`

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ / उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताउनुभएको छ ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै उहाँले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

“महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,” उहाँले भन्नुभयो । महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठिले आफूलाई थप हौसला पुगेको उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रणसँगै महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गल्ती गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताउनुभयो । पछिल्लो समय गृह मन्त्रालयले भ्रष्टाचारीविरुद्ध लिएको नीतिप्रति सकारात्मक टिप्पणी प्राप्त भइरहेको उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय मुलुकका विभिन्न तहमा महिला सहभागिता बढ्नु खुशीको कुरा भएको बताउनुभयो । उहाँले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय स्तरमा समिति बनाएर कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका श्रेष्ठले द्वन्द्वकालका घटनालाई सत्य मेलमिलाप तथा वेपत्ता छानविन आयोगमार्फत टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो ।

चीनको नयाँ संशोधित प्रति-जासुसी कानूनको बारेमा अमेरिकी राजदूतको चिन्ता

बेइजिङ / चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले बेइजिङलाई नयाँ-संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् ।   संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई  समेत अवैध बनाउन सक्ने  उनको बुझाइ रहेको  एशिया टाइम्सले उल्लेख गरेको छ ।  

नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गत अप्रिल २६ मा चीनको जासुसी विरोधी कानूनलाई बलियो बनाउन थप संशोधन पारित गरेको  थियो। संशोधित कानून जुलाई १ देखि लागू हुनेछ। एशिया टाइम्सका अनुसार अपराधीहरूको परिभाषालाई जासुसी सङ्गठनबाट “सामेल हुने वा कार्यहरू स्वीकार गर्ने” व्यक्तिबाट “शरण लिने” व्यक्तिहरूसम्म विस्तार गरिनेछ । यसैगरी “राज्य गोप्य र खुफिया” बाट “अन्य कागजातहरू, डेटा, सामग्री र राष्ट्रिय सुरक्षा र स्वार्थसँग सम्बन्धित वस्तुहरूको अनुसन्धानको दायरालाई पनि विस्तारित गरिने छ ।
द स्टिमसन सेन्टरद्वारा आयोजित वेबिनारको क्रममा राजदूत बर्न्सले मङ्गलबार वाशिङ्गटनमा रहेको थिंक ट्याङ्कबीच भनेका छन्- “यो एउटा कानून हो जसले सम्भावित रूपमा चीनमा व्यवसायीहरूको गतिविधिहरूलाई अवैध बनाउन सक्छ। हामीले यस बारे थप जान्न आवश्यक छ त्यसैले हामी यहाँ बेइजिङमा प्रश्नहरू सोधिरहेका छौं।”

त्यसैगरी राजदूत बर्न्सले अमेरिकी फर्महरूले ठूला लगानी सम्झौताहरूमा सहमत हुनु अघि उचित  सजगता पुर्याउँनु  आवश्यक रहेको भन्दै आर्थिक डेटामा पूर्ण पहुँच हुनु आवश्यक  रहेको बताएका छन्।

“कानूनले सम्भवतः शैक्षिक अनुसन्धानमा बाधा पुर्याथउन सक्छ। प्रोफेसर र पत्रकारहरू यसमा संलग्न हुन सक्छन्” राजदूतको टिप्पणी छ । 

(रासस-एएनआई)

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

काठमाडौँ – नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ । 

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास

काठमाडौँ – प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको छ ।

यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएकाले प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास बढेको छ ।

न्यायालयको इतिहासमा २०७९ साल कायम कामुकै नेतृत्वमा सर्वोच्च अदालतको सयम बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीशले कार्यभार सम्हाल्दै आएकामा अहिले वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश रहनुभएको छ ।

बारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेसँग आग्रह गरे पनि ठोसरुपमा काम अघि बढ्न सकेको छैन ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरिरहेकामा सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएकाले प्रक्रियाअघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बारले प्रधानन्यायाधीशको तत्काल नियुक्तिलगायत विषयमा एकहप्ताअघिदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

“ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनाका साथै न्यायालयको शुद्धीकरणका लागि निरन्तर आन्दोलन भइरहेको छ”, उहाँले भन्नुभयो, “संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको हुनाले प्रधानन्यायाधीश नियुक्तिको काम अघि बढ्ने विश्वास छ ।”

न्यायपालिका भित्रको भ्रष्टाचार, विकृति विसङ्गति अन्त्य गर्न तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत बारले माग गर्दै आएको छ ।

नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ३ मा परिषद्ले प्रधानन्यायाधीश वा अन्य संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनु एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ तर सर्वोच्च अदालतमा महाअभियोगको प्रस्ताव निर्णयमा नपुग्दै तत्कालीन निलम्बित प्रधानन्यायाधीश राणाको अवकाश भएपछि वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्बाट सिफारिस हुनुपर्नेमा परिषद्को बैठक बस्न सकेको थिएन ।

टेक्सासको मलमा गोली चल्यो, बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते

वाशिङ्टन / अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी दिएको छ ।

एलेन, टेक्सासका प्रहरी प्रमुख ब्रायन ई हार्वेले शनिबार राति पत्रकार सम्मेलनमा बताएअनुसार बन्दुकधारीको अझै पहिचान हुन सकेको छैन ।

