`

पश्चिम बङ्गालमा चुनावी हिंसा, चार जनाको मृत्यु

कोलकाता / भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् । पश्चिम बङ्गालमा भोलि शनिबार स्थानीय निर्वाचन हुँदैछ ।

एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो । विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको थियो । उनी कांग्रेस समर्थक थिए । प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री बरामद गरेको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि उहाँको राजीनामा माग्दै एमालेले बैठक चल्न दिएको छैन । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भनेका छन्, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला ।’

संसद अवरुद्ध हुँदा विधेयक मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै उनले दलहरुको ध्यानाकर्षण गरेका छन । उनले भनेका छन्, ‘तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।’

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे

लेखनाथ / गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण काठमाडौँद्वारा पोखरामा आज आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरीयतामा सेवाप्रदायक तथा सरोकारवालासँग आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले अहिले सहजै टेलिफोन प्राप्त गर्न सकिने अवस्था आएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “ दूरसञ्चार प्राधिकरणले आफूलाई विश्वको प्रविधिसँग प्रतिस्पर्धी बनाउन सक्नुपर्छ ।”

सूचना प्रविधिसम्बन्धी निजी क्षेत्रबाट सञ्चालित कम्पनीले दू्रतगतिमा फड्को मारेको अवस्थामा अर्धसरकारी निकाय नेपाल टेलिकमले पनि आफ्नो सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक रहेको भनाइ उहाँको छ । “हिमाली र उच्च पहाडी क्षेत्रमा पनि दूरसञ्चार प्राधिकरणको बलियो उपस्थिति हुनुपर्ने देखिएको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अझै पनि दुर्गम क्षेत्रमा दूरसञ्चार क्षेत्रले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।”

कम नाफा लिएर भए पनि आम सेवाग्राहीलाई सहुलियत दरमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले सुझाव दिनुभयो । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग भएको गुनासोसमेत उहाँले राख्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । हरेक व्यक्तिसँग जोडिएको यो सेवालाई प्रभावकारी र सवल बनाउन सकेनौँ भने हामी पछि पर्छौँ डा न्यौपानेले भन्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनालले गुणस्तरीय सेवाका लागि सबैको चासो भएकाले त्यसतर्फ हाम्रो ध्यान जाने विश्वास दिलाउनुभयो । नियमित विद्युत् सेवा प्राप्त हुनसकेन भने यो सेवा प्रभावकारी बन्न नसक्ने भएकाले विद्युत् प्राधिकरणको सहयोग पनि आवश्यक रहने भनाइ उहाँको छ ।

मध्यपहाडी लोकमार्गलाई आधार बनाएर अप्टिकल फाइबर सञ्चालनको तयारी पनि दूरसञ्चार प्राधिकरणले सुरु गरेको जानकारी अध्यक्ष खनालले दिनुभयो । प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा देखापरेको समस्या, वास्तविकताका बारेमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेता कोइराला

मोरङ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

नेता डा कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल हुने बताउँदै यस्ता उतार चढावलाई झेल्दै संसदीय परम्परा र संविधानमा भएका करारलाई टेकेर अगाडि बढ्दै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले कांग्रेस लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेश सरकार निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा ९एमाले० सर्वोच्च अदालत जान सक्ने कुरा छ, अदालतको निर्णय हामी सबैले स्वीकार गर्नुपर्छ ।”

उहाँले दण्डहीनताको अन्त्य र भ्रष्टचार मुक्त समाजले मुलुकलाई समृद्धितर्फ डो¥याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले वर्तमान गठबन्धन सरकारलाई अगाडि बढाउनाका साथै बलियो बनाउनुपर्ने र अन्य गठजोडतर्फ सोच्न नहुने बताउनुभयो ।

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने

काठमाडौँ / वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ ।

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । “आयोजनाले काठमाडौँ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ”, उहाँले भन्नुभयो । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौँ उपत्याकामा ल्याइने पन्तको भनाइ छ ।

आयोजनाले काठमाडौँ उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो । लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाब दिएको उहाँले बताउनुभयो । “पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो”, पन्तले भन्नुभयो ।

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उहाँले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

“राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन”, उहाँले भन्नुभयो, “अब नयाँ ढाँचाको समृद्धि र विकास होस्, जनताले अनुभूति गर्न सक्ने खालको आर्थिक सामाजिक परिवर्तन होस् भन्ने छ, त्यसैले सरकार सामाजिक, आर्थिक रुपान्तरणमा केन्द्रित भएको छ ।”

जनताको सङ्घर्षका बलमा राजनीतिक उपलब्धि हासिल भए पनि जनताको आर्थिक सामाजिक अवस्थामा सुधार आउन नसक्दा परिवर्तनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उहाँले विकास र समृद्धि सरकारको मुख्य लक्ष्य भएको बताउनुभयो । “राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गर्नुपर्छ, राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

