`

एनआरएनए युवा संयोजकमा अनुपम ढुङ्गानाको उम्मेदवारी घोषणा: विद्यार्थी केन्द्रित प्राथमिकताहरू सार्वजनिक

डार्विन, अस्ट्रेलिया — आगामी २०२५–२०२७ कार्यकालका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को युवा संयोजक पदमा अनुपम ढुङ्गानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सामुदायिक भावना र युवा सशक्तीकरणप्रति गहिरो प्रतिबद्धता व्यक्त गर्दै ढुङ्गानाले हालै अस्ट्रेलिया आइपुगेका नेपाली विद्यार्थीलाई सहयोग, मार्गदर्शन र आत्मविश्वास दिलाउने वातावरण बनाउन आफू कटिबद्ध रहेको बताएका छन्।

“हामी अनुभव र आशाका बीच पुल निर्माण गर्न सक्छौँ—ती जो पहिले बाटो हिँडेका छन् र ती जो अहिले आफ्नो यात्रा सुरु गर्दैछन्,” ढुङ्गानाले भने । “कुनै पनि विद्यार्थी एक्लो महसुस गर्न नपरोस्, सबै युवाको आवाज सुन्ने वातावरण बनोस्।”
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को युवा संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका अनुपम ढुङ्गानाले आफ्ना प्रमुख एजेन्डाहरू सार्वजनिक गरेका छन्। उनले विशेष गरी अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको हित र सशक्तिकरणमा केन्द्रित हुने गरी तीन मुख्य प्राथमिकताहरू अघि सारेका छन्।
विद्यार्थी स्वागत कार्यक्रम (Onboarding Program): नयाँ अस्ट्रेलियन भूमिमा आइपुग्ने नेपाली विद्यार्थीहरूलाई आवश्यक सेवा, सांस्कृतिक घुलमिल र सामुदायिक सञ्जालमा जोड्नका लागि एनआरएनए स्टुडेन्ट एडभाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष स्वागत कार्यक्रम सञ्चालन गरिनेछ। यस पहलले विद्यार्थीहरूलाई सुरुवाती चरणमा हुने कठिनाइ कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

मेन्टरसिप नेटवर्क: अनुभव प्राप्त युवा तथा पेसागत व्यक्तित्वहरूसँग नयाँ विद्यार्थीलाई जोडेर मार्गदर्शन प्रदान गर्ने र उनीहरूबीच मित्रताको सम्बन्ध विकास गर्ने लक्ष्य राखिएको छ। यसबाट विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा पेसागत यात्रामा उचित सल्लाह र प्रेरणा पाउन सक्नेछन् ।

मानसिक स्वास्थ्य र नेतृत्व विकास: विद्यार्थीहरूमा देखिने मानसिक स्वास्थ्य समस्याको पहिचान, यसको महत्त्व र युवा नेतृत्व विकासका लागि नियमित कार्यक्रम तथा कार्यशालाहरू आयोजना गरिनेछ। यस पहलले विद्यार्थीहरूलाई मानसिक रूपमा स्वस्थ रहन र भविष्यका लागि सक्षम नेता बन्न प्रोत्साहित गर्ने ढुङ्गानाको भनाइ छ।

मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु

गोरखा, २६ असारः मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन् ।

गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चुमनुब्री–४ नाम्रुङस्थित एउटा स्याउ बगैचामा काम गर्दैआएका थिए । स्याउ बगैचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

काठमाडौँ, २६ असारः त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो । बजेटमा त्रिविको आन्तरिक स्रोतबाट ४९ दशमलव ३९ (रु १३ अर्ब ८८ करोड ९३ लाख) र नेपाल सरकारबाट ५० दशमलव ६१ प्रतिशत (रु १४ अर्ब २३ करोड ६३ लाख) प्रस्ताव गरिएको छ ।

बजेटले समयसापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने र विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।

बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित पनि गरेको छ । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले कार्यभार सम्हालेको भोलिपल्ट यो पहिलो सिनेट बैठक भएको हो ।

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ, २६ असारः सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन् ।

उहाँले भन्नुभयो, “सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।”

यही असार २४ गते बिहान ९ः३० बजे सङ्घीय संसद भवन (उडान निशेधित क्षेत्र) को दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको र टेकस्पायर कलेजको लोकेशनबाट सो ड्रोनले उडान सुरु गरेको देखिएको प्रहरीले जनाएको छ ।

कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीहरुलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनि यही असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले बताउनुभयो ।

युक्रेनमा युरोपेली राष्ट्रहरूसँगै सहकार्य गर्न राष्ट्रपति ट्रम्पलाई मर्जको आग्रह

युक्रेनलाई सहयोग जारी राख्न र युरोपेली राष्ट्रहरूसँगै सहकार्य गर्न जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गर्नुभएको छ ।

रोममा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा मर्जले ‘वासिङ्टन डिसी र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै भन्नुभयो, “हामी(युरोपेली राष्ट्रहरू) सँग रहनुहोस्, हामी एउटै पृष्ठमा छौं र हामी यस संसारमा स्थिर राजनीतिक व्यवस्थाको खोजीमा छौं ।”

उहाँले भन्नुभयो, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्केत गर्दै भन्नुभएको छ, “हामी हार मान्दैनौँ ।”

युक्रेनको पुनर्निर्माणका लागि राजनीतिक र निजी क्षेत्रको समर्थन जुटाउने उद्देश्यले आयोजित ‘युक्रेन पुनरूत्थान सम्मेलनमा मर्जले उक्त कुरा बताउनुभएको हो ।

गत जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेदेखि नै किएभलाई दिइएको अमेरिकी समर्थनमाथि प्रश्न उठाइएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता गर्ने प्रयासमा मस्कोसँग निकटता देखाउनुभएको थियो ।

यद्यपि यसै साता ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनबारे ‘धेरै बकवास’ गरिरहेको बताउनुभएको थियो ।

ट्रम्पले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेको एक दिनपछि ट्रम्पको आलोचना भएको थियो, गत हप्ता वासिङ्टनले केही हतियार ढुवानी रोक्ने घोषणालाई उल्ट्याएको थियो ।

मर्जले किएभलाई इयूको समर्थन ’अटुट’ रहेको बताउँदै रुसविरुद्ध प्रतिबन्धको नयाँ प्याकेज तयार गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “एउटा मात्र सदस्य राष्ट्र यसमा सहमत हुन सकेको छैन । म स्लोभाकिया र त्यहाँका प्रधानमन्त्रीलाई तत्काल प्रतिरोध त्याग्न आग्रह गर्दछु ।”

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको आफ्नो रुसी समर्थक अडानका लागि चिनिनुहुन्छ र मे महिनामा मस्कोको दोस्रो विश्वयुद्धको सम्झनामा भाग लिने एक मात्र इयू नेता हुनुभएको थियो । उक्त अवसरमा उहाँले रूसी राष्ट्रपति पुटिनलाई भेट्नुभएको थियो ।

मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरण गर्न मन्त्रीले मागे चीनको सहयोग