गोली चलेको समयमा मलमा अर्कोतिर रहेका एकजना प्रहरी अधिकारीले बन्दुकको आवाज सुनेपछि त्यसतर्फ दौडिएको र आक्रमणकारीलाई गोली हानेको बताएका छन् । न्युयोर्क टाइम्सका अनुसार दिउँसो ३:३० बजे (स्थानीय समय) अनुसार, डलासबाट २५ माईल उत्तरमा रहेको १२० भन्दा बढी खुद्रा विक्रेता भएको बाहिरी किनमेल केन्द्र, एलेन प्रिमियम आउटलेटमा गोली हानाहान भएको हो । यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कालो लुगा लगाएको, लामो राइफल बोकेको आक्रमणकारीलाई भुइँमा लडिरहेको तस्बीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

घटनास्थलबाट खिचिएको भिडियोमा सयौं उपभोक्ता सो क्षेत्र छाडेर दौडेको देखिएको छ । हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर छोपेर राखिएको देखाइएको छ। एलेन, टेक्सासका फायर चीफ जोनाथन बॉयडले नौ जना घाइतेलाई अस्पताल लगिएको बताएका छन्।

‘अस्पताल पुर्याइएका घाइते मध्ये, दुई जनाको मृत्यु भइसकेको छ। तीन जनाको गम्भीर प्रकृतिको शल्यक्रिया भइरहेको र चारजनाको स्वास्थ्य स्थिर रहेको छ,’ बोइडले बताएका छन् ।

एलेनमा भएको सामूहिक गोलीबारी देशभरि बन्दुक आक्रमणको लामो लाइनमा सबैभन्दा पछिल्लो हो जसले पसल, अस्पताल, विद्यालय र अन्य सार्वजनिक ठाउँहरूलाई आतङ्कित पारेको छ जुन सामान्यतया सुरक्षित मानिन्छ।

यस आक्रमणलाई टेक्सासका गभर्नर ग्रेग एबोटले ‘अवर्णनीय त्रासदी’ भनेका छन्।

शनिबारको घटना मोन्टेरी पार्क क्यालिफोर्नियामा भएको नरसंहारपछि वर्षको दोस्रो सबैभन्दा घातक गोलीबारी हो जसमा एकजना बन्दुकधारीले गत २१ जनवरीमा बलरूममा ११ जनाको हत्या गरेको थियो। (रासस/एएनआई)

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा माथि पनि कारबाही हुनुपर्छ : महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता आरजु राणा माथि पनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।

आज पोखरामा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री बस्नेतले कांग्रेस नेताहरु आरजु राणा, मञ्जु खाणलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

‘मुख्य दोषी पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नि आरजु राणा समेतलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने हो’, बस्नेतले भन्नुभयो, ‘टोपबहादुर रायमाझीको सवाल जेछ उहाँ कानुनी प्रक्रियाबाट बाहिर जानुहुन्न ।’

रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने भन्दै बस्नेतले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमालेले भन्दै आएको बताउनुभयो ।

उहाँले नक्कली भुटानीलाई अमेरिका पठाउने फाइल खोलिएकामा सरकारलाई धन्यवाद पनि दिनुभयो ।

नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैनः अध्यक्ष नेपाल

मोरङ / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उहाँले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।”

उहाँले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

लमजुङ – दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

“पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो”, आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले भन्नुभयो, “हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण ग¥यौँ त्यसमा सफल भयौँ अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौँ ।”

“अब करिब १५ दिन पछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने छ,” उहाँले भन्नुभयो, “५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०÷२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।” प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका थिए । यस आयोजनाले निर्माण थालनी गरेको करिब नौ वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो ।

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनादेखि निर्माण थालेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गर्नु गरिसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटकपटक म्याद गर्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहे पनि सो समयमा पनि बिजुली उत्पादन हुन नसकेको थिएन ।

आयोजनाका अनुसार यसअघि भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी–पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएकोे थियो । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङ छ । त्यस्तै सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग रहेको छ । कूल रु आठ अर्ब ८० करोडको लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएकामा निर्माण अवधि लम्बिँदा करिव रु १० अर्ब ३९ करोड देखि ५० करोडसम्म लागत पुगेको छ ।

उक्त आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका थिए । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा आयोजना निर्माण भएको हो । आयोजनाबाट असर पर्नसक्ने जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उक्त आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् बिक्री गर्ने (पिपिए) सम्झौता गरेको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्र आधा दर्जन आयोजना रहेको र यस आयोजनाको राजस्वले समृद्ध पालिका निर्माणमा टेवा पुग्ने बताउनुभएको छ ।

वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताउनुभएको छ ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ मा अर्थमन्त्री महतले वित्त नीति चलाउनका लागि सरकारसँग धेरै विकल्प नरहेकाले मौद्रिक नीतिबाट समस्या समाधानका लागि पहल थालिने बताउनुभएको हो ।

“वित्त नीति कार्यान्वयनमा हाम्रो क्षमता बढ्न सकेको छैन । हामीले वित्त नीतिबाट पुँजी प्रवाह गर्न सकेका छैनौँ । फिस्कल स्पेस बढाउनका लागि स्रोत छैन”, उहाँले भन्नुभयो । मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी प्रयोगबाटै अर्थतन्त्रलाई चलायमान गरिने भए पनि अर्थमन्त्री महतले अहिले सरकारी राजस्व सङ्कलन न्यून हुँदा वित्त नीतिमार्फत सरकारले धेरै काम गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

“समन्वयात्मक र साझा लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बेला भएको छ । नेपाल राष्ट्र बैंकले यही महिनाको अन्तिमसम्ममा समीक्षा गर्ने तयारी भइरहेको छ । मौद्रिक उपकरण चलाएर ब्याजदर घटाउन सकिन्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “वित्त नीतिमार्फत पुँजी परिचालन गर्नका लागि स्रोत न्यून छ । सरकारी राजस्व असुली कमजोर छ । त्यस कारण मौद्रिक उपकरण चलाएर ब्याजदर घटाइ लगानीको वातावरण सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनुपर्छ ।”

सरकारले विनियोजन गरेको विकास बजेट खर्चको प्रभावकारिता देखिन नसकेको उहाँले स्वीकार्नुभयो । अहिलेसम्म बजेट खर्च गर्न नसकेका आयोजना वर्षान्तमा भुक्तानी माग्दै अर्थमन्त्रालयमा फाइल पठाउन थालेका उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले आर्थिक वर्ष सुरु भएदेखि नै पुँजीगत खर्च गर्ने गरी संयन्त्र तयार पारिनुपर्ने बताउनुभयो । पुँजीगत खर्च नबढ्दा अर्थतन्त्र चलायमान हुन नसकेको र अर्थतन्त्र गतिशील नहुँदा राजस्व असुली लक्ष्यअनुसार हुन नसकेको उहाँको भनाइ छ ।

“अहिले अर्थतन्त्रमा केही समस्या र शिथिलता देखिएको छ । बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक उद्योग व्यवसायको क्षेत्र शिथिल भएको छ । मूल्यवृद्धि नियन्त्रणको सीमाभित्रै छ तर त्यहाँ पनि समस्या छ”, अर्थमन्त्री महतले भन्नुभयो, “ब्याजदरको दबाबले उद्योग व्यवसायको क्षेत्रमा समस्या देखिएको छ । राजस्वको अवस्था सन्तोषजनक मान्न सकिँदैन । लक्ष्यभन्दा निकै कम छ । यी सूचक हेर्दा अर्थतन्त्र समस्यामा नै रहेको मान्न सकिन्छ ।”

अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयासमात्र पर्याप्त नरहेकाले निजी क्षेत्रको साथ आवश्यक रहेको उहाँले बताउनुभयो । “सरकार आफैँले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको पनि भूमिका चाहिन्छ । निजी क्षेत्रलाई सहज बनाउन मौद्रिक उपकरण परिचालनमार्फत ब्याजदर घटाएर लगानीको वातावरण बनाउनुपर्नेछ ।”

विसं २०४६ को परिवर्तन पछि उदार अर्थनीति अवलम्बन हुँदा निजी क्षेत्रको सहभागितामा बैंक वित्तीय संस्थाको व्यापक विस्तार भएको अर्थमन्त्री महतले उल्लेख गर्नुभयो । अहिले बचत तथा ऋण कारोबार गर्ने सहकारी सिद्धान्तअनुरुप चल्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो । समुदायको हितलाई हेरेर स्वनियमनमा चल्नुपर्ने सहकारी अहिले अरु व्यावसायिक बैंक वित्तीय संस्थाजस्तो भएको उहाँको भनाइ छ ।

उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसकेको विषयलाई तत्काल सम्बोधन गरिनुपर्ने अर्थमन्त्री महतले बताउनुभयो । बढीभन्दा बढी उत्पादनमा केन्द्रित हुनुपर्ने र रोजगारी सिर्जना गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

जसपाको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।

पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

जसपाले पुस्तिका प्रकाशन गर्ने

जनता समाजवादी पार्टीले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहका पदाधिकारीदेखि सङ्घीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिनेछ ।

आईतबार सुनको मूल्य घट्यो, चाँदीको भाऊ कति ?

काठमाडौँ । नेपाली बजारमा एकै दिन एक हजार दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ । 

गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो । 

प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । 

आज अपराह्न ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्य व्यवस्था समितिको बैठक बसेको हो । 

बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन सम्बन्धमा छलफल हुने एजेन्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ.व.२०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरू बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरूको उपस्थिति वेवसाइटमार्फत् सार्वजनिक गर्ने र ई–हाजिरी सम्बन्धमा छलफल गर्ने एजेडा छन् । 

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनु भएको छ ।

‘नेपाल व्यवसाय शिखर सम्मेलन(२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जाने लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताउनुभएको हो ।

“नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो भनेर गतवर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन । हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौं”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अर्थतन्त्रको समस्या गम्भीर छ । तर हामी आतंकित हुनुपर्ने अवस्था छैन । यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ ।”

कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उहाँको भनाइ छ ।

अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने दाहालले बताउनुभयो ।

संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । “विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत् आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीका बाबजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्”, उहाँले भन्नुभयो ।

अन्य विकसित र विकासशील मुलकहरूको अर्थतन्त्रमासमेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायत निकायहरुले गरेको प्रक्षेपणका बाबजूद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै गएको प्रधानमन्त्री दाहाललको दाबी छ ।

“विगत केही समयदेखि शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्थामा सुधार भएको, आयातको परिमाणमा कमी आएको, विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख छ”, उहाँले भन्नुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले नेपालको आन्तरिक स्रोत प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने विषयलाई प्राथमिकतामा राख्ने पनि उहाँको भनाइ छ । “नेपाल जल, जमिन, जडीबुटी, जंगल र युवा जनशक्ति जस्ता स्रोतहरूले भरिपूर्ण देश हो । यिनै क्षेत्रहरूमा देखिएका प्रचुर सम्भावनाहरूको खोजी, परिचालन एवं उपयोग बिना समृद्ध नेपाल निर्माण सम्भव देखिँदैन”, उहाँले भन्नुभयो, “तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधिलगायतका प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वेदशी÷वैदेशिक लगानी विस्तार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।”

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने पनि प्रधानमन्त्री दाहालले बताउनुभयो । कृषि, पर्यटन, जलविद्युत् र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै गर्दा घरेलु उत्पादन बढाउनु, निर्यातमा सुधार ल्याउनु र अर्थतन्त्रलाई उत्साहित बनाउनु सरकारको प्राथमिकतामा रहने उहाँको भनाइ छ ।

साथै, अर्थतन्त्रका बृहत् आर्थिक सूचक सकारात्मक बनाउन गरिने पहलबाट तरलता अभाव टारिने र वैदेशिक विनिमय सञ्चिति बढ्दै जाने हुनाले यसतर्फ सरकार गम्भीर रहेको दाहालले बताउनुभयो ।

कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आज दिउँसो साढे १२ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने छन् ।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन वा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदमलाई अदालतले मान्यता दियो : मेयर शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको जनाउनुभएको छ।  

आज सामाजिक सञ्जालमा टुकुचा खोलाका बारेमा लामो प्रस्टीकरण लेख्दै मेयर शाहले उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको समेत जनाउनुभएको छ । 

केही दिनअघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ’ शाहले भन्नुभएको छ, ‘यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।’ 

उहाँको प्रस्टीकरण यस्तो छ: 
​​​​​​​केही दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ । 

सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनः स्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम  लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । 

यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सक्रियता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

धनुषा – जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।

शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिइगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पु¥याएका थिए । उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । बालकको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वी नाकामा थपिँदै ‘सिसी क्यामेरा’

झापा । पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । 

भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।

सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनुभयो ।

सीमा नाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अति आवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उहाँको भनाइ छ । मेची भन्सार कार्यालय र इप्रका कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालु अवस्थामा छन् ।

पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि मेचीनगर नगरपालिकाको सहयोग र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा रु १८ लाखको लागतमा २३ वटा सिसी क्यामेरा बजारको महत्त्वपूर्ण स्थानमा जडान गरिएका थिए । ती सबै क्यामेरा एक वर्षअघि नै कि त बिग्रिए, कि त तस्करले फुटाइदिए ।

“पूर्वी नाका अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भएका कारण यहाँ हरेक गौडा–गौडामा सिसी क्यामेराको आवश्यकता छ”, उहाँले भन्नुभयो, “पहिलेका सबै बिग्रिइसकेका रहेछन् । सीमातिरका १६ वटा चलिरहेका थिए । भर्खरै २६  क्यामेरा बजारमा जडान गरिएको छ । यतिले पुग्दैन ।”

अहिले जडान गरिएका सबै सिसी क्यामेराको कन्ट्रोल रुम प्रहरी कार्यालयमै रहेको छ । काँकडभिट्टा क्षेत्रमा अपर्याप्त भएका कारण सङ्घीय सरकारसँग थप बजेट मागेर सहरमा सिसी क्यामेराको जालो बिछ्याउने मेची सामुदायिक सेवा केन्द्रको योजना छ ।

प्रहरी नायब उपरीक्षक भारतीले हरेक टोलका विकास समितिहरूले आफ्नै पहलमा सिसी क्यामेरा जडान गर्न सके र बैङ्क तथा वित्तीय संस्थाले बजार र सडकमा सार्वजनिक सिसी क्यामेरा राख्न अग्रसरता देखाउने हो भने सहरमा अपराध न्यूनीकरण, नियन्त्रण र अपराधीको पहिचानमा सहजता हुने बताउनुभयो । 

मेचीनगरको अन्य सहरमा पनि पर्याप्त मात्रामा सिसी क्यामेरा जडान गरिएका छैनन् । मेचीनगरको वडा नं ६ मा रहेको काँकडभिट्टा पूर्वी नाका हो भने वडा नं १० को धुलाबारी, वडा नं ७ को इट्टा र वडा नं १३ को चारआली पूर्वपश्चिम राजमार्गमा रहेका ठुला सहर हुन् । यी चार वटै सहरको अधिकांश स्थानमा कि त सिसी क्यामेरा जडान गरिएका छैनन् कि त जडान भइसकेका पनि बिग्रिइसकेका छन् ।

दुई वर्षअघि धुलाबारी चोकमा स्थानीय नगरपालिका र बजार व्यवस्थापन समितिको सहकार्यमा सिसी क्यामेरा जडान गरिएका थिए । अहिले ती क्यामेरा थोत्रो बनेका छन् । धुलाबारी चोकमा रहेको प्रहरीको ट्राफिक बिटमा थन्क्याइएको कन्ट्रोल रुममा राखिएको टिभी स्क्रिनमा माकुराले जालो लगाएको छ ।

धुलाबारी, इट्टा र चारआली बजार क्षेत्रमा नयाँ सिसी क्यामेरा जडानको पहल भइरहेको छ । मेचीनगरको वडा नं ९ र १० ले सिसी क्यामेरा जडानका लागि बजेट छुट्याएका छन् । तर जनसहभागिताको कुन अवधारणाबाट योजना अघि बढाउने भन्नेमा एकमत हुन नसक्दा वडाको बजेट खर्च भएको छैन ।

सहर र सडकमा जडान गरिएका सिसी क्यामेराको नियमित हेरचाह र मर्मत सम्भार नहुँदा समस्या भएको धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन बस्नेत बताउनुहुन्छ । नगरपालिका, वडा कार्यालय, वाणिज्य सङ्घहरू र बजार व्यवस्थापन समिति मिलेर सहरलाई प्रविधियुक्त सुरक्षित सहर बनाउन सकिने उहाँले बताउनुभयो ।

उहाँले स्थानीय बैङ्क तथा वित्तीय संस्था र ठुला उद्योगीले आफ्ना लागि जडान गरिएका सिसी क्यामेरामध्ये केही थान सार्वजनिक हितका लागि सडकतिर लक्षित गराउनुपर्ने सुझाव दिनुभएको छ । ठुला बैङ्कले जडान गरेका सिसी क्यामेरा आफ्नो निजी ढोका र कोठाभित्र मात्र सीमित तुल्याउने गरेका उहाँको दाबी छ । पूर्वी नाका अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले समेत संवेदनशील भएकाले राज्यले सडक, बजार र सीमावर्ती चोकमा शक्तिशाली सिसी क्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।रासस

मुगु हिम पहिरो अपडेट: जुम्लाका तीन जनाको मृत्यु

जुम्ला – मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

यार्सा सङ्कलनका लागि  पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो । अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

शनिवार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो ? हिउँ पहिरोका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । 

यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।

भुटानी शर्णाथी प्रकरण : आरजु देउबा र पूर्व गृहमन्त्री खाँडले घुस लिएको अडियो सार्वजनिक (अडियो सहित)

काठमाडौं । तत्कालिन प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँडले नक्कली भुटानी शरर्णाथी प्रकरणमा मोटो रकम घुस लिएको खुलासा भएको छ ।

अडियोमा कांग्रेस सभापती शेरबहादुर देउवाकी पत्नी आरजुलाइ दुई करोड र गृहमन्त्री खाँडलाई ६ करोड अनामनगरको घरमा गएर बालकृष्ण खाँडको श्रीमती मञ्जु खाँडलाई हातैमा ६ करोड बुझाएको वार्तालाप छ ।

अडियो पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक गर्नुभएको हो । सन्देश शर्मा भन्ने नक्कलि भुटानि सरणार्थी प्रकरणका दोषी र बिचौलियाहरुले पुर्व गृहमन्त्री बालकृष्ण खाँड र उहाँको श्रीमति मन्जु खाँडलाई ६ करोड दिएको फोन बार्ताको अडियो रेकर्ड सरकारले दबाउन खोजेको थियो बिशेष सुत्र बाट पत्ता लागेको छ्। यो प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस ।भन्दै बस्नेतले सार्वजनिक गर्नुभएको अडियो सुन्नुहोस्

मलाई केहि डर छैन, आरजु देउबालाइ साढे दुइ करोड, ६ करोड बालकृष्ण मंजु दिदीले घरमा बुझ्या हो, मलाई कस्तो भयो होला दाइ त्यो कुरा छोडदिनुन
सुन्नुहोस् प्राप्त अडियो :

नागरिकता विधेयक प्रमाणीकरण गराउने सत्तारुढ दलकाे तयारी, बालुवाटारमा वकिलहरुसँग लिइयाे परामर्श

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले तत्कालीन राष्ट्रपतिले प्रमाणिकरण नगरेको नागरिकता विधयेक कसरी अगाडि बढाउने भनेर कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन् ।

शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले उक्त विधेयक फेरि संसदमा फिर्ता आउँछ वा नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् भनेर कानुन व्यवसायीसँग सुझाव मागेका हुन्  । कानुन व्यवसायीहरुले नयाँ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्ने राय दिएका छन् ।

सत्ता गठबधन दलहरु ब्यापक विरोध भएर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु भएको नागरिकता विद्येयक कुनै पनि हालतमा जारी गर्ने तयारीमा छन् । भर्खरै भारतमा उपचारमा गएर फर्किनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई कतै उतै यसको लागि तयार गरिएर त नेपाल फर्काइएन यत्तिखेर सर्वाधिक चासोको विषय बनिरहेको छ । 

सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी हुनुहुन्छ ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको ओलीकाे प्रस्टोक्ति

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी मानिसहरूले एमाले विरुद्धको प्रचारमा लागेका बताउनु भएको छ। ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको प्रष्ट पार्नुभयो ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारमा १ घण्टा भन्दा लामो छलफलपछि बाहिरिने क्रममा यस्तो बताउनु भएको हो ।

सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि निस्किने क्रममा ओलीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अभियुक्त बचाउन लागेको भनेर आफूविरुद्ध हल्ला फैलाइएको बताउनु भयो । ’अभियुक्तलाई बचाउन खोज्नुभएको भन्ने आरोप छ नि ?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ’तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन, त्यस्ताहरूले हल्ला फैलाएका हुन ।’

ओलीले प्रधानमन्त्री दाहालसँग थप के विषयमा छलफल भयो भन्ने विषयबारे भने केही खोल्नुभएन । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन भन्ने प्रश्नको जवाफमा पनि ओलीले आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ’तपाईंहरूले खोज्नु न !’ रायमाझी आफ्नो सम्पर्कमा नरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा

मलेखु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताउनुभयो ।

नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा भन्नुभयो, “म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैँयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ ।”

“सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताउनुभयो ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न ग्न जोसुकैलाई कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने माग राख्दै युवाहरूले काठमाडौँमा प्रदर्शन छन् ।

हाम्रो टिम नेपाल नामक युवाहरूको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारबाही गर्नुपर्ने माग राख्दै काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले राजनीतिक संरक्षण गर्न पाइँदैन, भ्रष्ट नेता चाहिँदैन, प्रचण्ड सरकारलाई खबरदार कारबाही गर भ्रष्ट्राचारी लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई युवाहरूको साथ रहेको जनाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नु पर्छ : शेरबहादुर तामाङ

काठमाडौँ – नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उहाँले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशङ्का गर्दै सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभएको हो ।

नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले उक्त प्रकरणको अनुसन्धान प्रक्रियामा सीमित मान्छेहरूलाई कारबाही गरेको देखाएर कतै अरूलाई उम्काउन त खोजिएको भन्दै प्रश्न गर्नुभयो ।

तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पुरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढङ्गले संसदद्धारा कानुन पारित गर्न खोजेको पनि आरोप लगाउनुभयो ।

सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ : कृष्णबहादुर महरा

काठमाडौं – सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । पूर्वसभामुख समेत रहनु भएका महराले सरकार भित्र वा बाहिर भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताउनुभएको हो ।

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष महराले सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताउनुभयो ।

उपाध्यक्ष महराले भन्नुभयो, ‘‘जो दोषी छन् । तिनी कारबाहीको दायरा भित्र पर्दछन् । जो दोषी छैन, त्यो त कारबाहीको दायरा भित्र पर्ने कुरा भएन । सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गर्नु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उहाँको तर्क थियो ।

उहाँले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताउनुभयो । उपाध्यक्ष महराले भन्नुभयो, ‘‘पहिलो कुरा, सरकारको बारेमा के हुन्छ भन्ने कुरा आएको छ आजभोलि । जस्तो यो मोर्चामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि थियो । अब सरकारमा सहभागी हुने वा नहुने विषयमा आजको मितिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त ? भन्ने जिज्ञासा हुन सक्दछ । यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभए पनि पर्याप्त बहुमत छ । बहुमतको अभाव छैन । त्यसकारणले सरकार टिक्छ । सरकार यथावत् रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ । त्यसकारण यसमा मैले कुनै दुबिधामा नरहन पनि पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छु ।’’

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत बताउनु भयो । त्यसका लागि नेकपा (समाजवादी पार्टी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उहाँले बताउनुभयो ।

रूखको हाँगा खसेर एक जनाको मृत्यु

महेन्द्रनगर / रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ ।

सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । “अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन”, प्रवक्ता डाँगीले भन्नुभयो । शव महाकाली अस्पतालमा राखिएको छ ।

कोभिड–१९ बाट ७६ जना सङ्क्रमित

काठमाडौँ / पछिल्लो २४ घन्टामा ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।

यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो

रुपन्देही / मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।

लुम्बिनीमा जन्मिनुभएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा आज लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ)को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्यसचिव शाक्यले बताउनुभयो । लुम्बिनी विकास कोषले विगतका वर्षमा रथयात्रा गरी शिशु बुद्धलाई कपिलवस्तुको तिलौराकोट लैजाने कार्यक्रम गरे पनि यो वर्ष भने गाडीमै पठाइएको छ ।

बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित लिन सेना पठाउनुभएको थियो । त्यही दिनको सम्झनास्वरूप लुम्बिनी विकास कोषले केही वर्षयता बुद्ध जयन्तीको अर्को दिन शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लैजाने गरिएको छ ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गर्नुभएको थियो । रमणीय बगैँचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै सुत्केरी व्यथा लागेपछि अशोकको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिनुभएको थियो । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिङ्गो कपिलवस्तु सहर सिङ्गारेर चिटिक्क पारिएको थियो ।

सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौँको सङ्ख्यामा रथमा बसेर कपिलवस्तु फर्किनुभएको थियो । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसीयालीमा घर–घरबाट स्वागत एवम दीपावली गरेका थिए । सोही दिनको स्मरण गर्दै लुम्बिनी विकास कोषले शिशु बुद्धलाई बुद्ध जयन्तीको भोलिपल्ट तिलौराकोट लैजाने कार्यक्रम गर्दै आएको छ ।

गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानु पर्छ : उपेन्द्र यादव

भक्तपुर – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिनुभएको छ ।

रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने भन्दै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिनुभयो । अध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानबिन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर समाधानमुखी सम्बोधन गर्नुपर्ने जिकिर गर्नुभयो ।

पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु

पुणे (महाराष्ट्र) / महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।

आगो तत्कालै दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

“पुणेको वाघोली क्षेत्रमा हिजो राति सजावट सामग्रीको गोदाममा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भएको र आगो तुरुन्तै नियन्त्रणमा ल्याइएको थियो”, अधिकारीले भनेका छन् ।
आगलागीको कारण भने खुल्न सकेको छैन । यस बारे अनुसन्धान जारी छ । (रासस/एएनआई)

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गर्नुभएको छ । उहाँले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।”

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राख्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ ।”

प्रधानमन्त्री दाहालले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताउनुभयो ।

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु

म्याग्दी / अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खस्नुभएको थियो ।

धनुषाका गाउँमा खानेपानी समस्या

धनुषा / गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ ।

बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि यस क्षेत्रमा खानेपानी अभाव भएको हो । नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या चर्किँदै गएको छ ।

यहाँका मुहान सुकेका छन् । धारा, कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन् । इनार, बोरिङ, हाते पम्प र पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीय बताउँछन् । “पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो”, पुष्पवलपुरका श्याम लामाले भन्नुभयो, “नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।” नुहाउनका लागि तीन घन्टा टाढासम्म पुग्न बाध्य भएको उहाँले बताउनुभयो । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा धुन र नुहाउन भनेर कमला नदी पुग्नुपर्ने बाध्यता निम्तिएको छ ।

लक्ष्मी निवासका दीपेन्द्र सिंहले भन्नुभयो, “यस ठाउँमा झन्डै १० इनार छन्, तर सात इनारमा हिजोआज पानी पाउन छाडिसक्यो, तीन इनारमा मात्र पानी छ, त्यो इनार पनि छिट्टै सुक्ने छाँटकाँट देखिन्छ, ती इनारमा दिनभरि पानी भर्न महिला र पुरुषको लाम लाग्ने गर्छ ।”

मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवका अनुसार अत्यधिक चुरे दोहनले यस क्षेत्रमा पानीको समस्या उत्पन्न भएको हो । यादवले भन्नुभयो, “अत्यधिक दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेको हो, यसले गर्दा राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको छ ।”

त्यसैगरी जनकपुरको पीडारीचोक, रमानन्दचोक, किशोरी नगर र आनन्द नगरलगायतका क्षेत्रमा वैशाखको पहिलो सातादेखि नै अधिकांश कल सुक्न थालेका छन् । एक सयदेखि दुई सय फिटसम्म कल पूरै सुकेको छ भने दुई सय ५० फिट र त्यसभन्दा बढी गाडिएका कलमा समेत दिनभरि पानी नआउने समस्या देखिएको मुजेलियाका सतिशलाल कर्णले बताउनुभयो ।

विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा विरलै यस्ता समस्या देखिन्थ्यो । पछिल्लो तीन–चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्न थालेपछि ठूलो सङ्ख्यामा सर्वसाधारण समस्यामा परेका छन् ।

जनकपुरधाम किशोरीनगरका स्थानीय बासिन्दा तथा पत्रकार शैलेन्द्र झाका अनुसार १५–२० वर्ष अगाडि एक सय ५० फिटको गहिराइमा जडान गरिएका चापाकलमा सहजै पानी आउने गर्दथ्यो । अहिले चार सय फिटको गहिराइमा पनि पानी आउन छाडेको छ । चापाकल सुक्नुका साथै विद्युतीय मोटरले समेत पानी तान्न छाडेको झाको भनाइ छ ।

मोटरले पनि तान्न छाडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौँतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका पुलचोकका विनोद साहले बताउनुभयो । “दिनको समयमा मोटरले पानी तान्न छाडेको छ, मध्यरातमा मोटर चलाउँछौँ, तर छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन”, साहले भन्नुभयो, “जनकपुरसहित यस क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।”

वैशाख सकिन लाग्दा पनि राम्रो वर्षा नभएकाले पानीका स्रोत चाँडै सुक्न थालेको बताइएको छ । वनजङ्गल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र बेमौसममा अतिवृष्टिका कारण पानीका मुहान सुक्दै गएको बुढापाकाको कथन छ । गर्मी मौसममा जनकपुरसहित धनुषाको उत्तरी भेगमा खानेपानीको समस्या नौलो नभएर प्रायः हरेक वर्ष देखिनुको प्रमुख कारण पानीको सतह घट्नु रहेको मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्रालयका इञ्जीनियर विश्वनाथप्रसाद यादवले बताउनुभयो । खानेपानीको समस्याबाट बच्न पानी सञ्चितितर्फ ध्यान दिनुपर्नेमा यादवको जोड छ ।

चुरेविज्ञ डा विजयसिंह दनुवारले चुरे जङ्गलको फडानी, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पानीको समस्या निम्त्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्न जमिनमा पानीको रिचार्ज बढाउनुपर्ने हुन्छ ।” सिंहका अनुसार यदि सागरनाथ वन परियोजना यस क्षेत्रमा नभएको भए यतिखेर पानीका सबै मुहान सुकिसकेको हुने थिए ।

उहाँले भन्नुभयो, “यस्तै किसिमको चुरे क्षेत्रमा दिगो वन परियोजनाको आवश्यक्ता छ ।” उहाँले पानी सञ्चित गर्न चुरे क्षेत्रमा जलाशय बनाउन सकिए खानेपानीको समस्या धेरै हदसम्म समाधान गर्न सकिने जानकारी दिनुभयो । “यदि चुरेलाई दोहन गरिरहने हो भने पानीको हाहाकारले द्वन्द्व सिर्जना हुन्छ, भावी पुस्तामा पानीका लागि झगडाको बीउ रोपेर मर्नुभन्दा आजैदेखि चुरे उत्खनन हुन नदिने, बोटबिरुवा रोप्ने, आफू बसेको क्षेत्रलाई हराभरा राख्ने र पानीका मुहान तथा स्थानको वातावरणीय संरक्षण गरौँ”, सिंहले भन्नुभयो । (रासस)

ओलीको भेट लगत्तै प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेसँगै  प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाउनुभएकाे छ । 

सत्ता गठबन्धनको बैठक  शनिबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो। 

ओली र दाहालकाे भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताउनुभएको थियो ।

एक महिनामै चामलको मूल्य प्रतिबोरा ४ सय रुपैयाँले बढ्यो

​​​​​​​काठमाडौं – चामलकाे मूल्यआकिशिएकाे छ ।   एक महिनामै चामलको मूल्य प्रतिबोरा करिब ४ सय रुपैयाँसम्मले बढेको हाे। गत चैतको मूल्य भन्दा वैशाखमा ३ सय ७५ रुपैयाँले चामलको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। 

चैतमा प्रतिकेजी ९५ रुपैयाँ पर्ने त्रिशुलीको पोखरेली चामल अहिले प्रतिकेजी १ सय ५ रुपैयाँ पुगेको छ। २५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रतिबोरा २ हजार ३ सय ७५ पर्थ्यो। अब भने प्रतिबोरा २ हजार ६ सय २५ रुपैयाँ पर्ने खुद्रा व्यापार संघले जनाएको छ।

स्टिम जिरा मसिनो चामल गत चैतमा प्रतिकेजी ७५ रुपैयाँ पर्थ्यो। एक महिनाकै अन्तरमा चामल प्रतिकेजी १५ रुपैयाँले बढेर ९० रुपैयाँ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  १ हजार ८ सय ७५ पथ्र्यो। अहिले ३ सय ७५ रुपैयाँले बढेर प्रतिबोरा २ हजार २ सय ५० पुगेकोे छ।

लङ्ग्रेन बासमती चामल प्रतिकेजी ५ रुपैयाले बढेको छ। गत चैतमा प्रतिकेजी १ सय ७० पर्ने चामल अहिले ५ रुपैयाँ बढेर प्रतिकेजी १ सय ७५ पुगेको छ।

२५ केजी परिमाण भएको उक्त चामलको मूल्य प्रति बोरा  ४ हजार २ सय ५० पथ्र्यो। अहिले १ सय २५ रुपैयाँले बढेर प्रतिबोरा ४ हजार ३ सय ७५ पुगेकोे छ।

यो भयो खुद्रा व्यापार संघमा बढेको चामलको मूल्य। बजारमा यो मूल्य लागू नै हुँदैन। व्यापारीहरुले फरक–फरक मूल्य राखेर बिक्री गर्छन्। संघले तोकेको भन्दा तेब्बर मूल्य बढाएर व्यापारीहरुले बिक्री गर्ने उपभोक्ताको गुनासो छ। 

ओलीसँगको भेटपछि प्रचण्डले भने- ‘हामी कसैको दबाबमा पर्दैनौँ’

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आजको भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिए ।

उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन । तर हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’

प्रचण्ड र ओलीबीच यसअघि बिहीबार पनि भेटवार्ता भएको थियो । नक्कली भूटाणी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको तीन दिन हुदा पनि उनी प्रक्राउ परेका छैनन् । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउलाई गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पाकिस्तानी एयरलाइन्सले बेइजिङको भाडा ३० प्रतिशतले घटायो

इस्लामावाद / पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुबै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ ।

पीआईएका प्रवक्ताले शनिबार दिएको जनाकारीअनुसार विद्यार्थी र व्यवसायीको बारम्बारको आग्रहलाई ध्यानमा राखेर कम्पनीले भाडा घटाएको पीआईएका प्रवक्ता अब्दुल्लाह हफिज खानले बताएका छन् ।

“बेइजिङका लागि उडान पुनःसशुरु गरेपछि ठूलो सङ्ख्यामा विद्यार्थी र व्यवसायी चीन पुगेका छन् । उनीहरूले पीआईएलाई कोभिड–१९ को पूर्वटिकट मूल्यमा भाडा समायोजन गर्न बारम्बार अनुरोध गरेका त थिए त्यसैले हामीले द्विपक्षीय यात्रालाई सहज बनाउन यो गर्यौंक,” खानले सिन्ह्वालाई भने ।

गत वर्षको डिसेम्बरयता हवाई भाडा २३ प्रतिशत र पछि २७ प्रतिशतले घटाइएपछि विद्यार्थीले भाडामा तेस्रो पटक छुट पाउने भएका छन् ।

स्टेट बैंक अफ पाकिस्तानले जनाएअनुसार पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा फेब्रुअरी २०२० देखि ८४ प्रतिशतले अवमूल्यन भएको छ जसले हवाई भाडा अकासिएको छ । (रासस/सिन्ह्वा)

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली प्रधानमन्त्री भेट्न सिंहदारबार पुग्नुभएको हो।

अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको छ । दुई दिनअघि पनि दुई नेताहरुले भेटवार्ता गर्नुभएको थियो।