समृद्धिको यात्राको मात्रात्मक गतिलाई परिवर्तन गरेर गुणात्मक फड्कोमा पुर्‍याउनुपर्ने अवस्था रहेको भन्दै उहाँले राजनीतिक परिवर्तनले निर्देश गरेअनुसारको सामाजिक आर्थिक रुपान्तरण हुनुपर्ने बताउनुभयो । “हाम्रो समृद्धिको यात्राले गति प्राप्त गर्न सकेको छैन, सन्तुष्ट हुने ठाउँमा छैनौँ”, उहाँले भन्नुभयो, “समृद्धिको यात्रालाई तीव्र बनाएर जनआकाङ्क्षा पूरा गर्नु सरकारको पहिलो कार्यभार हो ।”

सरकारले सुशासनलाई पहिलो सर्त मानेर आफ्नो ध्यान केन्द्रित गरेको उहाँको भनाइ छ । भ्रष्टाचार र कमिसनले देश धेरै जर्जर भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचारको प्रभावकारी ढङ्गले नियन्त्रण गर्ने नसके परिवर्तन पछाडि पनि देश जुन हालतमा छ, त्यस्तै भइरहने खतरा रहेको बताउनुभयो । “ठूलो सम्भावना भएको मुलुकमा किन गुणात्मक विकास गर्न सकेनौँ, जनताको जीवन फेर्न सकेनौँ, आधारभूत आवश्यकता पूरा गर्न सकेनौँ ? यसले राजनीतिक परवर्तनको औचित्यमाथि नै प्रश्न उठेको छ”, उहाँले भन्नुभयो ।

‘कमिसन’ र भ्रष्टाचारको जालो कुनै न कुनै रुपले राजनीतिक नेतृत्वबाट संरक्षित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक क्षेत्रलाई स्वच्छ नबनाइ भ्रष्टाचारको निमूल गर्न नसकिने बताउनभयो । “यसका लागि राजनीतिलाई सफा गर्नुपर्छ । किनभने कमिसन र भ्रष्टाचार जालो कुनै न कुनै रुपमा राजनीतिक नेतृत्वबाट संरक्षित छ वा उनीहरुकै संलग्नता छ । त्यसकारण विकास र समृद्धिले फड्को मार्न सकेन”, उहाँले भन्नुभयो ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनमा दृढतापूर्वक कदम चाल्न खोजिएको उल्लेख गर्दै उहाँले परिवर्तनपछाडि जनताले अपेक्षा गरेका विषय प्राप्त नहुनुको कारणको समाधान गर्न खोजिएको बताउनुभयो ।

नक्कली शरणार्थी प्रकरण पीडादायी

उहाँले नक्कली भूटानी शरणार्थी बनाएर राज्यलाई नै अपमानित गर्ने राज्यकै मुख्य ठाउँमा बसेर जुन घटना भयो त्यो लज्जास्पद भएको बताउनुभयो । “यो पीडादायी घटना हो । सो प्रकरणमा संलग्न जो कोहीलाई कानुनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

भूटानी शरणार्थी प्रकरणमा जनताको मनमा उब्जेका प्रश्नलाई गम्भीरताका साथ लिएर थप अनुसन्धान गर्न आफूले प्रहरीलाई निर्देशन दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एउटा–एउटा ‘केस’ वा व्यक्तिका बारेमा हामी निर्देशन दिँदैनौँ । कुनै व्यक्तिलाई पक्रने कि नपक्रने, कुनै मुद्दामा अगाडि बढ्ने कि नबढ्ने भनेर हामीले निर्देशन नपर्खनु भनेको छौँ ।”

सरकारको ध्यान अब ललितानिवास जग्गा प्रकरणमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले प्रहरीले निष्पक्ष ढङ्गबाट अनुसन्धान अगाडि बढाएको बताउनुभयो । “हामीले प्रस्ट निर्देशन दिएका छौँ, कुनै राजनीतिक दबाब र प्रभावमा नपर्नु, राजनीतिक ‘कनेक्सन’का आधारमा के गर्ने भनेर नसोच्नू”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “कुनै प्रकारको चलखेलले भूमिका खेल्न नपाओस्, स्वतन्त्र स्वच्छ अनुसन्धान गर्नुस्, जो दोषी छ, दोषीलाई कानुनको दायरामा ल्याउनका लागि निर्भिकताका साथ अगाडि बढ्नूस् भन्ने प्रहरीलाई निर्देशन छ ।”

ललिता निवासको जग्गा सरकारकै भएको दाबी गर्दै उहाँले विभिन्न समयमा भएका छानबिन र प्रहरी अनुसन्धानले पनि प्रस्ट्याएको बताउनुभयो ।

