`

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालत पाटन ललितपुरले २०७९ मंसिर २३ गतेको आठ लाख जरिवाना र तीन दिन कैद सजाय तोकी फरार रहेका जिल्ला झापाको दमकका दिनेश खतिवडालाई पक्राउ गरेको हो ।

हाल काठमाडौंको भिमसेनगोला बस्ने ४३ वर्षीय खतिवडालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रिले विश्वासकाे मत पाएनन्

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाएनन् । 

बिहीबार बसेको प्रदेशसभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गरेका हुन् । 

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो ।  

तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । 
 


एमालेका चार नेतालाइ नयाँ जिम्मेवारी तोकियो

काठमाडौं, २६ माघ । नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त रहेका चार स्थानमा चार नेतालाई नयाँ जिम्मेवारी तोकेको हो ।

जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १  को इन्चार्ज चयन गरेको छ भने अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन भएकी छिन ।
यसगरी अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललाइ जिम्मेवारी तोकिएको प्रदिप ज्ञवालीले जानकारी दिए ।

राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान

काठमाडौं, २६ माघ । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो ।

संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले न्युज कारखानालाई जानकारी दिए । 

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल छ । 
 

लमजुङ अस्पतालमा निःशुल्क डाइलासिस सेवा

लमजुङ, २६ माघ । सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डाइललासिस सेवा सुरु गर्ने भएको छ । 

अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो ।

केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा निःशुल्क गर्नका लागि सामाजिक सुरक्षा महाशाखा काठमाडौँले पनि अनुमोदन गरिसकेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा. रमेश आचार्यले बताए ।

जिल्लाका नगरपालिका र गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले आ–आफ्नो पालिका भित्रका डाइलासिस गरिरहेका बिरामीहरूको नाम सामाजिक सुरक्षा महाशाखा काठमाडौँमा पठाउनु पर्ने र सबै बिरामीको नाम विपन्न नागरीक कोषमा दर्ता भई आएपछि निःशुल्क डाइलसिस सेवा सुचारु गर्ने तयारीमा रहेको अस्पताल प्रमुख डा. आचार्यको भनाई छ । अस्पतालमा यसअघि डाईलासिस सेवा लिँदा प्रतिपटक तीनहजार पाँचसय रुपैयाँ तिर्न बाध्य भएका थिए ।

डा. आचार्यका अनुसार जिल्ला अस्पतालमा हाल सात वटा डाइलासिस उपकरण छ । अस्पतालमा रहेको सात वटा डाइलसिस उपकरण मध्ये ६ वटा मेसिनबाट एकै साथ ६ जनालाई सेवा दिने गरिन सकिनेछ छ भने एउटा उपकरण चाहिँ अत्यावश्यक सेवाको लागि राखिएको अस्पतालले जनाएको छ ।

निःशुल्क सेवा सुरु भएसँगै जिल्लामा डाइलसिस सेवा लिइरहेका नागरिकहरूलाई सहज हुने भएको छ । विशेष गरी गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई नियमित डाईलासिस सेवा लिँदा रकम अभावको समस्याले थप पीडित बनाएको थियो ।

भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश

काठमाडौं, २६ माघ । आमहडताल देखी बिशाल आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शव्द हटाउने निर्णय भएको हो ।

गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय आन्दोलित भएको थियो । सिक्किम लगायत क्षेत्रमा आमहडताल देखी विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किम लगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा बिशाल प्रदर्शन मात्रै भएको थिएन, आमहडतालसम्म हुदाँ भारतका नेपाल भाषी शहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किदै जान थाले पछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘बिदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भईरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।

मार्सेले मेस्सी र नेयमारको प्रहार रोक्दा पिएसजी फ्रेन्च कपवाट बाहिरियो

काठमाडौं, २६ माघ ।  पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। 

अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो । पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्ततः १४ औं पटक फ्रेन्च कप उपाधी विजेता पिएसजी वाहिरिनु परेको हो । 

खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाए पनि तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याउन सफल भएका थिए।

तर मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै पुनः अग्रता दिलाए। त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका गोल रक्षकले पटक पटक विफल बनाइदिए । मेसी र नेइमार जस्ता खेलाडीकाे आक्रमणलाई पनि मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजीको फ्रेन्च कप उपाधीको यात्रा टुंगिन पुगेको थियो ।

फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ। 

भर्चुअल माध्यमवाट माओवादी केन्द्रिय समित बैठक हुदैँ

काठमाडौं स्थायी कमिटी बैठकले २२ सदस्सीय पदाधिकारीको टुंगो लगाएलगत्तै नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ ।

भर्चुअल माध्यमवाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रिय सदस्यहरुलाई जुम आइडी दिईएको छ । सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभागको बिभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बुझिएको छ।  
 

सशष्त्रका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं, २६ माघ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ  ।

बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना बरिष्ठ उपरिक्षकलाई डिआइजीमा बढुवा गर्नका लाािग सिफारिस गरेको हो ।  सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ । 

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा  सुरेशकुमा श्रेष्ठ , अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।  
 

नेपाली विमानमा पनि इन्टरनेट चलाउन पाइने, यस्ता छन प्राधिकरणका सर्त

काठमाडौं – नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् ।

निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो ।यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् ।

अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ ।अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ ।त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ ।

निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ ।

आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ ।

त्यस्तै सेवाप्रदायकको हकमा भने सञ्चार सुविधा उपलब्ध गराउन स्याटेलाइट सेवा प्रदायकसँग सम्झौता गरेको हुनुपर्नेछ ।सेवाप्रदायकले हवाईजहाजभित्र कुनै किसिमको उपकरण जडान गर्नुपर्ने अवस्थामा भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

अल आली माथी ४–१ जीत हासिल गर्दै रियल क्लब विश्वकपको फाइनलमा

मोरोक्को, ६ माघ । अन्ततः ४ गोलको जीतसहित रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।गएराति मोरोक्कोमा भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि ४–१ गोल अन्तरको सहज जित निकाल्दै रियल फाइनल सुनिश्चित गरेको हो ।

पहिलो हाफको ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत रियललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा थप तीन गोल गरे पछि क्लब विश्वकपमा फाइनल सुनिश्चित गरेको हो ।
खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे पनि ६५ औं मिनेटमा अल आलीमन मालोउलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २– १ मा रियललाई सिमित पारयो ।
 

खेलको ८७ औं मिनेटमा रियलले अग्रता बढाउने मौका गुमायो । लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियलले खेलमा ३–१ को अग्रता लिने मौका गुमाउनु परेको थियो । उनको पेनाल्टी किकलाई अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले उत्कृष्ट तरिकाले बचाईदिए ।

तर खेलको इन्जुरी समयमा रोद्रिगोले गोल गर्दै रियलले अग्रता ३–१ मा पुर्‍यायो। लगत्तै सर्जियो आरिबासको गोल गर्दै रियललाई ४–१ को फाइनलको यात्रा तय गरिदिए । अब रियलले फाइनलमा साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। 

हरियो तरकारी र फलफूलको आजको मुल्य

काठमाडौ, २६ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारीकाे मुलय ताेकेकाे छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २७ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।

बिहिबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ  १२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, रायो सागको ४० रुपैया, चमसुर, जिरा, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँ ताेकिएकाे छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याँज ३८ रुपैयाँ, हरियो प्याँज ७० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा पाइन्छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य  १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो। 

युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रूपैयाँ ६ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो । 

यस्तै, बिहिबार बेलायती पाउण्डको खरिददर १५९ रूपैयाँ २५ पैसा र बिक्रीदर १५९ रूपैयाँ ९८ पैसा तोकिएको छ। यस अघि बुधबार यसको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रूपैयाँ २५ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

बिहिबारका लागि क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८८ पैसा तोकिएको छ।

यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ २ पैसा छ।मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६४ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ७८ पैसा छ।

यस्तै, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९७ पैसा र बिक्रीदर भने ४३२ रूपैयाँ ९३ पैसा छ।सैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९८ पैसा तोकिएको छ ।

साफ महिला यु–२० को फाइनलमा नेपाल र बंगलादेश भिडदै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन् ।बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।

 भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने  भारतले तीन खेलमा सात अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।भारतलाई हराएर आएको  नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश बिचको खेल रोमाञ्चक हुने खेलप्रेमीहरुले जनाएका छन ।

भारतमा कर्जाको ब्याजदर बढ्ने

काठमाडौं । भारतमा कर्जाको ब्याजदर बढ्ने भएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई० ले बुधवार रिपोदर वृद्धि गरेपछि बैंकहरूमा कर्जाका ब्याजदर महँगो हुने भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । आरबीआईले बुधवार मौद्रिक नीतिको समीक्षा गर्दै रिपोदर शून्य दशमलव २५ बिन्दुले बढाएको हो । यो १० महीनायता केन्द्रीय बैंकले गरेको रिपोदरको छैटौं वृद्धि हो ।

बैंकको मौद्रिक नीति समितिको सोमवारदेखि बुधवारसम्म चलेको बैठकले आर्थिक वर्ष २०२२/२३ को अन्तिम नीतिगत समीक्षामा रिपोदर बढाएको हो । समितिका ६ सदस्यमध्ये ४ जनाले रिपोदर बढाउने पक्षमा भोटिङ गरेका थिए ।

पछिल्लो वृद्धिसँगै रिपोदर ६ दशमलव ५ प्रतिशत पुगेको छ । आरबीआईले यसअघि अघिल्लो महीना शून्य दशमलव ३५ प्रतिशतले रिपोदर बढाएको थियो । २०२२ को मेमा रिपोदर ४ प्रतिशत थियो । गएको १० महीनामा रिपोदर साढे २ प्रतिशतले बढेर साढे ६ प्रतिशत भएको छ । पछिल्लो ३ ओटा बैठकमा रिपोदर क्रमशस् ३०, ५० र ३५ प्रतिशतले बढेको छ ।

रिजर्भ बैंकले महँगी र बजारमा नगद प्रवाह कम गर्न रिपोदर बढाएको बताएको छ । रिपोदर भनेको रिजर्भ बैंकले अन्य वाणिज्य बैंकलाई ऋण दिने दर हो । त्यसले रिपोदर बढेसँगै सबै बैंकमा कर्जाको ब्याजदर बढ्छ । यसैगरी आरबीआईले मार्जिनल स्ट्यान्डिङ फेसिलिटी (एमएसएफ) पनि ६ दशमलव ५ प्रतिशतबाट बढाएर ६ दशमलव ७५ प्रतिशत पुर्‍याएको छ ।

यस्तै केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२/२३ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० ७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टीको अघोषित पार्टी कार्यालय

काठमाडाैँ । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अघोषित कार्यालय बनेको छ। टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम चौधरीले कारागारलाई नै पार्टीको अघोषित कार्यालय बनाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ। कारागारबाटै भइरहेका नाउपाका राजनीतिक गतिविधिप्रति गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग र जेल प्रशासन मौन छन्।

डिल्लीबजार कारागारमा चौधरीलाई भेट्न कुनै रोकतोक नभए पनि अन्य कैदी र थुनुवाका हकमा भने कारागार नियमावली आकर्षित हुने गरेको छ। ‘रेशम चौधरीलाई भेटघाट गर्न आउनेलाई नरोक्नू भन्ने माथिकै आदेश छ,’ डिल्लीबजार कारागार प्रशासनका एक कर्मचारीले भने। दुई तहको अदालतबाट सजाय तोकिएयता चौधरी डिल्लीबजार कारागारमा कैदीका रूपमा छन्। हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले उनलाई पनि अन्य कैदीसरह नै नियम लागु हुनुपर्ने भए पनि गृह मन्त्रालयले नै कारागार व्यवस्थापनलाई खुकुलो पारी भेटघाटलाई सहज बनाइदिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको सजाय फैसला गरेको थियो।

कारागार नियमावली–२०७२ मा कैदी वा थुनुवा भेटघाट गर्ने समय साताको दुई पटक तोकिएको छ। परिवारका सदस्यले चाहिँ कार्यालय समयमा भेटघाट गर्न पाउँछन्। ‘कैदीबन्दीले कार्यालय समयमा जेलरको रेखदेखमा सातामा दुई पटक आफ्ना नातेदार, आफन्त तथा मित्रहरूसँग भेटघाट गर्न पाउनेछन्। भेटघाट गर्दा कैदी वा थुनुवा कारागारको ढोकाभित्र र भेटघाट गर्न आउने व्यक्ति ढोकाबाहिर रही कुरा गर्न पाउनेछन्,’ नियमावलीको दफा २६ (क) मा उल्लेख छ। सोही दफाको (घ) अनुसार जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीको रोहवरमा कैदीबन्दीले आफ्नो परिवारसँग टेलिफोन वा अन्य सञ्चार सम्पर्क गर्न पाउँछन्।

कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव चक्रपाणि पाण्डेले भेटघाट गर्न नदिने भन्ने कुरा नहुने बताए । उनले चौधरीलाई अरू कैदीसरह नै भेटको अवसर दिइएको दाबी गरे। नेताहरूले दलगत र सत्ता स्वार्थका लागि चौधरीलाई महत्व दिएकाले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभाग मौन बस्नुपर्ने अवस्था आएको मन्त्रालयका एक सहसचिवले बताए।

पछिल्ला ६ महिनाको सिथति हेर्ने हो भने चौधरीलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरदसिंह भण्डारीसम्मले भेटिसकेका छन्। २०७९ माघ १७ गते जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, मंसिर १६ गते शरदसिंह भण्डारी, मंसिर ९ गते पुष्पकमल दाहाल, मंसिर ७ गते माधवकुमार नेपाल, मंसिर ६ गते बाबुराम भट्टराई, असोज १४ गते नेपाल, असार ४ मा भट्टराई र सिके राउत, २०७७ चैत १३ मा महेश बस्नेत र चैत ११ मा राजेन्द्र महतोले घोषित रूपमै कारागारमा गएर चौधरीसँग भेटघाट गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

आजवाट सिंहदरबारमा २४ घन्टा नै मेलम्चीको पानी

काठमाडौं, २६ माघ-सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण सफल रुपमा सम्पन्न भए पछि आज देखी २४ घन्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशाशनिक क्षेत्र सिंहदरवारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीकाे पानी उपलब्ध हुनेछन ।


काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ । उनका अनुसार त्यसका लागि पाइप बिच्छयाउने, वितरण गर्ने, पानी बितरणको परिक्षण लगायत आवश्यक सबै तयारी पूरा भईसकेको छ ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालि सकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घन्टा नै पानी वितरण हुनेछ । 

सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरु जडान गरिसकिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरु निमार्ण गरेको छ ।  जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हाे ।

यसअघि बोरिङवाट सिंहदरबारमा पानी बितरण गरिदै आएको थियो । मेलम्चिवाट पानी वितरण हुने भए पछि सिंहदरवारको भुमिगत पानीको संरचनास्थल क्रमशः पुरानै स्थीतिमा फर्कने वातवरण विद्धहरुले जनाएका छन ।


रास्वपाको वैधानिकतामाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले प्रयोग गर्दै आएको पुरानो नागरिकता अमान्य हुने फैसला गरेपछि सोही प्रमाणपत्र प्रयोगबाट भएका सबै कामको वैधानिकतामाथि चौतर्फी रूपमा प्रश्न उठ्न थालेको हो ।

सोही प्रमाणपत्र प्रयोग गरेर लामिछानेले नेपाली राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), कम्पनी दर्ता, स्थायी लेखा नम्बर (पान नम्बर ) लगायत प्रमाणपत्र बनाएका छन् । यी सबैको अधिकारितामाथि अनेकन् प्रश्न उठिरहेका छन् । यीबाहेक लामिछानेले सोही नागरिकता प्रयोग गरेर उपभोग गरेको राजनीतिक अधिकार माथि गम्भीर प्रश्नचिह्न उठेको छ । त्यही नागरिकता प्रयोग गरेर उनले मतदाता नामावलीमा नाम समावेश गरेका छन्, राजनीतिक दल खोलेका छन्, उम्मेदवार बनेका छन् र निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्रीसमेत बन्न भ्याएका छन् ।

यो यात्रा तय गरिसकेपछि आएको सर्वोच्चको फैसलाले उम्मेदवार बन्न चाहिने योग्यता नपुगेकाले सांसद पद खारेज गरेको थियो ।वैधानिक नागरिक नै नभएपछि उपप्रधान तथा गृहमन्त्री र स्वपाको सभापति पदबाट उनी बाहिरिएका थिए । लामिछानेले प्रयोग गरेका केही राजनीतिक अधिकार अवैध ठहरिँदा उनले खोलेको राजनीतिक दलको वैधानिकता भने हालसम्म अनिर्णीत छ ।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले नेपालको नागरिक नै नभएको व्यक्तिलाई ुराजनीतिक अधिकारु दिएको छैन। दल खोल्ने विषय पनि राजनीतिक अधिकारभित्रै पर्छ । यस्तोमा राजनीतिक अधिकार नभएको व्यक्तिको अध्यक्षतामा खोलिएको दलमाथि नै प्रश्न उठिरहेको छ। यस्तै प्रश्न उठाउँदै बुधबारसम्म निर्वाचन आयोगमा तीनवटा उजुरी परेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

एकसातासम्म बुटवल आसपासमा लोडसेडिङ हुने

बुटवल, २६ माघ -बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सुचना अनुसार बिहिवार देखी एक सातासम्म बत्ती जाने जानकारी दिएको हो ।

महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।

सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ ।

उडिरहेको जहाजमा पनि इन्टरनेट चलाउन पाइने

काठमाडौँ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् ।

निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो ।यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् ।अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ ।

अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ ।

त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ ।निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ ।

आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ ।

त्यस्तै सेवाप्रदायकको हकमा भने सञ्चार सुविधा उपलब्ध गराउन स्याटेलाइट सेवा प्रदायकसँग सम्झौता गरेको हुनुपर्नेछ ।सेवाप्रदायकले हवाईजहाजभित्र कुनै किसिमको उपकरण जडान गर्नुपर्ने अवस्थामा भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ ।

बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए । 

दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारवाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । 

बैठकमा मुख्यत: प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ । 

प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थीति रहनेछ ।  

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

धनगढी, २६ माघ , अन्तिम समयमा आएर हिजो स्थगित हुन पुगेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिदैँछन ।

सुदुरपश्चिम संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र पुन: १ बजे बोलाईएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।

 गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदुरपचिक प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ  गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुदैँ आएको छ । बन्दीहरुको रिहाई, झुटा मुद्धा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ ।
नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन।

नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ ।

आजको मौसम: प्रदेश १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा हिमपात हुने

। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भु– भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो भने  प्रदेश नं १,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उता, राती भने  प्रदेश नं १,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं.१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेहुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

फेक आइडी खोलेर ठगी गरेकाे आराेपमा एक युवती पक्राउ

काठमाडौं । आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका-४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जरमार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर विद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।

प्रभु, कुमारी, ग्लोबल र प्राइम बैंकलाई ५०–५० लाख जरिवाना

काठमाडौं – नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ ।

जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकहरु रहेका छन ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको लगायतको बिषयमा नगदसहित कारबाही गरिएको हो ।

जसअनुसार राष्ट्र बैंकले प्रभु बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै ५० लाख जरिवाना गरेको छ । 

यस्तै प्रभु बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै सचेतसमेत गराएको छ ।

उता, कुमारी बैंकले पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै केन्द्रीय बैंकले ५० लाख जरिवाना गरेको छ । 

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै राष्ट्र बैंकले तत्कालीन बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई बैंक) र प्राइम बैंकलाई पनि ५० लाख जरिवाना गराएको छ ।

केन्द्रीय बैंकले माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैकको सीईओलाई सचेत गराएको छ ।

वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा ९७० को उलंघन हुनेगरी तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार बैंकलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं १९र०७८ ९सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था, बुँदा नं. २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र. सं. २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ ९संशोधन सहित० को दफा ७ ( फ) उपदफा १ (क) बमोजिम यस्तै नबिल बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

लालबहादुर द स्पार्कमा पानीको कथा

काठमाडौं, २५ माघ । जी मिडिया कनेक्सनको ब्यानरमा निर्मित नेपाली सिरिज ‘लालबहादुर द स्पार्क’ को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजको ट्रेलरमा सरोज खनाल, सुनिल थापा, खड्गबहादुर पुन (खबपु)को अभिनय रहेको छ ।

२०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले बताए । प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको सिरिजमा सरिता राजोपाध्य, लक्ष्मीनाथ सुवेदी, गीता थापा, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखियालगायत कलाकारको पनि अभिनय रहेको छ ।

नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह–निर्देशन, प्रनुप थापाको संवाद, इसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङ्गार, विवेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको संगीत रहेको छ । फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेक्कसनको युट्युव च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ ।

नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु

मुम्बई, २५ माघ । ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन ।

मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो । सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको उमेर २७ र नानाको उमेर ४५ को थियो । दुवैको उमेरको अन्तरसँगै नाना विवाहित पनि थिए । उनको एक सन्तान थियो । मनिषा र नानाको सम्बन्ध टुट्नुमा नाना नै कारण थिए, किनकी उनी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहँदैन थिए ।

मनिषासँग सम्बन्ध टुटेको वर्षौंसम्म पनि नानाले आफ्नो प्रेमलाई बिर्सन सकेनन् । उनले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा मनिषालाई अझै पनि सम्झने गरेको खुलाएका थिए । उनले मनिषालाई कस्तुरी हिरनसँग तुलना गरेका थिए ।

‘जब म उसलाई देख्छु तब म आफ्नो आँशु मुस्किलले रोक्छु । ब्रेकअपपछिको समय निकै मुस्किलपूर्ण हुन्छ’, नानाले भनेका छन् ।

धनगढीका दुई मेडिकल सिल

धनगढी, २५ माघ औषधी व्यवस्था विभाग नेपालगञ्जको नेतृत्वमा गरिएको औषधी पसलको अनुगमनका क्रममा धनगढीका दुई वटा मेडिकलमा सिल गरिएको छ । 
बुधबार धनगढी बजारका दुई वटा मेडिकल दर्ता नभएका, सिफासिमा नपरेका औषधी वेच्ने गरेको लगायतका कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल सिल गरेको हो ।

ओषधी व्यवस्था विभाग नेपालगञ्जका फारमेसि अधिकृत निरिक्षक दिपेन्द्र कुमार शाहका अनुसार धनगढी उप महानगरपालिका–७ स्थित जेपि क्लिनिक र सो वडाको एस.आर पाराक्लिनिकलाई सिल गरिएको हो । शाहका अनुसार जेपि क्लिनिक दर्ता नै नगरेको पाइएको र एस.आर पाराक्लिनिले दर्ता नगरिएको र रिफारिष नगरिएका औषधी वेच्ने गरेको भेटिएकाले सिल गरिएको हो ।

औषधी व्यवस्था विभागका प्रतिनिधि शाह सहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत रविन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी र स्थानीयको रोहबरमा क्लिनिकहरु सिल गरिएका हुन् ।

यसैगरी अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेसिडकलमा म्याद नाघेका औषधी र वेच्न सिफारिस नभएका औषधीको विक्रि वितरण गर्ने गरेको भेटिएकाले ती मेडिकलमाथी पनि कारवाहीको प्रक्रिया अधि बढाएको छ । 

फारमेसि अधिकृत निरिक्षक शाहले अनुगमन गर्दा कम्जोरी भेटिएका दुई वटा मेडिकल सञ्चालकलाई बयान दिनका लागि नेपालगञ्ज कार्यालय बोलाइएको बताए । उनका अनुसार बयानका लागि बोलायइएका मेडिकल सञ्चालकले दिएको बयानका आधारमा बाँकी प्रक्रिया अघि बढाइने छ ।

सिल गरिएका क्लिनिकका हकमा भने आवश्यक जरिवाना तिरेर कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै सञ्चालनको अनुमति दिइने निरिक्षक शाहले बताए । ‘दुई वटा मेडिकललाई वयान दिएर आफ्नो मेडिकलको बारेमा जानकारी दिने मौका दिएका छौं,’ शाहले भने, ‘उनिहरुको बयानका आधारमा के गर्ने भन्ने निर्णय होला तर सिल गरिएका मेडिकलको हकमा भने कानून अनुसार कारवाही अघि बढ्ने छ ।’
 

सुदूरपश्चिमका मन्त्रालय एक महिना सम्म मन्त्री बिहीन

धनगढी – सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद विस्तार नहुँदा एक महिना देखि विषयगत मन्त्रालय मन्त्री बिहीन बनेका छन् । मन्त्री नहुँदा नीति तथा योजना कार्यान्वयन र नीतिगत निर्णय गर्न समस्या हुन थालेको छ ।

मन्त्रालयका नियमित काम त भइरहेका छन्,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलराज ढकालले भने, ‘तर केही नीतिगत काममा असहजता भइरहेको छ ।’

विषयत मन्त्री नियुक्त नभएसम्म सवै मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले लगेका छन् । तर मुख्यमन्त्री आफै विश्वासको मतका लागि दौडधुपमा हुँदा मन्त्रालयलाई ध्यान दिन सकेका छैनन् । जस्का कारण सुदूरपश्चिम प्रदेशका ६ वटै मन्त्रालयमा कामले तिब्रता पाउन नसकेको कर्मचारी बताउँछन् ।

‘पुस, माघमा मन्त्रालयका योजना तिब्र रुपमा कार्यान्वयन हुनुपर्ने हो,’ भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कर्मचारीले भने, ‘तर यस बर्ष अहिले सम्म कामको प्रगति न्यून मात्रै छ, मन्त्री भएको भए नीतिगत समस्या समाधान संगै योजना कार्यान्वयनका लागि पनि अलि दवाव आउँथ्यो होला, मन्त्री नहुँदा निर्णय गर्ने अधिकार पनि छैन, काम पनि सुस्त छ ।’

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदनसिंह धामीले भने नीति पहिले नै बनिसकेका हुँदा अहिले मन्त्रीको अभाव महशुस नभएको बताए । ‘केही परेमा मुख्यमन्त्री ज्यूले मन्त्रालयको समस्या समाधान गर्नुहुन्छ,’ सचिव धामीले भने, ‘अन्य काम जिल्ला तहमा गइसकेका छन्, कार्यान्वयन भइरहेका छन् ।’

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक, दुई वटा विधेयक निर्माण गरेको भएपनि ती विधेयक सदनमा लैजान भने मन्त्रीनै कुर्नुपर्ने सचिव धामीले बताए । 

सामाजिक विकास मन्त्रालयमा मन्त्री संगै सचिवको स्थान पनि रिक्त रहेको छ । मन्त्रालयका सचिव दिपक लामिछाने सरुवा भएर गएपछि मन्त्रालयलाई खर्च गर्ने अधिकार समेत छैन । 

मन्त्रालयमा सचिव पनि छैनन, मन्त्री नभएको एक महिना भइसक्यो,’ सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले भने, जसका कारण कुनै काम गर्न पाइएको छैन ।’ मन्त्री भन्दा पनि सचिवको सरुवाका कारण झनै समस्या भएको उनले बताए । मन्त्री नहुँदा पनि समस्या त भइरहेको थियो,’ उनले भने तर मन्त्रालयका नियमित काम सचिव हुँदा पनि गर्न सकिन्थ्यो, अहिले नियमित काम पनि गर्न नसकिने अवस्था आएको छ ।’ मन्त्रालयमा सचिव आउने कुनै टुङ्गो समेत नलागेको प्रबक्ता कार्कीले बताए ।

नागरिक भन्छन्, ‘सिफारिषका लागि पनि मन्त्री छैन भन्छन्’

सुदूरपश्चिम प्रदेशका विषयगत मन्त्रालयमा मन्त्री नहुदा आम नागरिकले भने समस्या खेप्नु परेको गुनासो गरेका छन् ।

‘सामान्य सिफारिषका लागि पनि मन्त्री छैनन् अहिले निर्णय हुन सक्दैन भन्दै कर्मचारीले फर्काउने गरेका छन्,’ धनगढी–५ का रमेश साउँदले भने, ‘योजना पाउनका लागि पनि मन्त्रीनै चाहिन्छ भनेर कर्मचारी पञ्छिने गरेका छन् ।’

धनगढी–१ का रमेश विकले योजनाका लागि मन्त्रालय जाँदा मन्त्रीनै छैनन्, अहिले कुनै योजना बाँडफाड हुनैनन् भन्ने गरेको बताए । ‘कृषि यन्त्रका लागि कृषि सामग्री मागका लागि भुमि व्यवस्था, कृषि तथा शहकारी मन्त्रालयमा गएको थिए,’ उनले भने, ‘अहिले मन्त्री नहुदा केही काम भएको छैन भनेर फर्काए ।’ उनीहरु जस्तै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट पनि मन्त्रालयमा कामका लागि धाउने गरेका भएपनि मन्त्री नहुदा समस्या भएको गुनासो गरिरहेका छन । बाजुरा खप्तड छेडेदह गाउँपालिकाका रमेश रोकायाले भने–‘सामाजिक विकास मन्त्रालयमा एउटा कामका लागि दुई पटक आईसके मन्त्री नहुँदा खाली खचर्् मात्र भईरहेको छ, काम भएको छैन ।’
 

छोटी भन्सार सञ्चालनको माग गर्दै सिमरौनागढ़का व्यवसायीहरु आन्दोलित

बारा, २५ माघ । बाराको सिम्रौनगढ नगरपालिकाबाट हटाइएको छोटी भन्सार कार्यालय पुनर्स्थापनको माग गर्दै सिमरौनागढ़का व्यवसायीहरु आन्दोलित बनेका छन । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । सिमरौनगढ़ छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । 

समरौनगढका व्यवसायीहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय बारा र नेपालको सबै भन्दा ठूलो भन्सार कार्यालय बिरगंजमा ज्ञापन पत्र बुझाए पनि अहिले सम्म छोटी भन्सार कार्यालय संचालनमा आउन नसकेको उधोग वाणिज्य संघ शाखा कार्यालय सिमरौनगढको सिम्रौनगढ उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले जानकारी दिए ।  

उनीहरुले यसै नगरपालिकाबाट मुख्य मन्त्री सरोज यादव समेत पाएको र यसै मौकामा यस भन्सार कार्यलय छिटै मुल भन्सार कार्यको रुपमा स्थापित होस् भन्ने चाहन्छन, यदि सो नभएमा पुनः बजार समेत बन्द गर्ने चेतावनी दिएका छन् ।
 
नेपाल–भारत देशका उच्च अधिकारीहरु बिच सल्लाह र निर्णय अनुसार यदि करको बिलिङ भारत तिरबाट सुचारु भयो भने नेपालमा सामानहरु आयात हुँदा नेपाललाई पनि कर बापत करोडौँ रकम दाकिला हुने बताउँछन छोटी भन्सारका कर्मचारी नविन कुमार जयसवाल । 

जिल्लाका २ वटा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय मौन छ । भारतसँग खुला सिमाना जोडिएका सिमरौनागढ़ र मटिअर्वाका छोटी भन्सार कार्यालय अहिले बन्द छ, जसमा म‌ंगलबारदेखि मात्रै सिमौनगढमा रहेको छोटी भन्सारमा दुई जना कर्मचारी पठाएको र कार्यालयको सरसफाई समेत भइरहेको छ । आगामी दिनमा यस भन्सार कार्यलय पुनः रुपमा सन्चालन आए दुवै देशका नागरिकलाई फाइदा हुने देखिन्छ ।

चितवनमा कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी, प्रवेश नि:शुल्क

चितवन, २५ माघ । चितवनमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । यही माघ २७ देखि २९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी गर्न लागेको हो ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका एक सय ५० भन्दा बढी स्टलहरु रहने आयोजकले बताएका छन् । प्रर्दशनीमा कृषिका कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा आयोजकले विश्वास लिएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना-साना औजार, मेसिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकको विश्वास छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी संगै नेपाल फुड एन्ड बेभेरेज एक्स्पो पनि आयोजना हुन गइरहेको छ । फुड एण्ड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देशभरीबाट आउनु हुने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । यस प्रर्दशनीलाई सफल बनाउनका लागि प्रबर्द्धकका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको रुपमा मुक्तिनाथ कृषि कम्पनी तथा सह प्रायोजकका रुपमा ल्याण्डफोर्स र जगतजित रहने छन् ।

प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु रहेका छन् । 

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने : गगन थापा

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न नहुने जिकीर गरेका छन् । 

लोकतन्त्र संवाद केन्द्र काठमाडौंले बुधबार आयोजना गरेको ‘ आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति भए संविधानले नदिएको शक्तिको अभ्यास हुने दाबी गरेका हुन् । 

विगतमा भएका प्रतिनिधिसभा विघटन हुँदा र अड्किएका विधेयक र अध्यादेशलाई नियल्दा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएमा ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने उनको टिप्पणी छ ।

राष्ट्रपतिलाई एमालेले आफ्नो कार्यकर्ता बनाएको आरोपसमेत लगाएका महामन्त्री थापाले अब पनि एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने जिकीर गरे । 
 

महुरे–राजापानी सडकः ढिलासुस्ती गर्ने ठेकेदारलाई १३ लाख ९९ हजार जरिवाना

खोटाङ, २५ माघगाईघा-ट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई जरिवाना गरिएको छ । महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीलाई निर्धारित समयमा निर्धारित काम गर्न नसकेकामा जरिवाना गरिएको हो ।

 पछिल्लोपल्ट भ्याटसहित ३२ लाख पाँच हजार ५०२ रुपैयाँको बिल पेश गरेको निर्माण कम्पनीलाई १३ लाख ९९ हजार ७१९ रुपैयाँ जरिवाना स्वरुप कटाएर भुक्तानी दिइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका सुचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले बताए ।  

 गत मंसिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको ६.५ किलोमिटर पिच गर्न नसकेपछि पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना गर्न थालिएको हो । भारत कन्ट्रक्सन/सिद्धी शाहीले १४ दिनको जरिवाना तिरेको हो । निर्माण कम्पनीलाई पुसदेखि दैनिक एक लाखको हाराहारीमा जरिवाना लगाउन सुरु गरिएको इन्जिनियर राईले बताए । 

 भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । 

बिनाशकारी भुकम्पः किम जोङद्धारा साउदी समकक्षीलाई समवेदना सन्देश

प्योङयाङ, २५ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन् ।

सोमवार गएको ७.८ रेक्टर स्केलवाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन ।

म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ,ू किमले सिरियाका राष्ट्रपति बसर अलअसदलाई समवेदना प्रकट गर्दै भनेका छन ।

बाक्लो हिउँ र बर्षाले टर्की भुकम्पको उद्धारमा कठिनाई

इस्तानबुल, २५ माघ । भग्नावशेषवाट जीवितै उद्धार गर्ने प्रयासमा यहाँ परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको छ ।
सोमवार गएको ७.८ रेक्टर स्केलको भुकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्ने प्रयासलाई परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको हो ।

यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका छन । 

टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको गृहमन्त्री सोयलुको भनाई छ । यद्धपी उद्धार र खोज कार्यलाई भने निरन्तर दिईरहेको छ । टर्की भुकम्पमा सहयोग गर्न आएका बिदेशी उद्धारकर्तासँग पनि समन्वय गरी खोजी कार्य जारी राखेको जनाएको छ ।

टर्की सरकारले परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । उनीहरुलाई खाली चौरमा बसेर नजिक रहेका फेला परेका कपडाहरुले हिउँ र बर्षाको सामना गर्न अनुरोध गरेको छ । 

सिरिया र टर्की आएको भुकम्पमा ज्यान गुमाउनेहरुको संख्या ७ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । विश्व स्वास्थ्य संगठनले यो संख्या झन्डै २० हजार हुने अनुमान गरेर खोजी र उद्धार कार्यमा जोड दिएको छ । सम्भावित महामारीका लागि विश्व स्वास्थ्य संगठनले टर्कीस र सिरियाको सरकारसँग समन्वय गरेर औषधिजन्य तथा अन्य उपायहरुमा काम गरिरहेको जनाएको छ । यो शताब्दी कै सबैभन्दा धनजन क्षति गराएको उक्त भुकम्पका कारण सिरिया र टर्कीका लाखौं मानिस घरबार बिहिन भएका छन । 


युभेन्ट्सकाे इटालियन सिरी ‘ए’ मा सहज जित

डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ ।

स्टुडियो एरेची सालेरनोमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा डुसान भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए ।

फावियो मिरेटीलाई पेनाल्टी बक्समा हान्स निकोलुसी काभिग्लियाले फउल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गर्ने मौका दिएका थिए, जसमा युभेन्टसका डुसान
गोल गर्न चुकेनन् ।
उता, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भए । उनले डुसानको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए । डुसानले ४७ औं मिनेटमा निकोलो फाजिओलीको पासममा गोल गर्न सफल भए । 

यस जितसँगै युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ भने पराजित सालेरनिटाना २१ खेलबाट २१ अंक जोडेर १६औं स्थानमा छ ।

मेक्सिकोले टर्कीको भुकम्प भग्नावशेष खोजतलास गर्न कुकुरहरु पठायो

मेक्सिको, २५ माघ । मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ । 

मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र  तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन । 

‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भुकम्प भग्नावशेृषमा खोजका लागि पुग्नेछन,’ बिदेश सचिव एब्राडले भने ।

सो उडानमा मेक्सिकन सेनाका खोज र उद्धार विशेषज्ञहरूसहित तालिम प्राप्त कुकुरहरु पनि रहेका छन । उनीहरुले टर्कीको भग्नावशेषको खोजतलास गर्नुको साथै भग्नावशेष भित्र जीवित रहेका आंशकामा खोजी कार्य र उद्धारमा संलग्न हुनेछन ।  

सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समुहको दावी पेश

काठमाडौँ —२५ माघ । सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् । 

विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस संयुक्त आयोजनाको दाबीमा बोलिभिया पनि सम्मिलित हुने बताएका छन् । 

फिफासँग दावी गरिए अनुसार प्रतियोगिताको उद्घाटन खेल अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ भने फाइनल उरुग्वेको मोन्टेभिडिओमा हुनेछ ।

उता सन् २०३० को विश्वकपका लागि यसअघि नै स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छन भने यस्तै साउदी अरेबिया, इजिप्ट र ग्रिसले पनि संयुक्त दाबी गर्ने प्रक्रियामा छन् । 

फिफाले अव दावी गरिएका युरोपियन राष्ट्र, अरबी राष्ट्र वा दक्षिण अमेरिकी राष्ट्रलाई विश्वकप सञ्चालन गर्न दिन्छ कि दक्षिण अमेरिकी राष्ट्रलाई त्यो भने हेर्न अझ बाँकी रहेको छ । 

फिफाले सन् २०३० को विश्वकप आयोजना गर्ने स्थानको निर्णय सन २०२४ मा गरिसक्नेछ ।
 

टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे

टर्कीमा साेमवार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन । 

मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयाको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ ।

अस्तु सम्पकबिहीन भएपछि भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको िथयाे । सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो । 

साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी राखेका थिए । टेस्पोरका ३१ वर्षका अत्सुले गत आइतबार मात्र सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए ।

राजर्षि जनक फुटबल आजवाट सुरु हुने, पहिलो खेलमा जावलाखेल र एपिएफ भिडदै

सर्लाही । मधेस प्रदेशको चर्चित राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण उदघाटन खेल बुधबार सुरु हुँदै छ ।

उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्ने उक्त पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आपसमा भिडने छन् ।

वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने उक्त खेल १२ दिनसम्म चल्नेछ ।

प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी गराए । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ ।