`

सुनको मूल्य घट्यो

Nepal One HD २५ माघ २०८१ १२:४२
अर्थ समाचार

काठमाडौँ । नेपाली  बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला  पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुनेछ ।


प्रतिक्रिया