प्रहरीको सरुवा/बढुवामा आर्थिक चलखेल शून्य

उपप्रधानमन्त्री श्रेष्ठले प्रहरीको सरुवा र बढुवामा हुँदै आएको भनसुन र आर्थिक चलखेललाई शून्यमा झारिएको दाबी गर्नुभयो । “राजनीतिक दबाब र हस्तक्षेप तथा अवाञ्छित आर्थिक गतिविधिका आधारमा प्रहरीको सरुवा र बढुवा हुँदैन”, उहाँले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रहरी तथा निजामती कर्मचारीको सरुवा तथा बढुवामा आफूलाई ै दबाब नदिएको उहाँको भनाइ छ ।

कोशीका मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ​​​​​​​ / कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध भएको भन्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेत सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट रिट दायर गरेका हुन् ।

प्रमुख सचेतक भण्डारीले सर्वोच्चमा रिट दर्ताका क्रममा रहेको जानकारी दिए।

‘संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ’, भण्डारीले भने, ‘उक्त उपधारा अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दललाई सरकार बनाउने बाटो खोलिदिन परमादेश माग गरिएको छ।’

सभामुख गौतमलेसमेत हस्ताक्षर गरेर संविधानको प्रक्रिया मिच्दै सरकार बनाइएकोले त्यसविरुद्ध सर्वोच्चमा रिट हालिएको भण्डारीले बताए।

विश्वकप छनोट खेलेर नेपाली टिम स्वदेश फिर्ता

काठमाडौँ / जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले स्वागत गरेका थिए । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई मात्र हराएको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो ।

स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआएपनि धेरै अनुभव प्राप्त भएको बताउनुभयो । उहाले अहिलको अनुभवलाई आगामी प्रतियोगीतामा प्रयोग गर्ने उल्लेख गर्नुभयो । टेष्ट राष्ट्रहरुसंग खेल्दा निकै उत्साहित भएको र नेपाली टोलीले निकै राम्रो खेलेको उहाले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन राम्रो देखिएको बताउनुभयो । सोचेजस्तो लक्ष्य हासिल नभएपनि आगामी प्रतियोगीतामा राम्रो तयारी गर्ने उहाले बताउनुभयो ।

उहाले राष्ट्रिय क्रिकेट टिम थप बलियो हुदै गएको पनि बताउनुभयो ।

बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

खैबर पख्तुनख्वा / पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ ।

क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका बेला १० जना बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ । बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो ।

यसैबीच, गत मे महिनामा सिन्धको सङ्घार जिल्लाको अचरो थार क्षेत्रको एउटा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा एकै परिवारका दाजुभाइको ज्यान गएको थियोभने बाबु घाइते भएका थिए । त्यसअघि मार्चमा तल्लो कोहिस्तानको पट्टन क्षेत्रको घरमा आगलागी हुँदा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० सदस्यको मृत्यु भएको थियो ।

ऊर्जा उद्यमीले उठाएका मागलाई सम्बोधन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का पदाधिकारीसँगको भेटवार्तामा उहाँले बाढीपहिरोबाट क्षति भएका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारकोतर्फबाट प्रयास गरिने बताउनुभयो ।

प्रधानमन्त्रीले हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि आवश्यक तयारी र पहल भइरहेको जानकारी दिनुभयो । उहाँले त्यसका लागि आवश्यक पत्राचारसमेत भइरहेको र छिट्टै थप विषय स्पष्ट भएर जाने उल्लेख गर्नुभएको इपानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले ऊर्जा उद्यमीले उठाएका कतिपय नीतिगत तथा विषयगत विषयलाई सम्बोधन गरिने समेत विश्वास दिलाउनुभएको थियो । सो अवसरमा इपानले क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणका लागि नेपाल राष्ट्र बैंकबाट पुनःकर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनाको निर्माण पूरा गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, पुनःनिर्माणका लागि आवश्यक मेसिनरी एवं पाटपूर्जा आयातमा भन्सार तथा मूल्यअभिवृद्धि करमा छुट दिन, क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्न माग गरेको छ ।

‘सर्भेयर’को प्रारम्भिक विवरणका आधारमा बीमाबाट ५० प्रतिशत पेस्की दिनका लागि आवश्यक व्यवस्था गर्न तथा आयोजना पुनःनिर्माणको लागि लिने कर्जा २० वर्षसम्म पुनःतालिका गर्न माग गरेको इपान अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

ऊर्जा उद्यमीले ऊर्जा दशक घोषणा गरी संसद्बाट पारित गरेर ऊर्जा विकासमैत्री वातावरण बनाउने, ऊर्जा क्षेत्रमा बैंकको लगानी १० वर्षमा २५ प्रतिशत बराबर पुर्‍याउने, नेपाल विद्युत् प्राधिरकणमा आवेदन दिएका आयोजनाको तत्काल विद्युत् खरिद सम्झौता गर्नुपर्नेलगायत माग राखेको छ ।

