संविधान कार्यान्वयन भएको छ की छैन ? कार्यान्वयनका निम्ति बनाउनुपर्ने कानुन बने कि बनेनन् ? यी विषयलाई केलाएर राष्ट्रियसभाले सरकारलाई प्रतिवेदन दिएको छ । हामी अलि गहिरो गरी हेर्न भ्याउँछौँ र प्रतिनिधिसभाले केही कमजोरी गरेमा सच्याउन सक्छौँ । राष्ट्रियसभाको औचित्य छ भन्ने मान्यता स्थापित भएको छ । यो मेरो बुझाइ र अनुभूति हो ।

विधेयकहरू कहिलेसम्म सक्ने भन्नेमा प्रतिनिधिसभामा समयसीमा छैन । प्रतिनिधिसभाले केही वर्षअघि दर्ता भएका विधेयक पनि अहिलेसम्म टुङ्गो लगाउन सकेको छैन । दुई वर्षअघि दर्ता भएका विधेयक पनि टुङ्गिएका छैनन् । तर, राष्ट्रियसभाले दर्ता भएको विधेयकलाई छ महिनाभित्रै टुङ्ग्याउनुपर्ने समयसीमा छ । कतिपय विधेयक तीन महिनाभित्रै अध्ययन गरेर पारित गरेका छौँ । प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयकलाई पनि राष्ट्रियसभाले तुरून्तै पारित गरेर पठाएको छ ।

प्रमुख सचेतक भगवती न्यौपानेको परिचय

विसं २०५० देखि राजनीतिक दलमा आबद्ध भएकी भगवती न्यौपानेले नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट राजनीतिक यात्रा सुरू गरेकी हुन् । अखिल नेपाल महिला सङ्घ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बनिन् । उनले एमालेको जिल्ला सचिवको जिम्मेवारी पनि निर्वाह गरिन् । राष्ट्रियसभामा एमालेको प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएकी न्यौपाने हाल राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सदस्य हुन् ।

कुराकानीमा आधारित

Expert Strategies for Crushing Craps at God Odds

Expert Strategies for Crushing Craps at God Odds

Craps looks exciting, but the fast‑paced dice action can overwhelm beginners. The table is full of different bet types, each with its own odds and payout. Understanding the house edge is the first step to turning chaos into profit.

Most new players make two common mistakes: they chase the “big” bets like the Any Seven, and they ignore the low‑variance bets that keep the bankroll stable. Have you ever wondered why some players walk away with winnings while others lose quickly? The answer lies in bet selection and bankroll management.

Pro Tip: Start every session by setting a clear loss limit. This simple rule protects your funds and lets you focus on the best odds.

Core Betting Concepts Every Player Should Master

Before you place a single chip, learn the three fundamental bets that give the lowest house edge:

  • Pass Line – wins on a natural 7 or 11, loses on 2, 3, or 12.
  • Don’t Pass – the opposite of Pass Line, with a slightly better edge on the come‑out roll.
  • Come/Don’t Come – work like Pass/Don’t Pass but can be made after the point is established.

These bets have a house edge of around 1.4% or less, far better than the risky proposition bets.

Industry Secret: Combining a Pass Line bet with odds (the extra wager placed after the point) reduces the effective edge to under 1%.

Example: Imagine you wager £10 on the Pass Line and add £20 of odds. The odds portion pays true odds, so the overall house edge drops dramatically, giving you a higher expected return over many rolls.

Maximizing the Welcome Bonus on Craps Play

God Odds offers a generous welcome bonus that can be a game‑changer for new crappers. The bonus matches your first deposit 100 % up to a set amount and often includes free spins for slots. Here’s how to squeeze the most value from it while playing craps:

  1. Deposit enough to unlock the full match, but stay within your budget.
  2. Allocate the bonus to low‑edge bets (Pass Line with odds) rather than high‑variance side bets.
  3. Meet the wagering requirements by playing a mix of table games and slots; the 3000+ games library gives plenty of choices.

Did You Know? Some online casinos count slot play toward the wagering requirement at a higher rate than table games. Use that to clear the bonus faster and move to pure craps action.

Fast Withdrawals and Mobile Play: How God Odds Solves Common Pain Points

Many players complain about slow payouts and clunky mobile interfaces. God Odds tackles both issues head‑on.

  • Speedy withdrawals: The platform processes cash‑out requests within 24 hours for most e‑wallets and even faster for crypto.
  • Mobile‑first design: The site works flawlessly on iOS and Android browsers, letting you roll dice on the go.

Pro Tip: Enable two‑factor authentication in your account settings; it speeds up verification for withdrawals and adds an extra layer of security.

Example: A player in Manchester deposited £50 via a crypto wallet, played a few rounds of Pass Line with odds, and withdrew the winnings the next day—all without contacting support.

Putting It All Together: A Practical Playbook

Now that you know the basics, it’s time to apply them in a real session. Follow this step‑by‑step playbook:

  • Step 1 – Register: Sign up on the platform and claim the welcome bonus.
  • Step 2 – Fund: Make a deposit that activates the full 100 % match.
  • Step 3 – Choose bets: Start with a Pass Line bet, add maximum odds, and avoid side bets.
  • Step 4 – Track: Keep a simple spreadsheet of wins, losses, and the amount of bonus used.
  • Step 5 – Withdraw: Once you meet the wagering requirement, request a withdrawal using your preferred method.

By sticking to low‑edge bets and using the bonus wisely, you can turn a modest bankroll into a steady stream of profit.

Responsible gambling reminder: Always set limits before you start and never chase losses.

Ready to experience these benefits? Start your journey at https://casino-gododds.co.uk/ and put these expert strategies into action today.

सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता

नेपाली सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथनमा सहभागी धावकहरु ।

तस्बिर : नारायण न्यौपाने / रासस

निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् ।

फाइनान्सिएल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले नेपाललाई ‘ग्रे लिष्ट’ मा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । एक्सन प्लानअनुसार प्रभावकारी रूपमा काम गरेर हामी निर्धारित समयअगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौँ ।’

सम्पत्ति शुद्धीकरण निवारणमा एफएटिएफको ‘ग्रे लिष्ट’ मा पर्यो नेपाल

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ ।

फ्रान्सको पेरिसमा शुक्रबार सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यसबारे जानकारी दिए ।

नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको हो । त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवं अभियोजन निकै फितलो थियो । यसलाई पनि महत्त्वपूर्ण कारण ठानिएको छ ।

नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा परेको यो दोस्रोपटक हो । यसअघि नेपाल सन् २०१४ मा ‘ग्रे लिष्ट’ बाट निस्किएको थियो । त्यसबेला नियामकीय सुधार गर्ने भनेर मार्गचित्र तयार पारी कार्यान्वयनमा आएपछि एफटिएफको प्रत्यक्ष निगरानी हटाइएको थियो ।

कहाँ चुक्यो नेपाल ?

‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) ले दुई वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन) गरेर एफएटिएफलाई प्रतिवेदन बुझाएको थियो ।

सन् २०२३ जुलाई ९ देखि जुलाई १४ सम्ममा क्यानडाको भ्यानकुभरमा आयोजना भएको एपिजीको वार्षिक प्लेनरी बैठकले नेपालको पारस्पारिक मूल्याङ्कन पारित गरेको गरेको थियो । सोहि आधारमा सन् २०२३ अक्टोबरमा एफएटीएफले नेपाललाई एक वर्षको निगरानी अवधि (अब्जरभेसन पिरियड) दिएको थियो ।

जसमा ४० वटा सुधारका क्षेत्रहरू औंल्याइएका थिए । निगरानी अवधिमा एफएफटिएफले सुझाएका काम नेपालले कार्यान्वयन गर्ने र सम्भावित खैरो सूचीमा जानबाट रोकिने विश्वास लिइएको थियो । तर नेपालले एक वर्षको निगरानी अवधिमा पनि उल्लेख्य सुधार गर्न नसकेपछि अन्ततः खैरो सूचीमा परेको हो ।

एफएटिएफले नेपाललाई सुधार गर्नुपर्ने भनि औंल्याएका विषयहरूमा गैर–वित्तीय क्षेत्र नियमनको दायरामा आउन नसक्दा यो क्षेत्रमा सम्पत्ति शुद्धीकरणको बढी जोखिम देखिएको, आतंककारी क्रियाकलापमा भइरहेको वित्तीय लगानीलाई नेपालले ‘ट्र्याकिङ’ गर्न नसकेको, उच्च जोखिमका बाबजुद सम्पत्ति शुद्धीकरणसँग जोडिएका मामिला अनुसन्धान र जाँचबुझमा नेपाल कमजोर देखिएको, कानूनी सुधारको गुञ्जायस देखिए पनि कार्यान्वयनमा चुकेकोलगायत उल्लेख थिए ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकास गर्न नेपालले उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोत साधन परिचालन, अन्तरनिकाय समन्वयलगायत विषयमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिइएको थियो । ती सुझावहरू कार्यान्वयनमा आंशिक प्रगति देखिए पनि नेपाल खैरो सूचीमा पर्नबाट जोगिन सकेन ।

त्यसअघि, नेपालले सन् २०२० मा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन गरेको थियो । उक्त मूल्याङ्कनबाट नेपालका नियामकलगायत सम्बन्धित निकाय र निजी क्षेत्र सम्पत्ति शुद्धीकरणका चुनौतीबारे केही हदसम्म जानकार देखिए पनि आतंककारी क्रियाकलापमा वित्तीय लगानी पहिचान र निवारण चुनौतीपूर्ण रहेको औंल्याईएको थियो ।

राजनीतिक क्रियाकलापसँग जोडिएका गतिविधिमार्फत आतंककारी क्रियाकलापमा वित्तीय लगानी भइरहेको विषयलाई नेपालले पहिचान गर्न नसकेको एपिजी प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, गैर–वित्तीय पेशा व्यवसाय (नन् फाइनान्सियल बिजनेस एन्ड प्रोफेसन्स) लाई नियामकीय दायरामा ल्याउन नसकेको पनि निश्कर्ष पनि उक्त मूल्याङ्कनले निकालेको थियो ।

सम्पत्ति शुद्धीकरण मामलामा नेपाल उच्च जोखिममा रहेपनि त्यसको अनुसन्धान, जाँचबुझ तथा मुद्दा अभियोजन निकै फितलो छ । त्यस्तै सम्पत्ति शुद्धिकरण निवारणसँग सम्बन्धित कानून तल्लो तहसम्म कार्यान्वयनमा जान नसक्नु नेपालको कमजोरी रह्यो ।

नेपालमा वित्तीय संस्थाको नियामकका रूपमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ । तर  गैर–वित्तीय पेशा तथा व्यवसायका लागि छुट्टै नियामकीय निकाय अझै बनिसकेको छैन ।

बैंक तथा वित्तीय संस्थामा पनि लाभसहितको स्वामित्व (बेनिफिसियल अनरसिप) र राजनीतिक संलग्नता भएका व्यक्ति (पोलिटिकल्ली एक्सपोज्ड पर्सन) को लगानीलाई एपिजीले चुनौतीका रूपमा देखाएको थियो । अर्कोतर्फ साना वित्तीय संस्थामा ‘एएमएल सिएफटी’सँग सम्बन्धित औजारहरू निकै कम मात्रामा प्रयोग भएको र ती प्रणाली आधुनिक प्रविधिमा आधारित हुन नसकेको जनाइएको थियो ।

कस्तो प्रभाव पर्छ ?

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा पर्दा देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने जानकारहरू बताउँछन् । ‘ग्रे लिष्ट’ मा पर्नुको अर्थ देशभित्र वित्तीय अपराधहरू बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तरराष्ट्रिय विश्वास घटाउँछ । यसका कारण अन्तरराष्ट्रिय बैंकिङ प्रणालीसँगको सम्बन्ध बिग्रन गई वैदेशिक व्यापारमा अवरोध उत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जान्छ । अर्कोतर्फ हुन्डी कारोबार बढ्न गई विप्रेषण प्रणाली प्रभावित हुन पुग्छ । वैदेशिक सहायता तथा प्रत्यक्ष विदेशी लगानीमा गिरावट आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ ।

वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ । जसले पुँजी पलायनलाई तीव्र बनाउँछ । अन्ततः अनौपचारिक अर्थतन्त्रको आकार विस्तार भई देशको वित्तीय तथा मौद्रिक नीतिहरूको प्रभावकारिता घट्छ । परिणामस्वरूप, आर्थिक स्थायित्व कमजोर हुँदै जान्छ र दीर्घकालीन रूपमा देशको विकास क्रममा अवरोध उत्पन्न हुन्छ ।

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, चैत ५ मा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १९ गते संघ तथा संगठन दर्ता, २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने र २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

मतदान भने चैत ५ गते हुनेछ । चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गरेका छन् ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही साथीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे ।

  ‘हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । त्यो हामीले खोलायौँ । अहिले तिनै मान्छे बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन । चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जथाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डको बैङ्कमा पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, ‘मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने,  भ्रम फिजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता र संस्कार होइन ।’

उनले सुशासनबाट मात्रै देशलाई समृद्धितर्फ लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटोछरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा वर्तमान सरकार रहेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका अगुवा व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे । 

काठमाडौँमा रोलरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार चालकलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

समाचार संस्था एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका छन् ।

मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम (एपी)ले ट्रम्पले भनेजस्तो गरी उल्लेख नगरेपछि राष्ट्रपति ट्रम्पले एपीविरूद्ध उक्त आरोप लगाएका हुन् ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’ को संज्ञा दिएका थिए । अमेरिकी समाचार एजेन्सी एपीले उनको आदेश पालना नगरेसम्म एसोसिएटेड प्रेस (एपी) का पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ।

बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएशनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी सङ्गठन’ हो । उसले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी हामीले गरेको प्रस्ताव अस्वीकार गरेको छ र गर्छ । यसले हामी सबैलाई नराम्रो व्यवहार गर्छ ।”

उनले सम्भावित कानूनी कारबाहीको बारेमा उनको दावी के हो भन्ने उल्लेख नगरीकन अगाडि भने, “हामी अहिले कुनै पनि पत्रकार सम्मेलनबाट उनीहरूलाई बाहिर निकालिरहेका छौँँ। मलाई विश्वास छ कि उनीहरूले मुद्दा हाल्नेछन्, र शायद उनीहरूले जित्नेछन्।” फरक पर्दैन। यो केवल यस्तो कुरा हो जसको बारेमा हामी दृढतापूर्वक महसुस गर्दछौं।”

लामो समयदेखि अमेरिकी पत्रकारिताको खम्बाको रूपमा रहेको १८० वर्ष पुरानो यो सञ्चारमाध्यमले अमेरिका र विश्वभरका छापा, टिभी र रेडियो प्रकाशन तथा प्रशारणहरूका लागि समाचार प्रदान गर्दछ ।

गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो । यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो ।

जापान सरकारद्वारा शहरी क्षेत्रमा आउने भालु मार्न पाउने व्यवस्था अनुमोदन

टोकियो । जङ्गली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ ।

सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा देशभर भालुले २१९ जनालाई आक्रमण गरेको र छ भने छ जनाको मृत्यु भएको थियो ।

जलवायु परिवर्तनले भालुको खाद्य स्रोत र शीत निस्क्रियता (हाइबरनेसन)को समयलाई प्रभावित गर्नुका साथै जन्मदरको कमीले आउने वृद्ध समाजका कारण जनावरहरू आहाराको खोजीमा बारम्बार शहरमा पसी आक्रमण गर्ने क्रम बढेको छ ।

आवश्यक प्रक्रियामा प्रशासनिक झन्झटका कारण हुने ढिलाइले जङ्गली जनावरको आक्रमणबाट मानव जीवन नै जोखिममा पर्ने गरेको व्यापक गुनासोपछि सरकारले संशोधित वन्यजन्तु संरक्षण तथा व्यवस्थापन कानून अन्तर्गत यस्तो जोखिमका समय ‘आपतकालीन गोली हान्ने’ अनुमति दिएको हो ।

वातावरण मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “वातावरण मन्त्रालयले आगामी महिनाहरूमा विधेयक संसद्मा प्रस्तुत गर्ने र शरद ऋतुअघि नै पारित गर्नेछ।” हाल आवासीय क्षेत्रमा भालु वा बँदेलजस्ता जनावरलाई गोली हान्न निषेध गरिएको छ ।

जापानमा विद्यमान् कानुनी प्रावधानका कारण जनघनत्व भएको क्षेत्रमा भालु छिर्दा पनि यसलाई प्रतिकार गर्न गोली हान्नका लागि प्रहरीले सर्वसाधारणलाई अनुमति दिँदैन ।

“प्रहरीले कुनै व्यक्तिमाथि आक्रमण हुन केही सेकेन्ड टाढा रहेको अवस्थामा मात्र यस्तो आदेश जारी गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने ।

उनले भने, “हालको नियमअनुसार प्रहरीको स्वीकृति पाउन कोही खतरामा नपरेसम्म पर्खनुपर्ने हुन्छ ।

गत डिसेम्बरमा उत्तरी जापानको एक सुपरमार्केटमा एउटा भालुले दुई दिनसम्म हुलहुज्जत गरेको थियो।

यस आक्रमणमा एक ४७ वर्षीय व्यक्ति घाइते भएका थिए । जापानमा सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा नौ हजारभन्दा बढी भालु मारिएका थिए । 

हमासले फिर्ता गरेका मृतक बन्धकमा शिरीको शव प्राप्त नभएको इजरायलको दावी

जेरुसेलम ।  इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएकोे शुक्रबार बताएको छ।

इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो। लडाकू समूहले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा बिहीबार चार बन्धकको अवशेषलाई रेडक्रसमार्फत् इजरायली सेनालाई सुम्पिएको थियो।

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन्, “अनुसन्धान प्रक्रियाका क्रममा यो पत्ता लाग्यो कि हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।”

उनले भने, “हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गनुपर्छ।”

इजरायलले बिबास परिवारका दुई छोरा (एरियल र कफिर) लाई गाजामा प्यालेस्टिनी ‘आतङ्ककारी’ले मारेको निष्कर्ष निकालेको छ। यद्यपि, सेनाले एरियल र कफिरकी आमा शिरीलाई युद्धको सुरुमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ।

“सम्बन्धित अधिकारीहरूको मूल्याङ्कन र उपलब्ध खुफिया र निदान सूचकहरूको आधारमा एरियल र केफिर बिबासलाई सन् २०२३ नोभेम्बरमा ‘प्यालेस्टिनी आतङ्ककारी समूह हमास’ ले कैदमा क्रूरतापूर्वक मारेका थिए,” अद्राइले भने।

धेरै इजरायलीहरूका लागि सन् २०२३ अक्टोबर ७ मा अपहरणपछि बन्धकहरूको अग्निपरीक्षाको प्रतीक बनेको शिरी, कफिर र एरियल बिबासको अवशेषहरू बिहीबार हस्तान्तरण गरिएको हमासले जनाएको थियो।

हमासले चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि हस्तान्तरण गरेको थियो। उनि एक अनुभवी पत्रकार र लामो समयदेखि प्यालेस्टिनी अधिकारका रक्षक थिए।

गाजा पट्टीमा भएको युद्धविरामअन्तर्गत इजरायली शवहरू हस्तान्तरण गरिएको यो पहिलो घटना थियो।

स्वास्थ्य मन्त्रालयले अब हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ ।

मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

आज मडिया ब्रिफिङका क्रममा उनले भने, “साताभरीका नीगितगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्वूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौँ ।”

यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरु दिँदै आएको छ ।

प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि प्राप्त गरेको र ती औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताए ।

मिडिया ब्रिफिङमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा कूल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको प्रवक्ता डा बुढाथोकीले बताए । उनले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७ सय ८९ लाई खोप प्रदान गरिएको जानकारी दिए ।

हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जिल्लामा हाल हिमपात भएकाले खोप अभियानमा कठिनाइ भएको र फागुन अन्त्यमा उनीहरुलाई खोप लगाइने ब्रिफिङमा जानकारी गराइयो । अभियानमा छुटेकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

देशभरी ३० देखि ४९ वर्षसम्मका ९२ हजार दुई सय ७३ जना महिलाहरुले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको मिडिया ब्रिफिङमा डा बुढाथोकीले जानकारी गराए । भिआइए विधिबाट ६० हजार ९३७ , एचपीभी डिएनए विधिबाट नौ हजार ९२७, प्याप स्मेयर विधिबाट २१ हजार ४०९ जनाले परीक्षण गराएका हुन् ।

प्रवक्ता डा बुढाथोकीले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलिरहेको बताए । यही फागुन ५ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका–४ मा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भइरहेको र अभियान एक महिनासम्म चल्ने जानकारी गराए ।

बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल

तनहुँ । तनहुँको सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भद्रुडाँडा । चारैतिर वनजंगलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका १० परिवारको बसोबास छ ।

आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्याला–मजदुरी गरेर छाक टार्दै आएका छन् । यो समस्या त छँदै छ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।

स्थानीय हस्तबहादुर नेपालीले भने, ‘बस्तीदेखि टाढा रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५–२० मिनेट उकाली–ओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखिकै हो ।’

उनले चैत–वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए । ‘चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नुपरेको छ,’ उनले भने, ‘जंगलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।’

यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास– १ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र संघीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो । बस्ती बसेको ५१ वर्षपछि भद्रुडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् ।

यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ ट्यांकी निर्माणका लागि ट्यांकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास– १ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयांकी निर्माण भइसकेको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

‘बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो,’ उनले भने, ‘यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।’ श्रेष्ठका अनुसार ०७९ भदौमा रु. १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ ।

०८० भदौभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुन सकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्य सम्पन्न हुने बताए । ०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुवात गरेकामा हाल संस्थाले सानाठुला गरी चारवटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ। बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्राडा ब्रह्मदेव झालाई मनोनयन गरेको छ।

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै पेस गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मत रुपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिए। उनले दीर्घकालीन र आर्थिक रुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट गरे।

पूर्वराजालाई पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता छ : महामन्त्री थापा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताए ।

‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ’, महामन्त्री थापाले भने ।

प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने गरेको बताए ।

‘यसर्थ पार्टीका नेता तथा कार्यकर्ताले गुट उपगुट नबनाई जनताको सर्वोपरी हितकालागि क्रियाशील हुनुपर्छ’, महामन्त्री थापाले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहेको र केही दिनभित्र समझदारी हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो ।

निजामती विधेयकबारे छलफल गर्न कांग्रेस नेता बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ ।

समितिको शुक्रबारको बैठकले कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

उपसमितिले विधेयकमाथि छलफल गरी समितिलाई प्रतिवेदन दिने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उपसमितिमा अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समय दिइएको सभापति खतिवडाले बताए ।

सरकारले विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको माधव नेपालको आरोप

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार देशमा तानाशाह लाद्ने कोसिसमा रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् ।

उनले सरकारसँग दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच रहेको बताए । उनले भने, ‘प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

उनले पार्टी सानो छ भन्नेजस्ता निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जवाफ दिनुपर्ने बताए । अध्यक्ष नेपालले काम र व्यवहारबाट पार्टीलाई सशक्त अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीलाई सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर,अनि यो पार्टी पनि चल्छ र ? भनेर निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जवाफ दिएर काम, गतिविधिहरू र व्यवहारबाट चलेर देखाउनेछौं।’

गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिवेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटमा अध्यक्ष डा.बद्री केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिबेशन सुरु भएपछि आफ्ना मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जारी अधिबेशनबाटै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, एनआरएन एक्ट सम्बन्धि विधेयक पास गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत अनुरोध गरे ।

जवाफमा प्रधानमन्त्री आफूले प्रतिबद्धता अनुसार नै पहल भन्दै संविधानतः प्राप्त गर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका बारेमा सरकारले उचित निकाश दिने उल्लेख गरे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले निर्वाचन पद्धतिबाट निर्वाचित भएर आएको टिम नै वैधानिक रहेको कुरामा कसैका दुईमत हुन नसक्ने कुरा समेत व्यक्त गर्दै संघको हालको कार्यसमितिको वैधानिकतामा कुनै प्रश्न नरहेको बताए ।

उनले भने, ‘लोकतान्त्रिक पद्धति मान्दिन भनेर पाइँदैन, तर विश्वभर रहनु भएका गैरआवासीय नेपालीहरु सबै एकै थलोमा मिलेर नेपालको विकास तथा समृद्धिमा दत्त चित्त भएर लाग्नुहोस् ।’

सो अवसरमा गैरआवासीय नेपाली संघका विविध विषहरुमा प्रधानमन्त्रीसँग संघका तर्फबाट कुरा विभिन्न कुराहरु राखेका थिए ।

मुख्य रुपमा संघले आगामी मार्च महिनामा गर्न लागेको दोश्रो अन्तराष्ट्रिय युुवा सम्मेलन, एसिया प्रशान्त क्षेत्रीय बैठक तथा युरोप क्षेत्रीय बैठकका बारेमा समेत प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

यसका साथै उक्त युवा सम्मेलनमा प्रधानमन्त्रीलाई आगामी मार्च १५ तारिखका दिन भर्चुअल माध्यमबाट उक्त सम्मेलनमा भेला भएका युुवाहरुसँगको छलफल कार्यक्रममा जोडिनका लागि गरिएको अनुरोधलाई समेत सकारात्मक रुपमा लिएका थिए ।

अध्यक्ष डा.केसीले गैरआवासीय नेपाली संघलाई नेपाल सरकारले लगानी बोर्डमा आमन्त्रित सदस्यका रुपमा राख्न समेत प्रधानमन्त्रीसँग अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले एनआरएनलाई सरकारले प्राथमिकतामा राख्दै आएको भन्दै अबका दिनमा पनि साथै लिएर अघि बढ्ने बताए ।

यस्तै नेपाल सरकारले हाल रुसमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृृति (नवीकरण) लगायतका अति आवश्यक काममा लगाएको रोकले ठूलो समस्या सिर्जना भएकोले पुनः श्रम स्वीकृतिको प्रक्रियालाई समेत यथाशिघ्र खुला गर्नका लागि सहजीकरण गरिदिनका लागि समेत प्रधानमन्त्री ओलीसँग अनुरोध गरे ।

भेटमा गोर्खा कल्याण कार्यदलका अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य ले. चन्द्र गुरुङ, कार्यदलका सल्लाहकार हरि गुरुङ, पूर्वअध्यक्ष श्री रामचन्द्र गुरुङ (तमु धीं यूके), समाजसेवी, तेज बहादुर गुरुङ, तथा एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत उपस्थित थिए ।

सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवाः राष्ट्रपति पौडेल

धरान  । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् ।

श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ भन्ने म ठान्दछु ।”

राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको बताए । उनले भने, “वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि निष्कर्षमा ‘परोपकार पुण्याय, पापाय परपिडनम’ भन्नुभएको छ ।”

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा उनले जोड दिए । 

“यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिका लागि भांैंतारिहेको यहि कारण हो”, राष्ट्रपति पौडेलले भने । 

विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदा रहेको उनको भनाइ थियो ।

“यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने 

राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सृजना हुनु स्वभाविक नै मान्न सकिने धारण व्यक्त गरे ।

उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे ।

त्यसअवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद्गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती पनि गरेका थिए । 

माघमा देशभर चार सय ७८ आगालागीका घटनामा २२ जनाको मृत्यु, ८७ घाइते

काठमाडौं। माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् ।

आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताए।

सबैभन्दा बढी कोशी प्रदेशमा आगलागी एक सय २९ वटा आगलागीका घटना भएको छ । त्यसपछि मधेश प्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरी प्रवक्ता आचार्यले ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको छ ।

कूल दुई सय ४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट रु १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् ।

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताए।

पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप विच्छ्याउनेलगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बताए ।

महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तित्वको पनि सहयोग आवश्यक रहेकामा उनले जोड दिए। मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरुपलगायतस्थानमा भइरहेको महाशिवरात्रिको तयारीका कामको अवलोकन गरेका थिए ।

अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उनलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए ।

महाशिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर महाशिवरात्रिको तयारी भइरहेको सदस्य सचिव थापाले सुनाए ।

मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन सुरु भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवं धुनी ताप्ने व्यवस्था सुरु गरिसकेका छन् ।

यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ दर्शन गरेर महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि कोष, गुठी संस्थान, पशुपति क्षेत्रस्थित विभिन्न आश्रमले आवास, भोजन र धुनी ताप्ने व्यवस्था गर्ने गरेका छन् । महाशिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

चलचित्र ‘११:५५’को गीत ‘रोक्ने छैन’

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक पहिलो गीत ‘रोक्ने छैन’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ ।

सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैंले एरेञ्ज गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् ।

विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।

पाकिस्तानको पञ्जाबमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै एउटा भ्यान नहरमा खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटना कसुर जिल्लामा भएको थियो, जब एक सङ्गीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह समारोहबाट फर्कदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ ।

उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । आठ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् भने दुई जना घाइते भएका छन् ।
उद्दार अधिकारीहरूले प्रारम्भिक रिपोर्टले ड्राइभर ड्राइभिङ गर्दा निदाएका हुनसक्छन्, जसले दुर्घटना निम्त्याएको हुन सक्छ ।

पाकिस्तानमा सडक दुर्घटना चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षमा सडक दुर्घटना उल्लेखनीय रूपमा बढ्दै गएको छ । लापरबाही, सडकको खराब अवस्था र सवारी साधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन् ।

उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूतको भेट

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् ।

शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।

सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

वातावरण क्षेत्रमा चीनको नयाँ कदम : नवप्रवर्तन प्रवर्द्धन गर्दै

बेइजिङ । चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ ।

सन् २०३५ सम्म प्रविधि र उच्च–स्तर विज्ञान–टेक प्रतिभाको सुधार सङ्ग क्षेत्रको नवीनता प्रणालीको समग्र दक्षता उल्लेखनीय रूपमा बढाइनेछ ।

दिशानिर्देश अनुसार चीनले यस क्षेत्रको वैज्ञानिक र प्राविधिक प्रणालीको सुधारलाई गहिरो बनाउने र देशको पारिस्थितिक तथा वातावरणीय शासन क्षमतालाई थप सुधार गर्ने छ ।

यसले आविष्कारको लागि खुला र समावेशी वातावरण सिर्जना गर्नेछ । साथै, आधारभूत अनुसन्धान, प्रमुख प्राविधिक सफलता, वैज्ञानिक र प्राविधिक उपलब्धिको रूपान्तरण र स्थानान्तरणमा सुधार गर्ने योजनाहरू लागू गर्नेछ ।

यी योजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आर्थिक सहयोग र खुला सहकार्यलाई प्रवद्र्धन गरिने मन्त्रालयले जनाएको छ ।

जिडिपी अनुपातमा सार्वजनिक ऋण नाघ्यो ४५ प्रतिशत

काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण  २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ ।

‘चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण  २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा रू एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५ दशमलव ७७ प्रतिशत हुनआउँछ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८७ र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १३ प्रतिशत छ ।

माघ मसान्तसम्ममा आन्तरिक ऋण  १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व  १३ खर्ब २८ अर्ब २५ करोड छ । विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा  ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ ।

सरकारले चालु आवका लागि पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो । हालसम्म दुई खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३ दशमलव १२ प्रतिशत हो ।

चालु आवमा  तीन खर्ब ३० अर्ब आन्तरिक र दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ । माघ मसान्तसम्ममा आन्तरिकतर्फ दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ  ६१ अर्ब ४२ करोठ ऋण उठिसकेको छ । वार्षिक लक्ष्यका आधारमा हालसम्मको प्राप्ति आन्तरिकतर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८ दशमलव ३१ प्रतिशत बराबर हो ।

त्यस्तै, ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षमा  चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । पछिल्लो सात महिनामा  एक खर्ब ७८ अर्ब ७५ करोड साँवाब्याज भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च तीन दशमलव ३१ प्रतिशत हो ।