`

साफ महिला यु–२० को च्याम्पियनसिपमा नेपाल र बंगलादेश बिच भिडन्त हुने

काठमाडौं, २५ माघ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन् ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।

यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरियो ।

भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको छ, भारतले तीन खेलमा सात अंक जोडेको थियो ।

सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत – सुर्खेतमा ब्राउन सुगरसहित चारजना प्रकाउ परेका छन् ।प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका-४ बस्ने १९ वर्षीय अविषेक बस्नेत, २० वर्षीय रोहन धौलाकोटी र २६ वर्षीय दिपेश थापा मगरलाई कर्णाली प्रदेश प्रहरी ब्यूरो, लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले प्रकाउ गरेको हो ।

कोठा नजिकै जमिनमुनिमा गाडिएको अवस्थामा १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर सहित २१ हजार ९ सय ४० रुपैयाँ बरामद गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

इस्तानबुल , २५ माघ । टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ । 

तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो ।

टर्की र सिरियामा सोमबार गएको ७=८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान गुमाइसकेका छन ।

‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भुकम्पमा परि ज्यान गुमाएका छन,’ क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।

अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।बुधबार अमेरिकी डलरमा सामान्य परिवर्तन आएको छ । आज अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य  १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो। 

युरोपियन युरो आज एक रुपैयाँ ६८ पैसाले उकालो लागेर यसको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा काराेबार भएकाे थियाे । 

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५२ पैसाले उकालो लागेर यसको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

बुधबार क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८२ पैसा तोकिएको छ।

यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ११ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

यस्तै, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ २० पैसा र बिक्रीदर ३५१ रूपैयाँ ७९ पैसा तोकिएको छ ।

हरियो तरकारी र फलफूलको मुल्य आज कति ?

काठमाडौ, २५ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १४० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार,  किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


यस्तै, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम रहेको 
समितिले जनाएको छ ।

बुधबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, जिराको साग र रायो सागको ४० रुपैया, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।


यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा रहेकाे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएकाे छ । 


लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुदैँ, तीनजना उम्मेदवार

दाङ – लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ ।सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिष्पर्धामा छन ।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

तत्कालिन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो  । 

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदैँ, उन्मुत्तिले निर्णय नलिदाँ मुख्यमन्त्री अप्ठयारोमा

धनगढी, २५ माघ । सुदुरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन ।

संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन । 

प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

नागरिक उन्मुक्ति पार्टीले आफना माग सम्वोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको बताईएको छ ।

तर, उन्मुक्तिले भने मत दिने नदिने अौपचारिक रूपमा घोषणा गरिसकेको छैन्। जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन्।

नेकपा (एमाले )का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रचण्ड काँग्रेसतिर ढल्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्।कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’

ओलीले थप भनेका थिए, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फक्र्यो। सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ।’

यो प्रत्यन्त कांग्रेसले गरिरहेको देखिन्छ। उसले प्रदेशमा पनि माओवादीका मुख्यमन्त्री, सभामुखलाई मत दिएको छ।राष्ट्रियसभा उपाध्यक्षमा पनि माओवादी उम्मेदवार उर्मिला अर्याललाई निर्विरोध जिताएको छ।कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन व्युत्याउन चाहन्छ।कांग्रेस र माओवादी सम्बन्ध कतातिर जाने भन्ने विषयको निक्यौलल राष्ट्रपति निर्वाचन गर्ने देखिन्छ।अन्नपूर्ण पोष्टमा खबर छ ।

नयाँ राष्ट्रपतिको चर्चा, एमालेको पहिलो सूचीमा इश्वर !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएका छन्। उनले सोमबार दुई ठूला दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेतालाई एकै ठाउँमा राखेर यस विषयमा छलफल गरे।

राष्ट्रिय सुुरक्षा विषयमा नेपाली सेनाले ब्रिफिङ गर्ने बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सहभागी गराएर नयाँ राष्ट्रपति चयनका विषयमा छलफल गरेका हुन्।

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए। सोही बैठकमा प्रधानमन्त्री दाहालले ओली र देउवालाई पनि सँगै राखेर राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए।

सामान्यतया प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ लिने बैठकमा विपक्षी र अन्य दलका नेतालाई सहभागी गराइँदैन। तर प्रधानमन्त्री दाहालले देउवा र ओलीलाई सँगै राखेर सुरक्षा मामिलामा प्रधानसेनापतिको ब्रिफिङ सुनेका थिए।

‘सामान्यतया प्रधानमन्त्रीले मात्रै लिने ब्रिफिङमा अन्य दलका नेतालाई राख्ने चलन हुँदैन तर उहाँले राष्ट्रिय सहमति खोज्ने नाममा यस्तो गर्नुभयो, यो अलि गलत भयो’, नेपाली सेनाका एक उच्च अधिकारीले भने।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुन्छन्। परिषद्को सदस्य रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सदस्य–सचिव रक्षा मन्त्रालयका सचिव हुने व्यवस्था छ। राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले त्यो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्समक्ष पेस गर्न लगाउने व्यवस्था छ।

फागुन २५ गते हुने नयाँ राष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक र गैरराजनीतिक व्यक्तिहरूको चर्चापरिचर्चा चलिरहेका बेला प्रधानमन्त्रीसहित तीन नेताले यसमा छलफल गरेका हुन्। माओवादी स्थायी समितिको बैठकले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति खोज्ने, नभए विचार मिल्ने समूहसँग जोडिने भन्ने निर्णय गरेको छ।

त्यहीअनुरूप सोमबार तीन नेताहरूबीच छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच मंगलबार बिहान बालुवाटारमा भेट हुँदा पनि सोही विषयमा छलफल भयो। दाहाल प्रधानमन्त्री नियुक्त हुनुभन्दाअघि भएको समझदारी अनुसार आफ्नो भागमा परेको राष्ट्रपति पदमा एमालेले उम्मेदवारी दिने तयारी गरेको छ। एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपतिमा एमालेले चाहेका व्यक्तिकै नाममा सहमति हुने सार्वजनिक रूपमा बताइसकेका छन्। वर्तमान सत्ता गठबन्धन बन्दा राष्ट्रपति पद एमालेको भागमा परेकाले त्यसमा आफ्ना दाबी रहने नेताहरूले बताउँदै आएका छन्।

नयाँ राष्ट्रपतिमा एमालेका नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, डोरमणी पौडेल, गुरु बराल, गोमा देवकोटालगायतको नाम चर्चामा छ। सत्ता गठबन्धनभित्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेको छ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारसँग निहुँ खोजिरहेको अवस्था छ।

रास्वपा समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको छ। सरकारलाई समर्थन गरेको नाउपा संसद्मा विपक्षी बेञ्चमा बसेको छ। जसले राष्ट्रपति निर्वाचनका लागि एमालेलाई असजिलो अवस्था पुर्‍याएको छ।यो खबर आजको नागरिक दैनिकमा छ ।

चन्द नेतृत्वको नेकपाको पत्रकार सम्मेलन हुदैँ, मुद्धा फिर्ता र बन्दि रिहाई मुद्दा

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज  विशेष पत्रकार सम्मेलन गर्दै छ 

बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ ।

हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाईलगायतका बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा चन्दसहित खडगबहादुर विश्वकर्मालगायत शिर्ष नेताको उपस्थिति र सम्बोधन हुनेछ । सोही बिषयलाई लिएर चन्द नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेको समेत थियो ।

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दा सुनवाई आज

काठमाडौं – नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ । 

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध सो रिट निवेदन दिए पछि आज सुनवाई हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । 

न्यायधिस मल्को आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । आज २५ माघमा पहिलो पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए । 

आजको मौसम: गण्डकी प्रदेश र पुर्वी पहाडमा हिमपात हुने

काठमाडौं – हाल देशका पहाडी भु–भागमा आन्शिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। 

महाशाखाका अनुसार प्रदेश नं. १ र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उता राती भने  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसर्थ, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा बिहानीपख हुस्सु रकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेहुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोधसमेत गरेको छ ।
 

ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण, लागत तीन करोड ९० लाख अमेरिकी डलर

काठमाडौं, २४ माघ । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । 

युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । 

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०÷१३२÷३३ केभीको क्रमश: चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर  २२० केभीप्रसारण लाइन निर्माण भइरहेको छ । 

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । 

युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो । टोलीले नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरुसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेको थियो । 

टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा जानुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ । 

‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरुले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो, तर निरीक्षण भ्रमणका क्रममा  कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘युरोपेली युनियनले इआइबीमार्फत नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको छ, युनियनका अधिकारीहरु चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनाहरुमा लगानीका लागि सकारात्मक देखिएका छन् ।’

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ । 

त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमश : ७१ र ७० प्रतिशत रहेको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी ९ चैतभित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ । 

प्रसारण लाइन निर्माणमा करिब तीन सय जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली थ्रि बी हवमा  १६० जना श्रमिक परिचालित छन् । कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरु जडान गर्ने लगायतका सबै कामहरु समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिए । 

दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनहरुमा उपकरणहरु जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ । 

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४४ वटाको जग हालिएकोछ । १३वटा टावरहरुको आंशिकजग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ ।खडा गरिएका टावरमा तार तान्नमुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्न छिट्टै सुरु हुने छ ।तत्काल १० किलोमिटर तार तान्न सकिन्छ । 

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले निर्माणमा तिब्रता दिइएकोउल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो । 
 

राखी सावन्तको पति पक्राउ

मुम्बई – राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ  गरेको छ। मंगलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४m ५०६, ३३२ र ४०६ को उलङघन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेशनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।  

राखी सावन्तले भनेकी छिन, ‘मंगलवार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरे ।’ उनले आफु माथी निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुईवटा एफआईआर पनि दर्ता गराएकी थिइन ।

पति पक्राउ परे पछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन, ‘यो मान्छेसँग म बस्न सक्दिन, उनी धेरै केटीसँग अहिले पनि सुत्छन, मैले अन्तिममा पनि तनुलाई छाडेर आईज भनेको थिएँ तर उसले मानेनन, अब म डिर्भोस गर्छु ।’

राखी सावन्तको बिबाह केही साता अघि मात्रै भएको थियो । 

चीनका ६ हजार थिएटरमा इंग्लिस विंग्लिस

मुम्बई, २४ माघ । दिवंगत बलिउड अभिनेत्री श्रीदेवी स्टारर फिल्म ‘इंग्लिस विंग्लिस’ रिलिज हुनासाथ दर्शकको प्रिय बनेको थियो । दर्शकले श्रीदेवीको भूमिकालाई निकै मन पराएका थिए ।

अब यो फिल्म श्रीदेवीको सम्मानमा उनको पाँचौं वार्षिकीमा २४ फेब्रुअरीमा पुनः रिलिज हुँदै छ । गौरी शिन्देको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा टोरन्टो फिल्म फेस्टिभलबाट वल्र्ड प्रिमियर गरिएको थियो ।

रोचक कुरा के छ भने श्रीदेवी १५ वर्षपछि चिनियाँ थिएटरमा देखिँदैछिन् । इरोज इन्टरनेसनलका सिइओ कुमारले चीनका ६ हजार थिएटरमा फिल्म रिलिज हुने जानकारी दिएका छन् ।

निर्देशक गौरीले फिल्मलाई उनकी आमाको जीवनबाट प्रभावित भएर बनाएकी हुन् । फिल्ममा श्रीदेवी एक गृहिणीको भूमिकामा छन् । जो अमेरिकामा अंग्रेजी सिक्छिन् र नयाँ साथी बनाउँछिन् । फिल्ममा आदिल हुसेन, सुमित व्यास, प्रिय आनन्दलगायतको अभिनय छ ।

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

लमजुङ, २४ माघ, गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका किसानलाई कृषिमा आत्मनिर्भर बनाउँन थालेको छ ।

 दोर्दी पालिकाले कृषिमा आत्मनिर्भर बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा तरकारीको विउहरु वितरण गर्दै किसानलाई आत्मनिर्भर बनाउन थालेको हो । 

दोर्दी पालिकाको कृषि शाखाका कृषि प्राविधिक नरहरी घिमिरेका अनुसार पालिकाका किसानलाई यतिबेला उनीहरुको मागको आधारमा वर्खे तरकारीको विभिन्न प्रकारका विउहरु ७५ प्रतिशत पालिकाको अनुदानमा वितरण गरिरहेको छ । 

गाउँपालिकाको यस चालू आवमा स्वकृत वार्षिक कार्यक्रमअन्तर्गत १ देखि ९ नम्बर वडाकै किसानहरुलाई बर्खे तथा लहरे तरकारी बालीको विउ वितरण गरिरहेको उनको भनाई छ । 

काक्रा, घिरौला, करेला,झिण्डी,तनेबोडी र गोलभेँडा कृषिक, कृषक समूह, फर्म तथा सहकारीहरुलाई सो अनुदानमा वितरण भइरहेको छ । 

कृषि प्राविधिक घिमिरेले भने, ‘वर्खाका लागि २ लाख ६४ हजार रुपैयाँ बराबरको तरकारीका विउहरु वितरण गर्न लागेका छौँ ।’

यसअघि समेत दुई  लाख रुपैयाँ बढीको हिउदे तरकारी, च्याउ, किवी लगायतका विउहरु वितरण गरिसकेको छ । साथै बादर धपाउने बन्धुक समेत वितरण गरेको थियो । त्यस्तै, केही महिनाभित्रमा कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर, फर्मको लागि प्लाष्टिक, कृषि औजार लगायतका साम्रगीहरु वितरण हुने भएको छ । साथै कुखुरा तथा पशुपन्छि, माछापालन, बंगुरपालन तथा भैँसी पालन लगायत संचालन गर्दै आएका किसान तथा फर्महरुलाई अनुदान दिने भएको छ ।

पालिकाको सबै वडा तरकारीका लागि उपयुक्त भएपनि वडा नं. २,३,४ मा रहेको बेँसीका फाँटहरुमा बढी उत्पादन तथा राम्रो हुने गरेको कृषि शाखाले जनाएको छ । कृषि शाखाका अनुसार यस पालिकामा संघबाट विषेश अनुदानअन्तर्गत कृषि क्षेत्रका लागि एक करोड ३७ लाख रुपैयाँ र गाउँपालिकाको निर्शततर्फबाट १० लाख रुपैयाँ रहेको छ । 

 दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकामा तरकारी खेति राम्रो हुने र यसबाट किसान व्यवसायिक, आत्मनिर्भर हुँदै परिवारको गुजारा चलाउन समेत सकिने भएकाले उनीहरुलाई तरकारी खेतिमा आकर्षित तथा आत्मनिर्भर बनाउन विभिन्न अनुदान उपलब्ध गराउन थालेको बताए ।

आधुनिक कृषि प्रणाली लागु गर्दै कृषि क्षेत्रमा आगामी वर्षहरुमा बजेट बढाउँदै लैजाउने उनको भनाई छ ।

‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ सफल हुनेमा कलाकार विश्वस्त

चितवन, २४ माघ । सिने क्षेत्रका अगुवाहरुले मोफसलमा हुन लागेको लक्की फिल्मी अवार्डले कलाकारहरुको प्रोत्साहन तथा सिने क्षेत्रको प्रर्वद्धन हुने विश्वास गरेका छन् । ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८०’ को तयारीमा रहेको चितवनको लक्की मिडिया हाउसले कलाकार, समाजसेवी, व्यवसायीहरुसँग सुझाव संकलन अभियान नै चलाएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह ‘राजा’, वरिष्ठ गायक आनन्द कार्की सँग सुझाव संकलन गरेको छ ।

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले सिने क्षेत्रका अग्रज, समाजसेवी, व्यवसायीहरु सबै उत्साहित रहेको बताए । “हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन तीव्र पारेका छौँ”, उनले भने, “सबै उत्साहित हुनुहुन्छ, सिने जगतमा चितवनको थप पहिचान कायम हुनेछ ।”

उनले ३० विधामा अवार्ड वितरण हुने बताए । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, छायाँकार, सम्पादक, साउण्ड एडिटर, गीतकार, पाश्र्व गायिक-गायिकालाई अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट फिल्म, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद लगायतका विधाहरुमा अवार्ड वितरण हुनेछ । अवार्ड वितरण कार्यक्रम आगामी असारमा चितवनमा हुनेछ ।

७ फागुनमा प्रजातन्त्र दिवस मनाउने निर्णय

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । 

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने। 

उनले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए । ‘हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ। त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ,’ प्रधानमन्त्रीले भने ।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।

द अनब्रेकेबलः अगस्त्यमा जोडिएका नाजिर र मलिका

काठमाडौं, २४ माघ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो ।

फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइयो । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए ।

सौगात, नाजिर र मलिका पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् ।

सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मको कथा उनी स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जानकारी प्राप्त छ । राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

कालोपत्रेको ठेक्का लिएको ठेकेदार उपकरण उठाएर हिँड्यो

खोटाङ – खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी सामान उठाएर हिँडेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडेको हो । पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामान उठाएर लगेको हो ।

निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको हो । लामो समयसम्म अलपत्र बनेको निर्माणस्थलमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्वन्धित मालिक आएर लगेका हुन् । 

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । 

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । तर, दुबै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको प्रदेशसभा सदस्य पाँचकर्ण राईले बताए । कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो । 

कालोपत्रेको काम गुणस्तरहिन 

महुरे–फोक्सिङटार सडक आसपासका स्थानीयले कालोपत्रेको काम अलपत्र हुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएको, भएका काममा पनि गुणस्तर काम नभएको, सडकमा खाल्डाखुल्डी हुँदा आवत–जावतमा समस्या भएको, सडक दुर्घटना भएको गुनासो गरेका छन् । निर्माणका क्रममा सिमेन्ट र बालुवाको मात्रा नमिलाई प्रयोग गरेको, कटिङकै माटोलाई बेसका रुपमा प्रयोग गरेको, कमसल तरिकाले बनाइएको पर्खाल उक्किन थालेको छ । 

काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मूख्य ठेकेदार सम्पर्क विहिन बनेर बस्ने गरेका छन् । हालसम्म १४ जना साईड इन्चार्ज परिवर्तन गरिसकेको स्थानीय बताउँछन् । यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन् । सडकको काम चाँडो गर्नका लागि दवाव दिन हरेक प्रमुख जिल्ला अधिकारी समक्ष डेलीगेसन पुगेको वडाध्यक्ष राईले बताए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं – सरकारले बागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको भारतमा आयोजना हुने नेपाल भारत विद्युत् सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १०औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको हो ।

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित

काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।

मंगलबार सम्पन्न मतगणना अनुसार एक जना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका साथ विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए । गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

लड्डु र दहीबाट फिल्मको प्रचार गर्दै मार्बल

लसएञ्जल्स, २४ । हलिउड फिल्मको सबैभन्दा ठूलो सुपरहिरो फ्रेञ्चाइजी मार्वल सिनेम्याटिक युनिभर्सको क्रेज बढ्दो छ । हलिउडलाई मनपराउने हलिउड बाहिरका दर्शकका लागि मार्बल स्टुडियोले प्रचारको नयाँशैली अपनाएको छ ।

मार्बलले आफ्नो नयाँ फिल्म ‘एन्ट–मेन एण्ड द वास्पःक्वान्टुमेनिया’को प्रचारका लड्डु, दही, शख्खरजस्ता वस्तुको प्रयोग गरेको छ । मार्बलले हालैमात्र नयाँ चरणको फिल्मको शुभारम्भको घोषणा गर्दै आधिकारिक इन्स्टाग्राम हेण्डलमा केही तस्वीर राखेको छ । मार्बलले राखेको तस्बिरमा लड्डु, दही, सख्खर र काचो नरिवल छ ।

ती तस्वीरको माथि ‘फेज ५ को शुभारम्भ’ लेखिएको छ । ‘आउँदैछ । आशा छ, तपाईहरु फेज ५ को धमाकेदार सुरुवात गर्नुहुनेछ । १७ फेब्रुअरीमा आफ्नो नजिकका थिएटरमा मार्बल स्टुडिोको एन्ट मेन एण्डद वास्पः क्वान्टुमेनिया’ हेर्नका लागि तयार हुनुहोस्’, मार्बलले लेखेको छ । मार्बलले पोस्टमा लड्डुदेखि लिएर नरिवलसम्मको एमसीयूको फेज ५ को शुभारम्भ गर्नुपर्ने कारण खुलाइएको छ ।

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

काठमाडौं – वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले आफनो नाम दर्ता गराएका हुन् । बिसााईको अक्सन १३ फेब्रुअरीमा  मुम्बईमा हुनेछ ।

सो अक्सनका लागि अहिलेसम्म एक हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिने छ ।

मुम्बईमा हुने अक्सनमा अधिकतम ९० खेलाडीमा बोली लाग्नेछ । पाँच टोली रहेको डब्लुपिएलमा एक टोलीले न्युनतम १५ देखि अधिकतम १८ जनासम्म खेलाडी अनुबन्ध गर्न पाउने छन् । प्रत्येक टोलीले सुरुआती ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा कम्तीमा पनि एक एसोसियट राष्ट्रका हुनुपर्नेछ । त्यसैले पनि नेपाली खेलाडीले डुब्लुपिएल खेल्न पाउने उच्च सम्भावना रहेको छ ।

सो प्रतियोगिता मार्च चार देखि २६ सम्म सञ्चालन मुम्बईको ब्रेबोर्नी स्टेडियम र डिवाई पाटिल स्टेडियममा हुनेछ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने

धनगढी – सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोली मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताबीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेका हुन् । 

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । 

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो ।

नेकपा (एमाले )का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कञ्चनपुरमा एक भारतीय नागरिक मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन् ।

चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन । राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ ।’

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी दिए । सो क्रममा मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर सोहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहेनत गरिरहेको मन्त्री पौडेलले बताए ।

बैठकमा राजस्वसँग सम्बन्धित सरकारी निकायका प्रमुखहरूले देशको अर्थतन्त्रको आजको अवस्था, अर्थतन्त्रका चुनौतीहरू, राजस्व संकलनको अवस्था, राजस्व चुहावट नियन्त्रणमा सरकारले चाल्नुपर्ने कदम र आगामी कार्ययोजनाबारे प्रस्तुति राखेका थिए ।

अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको तस्बिर

काठमाडौं – अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् ।

चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।

निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ ।

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की, २४ माघ  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन शक्तिशाली गएकाे छ । टर्कीलाई केन्द्रविन्दु बनाएर साेमबार ७.८ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । साे भूकम्पकाे ३६ घण्टामा १०९ वटा पराकम्प जाँदा तीनवटा पराकम्प ७.५ म्याग्निच्युडकाे मापन गरिएको छ ।

पछिल्लाे विवरणअनुसार साे भूकम्पबाट पाँच हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ५६ सयभन्दा बढी घर तथा कार्यालयहरु ध्वस्त भएकाे अधिकारीहरुले जनाएका छन् ।

भग्नावशेषबाट जीवित रहने आशामा निरन्तर प्रयत्न गरिरहेका उद्धार टोलीका सदस्यले पानी परेसँगै बढेकाे चिसाेका कारण उद्धार कार्यमा समस्या भएकाे बताएका छन् । 

काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ ।महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो ।

यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा महानगर र प्राधिकरणबीच सम्झौता भएको हो ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् ।

पठान बन्यो, छोटो समयमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्म

मुम्बई, २४ माघ । बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले अहिलेसम्म ८३२ करोडको ब्यापार गरेको छ । 

गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा उक्त रकम संकलन गरेको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ ।

सो फिल्ममा शाहरुख खानसँगै दिपिका पादुकोण, जोन अब्राहम लगायतको अभिनय छ । पछिल्ला फिल्महरु असफल भएपछि ४ बर्ष पछि “कमब्याक” भएका शाहरुखले पठानमार्फत पुन: बलिउडको बादशाहको छबिलाई थप उचाईमा लगेको बलिउडका फिल्म बिश्लेषकहरुले तर्क गर्न थालेका छन ।बलिउडका चलचित्र समिक्षक तरुण आदर्शले उक्त फिल्मलाई ४.५ स्टार दिएका छन् ।
 

मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रीपरिषद गठन, पहडिया समुदायवाट एकजना अटेनन

जनकपुर, २४ माघ -मुलुकका ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी मन्त्रालय भएको प्रदेशको रुपमा मधेस प्रदेशले आफुलाई चिनाउने भएको छ ।माओवादीवाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारीले सपथ लिएसँगै मधेस सरकारको मन्त्रिमण्डल १५ सदस्सीय पुग्ने भएको हो ।

यसअघि भागबन्डामा कुरा नमिले पछि सरकारमा सहभागी नभएको माओवादी केन्द्रवाट २ जना सहभागी हुने सहमति भएको छ । सहमति भएसँगै आजै नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण १ बजे राखिएको माओवादी संसदीय दलका नेता भरतकुमार साहले जानकारी दिए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का सरोजकुमार यादवले नेतृत्व गरेको मन्त्रीमण्डल यसअघि २० माघमा विस्तार हुदाँ १३ सदस्य मन्त्रिमण्डल थियो । माओवादी मन्त्रीसमेत जसपा सरकारमा सहभागी हुने भएपछि मधेस प्रदेशमा ११ जना मन्त्री र ४ जना राज्य मन्त्री रहने छन् । जुन संघीय सरकारका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भन्दा ४ जना कमी मात्रै हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि प्रचण्ड सरकारमा हाल १९ जनाको मन्त्रीमण्डल रहेको छ ।

सरोजकुमार यादव नेतृत्वको सरकारमा भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी रामसरोज यादवलाई दिईएको छ । मधेस प्रदेश कार्यालयका अनुसार सञ्जयकुमार यादव अर्थ मन्त्रालयमा, बसन्तकुमार कुशवाहा भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा, महेशप्रसाद यादव शिक्षा बिज्ञान, प्रबिद्यि तथा बाणिज्य मन्त्रालयमा, सुरिताकुमार शाह सामाजिक विकास मन्त्रालयमा, शत्रुघनप्रसाद सिंह गृह तथा सञ्चार मन्त्रालयमा, सिंगासन सा कलबार खानेपानी तथा उर्जा मन्त्रालयमा, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारीमा छन भने मोहम्मद जयद आलम महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा छन् ।

यसगरी, बनको राज्य मन्त्रीमा अन्सारी थपिएसँग मधेस सरकारमा राज्यमन्त्रि मात्रै ४ जना पुगेका छन । जसअनुसार शेख अबुल कलाम आजाद सामाजिक विकास मन्त्रालयमा केशव राय गृहमा, सञ्जयकुमार यादव भुमी ब्यवस्थामा, कृषि तथा सहकारी मन्त्रालयमा छन् ।

पहाडिया समुदाय र दलितको नेतृत्व शुन्य

पहिचान र जनसंख्याको आधारमा शक्ति बाँडफाँड गर्नुपर्ने भन्दै झन्डै दुई दशक भन्दा बढी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले आफनो सरकार हुदाँ झन्डै ३० प्रतिशत भन्दा बढी जनसंख्या ओगेटेको गैर मधेसी (पहडिया) र दलित समुदायवाट एकजना पनि जम्बो मन्त्रिमण्डलमा समावेश गरिएको छैन् ।

‘जसले काठमाडौंले एकल जातीय सरकार बनायो भनेर मधेस आन्दोलन देखी अन्य धेरै ठाउँमा बोल्यो, उसैले अहिले एकल जातीय सरकार बनाउनु हाँस्यास्पद छ, यो सरकारमा गए पछि उल्टो काम भएको छ,’ मधेस सरकार पुर्व प्रमुख तथा मधेस जानकार राजेश अहिराजले भने, ‘अरुले गरेन भनेर आन्दोलन गर्नेले आफुले अधिकार पाएको बेला गर्नु पर्दथ्यो, त्यसमा मधेस सरकार चुक्न पुगेको छ ।’

उनका अनुसार उनी प्रदेश प्रमुख हुदाँ संविधान अनुसार गैर मधेसी (पहाडिया समुदाय)लाई पनि सरकार र मधेस सरकारका निकायमा समावेशी र समानुपातिकको आधारमा पनि समावेश गराउन स्मरण पत्र पठाएको थियो । लालबाबु मोहम्मद नेतृत्वको अघिल्लो सरकारले कार्यान्वयन नगरेको गैर मधेसीको प्रतिनिधित्वलाई नयाँ सरकारले पनि स्विकार नगरेर संविधान बिरोध कार्य गरेको अहिराजको भनाई छ ।

मधेस आन्दोलन पछि क्रमश: गैर मधेसीहरुलाईअर्थात बिरगञ्जको मेयरमा राजेशमान मल्ल, सप्तरीवाट गोबिन्द न्यौपाने, रौतहटवाट युवराज भट्टराई, धनुषावाट प्रकाश अधिकारीलगायतलाई मधेसका जनताले निर्वाचित बिजयी गराईसकेको तर मधेस सरकारले भने गैर मधेसी समुदायलाई लाई राज्यको तहमा बिभेद गरेको अहिराजको भनाई छ । उनका अनुसार मधेस सरकार संविधानको भावना बिपरित चलेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

काठमाडौं, २४ माघ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 
 

स्वाबलम्बनको संस्थापक सेयर लिलामी गर्ने आज अन्तिम दिन

काठमाडौं, २४ माघ -स्वालम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अर्थात माघ २४ गते अन्तिम दिन हो । नबिल बैंकको स्वामित्वमा रहेको यस लघुबित्तले १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

न्यूनतम ५ सय ५५ रुपैयाँ भाउ राखेर आवेदन दिन गरी स्वाबलम्बन लघुबित्तले आफनो योजना यसअघि नै सार्वजनिक गरिसकेको थियो । जसअनुसार लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

सो लघुबित्तका अनुसार लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौं रहेको छ।

कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

धनुषा, २४ माघ । धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार मध्यराति कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा साह गम्भीर घाइते भएका थिए । तर, उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

घाइते भएपछि उनलाई उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, मा उपचारको क्रममा मंगलबार बिहान पौने ४ बजे उनको मृत्यु भएको हो ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २४ माघ-। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम रहेको छ ।यसअघि सोमबार प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे सुनको मूल्य मंगलबार साेही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनायाे ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियोत्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे

काठमाडौं, २४ माघ-नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १० बजे हुने भएको छ ।

संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन । सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

काठमाडौंमा बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट गरियो

काठमाडौं, २४ माघ-काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु बिभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखरा र टर्की मन थाले पछि परिक्षमा पठाउँदा बर्डफ्लू पुष्टी भएको थियो । ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको थियो ।

पशु बिभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्युनिकरण गरिएको छ । जसअनुसार लितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ ।

उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

नेयमार प्रशिक्षणमा फर्किए तर बुधवारवाटै खेल्न पाउने

पेरिस, २४ माघ । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन ।

तिघ्राको चोटका कारण चोटका कारण नेइमारले पिएसजीबाट लिगको पछिल्लो दुई खेल खेल्न पाएका थिएनन । पिएसजीले आगामी साता तीन महत्वपूर्ण खेल खेल्दैछ ।

बुधबार मार्सेलीविरुद्ध हुने कोप डी फ्रान्सको अन्तिम १६ को खेलमा मात्रै नेइमार मैदान उत्रनेछन । शनिबार पिएसजीले लिग वानमा चौथो स्थानको मोनाकोविरुद्ध खेल्नेछ । अगामी साता भने पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई खेल्ने कार्यतालिका छ ।

नेइमारले यस सिजनका सबैखाले प्रतियोगिता गरि २५ खेलमा १७ गोल गरेका छन ।

मधेस सरकारमा माओवादीका दुई मन्त्रीले आज सपथ लिदैँ 

जनकपुर, २४ माघ -मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन ।
मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादवर अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।