बजेटमा उल्लेख भएअनुसार निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न नियमावली बनाई तत्काल कार्यान्वयन गर्ने, वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा नियमावली बनाई तत्काल सहजीकरण गर्ने, विष्फोटक पदार्थको अभावलाई तकताल सहजीकरण गर्नुपर्ने र विद्युत् ऐन तत्काल पारित गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्‍यो राष्ट्रिय सभा बैठक अवरूद्ध

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि शुक्रबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो । बैठकको सुरुमै एमाले सांसद विमला घिमिरेले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वभिमानमाथि आँच आउने काम भएको र शिर झुकेको बताउनुभयो । उहाले नेपालको प्रधानमन्त्री जनताद्वारा चूनिने भएपनि भारतबाटै प्रधानमन्त्री चूनिने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गर्नुभयो ।

एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बिनियोजित बजेटमाथिको छलफल असार २४ गते र मन्त्रीहरुले जवाफ दिनका लागि असार २५ र २६ गतेका लागि तोकेको जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक असार २४ गते बोलाइएको छ ।

एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बल

गलकोट / एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ ।

बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । गत वर्ष ५६ जनाले तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गरेकामा यस वर्ष बढेर तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या एक सय ३९ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।

जिल्लामा चार जिपिए ल्याउने विद्यालयमा गणेश माविका दुई, चिल्डेन लाइफ बोर्डिङ स्कुललका दुई, रूद्रेपीपल माविका एक विद्यार्थी र भीमगिठे माविका एक विद्यार्थी रहेका छन् । जिल्लामा चार हजार सात सय ७४ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । त्यसमध्ये दुई सय ३० प्राविधिक धारतर्फका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बागलुङमा तीन दशमलव छदेखि चार जिपिए ल्याउने एक सय ३९, तीन दशमलव तीनदेखि तीन दशमलव ५५ जिपिए ल्याउने तीन सय १३ विद्यार्थी, दुई दशमलव आठदेखि तीन दशमलव १५ जिपिए ल्याउने चार सय ६७, दुई दशमलव चारदेखि दुई दशमलव ७५ जिपिए ल्याउने विद्यार्थी सात सय ४८, दुईदेखि दुई दशमलव ३५ जिपिए अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार एक सय ९२, एक दशमलव छदेखि एक दशमलव ९५ सम्म अङ्क ल्याउने एक हजार दुई सय ८३ र एक दशमलव दुईदेखि एक दशमलव ५५ जिपिए ल्याउने तीन सय ३६ तथा त्यसभन्दा कम अङ्क ल्याउने ६६ विद्यार्थी रहेका छन् ।

सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : प्रवक्ता शर्मा

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तक्र्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गर्नुभयो ।

“सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ । सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ”, मन्त्री शर्माले भन्नुभयो, “बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन । राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन ।”

संसद्मा विपक्षी दलले असान्दर्भिकरूपमा विषयवस्तु उछालेर गतिरोध गरेकामा आपत्ति प्रकट गर्दै मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्त्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उहाँको भनाइ थियो ।

उहाँले सदनमा उठाइएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्न समय माग्नुभएकाले त्यसपछि गतिरोध हट्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले देश र जनतालाई साक्षी राखेर म देशका लागि केही गर्छु भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ, यस अवस्थामा सरकारलाई सहजताका साथ काम गर्न दिन संसद्ले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीय निजामती ऐन र सङ्घीय शिक्षा ऐनलाई अगाडि बढाउने प्रक्रियामा सरकार रहेको पनि अवगत गराउनुभयो ।

नाबालिग बलात्कार प्रकरण: एलओडीका अर्का सञ्चालक श्रेष्ठ पनि पक्राउ

काठमाडौँ / काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।

उक्त एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सोही मुद्दाका अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरिएको थियो ।

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिनुभयो । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।

एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने

काठमाडौँ / नेकपा एमालेले आज पनि संसद् बैठक अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) ले आज पनि संसद बैठक अवरुद्ध गर्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले उहाँको राजीनामा माग्दै आएको छ ।

एमाले सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले राजीनामा नदिँदा सम्म संसद् बैठक चल्न नदिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको राजीनामाबाट एमाले पछि नहट्ने स्पष्ट पार्नुभयो ।

यसैबीच संसद् सञ्चालन गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँ छलफल गर्नुहुने भएको छ ।

अभिनेता सारुक ताम्राकार मृत फेला

काठमाडौँ / फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् ।

ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँ पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त हुनुहुन्थ्यो । घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताउनुभयो ।

ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् ।

ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो ।

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

बेनी / म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि उहाँले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताउनुभएको थियो । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो ।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुनुभएको छ । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याउनुभएको हो । शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताउनुभयो ।

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ, दुई मन्त्री नियुक्त

विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।

बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गर्नुभएको छ ।

सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । उहाँले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताउनुभयो ।

बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । तीनजना घाइतेको उद्धार गरिएको थियो ।

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो । सांसद खड्काले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले सरकार बाढीपीडित जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पूर्वी पहाडी जिल्लाको बाढीपहिरोको बारेमा आफू पूर्ण जानकार रहेकाले त्यसको समस्या समाधानका लागि सरकारले कदम चालेको बताउनुभयो । बाढीबाट क्षति पुगेको पुलमा तत्काल बेलिब्रिज हाल्नका लागि निर्देशन दिइसकिएको प्रधानमन्त्री दाहालले सो अवसरमा जानकारी दिनुभयो ।

कञ्चनपुरमा हुलाकी सडकको काम सुस्त गतिमा

महेन्द्रनगर – कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो ।

ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो । उक्त म्याद सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी सडक निर्माणको २०७३ फागुनमा सम्झौता भएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारका अनुसार पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिँदै छ । तीन प्याकेजमा निर्माण गर्न सम्झौताको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक सम्पन्न भएको छ । उहाँले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

“यसअघि एक वर्ष म्याद थपिएको हो”, इन्जिनियर सुनारले भन्नुभयो, “यस पटक कारबाहीको प्रक्रियामा जाने सम्भावना छ ।” पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचाँै पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको छ ।

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न दिएको छैन ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिनुभयो । “दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ”, उहाँले भन्नुभयो, “ठेक्का सम्झौता भएयता ३८ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ ।”

निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन । यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताउनुभयो ।

“हरेक दिन स्थानीयले सडक निर्माणबारे वडामा आएर ताकेता गर्दैआएका छन्”, उहाँले भन्नुभयो, “सडक बनाउन सामग्री थुपारेको छ, निर्माणमा चासो दिएको छैन ।” उहाँले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक बनाउन रोकेको बताउनुभयो । “रोकिएको सडक निर्माण गर्न भारतीय पक्षसित छलफल चलाउनुपर्छ”, वडाध्यक्ष रानाले भन्नुभयो । सो क्षेत्रमा भारतले बिजुलीका पोलसमेत गाड्न दिएको छैन ।

रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै

गण्डकी – गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो ।

यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ । रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ ।

गत आवको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान कम फलेको थियो । निर्देशनालयको तथ्याङ्क अनुसार चालु आवमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसले रोपाइँ हुने क्षेत्रफलसँगै उत्पादन पनि घट्दै गएको देखाउँछ । वर्षे मात्र नभएर चेतै धान खेतीको क्षेत्रफल खुम्चिएको छ । प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धान खेतीको क्षेत्रफल घटेको हो । आव २०७७÷०७८ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धान खेती गरिएकामा अघिल्लो वर्षको हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।

उत्पादन पनि ३२ हजार सात सय ७३ मेट्रिक टनबाट घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा पुगेको थियो । वर्षदिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो । यो वर्षको चैते धान भने किसानले भित्र्याउन बाँकी छ ।

निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले वर्षे र चैते दुवै धानको उत्पादन र क्षेत्रफल बर्सेनि घट्दै गएको जानकारी दिनुभयो । खेतीयोग्य जग्गामा ‘प्लटिङ’, तीब्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चदैँ गएको छ । पछिल्लो समय जग्गा बाँझिने क्रम पनि बढ्दो छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको कृषि प्रसार अधिकृत तिमिल्सिनाले बताउनुभयो ।

“मल, उन्नत बीउबिजनको अभाव, प्रतिकुल मौसम जस्ता कारणले पनि उत्पादन घट्छ, मुख्य कारण रोपाइँ हुने क्षेत्रफल घट्दै जानु हो”, उहाँले भन्नुभयो । बेलैमा मल, बीउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधँै चुनौती व्यहोर्दै आएका छन् ।

घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदै गएको छ । धानका पकेट क्षेत्रमा भौतिक विकास र बजारीकरण तीव्र छ । खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झनझन परिनिर्भर बनाउँदै लाने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

उहाँले चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उल्लेख गर्नुभयो । “चैते धान भित्र्याउने बेला बर्सातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”

चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन् । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्राउँछन् ।

प्रमुख भट्टराईले धान खेती जोगाउन खेतीयोग्य जमिनमा मनपरी रुपमा भइरहेको ‘प्लटिङ’ रोक्नुपर्ने बताउनुभयो । उन्नत बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले किसानलाई सघाउनुपर्ने उहाँको भनाइ थियो ।

कृषि प्रसार अधिकृत तिमिल्सिनाका अनुसार गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

यही असार १५ गतेसम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सो अवधिमा १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ गरिएको कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिनुभयो । मनसुन सक्रिय भएसँगै यतिबेला किसान रोपाइँको चटारोमा छन् । बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ ।

गोरखाको छेवेटार, पालुङटार, लमजुङको धमिलीकुवा, हर्राबोट, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत धानका प्रमुख पकेट क्षेत्र हुन् ।

इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

मङ्गलबारे – इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ ।

गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।

गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिनुभयो । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक आज संसद्‌मा पेस गर्ने तयारी

काठमाडौं – मिटरब्याज पीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक संसद्‌मा अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकलाई अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नपेाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०’लाई पेस गर्ने, दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक विचाराधीन रहेकाले सम्भावित कार्यसूचीमा राखिएको जानकारी दिनुभयो । राष्ट्रियसभाबाट असार १५ मा पारित मिटरब्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेर प्रतिनिधिसभामै रहेको छ ।

संविधानअनुसार अध्यादेश निष्क्रिय भएपनि विधेयक यथावत् रहेको भन्दै प्रतिनिधिसभाको बैठकमा यो विधेयक पारित गर्न कार्यसूचीमा राखिएको हो । सो विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गर्ने प्रयास भएको थियो ।

तर प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले गरेको अवरोधले संसद् बैठकको कारबाही अघि बढ्न नसकेपछि विधेयक पास हुन सकेको थिएन । सरकारले अध्यादेश ल्याएर मिटरब्याजपीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १८ मा दिएको अभिव्यक्तिबारे संसदमा प्रष्ट पार्ने निर्णय गरेको थियो ।

महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

दोधारा चाँदनी – कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ ।

आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिनुभयो । “मूल नहरमा तीनदेखि दश क्युसेकसम्म पानी छोड्ने तयारी छ”, उहाँले भन्नुभयो । नहरमा पानी छोड्ने भएकोले सो क्षेत्रका बासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

गत वर्ष टनकपुर ब्यारेजबाट पानी ल्याएर असार १५ गते धान दिवस मनाए पनि भारतीय पक्षले त्यसपछि नहरमा पानी छोड्न मानेको थिएन । आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । नहर निर्माण भएको क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन् । बाइस शाखा नहर निर्माण भए पछि पाँच हजार एक सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । अहिले थप २० किलोमिटर नहर निर्माणको काम चलिरहेको छ ।

आगामी आर्थिक वर्ष २०८०÷८१ मा आयोजनाका लागि रु एक अर्ब १७ करोड बजेट विनियोजन भएको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि अपेक्षाकृत बजेट विनियोजन हुन नसकेको उहाँले बताउनुभयो । नहर निर्माण सम्पन्न भए कैलालीको मालाखेतीदेखि कञ्चनपुरको पुनर्वासम्म ३३ हजार पाँच सय २० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ । टनकपुर ब्यारेजस्थित महाकाली नदीबाट बर्खामा एक हजार क्युसेक र सुख्खायाममा साढे तीन सय क्युसेक पानी उपलब्ध हुनेछ ।

काँग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै

काठमाडौँ – नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै छ ।

बिहीबारदेखि सुरु भएको जिल्ला सभापतिहरूको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरूसहित अन्य केन्द्रीय र प्रदेशका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राख्नुभएको थियो भने बाँकीले आज आफ्नो धारणा राख्ने बुझिएको छ। 

जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ । 

पार्टीको पछिल्लो १४ औँ महाधिवेशनपछि पहिलो पटक काँग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका विवाद र समस्यालगायत केन्द्रीय समितिलाई सुझाव माग गरिएको छ ।

धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ ।

धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ योजनामध्ये बिहीबारसम्म एक सय ३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिनुभयो । “एक सय ३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ”, उहाँले भन्नुभयो, “ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नापजाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।”

लेखा शाखाका प्रमुख तिलक पौडेलले कूल रु ४७ करोड ४१ लाख बजेट विनियोजन भएकामा बिहीबारसम्म रु ३३ करोड ४४ लाख खर्च भइसकेको बताउनुभयो । “बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ”, उहाँले भन्नुभयो, “बाँकी र प्रक्रियामा रहेका फाइलको भुक्तानी हँदासम्म वित्तीय प्रगति ८० प्रतिशत नाघ्ने अनुमान गरेका छौँ ।”

पूर्वाधार विकास शीर्षकको रु १० करोड १० लाखमध्ये ५८ दशमवल ६४ प्रतिशत अर्थात् रु पाँच करोड ९२ लाख खर्च भएको छ । यातायात पूर्वाधारमा रु चार करोड ४४ लाख विनियोजन भएकामा ६३ दशमलव ७७ प्रतिशत अर्थात् रु दुई करोड ८३ लाख खर्च भएको छ । रु पाँच करोड २३ लाख ८३ हजार सात सय २१ विनियोजन भएको भवन, आवास तथा सहरी विकास शीर्षकको ५४ दशमलव १२ अर्थात् रु दुई करोड ८३ लाख खर्च भएको छ ।

पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, खानेपानी, सडक स्तरोन्नतिलगायतका आयोजना सञ्चालन भएका थिए । प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले दरबन्दीको एक तिहाइमात्र कर्मचारी, भौगोलिक विकटताका बाबजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रियताका कारण योजना कार्यान्वयनमा सहज भएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयमै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृत्ति हटाउने प्रयास गरेको बताउनुभयो ।

सत्ता गठबन्धन दल प्रधानमन्त्रीको बचाउमा लाग्नु नै नैतिक मूल्यको क्षति हो : शङ्कर पोखरेल

​​​​​​​काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रको गरिमा र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरूले गम्भीर हुनुपर्ने बताउनुभएको छ । 

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सत्ता गठबन्धन दल प्रधानमन्त्रीको बचाउमा लाग्नु नै नैतिक मूल्यको क्षति भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोसी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू भएको  बताउनुभयो ।

”प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोसी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन् । यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ”, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,’ ‘उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरूको बचाउले त्यसबाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा र लोकतन्त्र रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरू गम्भीर हुनुपर्‍यो ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि एक कार्यक्रममा दिएको अभिव्यक्तिको यति बेला चर्को आलोचना भइरहेको छ । 

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा पानी पर्ने 

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। 

कोसी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना  रहेको छ।  देशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ गर्जन / चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०८० असार२२ गते (शुक्रवार)
दिउँसो:  
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  देशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

२०८० असार २३ गते (शनिवार)
दिउँसो: 
 देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 
​​​​राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

२०८० असार २४ गते (आइतबार)
​​​​​​​दिउँसो
: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  

कोसी प्रदेशमा सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठन गर्नु संवैधानिक सर्वोच्चता विपरीत : डा. कोइराला

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोसी प्रदेशमा सरकार निर्माण गर्दा विधि र पद्धति मिचिएको भन्दै विरोध जनाउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत डा. कोइरालाले सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठन गर्नु संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत भएको बताउनुभएको हो।

नेता कोइरालाले प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य सङ्ख्यामा सभामुखलाई समेत गणना गरेर पठाउने कुराको संवैधानिक व्याख्या नभए पनि यसो गर्नु संसदीय मान्यता विपरीत हुने बताउनुभयो ।

”प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य सङ्ख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन।”,  उहाँले भन्नुभयो, ”तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रूपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ।”

”सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य सञ्चालन र अध्यक्षता गर्नु हो”, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ”यदि संसद्मा पेस भएको विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ।”

कोसी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त हुनुभएको छ । यसको नेकपा एमालेले विरोध गरेको छ ।

बिहीबार बिहान बसेको सत्ता साझेदार ७ दलको बैठकले कोसी प्रदेशमा सकारको दाबी गर्दा सभामुखको सहित हस्ताक्षर बुझाउन प्रदेशका गठबन्धन दलहरूलाई निर्देशन दिएको थियो। कोसीको सभामुख रहेका बाबुराम गौतम माओवादी केन्द्रका सांसद हुनुहुन्छ । गौतमसहित गठबन्धनसँग ४७ मत छ। 

लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित

ललितपुर / लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ ।

विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिनुभयो ।

पशु सेवा विभागका अनुसार हालसम्म देशभर छ लाख ९० हजार छ सय ९७ सङ्क्रमित पशुमध्ये २५ हजार सात ८२ पशु मरेका छन् भने चार लाख १४ हजार तीन सय २८ पशु निको भएका छन् । त्यसैगरी दुई लाख ५० हजार पाँच सय ८७ पशु हालको समयमा सङ्क्रमित रहेका छन् ।

विभागका सूचना अधिकारी ढकालका अनुसार हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट धेरै पशु मरेका छन् भने धेरै पशु सङ्क्रमित अवस्थामा छन् । सुदूरपश्चिम प्रदेशमा जम्मा दुई लाख सात सय ९८ सङ्क्रमित पशुमध्ये १० हजार नौ सय ३९ पशु मरेका छन् भने एक लाख २० हजार चार सय ७९ पशु निको भएका छन् । त्यसैगरी हालको समयमा सुदूरपश्चिम प्रदेशमा ६९ हजार तीन सय ८० पशु सङ्क्रमित रहेका छन् ।

त्यसैगरी हालसम्म कर्णाली प्रदेशका एक लाख ८९ हजार १५ सङ्क्रमित पशुमध्ये छ हजार सात सय ४१ मरेका छन् भने एक लाख १३ हजार चार सय नौ पशु निको भएका छन् । ६८ हजार आठ सय ६५ पशु भने अझै सङ्क्रमित अवस्थामा छन् ।

हालसम्म कोशी प्रदेशमा तीन हजार छ सय १४, मधेस प्रदेशमा एक सय एक, बागमती प्रदेशमा आठ सय ६६, गण्डकी प्रदेशमा सात सय ४१, र लुम्बिनी प्रदेशमा दुई हजार सात सय ८० पशु मरेका छन् ।

देशभरि फैलिएको लम्पी स्किन रोगको न्यूनीकरणका लागि पशु सेवा विभाग निरन्तररूपमा लागिपरेको सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म एक लाख ८० हजार नौ सय २२ पशुलाई खोप लगाइएको छ । किसानलाई लम्पी स्किन रोग नलागेको पशुलाई छिटो खोप लगाउन सूचना गरेका छौँ ।”

सूचना अधिकारी ढकालका अनुसार प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि सङ्घीय सशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरिएको छ ।

लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्यालसिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् । सरुवा रोग भएको कारण सङ्क्रमित पशुलाई छुट्टै राख्न पशु सेवा विभागको किसानलाई सुझाव रहेको छ ।

कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेश

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गर्नुभएको छ ।

उहाँले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः५२ को समयमा सो दाबी पेश गर्नुभएको हो । थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा ९माओवादी केन्द्र० का १२, नेकपा ९एकीकृत समाजवादी० का चार, जनता समाजवादी पार्टी (जसपा) का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेश भएको बताइएको छ ।

प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिँदैन : प्रवक्ता शर्मा

काठमाडौँ / सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा सोच्न पनि नसकिने र उहाँले राजीनामा पनि नदिने प्रष्ट पार्नुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसक्नुभएकाले यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको बताउनुभयो ।

“प्रधानमन्त्रीले धेरै पहिलेको प्रसङ्ग उल्लेख गर्नुभएको हो । सम्बन्धित व्यक्तिले पनि यसबारेमा स्पष्ट पारिसक्नुभएको छ, यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय पनि होइन, उहाँले राजीनामा पनि दिनुहुँदैन”, मन्त्री शर्माले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । मन्त्री शर्माले एमालेले संसद् अवरुद्ध गरिरहँदा सरकारले ल्याएको मिटरव्याज विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको उल्लेख गर्दै यो प्रधानमन्त्रीले राजीनामा दिने विषय नै नभएको बताउनुभयो । “एउटा कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर संसद् अवरुद्ध गर्न हुँदैन”, उहाँको भनाइ थियो ।

प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

विराटनगर / नेकपा (एमाले)ले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पुर्‍याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । सरकार गठनका लागि सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने सम्भावना रहेको भन्दै यस विषयमा एमालेको गम्भीर ध्यानाकृष्ट भएको पत्रमा उल्लेख छ ।

सभाको अध्यक्षता गर्ने व्यक्त्तिलाई मत दिने अधिकार नहुने भन्दै मत बराबर भएमा मात्रै अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिने प्रचलनअनुसार नै गर्न सो पत्रमा प्रदेश प्रमुखको ध्यानाकर्षण गराइएको हो ।

एसइई नतिजा: ४३१ जना विद्यार्थीको परीक्षा रद्द

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले २०७९ को एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द भएको जनाएको छ।

बोर्डले बिहीबार नतिजा सार्वजनिक गर्ने क्रममा ४३१ जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै २९० जनाको स्थगित भएको जनाएको हो।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएका छन् । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको बोर्डले जनाएको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

घुस लिएको अभियोगमा मेडिकल ल्याब टेक्नोलोजिस्ट भट्टराई विरुद्ध मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

त्यस्तै आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी वडाध्यक्ष विरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने माग गरिएको आयोगले जनाएको छ ।

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार नौ सय ८५ कित्ता शेयर रू तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भएका छन् ।

नेप्सेका अनुसार, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू १८ करोड ५६ लाख ४२ हजार एक सय २१ बराबरको कारोबार भएको छ । प्रभु बैंकको संस्थापक शेयर रू १६ करोड ९७ लाख ५२ हजार छ सय, हिमालयन लाइफ इन्स्योरेन्स रू १५ करोड ३६ लाख ८३ हजार चार सय २८, सिटी होटल रू १४ करोड ७३ लाख ६१ हजार नौ सय ४५, सोल्टी होटल रू १० करोड ६९ लाख नौ सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माथिल्लो तामाकोशी नौ दशमलव ८५, जोशी हाइड्रोपावर नौ दशमलव ३३, पिपल्स पावरका लगानकर्ताले सात दशमलव ६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । अरुण भ्याली हाइड्रोपावर पाँच दशमलव ६७, सिनर्जी पावर चार दशमलव ६२, बिपीडब्ल्यू लघुवित्त चार दशमलव ४० र कालिका पावर कम्पनीका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।

उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

काठमाडौँ – काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएकन छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ ।

पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ । हाल काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय १४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार एक सय १३ जनाको रहेको प्रवक्ता भट्टले बताउनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार एक सय ८१ सवारीसाधन दर्ता छन् ।

आज एसइईको नतिजा सार्वजनिक हुँदै

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए आज नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो ।२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।

यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

कारागारभित्र कैदीले आत्महत्या गरे

जानकी – बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताउनुभयो ।