`

अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडाैं, २७ माघ-उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले  नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि बढ्ने बताए ।

अहिलेदेशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, नीजि क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गरे । तर, अर्थमन्त्रीले यस्तो भन्यो भनेर आत्ति हाल्नु पर्ने अवस्था भने नरहेको बताए । विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थीतिबारे सुक्ष्म अध्ययन गरेर त्यसै अनुसारका कामहरुलाई अघि बढाएको पनि अर्थमन्त्री पौडेलको भनाई  छ ।  अहिलेको सरकारको मुख्य उद्येश्यको रुपमा आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको पनि बताए । 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले पनि साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल हुने बताए । उनले भने, ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सवै मिलेर उद्योग वाणिज्य महासंघलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।’
यसैगरी उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग उद्योग वाणिज्य महासंघको महत्वपूर्ण अंग रहेको बताउँदै यसको समस्या समधानका लागि आफू सधैं प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा मसलन्द उद्योगका अध्यक्ष हरिप्रसाद भण्डारीले अहिले पनि राज्यले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै कायम गर्दा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न अप्ठेरो परेको बताए । 
देशभरका झण्डै ५ सय प्रतिनिधि सहभागी भएको साधरणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।


चैत ३ लाई रिलिज मिति तोक्दै हुक्का एन एब्जर्ड ड्रिमको फस्टलुक सार्वजनिक

काठमाडौं, २७ माघ । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।

फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।

मुलुक समस्याको भुमरिमा छ, ताली र सस्तो कुरामा नअलमलीऔं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले  भने, “मुकुकमा भ्रष्टाचार , आर्थिक संकट,बिदेशी प्रभाव , बेरोजगारी , कुशासन,  धर्म परिबर्तन सङ्गै  राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भैरहेको छ , तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गित गाउन मात्रै मस्त छन्, देशमा समस्या समाधानमा चिन्तित छैन,जुन बिडम्बना हो ।”

 अहिके राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले  मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले वाद ,सिद्धान्तको बिबाद गर्ने बेला नभएको राष्ट्रिय स्वाधिनता,  लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्त्वपूर्ण बिषय भएको थापाको टिप्पणी थियो । राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा सबै जनबर्गिय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन समेत उनले निर्देशन दिए । 

कार्यक्रममा महामन्त्री त्रय भाष्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र प्रबक्ता बसन्तमानसिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आबश्यकता औल्याए । जनबर्गिय संगठनका प्रमुखहरुले संगठनको अबस्था र भाबी कार्यक्रम बारे बैठकलाई जानकारी गराएका थिए ।

जाजरकोट प्रहरीको प्रश्‍न : तपाईंले सेवा कस्तो पाउनुभयो

सुर्खेत, २७ माघ जाजरकोट जुनिचाँदे गाउँपालिका–४ का पदम खड्का जिल्ला प्रहरी कार्यालयमा सोधपुछका लागि पुगे । खड्कालाई सहायता कक्षमा बसेका प्रहरीले कसलाई भेट्ने भन्दै जिज्ञासा सुनाए ।

खड्काले डिएसपी सरलाई भेट्न भनेर जवाफ फर्काए । उनलाई एक नम्बरको अनुमतिपत्र दिएर कार्यालयभित्र पठाइयो। कार्यालयमा प्रहरी प्रमुख डिएसपी सन्तोष निरौला सेवाग्रहीसँग छलफल गर्दै थिए ।

खड्काले डीएसपीलाई नमस्कार गरे, डिएसपीले पनि नमस्कार फर्काए। ´हजुरको केही काम थियो किरु भन्दै प्रहरी प्रमुखले जिज्ञासा सोध्नुभयो’, खड्काले भने । खड्काले आफ्नो कामको बेली विस्तार सबै सुनाएपछि तत्काल कामको लागि विभिन्न संयन्त्र परिचालन गरियो ।

खड्का प्रहरी कार्यालयबाट अनुमतिपत्र बोकेर बाहिरिन लाग्दा सहायता कक्षमा बसेका प्रहरीलाई सो अनुमतिपत्र फिर्ता गरेको बताए । पत्र फिर्ता गर्दा तपाईंले यहाँको सेवा कस्तो पाउनुभयोरु भन्दै लेखिएको रजिस्टरमा आफ्नो नामसहित अप्सनमा चिह्र लगाउन अनुरोध गरियो ।

खड्काले पनि आफूले पाएको सेवाका बारेमा सही कुरा लेखेर बाहिरिएको बताए । लेख्न सक्नेले सेवा प्रवाहका विषयमा आफैँ लेख्ने, लेख्न नसक्नेले सहयोगीमार्फत प्रतिक्रिया दिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दैनिक कतिजनाले जिल्ला प्रहरी कार्यालयबाट सेवा लिए भन्ने कुराको तथ्यांकसमेत अभिलेखीकरण हुने गरेको छ । दैनिक कस्ता, कस्ता गुनासा आए भन्ने कुराको समेत सूचीबद्ध हुने गरेको छ। सेवा प्रवाह चित्तबुझ्दो नभएको भनी उक्त अभिलेखिकरणमा समेटिएमा तत्काल रजिस्ट्ररमा रहेको फोन नम्बरबाट फोन गरेर समस्या हल गर्ने व्यवस्थासमेत मिलाएको छ ।

सन्देशमूलक पत्रसहित कुन  कति गुनासा समेटिए

असोज, कात्तिक महिना जिल्ला प्रहरी कार्यालयले जिल्लामा सात पालिकाबाट विभिन्न सल्लाह सुझाव तथा गुनासाहरू सुन्नका लागि घर घरमा प्रहरी पठाएर सुझाव संकलन गरेको थियो ।

प्रहरीले घरेलु ,लैङ्गिक  हिंसा भएमा कहाँ र कसरी उजुरी दिने र कस्ता खालका समस्यलाई हिंसा भनिन्छ भन्ने कुरा उल्लेख गरिएको पत्र उपलब्ध गराउँदै तपाईँको परिवारमा भएको समस्या सबै जानकारी गराएकोमा धन्यवाद दिँदै सुझाव संकलन गरिएको थियो ।

जिल्लाका सातवटा पालिकाका सबै घरमा पुगेर प्रहरीले फोन नम्बर, परिवार संख्या र घरमा भएको समस्याका विषयमा समेत सोधेर लिखित जानकारी संकलन गरेर कामलाई प्रभावकारी बनाएको छ ।

प्रहरीले तत्काल केही समस्य नभए पनि पछि भइपरी आउने समस्याहरू समेत जानकारी गराउनका लागि फोन नम्बर छोड्दै फोन गर्न आग्रह गर्दै आएको छ । घर ,घरमा हुने घरेलु ,लैङ्गिक  हिंसाका विषयमा सचेतना जगाउँदै प्रहरीले समस्याको वर्गीकरण गरिएको जाजरकोट प्रहरी प्रमुख ९डिएसपी० सन्तोष निरौलाले जानकारी दिए ।

चुनावको समयमा समेत सबै घरमा नेता नपुग्ने अवस्थामा प्रहरीको उपस्थिति सबै घरमा हुँदा जनताले प्रहरी नै भरपर्दो सहयोगी भएको महसुस गर्न थालेका छन् । जनयुद्धको समयमा प्रहरी, प्रशासन भन्नेबित्तिकै सर्वसाधारणको बुझाइ फरक हुने गर्थ्यो ।

शान्ति कालमा आएसँगै केही परिवर्तन भए पनि आफूसँग भएको समस्याका विषयमा प्रहरी चौकीमा नै जानुपर्छ भन्ने बुझाइका कारण खास समस्या प्रहरीसामु पुग्न नसकेकोले घर घरमा पुगेर प्रहरीले गुनासो लिखित रूपमा टिपेर लिएपछि राज्य भएको महसुस भएको नलगाड नगरपालिका –८ का हरिबहादुर खत्रीले बताए ।

प्रहरीले सबै गुनासो, फोन नम्बर र समस्या टिपेपछि त्यसको वर्गीकरण गरेर पालिका , वडा र प्रहरी मध्य कसको भागमा उक्त समस्य पर्छ, उसैले समाधान खोज्नका लागि पहल सुरु गरिएको डिएसपी निरौलाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाहेक अन्य प्रहरी चौकीमा स्थायी फोन नम्बर नभएकोले सबै युनिटमा स्थायी फोन नम्बरसमेत उपलब्ध गराएको उनले बताए । पालिकाको सहयोगमा उक्त काम भइरहेको छ ।

अधिकांश समस्याहरूमा सरोकारवाला निकायको पहुँच नहुनु र सामाजिक बन्धनका कारण सबै कुरा खुल्न नसक्ने भएकाले यो अभियान सञ्चालन गर्नुपरेको नलगाड नगरपालिकाका पूर्व नगरप्रमुख टेकबहादुर रावलले बताए । ७७ जिल्लामध्ये जाजरकोटमा पहिलोपटक यो अभियान सञ्चालन भएको थियो ।

समस्यालाई नजिकबाट बुझ्न र समाधान निकाल्नका लागि यो अभियान सञ्चालन गरिएको हो । पहुँचवालाले मात्र सबै काम गर्न र न्याय पाउँछन् भन्ने बुझाइलाई गलत सावित गर्न यो अभियानले थप टेवा पुग्नेछ। जिल्ला भरीका सर्वसाधारणहरूको अवस्था, पीडा र गुनासोहरू एकैपटक केन्द्रित गरेर समाधानका उपाय र विधिसमेत खोजि गरिने सरोकारवालाको भनाइ छ ।

७ सयवटा सुझावहरू संकलन भएका छन्। सुझावमा अधिकांश सडक, खानेपानी, विद्युतका गुनासा बढी आएका छन् । त्यस्तै दुर्घटना हुँदा वा अन्य समयमा प्रहरी घटनास्थलमा छिटो आउनुपर्ने भन्दै प्रहरीलाई सुझाव दिइएको छ ।

सुरुमा प्रहरी जाँदा झस्किएको बताउने स्थानीयहरू सही ज्ञान दिन आएको थाहा पाएपछि आफूहरू खुसी भएको समेत सुझावमा उल्लेख गरिएको छ ।

 त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा जिल्लाका सबै पालिकाका मुकाममा सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ । सुरक्षालाई भरपर्दो बनाउनका लागि यो कदम चालिएको हो। सिसिटिभी क्यामेराले काम गर्न सजिलो भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

लागुऔषधसहित १८ जना पक्राउ

काठमाडौं, २७ माघ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार उनीहरु बाँके, कैलाली र बाराका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । 

बाँके, नेपालगंज उपमहानगरपालिका–१ वाटर पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका–१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका–५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।     

कैलाली, गोदावरी नगरपालिका–६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १२० मिलिग्रामसहित गोदावरी नगरपालिका–६ बस्ने २५ वर्षीय गोपाल चौधरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका–१ साथी अस्पताल चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका–१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन् । 

ईलाका प्रहरी कार्यालय टीकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३–०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका–५ बस्ने १८ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । 
अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१–१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरको हो ।

यस्तै धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२–००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको  ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनुसुगर ७ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगरसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

बारा, निजगढ नगरपालिका–११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित सोही नगरपालिका–१२ बुङ्जोर बस्ने २३ वर्षीय विजय गोलेलाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 
 

देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन् । 

शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा जोड दिएकी छन् । 

देशको राजनीतिले गति र लय समातिसकेको भन्दै उनले देशेको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिइन् । 

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको क्रममा देशको राजनीतिले स्थायित्व पाएको बताउँदै राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका बताइन् । 

स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यका सबै अंगहरु परिचालित हुनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेकोप्रति चिन्ता व्यक्त गरिन् । 
 

विद्यार्थी लक्षित दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता

सिरहा, २७ माघ । सिराहाका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । धनगढीमाई नगरपालिकाअन्तर्गतका दिवाखाजा कार्यक्रम सञ्चालन भएको विद्यालयहरुमा व्यापक अनियमितता भएको पाइएको हो। 

धनगढीमाई नगरपालिका–८ इटारीस्थित कक्षा ५ सम्म पढाइ हुने  जनता आधारभूत विद्यालयको हाजिरी रजिष्ट्ररमा १२६ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले अनुगमनगर्दा ८९ जना  फेला परेको र त्यसमा १५ प्रतिशत (१३ जना) संख्या थप गरी १०२ जना विद्यार्थीको १५ रुपैयाँको दरले ९० दिनको एक लाख ३७ हजार ७०० अनियमतिता भएको पाइएको छ । 

यस विद्यालयमा ३० देखि ३५ जनामात्र विद्यार्थी उपस्थित हुने गरको स्थानीयहरु बताउँछन् ।  धनगढीमाई नगरपालिका–३ कुड्वा हनुमान नगरस्थित दलित जनजाती विद्यालय कक्षा ३ सम्म पढाई हुन्छ । विद्यालयको हाजिरी रजिष्ट्ररमा ९१ जना विद्यार्थीको नामांकन छ । शिक्षा शाखाले गरेको अनुगमनमा ७८ भेटिएको उल्लेख छ । सोही आधारमा १५ प्रतिशत थप गरेर ८४ जना विद्यार्थीको ९० दिनको लागि १५ रुपैयाँका दरले एक लाख ३४ हजार चारसय रुपैयाँ निकासा पाएको छ  । तर, गत माघ ३ गते बालकक्षासहित २५ जना विद्यार्थी उपस्थिति थिए । 

नगर भित्रका अन्य आधारभूत विद्यालयको अवस्था पनि योभन्दा फरक छैन । खाजाको रकम अनियमितता गर्ने नियतले नै प्रधानाध्यापकहरुले विद्यार्थी संख्या बढाउँदा पनि शिक्षा शाखाका कर्मचारीहरु निश्चत प्रतिशत कमिशन लिएर विद्यालयले पेस गरेकै विवरणको आधारमा सबै शिर्षकको रकम सहजै सिफारिस गर्ने गरेको आरोप छ । 

विद्यालयहरुमा दिवाखाजा तथा अन्य शिर्षकको रकम छुटा–छुटै पठाउने गरेकाले अत्यन्त न्यून रकम देखिए पनि शाखाका कर्मचारी तथा विद्यालयका प्रध्यानाध्यापकहरुले यसमा ठूलै रकमको चलखेल गर्ने गरेको नाम नखोल्ने सर्तमा एकजना अवकास प्राप्त प्रधानाध्यापकले सुनाए । उनले भने, ‘प्रत्येक विद्यालयहरुमा विर्षिक रुपमा करिव १५ वटा विद्यालय शिक्षा सुधारदेखि लिएर विभिन्न मसलन्द, नन–स्यालरी, अडिट खर्च लगायतको शिर्षकमा गरी १०० विद्यार्थीको नामांकन रहेको विद्यालयमा ५ लाखसम्म जाने गरेको छ ।’ 

तर, यहाँका प्रधानाध्यापकहरुले भने एक ÷दुई शिर्षकबाहेक आएको रकममा शाखाको मिलोमतोमै व्यापक भ्रष्टाचारी गर्ने गरेको उनको आरोप छ । उनले थपे, ‘प्रधानाध्यापकहरुले अहिले शिक्षा शाखाका कर्मचारीलाई नजराना नतिरे उसको बिल, भरपाई समेत फछ्र्याैट हुदैनन् । अहिले विद्यालयहरुमा शिक्षको नाममा व्यापक रुपमा भ्रष्टाचार मौलाएको देखिन्छ ।’ 

शिक्षा शाखाले दिवाखाजामा अनियमितता हुने महसुस गरेर परीक्षा र अन्य समयमा गरेको अनुगमनको आधारमा खाजाको रकम दिने गरेको दाबी गरेको छ । नगरले शिक्षा शाखाका लागि काजमा खटाइका प्रदिप कुमार साहले भने, ‘खाजा कार्यक्रममा अनियमितता हुने गरेको गुनासोपछि नगर शिक्षा शाखाले परीक्षा र अन्य समयमा उपस्थित विद्यार्थी संख्यालाई आधार मानेर १५ प्रतिशत संख्या थप गरी खाजाको रकम पठाउने निर्णय अनुसार गरेका छौं ।’

यसरी विद्यालयमा खाजा कार्यक्रमको नाममा हुने अनियमितताको रकम प्रधानाध्यापक हुँदै शिक्षा शाखासम्म जाने शिक्षकहरु बताउँछन् ।  नगरपालिकाले वडा नम्बर ८ स्थितको जनता माध्यामिक विद्यालय अयोध्या नगरका शिक्षक प्रदीपकुमार साहलाई शिक्षा शाखाका लागि काजमा खटाइ उनको सट्टा शिक्षक भर्ना गरी तलबभता खुवाउने गरेको स्थानीयहरु बताउँछन् ।   

धनगढीमाई नगरपालिकामा ८ वटा माध्यामिक विद्यालय २५ वटा आधारभूत र ४ वटा मर्दशा गरी जम्मा ३७ वटा विद्यालय छन् । २०७८÷७९ मा इमिसको आधारमा करिव १० हजारभन्दा माथि विद्यार्थीहरु अध्यनरत रहेको शिक्षा शाखाले जनाएको छ । यस पालिकामा नेपाल सरकारको इमिसको आधारमा जम्मा १९ वटा निजी विद्यालय रहे पनि जम्मा २५ वटा विद्यालय संचालनमा रहेको शाखाले जनाए ।  

नगरमा रहेका जम्मा ३७ विद्यालयको लागि गत आर्थिक वर्षमा पालिकाले ७५ दिनको ६१ लाख ७१ हजार  ७०० रुपैयाँ र चालू आर्थिक वर्षमा ९० दिनको ५२ लाख २१ हजार पेस्कीबापतको रकम निकासा गरिएको जनाएको छ । 

राज्यले विद्यालयमा विद्यार्थी उपस्थिति संख्या बढाउन दिवाखाजाको कार्यक्रम सचालन गरे पनि विद्यार्थी संख्या नबढेर अनियमितता बढेको पाइएको छ । पछिल्लो समय राज्यले शिक्षामा जति नै लागानी गरे पनि निगरानी बढाउन नसक्दा शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ । 
 

नक्कली कागजातहरू बनाई कीर्ते गर्ने एक जना पक्राउ

काठमाडौं, २७ माघ । शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू फेला पारेको हो । 

उनीउपर लिखतसम्बन्धी कसुरमाथि थप अनुसन्धान भइरहेको छ ।
 

गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै छ : श्याम घिमिरे

महोत्तरी, २७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै गएको बताएका छन् । 

महोत्तरीमा गुट उपगुटले कमजोर बनेको कांग्रेस बलियो हुँदै गएको बताएका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले  कांग्रेसलाई बलियो बनाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयदेखि  कांग्रेस कमजोर भए पनि पुरानै लयमा फर्किने अवस्था ल्याइपुर्‍याएको उनको भनाइ छ । 

स्थानीय तहको निर्वाचनमा बागी बनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समूहको कारबाही फुकुवा गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

न्याययिक पत्रकार मञ्चको अध्यक्षमा खडका निर्वाचित

काठमाडौं, २७ माघ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छन । 

शुक्रबार काठमाडौंमा भएको अधिवेशनबाट राष्ट्रिय समाचार समितिमा कार्यरत खड्का अध्यक्षमा चयन भएकी हुन ।

उपाध्यक्षमा भाषा शर्मा र दीपक खरेल, महासचिवमा निराजन पौडेल, सचिवमा शिल्पा कर्ण कोषाध्यक्षमा वासु खड्का र सदस्यहरूमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका छन 

आज यस्तो छ मुद्राको विनिमय दर

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ । 

यस्तै, आज युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४९ पैसा तोकेकाे छ । 

यता, आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीदर भने ३५ रुपैयाँ २६ पैसा र  मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ६६ पैसा  छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४७ पैसा र बिक्रीमा १० रुपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७८ पैसा र बिक्रीमा १६ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ६ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ।
 

तीन दिने भ्रमणका लागि भारतीय बिदेश सचिव नेपाल आउँदै

काठमाडौं, २७ माघ  । भारतीय बिदेश सचिव मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । आगामी १ फागुन, साेमवार उनी नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।

सो अवसरमा बिदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन। 

यस्ताे छ तरकारीको तथा फलफूलको मूल्य

काठमाडौं, २७ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफुलकाे न्युनतम मुल्य सार्बजिनक गरेकाे छ।

आज शुक्रबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यसैगरी नेपाली सुन्तला १६० रूपैयाँ, कालो अंगुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १५०, अम्बा १००, आभोकाडो ४००, किवि ३०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ । 

यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३५० रुपैयाँ रहेको छ । 

यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानिय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ४०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर २० रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैया, हरियो खु्र्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला १५० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ, भिण्डी १२० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १४० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

नेपाल प्रहरीले भान्छे, कुचिकारलगायत पदमा कर्मचारी माग्यो

काठमाडौं, २७ माघ। नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो । 

भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ।

खोटाङबजारको सडक ढलान ६ महिनादेखि अलपत्र

खोटाङ – ठेकेदारले खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र पारेको छ ।

निर्माण कम्पनी धुलीखेल निर्माण सेवाले जिल्लाकै पुरानो बजार मानिने खोटाङ बजारभित्रको सडक ढलान तथा डिबिएसटी पिचको काम अलपत्र पारेको हो । प्रदेश सरकारको मुअकरबाहेक २ करोड ६९ लाख २५ हजार ७९७ को लागतमा धुलीखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लिएको थियो । 

 २०७८ असार ३० गतेसम्ममा सक्ने गरी २०७७ असार ३० गते खोटाङ बजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो । निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिचको काम रोकेर अलपत्र पारेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए । ‘गुणस्तहिन काम भयो भन्ने गुनासो आएपछि अनुगमनमा गएर रोक लगाएका थियौंँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसको केही समयसम्म काम गरेर हिँडेको ठेकेदार अहिलेसम्म वेपत्ता छ । असारदेखि काम ठप्प छ ।’ 

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसि ढलान र करिब छ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर सडक ढलानका क्रममा ढिलासुस्तीसँगै गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दुरीमा रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

प्रयोग गर्न ल्याइएका गिटी र बालुवा छुट्याउन सकिन्न । बनिसकेका ड्रेन र मेसिनरी पर्खाल भत्किन थालेको गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताए । ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिटी र रडका कारण बजारमा दुर्घट्नाको जोखिम उत्तिकै बढेको छ । 

 सुरुमा खोटाङ बजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरु भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो । परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि ईलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो ।

 सम्झौता म्याद नाघेको १८ महिना वितिसक्दा आयोजनाको करिब ६० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाले जनाएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ ।

 बिक्रम संबत २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबरझैं देखिएका छन् । 

आज देखी माओवादी प्रदेश समन्वय समितिको बैठक सुरु हुने

काठमाडौं, २७ माघ । नेकपा माओवादीले आजको केन्द्रिय समिति बैठक सम्पन्न गरेलगत्तै  प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ ।

 
आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आज देखी प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो ।

जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएका छ । मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुनेछन् । 

विवेकशिलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबिच प्रतिस्पर्धा हुने

काठमाडौं – आज देखी सुरु हुने बिबेकशिल साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकंक्षा ब्यक्त गरेका छन ।

सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा ब्यक्त गरेका हुन । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेसन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन ।

“अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेसनवाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए ।उनका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ  । 

शुक्रबारवाट देखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सो पार्टीका पुर्व अध्यक्ष रविन्द्र मिश्रले ‘बिचार भन्दा माथी देश’ भन्ने फरक प्रतिवेदन पेश गरे पछि बिबेकशिल पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिबिधि लगभग शुन्यमा पुगेको सो पार्टीले महाधिवेसन गरेर नयाँ रुप लिन लागेको हो । 
 

सन्दिप लामिछानेसमेत नेपाली क्रिकेट टोलीमा

काठमाडौं, २७ माघ । आगमी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन् । 

नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्र्ड कप लिग–२’ मा सहभागिता जनाउन लागेको हुन ।

नेपाल क्रिकेट संघले बुधवार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो । जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सुर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो । 
सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध (परिपत्रसहित)

काठमाडौं । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ ।

भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छिन । जसअनुसारा काकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ । 

‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट बिशेष कारणले अर्को ब्यबस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ ।

विवेकशिल साझाको महाधिवेसन आजवाट

काठमाडौं, २७ माघ । बिभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजवाट सुरू हुँदैछ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

 
उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ  । 

शुक्रबारवाट देखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिबारसम्म चल्नेछ।

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको सपथ आज

धनगढी, २७ माघ । सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ लिदैँछन । 

एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेश सभा बैठकमा बिश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बिहिवार नियुक्त भएका थिए ।

 
निबर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजिनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहिबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए । 

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदिय दलका नेता  शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन  । 

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनियताको सपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ । 

सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन । रेशम लाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफनो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ तर सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

स्ववियु निर्वाचन प्रक्रिया शुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै निर्देशिका जारी भएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सो निर्देशिका ६२ वटै आंगिक क्याम्पसमा पठाएको छ । निर्देशिका पुगेलगत्तै सबै क्याम्पसले निर्वाचनको प्रक्रिया शुरु गरेका छन् ।

क्याम्पस प्रमुखले विद्यार्थी संघ–संगठनसँग छलफल शुरु गरेको छ । समितिका सदस्य–सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले तीन दिनअघि निर्देशिका पारित भई कार्यान्वयनमा आएको जानकारी दिए ।

१३ बुँदे निर्देशिकामा निर्वाचनको विषयमा बन्द हड्तालाई गर्न नपाइने उल्लेख छ । ‘२२ विद्यार्थी संघ, संगठन, क्याम्पस प्रुमख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरी सो विषयमा सबै पक्ष सहमत भएको अधिकारीले बताए ।

उनले भने– ‘सबैको सहमतिमा सो विषय समावेश गरेका हौं । अब विद्यार्थी चुनावी प्रचार–प्रसार वा अन्य कुनै विषयमा विवाद भए क्याम्पस बन्द गर्न पाइने छैन ।’निर्देशिकामा निर्वाचन कार्यतालिका प्रकाशित भई निर्वाचन प्रक्रियाअघि बढेको दिनदेखि विश्वविद्यालयको प्राज्ञिक कार्यबाहेक निर्वाचनमा प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने भनिएको छ ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कर्णाली पछि बाग्मती सरकारले दियो ‘जनयुद्ध दिवस’मा सार्बजनिक बिदा

काठमाडौं, २७ माघ । कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।

 
बाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सुचनामा भनिएकाे छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

यसअघि कर्णाली प्रदेशले पनि गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुबै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठने छ । 

फेरि झिकाइयो राहदानीको विवादमा परेका लामिछानेका कागजपत्र

काठमाडौं । नागरिकता र राहदानीको विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ ।

अमेरिकी नागरिकता कायम रहेकै अवस्थामा लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकता प्रयोग गरी राहदानीसमेत लिएको उजुरी दर्ता भएपछि आवश्यक छानबिनका लागि कागजपत्र मगाइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्याधिवक्ता अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध जाहेरी परेको र जाहेरी सही वा गलत के हो भन्ने यकिन गर्न सम्बन्धित निकायबाट आवश्यक कागजपत्र झिकाइएको बताए ।

निष्क्रिय नागरिकता पेस गरी झुटा विवरणका आधारमा लामिछानेले राहदानी लिई दुरुपयोग गरेको भन्दै युवराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गर्न जाँदा दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलको कार्यालय गएका थिए ।

त्यसै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अध्यागमन विभाग तथा राहदानी विभागबाट कागजपत्र मागेको हो ।निष्क्रिय अवस्थाकै नागरिकता प्रयोग गरी लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी सभापति चयन भएको हो ।

सोही नागरिकता पेस गरी चितवन निर्वाचन क्षेत्र–३ बाट प्रतिनिधि सभा सदस्यसमेत निर्वाचित भएका लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए।लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले यही माघ १३ गते निष्क्रिय नागरिकताका आधारमा गरिएको उम्मेदवारी बदर हुने आदेश दिएको थियो ।

उक्त आदेशपछि लामिछानेको पार्टी सभापति पदसहित प्रतिनिधि सभा सदस्य तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो ।लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिइसकेका छन् ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

राष्ट्र बैंकले मौद्रिक अर्ध वार्षिक नीतिको समिक्षा गर्दै

काठमाडौ, २७ माघ । नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। 

राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ।

ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढेपनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।
 

राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । 

शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसुची तयार भएकाे जानकारी दिए।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने बिशेष सम्वोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संबिधानले एक ब्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । 

दुई कार्यकालको जिम्मेवारी सम्माहालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रिभोजको समेत आब्हान गरिसकेकी छिन । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीहरुलाई निम्तो गईसकेको छ । 

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनवाट औपचारिक रुपमा बिदा हुदैँ छिन ।  उनी नेपालको पहिलो महिला राष्ट्रपति पनि हुन् । 

आजको मौसम: ५ वटा प्रदेशका हिमाली भु–भागमा हिमपात हुने

काठमाडौं, २७ माघ । हाल देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बाग्गमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा तथा प्रदेश नं. १,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

सुदुरपश्चिमामा एमाले सरकार ढले पछि उन्मुक्तिकी रञ्जिताले भनिन्, ‘सबैले सधैं प्रयोग गर्ने साधन होइनौं’

काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन ।

सुदुरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निमार्ण गरेको नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तै सभापति श्रेष्ठले आफनो पार्टी बिचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन ।

‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनी सहभागिता रहनुपर्दछ, भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन, त्यसैले जनभावनाको कदर गरौँ, जनमतको कदर गरौ ।’

आफना पति रेशमलाल चौधरीको रिहाई नगरेको तथा कैलालीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरे पछि आक्रोशित हुदैँ आएको उन्मुक्ति पार्टीले सत्ता साझेदार एमालेवाट मुख्यमन्त्री भएका रावललाई विश्वासको मत नदिदाँ महिना दिनमा नै सुदुरपश्चिम सरकार ढल्न पुगेको छ । गत २७ पुसमा उन्मुक्तिको समर्थनमा रावल सुदुरपश्चिम सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए । 

‘अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ, मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं,’ उनले फेसबुकमा लामो स्टाटस लेख्दै प्रश्न गरेकी छिन, ‘राष्ट्र प्रति हिजो आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन ? झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं।’ 

उनका अनुसार न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिएकाे श्रेष्ठको भनाई छ ।

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह

धनगढी – एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिक ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमलशाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार साँझ ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाहले दावी पेश गरेका थिए । अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १० गते जन्मेका शाह हाल कैलालीको लम्की चुहा नगरपालिका–१ मा स्थायी रुपमा बसोवास गर्दै आएका छन् । 

उनले विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका थिए । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका थिए । शाहले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए । 

त्यसैगरी उनले २०५४ सालदेखि २०६८ सालसम्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभिग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । उनी २०५३ सालदेखि हालसम्म नेपाली कांग्रेसको नौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन् । 

शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदार रहे पनि पराजित भएका थिए । उनी २०६४ र २०६२/०६३ सालको जनआन्दोलनका क्रममा पटक पटक गरी ४ महिना जेल परेका थिए । हाल लम्कीचुहा–१ लम्कीमा बस्दै आएका उनी मंसिरमा ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’  बाट निर्वाचित भएका थिए । प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह मुख्यमन्त्री बनेका हुन् ।

सरल, शिष्ट, जिज्ञासु, सहयोगि  स्वभावका शाहले आफ्नो ठाउँका लागि थुप्रै सहयोग तथा विकासका काम गर्दै आएका छन् । उनले कोरोना संक्रमणकालमा कैलाली क्षेत्र नम्बर २ का सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्ंयम सेवीकाको नि:शुल्क कोरोना विमाका साथै सोल्टामा रहेको स्वास्थ्य चौकीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रर्दान गरेर सहयोग गरेका थिए ।

फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरणमा जरिवाना छुट

काठमाडौं, २६ माघ । फागुन भित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । 
यातायात व्यवस्था कार्यालयका अनुसार फगुन मसान्तसम्ममा सवारीधनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था आइतबार एक सूचनामार्फत जानकारी दिएको हो । 

आर्थिक बर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

साथै आफनो सवारीसाधनहरुको कर नविकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध  पनि गरेको छ । 

यसैगरी कार्यालयका अनुसार अविलम्व कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।


विजय लघुवित्तको सेयर कारोबार रोका

काठमाडौं, २६ माघ  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । विजय लघुवित्तले लाभांश सम्बन्धी बसेको सञ्चालक समितिको निर्णय समयमै नेप्सेलाई जानकारी नगराएपछि काराबाही गरेको हो ।

कम्पनीले लाभांश वितरण गर्ने निर्णय माघ १० गते गरेको थियो तर  नेप्सेलाई भने बुधबार (माघ २५ गते) बेलुकी ६ः३५ बजे मात्र जानकारी गराएको हो । मूल्यसँग सम्बधित् संवेदनशील सूचना तथा जानकारी प्रवाहमा विलम्ब गरेको भन्दै नेप्सेले यस लघुवित्तको सेयर कारोबार बिहीबारदेखि रोक्का गरेको हो ।

विजय लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण दिने निर्णय गरेको थियो । 
नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।



 

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहको शपथग्रहण शुक्रबार

कैलाली, २६ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथग्रहण भोलि  (शुक्रबार) हुने भएको छ । 

सुदुरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ भोली लिने गरी कार्यक्रम तय गरिएको छ।  

नेपाली कांग्रेसका संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र रावलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख देबराज जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।

लगत्तै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन  । 

मुख्यमन्त्रीमा नियुक्त भएका शाहको शुक्रबार शपथ ग्रहण हुन लागेकाे हाे । 

साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी

काठमाडौं, २६ माघ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३–० गोलले पराजित हुन पुग्यो ।

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथी इन्जुरी समयमा थप एक गोल गरे पछि बंगलादेश महिला साफ च्याम्पियनको बिजेता बन्न सफल भयो ।

 
भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश  फाइनलमा पुगेका थिए ।
 

स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन् । नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले आज आयोजित पार्टीको भर्चुअल बैठकमा ब्रिफिङ गर्दै उक्त कुरा बताएका हुन् ।

प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएको केन्द्रीय सदस्य समिता कार्कीले जानकारी दिइन् । 

उनले प्रधानमन्त्रीमा आफूलाई सबै दलले विश्वासको मत दिएर सबैको साझा प्रधानमन्त्रीको रूप दिएको भन्दै त्यो विश्वास नटुट्ने गरी सहमतीय राष्ट्रपति बनाउनुपर्ने बैठकमा बताएका छन् । दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताएका थिए । 

प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताएका छन् । उनले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गरेका थिए । 

सुदुरपश्चिममा एमाले सरकार ढले पछि कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त

धनगढी । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजिनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको कांग्रेस प्रदेश संसदिय दलका नेता कमल शाहले मुख्यमन्त्रीमा दावि पेश गरेका थिए । 

शाहले गरेको दावि पेश गरे पछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियक्त मुख्यमन्त्री शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् ।

पूर्वन्यायाधीश उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर

काठमाडौं – पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् ।

तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेकोमा विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला गरेको हो । 

राष्ट्रपति भण्डारीको बिशेष सम्बोधन प्रधानमन्त्रीले टेबुल गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्ने भएका छन् ।

शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधनलाई प्रधानमन्त्री प्रचण्डले टेबुल गर्ने भएका हुन् ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने बिशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने र त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने जानकारी दिए । उनका अनुसार संसद सचिवालयले राष्ट्रपतिले भोली गर्ने बिशेष सम्बोधनको तयारी पुरासमेत गरेको छ । 

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ। सोही ब्यवस्था अनुसार राष्ट्रपति भण्डारीले आफनो दुई कार्यकाल सकिनु अघि बिशेष सम्वोधन गर्न लागेकी हुन । 

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने बिशेष सम्वोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ । नेपालको संबिधानले एक ब्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ, जसका कारण पुनः निर्वाचिन भएर आउन भण्डारीलाई संविधानले रोकिदिएको छ, यो उनको अन्तिम कार्यकाल हो ।  

उता, निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । 

दुई कार्यकालको जिम्मेवारी सम्माहालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रिभोजको समेत आब्हान गरिसकेकी छिन । उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायधिस, मन्त्रीहरु, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरु, संबैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरु, कुटनीतिक नियोगका अधिकारीहरुलाई निम्तो गईसकेको छ । 

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रुपमा नाम दर्ज गरेर २५ फागुनवाट औपचारिक रुपमा बिदा हुदैँ छिन ।
 

भेरीगंगामा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

सुर्खेत – भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा दिदिको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चिप्लेबाट करीब १३ जनाको प्रहरी टोलि खटिएको छ । बेपत्ता भएको दुबै जनाको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिइन् ।

सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्का : कांग्रेसको नेतृत्वमा नयाँ सरकार

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् । 

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन रहेकोमा प्रदेश सभा बैठकमा रावलले विश्वासको मत प्रस्ताव महुमतले अस्वीकृत भएको हो ।
पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।  

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो । 

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह छन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ ।  संविधानको धारा १६८ (२)  अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ । 

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् भनिएको छ ।

रावलले विश्वासको मत पाउन नसकेमा उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता कमल शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् । 

माओवादी केन्द्रिय समितको भर्चुअल बैठक जारी

काठमाडौं – नेकपा माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक अहिले जारी छ ।

स्थायी कमिटी बैठकले २२ सदसीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक बसेको हो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो । 

सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बताइएको छ।