`

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिको विषयलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयसँग पहलका लागि छलफल गर्नुभएको छ ।

उहाँले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गर्नुभएको हो ।

पश्चिम एसियामा देखिएको सङ्कटका कारण मल आपूर्तिमा थप समस्या भइरहेको भन्दै मन्त्री चौधरीले आपूर्तिको व्यवस्थापन सहज गर्न पहल गरिदिन परराष्ट्रमन्त्री समक्ष आग्रह गर्नुभएको हो ।

मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकार भएका निकायलाई जानकारी गराइसकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात रहेको मन्त्री चौधरीकी प्रेस संयोजक सरिता थारुले जानकारी दिनुभयो । उहाँका अनुसार सोपश्चात्का लागि मन्त्री चौधरीले थप एक लाख ५० हजार मेट्रिकटन मल जिटुजी (सरकार–सरकार) माध्यमबाट खरिद गर्ने निर्णय गरिसक्नुभएको छ ।

गत चैत १९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको प्रेस संयोजक थारुले जानकारी दिनुभयो । नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

यसबीच, वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

किन अचानक स्थगित गरियो सङ्घीय संसद्को दुवै सदनको अधिवेशन ?

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको सिफारिसमा यही वैशाख १७ गतेका लागि बैठक आह्वान गरेका थिए ।

मन्त्रिपरिषद्को आजको सिफारिसबमोजिम विशेष कारणबशः दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सडक विस्तारको मौका छोपेर व्यवसायीसँग अनावश्यक घरभाडा वृद्धि नगर्न अनुरोध

पर्सा । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन भत्किएको मौका छोपेर अन्य स्थानमा व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीसँग अनावश्यक घरभाडा वृद्धि नगर्न अनुरोध गरेको छ।

गत आइतबार डिभिजन सडक हेटौँडाले यहाँको गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक अतिक्रमित गरेर बनाइएका घरटहरा भत्काएको थियो। मुख्य सडकका संरचना भत्काएपछि भित्रीसडकमा रहेका घर तथा संरचनाको भाडा एक्कासी बढेको जनगुनासो आइरहेकाले महानगरको ध्यानाकर्षण भएको जनाएको छ।

वीरगञ्ज महानगर राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गरेर महानगरभित्र पर्ने त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकको घर भत्किएको मौका छोपेर अन्य स्थानका घरधनीहरूले सम्झौताबमोजिम बहालमा बसिरहेका व्यवसायीसँग अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडा पाइने लोभमा सम्झौताअगावै हटाउन खोज्ने, अनधिकृत रूपमा धरौटी माग गर्ने लगायतको गुनासो आएकाले सो नगर्नका लागि सचेत गराएको छ।

महानगर राजस्व व्यवस्थापन महाशाखा प्रमुख मनोजकुमार कर्णले घर, कोठा, सटर र गोदाम आदि बहालमा लेनदेन गर्दा दुवै पक्षबीच दबाबरहित र यथार्थ भाडादर तय गरी गराई सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराएर आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको बताए।

सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिन माग, घट्ना शंकास्पद

रामेछाप । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ ।मृतकका परिवारले प्रहरी यातनाका कारण मृत्यु भएको आशंका गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन् भने प्रहरीले घटनाबारे फैलिएका समाचारलाई ‘भ्रामक’ भन्दै खण्डन गरेको छ । यसैबीच राष्ट्रिय दलित आयोगले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सुनकोशी गाउँपालिका–३ निवासी मृतकका आमा विन्दामाया विकले जारी गरेको प्रेस विज्ञप्तिमा श्रीकृष्ण वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेपछि खुर्कोट प्रहरी चौकीमा राखिएको उल्लेख छ ।
उनका अनुसार बालविवाहको आरोपमा पक्राउ गरिए पनि श्रीकृष्णलाई पछि जबरजस्ती करणी मुद्दा लगाइएको थियो, जुन निर्णय शंकास्पद रहेको दाबी गरिएको छ ।उनले हिरासतमा आफ्नो छोरालाई मानसिक तथा शारीरिक यातना दिइएको र जबरजस्ती बयान गराउन दबाब दिइएको आरोप लगाएकी छिन्।

‘पुरानो सर्टको पासो लगाएर झुन्डिएर मृत्यु भएको भन्ने कुरा विश्वास गर्न सकिने अवस्था छैन,’ विज्ञप्तिमा उल्लेख छ । परिवारले घटनाको निष्पक्ष छानबिन नगरी पोस्टमार्टम तथा दाहसंस्कार गर्न अस्वीकार गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

उता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले विज्ञप्ति जारी गर्दै घटनाबारे सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा आएका समाचारहरू ‘तथ्यहीन, भ्रामक र अनर्गल’ रहेको जनाएका छन्।
उनका अनुसार हिरासतको शौचालयभित्र भेन्टिलेसनको रडमा झुन्डिएको अवस्थामा फेला परेका श्रीकृष्ण विकलाई तत्काल उपचारका लागि लगिएको भए पनि मृत्यु भएको हो ।

प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन भइसकेको जनाएको छ । उक्त समितिमा पीडित पक्षका प्रतिनिधि, दलित संघ–संस्था तथा सरोकारवाला निकायको सहभागिता रहेको र छानबिनपछि यथार्थ विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

 

प्रधानमन्त्री शाहलाई द्वन्द्वपीडितको खुलापत्र

काठमाडौँ, वैशाख १० –प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन माग गरेका छन् ।प्रधानमन्त्री शाहलाई द्वन्द्वपीडित समुदायकातर्फबाट ४० वटा संस्थाले पठाएको खुलापत्रमा सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता पुनःस्थापित गरी तार्किक निष्कर्षमा पु(याउन माग गरिएको छ । सो पत्रमा पीडितहरूको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गरी ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने विश्वास गर्दै झण्डै दुई तिहाइ समर्थन प्राप्त सरकारप्रति आशावादी भएको उल्लेख छ ।

“संसद्मा झण्डै दुई तिहाइ समर्थनसहित मुलुकको शक्तिशाली कार्यकारी प्रमुखको गहन जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नु भएकामा द्वन्द्वपीडित समुदायकातर्फबाट तपाईँलाई हार्दिक बधाई व्यक्त गर्दछौँ”, खुलापत्रमा भनिएको छ, “तपाईँको नेतृत्वमा रहेको सरकारले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सही दिशामा अघि बढाउने पर्याप्त क्षमता, इच्छाशक्ति र नैतिक आधार राख्दछ भन्नेमा हाम्रो दृढ विश्वास छ ।”

पत्रमा सरकारले अघि सारेको राष्ट्रिय प्रतिबद्धता मस्यौदा तथा १०० बुँदे शासकीय कार्यसूचीमा सङ्क्रमणकालीन न्याय प्रक्रिया नसमेटिएको जनाइएको छ ।

पत्रमा छ बुँदे माग राखिएको छ । ती मागमा सङ्क्रमणकालीन न्यायलाई राष्ट्रिय प्रतिबद्धता पत्रको महत्त्वपूर्ण बुँदाका रूपमा समेट्ने, वर्तमान आयोगको वैधतासम्बन्धी प्रश्न समाधान गर्न कानुन संशोधनलगायत उपयुक्त प्रक्रिया अपनाई आयुक्तहरूको बहिर्गमन सुनिश्चित गर्ने, त्यसपछि हुने आयुक्त नियुक्ति प्रक्रिया पूर्णतः पारदर्शी, प्रतिस्पर्धात्मक र पीडितमैत्री बनाई पीडित केन्द्रित कार्य प्रणाली अपनाउने रहेको छ ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले दुई दशकदेखि अल्झाइएको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नका लागि ठोस पहल गरी विश्वसनीय कदम चल्न र सरकारको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

काठमाडौँ । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बसेका छन् । बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजस्वरूप उनी मुक्त हलियाको रूपमा काम गर्दै आएका हुन् । तर उनीसँग मुक्त हलियाको परिचयपत्र छैन । सरकारले पुनःस्थापनाका लागि लगत लिने क्रममा आउजी छुटेका छन् ।

साँफेबगर–४ मा आउजी जस्तै २०–२५ घर गणनामै छुटेका छन् । सोही ठाउँका दिनेश लुहार मष्टामाडौँ निवासी झपट कुँवरको घरमा वर्षौंदेखि हलिया बसेका छन्, तर उनको पनि परिचयपत्र बनेको छैन । सुरेन्द्र भूल अर्का हलिया हुन् । सात–आठ बोरा धान र तीन–चार बोरा गहुँ लिने शर्तमा पुस्तौंदेखि स्थानीय ध्रुब कुँवरको घरमा हलिया बसेका सुरेन्द्र भूलको नाममा पनि परिचयपत्र बनेको छैन ।

त्यसैगरी बझाङ जिल्लाको थलारा गाउँपालिका–३ दिपिलका जोगी नेपालीले गरिबीका कारण स्थानीय हरिसिंह रावलबाट १२ हजार ऋण लिएपछि २० वर्षदेखि हलिया बस्नुपरेको छ । स्थानीय मधुरा कामीको भनाइ छ, “मेरो न घर छ, न जग्गा छ, म छुट हलियामा छु, तर सहयोग गर्ने कोही छैन ।” यो बस्तीका दलित समुदाय अहिले पनि पुरानै हिसाबले हलिया बसेका छन् । यी केही उदाहरण मात्रै हुन् ।

कर्णालीका रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, कालिकोट र दैलेख गरी सात जिल्ला र सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली गरी नौ जिल्लाका करिब १९ हजार हलिया सरकारको लगत सङ्कलनमै छुटेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेपछि पनि पुनःस्थापन गर्न नसक्दा अहिले पनि सुदूरपश्चिम र कर्णालीका कतिपय स्थानमा हलिया बस्न बाध्य छन् । उनीहरू कृषि बन्धुवा मजदुरका रूपमा काम गरिरहेका छन् ।

वर्षौंअघि साहुसँग लिएको पुस्तौनी ऋणको ब्याजस्वरूप पुस्तौँसम्म साहुको हलो जोत्दै आएका छन् । उनीहरूले मानव अधिकार र सामाजिक न्यायको प्रत्याभूति पाउन सकेका छैनन् । आफ्नो अस्तित्व र जीविकाका लागि भूमिहीन श्रमिक किसान जमिन्दारमा निर्भर छन् । ऋण र जमिनले भूदासलाई जमिन्दारसँग बाँधिराख्ने मुख्य साधन बनेका छन् । अहिले पनि जमिन्दारले आफ्नो खेतीपाती र घरेलु कामका लागि बिना झन्झट श्रमिक प्रयोग गरिरहेका छन् ।

बिना पारिश्रमिक हलो जोताइरहेका छन् । श्रमिक किसान ऋणको ब्याज, जमिनको भाडा वा खाने अन्नको मूल्य तिर्नुपर्ने बाध्यताबाट मुक्त हुने आशामा बन्धुवा बनिरहेका छन् । भूमिहीन भएकै कारण उनीहरू जमिन्दारसँग बाँधिएका छन् । उनीहरूलाई जमिन्दारको स्वीकृतिबिना अन्यत्र काम गर्ने स्वतन्त्रता छैन ।
देश लोकतान्त्रिक गणतन्त्रमा भए पनि एउटा समूहले अझै बन्धुवा जीवन बिताइरहेको छ । हलिया प्रथा सामन्तवादी भूदास प्रथाको रूपमै कायम छ । यो प्रथा लोकतान्त्रिक गणतन्त्रमा कलंक बनेको छ । यसले सामाजिक न्याय, समतामूलक विकास र समावेशिताको सिद्धान्तलाई चुनौती दिएको छ । उच्च जात र जातीय संरचनासँग जोडिएको यो प्रथामा कथित ‘ठूलो जात’ वा जमिन्दारले आफ्नै जमिन आफैं नजोत्ने, श्रम नगर्ने संस्कृति कायम छ ।

नेपालको हलिया प्रथा जस्तै युरोपमा सामन्ती भूदास प्रथा १९औँ शताब्दीमै अन्त्य भएको थियो । चीनमा सन् १९४९ को जनवादी क्रान्तिपछि भूमिसुधारमार्फत यस्तो प्रथा हटाइएको थियो । रुसमा जार अलेक्जेन्डर दोस्रोको पहलमा सन् १८६१ मा भूदास प्रथा अन्त्यतिर लागेको थियो । तर नेपालमा २१औँ शताब्दीमा पनि हलिया प्रथा कायम छ । सरकारले हलिया मुक्तिको घोषणा गरेको १८ वर्ष बित्दा पनि समस्या समाधान हुन सकेको छैन ।

घोषणा भएको १८ वर्ष हुँदा पनि समस्या उस्तै

हलियाको लामो संघर्षपछि सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । त्यसपछि १६ हजार ३२२ हलिया प्रमाणित गरिएको थियो । आर्थिक वर्ष २०६७/६८ देखि पुनःस्थापन कार्यक्रम सुरु भयो । २०७० सालमा कार्ययोजना स्वीकृत भएपछि पुनःस्थापना कार्यक्रम अघि बढेको थियो ।

सरकारी तथ्याङ्कअनुसार १६ हजार ३२२ मध्ये अझै २ हजार ३६७ परिवारले परिचयपत्र पाएका छैनन् । परिचयपत्र पाएकामध्ये १ हजार १३५ परिवारले पुनःस्थापनाको प्याकेज पाएका छैनन् । कुलमध्ये ८५ प्रतिशतले मात्र परिचयपत्र र ७८ प्रतिशतले मात्र पुनःस्थापनाको प्याकेज पाएका छन् ।

परिचयपत्र वर्गीकरणअनुसार १२ प्रतिशतले ‘क’, २७ प्रतिशतले ‘ख’, ५ प्रतिशतले ‘ग’ र ५६ प्रतिशतले ‘घ’ वर्गको परिचयपत्र पाएका छन् । २०७० जेठदेखि २०७६ वैशाखसम्म १ हजार ६०१ परिवारका लागि जग्गा खरिद, २ हजार २०३ घर निर्माण र ८ हजार ४२७ घर मर्मत गरिएको तथ्याङ्क छ । तर राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले यसमा असहमति जनाएको छ ।

महासङ्घका अनुसार पुनःस्थापन अपूर्ण छ । रोजगारी, शिक्षा, स्वास्थ्य र आयआर्जनका कार्यक्रम प्रभावकारी रूपमा लागू भएका छैनन् । २०६५ मा भएको पाँचबुँदे सहमति पनि कार्यान्वयनमा आएको छैन । २०७८ मा बनेको अध्ययन समितिले हलियाको वर्गीकरण अवैज्ञानिक भएको उल्लेख गरेको छ ।

सरकारले विभिन्न समिति र कार्यदल बनाए पनि समस्या समाधान हुन सकेको छैन । समितिले छुटेका हलियाको लगत सङ्कलन प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।

सरकार र दलका प्रतिबद्धता कागजमै

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले विभिन्न चुनावी घोषणापत्रमा हलिया र सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन । वर्तमान सरकारले पनि सुकुम्बासीको लगत सङ्कलन र पुनर्वास गर्ने योजना सार्वजनिक गरेको छ, तर हलियाको विषय स्पष्ट रूपमा अघि बढेको छैन ।

संविधानमा अधिकार, कार्यान्वयन कमजोर

संविधानले बाध्यकारी श्रम निषेध गरेको छ । सम्मानपूर्वक बाँच्ने हक, छुवाछूतविरुद्धको हक र शोषणविरुद्धको हक सुनिश्चित गरिएको छ । कसैलाई पनि बन्धुवा बनाउने कार्य दण्डनीय हुने उल्लेख छ । तर व्यवहारमा हलियाहरू अझै बन्धुवा श्रमिकका रूपमा काम गरिरहेका छन् ।

संविधानले भूमिहीन दलितलाई जमिन र आवास दिने व्यवस्था गरेको छ । तर अधिकांश हलिया भूमिहीन र आवासविहीन छन् । पुनःस्थापनसँगै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था आवश्यक देखिएको छ ।

अब के गर्ने ?