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा विहीबार आयोजित ‘मनसुनजन्य विपद्को पूर्वतयारी र व्यवस्थापनसम्बन्धी कार्यक्रम–२०८२’ मा बोल्दै मन्त्री खड्काले नेपालका अधिकांश नदीहरू चीनको भूभागबाट आउने भएकाले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका पूर्वसूचना तथा रोकथामका लागि दुबै देशबीच प्राविधिक तथा सूचना आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘बाढीको पूर्व सूचना नभएर ठूलो क्षति हुन्छ, पानी नदेखिए पनि ताल फुट्दा वा हिमताल विस्फोट हुँदा एक्कासी बाढी आउँछ । यदि मौसम पूर्वानुमान प्रणालीमा ‘साइरन सिस्टम’ जडान गरिएको भए क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।’

उनले नेपालमा रहेका हिमतालहरूको संरक्षणलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै चीनतर्फ रहेका हिमताल फुट्दा त्यसको असर नेपालमा प्रत्यक्ष रूपमा देखिने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

पूर्वसूचना प्रणाली अझै प्रभावकारी नभएको उल्लेख गर्दै मन्त्री खड्काले जलविद्युत आयोजनादेखि सिंचाई नहरसम्म सम्बन्धित निकायले पूर्वसूचना केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘सरकारसँग स्रोतसाधनको अभाव छ, तर पूर्वसूचनाको पहुँच सबैमा हुनुपर्छ ।’बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणमा सहजता ल्याउन आवश्यक सामग्री भन्सार छुटमा खरीद गर्न अर्थ मन्त्रालयसँग छलफल गरिने पनि उनले जानकारी दिए । साथै, कार्यकुशल कर्मचारीलाई पुरस्कार दिन सकिने व्यवस्था मिलाइनुपर्ने धारणा उनले राखे ।

छलफलमा मन्त्रालयका सचिव सरिता दवाडीले विपद् व्यवस्थापनमा एकीकृत प्रणाली आवश्यक रहेको बताउँदै हिमाली तथा पहाडी क्षेत्रमा थप मापन स्टेशन स्थापनाको खाँचो औंल्याइन् ।

जल तथा उर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्रले प्राकृतिक प्रकोप न्यूनीकरणमा पूर्वतयारी अपरिहार्य रहेको उल्लेख गर्दै चीनसँगको मौसम विज्ञान तथा जलसम्बन्धी सहकार्य अझ सुदृढ गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवागढी, चिलिमे, त्रिशुली थ्री बी जस्ता जलविद्युत आयोजना र सबस्टेशनमा ठूलो क्षति पुर्याएको जानकारी गराए ।

उर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले तीनै तहका सरकारबीच समन्वयबिना विपद् न्यूनीकरण असम्भव हुने बताए । उनले समयमै सूचना प्रवाह गर्न सके क्षति घटाउन सकिने स्पष्ट गरे ।

उनका अनुसार मौसम पूर्वानुमान महाशाखा, गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र प्रभावित क्षेत्रका जनताबाट प्राप्त सूचना समन्वय गरेर प्रभावकारी पूर्वसूचना प्रणाली निर्माण गर्न सकिनेछ ।

सरकारको योजना विपद् सधैं आउने स्थायी प्रक्रिया हो भन्ने बुझेर दीर्घकालीन तयारीसहितको रणनीति अवलम्बन गर्नु हो, जसमा अन्तरदेशीय सहकार्य विशेषगरी चीनसँगको समन्वय महत्वपूर्ण ठहरिएको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक : साउन ७ गते पुष्पलाल जयन्ती मनाउने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले आउँदो साउन ७ गते पार्टी संस्थापक नेतामध्येका एक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती मनाउने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूसँग जानकारी दिँदै बैठकमा संगठनात्मक विषयमा गहन छलफल भएको बताए ।उनका अनुसार हालै देशभर, विशेषगरी रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोले धनजनमा ठूलो क्षति पु‍र्याएकोप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । माओवादी केन्द्रले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडितका परिवारप्रति समवेदना जनाएको छ ।

प्रवक्ता सापकोटाले भने, ‘आजको पदाधिकारी बैठकमा आन्तरिक संगठनात्मक विषयहरुको बारेमा छलफल थियो । त्यसको अत्तिरिक्त अहिले अब यो अहिले बाढी पहिरोले धेरै ठूलो धनजनको क्षति गरेको छ त्यसमा अब रसुवा लगायतका जिल्लाहरुमा अकल्पनिय खालको बाढी पहिरो आएर धनजनको क्षति भएकोमा हाम्रो पार्टीले मृत्तकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै सरकारसँग उद्धारको लागि तदरुकताका अनुसार काम गरोस् र राहतका लाग, पुर्नस्थापनाका लागि सरकारले गम्भिरतापूर्वक ध्यान देओस् भन्ने माग बैठकले गरेको छ । यसका साथसाथै साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको छ ।’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ, २६ असारः उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा पु¥याउन सफल भएको छ । चालु आर्थिक वर्ष सुरु हुँदा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फछ्र्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलो पटक शून्यमा झार्न सफल भएको जनाइएको छ ।

अदालतमा चालु आर्थिक वर्षका १८ महिना नाघेका मुद्दा २२ थान मात्र बाँकी छन् । एक हजार ३५७ मुद्दा रहेकामा एक हजार ३३५ मुद्दा फछ्र्यौट भई २२ थान मुद्दा मात्रै बाँकी रहेको उच्च अदालतले जनाएको छ ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्याय सम्पादनलाई छिटोछरितो बनाउने उद्देश्यले पुराना मुद्दा फछ्र्याैटलाई बढी नै ध्यान दिएको र लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।

“पाटन अदालतको इतिहासमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्न सफल भएका छौँ, मुद्दालाई १८ महिनाभन्दा बढी हुन नदिने गरी आधार तयार गरेर काम गरिरहेका छौँ”, मुख्य न्यायाधीश कुँवरले भन्नुभयो, “सर्वोच्च अदालतको पञ्चवर्षीय योजना लागू भएपछि त्यो योजना र निर्देशनबमोजिम काम गरिरहेका छौँ, न्यायसम्पादनका सम्पूर्ण सूचक पूरा गर्न सकेका छौँ ।”

अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार कूल मुद्दा १७ हजार सात रहेकामा वार्षिक फछ्र्यौट लक्ष्य ११ हजार ३२३ राखिएकामा ११ हजार २३४ मुद्दा फछ्र्यौट भएको छ । चालु आर्थिक वर्षका छ कार्यदिन बाँकी भएकाले कार्यअवधि लक्ष्यअनुसार शतप्रतिशत काम पूरा हुने अदालतको योजना रहेको छ । लक्ष्यअनुसार ८९ थान मुद्दा यस आर्थिक वर्षमा फछ्र्यौट गर्न बाँकी छ ।

न्यायपालिकाको पाँचाँै पञ्चवर्षीय रणनीतिक योजनाले लिएका प्राथमिकता, लक्ष्य र कार्यक्रममा आधारित भई अदालतको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्ययोजनाको निर्माण काम गर्दा यही असार २५ गतेसम्म वार्षिक लक्ष्यको ९९ दशमलव २१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल मुद्दामा पाँच हजार ७७३ मुद्दा फछ्र्यौट गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक हजार २३२ थान मुद्दा बढी फछ्र्यौट भएको छ । अदालतमा ३६ न्यायाधीश दरबन्दी भए पनि हाल २२ जना न्यायाधीश कार्यरत हुनुहुन्छ ।

छिटो न्यायलाई प्राथमिकता

पाटन उच्च अदालतले छिटोछरितो न्याय दिने लक्ष्यका साथ अदालतमा दर्ता हुन आएका रिट निवेदनहरु अधिकांश छ महिनाभित्रै सक्ने लक्ष्यका साथ काम गरिहेको छ भने एक वर्ष नाघेका रिट निवेदनहरु बाँकी नरहेको जनाएको छ ।

व्यक्ति थुनामा रहेका थुनुवा मुद्दालाई एक वर्ष ननाघ्ने गरी फछ्र्यौटलाई प्राथमिकता दिएको र निवेदन÷प्रतिनिवेदन तीन महिना ननाघ्ने गरी प्राथमिकतामा राखी सुनुवाइ गरेको जनाएको छ । हाल छ महिना नाघेका रिटको सङ्ख्या १७, एक वर्ष नाघेका थुनुवा भएका मुद्दाको सङ्ख्या २८ र तीन महिना नाघेका निवेदन प्रतिवेदनको सङ्ख्या आठ बाँकी रहेको छ ।

पुनरावेदन दायर भई फैसला भएका सात हजार ८४४ मुद्दाहरुमध्ये करिब १२ दशमलव ६४ प्रतिशत मुद्दा उल्टी भएको देखिन्छ भने रिट क्षेत्रधिकारतर्फ ४० दशमलव ४२ प्रतिशत रिट जारी भएको छ । अदालतबाट ५९ दशमलव ५८ प्रतिशत रिट खारेज भई अन्तिम आदेश भएको छ ।

यस अदालतबाट विकास निर्माण, कर, राजस्वलगायतका विषयसँग सम्बन्धित पुराना मुद्दा बाँकी नभएको अदालतले जनाएको छ । रिट निवेदनमा अन्तरिम आदेश माग गरेको अवस्थामा अन्तरिम आदेश छलफललाई हप्तामा निश्चित दिनहरु तोकी प्राथमिकतापूर्वक सुनुवाइ गरिरहेको अदालतको रजिष्टार पौडेलले जानकारी दिनुभयो ।

उक्त अदालतको मुख्य न्यायाधीश कुँवरका अनुसार समयमै इजलास बस्ने, इजलास व्यवस्थापन, कानुन व्यवसायीका सहयोगका कारण लक्ष्यअनुसार मुद्दाको फछ्र्यौट गर्न सकिएको हो । “इजलास व्यवस्थापन सकेसम्म छिटो न्याय दिनुपर्छ भन्ने लक्ष्यअनुसार भइरहेको छ”, उहाँले थप्नुभयो, “सेवाग्राहीको सन्तुष्टिलाई ध्यानमा राखेर काम गरिरहेका छौँ, अदालतको जनआस्था वृद्धि गर्न निरन्तर लागिरहेका छौँ, अहिलेको उपलब्धिले काम गर्ने उत्प्रेरणा बढेको छ, काम गर्न सकिने रैछ भन्ने मनोबल बढेको छ ।”

हेटाँैडा इजलाससहित केही अदालतले दुई वर्ष नाघेका मुद्दा झारे शून्यमा
उच्च अदालत पाटन हेटौँडा इजलाससहित चार जिल्ला अदालतले दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्न सफल भएका छन् । जिल्ला अदालतमा दोलखा, रामेछाप, नुवाकोट र धादिङले दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारेका छन् ।

जिल्ला अदालत काठमाडौँमा दुई वर्ष नाघेका मुद्दा एक हजार ९०४ थान, भक्तपुरमा १३१ थान, लतिपुरमा चार थान, काभ्रेपलाञ्चोकमा ३२ थान, सिन्धुपाल्चोकमा र रसुवामा एक÷एक थान, मकवापुरमा दुई थान, चितवनमा १० थान र सिन्धुलीमा ३० थान बाँकी रहेका छन् ।

मुद्दा फछर्र्याैट सङ्ख्यालाई हेर्दा जिल्ला अदालत काठमाडौँ र सिन्धुलीले सबैभन्दा काम फछ्र्याैट गरेको देखिन्छ । काठमाडौँले ५० दशमलव १८ प्रतिशत र सिन्धुलीले ५० दशमलव १७ प्रतिशत मुद्दा फछ्र्यौट गरेका छन् । सबैभन्दा बढी नुवाकोटले ७७ दशमलव ९९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । त्यसपछि धादिङले ७७ दशमलव २४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

जिल्ला अदालतको कम मुद्दा फछ्र्यौट भएको विषयमा मुख्य न्यायाधीश कँुवरका अनुसार मातहतका जिल्ला अदालतलाई पनि मुद्दा फछ्र्यौटमा परेका समस्याका विषयमा छलफल गरी निकास दिने प्रयास भइरहेको छ ।

छिटो मुद्दा फछ्र्यौट गर्न अदालतले गरेको प्रयास

उच्च अदालत पाटनमा पुराना मुद्दा फछ्र्यौटको दैनिक तथ्याङ्क प्रस्तुति, मासिक प्रगति समीक्षा, मातहत अदालतसमेतको मासिक र चौमासिक समीक्षामार्फत कार्यसम्पादन अवस्थाको स्वमूल्याङ्कन गरी सोहीअनुरुपका आवश्यक रणनीतिहरु अवलम्बन गरेको जनाएको छ ।

मुद्दाको विषयवस्तुका आधारमा शीघ्र किनारा गर्नुपर्ने प्रकृतिका मुद्दाहरूलाई अग्राधिकार दिइ सुनुवाइमा प्राथमिकता दिने, मेलमिलापलाई प्राथमिकतामा राखी उल्लेख्य सङ्ख्याका मुद्दाहरु मेलमिलापको प्रक्रिया पठाउने गरेको छ ।

न्यायिक कामकारबाहीमा सूचना प्रविधिसम्बन्धी विकसित पद्धति, सफ्टवेयर, मोड्युल तथा एप्लिकेशनहरुको अधिकतम प्रयोग गरी कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने प्रयास गरेको बताइएको छ ।

सूचना प्रविधिको प्रयोग

अदालतले सेवाग्राहीहरुको सुविधाको लागि अनलाइन तारेख तथा विद्युतीय माध्यमबाट साक्षीको बकपत्र गर्ने गरिएको, एसएमएसमार्फत मुद्दा दर्ता भएको जानकारी दिने व्यवस्था गरेको छ ।

न्यायमा सहज पहुँच स्थापित गर्न निःशुल्क रूपमा निवेदनका ढाँचा उपलब्ध गराउने गरिएको, अदालतमा वैतनिक कानुनी व्यवसायीमार्फत असमर्थ पक्षका लागि निःशुल्क कानुनी सेवा, वैतनिक कानुन व्यवसायीद्वारा कारागार भ्रमण गरी थुनुवा कैदीलाई आवश्यक कानुनी सेवा प्रदान गर्ने एवं मुद्दामा स्वेच्छिक ‘प्रोबोनो’ सेवाको परिचालन गरिएको जनाएको छ ।

“सूचना प्रविधिको उच्चतम प्रयोग गरेर मुद्दालाई छिटोछरितो सम्पादन गर्ने प्रयास गरिरहेको छौँ”, मुख्य न्यायाधीश कुँवरले भन्नुभयो, “यसले न्यायलयको जनआस्था वृद्धि गर्न सहयोग पुगेको छ ।”

संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौँ, २६ असारः सबै सङ्घीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा रहेका उपकरणको यकिन विवरण उपलब्ध नभएकाले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपकरण व्यवस्थापनमा चासो देखाउँदै बिग्रिएका उपकरणको जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिनुभएको थियो । सो क्रममा सामान्य खर्चमा मर्मत गर्न सकिने थुप्रै उपकरण अस्पतालमा प्रयोगविहीन अवस्थामा थन्किएको पाइएको थियो । त्यसपछि मन्त्रालयले उपकरणको लेखाजोखा सुनिश्चित गर्न लेखा परीक्षणको प्रक्रिया अघि बढाएको हो ।

तीन वर्षदेखि यस्तो प्रयास चलिरहेको भए पनि हालैको निर्णयले अब स्पष्ट रूपमा लेखा परीक्षण अनिवार्य गर्ने व्यवस्था गरिएको छ । गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख डा सरोज शर्माले अडिटको व्यवस्था लागू भएपछि उपकरणको अवस्था, मर्मत आवश्यकताबारे जानकारी, सुरक्षा तथा स्टक व्यवस्थापनमा सहजता आउने बताउनुभयो ।

“सामान्य मर्मत गर्न सकिने उपकरण पनि बेवास्ताका कारण थन्किएका छन्, यसले नयाँ उपकरण खरिदमा अनावश्यक खर्च बढाएको छ”, प्रमुख डा शर्माले भन्नुभयो ।

हालै गरिएको एक अध्ययनमा झण्डै रु २४ करोड बराबरका बिग्रिएका उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रले रु २३ लाखमा मर्मत गरेको विवरण मन्त्रालयलाई उपलब्ध गराएको थियो । यस व्यवस्थाबाट अस्पतालमा उपयोगमा नरहेका तर अन्यत्र आवश्यक पर्ने उपकरणको पुनःवितरणसमेतमा सहजता हुने अधिकारीहरूले बताएका छन् ।

कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छः महामन्त्री शर्मा

पाटन (ललितपुर), २६ असारः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी प्रशिक्षणका क्रममा महामन्त्री शर्माले संसारको साझा र ज्वलन्त मुद्दा जलवायु परिवर्तन भएकाले उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनको असर बढेको छ, कहिले अत्यधिक वर्ष, कहिले खडेरी, बेमौसमी वर्षाको समस्या छ, गत वर्षको बेमौसमी वर्षाले अर्बौंको क्षति पु¥यायो, यही साता हिमताल फुटेर रसुवामा धेरै क्षति पु¥यायो, कार्बन उत्सर्जन अत्यधिक धेरै हुँदा जलवायु परिवर्तनको असर बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “तसर्थ जलवायु परिवर्तनको असर घटाउन प्लास्टिकको प्रयोग घटाउनेदेखि हटाउनेसम्म, मानवीय क्रियाकलापमा सुधार ल्याउनेसम्म ध्यान दिनुपर्नेछ ।”

उहाँले नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा रहेको बताउनुभयो । “कार्बन उत्सर्जनको अवस्था घटेन र मानिसको आनीबानी परिवर्तन भएन भने जतिसुकैबेला पनि विस्फोट हुनसक्छ, तापक्रम बढ्दा हिउँ पग्लिएर हिमताल बढ्दैछ”, उहाँले भन्नुभयो ।

उहाँले संसारको कार्बन उत्सर्जन घटाउन समुद्रले ३० प्रतिशत, नदीले ३ प्रतिशत सहयोग पु¥याउने भन्दै मानिसले पनि आफ्ना गतिविधिलाई नियन्त्रण गरेर जैविक, जीवाश्मा उत्पन्न हुने कार्बन घटाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सबै सङ्घीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परिक्षण अनिवार्य

काठमाडौँ, २६ असारः सबै सङ्घीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा रहेका उपकरणको यकिन विवरण उपलब्ध नभएकाले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपकरण व्यवस्थापनमा चासो देखाउँदै बिग्रिएका उपकरणको जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिनुभएको थियो । सो क्रममा सामान्य खर्चमा मर्मत गर्न सकिने थुप्रै उपकरण अस्पतालमा प्रयोगविहीन अवस्थामा थन्किएको पाइएको थियो । त्यसपछि मन्त्रालयले उपकरणको लेखाजोखा सुनिश्चित गर्न लेखा परीक्षणको प्रक्रिया अघि बढाएको हो ।

तीन वर्षदेखि यस्तो प्रयास चलिरहेको भए पनि हालैको निर्णयले अब स्पष्ट रूपमा लेखा परीक्षण अनिवार्य गर्ने व्यवस्था गरिएको छ । गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख डा सरोज शर्माले अडिटको व्यवस्था लागू भएपछि उपकरणको अवस्था, मर्मत आवश्यकताबारे जानकारी, सुरक्षा तथा स्टक व्यवस्थापनमा सहजता आउने बताउनुभयो ।

“सामान्य मर्मत गर्न सकिने उपकरण पनि बेवास्ताका कारण थन्किएका छन्, यसले नयाँ उपकरण खरिदमा अनावश्यक खर्च बढाएको छ”, प्रमुख डा शर्माले भन्नुभयो ।

हालै गरिएको एक अध्ययनमा झण्डै रु २४ करोड बराबरका बिग्रिएका उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रले रु २३ लाखमा मर्मत गरेको विवरण मन्त्रालयलाई उपलब्ध गराएको थियो । यस व्यवस्थाबाट अस्पतालमा उपयोगमा नरहेका तर अन्यत्र आवश्यक पर्ने उपकरणको पुनःवितरणसमेतमा सहजता हुने अधिकारीहरूले बताएका छन् ।

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिक रूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु भएको मुद्दामा अभियोजकहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने प्रयास गर्दा सन् २०२४ जुलाई र अगस्टका बीचमा एक हजार चार सय मानिस मारिएका थिए ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले हसिनाको अपदस्थ सरकार र उहाँको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्तिहरूलाई मुद्दा चलाइरहेको छ ।

“पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) चौधरी अब्दुल्लाह मामुनले मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको छ”, आइसिटीका प्रमुख अभियोजक मुहम्मद ताजुल इस्लामले पत्रकारहरूलाई भन्नुभयो ।

‘जुलाई–अगस्ट विद्रोहको समयमा भएका अपराधहरूबारे आफूसँग भएका सबै जानकारी’ दिँदै मामुनले साक्षीका रूपमा काम गरेर अदालतलाई सहयोग गर्न सहमत भएको इस्लामले बताउनुभयो ।

अदालतले मामुनको सुरक्षा सुनिश्चित गर्न छुट्टै आवासको व्यवस्था गर्न अनुमोदन गरेको छ ।

न्यायाधिकरणले बिहीबार हसिना र उहाँका गृहमन्त्री असादुज्जमान खान कमालमाथिका आरोपहरू खारेज गर्न वकिलहरूको अनुरोध पनि अस्वीकार गरेको छ ।

दुवै हसिना र कमाललाई सोही मुद्दामा औपचारिक रूपमा अभियोग लगाइएको छ ।

हसिना र कमालका राज्यद्वारा नियुक्त वकिल आमिर हुसेन भने आशावादी हुनुहुन्छ । “मुद्दा प्रारम्भिक चरणमा छ र अन्य धेरै चरण छन्”, उहाँले भन्नुभयो ।

विरोध प्रदर्शनले आफ्नो १५ वर्षको शासन समाप्त गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट भारत भाग्नुभएको थियो । उहाँले ढाका फर्कने प्रत्यर्पण आदेशको अवहेलना गर्नुभएको छ । ढाकामा उहाँको अनुपस्थितिमा जुन १ मा मुद्दा सुरु भएको थियो ।

हसिनाले आइसिटीमा कम्तीमा पाँचवटा आरोपको सामना गरिरहनुभएको छ । यसमा ‘जुलाई विद्रोहको समयमा सामूहिक हत्याका लागि उक्साउने, प्रेरणा गर्ने, संलग्नता, सहजीकरण, षड्यन्त्र र रोकथाम गर्न असफल हुने’ समावेश छन् ।

अभियोजकहरूले हिंसाका लागि हसिनाले समग्र कमान्डको जिम्मेवारी लिएको बताएका छन् ।

उहाँलाई जुलाई २ मा छुट्टै मुद्दामा अदालतको अवहेलनाको दोषमा दोषी ठहराइएको थियो, जसमा छ महिनाको सजाय भएको थियो ।

फरार पूर्वमन्त्री कमाल पनि भारतमा रहेको विश्वास गरिन्छ ।

ब्रिक्स शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण समाप्त गर्दै बिहीबार बिहान नयाँदिल्ली फर्कनुभएको छ ।

कूटनीतिक भ्रमणले घाना, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियालाई समेटेको थियो र ब्राजिलको अध्यक्षतामा रियो दि जेनेरियोमा आयोजित १७औँ ब्रिक्स शिखर सम्मेलनमा उहाँको सहभागिता समावेश थियो ।

भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी जुलाई २ मा घानाको राजधानी अक्रामा पुग्नुभएको थियो । यो ३० वर्षभन्दा बढी समयपछि कुनै भारतीय प्रधानमन्त्रीको पश्चिम अफ्रिकी राष्ट्रको पहिलो भ्रमण हो ।

आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले घानाका राष्ट्रपति जोन महामासँग बलियो साझेदारीको समीक्षा गर्न र आर्थिक, ऊर्जा र रक्षा सहयोग तथा विकास सहयोगको माध्यमबाट यसलाई बढाउन थप मार्गहरूबारे छलफल गर्न द्विपक्षीय वार्ता गर्नुभयो ।

जुलाई ३ मा उहँँले ट्रिनिडाड एन्ड टोबागोको भ्रमण गर्नुभयो । प्रधानमन्त्रीका रूपमा क्यारिबियन राष्ट्रको उहाँको यो पहिलो आधिकारिक तथा सन् १९९९ पछि प्रधानमन्त्री–स्तरमा पहिलो भ्रमण हो । उहाँले आफ्ना समकक्षी कमला प्रसाद–बिसेसरलाई भेट्नुभयो र देशको संसद्लाई सम्बोधन गर्नुभयो ।

भ्रमणका क्रममा उहाँले विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार ट्रिनिडाड एन्ड टोबागोका भारतीय डायस्पोराको छैटौँ पुस्तासम्म ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसिआई) कार्ड जारी गर्ने निर्णयको घोषणा गर्नुभयो ।

प्रधानमन्त्री मोदीले जुलाई ४ मा ब्युनस आयर्सको भ्रमण गर्नुभयो । त्यहाँ उहाँले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईसँग द्विपक्षीय छलफल गरी जारी सहयोगको समीक्षा गर्नुभयो । साथै उहाँले रक्षा, कृषि, खानी, तेल र ग्यास, नवीकरणीय ऊर्जा, व्यापार, लगानी र जनता–जनता सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा भारत–अर्जेन्टिना साझेदारीलाई अझ बढाउने तरिकाहरूबारे छलफल गर्नुभयो ।

प्रधानमन्त्री मोदीले जुलाई ६ देखि ७ सम्म ब्राजिलको रियो दि जेनेरियोमा भएको १७औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुभयो ।

उहाँले ब्राजिलको राजकीय भ्रमण पनि गर्नुभयो र पछि ब्रासिलियाको भ्रमण गर्नुभयो । त्यहाँ उहाँले राष्ट्रपति लुलासँग व्यापार, रक्षा, ऊर्जा, अन्तरिक्ष, प्रविधि, कृषि लगायत आपसी हितका क्षेत्रहरूमा रणनीतिक साझेदारी विस्तार गर्न द्विपक्षीय छलफल गर्नुभयो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले प्रधानमन्त्री मोदीलाई ब्राजिलको सर्वोच्च नागरिक सम्मान ’द ग्रान्ड कलर अफ द नेसनल अर्डर अफ द साउदर्न क्रस’ बाट सम्मानित गर्नुभयो ।

आफ्नो भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदीले नामिबियाको भ्रमण गर्नुभयो ।

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

जनकपुर, २६ असारः मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छसदस्यीय कार्यदल गठन भएको छ ।

सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा भएको गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ । समितिमा प्रमुख प्रतिपक्षी दलबाट जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव रहनुभएको सभामुख मण्डलले जानकारी गराउनुभयो ।

प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन(पाल्पा), २६ असारः जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप सङ्कलन भएको हो ।

तीन वर्षमा यहाँ २४३ सवारी दुर्घटना भएकामा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए । जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उहाँले बताउनुभयो ।

तनहुँको वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली (तनहुँ), २६ असार : यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट रु सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताउनुभयो । आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् ।

डोटिम परिसंघको राष्ट्रिय भेला गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले डोटिम परिसंघको राष्ट्रिय भेला गर्ने भएको छ ।डोटिम परिसंघको असार २८ गते (शनिबार) काठमाण्डौको डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा गर्न लागिएको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

बस्नेतले नेपालको वर्तमान राजनीतिक प्रणालीमा संरचनागत भेदभाव कायम रहेको भन्दै दलित, आदिवासी जनजाति, महिला, थारु, अन्य पिछडावर्ग तथा अल्पसंख्यक समुदायहरुको राजनीतिक र आर्थिक अधिकार र सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीले डोटिम परिसंघ गठन गरेको बताएका छन् ।

राष्ट्रको मूलधारमा समावेश हुन नसकेका सामाजिक समुह, वर्ग, सम्प्रदाय, जात, जाति, धर्म, लिङ्ग र भाषाभाषीलाई राष्ट्रको मूलधारमा समावेश गरी शक्ति, साधन स्रोत र अवसरमा न्यायोचित साझेदारीका लागि डोटिम परिसंघले संघर्ष र पैरवी गर्ने उनको भनाइ छ । उनले भने, ‘डोटिम परिसंघ पहिचान र अधिकारको आन्दोलन हो ।’

जसपा नेपालले चन्देश्वर पासवान संयोजकत्वमा गठन गरेको डोटम परिसंघको राष्ट्रिय भेलाको तयारी गर्न तथा आवश्यक सहयोग गर्न बनाइएको कार्यदलले भेलाको तयारीलाई तीव्रता दिएको छ ।जसपा नेपालले भेला तथा अन्तरक्रिया कार्यक्रममा आउने सहभागीहरुलाई आ–आफ्नो जातीय पहिचान झल्किने पहिरनमा उपस्थित हुन आह्वान गरेको छ ।

माओवादीको पदाधिकारी बैठक आज

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।
साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

बाढीले बागलुङमा एक अर्ब बढीको क्षति, विद्युत् आयोजना बग्यो, खेती बगरमा परिणत

गलकोट (बागलुङ), २६ असारः अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पु¥याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पु¥याएको छ ।

जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले सोही ठाउँमा मात्रै रु ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पु¥याएको छ ।

यस्तै, त्यस ठाउँको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताउनुभयो । बाढीका कारण छ घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको बताइएको छ । बाढीले ठेउलेका पाँच घर जोखिममा परेका छन्, दुई गोठमा पूर्ण क्षति भएको छ ।

टेकबहादुर र खड्कबहादुरको गोठमा क्षति पु¥याएको छ । टेकबहादुरको गोठमा रहेको एक गोरु मरेको छ । बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ । त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब रु एक अर्ब चार करोड बराबर क्षति भएको अनुमान गरिएको उपप्रमुख शर्माले बताउनुभएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २६ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ४१, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ८५, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५५, तने बोडी प्रतिकिलो रु ३० र मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १५०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ५५, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो साग प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु २२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु १०००, पुदिना प्रतिकिलो रु १८०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु ११०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिट) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ९०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौँ- नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका कारण ठूलो क्षति हुन थालेकाले चीनसँगको सूचना सङ्कलन तथा विपद्बाट हुने क्षति न्यूनीकरणका सन्दर्भमा आवश्यक समन्वय बढाइने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सूचना सङ्कलन र विपद् व्यवस्थापनसम्बन्धी कामका लागि समन्वय बढाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भावित विपद्को सूचना र समन्वयलाई चीनसँग समन्वय बढाउने तथा विस्तृत अध्ययन गर्ने निर्णय भएको छ ।”

प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले रसुवा बाढीमा परेर मृत्यु भएका तथा बेपत्ताका परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकले नेपाल–चीन जोड्ने मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र सडक पुनःनिर्माण गरी रसुवागढी नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी सडक पूर्वाधार, भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिनुभयो । व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने, विपद्का कारण पहिचान गर्न आवश्यक अध्ययनका लागि मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

उहाँले बाढीको विस्तृत क्षति आँकलन गर्ने, मितेरी पुल निर्माणका लागि चीनलाई अनुरोध गर्ने, अरु पूर्वाधार मर्मत सञ्चालन सम्बन्धित मन्त्रालयमार्फत गर्ने पनि जानकारी दिनुभयो । उहाँले हिमतालबाट पानी निस्किएर उक्त घटना भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिँदै उक्त समयमा सो क्षेत्रमा वर्षा नभएको पनि जानकारी दिनुभयो । विस्तृत अध्ययन पश्चात मात्र कारण यकिन गर्न सकिने उहाँको भनाइ छ ।

‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ : महासचिव पोखरेल

काठमाडौँ- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताउनु भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताउनुभयो ।

“अहिले विधि र विधानको कुरा गर्ने समय हो । विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन,” महासचिव पोखरेलले भन्नुभयो, “जतिबेला नेतृत्व चयनको विषय आउँछन त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ । नेतृत्वको बारेमा बहस गर्ने बेला भएकै छैन ।”

उहाँले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताउनु भयो । “पार्टीको नीति नियम, दस्तावेजले होइन मोबाइलले हामीलाई दिशानिर्देश गरेको छ,” उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले मिसन २०८४ मा पार्टी एकताबद्ध भएर लैजानु आवश्यक रहेको छ । कमिटीका अध्यक्ष प्रेम पराजुली कमिटीलाई विधान महाधिवेशन केन्द्रित गरिएको जानकारी दिनुभयो ।

‘…त्यसपछि ढुक्कले सुत्न पाइयो’

सिरहा, २६ असारः आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुनुहुन्छ अस्मिन राउत ।

“त्यो घटना वास्तवमै कहालिलाग्दो थियो । हुन त त्यस्ता कैयौँ त्रासदीपूर्ण रातहरू भोग्नुप¥यो हाम्रो बस्तीले, ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ”, उहाँले भन्नुभयो ।

डकैतीका शृङ्खलाबद्ध घटना, गाउँमा भय । प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने । लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलम ठोकिसकेका हुन्थे । २०६७ सालको असार महिनामको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो । उक्त घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले । “हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो । त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गाउँको दयनीय अवस्था प्रस्तुत ग¥यौँ । स्थानीयको आग्रह र दबाबपछि तत्कालै पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना गरियो”, राउतले भन्नुभयो,“प्रहरी चौकी स्थापना भएसँगै गाउँको अवस्था फेरियो । त्यसयता हामीले कुनै डकैतीको त्रास व्यहोर्नु परेको छैन । रातमा गहिरो निद्रा सुत्न पाएका छौँ ।”

त्यही घटनापछि लहानको ग्रामीण भेगमा पर्ने वडा नं १३, १४ र २४ लाई पायक पर्नेगरी पक्की टोलमा अस्थायी प्रहरी चौकी बनेको थियो । त्यसले गाउँमा साँच्चै शान्ति फर्कियो । रात परेपछि ढोका थुनेर बस्नुपर्ने बाध्यता हट्यो । बालबालिका ढुक्कसँग बाहिर खेल्न थाले । महिलाहरू बिहान–साँझ खेतबारी जान थाले । गाउँलेमा पुनः आत्मविश्वास आयो ।

डकैतको त्रास मेटिएपछि गाउँमा शान्ति त फर्कियो । समयसँगै समुदाय र प्रहरीबीचको सम्बन्ध पनि गहिरिँदै गयो, तर जीर्ण भवनबाट प्रहरीका लागि सेवा प्रवाह सहज थिएन । बर्सातमा पानी चुहिने, हिउँदमा धुलोले भरिने समस्या थियो । त्यसपछि गाउँलेहरूले नयाँ प्रहरी भवनको आवश्यकता महसुस गरी स्वतःस्फुर्त रूपमा नयाँ भवन निर्माणको अभियान सुरु गरे । त्यसका लागि चन्दा सङ्कलन अभियान सञ्चालन थाले । त्यो अभियान प्रभावकारी बन्दै गयो ।

गाउँलेहरूले सकेको आर्थिक तथा भौतिक सहयोग गरे । विदेशमा रहेका गाउँका व्यक्तिहरूले पनि दिल खोलेर सहयोग गरे । सामूहिक प्रयासकै परिणामस्वरूप निर्माण भयो—पाँचकोठे पक्की प्रहरी भवन । त्यही भवनको बुधबार एक विशेष कार्यक्रमबीच लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

सुविधासम्पन्न प्रहरी चौकीको भवन बनेसँगै पक्की टोलवासीको खुसीको सीमा छैन । शान्तिसुरक्षा र अमनचयनको अनुभूति उनीहरूको हरेक अभिव्यक्तिमा झल्किन्छ । गाउँको परिवर्तनको कथा सुनाउँदै ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भन्नुहुन्छ, “पहिले गाउँमा प्रहरी नहुँदा घुर बालेर रातभर डाँका कतिबेला पो आउँलान् भनेर रोडमै जाग्राम बस्नुपथ्र्यो । त्यो दुःख सम्झेर उदेक लाग्छ । अहिले त ढुक्कले बस्न पाइएको छ ।”

उहाँले सुनाएअनुसार एक समय त यस्तो आयो, डाँकाहरू गाडीमै आएर गाउँ लुट्थे । प्रहरी आउँदासम्म सबै भागिसकेका हुन्थे । “धनमाल दिएन भने कुट्थे, कतै त मार्नेसम्म पनि गर्थे । दसैँजस्ता चाडबाडमा छोरा–नातिहरू घर आउँदा पनि डाँकाको डरले दुई दिन नबसी सहर फर्किन्थे । हामी बूढाबूढी मात्रै गाउँमा, युवाहरू बाहिर” अधिकारी विगत सम्झिँदै भन्नुहुन्छ, “प्रहरी त हाम्रो लागि भगवान्जस्तै भएर आएका हुन् बाबु । यही भएर गाउँलेहरू जीउधन लगाएर यो भवन बनाउन जुटे । अब चौकीमा दुई जना महिला प्रहरी पनि भए सहज हुन्थ्यो ।”

लक्ष्मीदेवी अधिकारीको भनाइ केवल विगतको पीडा होइन, यो सुरक्षा प्राप्तिको खुसी र सामुदायिक सफलताको आत्मगौरव पनि हो । गाउँमा सुरक्षाको सुनिश्चिततासँगै समुदाय–प्रहरी सम्बन्ध अझ मजबुत भएको छ । यही सन्दर्भमा स्थानीयले भन्दै थिए, “वास्तवमै प्रहरी मेरो साथी भन्ने नारा प्रचारका लागि मात्रै रहेन, यो त व्यवहारमै लागू भएको छ ।”

यहाँ सुरक्षाको व्यवस्थापछि धेरै कुरा बदलिदिएको छ । कुनै समय प्रहरीसँग पनि डराउने यहाँको समाज अचेल प्रहरीलाई साथी, अभिभावक र सहारा मान्छन् । दुःख होस् या सुख, हरेक क्षणमा प्रहरी स्थानीयले सबैभन्दा पहिले सम्झिने आधार भनेको छ ।

भवन निर्माण समितिका अध्यक्षसमेत रहनुभएका समाजसेवी राउतका अनुसार स्थानीय जनताबाटै करिब रु २५ लाख सङ्कलन भएको थियो । गाउँलेहरूले सकेको आर्थिक, श्रम र भौतिक सहयोग गरेका थिए । उहाँले भन्नुभयो, “भवन निर्माणमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि केही आर्थिक सहयोग रह्यो । यही संयुक्त प्रयासले सुविधासम्पन्न पक्की भवन निर्माण सम्भव भएको हो । त्यसैले यो भवन केवल इँटा र गारो मात्रै होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको जीवित प्रतीक पनि हो ।”

भवन उद्घाटन समारोहका प्रमुख अतिथि लहान नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजका अगुवाहरूले जग्गादान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान साबित भएको छ । यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्तिसुरक्षाको प्रत्याभूति गर्ने आधार पनि बनेको छ ।”

प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणका लागि निर्णायक आधार भएको बताउनुहुन्छ । प्रहरी सङ्गठन समुदायमैत्री सेवामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले समुदायसँगको सम्बन्धलाई केवल सुरक्षाको सवाल मात्र नभई विश्वास, सहभागिता र उत्तरदायित्वको सम्बन्धका रूपमा आफूले हरेको बताउनुभयो । “समुदायको सहयोगबिना कुनै पनि सुरक्षा प्रणाली पूर्ण हुँदैन, यो त समुदाय र प्रहरीको साझदारी तथा विश्वासमा अडेको हुन्छ । यहाँको उदाहरणले जब समुदाय सक्रिय हुन्छ, तब अपराध पन्छिन्छ र शान्ति दिगो कायम हुन्छ भनेर जबर्जस्त सन्देश दिएको छ ।”

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भन्नुभयो, “शान्ति सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने छ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले समुदायसँगको सहकार्य शान्तिसुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राख्नुभयो ।

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं। आज संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछन्।आज प्रतिनिधि सभाका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

अर्थसमितिको बैठक आज दिउसो १ बजे बस्ने छ। बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ भने दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल हुने कार्यसूची छ।

त्यस्तै,पआज दिउसो १ बजेदेखि हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ। बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउसो १ बजेदेखि बस्दै छ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषदसँग छलफलको कार्यसूची रहेको छ।

त्यस्तै,आज दिउसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिको २३औं बार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ।
यस्तै,आज बिहान साढे ११ बजेदेखि बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्दार र पुनस्र्थापना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी दिउसो १ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची राखिएको छ।

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालामर्फत शुधकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताए ।

उनले भने,‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् ।’

उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको बताए । त्यस्तो दीप भनेको विवेक रहेके उनको बुझाई छ ।

वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गरेका छन् ।

मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरि तत्कालै खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताए ।

उनले भने,‘वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भइ खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्या ग्रस्थ क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य सुरु भएकाले यहाँको समस्या चाडै समाधान हुनेछ ।’

खानेपानीको समस्या ग्रस्थ भएका यहाँका विभिन्न वडा, गाउँ तथा टोलहरुमा निरीक्षण गर्नु हुँदै मन्त्री यादवले पछिल्लो समय जनताले भोगिरहेको खानेपानीको अभावले आफू निकै चिन्तित भएको बताए ।

वीरगञ्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म स्थलगत रुपमा अनुगमनमा निस्किएको छु । जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिने छैन । सरकारको तर्फबाट तीव्र पहल भइरहेको छ ।’उनले भने

मन्त्री यादव सहितको टोलीले वीरगञ्ज महानगरपालिकाका–११ का श्रीपुर, नयाँ बस्ती, रानीघाट, ओमआश्रम, वडा नं १२ का मुर्ली नएका टोला, ब्रह्मचोक, वडा नं १२ का राधेमाई, पण्डितटोल, तीजार्थटोल, मुरली गाउँ, नएको टोल, वडा नं १४ का बहुँअरी राधेमाई, पिपरा, वडा नं १५ का भिष्वा नयाँ बस्ति, लक्ष्मनुवा, वडा नं २१ का तत्वाटोल, ताजपुर, कोईरिया टोल ,परवानापूर वडा नं २४ का रामगढवा, रानीघाट, नयाँ बस्ती, बहुँवरी, वडा नं २६ को सुगौली, अटराहा, वडा नं २५ को डाईपोर्ट, सिरसिया वडा नं १७ को अलौँ, वडा नं १० को घडिहरवा, रानीघाट, वडानं ९ लगायत विभिन्न टोल र घरघरमा अनुगमन तथा निरीक्षण गरेका थिए ।

जलवायु परिर्वतनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो ।स्थानीय तहसँग सहकार्य गर्दै यहाँको खानेपानीको समस्या समाधान गर्न आफु पूर्ण प्रतिबद्ध रहेको समेत मन्त्री यादवले विश्वास दिलाए ।

उनले भने,‘यो संकटको समाधानका लागि आवश्यक रणनीति, स्रोत परिचालन र दीर्घकालीन योजना निर्माणमा मेरो पहल जारी रहनेछ । विपतको समयमा सबैको साथ तथा सबैको हाथको आशा पनि राखेको छु ।’

पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

काठमाडौँ, २६ असारः पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने व्यवस्था भएकामा सो नगरी कानुन उल्लङ्घन गरिएको भन्दै संसद्बाट पारित बजेटका सन्दर्भमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्मानित सर्वोच्च अदालतबाट मर्यादाक्रमअनुसारको तलबमान निर्धारण गर्न परमादेश जारी भएकाले सो आदेश यथाशीघ्र कार्यान्वयन गर्न र राष्ट्रिय श्रम आयोग गठनलगायतका विषय सम्बोधन गर्न आग्रह गरेको छ ।

बैठकले आगामी छ महिनाको अर्धवार्षिक कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट पास गर्ने निर्णयसहित समसामयिक विषयका प्रस्ताव पारित गरेको छ ।

सहकारी घोटाला, भिजिट भिसालगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कडा कारबाहीको माग गर्दै बैठकले सङ्घीय निजामती सेवा ऐन प्रतिनिधिसभाबाट पारित हुँदा सार्वभौम संसद्ले पारित गरेको विषयलाई तोडमोड गरी थपघट गर्ने कार्यको आवश्यक छानबिन गरी कारबाहीको दायरामा ल्याउन तथा सङ्घीय शिक्षा ऐनमा शिक्षक महासङ्घसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

संविधानप्रदत्त ट्रेड युनियन अधिकार, पेसाकर्मीको वृत्तिविकास, सेवासुविधा र राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारको ‘ग्यारेन्टी’ गर्नेगरी सेवा सञ्चालन गर्ने ऐनहरू जारी गर्नसमेत महासङ्घले सरकारसँग आग्रह गरेको छ । यस्तै, सरकारी निकाय तथा विद्यालय, क्याम्पस, स्वास्थ्य सेवा तथा सार्वजनिक संस्थाहरूमा अस्थायी, करार, आउटसोर्सिङमा काम गर्ने कर्मचारीलाई सामाजिक सुरक्षाको सुविधा प्रदान गर्न र आवश्यक स्थानमा दरबन्दी निर्धारण गरी स्थायी नियुक्तिका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सेवा निवृत्त राष्ट्रसेवकहरूको जीवनस्तर सुधार गर्न राज्यका यातायात, औषधि उपचारलगायत क्षेत्रमा कम्तीमा ५० प्रतिशत छुट सुविधा प्रदान गर्न र महँगी भत्ता प्रदान गर्न, मूल्यवृद्धि नियन्त्रण गर्दै आमश्रमिक पेसाकर्मीको जीवनस्तर सहज बनाउने योजना ल्याउनसमेत आग्रह गरिएको छ । यस्तै, युवा श्रमशक्ति पलायन हुनबाट रोक्न स्वदेशमा रोजगारी सृजना र विदेशमा मृत्युवरणमा परेका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन माग गरिएकको छ ।

सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना

भक्तपुर, २६ असारः सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ ।

प्रदेश स्वास्थ्यमन्त्री किरण थापा सोही वडाका तत्कालीन वडाअध्यक्ष हँुदा विसं २०७७ मा १० शय्याबाट सेवा सुरु भएको अस्पताल बुधबार उहाँ स्वास्थ्यमन्त्री भएकै बेला ५० शय्यामा विस्तार भएको हो ।

मन्त्री थापाले यसबारे भन्नुभयो, “कोरोना महामारीले जर्जर अवस्था थियो, म वडाध्यक्ष थिएँ, एमाले नेता महेश बस्नेत सांसद हुनुहुन्थ्यो । नगरपालिकाको प्रमुख अहिलेकै प्रमुख वासुदेव थापा हुनुहुन्थ्यो, हामी सबैको अठोट र साथले नेपाल सरकारको २५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गरेर सेवा सुरु गरेका थियौँ । त्यसको चार वर्षपछि म स्वास्थ्यमन्त्री हुँदा नै ५० शय्यामा विस्तार गर्न पाउँदा खुसी लागेको छ ।”

सूर्यविनायक नगर अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरका रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । पूर्वका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने अन्तिम नाका जगाती भएकाले राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचार गर्ने उद्देश्यले यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नेगरी कार्य अगाडि बढाइएको मन्त्री थापाले जानकारी दिनुभयो ।

“मन्त्रालयले आवश्यकताअनुसार थप जनशक्ति, उपकरण र बजेटको व्यवस्थापन गर्छ । अरनिको राजमार्गसँग जोडिएको यस अस्पतालमा भक्तपुरको मात्रै नभई पूर्वबाट आउने बिरामीलाई काठमाडौँ जानै नपर्नेगरी विकास तथा विस्तार गर्न आवश्यक छ । सोहीअनुसार लागिरहेका छौँ”, उहाँको भनाइ छ ।

सूर्यविनायक नगरपालिका प्रवक्ता एव वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको र गुणस्तरीय सेवा सञ्चालनका लागि नगरपालिकाले बजेटल्ग्ँइत् व्यवस्थापन गर्ने बताउनुभयो ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २६ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ०८ पैसा र बिक्रीदर १६० रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०० रुपैया ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा

पाटन (ललितपुर), २६ असारः इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन संस्थान (इअस) इकाइहरू, प्राध्यापकका वैचारिक सङ्घ÷सङ्गठनहरू र इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका सम्पूर्ण एकाइहरूले बुधबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरी त्रिभुवन विश्वविद्यालयको हस्तक्षेपका कारण प्रशासनिक, वित्तीय र अनुसन्धानात्मक स्वायत्तता गुमेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् ।

प्रा डा सङ्गीता सिंहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हस्तक्षेपको विरोध गर्दै स्वायत्तता सुनिश्चित गरौँ भन्ने मागसहित यही असार १९ गतेदेखि आफूहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो । “विगत केही दिनदेखि आन्दोलनमा छौँ, स्वायत्तता सुनिश्चित गरौँ भन्ने महत्वपूर्ण माग हो । केन्द्रीय हस्तक्षेप हस्तक्षेप खारेज हुनुपर्छ, विश्वव्यापीकरणको समयमा अन्तरराष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई ध्यान दिनुपर्छ भन्नेमा हाम्रो जोड छ”, उहाँले भन्नुभयो ।

सिभिल इन्जिनियर विभागका प्राध्यापक रोशन कार्कीले नेपाल सरकारले प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापना गरेको अध्ययन संस्थानमाथि विश्वविद्यालयबाट हस्तक्षप हुँदा ‘रिसर्च एन्ड डेभलपमेन्ट’ गतिविधि प्रभावित भएको बताउनुभयो । “यो आन्दोलन इन्जिनियरिङ संस्थानको हकहित र सुधारका लागि गरिएको एकीकृत प्रयास हो । विगतमा संस्थानलाई दक्ष प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले स्वायत्ततासहित आम्दानी गरेर सञ्चालन गर्न दिइएको थियो, तर २०८० सालको सिनेटले निर्णय गरेर स्वायत्तता खोसेको छ, यो आपत्तिजनक छ”, उहाँले भन्नुभयो ।

प्रा डा सुदीप भट्टराईले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाँचवटै आङ्गिक क्याम्पसलाई स्वायत्तता दिइनुपर्ने मागसहित ५४ जना प्राध्यापकले विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारीबाट राजीनामा दिएको बताउनुभयो । प्राध्यापक सङ्घले आयोजना गरेको कार्यक्रममा वैचारिक सङ्गठनहरुको ऐक्यबद्धता रहेको उहाँले बताउनुभयो ।

प्राध्यापक सङ्घ थापाथली क्याम्पस एकाइ समितिका सभापति डा श्रीहरि थापाले व्यक्तिगत अपेक्षाभन्दा पनि संस्थाको स्वायत्तता र हितका लागि आन्दोलन गरिएको बताउनुभयो ।

प्राध्यापकहरूले उपकुलपतिसमक्ष कर्मचारी प्रमुखमार्फत ध्यानाकर्षणसहितको मागपत्र बुझाएर आन्दोलन सुरु गरेको बताएका छन् । मागहरू पूरा नभएसम्म सम्पूर्ण शैक्षिक गतिविधिहरू (पठनपाठन, परीक्षा आदि) बन्द गर्ने निर्णयसहित आन्दोलन भइरहेको प्राध्यापक कार्कीले बताउनुभयो ।