`

‘नेपालमा ‘मोखा’ चक्रवातको असर छैन’

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात बङ्गलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको छ ।

हाल कोशी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

पर्सा बजारमा बस दुर्घटना : ३१ जना घाइते

पर्सा – पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो ।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : कसरी पक्राउ परे टोपबहादुर रायमाझी ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उनी शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

राप्रपा केन्द्रीय समितिको बैठक आजवाट सुरु हुदैँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजवाट सुरु हुदैँछ । बैठक धुम्बाराही, काठमाडौंमा जेठ ३ सम्म चल्नेछ  । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्

पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र

म्याग्दी- म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो ।

प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो । आयोजनाका इन्जिनियर विवेक पौडेलले सडक विस्तार, नाली, पर्खाल निर्माणलगायत संरचना बनाउने, बेस, सब बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको बताउनुभयो ।

“खिवाङ–शिख खण्डमा प्राइम कोड बिछ्याउने काम भइरहेको छ, अर्को चरणमा घार खण्डमा र त्यसपछि फलाते–चित्रे खण्डमा प्राइम कोड बिछ्याउने कार्यतालिका छ”, उहाँले भन्नुभयो, “प्राइमकोड राखेपछि दुई चरणमा डिबिएसडी प्रविधिको कालोपत्र हुन्छ ।”

विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारीलगायतका कारणले लक्ष्यभन्दा तीन वर्षपछि सकिन लागेको हो ।

सडक निर्माणले पूर्णताः र कालोपत्र हुन थालेपछि आशा जागेको शिखका स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो । शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुग्ने र सहज हुनेछ् ।

म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर–चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागिसमेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

आजवाट बैदेशिक रोजगारीवाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने

काठमाडौं, १ जेठ । आजवाट बिदेशवाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् ।दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागु गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन ।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सुचनामा भनिएको छ । तर, यो सुबिधा बैदेशिक रोजगारीवाट फर्केकाले मात्र पाउने बिभागको भनाई छ ।

निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुबिधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन ।

‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणे सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्त गर्न सक्ने छन्।’

यसरी ल्याईएको मोबाइल दर्ताका लागि राहदानी वा नागरिकता विदेशवाट फर्किदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
 

आजको मौसमः यी पाँच प्रदेशमा हुनेछ मेघगर्जनसहितको बर्षा

काठमाडौं, १ जेठ  । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन। त्यस्तै आइतबार (वैशाख ३१) सम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन। दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो।

खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

कृषिमा क्रान्ति भए मात्र देश विकास हुन्छ : जसपा अध्यक्ष यादव

पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताउनुभएको छ । राजविराजमा आज मधेस कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बिएस्सीएजीको पठनपाठन शुभारम्भ कार्यक्रममा उहाँले विश्वका विभिन्न मुलुकहरू कृषिकै कारण समृद्ध भएको तर नेपाल जस्तो कृषि प्रधान देशले उर्वरभूमि हुँदा पनि प्रगति गर्न नसकेको बताउनुभयो र

उहाँले नेपालमा बर्सेनि चार खर्बको खाद्यान्न लगायतका सामग्रीहरू आयात हुँदै आएको छ, यो अन्यन्तै दुःखद हो भन्दै परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष यादवले कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । “किसानलाई प्रविधिसँग जोडेर कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाई उत्पादन एवं रोजगारमूलक बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोडेर अगाडि बढे नेपाल उत्कृष्ट मुलुक बन्ने कुरा निश्चित छ ।”

जसपा अध्यक्ष यादवले शिक्षाको स्तर खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षामा समेत जोड दिनुभयो । मधेस प्रदेशमा कृषि विश्वविद्यालय स्थापना भई कक्षासमेत सञ्चालन हुन लागेकामा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “अब कृषिसम्बन्धी अध्ययन अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान मिल्नेमा आशावादी छु ।”“मधेस कृषि विश्वविद्यालय राजविराजमा स्थापना हुँदा केही व्यक्तिले बोर्ड मात्रै झुन्ड्याएको भन्दै कक्षा पनि सञ्चालन हुन्छ र ? भनी मजाकसमेत उडाए”, उहाँले भन्नुभयो, “आज कृषि विश्वविद्यालयले बिएस्सीएजीको पठनपाठन सञ्चालन गर्दैछ, यो नै मजाक उडाउनेहरूका लागि जवाफ हो ।”

सोही कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेश सरकारले आवश्यकता र औचित्यका आधारमा कृषि, सिँचाइ, शिक्षालगायतका छुट्टै मन्त्रालयहरू विस्तार गरी अगाडि बढ्ने बताउनुभयो ।
“विषयगत मन्त्रालय भएपछि सम्बन्धित विषयमा काम गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले कृषि र शिक्षालाई प्राथमिकतामा राखी काम अगाडि बढाएको छ, उत्पादन एवं रोजगारमूलक क्षेत्रहरूमा मधेस प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको छ ।”

आफूहरू नीति तथा कार्यक्रम र बजेट विनियोजनमा केन्द्रित रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले निर्वाचनका कारण लागेको आचारसंहिताले गर्दा अपेक्षाकृत काम अगाडि बढाउन नसकिए पनि नयाँ आर्थिक वर्ष साउनको दोस्रो सातादेखि नै मधेस प्रदेश सरकारका कामहरु अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशकुमार यादवले मधेसको साक्षरता प्रतिशत अन्यन्तै न्यून रहेकाले आफूले जिम्मेवारी सम्हालेकै दिन मधेसलाई पूर्ण साक्षर प्रदेश बनाउने निर्णय गरेको बताउनुभयो ।

प्रदेश नीति आयोगका अध्यक्ष डा नाथुराम चौधरीले मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउन हामी प्रतिबद्ध छौँ भन्दै नीति तथा कार्यक्रम र बजेट विनियोजनमा मधेस प्रदेश सरकारले कृषि, शिक्षा, रोजगार एवं उत्पादनमूलक योजना तथा कार्यक्रमलाई प्राथमिकतामा दिने बताउनुभयो ।विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्ट्रार डा भगवान् ठाकुरले कृषिको आधुनिकीकरण र रूपान्तरण गरी जनताको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउन उच्च शैक्षिक र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विश्वविद्यालयमा हाल कृषि स्नातक कक्षा शुभारम्भ भए पनि विद्यावारिधिसम्मको अध्ययन अध्यापनका साथै कृषिमा अनुसन्धानहरू हुने छन् ।राजविराजमा मधेस कृषि विश्वविद्यालयमा हाल बिएस्सीएजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएका छन् ।

कञ्चनपुरमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाउने न्यून

कञ्चनपुर-कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कँुवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिनुभयो । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो”, उहाँले भन्नुभयो, “अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।” उहाँले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन् ।

त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । “भारतबाट आउनेको गड्डाचौकी नाकामा स्वास्थ्य जाँच भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगन छ”, खोप प्रमुख कुँवरले भन्नुभयो, “केन्द्रबाट नियमित खोप नआउनु र छिट्टै म्याद गुज्रिने खालका खोप आएकाले नियमित लगाउन नाकामा नसकिएको हो ।”

उहाँले कोरोनाको पहिलो र दोस्रो लहरका बेला गड्डाचौकी नाकामै हेल्थ डेस्क सञ्चालन गरेर कोरोना जाँच र खोप अभियान चलाइएको जानकारी दिनुभयो । यहाँ खोप अभियानका क्रममा गत चैतमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, स्वास्थ्यकर्मी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिइएको थियो ।

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला ’

गण्डकी – गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गर्नुभएको छ ।

बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उहाँले सर्वसाधारणमा आग्रह गर्नुभएको हो । खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पु¥याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न लागिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।

मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने सचिवालयको सूचनामा उल्लेख छ । मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिनुभयो ।

म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उहाँ गत शुक्रबार मन्त्रीमा नियुक्त हुनुभएको थियो । मन्त्री जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि उहाँ पुनः मन्त्री बन्नुभएको हो । शुक्रबार पदभार सम्हालेपछि मन्त्री जुग्जालीले प्रादेशिक सडकको गुरुयोजना बनाउने पहिलो निर्णय गर्नुभएको थियो ।

नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको छ । आज काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनयनमा पर्न सफल २५ विधाका चलचित्रकर्मीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

उहाँले प्राविधिक मिलेर अवार्ड गर्नु र अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्य राख्नु प्रशंसनीय कार्य रहेको बताउनुभयो । “यस्ता अवार्डले विदेशी बजारमा नेपाली चलचित्रलाई प्रवर्द्धन गर्नेछ भन्नेमा विश्वत छु । त्यो जरुरी पनि छ । किनकि हाम्रो बजार बढिरहेको सुन्ने गरेको छु”, उपराष्ट्रपति यादवले भन्नुभयो, “छ दशकभन्दा लामो इतिहास बोकेको चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याउन भूमिका खेल्नेलाई धन्यवाद । अब नेपालबाहिर हाम्रो प्रभाव पार्न भूमिका खेल्न आवश्यक छ ।”

गत वर्ष विक्रम संवत २०७९ मा प्रदर्शन भएका चलचित्रबाट अवार्डमा सहभागी भएकाहरूमध्ये उत्कृष्ट पाँच मनोनयन गरिएको हो । नेफ्टाका अध्यक्ष पुस्कर लामाले नेपाली चलचित्रसँगै विदेशी बजारमा संस्कृतिको प्रवर्द्धन गर्नु उद्देश्य रहेको बताउनुभयो । “हामीले विदेशमा बढिरहेको नेपाली चलचित्र बजारलाई बढाउने उद्देश्यले विदेशमा अवार्ड गरिरहेका छौँ । हाम्रो उद्देश्य नै यो क्षेत्रलाई अगाडि बढाउनु हो”, अध्यक्ष लामाले भन्नुभयो । अघिल्ला पाँच संस्करण विदेशी भूमिमा अवार्ड सम्पन्न गरेको नेफ्टाले यसपटक पनि आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, रमेश उप्रेती, भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, निर्देशक हेमराज विसी, निर्माता मणिराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

उत्कृष्ट पाँचको मनोनयन यसप्रकार छ ।

चलचित्र 
कबड्डी ४
छक्का पञ्जा ४
ऐना झ्यालको पुतली
द सेक्रेट्स अफ राधा
चिसो मान्छे

निर्देशक
रामबाबु गुरुङ–कबड्डी ४
हेमराज बीसी–छक्का पञ्जा ४
सुवर्ण थापा–द सेक्रेट्स अफ राधा
दीपेन्द्र के खनाल–चिसो मान्छे
ज्ञानेन्द्र देउजा–झिँगेदाउ

अभिनेता
बिपिन कार्की–फूलबारी
दयाहाङ राई–कबड्डी ४
दीपकराज गिरी–छक्का पञ्जा ४
अनमोल केसी–ए मेरो हजुर ४
प्रदीप खड्का–प्रकाश

अभिनेत्री
अरुणा कार्की–फूलबारी
स्वस्तिमा खड्का–चिसो मान्छे
मेनुका प्रधान–पानीफोटो
सृष्टि श्रेष्ठ–द सेक्रेट्स अफ राधा
मिरुना मगर–कबड्डी ४

सहायक अभिनेता
रवि गिरी– ए मेरो हजुर ४
खगेन्द्र लामिछाने–द सेक्रेट्स अफ राधा
केदार घिमिरे–छक्का पञ्जा ४
सौगात मल्ल–कबड्डी ४
दयाहाङ राई–फूलबारी

सहायक अभिनेत्री
दीया मास्के–प्रकाश
हिउँवाला गौतम–झिँगेदाउ 
सिरु विष्ट–ऐना झ्यालको पुतली
लक्ष्मी बर्देवा–प्रेमगीत ३
दीपाश्री निरौला–छक्का पञ्जा ४

नव अभिनेता
सुशील खड्का–नालापानी
कुशल विष्ट–झिँगेदाउ
निशान चौहान–डेसान
दिनेश खत्री–ऐना झ्यालको पुतली
राइडर प्रसन–प्रेमगञ्ज

नव अभिनेत्री
कृष्टिना गुरुङ–प्रेमगीत ३
कन्चन चिमरिया–ऐना झ्यालको पुतली
रक्षा बुढाथोकी–लाखे
सुप्रिया खनाल–प्रेमगञ्ज
गौमाया गुरुङ–कबड्डी ४

रङ संयोजन
रजन राना–द सेक्रेट्स अफ राधा
राजेन्द्र मोक्तान–ऐना झ्यालको पुतली
राजेन्द्र मोक्तान–ए मेरो हजुर ४
कपिल पराजुली–छक्का पञ्जा ४
अर्जुन कार्की–कबड्डी ४

छायांकार
नरेन्द्र मैनाली–छक्का पञ्जा ४
सञ्जय लामा–ए मेरो हजुर ४
अमर महर्जन–ऐना झ्यालको पुतली
राजेश श्रेष्ठ – प्रकाश
नरेन्द्र मैनाली–द सेक्रेट्स अफ राधा

सम्पादन
विपिन मल्ल–नालापानी
किरण श्रेष्ठ–ऐना झ्यालको पुतली
निमेष श्रेष्ठ–द सेक्रेट्स अफ राधा
निमेष श्रेष्ठ–छक्का पञ्जा ४
निमेष श्रेष्ठ–कबड्डी ४

पटकथा
सुजित बिडारी–ऐना झ्यालको पुतली
सुवर्ण थापा–द सेक्रेट्स अफ राधा
रिमेश अधिकारी/कृष्ण आचार्य–नालापानी
रामबाबु गुरुङ/उपेन्द्र सुब्बा –कबड्डी ४
उपेन्द्र सुब्बा–फूलबारी

पाश्र्व ध्वनि
शैलेश श्रेष्ठ–ए मेरो हजुर ४
सङ्गम पन्त–ऐना झ्यालको पुतली
सुजिल कर्माचार्य–छक्का पञ्जा ४
रोहित शाक्य/शैलेश श्रेष्ठ–छक्का पञ्जा ४
रोहित शाक्य/शैलेश श्रेष्ठ–फूलबारी

ध्वनि मिश्रण
उत्तम न्यौपाने–फूलबारी
सुनयमान श्रेष्ठ–छक्का पञ्जा ४
अमित श्रेष्ठ–ए मेरो हजुर ४
उत्तम न्यौपाने–लाखे
अमित श्रेष्ठ–मन्त्र

द्वन्द्व निर्देशक
रोशन श्रेष्ठ–नालापानी
रोशन श्रेष्ठ–झिँगेदाऊ
हिमाल केसी–प्रेमगीत ३
सम्राट बस्नेत–लाखे
एनबी महर्जन÷कुमार महर्जन–सोल अफ द कमाण्डो

कला निर्देशक
आशिका शर्मा–प्रकाश
काला सङ्ग्रौला–ऐना झ्यालको पुतली
विनोद कडायत–प्रेमगीत ३
कृष्ण राई/उद्धवराज भट्टराई – नालापानी
पासाङ टी शर्मा–मन्त्र

वेशभूषा
सुजनरत्न परियार–द सेक्रेट्स अफ राधा
बिनिता कडायत–चिसो मान्छे
जानकी कडायत–ऐना झ्यालको पुतली
कमलप्रसाद मिश्र–नालापानी
सुनिता श्रेष्ठ–छक्का पञ्जा ४

शृङ्गार
शमशेर लामा/झरना राई–द सेक्रेट अफ राधा
शमशेर लामा–चिसो मान्छे
रवि केसी/निशा लामा–नालापानी
मनोज तामाङ/काव्या थापा–ए मेरो हजुर ४
श्रद्धा मास्के/सरस्वती श्रेष्ठ–छक्का पञ्जा ४

नव–निर्देशक
सुजित बिडारी–ऐना झ्यालको पुतली’
खगेन्द्र लामिछाने–पानी फोटो
शिवहरि पौडेल–लक्का जवान
परिच्छेद सेन–प्रेमगञ्ज 
रिमेश अधिकारी–नालापानी

भिएफएक्स
अच्युत गजुरेल–नालापानी
गड रेज पिक्चर्स–प्रेमगीत ३
द पिक स्टुडियो–झिँगेदाउ
समिर मिया–प्रेमगञ्ज
सत्यम राना/अच्यूत बजगाईं–ए मेरो हजुर ४

गीतकार
आमाको मन–प्रमोद ढुङ्गाना (झिँगेदाउ)
फेरि भेट होला नहोला–कृष्णहरि बराल (प्रेमगन्ज)
आज युद्ध शिरमा छ–सुजिल कर्माचार्य (नालापानी)
सिरुपाते जुँगामा–शङ्कर अधिकारी घायल (छक्का पञ्जा ४)
उड उड चरी उड–कालीप्रसाद बासकोटा (फूलबारी)

सङ्गीतकार
उड उड चरी उड–कालिप्रसाद बासकोटा/अनुपम शर्मा (फूलबारी)
आँखामा सपना केसरी–एसडी योगी ( कबड्डी ४)
सिरुपाते जुँगामा–बबुल गिरी (छक्का पञ्जा ४)
फेरि भेट होेला नहोला–गैरे सुरेश (प्रेमगन्ज)
कुनै दिन यस्तो–अर्जुन पोखरेल (कृष्णलीला)

गायन पुरुष
उड उड चरी उड–कालीप्रसाद बासकोटा (फूलबारी)
आँखामा सपना केसरी–एसडी योगी ( कबड्डी ४)
सिरुपाते जुँगामा–बाबुल गिरी (छक्का पञ्जा ४)
बाबरी रङ्गमा रङ्गिएर– अनमोल गुरुङ (बाबरी)
कुनै दिन यस्तो–अर्जुन पोखरेल (कृष्णलीला)

गायन महिला
कुनै दिन यस्तो–अन्जु पन्त (कृष्ण लीला)
फेरि भेट होला नहोला– स्वस्किा ठकुरी (प्रेमगञ्ज)
बाबरी रङ्गमा रङ्गिएर–अस्मिता अधिकारी (बाबरी)
मीठो मीठो मनभित्र–देबाञ्जली बी जोशी (ह्यारी की प्यारी)
हर युग होस्–प्रविशा अधिकारी (प्रेमगीत ३)

नृत्य निर्देशक
घिन घिन ताङ–कविराज गहतराज (छक्का पञ्जा ४)
माया जदौ–कविराज गहतराज (हिजो आजका कुरा)
मन त सँधै लक्का जवान–कविराज गहतराज (लक्का जवान)
आगो बिना बिँडी जल्दैन–रामजी लामिछाने (झिँगेदाउ)
हात्ती ढुङ्गामा–कविराज गहतराज (प्रेमगीत ३)

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

उनले भने, “हाम्रो टोलीले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।” उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएदेखि नै उहाँ फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।

शाहरुख खानका छोरा आर्यनलाई जोगाउन समीरले मागेका थिए २५ करोड घुस

मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान सन् २०२१ मा एक क्रुज ड्रग्स मामलामा पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का पूर्व जोनल निर्देशक समीर वानखेडे यतिबेला चर्चामा छन् । 

सीबीआईको टिमले समीरको घरमा गत शुक्रबार छापा मारेको थियो । 

सीबीआईका अनुसार समीरले क्रुज ड्रग्स मुद्धामा आर्यनलाई नफसाउनका लागि उनका पिता शाहरुख खानसँग २५ करोड रुपैंयाँ घुस मागेका थिए । यो मामलामा समीरका एक साथीले ५० लाख रुपैंयाँ लिएका थिए । सीबीआईले समीरविरुद्ध घुस मागेको आरोपमा एफआईआर दर्ता गराएको छ ।

सीबीआईले समीरसहित ४ जनाविरुद्ध मुद्धा दर्ता गर्दै मुम्बई, दिल्ली, राँची र कानपूरका २९ स्थानमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले आपत्तिजनक दस्तावेज, वस्तुहरु र नगद बरामद गरेको छ । 

सीबीआईले यो मामलामा अनुसन्धान गरिरहेको छ । सन् २०२१ मा मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा रेव पार्टीको सूचना पाएपछि एनसीबीले छापामा मारेको थियो ।यो छापामारीमा शाहरुखका छोरा आर्यनसहित उनका साथीहरु पक्राउ परेका थिए । यसपछि आर्यनलाई जेल पठाइएको थियो । जेल पठाएको एक महिनापछि मात्र उनले जमानत पाएका थिए । यद्यपि यो मामलामा आर्यनले ‘क्लिन चिट’ पाइसकेका छन् ।

कर्णालीमा नयाँ बजेट माथीको छलफल सुरु

सुर्खेत – कर्णालीमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा बजेट माथीको छलफल सुरु भएको छ । बजेट निर्माण गर्दा सरोकारवाला निकायसँग गरिने छलफल सुरु भएको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।

निजी तथा सरोकारवालासँग छलफल सुरु भएसँगै आगामी बजेट माथीको सिलिङ समेत सबै मन्त्रालयमा पुगेर आन्तरिक काम भइसकेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । विषयगत कार्यालय मार्फत जिल्ला कार्यालयले सबै पालिकालाई योजना निर्माण गरि पठाउनसमेत सूचना पठाएको छ । पालिकाले प्राथमिकताका आधारमा बनाएका योजना प्रदेश सरकारमार्फत सम्वोधन हुने भएकाले योजना माग गरिएको योजनामन्त्री सिंहले बताए । 

योजना तर्जुमा गर्दा पालिकाले वडा तथा बस्ती सम्म पुगेर सबै खालको छलफल गर्दै आएका छन् । सोही आधारको मापदण्डलाई योजना छनोटको पहिलो सर्त मानिँदै आइएको छ । पालिकाले निर्माण गर्न सक्ने पालिकाबाटै योजनाहरुमा रकम बिनियोजन र प्रदेश तथा संघ सरकारबाट हुने योजनाहरु माथि नै कार्यापालिकाबाट निर्णय गरेर पठाउने चलन रहेको छ ।

पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री शर्माले योजना निर्माण गर्नका लागि स्थानीय तहको सल्लाह ,सुझाव लिनको लागि भन्दै जेठ १ र २ गते स्थानीय तहसँग पनि छलफल हुने मिति तय गरिएको छ  । शर्माले भने, ‘तीन तहका सरकारबीचको सहकार्य समन्वयको कुरालाई प्राथमिकताका साथ लैजानुपर्छ । धेरै कुराहरु ऐन कानुनले पनि  प्रभाव पारिरहेका छन् ।’

उनले कर्णाली अनुकूल कानुन नभएको बताउँदै योजना छनोटमा समस्या भएको बताए । कर्णालीमा ११ सय कर्मचारीको अभाव रहेको बताउँदै मुख्यमन्त्री शर्माले यहाँ पनि आर्थिक संकटको प्रभाव पारिरहेको जानकारी दिए । मुख्यमन्त्री शर्माले प्रदेश सरकार सेना बिनाको कमाण्डरजस्तो भएको बताएका छन् । कतिपय ऐन, कानुन अझै बाझिने खालका भएकाले प्रशासनिक र वित्तीय संघीयता अझै राम्रोसँग लागु नभएको उनको तर्क छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर आइतबार पत्रकार सम्मेलन गरेका मुख्यमन्त्री शर्माले अझै पनि प्रदेश सरकारको मातहतमा प्रदेश सरकार नभएको बताए । जसले गर्दा प्रदेश सेना बिनाको कमाण्डरजस्तो भएको उनको भनाइ छ ।

मुख्यमन्त्री शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे पत्रकारसँग सुझावसमेत मागेका थिए । पत्रकारहरुले वितरणमुखी नीति, कार्यक्रम र बजेट नल्याउन सुझाव दिएका थिए । पत्रकारहरुले बजेट कार्यान्वयनका सन्दर्भमा सरकार सधैँ चुकिरहेको भन्दै कार्यान्वयन, अनुगमनमा कडाई गर्नुपर्ने बताए । जवाफमा मुख्यमन्त्री शर्माले प्रदेशमा अझै एक हजार १०० कर्मचारीहरुको अभाव रहेका कारण केही समस्या देखिएको बताए ।

उनले तीन वटै तहका सरकारको उद्देश्य जनाको सेवा गर्ने नै भए पनि समन्वय र अधिकारका कुरामा विभिन्न समस्या रहेको बताए । ‘प्रभावकारिता देखाउने कुरा महत्वपूर्ण भएकाले साझा संकल्पको साथ कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा हामी लागिरहेका छौँ,’ मुख्यमन्त्री शर्माले भने, ‘अधिकारका कुराहरु कतै न कतै नमिलेको जस्तो छ ।’

प्रदेश सञ्चालनमा सार्वजनिक खरिद ऐन, कानुनले समस्या बनाइरहेको मुख्यमन्त्री शर्माको भनाइ छ । उनले अहिले सार्वजनिक खरिद ऐन जनअनुकुल नभएको र विशेषगरी कर्णाली मैत्री नभएको बताए । अर्काको खुट्टा तानेर आफू अगाडि दौडिन खोज्ने प्रवृत्ति हावी भइरहेको भन्दै मुख्यमन्त्री शर्माले अहिलेको समाज समस्या नै समस्याले गाँजिएको बताए । उनी भन्छन्, ‘हामी सामन्तवादी समाजको उपज हौँ । यसको प्रभाव अहिले पनि हामीसँग छ । जसले समस्या भइरहेको छ । सोचहरु समाज भन्दा आफूतिर मात्र बढी केन्द्रित भइरहेका छन् ।’ उनले आगामी बजेट, नीति तथा कार्यक्रममा छुट्टै नयाँ सोच नसोचेको तर कार्यान्वयनलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए ।

योजना माग्न मन्त्रालयमा भिड 
कर्णाली प्रदेश सरकारको सबै मन्त्रालयहरुमा व्यक्तिगत योजना माग्नेको भिड लागेको छ । स्वार्थ समुह देखि व्यक्तिगत सम्वन्ध भएकाहरु मन्त्रीको सचिवालयमा योजनाहरु टिपाउने काम सुरु भएको छ । पालिका तथा वडाको सिफारिस जथाभावी गर्न लगाएर आफू अनूकुलको योजनाको नाम लिएर मन्त्रालयमा पुग्नेको ठुलो भिड रहेको स्रोतले बताएको छ । 

हामीले योजना देलन भनेर भोट हालेको हो भन्दै सचिावलयमा आएर धम्की समेत दिने गरेको सचिवालयमा कार्यरत कर्मचारीहरु बताउँछन् । योजना नदिए अर्को पटक भोट नदिने देखि सामाजिक सञ्जालमा गुनासो गर्ने काम समेत सुरु भएको स्रोतले बताएको छ । वडा कार्यालयबाट वडाध्यक्षलाई जथाभावि सिफासिर गर्न पठाएर विना दर्ता,तथा चलानीका पत्रहरु ल्याइ योजना माग्न आउनेहरुको संख्या भारी मात्रामा रहेको पाइएको छ । सबै भन्दा यस्ता खालका सिफारिस डोल्पा, हुम्ला, मुगु, कालिकोट, जुम्ला र पश्चिम जाजरकोटबाट आएको समेत बताएको छ ।

 मन्त्री अनुकुल नभएको ठाउँमा आफू निकटका कर्मचारी मार्फत योजनाको नाम टिपाउने चलन समेत भारी मात्रामा रहेको छ । विस्तृत योजना प्रतिवेदन नभएका योजनाहरु मन्त्रालयमा ल्याइ जसरी नि हुनुपर्छ , नत्र मैले देखाइदिन्छु भन्दै धम्की दिन समेत सुरु भएको छ । योजना माग्ने तरिका र योजना कसरी पार्न सकिन्छ भन्दै बजारका होटलमा समेत दैनिक बिचौलियहरु छलफलमा रहेका छन् ।

सचिवालयका कर्मचारीहरुलाई होटलमा बोलाएर बिभिन्न प्रलोभन देखाई योजना हालिदिने भन्दै अग्रिम रकम दिने सम्मका कार्यहरु हुन थालेका छन् । मन्त्रीले बाहिर जतीसुकै चर्का कुरा गरेपनि आन्तरिक रुपमा कार्यक्रताबाट योजना माग गरि समावेश गर्न ठुलो खेल सुरु भएको बताइएको छ । पालिकाले पठाएका योजना भन्दा भ्यालबाट पठाएका (कार्यक्रताले) पठाएका योजनाहरु समावेश गर्न भित्रि चलखेल सुरु भएको छ । पार्टीको लेटरप्याडमा योजना मागेर समावेश गर्ने खेल समेत सुरु भएको छ ।  
 

हतियारसहित भारतीय युवक पक्राउ

जलेश्वर – महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

भारतको सुरसण्ड शहरबाट हतियार बोकेर आउँदै गरेको युवक पप्पुलाई हलखोरी चोकमा खटिएका प्रहरीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट होममेड इण्डियन लेखिएको एक थान पेस्तोलले र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको हो ।

हतियारसहित पक्राउ परेका युवक पप्पुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्तबाट ७७ पेस्तोल बरामद

गार्देज, अफगानिस्तान – अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा अफगान सुरक्षा बलले ७७ थान पेस्तोल बरामद गरेको छ ।

हातहतियार तस्करी नियन्त्रणका लागि चलाईएको अभियानमा ठूलो मात्रामा हतियार बनाउने सामानसहित अवैध ७७ थान पेस्तोल बरामद गरिएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कथित तस्करहरूले अवैध रूपमा हतियारहरू प्रदेशबाहिर सार्ने प्रयास गरिरहेका थिए, तर शनिबार राति डान्ड–ए–पाटन जिल्लामा नियमित जाँचको क्रममा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

तस्करहरू भाग्न सफल भएको स्वीकार गर्दै विज्ञप्तिमा दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ । सुरक्षा फौजले छिमेकी खोस्त प्रान्तमा विगत केही दिनयता पाँच थान एके–४७ र पाँच थान पेस्तोलसहित एक दर्जनभन्दा बढी हतियार बरामद गरेको छ ।

अफगानिस्तानको कामचलाउ सरकारले सुरक्षा निकायभन्दा बाहिर बस्ने जोकोहीसँग पनि हातहतियार र गोलाबारुद संकलन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिष्ठानले विगत १८ महिनामा ट्यांक र बख्तरबन्द सवारी साधनलगायत हलुका र भारी हतियारका हजारौं थान सङ्कलन गरेको छ ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताउनुभएको छ । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति यादवले नेपालको प्रचार गर्न कलाकर्मीलाई आग्रह गर्नुभयो ।

“विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ । हामीले एकजुट हुँदै सहकार्य गरेर नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बनाउन सक्छौँ”, उहाँले भन्नुभयो, “नेपाली चलचित्र अहिले विश्वभर खोजिएको सुन्दा र देख्दा खुसी लाग्छ । विदेशी बजारमा बलियो बन्न प्रवर्द्धन गर्नु जरुरी छ ।” 

उहाँले नेपाली चलचित्रलाई छ दशक लामो यात्रामा पर्दा पछाडि रहेर सघाएका प्राविधिकहरूको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । “चलचित्रले मनोरञ्जन प्रदान गर्नेमात्र नभई हाम्रो मौलिक भाषा, वेशभूषा, संस्कृति, इतिहासको संरक्षण र संवर्द्धन पनि गरिरहेको छ । यो सिर्जनशील कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो”, उपराष्ट्रपति यादवले भन्नुभयो । 

कार्यक्रममा उत्कृष्ट पाँचको घोषणासँगै प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, रमेश उप्रेती, भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, निर्देशक हेमराज बिसी, निर्माता मणिराम पोखरेललगायतको उपस्थिति थियो । 

नेपाली चलचित्रमा प्राविधिकका रूपमा कार्यरतहरूको छाता सङ्गठनले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेफ्टा अध्यक्ष पुष्कर लामाले धन्यवाद दिनुभयो । “हामीले गरेको प्रयासमा सधैँ चलचित्रकर्मीको साथ पाएका छौँ । सोही कारण हामी अवार्ड गर्न सक्षम भएका हौँ । निष्पक्षरूपमा अवार्ड सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, अध्यक्ष लामाले भन्नुभयो । 

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन

चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठमाडौँले लिएको थियो ।

निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम ठप्प छ । काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलिखेलका इन्जिनियर दीपेश मनकर्मीले जानकारी दिनुभयो । 

कालोपत्रको काममा ढिलासुस्ती भएको भन्दै आयोजना कार्यालयले विसं २०७९ मङ्सिरमा ठेक्का तोड्न सिफारिस गरेलगत्तै काममा फर्किएका निर्माण व्यवसायी पुनः सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माण व्यवसायीले कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण कार्यालयले ठेक्का तोड्नका लागि गत मङ्सिर–१८ गते सडक विभागसमक्ष सिफारिस गरिएको थियो । 

ठेक्का तोड्न सिफारिस गरेपछि ठेक्का जोगाउन सम्पर्कमा आएका व्यवसायीले कल्भर्ट, स्ट्रक्चर, सब–बेस राख्ने लगायतका काम सुरु गरेको थियो । तर केही समय काम गरे झैँ गरेका व्यवसायी निर्माणस्थलबाट कसैले पत्तो नपाइ हिँडेको हो । 

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले वैशाख ३ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालालाई लिखित रुपमा उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न गराउन ध्यानाकर्षण गराउनुभएको थियो । सडक विभागले कालोपत्रको ठेक्का तोड्नका लागि सिफारिस गरेपछि काम सुरु गरेको निर्माण व्यवसायी कम्पनीले चैत पहिलो सातादेखि ‘डिबिएसटी’को काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा ‘डिबिएसटी’को काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । 

ठेक्का तोड्नका लागि सिफारिस भएको अवस्थामा स्थानीय पनि ठेक्का तोड्न दबाब दिन प्रशासन पुगेपछि साकेला गाउँपालिका प्रमुख रविप्रकाश राईको रोहवरमा पुस २२ गते मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले असार मसान्तसम्मका काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाउनुभएको थियो । तर, त्यो प्रतिबद्धता कागजमै सीमित बनेको जिल्ला समन्वय समितिका प्रमुख राईले बताउनुभयो ।

विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्नेगरी उक्त निर्माण कम्पनीले विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद विसं २०७७ पुस १३, दोस्रो म्याद विसं २०७८ असार १३ र तेस्रोपल्ट थप भएको म्याद विसं २०७८ फागुन ३० गतेमै नाघिसकेको छ ।

नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएको छ । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था देखिएको थिएन ।

कालोपत्रको काम सुरु गरेको सात वर्षसम्म अलपत्र बनेको उक्त सडकखण्ड भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले रु ३२ करोडमा ठेक्का सम्झौता गरेको थियो । पछिल्लो समय निकै तीव्र गतिमा काम गरेर अन्तिम चरणमा पु¥याइएको सडक कालोपत्र नसकी निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।  

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । सङ्गठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ । उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ । 

“अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइने छ”, काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले भन्नुभयो, “यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरु सङ्कलन जारी नै रहनेछ ।” सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नेछ ।

घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् । 

प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।  

त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए । 

प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि चार दिन म्याद थप भएको हो ।

घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले)का सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझी र पक्राउ परेका डा राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ । रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । 

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ-थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो ।

त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताउनुभयो । उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिनुभयो ।

 वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।

महेन्द्र राजमार्ग छेउमै लहरै स–साना छाप्रा, अघिल्तिर भरिभराउ तरभुजा

बेदकोट – महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ ।

शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ । त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन् । कोही तरभुजा तौलिनमा व्यस्त देखिन्छन् । तरभुजाको मोलमोलाइ पनि चलिरहेकै छ ।

यहीँ भीडमा तरभुजा बिक्री गरिरहेको भेटिनुभयो, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना । उहाँले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा तरभुजा खेती गर्नुभएको छ । “यो सिजनमा एक साता भयो तरभुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म रु १५ हजारको बिक्री गरेँ”, उहाँले भन्नुभयो, “दैनिक रु. एक हजारदेखि दुई हजारसम्मको बिक्री हुन्छ ।”

जगदेवको परिवार नै बगरमा तरभुजा खेती गर्नमा खटिने गरेका छन् । बङ्ककी ५० वर्षीया नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर तरभुजा बिक्री गर्न लागेको दुई दशक बितिसक्यो । अनडैया भन्ने ठाउँमा बस्ने उहाँ आरक्ष विस्तारका क्रममा विस्थापित हुनुभएको थियो । अनडैयाबाट विस्थापित भएपछि उहाँसँग खेतीपातीका लागि जमिन थिएन । त्यसपछि बगरमा तरभुजा खेती गरेर जीविकोपर्जन गर्दै आएको उहाँले बताउनुभयो ।

“कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ”, उहाँले भन्नुभयो, “खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा तरभुजा खेती गरेर जीवन धानेका छौँ ।” वनहरा पुल क्षेत्रमा तरभुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन् । अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी तरभुजा बेचेर घर खर्च चलाइरहेका छन् ।

गत चैत अन्तिम सातादेखि जेठसम्म तरभुजा बिक्री गर्ने गरेको उहाँहरूको भनाइ छ । बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरभुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्नुहुन्छ । “सुरुमा घरमै खानलाई मात्रै तरभुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात–आठ वर्षदेखि व्यावसायिकरूपमा खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ ।”

उहाँका अनुसार प्रत्येक वर्षमा तरभुजा बिक्री गरेर रु ३० हजारदेखि रु ४० हजारसम्म बचत हुने गरेको छ । “छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै तरभुजा बेचेर आएको पैसाबाट हुन्छ”, मानबहादुरले भन्नुभयो, “रु ३० हजारदेखि रु ४० हजारसम्म लगानी लाग्छ ।”

मानबहादुरको परिवारका छ सदस्य नै खेतीमा जुट्ने गरेका छन् । माघदेखि बगरमा तरभुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तरभुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ । तरभुजा प्रतिकेजी रु २५ देखि ४० सम्म बिक्री गर्ने गरिएको छ । बेला–बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताउनुभयो । “गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन”, उहाँले भन्नुभयो, “बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणकाे माेबाइल प्रयोगशालामा

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल बिद्यि बिज्ञान प्रयोगशालामा पठाईएको छ । प्रहरीले पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईएको हो ।

‘सचिव पाण्डेको मोबाइल पनि फरम्याट गरिएको थियो, प्रयोगशालामा लगेर डाटा रिकभर गरे पछि पुर्व मन्त्री खाँडकाे पनि सलंग्न रहेको प्रमाण मिलेको थियो,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले खाँणको पनि मोबाइल प्रयोगशालामा पठाईएको हो, डाटा रिकभरी भए पछि थप प्रमाण भेटिने आशा गरेका छौं ।’

उनका अनुसार आज पनि सरकारी वकिल कार्यालयमा खाँणको बयान जारी रहने छ । हालसम्म खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाईके केशव दुलाल र सानु भण्डारीसँग आफनो भेटघाट र चिनजान भएको स्विकार गरेका छन । थप अनुसन्धानका लागि सरकारी वकिलको रोहवरमा उनीसँग वयान लिइदैछ ।्

जिल्ला अदालत काठमाडौंले खाँणलाई तीनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार आजसम्म खाँण प्रहरी हिरासतमा नै रहेका छन भने आजै उनलाई अदालत लगेर थप म्याद लिने तयारी प्रहरीकाे रहेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – आइतबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ १७ पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६८ पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३६ रुपैयाँ एक पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदद ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा रहेको छ ।

सुडानबाट एक लाख इथियोपियाली फिर्ता हुँदै

सुडान – सुडानबाट एक लाख इथियोपियाली र ३० हजार तेस्रो मुलुकका नागरिक गरी करिब डेढ लाख व्यक्ति इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले जनाएको छ ।

सुडानबाट इथियोपिया प्रवेश गर्नेको सङ्ख्या सुडानमा जारी अवस्थाका कारण अहिलेसम्म १८ हजार ५०० नाघेको युएनओसीएचएले सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको पछिल्लो स्थिति अद्यावधिक गर्दै जानकारी गराएको छ ।

राष्ट्रसङ्घीय निकायले फिर्ता हुने सबैको व्यवस्थापनका लागि समन्वय भइरहेको जनाएको छ । इथियोपियाले सुडानको अवस्था अप्रिलको मध्यमा सुरु भएदेखि नै सुडानबाट आउने मानिसहरूलाई स्वागत गरिरहेको युएनओसीएचएले उल्लेख गरेको छ ।

“फर्केका तेस्रो मुलुकका नागरिक र सुडानीहरू अम्हारा, बेनिशन्गुल गुमुज र गाम्बेल्लाको क्षेत्रहरूमा इथियोपियासँगको सुडानी सीमामार्फत इथियोपिया प्रवेश गरिरहेका छन् । तत्कालको सङ्ख्या करिब २० हजारको हाराहारीमा रहेको बताउँदै अधिकारीहरूले कम्तीमा डेढलाख मानिस द्वन्द्व प्रभावित सुडानबाट इथियोपिया फर्किनसक्ने जनाएका छन् ।

बालेन शाह भन्छन, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिद्यै बाग्मतीमा चोपल्ने हो’

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन् । 

उनले भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिद्यै कारबाहीमा जानु पर्ने जनाएका छन् ।  ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’ 
उनले फेसबुकमा लेखेका छन, 

‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस । 
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

भन्सारको बदमासी : मालवस्तु जाँचपास गर्दा एउटा, चेक गर्दा अर्कै

काठमाडौं । भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ । विभागबाट खटिएको टोली गत बुधबार छड्के जाँच गर्दा उल्लेख भएको भन्दा अर्कै सामान फेला परेको थियो ।

छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन गरिएको मुलुकको नामलगायत फरक परेपछि भन्सार ऐन र आर्थिक ऐनअनुसार कारबाही गर्न कार्यालयलाई निर्देशन दिएको हो ।

भन्सार कार्यालय रसुवाबाट जारी भएको प्रज्ञापन पत्रनम्बर १८८८९ र १८९१ रहेका बा २ ख १७९३ र ना ६ ख ५३७२ कन्टेनर छानबिन प्रक्रिया अगाडि बढेपछि रसुवागढी हाइड्रोपावर निर्माणका निम्ति तयार गरिएको वैकल्पिक मार्गको प्रयोग गरी पुनः यार्डमा गई ना ६ ख ८५९० नम्बर खाली कन्टेनरमा पल्टी गरिए छानबिनका क्रममा फेला परेको थियो ।

विभागको छड्के जाँच टोलीले रसुवा भन्सार कार्यालयको गेटमा रहेको सवारी साधन इन्ट्री किताब र टिमुरे प्रहरी चौकीको सवारी इन्ट्री खाता मेल नखाएको, भन्सार यार्डको सीसीटिभी फुटेज, प्रज्ञापनपत्रलगायतका निरीक्षण तथा भौतिक रूपमा फेला परेपछि मालवस्तुको निरीक्षणपश्चात कारबाही गर्न निर्देशन दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउने तयारी

मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो ।

त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ ।


आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । समितिका प्रवक्ता राजेन्द्र पन्तले यो वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ कि भनेर गृहकार्य थालिएको जानकारी दिए । २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको अल्प-मध्यकालिक पानी पथान्तरणका लागि आवश्यक निर्माण सुधारका लागि पानी पथान्तरण स्थगन गरिएको हो ।

काठमाडौँतर्फ पानी पथान्तरण रोकिने सूचनासँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि खानेपानी वितरणमा असुविधा हुने जानकारी दिएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले मेलम्चीको पानी पथान्तरण स्थगन भएपछि अहिलेको पानी वितरण केही असहज हुने बताए ।

उपत्यकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर वितरण हुँदै आएको छ । मर्मतसम्भारका लागि मेलम्ची पानी पथान्तरण रोकेपछि अन्य स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने उनको भनाइ छ । यसले गर्दा उपत्यकामा पानी वितरण अब ८ दिनको अन्तरमा हुने उनको भनाइ छ । या्े समाचार आर्थिक अभियान दैनिकमा छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजे आफ्नो पार्टीको सहयोग रहन्न :अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ ।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उहाँले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताउनुभयो । अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने

नेकपा (एकीकृत समाजवादी) निकट जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले आगामी भदौ ९ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न बैठकले अध्यक्ष कृपाराम धमलाको संयोजकत्वमा ९५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा प्रस्तुत गरिएको साङ्गठनिक एवं रणनीतिक प्रतिवेदनमा कलाकारिता क्षेत्रमा थप व्यवसायिकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षासहित कलाकारको हक, हित र अधिकारको संरक्षणसम्बन्धी विषयमा छलफल भएको थियो । बैठकले नक्कली शरणार्थीलाई विदेश पठाउने गिरोहमाथि सरकारले सुरु गरेको कारबाही प्रक्रियाको स्वागत गरेको थियो । सङ्गठनको जिल्ला तथा प्रदेशको अवस्था, सदस्यता नवीकरण, प्रतिनिधि छनोटका मापदण्ड, कलाकारले सामाजिक रुपान्तरण, उनीहरूको अधिकार संरक्षणसम्बन्धी विषयमा छलफल गरेको अध्यक्ष धमलाले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार चलेको बैठकमा मोर्चा फाँटका उपप्रमुख भवेश्वर पराजुलीले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा कलाकारले सिर्जना गर्ने विषयवस्तुले समाजलाई सकारात्मक रुपान्तरण गर्न प्रभाव पार्ने बताउनुभयो । महासङ्घका अध्यक्ष धमलाले परिवर्तनका लागि भएका लोकतान्त्रिक आन्दोलनमा कलाकारको सहभागिता रहेको भए पनि लोकतन्त्रको रक्षाका लागि पुनः कलाकार एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

जेठ १ गतेदेखि कर्णाली करिडोर एक हप्ता बन्द हुने

मान्म- कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।

जेठ १ गतेदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनुभयो । “खुुलालु क्षेत्रको सडक स्तरोन्नति कार्य सुरु हुने भएकाले एक हप्ताका लागि सो क्षेत्रमा सडक बन्द गरिएको हो”, उहाँले भन्नुभयो, “करिडोर जोड्ने एउटामा मात्रै खुलालुु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो ।”

सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवातजावत प्रभावित हुने भएको छ ।

आज बृहत खोप अभियान, ५ बर्ष मुनिका सबै बालबालिकालाई लगाईदै

काठमाडौं, ३१ बैशाख । आज बृहत खोप अभियान ।खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थावाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाईदैछ ।

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन गर्दै म्याग्दीका बरुवाल

गण्डकी- रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।

विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो । उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन ।

यता घरमा परम्परागत खेती किसानी गर्दै आउनुभएका उहाँका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहानुहुन्थ्यो । उहाँको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो । नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाअन्तर्गत उहाँको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाखा्रपालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् ।

आयोजनासँगको सम्झौताअनुसार उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भुइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ ।

लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानवापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी रु ११ लाख ७० हजार र स्वलगानी रु सात लाख ७३ हजार छ सय ५२ रहेको धनबहादुर बरुवालले जानकारी दिनुभयो ।

सम्झौताअनुसार अनुदानवापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उहाँले बताउनुभयो । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरासमेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआइपीको अनुदान थप प्रेरक बनेको उहाँको भनाइ छ ।

“भौगोलिक अवस्थितिलगायतका कारण खोर निर्माण आदिमा सम्झौताभन्दा पनि बढी व्यक्तिरूपमा खर्च भइसकेको त छ नै तर यो लगानीका लागि एनएलएसआइपी नै मुख्य प्रेरणाको स्रोत हो”, उहाँले भन्नुभयो । खोरमा मात्रै रु २९ लाख खर्च भइसकेको र करिब रु १८÷१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उहाँले जानकारी दिनुभयो । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आउनुभएको छ भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

बरुवालका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जङ्गल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ ।

सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उहाँले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताउनुभयो । नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५÷१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उहाँको अनुभव छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)बाट दूध, खसी बोकाको मासु र पश्मिनाको उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाका लक्षित क्रियाकलापहरू केन्द्रमा आयोजना व्यवस्थापन कार्यालय र क्लष्टर तहमा विराटनगर, हेटौँडा, बुटबल र पोखरामा अवस्थित चारवटा विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत कार्यान्वयन भइरहेको र वंशावलीमा आधारित नश्ल सुधार कार्यक्रम राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामार्फत सञ्चालन भइरहेको छ । आयोजनाअन्तर्गत देशभरका विभिन्न जिल्लामा पाँच सय ५९ वटा उपआयोजना सञ्चालन भएकामा दुई सय १३ सम्पन्न भइसकेको र हालसम्म अनुदानवापत एक अर्ब ३२ करोड भुक्तानी दिइसकिएको खड्काले जानकारी दिनुभयो ।

एमालेले हरेक वडामा तीन प्रतिशत सदस्यता विस्तार गर्ने

काठमाडौँ – नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आज बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो ।

मिसन ग्रासरुट अभियानको नौवटै प्रदेशको समीक्षा प्रतिवेदनको आधारमा वार्षिक कार्ययोजना तयार पारेको हो । वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने भएको छ ।

मिसन ग्रासरुट अभियान सकिए पनि सदस्यता वितरण र नवीकरण अझ बाँकी रहेकाले सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने छ । एमाले आगामी जेठदेखि चैतसम्म कार्ययोजनाअनुसार सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने छ । एमाले असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यता नवीकरण गर्ने र नवीकरण भौतिक उपस्थितिमा मात्र गर्ने जनाएको छ ।

नयाँ सदस्य र नवीकरण आगामी असार मसान्तसम्म प्रदेश कमिटीमार्फत विवरण केन्द्रमा पठाउने निर्देशन दिएको छ । यस्तै नवीकरण विवरणसँगै नवीकरण नभएका र सदस्यताबाट हटाउनेको नाम पनि पठाउने भनिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

अभियानअनुसार मिसन ५१ प्रतिशत पूरा गर्नका लागि प्रत्येकमा वडामा कुल मतदाता सङ्ख्याको तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने उहाँले बताउनुभयो । “पार्टी सदस्यता मतदाताको सङ्ख्याको औषतरूपमा सात प्रतिशत रहेको छ । तर कतिपय पालिकामा न्यून रहेकाले प्रत्येक वडामा कुल मतदाताको तीन प्रतिशत विस्तार गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो ।

मिसन ग्रासरुट अभियानका क्रममा कतिपय कमिटी भद्दा भएर बैठक बस्दा गणपूरक सङ्ख्या पनि नपुगको देखिएको कमिटीलाई सानो बनाउने निर्णय गरेको छ । पार्टीले कमिटीमा रहेर बिनाकारण तीनपटक अनुस्थित हुनेलाई कमिटीबाट बिदा गर्न र खाली भएका कमिटीमा नयाँ सदस्य नथप्न पनि निर्देशन दिएको उहाँले बताउनुभयो ।

“बैठकमा आउने काम गर्न नदिन, ती कमिटीमा रहेकाको सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णयसमेत गरेको छ”, उहाँले भन्नुभयो, “मिसन ग्राससरुट अभियान जिम्मेवारी तोकिएको पूरा नगर्ने र कुनै जानकारी नदिई अनुपस्थिति हुनेलाई सम्बन्धित कमिटीले स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिएको छ ।

प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

एमालेले पार्टीका नेता तथा कार्यकर्ताका लागि वैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रम पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रमका आधारमा सञ्चालन गर्नेछ ।

एमालेका उपमहासचिवसमेत रहनुभएका नेता गुरुङका अनुसार उच्च प्रशिक्षण केन्द्रीय कमिटी र मध्यम प्रशिक्षण प्रदेश कमिटी र आधारभूत प्रशिक्षण जिल्ला कमिटीलाई दिइने छ । प्रशिक्षण डिजिटलरूपमा पार्टीको ‘एक्सन रुम’बाट गरिने छ ।

मङ्सिरमा पनि अभियान सञ्चालन

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सङ्गठन विस्तार गर्नका लागि आगामी मङ्सिरमा मध्यपडाडी लोकमार्ग तथा हुलाकी राजमार्ग केन्द्रित गरेर अभियान सुरु गर्ने जानकारी दिनुभयो ।

छोराछोरी अभियान

यस्तै छोराछोरीलाई पार्टीमा आबद्ध गर्नका लागि छोराछोरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । “हिजो बुवाआमा राजनीतिमा हुँदा छोराछोरी स्वतः राजनीतिमा आउने गर्दथे”, उहाँले भन्नुभयो, “तर आज बुवाआमा राजनीतिमा छन् भने छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति विकास भएको छ । के कारणले छोराछोरी यो भइरहेको छ । हामीले आफ्नो परिवारमा पनि राजनीतिक प्रशिक्षण गर्न सकिरहेका छैनौँ भनेर छोराछोरी अभियान सञ्चालन गर्न गइरहेका छौँ ।”

पार्टी गतिविधि पार्टी कार्यालयबाट

एमालेले पार्टीका सबै गतिविधि सबै कार्यक्रम पार्टी कार्यालयमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीको संस्थागत विकासमा सहयोग पु¥याउनका लागि वडादेखि केन्द्रसम्म सबै पार्टीको गतिविधि पार्टी कार्यालयबाट गर्ने निर्णय गरेको नेता रिजालले जानकारी दिनुभयो ।

पार्टीका जिम्मेवार नेताहरू पार्टी कार्यालयमा नियमितरूपमा उपस्थिति हुने गरी केन्द्रदेखि वडा कार्यालयबाट पार्टीका गतिविधि गर्ने निर्णय गरेको उहाँ बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु भएको पाँचौँ केन्द्रीय कमिटी बैठक आज सकिएको छ । बैठकमा विभिन्न १० कार्यसूची रहेका थिए ।

भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताउनुभएको छ । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पार्नुभयो । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उहाँले आग्रह गर्नुभयो । मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उहाँको भनाइ थियो ।

 पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पु¥याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताउनुभयो । रेडियोको सबलिकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले  खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताउनुभयो । पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ की भन्नु गलत रहेको उहाँको भनाइ थियो । लोकतन्त्रको सम्वद्र्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष पोखरेलले राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानुन निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

“सामाजिक सञ्जालमा आउने विभिन्न खालका अफवाहले नागरिकमा भम्र सिर्जना गर्ने काम भइरहेकोप्रति नेपाल पत्रकार महासङ्घ गम्भीर रहेको छ”, उहाँले भन्नुभयो । नेपाली मिडियाको विश्वसनियता बढाउन अबको पत्रकारिता उत्तरदायी र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।  

सो अवसरमा प्रेस युनियन दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो । साथै महासङ्घको जिल्ला सदस्य हुँदै केन्द्रीय प्रतिनिधित्व गर्ने पत्रकार महासङ्घका अध्यक्ष पोखरेल र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय  उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, केन्द्रीय सदस्य नारायणी रजौरे, युनियनका प्रदेश अध्यक्ष सुदीप गौतम, लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीलगायतको उपस्थिति थियो ।  

प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

ललितपुर – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिक परिर्वनको रक्षा गर्न नसकिने बताउनुभएको छ ।

लोक साहित्य परिषद्का प्रमुख संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको मङ्गल बजारमा लोक साहित्य परिषद्द्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनीतिक परिवर्तनले दिएको निर्देशनअनुसार लक्ष्य हासिल गर्न नसकेकाले यस सन्दर्भमा जस्तोसुकै समस्याको समाधान गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने ठाउँमा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाह छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।” कमिसन र भ्रष्टाचारको जालोलाई तोड्न नसके सुशासनको स्थापन गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको सरकार सुशासनलाई स्थापित गर्न, समृद्धिको यात्रालाई तीव्र बनाउन र सामाजिक न्याय स्थापित गर्न दृढ रुपमा लागि परेको उहाँले बताउनुभयो ।

स्व जोशीलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्नका लागि सरकारका तर्फबाट के गर्न सकिन्छ त्यो बारेमा गम्भीर पहलकदमी थाल्ने उपप्रधानमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युक्रेनका लागि लामो दूरीका हतियार आपूर्ति गर्न ईयूका बोरेलको आग्रह

स्टकहोम – युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।

“रूसीहरूले टाढाबाट बम बारी गरिरहेका छन्, त्यसैले युक्रेनीहरूसँग ’उही दूरी, उही दायरा’ मा पुग्न सक्ने क्षमता हुनुपर्दछ,” युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग स्टकहोममा भएको भेटपछि बोरेलले भन्नुभयो ।

जर्मनीले युक्रेनका लागि दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९५ करोड अमेरिकी डलर) बराबरको नयाँ हतियार प्याकेज घोषणा गरेसँगै उहाँले भन्नुभयो, “तर हामीले गति लिनुपर्छ ।”“म जर्मनीको प्रयासको स्वागत गर्दछु र सबै सदस्य राष्ट्रहरूलाई यस उदाहरणलाई अनुसरण गर्न आमन्त्रण गर्दछु,” बोरेलले भन्नुभयो ।

बिहीबार बेलायतले युक्रेनमा आफ्नो स्टॉर्म स्याडो क्षेप्यास्त्र पठाउने घोषणा गरेको थियो र कीभलाई लामो दूरीका हतियार उपलब्ध गराउने पहिलो देश बनेको थियो ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रूसी सेनाविरुद्ध व्यापक रूपमा अपेक्षित प्रतिआक्रमण अघि पश्चिमी मित्रराष्ट्रहरूलाई थप उन्नत हतियार उपलब्ध गराउन आग्रह गर्दै आउनुभएको छ ।

“प्रतिआक्रमण कहिले सुरु हुन्छ भनेर सोध्नुको सट्टामा के युक्रेनी प्रति–आक्रमण सुरु गर्न र सफल बनाउन आफुले पर्याप्त सहयोग गरेको छु भन्ने सोच्नु अनिवार्यै भएको छ, कुलेबाले बोरेलसँगको पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।

“ईयूका विदेशमन्त्रीहरूसँग आज मेरो कुराकानीको मुख्य विषय लामो दूरीको तोपखाना गोलाबारुद र छोटो दूरीको प्रवेश वार्ता हुनेछ,” कुलेबाले भन्नुभयो ।जेलेन्स्कीले फेब्रुअरी २०२२ मा रूसले युक्रेनविरूद्ध आक्रमण थालेपछि युक्रेनका लागि ईयू सदस्यताका लागि औपचारिक वार्ताको प्रक्रियालाई तीव्रता दिन खोजिरहेका छन् ।

भ्रष्टाचारलाई अन्त्य गर्न लागिपरेका छौँ : मन्त्री मोदी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए जो–कोहीलाई पनि कारबाही हुने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल काठमाडौँको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्णरूपमा लागिपरेको र कोही कसैलाई पनि छुट नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारी हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्धमात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।” भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्ने गरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उहाँले भ्रष्टाचारको गन्धमात्रै आउने गरी काम देखिए कारबाही गर्ने बताउनुभयो ।

मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीबाट त्यसको कार्यान्वयन हुनुपर्ने उल्लेख गर्नुभयो । “प्रधानमन्त्रीको पहिलो मिसन भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकारको मुख्य मिसन हो । यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ”, उहाँले भन्नुभयो ।

आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्वका काम अगाडि बढाएको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।”

मन्त्री मोदीले अगाडि भन्नुभयो, “मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किने गरी नीतिगत निर्णय गरेका छौँ । अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौँ, यो क्रम जारी रहन्छ ।”

कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका उपसचिवहरूलाई स्थानीय तहमा खटाएको जानकारी दिँदै उहाँले सरकारले खटाएको स्थानमा नजानेलाई कारबाही हुने बताउनुभयो । आफूले दुई महिनामा सबै सरोकारवालासँग छलफल गरेर सङ्घीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाएको बताउँदै उहाँले भन्नुभयो, “कुनै पनि हालतमा सङ्घीय निजामती ऐन ल्याइछाड्ने अहिलेको सरकारको सङ्कल्प हो, हामीले दुई महिनामा सबै पक्षसँग छलफल गरेर यो ऐन रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ, यो ऐन हामी कुनै पनि हालतमा ल्याउँछौँ ।”

मन्त्री मोदीले समाजको खराब मनोविज्ञान चिर्नका लागि प्रेस सेन्टरले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सरकारको काम कारबाहीलाई सकारात्मकरूपमा प्रचार–प्रसार गर्नका लागि यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको समेत औँल्याउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता कुमार पौडेल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटालगायतले जनतालाई सही सूचना प्रदान गर्न प्रेस सेन्टरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्राए

श्रीलङ्का – श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराउनुभएको छ ।

मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो ।

त्यसैगरी २०२१ र २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५.४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए । प्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि राजस्वको मुख्य स्रोत हो ।

म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सु्रक्षित स्थलतर्फ सारिँदै

सिट्टवे, म्यान्मार – बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौं मानिस भागेका छन् भने छिमेकी देश बङ्गलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन् ।

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातले २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा) को गतिमा हावा चलिरहेको बताइएको छ ।

करिब १० लाख रोहिङ्ज्या शरणार्थीहरू बस्ने कमजोर आश्रयस्थल कोक्स बजार र म्यान्मारको पश्चिमी रखाइन तटमा रहेको सिट्वेको बीचमा आइतबार बिहान आँधी कमजोर हुने अनुमान गरिएको छ ।

एएफपीका संवाददाताका अनुसार शनिबार सिट्वेका बासिन्दाले कार, ट्रक र तीन पाङ्ग्रे (टेम्पो)मा आफ्नो सम्पत्ति र घरपालुवा जनावर जम्मा गरी सुरक्षित स्थलतर्फ हिँडेका छन् ।

“हाम्रो परिवारमा हजुरआमा हुनुहुन्छ र हामीले उहाँको हेरचाह गर्नुपर्छ,” खिने मिनले राज्यको राजधानीबाट बाहिरिने बाटोमा आफ्ना नातेदारहरूले भरिएको ट्रकबाट एएफपीलाई बताउनुभयो । “हाम्रो घरको हेरचाह गर्न सिट्वेमा एक जना मात्र मानिस बाँकी छन् ।

करिब एक लाख ५० हजार मानिसहरूको बसोबास रहेको यस शहरमा पसल र बजारहरू बन्द गरिएका थिए र धेरै स्थानीयहरू अग्ला स्थानमा रहेका गुम्बाहरूमा आश्रय लिएका थिए । आँधीका कारण सबै जना सुरक्षितस्थलतर्फ भागेको बताउँदै चालीस वर्षीय क्याव टिनले आफ्नो छोरा स्थानीय अस्पतालमा रहेकाले त्यहाँबाट बाहिर जान नसक्ने बताए ।

“यो चक्रवात हाम्रो राज्यमा आउनेछैन भन्नेमा हामी आशावादी छौँ । तर यदि यस्तो नियति भयो भने हामी यसलाई नजरअन्दाज गर्न सक्दैनौं,” उहाँले भन्नुभयो ।

सन् २००८ मा दक्षिणी म्यान्मारमा एक लाख ३० हजारभन्दा बढी मानिसको ज्यान जाने गरी आएको आँधीलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “मलाई चिन्ता छ कि यो चक्रवातले ‘नरगिस’ले जस्तै हाम्रो राज्यलाई पनि असर गर्नेछ ।”

म्यान्मारको जुन्टा अधिकारीहरूले राखिन तटमा रहेका गाउँहरूबाट स्थानान्तरणको निगरानी गरिरहेको सरकारी सञ्चार माध्यमहरूले शुक्रबार जनाएका छन् ।

म्यान्मार एयरवेज इन्टरनेसनलले रखाइन राज्यका लागि आफ्ना सबै उडान सोमबारसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

भ्रष्टाचार नियन्त्रणमा शिक्षकको अहम् भूमिका : मन्त्री गुरुङ

चितवन – कानुन, न्याय तथा संसदीय मामीलामन्त्री धनराज गुरुङले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित नवप्रवेशी शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षकले दिने शिक्षा र आचरणबाट भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो ।

शिक्षकले दिने शिक्षाले भ्रष्टाचार नियन्त्रणसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री गुरुङको भनाइ थियो । अहिलेका शिक्षक भविष्यका देश चलाउने व्यक्ति भएको भन्दै उहाँले सानैदेखि असल शिक्षा दिन जरुरी रहेको बताउनुभयो । शिक्षकबाट पाउने ज्ञानलाई बालबालिकाले पछि भविष्यमा उतार्ने भन्दै सच्चा नागरिक बन्न सिकाउनुपर्ने उहाँको भनाइ थियो । देशमा पछिल्लो समय गाँजिएको भ्रष्टाचारको जालो तोड्न सरकार लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।” सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय कांग्रेसका नेताहरूसमेत भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै मन्त्री गुरुङको जो–कोही भए पनि नछाड्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आन्तरिक समस्या समाधानका लागि छलफल भइरहेको बताउनुभयो । केन्द्रमा देखिने समस्याले जिल्लामा समेत प्रभाव पारेको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि पदाधिकारी तहबाटै पहलकदमी हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय उपाध्यक्ष इन्दिरा सापकोटा, नेपाल शिक्षक सङ्घ सङ्घीय उपमहासचिव प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष ध्रुवराज पोख्रेल, नेपाल शिक्षक महासङ्घ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाली कांग्रेसका नेता प्रकाश अधिकारी, भरतपुर महानगरपाकिलाका–१० का अध्यक्ष परमेश्वर खनाललगायतले शिक्षा क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सेवा आयोगबाट स्थायी अनुमति लिएका शिक्षक शिक्षिकाहरूलाई स्वागत गरिएको थियो ।