हलिया समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्छ । सबैभन्दा पहिले छुटेका हलियाको लगत सङ्कलन गर्नुपर्छ । ऋण खारेजी, जमिनको व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच सुनिश्चित गर्नुपर्छ । सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति दिन हलिया प्रथा अन्त्य अपरिहार्य छ ।

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् ।

समुद्री सतहबाट छ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार सो ताल करिव ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । तर तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन । कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ ।

पर्यटक यहाँको प्राकृतिक सुन्दरतासँग आकर्षित पर्दछन् । यहाँबाट सम्मुख जुगल हिमशृङ्खला पर्दछ । प्राकृतिक रुपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ । अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ ।

विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ ।

भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोरमकोर हुँदै पनि पुग्न सकिने स्थानीय वीना रोक्का अधिकारी बताउनुहुन्छ । यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्तीे छ । महादेवको उग्ररुपअर्थात् भैरव सम्हारकर्ताका रुपमा मानिन्छ । भगवान् शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको हो ।

भैरवकुण्ड नजिकै अर्काे प्रख्यातस्थल देउढुङ्गा पनि रहेको छ । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुङ्गा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् ।

किंवदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुङ्गाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन् । आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ ।

तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौँको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ ।

चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो ।

हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको सङ्ख्या बढ्दो छ । यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ । बीचमा चौँरीका गोठहरुमा बास बस्नुपर्ने हुन्छ । पर्यटकहरुलाई थप सहजताका लागि अब भने बाटामा पानी, तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा बताउनुहुन्छ । पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

म्याग्दी। म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण पछिल्लो एक महिनायता सुस्त बनेको धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताउनुभयो ।

“यस वर्ष रु २३ करोड बजेट भएको यस योजनाको हालसम्म जम्मा रु पाँच÷छ करोड बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको सङ्ख्या घटाएर न्यून बनाएका छन्”, उहाँले भन्नुभयो, “दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजना निर्माणले गति नलिदा अलपत्र पर्ने जोखिम बढेको छ ।”

गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुुनेछ ।

प्रशासनिक खर्चबाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ कात्तिक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले निर्माण कार्यको गति घटाएका हुन् । “सबैभन्दा धेरै बजेट भएको दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुवर्षीय आयोजनामा काम गरेका व्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेकेदारलाई काम लगाउन समस्या भएको हो ।”

सङ्घीय र प्रदेश सरकारको (समपुुरक) ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधी २७ महिनाको हो । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२÷०८३ मा रु २३ करोड २२ लाख बिनियोजन भएको छ ।

आगामी आवसम्म योजना निर्माण पूरा नभएमा सङ्घीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई व्ययभार थपिनेछ । विसं २०७१ मा मुनामा सडक पुगेको थियो । कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो ।

म्याग्दीको मङ्गला मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्छ । म्याग्दी १(ख) बाट निर्वाचित प्रदेश सांसद रेशमबहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणमा देखिएको ढिलाइप्रति चिन्ता ब्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण र स्थानीयस्तरमा कामको गति बढाउन सहजीकरण गरिएको बताउनुभयो ।

उक्त सडकअन्तर्गतको धौलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷०८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत योजना सम्पन्न गराउन लागिएको बताउनुभयो । मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलिसकेको छ । बेनीदेखि तालावाङसम्म १८ किलोमिटर कालोपत्र भएको छ ।

‘कर्णाली नदी कटान रोक्न प्रभावकारी काम भएन’

टीकापुर । टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् ।

कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम हुने भएकाले यसमा ध्यान दिन अनुरोध गरेका हुन् ।

कर्णाली नदीले टीकापुर पार्कको माथिल्लो क्षेत्र र सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा कटान तीव्र बनाइरहेकाले तत्काल समाधान गर्नुपर्ने माग गरेका छन् । मङ्गलबार तिनै तहका जनप्रतिनिधिले नदी कटानले गरेको असरको स्थलगत अनुगमन समेत गरेका छन् ।

कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीको अध्यक्षतामा भएको संयुक्त छलफलमा सहभागी टीकापुर–५ का स्थानीय अनन्त खड्काले आफूहरुले वर्षौंदेखि नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना, बर्दियामा रहेको कर्णाली नदी नियन्त्रण कार्यालय, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुर लगायत प्रदेश र सङ्घमा धाउँदा पनि समस्या समाधान हुन नसकेको बताए ।

“जलस्रोत व्यवस्थापन आयोजनाका कर्मचारी ल्याएर देखाउँदा कर्णालीमा रानी जमराले काम गरिरहेको छ यहाँ भन्दा मोहनामा काम गर्छौ भन्नुभयो र मोहनामा रु चार करोडको काम भयो”, उनले भने, “सिँचाइ आयोजनाले पर्याप्त काम गर्न नसक्ने, अन्य कार्यालयले लगानी नगर्दा समस्या भएको छ । अब नदी सिञ्चित क्षेत्र बचाउभन्दा पनि तटबन्धकै लागि बजेट सुनिश्चित भएर काम हुनुपर्छ, अनि मात्र यहाँको जमीन र बस्ती जोगिन्छ ।”

टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला नदीजन्य कानुनले पनि समस्या भएको बताए । उनले नदीभित्र थुप्रिएका नदीजन्य पदार्थ उत्खनन गर्न पनि सहज नभएको, नदी कैलालीतर्फ बगिरहेकाले जोखिम बढेको बताए । उनले सङ्घीय सांसदलाई नदी नियन्त्रण पहिलो प्राथमिकता दिएर बजेट व्यवस्था गरिदिन अनुरोध गरे । “पहिलोमा कर्णाली नदी नियन्त्रण, दोस्रोमा भूमिहीन समस्या समाधान, तेस्रोमा टीकापुर उद्यान विकासमा ध्यान दिनुहोला”, उनले भने, “यति गरेमा विकास, शिक्षा अन्य कुरा विस्तारै सहकार्य गरेर विकास गरौँला ।”

कार्यवहाक नगर प्रमुख नगार्जीले टीकापुरका नागरिकलाई बाढीको समस्याबाट बचाइदिन अनुरोध गरे । “पहिलोपटक तिनै तहका सरकारका प्रतिनिधिबीच यहाँका समस्या र पीडाबारे छलफल भएको छ”, उनले भने, “सबैको समस्या नदी कटानका कारण हुने कटान र डुबान भएकाले सबै मिलेर नागरिकलाई सुरक्षित बनाउनुपर्ने छ । हामीसँग स्रोत छैन, प्रदेश र सङ्घले यहाँ नदी नियन्त्रणमा प्राथमिता दिएर काम गर्नुपर्छ ।”

कार्यक्रममा रानीजमरा कुलरिया सिँचाइ आयोजना टीकापुरका कार्यालय प्रमुख प्रेमराज घिमिरेले यतिबेला कर्णाली नदीका केही ठाउँमा भइरहेको तटबन्ध पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायीले ठप्प पारेको बताए । “निर्माण व्यवसायी हात खडा गरेर बसेका छन्, पहिलेको हिसाबमा लागत भएको, अहिलेको महँगीमा काम गर्न नसकिने भन्दै रोकेका छन्, हामीले ताकेता गरिरहेका छौँ”, उनले भने, “अहिले सिँचाइ आयोजनाको इन्केट, पार्क पछाडिको क्षेत्र, सनकट्टी नजिकको क्षेत्रमा ठूला ढुङ्गा (बिग बोल्डर) हालेर तटबन्ध भइरहेको छ ।”

कार्यालय प्रमुख घिमिरेले आयोजनाले सिञ्चित क्षेत्र बचाउका लागि मात्र काम गरिरहेकाले अहिले तत्काल सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा भइरहेको कटान रोक्न बजेट नभएको बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले नदी नियन्त्रण सङ्घीय सरकारले गर्नुपर्ने जिम्मेवारी रहेको बताए । “प्रदेशमा रहेको सिँचाइ कार्यालयले पनि कर्णालीमा सिँचाइ आयोजना छ भनेर लगानी गर्न मानेको छैन”, उनी भन्छन्, “प्रदेशले मोहनामा मात्र काम गरिरहेको अवस्था छ । अब नदी नियन्त्रण तथा यहाँका समस्या समाधानका लागि तिनै तहका सरकार मिलेर काम गर्नुपर्छ ।”

कैलाली–१ का प्रतिनिधिसभा सदस्य ज्ञवालीले नदी कटान गम्भीर समस्याका रुपमा लिएर संसद्मा समेत आवाज उठाएको, प्रधानमन्त्रीलाई समेत जानकारी दिएको बताउँदै अब बजेट सुनिश्चितताका लागि पहल गर्ने बताए । “विपद् व्यवस्थापनका लागि स्थानीय सरकार र प्रदेश सरकारका प्रतिनिधिसँग छलफल गरेको छु, नदी कटान भइरहेका क्षेत्रमा स्थलगत हेरेँ”, उनले भने, “अब बर्खा लाग्न थाल्यो, पूर्वतयारीमा सबै मिलेर जुटौँ, अहिले तत्काल गर्न सकिने कुरामा पनि जुटौँ । केन्द्रबाट गर्ने कुरामा दीर्घकालिन समाधानका लागि म प्राथमिकता दिएर काम गर्नेछु ।”

रास्वपाको ‘राजनीतिक बेइमानी’ भन्दै प्रधानमन्त्री बालेनमाथि खनिइन् जेनजी अगुवा रक्षा बम

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशन दिएपछि जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी छिन् ।

उनले यो कदमको कडा विरोध गर्दै प्रधानमन्त्री बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको बताएकी छिन् ।

उनले लेखेकी छिन् – ‘बालेन, तपाईंले जानेकै यत्ति हो? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो। ‘

नगर प्रमुखले आफ्नो सेवा सुविधाबाट प्राप्त गर्ने रकमबाट ३७ परिवारको स्वास्थ्य बिमा गरिदिए

चितवन। रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नो सेवा सुविधाबाट प्राप्त गर्ने रकमबाट ३७ परिवारको स्वास्थ्य बिमा गरिदिनुभएको छ ।

उहाँले हालै वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिनुभएको हो । ती परिवारहरूको बिमा शुल्क नगर प्रमुख सापकोटाले आफ्नो पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोर्नुभएको हो ।

प्रमुख सापकोटाले यसअघि पनि तलब–भत्ता र ‘मायाको चिनो’बापतको रकमबाट २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिसक्नुभएको छ । उहाँका अनुसार वार्षिक रूपमा करिब तीन हजार ५०० परिवारलाई स्वास्थ्य बिमामा समेट्न कार्यक्रम सञ्चालन गरिएको थियो । तर, उक्त कार्यक्रम ‘जेनजी आन्दोलन’पछि रोकिएको छ ।

नगरपालिकाले फजुल खर्च कटौती गर्ने उद्देश्यले औपचारिक कार्यक्रममा खादा तथा ‘मायाको चिनो’ नलिने नीतिगत निर्णय गरेको छ । सोही निर्णयअनुसार विभिन्न सङ्घ–संस्थाले प्रदान गर्न चाहेको मायाको चिनो बराबरको रकम स्वास्थ्य शाखाको कोषमा जम्मा गरिँदै आएको छ । उक्त रकमसमेत निःशुल्क स्वास्थ्य बिमा तथा अन्य सामाजिक काममा परिचालन गरिने गरिएको छ । यसअघि प्रमुख सापकोटाले आफ्नो तीन महिनाको तलबबाट रत्ननगर–१२ स्थित एक आधारभूत विद्यालयका विद्यार्थीलाई कापी–कलम तथा ट्र्याकसुट वितरण गर्नुभएको थियो ।

प्रमुख सापकोटाले भन्नुभयो, “निःशुल्क स्वास्थ्य र शिक्षा जनताको नैसर्गिक अधिकार हो । राज्यले सबैलाई यो सेवा निःशुल्क उपलब्ध गराउनुपर्छ । आगामी आर्थिक वर्षको बजेटमा विपन्न वर्गका लागि थप प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रम समेट्ने हाम्रो लक्ष्य छ ।” उहाँले १०० भन्दा बढी विद्यार्थीलाई व्यक्तिगत रूपमा छात्रवृत्ति पनि प्रदान गर्दै आउनुभएको छ ।

नगर प्रमुख सापकोटाका अनुसार विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्नेछन् । उपचारमा समस्या हुने नागरिकका लागि रु ३० लाख ‘स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरिएको छ ।

साथै भरतपुर अस्पतालमा विपन्न उपचार कोष, क्यान्सर अस्पताल चितवनमा थप रु २५ हजार उपचार सहयोग तथा रत्ननगर–२ मा निःशुल्क ब्लड बैंक सेवा सञ्चालनमा रहेको पालिकाले जनाएको छ ।

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम। विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।

साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आउनुभएको छ ।

स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउनुहुन्छ । पचासदेखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किन्नुभयो । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोड्नुभयो । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ ।

“झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जोडेका जमिनहरु त्यतिबेलाकै व्यापारले हो ।” उहाँ भन्नुहुन्छ, “०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ । महिनाको रु २०० भाडा तिर्नुपथ्र्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरुलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।”

अहिले पनि उहाँको पसल(जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्नुहुन्छ, “महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।” उहाँको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । “जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दैछिन् । मलाई सन्तोष छ ।” छोरीहरूको पढाइका लागि उहाँले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताउनुभयो ।

समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य रु पाँचबाट बढेर रु १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उहाँ भन्नुहुन्छ, “प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।”

विसं २०४२ तिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाउनुहुन्थ्यो । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बन्नुभएको थियो । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उहाँ बताउनुहुन्छ । आज पनि उहाँ पसलमै व्यस्त हुनुहुन्छ । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । “काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन् ।” उहाँ भन्नुहुन्छ ।

ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपथ्र्यो । “बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो ।

हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन् ।” गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाउनुभयो, “अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।”

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४०, सेता मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, राजमा प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १८०, तीते करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ३०, परवर प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ६०, सखरखण्ड प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकिलो रु ५०, कोइराला प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु १९०, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु २५०, अनार प्रतिकिलो रु ४००, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४५० र एभोकोडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु ५००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

पदक विजेता २ जना खेलाडीहरूलाई नगदसहित काठमाडौं महानगरपालिकाबाट सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनीहरूलाई सम्मान गरेकी हुन् । खेलकुदमार्फत राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पु¥याए बापत उनीहरूलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा छन् । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वल्र्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराँते (इको) संघका तर्फबाट भाग लिएका थियो । उनीलाई १ लाख ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नभइ राष्ट्र निर्माणमा सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन गरेको जनाएको छ ।

विभागदे ‘प्रवास सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ । जसमार्फत नेपालीलाई औपचारिक रूपमा पार्टीसँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएका छ ।

त्यसैगरी, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न प्रोफाइल बैंक स्थापना गर्ने योजना अघि सारिएको छ।
विभागले नेपालमा लगानीका सम्भावना पहिचान गर्ने, विदेशमा हासिल गरिएका सीपहरूको उपयोग गर्ने, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास गर्ने र स्वदेश फर्कन लगानीकर्तालाई मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ ।

११ देशका स्रष्टाहरु एकसाथ मुन्दुम पदमार्गमा

भोजपुर। नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरुले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् ।मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरुलाई पदयात्रा गराई अन्तरराष्ट्रिय स्रष्टा सम्मेलनसमेत सम्पन्न गराइएको छ ।” यसले मुन्दुम पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा भाग लिँदै मुन्दुम भ्रमण गर्न पाएकामा अन्तरराष्ट्रिय स्रस्टाहरु खुसी देखिएका थिए । सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरुलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले कुन जातिको बसोबास थियो, हाल कुनकुन जातिको बसोबास छ, यस क्षेत्रको हावापानी, भूगोल, वातावरण कस्तो छ, मुन्दुम पदमार्ग क्षेत्रमा कुनकुन वनस्पति, वन्यजन्तु पाइन्छलगायतको विषय समेटिएको कार्यपत्र प्रस्तुति गरिएको थियो ।

यो विश्वव्यापी परियोजनामा स्वदेशी तथा विदेशी स्रष्टाहरुलाई प्रत्यक्ष भ्रमण गराएर र अन्य माध्यमबाट मुन्दुम पदमार्गबारे सम्पूर्ण जानकारी प्रदान गरेपछि उनीहरुलाई मुन्दुम पदमार्गबारे गीत सृजना गर्न लगाइने छ । स्वदेशी तथा विदेशी स्रष्टाहरुले सृजना गरेको गीतलाई स्वदेशी तथा विदेशी गायकगायिकालाई गाउन लगाएर ‘रेकर्ड’ गरिने लक्ष्य लिइएको छ ।

सो पदयात्रामा कोशी प्रदेशबाट मेघराज नेपाल, श्याम तमोट, टेकबहादुर तामाङ, लोचन भट्टराई, गीता कार्की, अशोक राई, प्रमिला राई, सीता तुम्खेवा, डा. भक्त राई, वसन्त मुकारुङ, किरण टी लिम्बू, राजु केसी, शुभ मुकारुङ, पारस मुकारुङ, रमेश कोइराला सहभागी थिए ।

त्यसैगरी, मधेस प्रदेशबाट धीरेन्द्र प्रेमर्षि र बागमती प्रदेशबाट लक्ष्मी रुम्बा, सुस्मिता नेपाल, सविता रेग्मी, गण्डकीबाट वसन्त वित्यासी थापा, भीम मास्की सहभागी थिए । लुम्बिनी प्रदेशबाट देव राना र कर्णाली प्रदेशबाट सागर उद्गम, अम्बिका गौतम तथा सुदूरपश्चिम प्रदेशबाट हर्क साउदलगायतका स्रष्टाको सहभागिता थियो ।

नेपाल बाहिरबाट भारतको दार्जीलिङबाट डा सुरेन्द्र चाम्लिङ, प्रसान्त थुलुङ, दुर्गा राई, सिक्किम राज्यबाट मोहन दुङमाली, भुटानबाट धनराज राई, दिलकुमार राई, चीनबाट लिन झोङ, रोङ झाङ, अष्ट्रेलियाबाट स्टिफन फोडेहम, टर्कीबाट जाहिद, एर्कान टेटिक र रसिया, सिङ्गापुर, फिलिपिन्स, जापान, कोरियालगायतका देशका स्रष्टाहरुको सहभागिता रहेको थियो ।यस्ता कार्यक्रमले पूर्वी नेपालको मात्र नभई समग्र राष्ट्रकै विकासमा सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् ।

सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन् ।

सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि यहाँका अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ ।

पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका समुदायिक विद्यालयका प्रधानाध्यापकहरुको अनुरोधअनुसार नगरप्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गर्नुभएको बताउनुभयो ।

“सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आइतबार पनि बिदा हुने भएपछि पढाइ थोरै दिन हुने भन्दै पालिकाको शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन सुरु गर्न अनुरोध गर्नुभयो,” उहाँले भन्नुभयो, “प्रअहरुले अनुरोध गरेपछि वैशाख २ देखि ६ गतेसम्म भर्ना अभियान र ७ गतेदेखि नियमित कक्षा सुरु गर्न नगर प्रमुखबाट सहजीकरण भयो ।”

अहिले पालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मङ्गलबार र बुधबारदेखि पढाइ सुरु गराएका छन् । कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयहरुले मङ्गलबारदेखि नियमित पठनपाठन सुरु गरिसकेका जानकारी दिनुभयो ।

हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकामा बुधबारदेखि नियमित पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो ।

जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन् । बौदिकाली गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुसालले कार्यपालिका बैठक बसेर बिहीबारदेखि पढाइ सुरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “सङ्घीय सरकारले २१ गतेदेखि मात्रै पढाइ सुरु गर्न भनेको भए पनि अभिभावकहरुको आग्रहमा कार्यपालिका बैठकले १० गतेदेखि विद्यालयमा पढाइ सुरु गर्ने निर्णय गरेको हो,” उहाँले भन्नुभयो ।

जिल्लाको देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने सङ्घीय सरकारको निर्देशनविरुद्ध नजाने निर्णय गरेका छन् । देवचुली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव रामप्रसाद शर्माले विद्यालयको पठनपाठन अगाडि गर्ने भनेर कार्यपालिका बैठक बसेको भए पनि पारित हुन नसकेको बताउनुभयो ।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहहरुले विद्यालय खुलाएका हुन् । एउटै जिल्लामा पनि फरक–फरक मितिमा विद्यालय खुल्दा अभिभावकहरु भने अन्यौलमा परेका छन् ।

सरकारले गर्यो शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न आह्वान

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो ।

जारी सूचना अनुसार गदगुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्था छ ।

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

झापा। एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् ।

घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ । जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नेगरी ३० लाख रुपैयाँ बजेट दिएका छन् ।

मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैङ्कको एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा अफसेट प्रविधियुक्त सौर्य विद्युतीय घेराबारा जडान गरिएको थियो ।

सौर्य घेराबारा प्रभावकारी भएकाले सुरुका वर्षहरुमा भारतबाट बथानमा नेपाल आउन खोज्ने जङ्गली हात्ती सीमामै रोकिएका थिए । तर, घेराबाराको नियमित मर्मतसम्भार हुन नसक्दा बिगत पाँच वर्षयता बाहुनडाँगीबाट निर्बाध प्रवेश गर्ने हात्तीले जनधनको क्षति पुर्याउँदै आएका छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले सौर्य विद्युतीय घेराबाराको उपकरण मर्मतका लागि बजेट आएपछि स्थानीयवासी हर्षित भएको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मर्मतसम्भारका लागि वन मन्त्रालयले १० लाख रुपैयाँ, राष्ट्रिय प्रकृति संरक्षण कोषले १० लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

“अठार किलोमिटर दूरीमा रहेको विद्युतीय घेराबारामा १८ स्थानमा ब्याट्रीसहितको उपकरण जडान गरिएका थिए,” अध्यक्ष उप्रेतीले भन्नुभयो, “ती सबै ब्याट्री फेर्नुपर्ने अवस्था छ । गौडाहरुमा विद्युत् प्रवाह हुने तार र खम्बाहरु समेत ढलेका छन् । तिनको पनि मर्मत गर्नैपर्ने हुन्छ ।”

मञ्चमार्फत नै घेराबेरा मर्मत हुने र भारतबाट ब्याट्रीलगायत उपकरण आयातको प्रक्रिया सुरु भइसकेको उप्रेतीले जानकारी दिनुभयो ।

भारतको आसाम र पश्चिम बङ्गालको विभिन्न वन्यजन्तु आरक्षण केन्द्रहरुबाट जङ्गली हात्तीहरु नेपाल प्रवेश गर्ने मुख्य स्थान नै मेचीनगरको बाहुनडाँगी हो । जहाँ दिनहुँ एक सयको बथानमा हात्ती नेपाल प्रवेश गर्दै आएका छन् । आहार खोज्दै भित्रिने ती हात्तीले झापाको उत्तरी क्षेत्रमा जनधन र बालीको व्यापक क्षति गर्दै आएका छन् ।

विद्युतीय घेराबाराको नियमित मर्मतसम्भारका लागि सरकारले बजेट नदिँदा समस्या बल्झिएको जनाउँदै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मर्मतका लागि बजेटको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

“मानव हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न र सहअस्तित्वको अवधारणाबाट अघि बढ्न बाहुनडाँगीमा विभिन्न असल अभ्यास भइरहेको छ,” उहाँले भन्नुभयो, “जनधन र बालीको सुरक्षाका लागि युवाको द्रुत परिचालन टोली गठनदेखि बाली बिमाको व्यवस्थामा ध्यान केन्द्रित गरिरहेका छौँ । विद्युतीय घेराबारा मर्मत भएपछि बथानमा भित्रिने हात्ती मेची नदीपारि नै रोकिनेछन् । जसबाट निकै राहत मिल्ने आशा छ ।”

खप्तड छेडेदह-६ का वडाध्यक्ष विष्टकाे निधन

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइतबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले जानकारी दिए । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो ।

यहाँका दश स्थानीय तहमा ४८३ सामुदायिक तथा १६ वटा निजी विद्यालय सञ्चालनमा छन् ।

गुल्मी सदरमुकाम तम्घासमा बिक्री हुन थाल्यो फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो ।

सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०, रेडबुलका बोतल प्रतिकेजी रु ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु आठ, पानीका बोतल प्रतिकेजी रु १०, फलाम प्रतिकेजी रु १५, सिसा प्रतिकेजी रु एक तथा टिन प्रतिकेजी रु पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७६५ घरबाट फोहोर सङ्कलन गर्छ ।

दुई वटा ट्याक्टर, दुई जना चालक र दुई जना सहचालक राखेको समितिले शनिबार बाहेक साताको छ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ । कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन सङ्कलन हुने समितिले जनाएको छ । उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ । उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले रु २० हजार आम्दानी गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।

पानीको मुहान र बस्तीलाई फाइदा

फोहोर बिक्री हुन थालेपछि पानीको मुहान सफा हुने भएको छ । फोहोर बिक्री नहुँदा ओख्रेनीमै जलाउने गरिएको थियो । जसले गर्दा ओख्रेनी, उदिनढुङ्गा जिप पार्क, बेदुखर्कलगायतका गाउँ सधैँ दुर्गन्धित हुने गर्दथ्यो ।

तम्घासदेखि ओख्रेनी हुँदै बेदुखर्क, भनपानीलगायतका गाउँ जाँदा बाटोसम्मै दुर्गन्ध फैलन्थ्यो । अहिले त्यो दुर्गन्ध हटेको स्थानीय मीना खत्रीले बताइन् ।

त्यसैगरी फोहोर फाल्ने ठाउँ तलपट्टि खानेपानीको ट्याङ्की छ । उक्त पानी तम्घास बृहत् खानेपानी उपभोक्ताको ट्याङ्कीमा जम्मा भई तम्घास बजारका मानिसले पिउँछन् । फोहोर मैला व्यवस्थित नहुँदा खानेपानी समितिमाथि पनि थुप्रै प्रश्न उठेका थिए । फोहोर बिक्री हुन थालेपछि खानेपानीको मुहान शुद्ध हुने स्थानीय उपभोक्ता सरस्वती सर्तुङ्गेले बताइन् ।

Nabil bank
फोहोर व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले सहयोग गरेको छ । नगरले रु १३ लाख ८० हजारमा जमिन सम्याएपछि मात्रै फोहोर व्यवस्थापन एवं बिक्री सुरु गरिएको हो । उक्त रकममध्ये हालसम्म रु सात लाख भुक्तानी भएको छ भने रु छ लाख ८० हजार भुक्तानी हुन बाँकी छ ।

नगर प्रमुख खिलध्वज पन्थीले बजारलाई सरसफाइ राख्नु नगरको दायित्व भएकाले र यसलाई समितिले सहयोग गरेको बताए । उनले फोहोर बिक्रीबाट एकातर्फ समितिलाई आम्दानी भएको र अर्कोतर्फ बजार सरसफाइ भएको भन्दै खुसी व्यक्त गरे । फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक समितिलाई रु १० लाख अनुदान स्वरुप प्रदान गर्दै आएको छ ।

त्यसैगरी, समितिका अध्यक्ष पन्थीले अब कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने योजना रहेको बताउनुभयो । अहिलेसम्म कुहिने फोहोरलाई ओख्रेनीकै छेउको खोल्सामा पुर्ने गरिएको छ । अब करिब १४ लाख लागतमा उक्त फोहोरलाई कम्पोस्ट मल बनाउने गरी काम सुरु गरिने उनको भनाइ छ ।

“नगरपालिकासँग समन्वय भइरहेको छ, कुहिने फोहोरको पनि व्यवस्थापन गर्दा सहर झनै सुन्दर हुन्छ”, अध्यक्ष पन्थीले भने, “सुन्दर रेसुङ्गा नगर बनाउन सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ ।” तम्घासमा २०६१ सालदेखि नगर विकास तथा वातावरण सरसफाइ समितिले फोहोर व्यवस्थापन गर्दै आएको छ ।

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

कैलाली। जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ ।

यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुनुहुन्छ । जन्मजात दृष्टिविहीन उहाँले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लाग्नुभयो ।

विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सक्नुभएको छ । उहाँका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उहाँ कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिनुहुन्छ ।

उहाँले पढाउनुभएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् । गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उहाँलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उहाँ भन्नुहुन्छ, “मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठूलो खुसी अरू केही हुँदैन ।” तर, उहाँको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु प¥यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उहाँ बताउनुहुन्छ ।

बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उहाँका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उहाँलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँड्डुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो ।

यी कठिनाइले उहाँलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उहाँको सोच बदलियो । शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उहाँको आत्मविश्वास बढ्दै गयो । उहाँले बुझ्दै जानुभयो शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ ।

एसएलसी उत्तीर्ण गरेपछि उहाँले शिक्षण पेसामा पाइला टेक्नुभयो । त्यो समय उहाँका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन । तर उहाँले कहिल्यै आफूलाई कमजोर ठान्नुभएन बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढ्नु भयो । अध्यापनसँगै उहाँले उच्च माध्यमिक तह उत्तीर्ण पनि गर्नुभयो । कक्षामा उहाँ केवल पाठ्यपुस्तकका कुरा मात्र गर्नुहुन्न जीवनका अनुभव पनि साट्नुहुन्छ ।

उहाँको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उहाँकी श्रीमती पनि दृष्टिविहीन हुनुहुन्छ । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् । छोरीले सानो उमेरमै ठूलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् ।

चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ । उहाँ कहिलेकाहीँ गीत गाउनुहुन्छ भने कविता पनि लेख्नुहुन्छ । सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उहाँको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उहाँलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ ।

समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । “पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,” उहाँ भन्नुहुन्छ । गाउँमा कुनै कार्यक्रम हुँदा उहाँलाई विशेष रूपमा बोलाइन्छ । उहाँ अब केवल एउटा व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बन्नुभएको छ ।

उहाँका विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ । “हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,” उहाँ भन्नुहुन्छ ।

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

पर्सा। वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १० अर्ब १९ करोडअर्थात् १५ प्रतिशत बढी आयात भएको हो ।

जबकी गत आवको नौ महिनामा भने रु ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताउनुभयो । यो नाका हुँदै चालु आवको नौ महिनामा रु ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो । चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने रु पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो ।

त्यस्तै चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने रु ५९ करोड मूल्यको मात्रै भएको थियो ।

चालु आवको नौ महिनामा रु पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने रु छ अर्ब ६१ करोड मूल्यको भएको थियो ।

चालु आवको नौ महिनामा रु दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडा निर्यात भयो । त्यस्तै चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेकोछ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

यस्तै, आज राती कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

विदेश पठाउने भन्दै ४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा, उदयपुर त्रियुगा नगरपालिका–१० घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने ४९ वर्षीय विष्णु बुढाथोकी तथा काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लामाले अजरवैजान र फिजी पठाउने भन्दै २६ लाख ६३ हजार ७१० रुपैयाँ, बुढाथोकीले ब्रुनाई पठाउने भन्दै चार लाख ५० हजार रुपैयाँ तथा महर्जनले अष्ट्रिया पठाउने भन्दै १७ लाख रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकामध्ये शक्ति लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट बिगो रकम पाँच लाख रुपैयाँ भएको बैङ्किङ कसुर मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइतबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले जानकारी दिए । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो ।यहाँका दश स्थानीय तहमा ४८३ सामुदायिक तथा १६ वटा निजी विद्यालय सञ्चालनमा छन् ।

चन्द्रगढी महिला गोल्डकपः पुलिस सेमिफाइनलमा

झापा। मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा विजयी हुँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुआतमै १० खेलाडीमा सीमित बनेको पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १४औँ मिनेटमा पुलिस १० खेलाडीमा सीमित भएको थियो । गोलकिपर उषा नाथ डि–बक्स बाहिर हातले बल समातेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन् । त्यसपछि बैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरेकी थिइन् । सोही अवसरमा प्राप्त फ्रि–किकलाई सदुपयोग गर्दै हेमन्ती कुमारीले गोल गरेपछि लक्ष्मीबाईले अग्रता लिएको थियो ।

१–० गोलअन्तरले पछि परेको पुलिसले त्यसपछि खेलमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन ग¥यो । खेलको ३८औँ मिनेटमा मीना देउवाको क्रसमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै खेल बराबरी बनाइन् ।

दोस्रो हाफमा पुलिसले आक्रामक खेल प्रदर्शन गर्दै थप चार गोल गरेको थियो । छयालीसौँ मिनेटमा पूजा रानाको कर्नर प्रहार गोलकिपरबाट रिबाउन्ड भएपछि कप्तान अमृता जैसीले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । पुलिसका लागि ५३औँ मिनेटमा सम्झना लावती, ६७ औँ मिनेटमा मीना देउवा र इन्ज्युरी समयमा पूजा रानाले गोल गरिन् ।

खेलको ‘प्लेयर अफ द म्याच’ पूजा राना घोषित भइन् । उनले नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत बिहीबार अन्तिम क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ ।

चन्द्रगढी महिला गोल्डकपः पुलिस सेमिफाइनलमा

झापा। मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुआतमै १० खेलाडीमा सीमित बनेको पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १४औँ मिनेटमा पुलिस १० खेलाडीमा सीमित भएको थियो । गोलकिपर उषा नाथ डि–बक्स बाहिर हातले बल समातेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन् । त्यसपछि बैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरेकी थिइन् । सोही अवसरमा प्राप्त फ्रि–किकलाई सदुपयोग गर्दै हेमन्ती कुमारीले गोल गरेपछि लक्ष्मीबाईले अग्रता लिएको थियो ।

१–० गोलअन्तरले पछि परेको पुलिसले त्यसपछि खेलमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन ग¥यो । खेलको ३८औँ मिनेटमा मीना देउवाको क्रसमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै खेल बराबरी बनाइन् ।

दोस्रो हाफमा पुलिसले आक्रामक खेल प्रदर्शन गर्दै थप चार गोल गरेको थियो । छयालीसौँ मिनेटमा पूजा रानाको कर्नर प्रहार गोलकिपरबाट रिबाउन्ड भएपछि कप्तान अमृता जैसीले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । पुलिसका लागि ५३औँ मिनेटमा सम्झना लावती, ६७ औँ मिनेटमा मीना देउवा र इन्ज्युरी समयमा पूजा रानाले गोल गरिन् ।

खेलको ‘प्लेयर अफ द म्याच’ पूजा राना घोषित भइन् । उनले नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत बिहीबार अन्तिम क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ ।

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीसँगको बैठकमा प्रहरी महानिरीक्षक कार्कीले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले सूचना सङ्कलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी सोहीअनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्तालाई लक्षित गरी सुधारात्मक कार्यक्रम गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने प्रहरी महानिरीक्षक कार्कीको भनाइ थियो ।

उहाँले सीमानाकामा हुनसक्ने आपराधिक गतिविधि एवं तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताउनुभयो । गुण्डागर्दीविरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुन उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोहीअनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी नागरिक सुनुवाइ कार्यक्रममार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकले महसुस गर्नसक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समसामयिक विषयमा निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षकलगायत प्रदेश कार्यालय र जिल्ला कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति थियो ।

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल। अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव बुधबार फेला परेको प्रान्तीय प्रहरीका प्रवक्ता एहसानुल्लाह कामगरले जानकारी दिनुभएको छ ।

तीन दिनअघि रागिस्तान जिल्लामा हिमपहिरोमा परी ज्यान गुमाएका ती व्यक्तिको शव बुधबार फेला परेको हुँदा परिवारलाई हस्तान्तरण गरिएको अधिकारीले बताएका छन् ।कामगरले घटनाबारे थप विवरण भने दिनुभएन । बदाख्सान लगायत अफगानिस्तानका केही भागहरूमा विगत केही हप्तादेखि भारी वर्षा, बाढी, हिमपात भएको थियो र अहिले यो शान्त भएको छ ।

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दैै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।यहाँस्थित चिनियाँ दूतावासले आज साँझ यहाँ आयोजना गरेको ‘वसन्तको आवाज गीतसङ्गीतका साथ भित्री मङ्गोलियाको यात्रा’ कार्यक्रममा उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चीन र नेपालबीचका भौगोलिक एवं सांस्कृतिक समानताका विविध पक्ष सुनाउनुभयो । उहाँले भित्री मङ्गोलियाको सांस्कृतिक वैभव द्विदेशीय सांस्कृतिक आदानप्रदानका निम्ति महत्वपूर्ण छ भन्नुभयो ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चिनियाँ पक्षबाट भएको सहयोगको सराहना गर्दै अर्थमन्त्री डा वाग्लेले चीनले हासिल गरेको विकासबाट नेपालले सिक्न चाहेको बताउनुभयो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा चिनियाँ समृद्धि र त्यसबाट नेपालले पाठ सिक्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने विषय समावेश गरेको छ”, उहाँले भन्नुभयो ।

चिनियाँ सहयोगमा निर्मित चक्रपथ, त्यसको विस्तार, केरुङ–काठमाडौँ सडक, रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो ।

नेपालमा चिनियाँ बैंक स्थापना, कृषि, पर्यटनलगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका निम्ति चिनियाँ पक्षसँग छलफल जारी रहेको बताउँदै उहाँले नेपालको चौतर्फी विकासका निम्ति दृढ सङ्कल्पका साथ क्रियाशील वर्तमान सरकारले सुशासन, आर्थिक र समृद्धिलाई केन्द्रमा राखेको जानकारी दिनुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले एकचीन सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउँदै पञ्चशीलका सिद्धान्तमा आधारित दुई देशबीचको यो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको भरपर्दो विकास साझेदार चीनबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । दुई देशबीचको विद्यमान सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष भण्डारीले सात दशक पुरानो नेपाल–चीन सम्बन्ध आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा पनि सघन हुँदै गएकामा प्रसन्नता प्रकट गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपालमैत्री तथा सहयोगका निम्ति नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गर्दै नेपालको संस्कृति एवं प्राकृतिक सौन्दर्यबाट आफू मन्त्रमुग्ध भएको बताउनुभयो ।

चीन–नेपाल रणनीतिक साझेदारीलाई अनन्तकालसम्म चिरस्थायी बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले ‘बेल्ट एण्ड रोड’का माध्यमबाट नेपालको विकास प्रयासमा अझ सहयोग गर्ने चिनियाँ चाहना सुनाउनुभयो । हालै चीनले पारित गरेको १५औँ पञ्चवर्षीय योजना चीनको विकासका निम्ति मात्र नभई छिमेकी राष्ट्रहरुको उन्नयनमा पनि सहयोगी हुने विश्वास राजदूत चाङले व्यक्त गर्नुभयो ।

जनस्तरको द्विदेशीय सम्बन्धलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने दृढता दोहो¥याउँदै उहाँले विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअवसरमा भित्री मङ्गोलियाका लोक संस्कृति, गीतसङ्गीत भित्री मङ्गोलिया स्वायत्त प्रदेशका कलाकारहरुले प्रस्तुत गरेका थिए ।कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, पूर्वसभामुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका चिनियाँ तथा समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनले तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ ।

विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ । उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण भएको जनाइएको छ ।

यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।

परिवारतर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको देखिएको छ । साथै आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ ।

पण्डितले आफ्नो व्यक्तिगत सम्पत्तिमा २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको खुलाएका छन् । उक्त सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको उल्लेख छ ।

त्यस्तै उनले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको विवरणमा देखिएको छ । साथै विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि उल्लेख गरिएको छ ।सरकारले उनलाई गत चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ। सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुने जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

निरन्तर १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।

भक्तपुरबाट ११ विचौलिया पक्राउ

भक्तपुर। भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले आज ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर नगरपालिका–१० स्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरुलाई आज पक्राउ गरिएको जानकारी दिनुभयो ।

लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पुर्याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छः सभापति थापा

मोरङ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो ।

सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । उहाँले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा कांग्रेसको सरकार रहेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसलाई स्मार्ट बनाउन क्रियाशील सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको उल्लेख गर्दै सभापति थापाले पार्टीका ज्येष्ठ सदस्यको सदस्यता ऐतिहासिक भएकाले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पार्नुभयो । उहाँले आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काइने बताउनुभयो । उहाँले पार्टीमा चार पुस्तालाईसँगै मिलाएर सङ्गठन मजबुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टी उपसभापति पुष्पा भुसालले हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सङ्गठनलाई सुदृढ बनाई पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो एवं सुदृढ बनाउन क्रियाशील सदस्यहरुले पार्टीको नीतिका विषयमा घरघरमा जनतालाई जानकारी दिनु जरुरी रहेको बताउनुभयो । पार्टीमा उत्साह र नयाँ जीवन ल्याउन वडास्तरीय सदस्य डिजिटल अद्यावधिक गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुर्नजीवन दिन वडास्तरदेखि केन्द्रसम्म अद्यावधिक गर्न लागिएको बताउनुभयो । स्थानीय सरकारले गरेको लोकप्रिय कार्यको प्रचार प्रसार नहुनु पनि निर्वाचनको पराजयको एउटा कारण भएको उहाँको भनाइ थियो ।

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट आपूर्ति गरिएको रासायनिक मल आगामी असारसम्म मौज्दात रहने भएपनि, पश्चिम एशियामा जारी सङ्कटका कारण मल आपूर्तिमा अवरोध उत्पन्न हुने देखिएकाले सहजीकरणका लागि सम्बन्धित निकायहरूलाई आग्रह गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि विभाग, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सातै प्रदेशका कृषि मन्त्रालय तथा स¬ङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आगामी यामको धानखेतीका लागि मल बिक्री–वितरणलाई प्रभावकारी बनाउन सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

लुम्बिनी प्रदेशसभा बैठकः प्रदेश जीवनाशक विषादी व्यवस्थापन कानून निर्माण

लुम्बिनी। लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनको कानुनी व्यवस्था भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि त्यस्तो कानुनी बाटो निर्माण भएका हो ।

प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १५ औँ बैठकले उक्त विधेयक प्रतिवेदन सहितको सर्वसम्मत पारित गरेको हो । बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो । आजको बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पन्थी र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गर्नुभयो । त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

बैठकमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनता महँगीका कारण जनता मारमा परेको बताउनुभयो । प्रदेशसभा सदस्य यमबहादुर सार्कीले लामो प्रयासपछि दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तयार भएको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । प्रदेशसभा सदस्य सुशीला वादीले उक्त विधेयक प्रमाणीकरणपछि प्रभावकारी कार्यान्वयनका लागि सरकारले भूमिका बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य खड्ग बस्नेतले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्नुभयो । अर्का प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले बजेट तर्जुमा र कार्यान्वयनमा समस्या रहेको औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले सीमा क्षेत्रमा राजस्व कडाइ गर्ने सङ्घीय सरकारको नीति अवैज्ञानिक रहेको टिप्पणी गर्नुभयो । प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै क्षेत्र प्रभावित भएको भन्दै तत्काल फिर्ता लिन माग गर्नुभयो । यस्तै बैठकमा प्रदेशसभा सदस्य यमुना रोका तामाङले अदूरदर्शी नीतिका कारण जनजीवन प्रभावित भएको बताउँदै भान्सा, खेतीपाती र दैनिक जीवनमा समस्या बढेको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य जमुना ढकालले किशोरीहरूको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको भन्दै राज्यले सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गर्नुभयो । छोरीहरूले न्याय कहिले पाउने भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो ।

वर्षा र पूर्वसावधानीका कारण गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी। फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् ।

प्रिमनसुन अवधिमा भइरहेको वर्षा र पूर्वसावधानीका कारण डढेकोका घटनामा कमी आएको हो । प्रदेशको वन तथा वातावरण मन्त्रालयका वन अधिकृत तिलकबहादुर थापाले यस वर्ष डढेलोका घटना न्यून देखिएको बताउनुभयो ।

“यसपालि डढेलोका घटना कम भए, छिटपुट रूपमा लागिहाले पनि वर्षाका कारण डढेलो फैलन पाएन”, उहाँले भन्नुभयो, “बोटबिरुवाले पालुवा हाल्ने र वन क्षेत्रमा हरियाली छाउन सुरु भएकाले अब डढेलोको जोखिम पनि घट्दै जान्छ ।” सुक्खा याम लम्बिँदा डढेलोका घटना धेरै हुने गरेकामा यसपालि पानी परिरहेकाले त्यस्तो अवस्था नआएको वन अधिकृत थापाले बताउनुभयो ।

विगतको तुलनामा सम्बन्धित सरकारी निकाय, सामुदायिक वन उपभोक्ता समूहलगायत स्थानीवासीले बढी सचेतना अपनाएका कारण पनि डढेलोका घटना नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ । डढेलाका घटना न्यून हुँदा वन क्षेत्रमा क्षति कम हुनुका साथै वायुमण्डलमा प्रर्दुषण पनि घटेको उहाँले बताउनुभयो । गत वर्ष पनि त्योभन्दा अघिल्लो वर्षको तुलनामा डढेलोका घटना कम भएका थिए ।

गत वर्ष वैशाख तेस्रो सातासम्ममा गण्डकी प्रदेशका जम्मा १९६ स्थानमा डढेलो लागेकामा यस वर्ष त्यो भन्दा कम हुने देखिएको वन अधिकृत थापाले बताउनुभयो । “ठूलो क्षेत्रमा डढेलो लागेर वनमा क्षति पुगेको घटना यस वर्ष मन्त्रालयमा अभिलेख भएको छैन”, उहाँले भन्नुभयो, “सामान्य र छिटपुट घटनाको गुनासो सङ्कलन र सम्बोधन जिल्ला तहबाटै हुने गरेको छ ।”

दुई वर्षअघि यही याममा भने गण्डकी प्रदेशका ४६७ स्थानमा डढेलोका घटना भएका थिए । उक्त वर्ष डढेलोबाट आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । डढेलो लाग्दा वन क्षेत्रमा बोटबिरुवा, वन्यजन्तु, काठ र दाउरामा क्षति पुग्ने गरेको छ । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याउने गरेको छ । विगतमा डढेलो अनियन्त्रित भएर मानव वस्तीतिर सर्दा धनजनको समेत क्षति भएका घटना बाहिर आउने गरेका थिए ।

गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ । हावाहुरीका कारण पनि डढेलो छिटो फैलने गर्छ । डिभिजन वन कार्यालय, बागलुङका प्रमुख सरोज पन्थीले यस वर्ष हालसम्म जिल्लाका १३ ठाउँमा आगलागीका घटना भएको बताउनुभयो । जन विगतका वर्षको तुलनामा कम सङ्ख्या रहेको उहाँको भनाइ छ । आगलागीका कारण दुई ४७ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रमुख पन्थीले बताउनुभयो ।

“अनियन्त्रित रूपमा डढेलो लागेर वनमा धेरै क्षति पुगेको घटना देखिएको छैन”, उहाँले भन्नुभयो, “स–साना आगलागीका घटना तत्काल नियन्त्रणमा लिइएको छ ।” डढेलो लाग्नुमा मानवीय कारणले नै मुख्य रहेको उहाँको भनाइ छ । ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको प्रमुख पन्थीले बताउनुभयो ।

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ । डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको छ ।

डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपत्का घटना पनि बढाउने गरेको छ । डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको छ ।

डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था रहेको छ । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध रहेको छ ।

भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने काम गरिरहेका छन् ।

यसले सूचना प्रणालीप्रतिको विश्वास कमजोर बनाउने र सामाजिक सन्तुलनमा नकारात्मक असर पार्ने जोखिम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधि नियन्त्रणका लागि कडा कदम चालिने स्पष्ट पारेको छ । मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार तथा सूचना हचुवाका आधारमा प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको छ । मन्त्रालयले यदि आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

त्यसैगरी, मन्त्रालयले भ्रामक सूचना फैलाउन सहयोग पुग्ने कुनै पनि क्रियाकलापमा संलग्न नहुन सर्वसाधारणलाई पनि आग्रह गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि सामग्री आफ्नो व्यक्तिगत खातामार्फत साझा गर्नुअघि त्यसको आधिकारिकता र सत्यता अनिवार्य रूपमा जाँच गर्न अपिलसमेत गरिएको छ ।

मन्त्रालयले यस्ता भ्रामक सूचना वा समाचारबारे जानकारी भएमा वा गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । साथै, आवश्यक परे फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ ।