`

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक देखि साधारणतया बादल लागेको छ । कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भू(भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश तथा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ ।आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा

काठमाडौँ। पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदुःख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ ।
हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको विद्यमान अवस्थामा सामाजिक कथामा आधिारित चलचित्रलाई दशर्कले रुचाएको देखिन्छ ।

यसैबीच, गत शुक्रबारदेखि सुरु भएको प्रेम कहानीमा आधारित बेहुली चलचित्रले हरितालिका तीजको दिन मात्र रु ७०–८० लाख ‘ग्रस’ व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार देशभरका सिनेमा हलहरूमा करिब १५० ‘शो’ पाएको थियो । अधिकांश हलहरू भरिभराउ भएका र दर्शकदीर्घाबाट उत्साहजनक रूपमा साथ पाइएको छ ।

सो चलचित्रका मुख्य कलाकारहरू पारसबम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ तथा निर्देशक शशान कँडेललगायतको टोली बजार प्रबर्द्धनका क्रममा आज चितवन पुगेको र सो टोलीले क्रमशः देशव्यापी भ्रमण गर्ने कार्यक्रम रहेको निर्माता अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

नेपाली समाजभित्रको यथार्थ भावना, युवा–युवतीको मनोभाव र पारिवारिक मर्मस्पर्शी कथावस्तुमा आधारित सो चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गर्नुभएको हो ।

यस्तै, शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘पेन्सन पट्टा’ लाई पनि दर्शकको राम्रो साथ मिलिरहेको निर्देशक माओत्से गुरुङले बताउनुभयो । उहाँका अनुसार तीजको दिन चलचित्रले अपेक्षाकृत व्यापार गरिरहेको छ र दर्शकबाट राम्रो पृष्टपोषण प्राप्त गरिरहेको छ । चलचित्रकर्मी दयाहाङ राईको प्रमुख अभिनय रहेको सो चलिचत्रमा सुनिल थापा, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायतले अभिनय गर्नुभएको छ ।

डा कपिल रिजालको ‘गौँथली’ चलचित्र सार्वजनिक भएको धेरै दिन भएपनि दर्शकका साथ रहेको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मकरूपमा राम्रो कमाइ रहेको सो चलचित्रमा अरुण क्षेत्री, सिमरन खड्कालगायतले अभिनय गर्नुभएको छ ।

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी

काठमाडौँ- धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक २१ बुँदे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजारसम्बन्धी लगानीको पुनरावलोकनलगायतका विषय समेटिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत परेको छ ।

सरकारले वार्षिक नीति तथा कार्यक्रम र चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत अर्थतन्त्रको विस्तार तथा चलायमान बनाउने कार्यक्रम कार्यान्वयन गरिरहेका बेला भोटेकोशी बाढीबाट भएको मानवीय तथा सूचीकृत जलविद्युत् आयोजनासहित भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप चाप परेको मन्त्रालयले जनाएको छ । सोही परिस्थितिलाई ध्यानमा राख्दै पुँजी बजारमा तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो ।

प्राथमिक बजारमा नयाँ व्यवस्था

कार्ययोजनाअनुसार नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि सामान्य योग्यतासम्बन्धी निर्देशिका तत्काल जारी गर्नुपर्नेछ । बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्काशनका लागि जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि तथा औषधि उद्योगलगायत क्षेत्रका लागि विशिष्ट योग्यता निर्धारण, मूल्य अन्वेषण प्रणाली तथा धितोपत्र बाँडफाँट प्रणालीसम्बन्धी नीतिगत र कानुनी सुधार गरी पुस मसान्तभित्र लागू गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, ऋणपत्र बजार, मुद्रा बजार र एक्सचेन्ज ट्रेडेड फन्ड (इटीएफ) जस्ता उपकरण विकास गर्न म्युचुअल फन्डलाई व्यावसायिक, विविधिकृत, पारदर्शी, जोखिमसचेत, प्रविधिमैत्री तथा दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउने नीति अघि सारिएको छ । यसका लागि बोर्डले तत्काल नीति सार्वजनिक गरी आवश्यक निर्देशिका तथा पूर्वाधार मङ्सिर मसान्तभित्र तयार गर्नेछ ।

धितोपत्र दलाल व्यवसायमा संस्थागत सुधार

कार्ययोजनाले धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरणलाई प्राथमिकता दिएको छ । बोर्डले तत्काल नीति सार्वजनिक गरी दलाल व्यवसायीलाई अन्तरराष्ट्रिय अभ्यास तथा मापदण्डअनुसार आधुनिक, व्यावसायिक, सुदृढ, प्रविधिमैत्री तथा बहुआयामिक धितोपत्र वित्तीय सेवा प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा समसामयिक सुधार गर्न नियामकीय तथा बजार पूर्वाधारसम्बन्धी छुट्टाछुट्टै विधेयकको मस्यौदा तयार गरिनेछ । यसबाट मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङजस्ता उपकरण सञ्चालनका लागि कानुनी आधार तयार गरिनेछ ।

नेप्सेको पुनर्संरचना

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को संस्थागत सुदृढीकरण, संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिका लागि सरकारले गठन गरेको कार्यदलले २०८२ पुस २४ गते पेस गरेको प्रतिवेदनका आधारमा नेप्सेको पुनर्संरचना तत्काल अघि बढाउने कार्ययोजनामा उल्लेख छ ।

हालको नेप्से सूचकाङ्कलाई ‘अल इक्विटी इन्डेक्स’का रूपमा कायम राख्दै कारोबार योग्य शेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन तथा सूचना प्रवाहलगायतका आधारमा नयाँ आधारभूत सूचकाङ्क (बेन्चमार्क इन्डेक्स) तयार गरी मङ्सिर मसान्तभित्र प्रयोगमा ल्याउने लक्ष्य राखिएको छ ।

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश

कार्ययोजनाले गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालको धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने व्यवस्था गर्न पहल गर्ने भएको छ । यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७४ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा गर्नुपर्ने संशोधनसम्बन्धी प्रस्ताव असोज मसान्तभित्र मन्त्रिपरिषद्मा पेस गर्ने व्यवस्था गरिएको छ ।

संस्थागत ऋणपत्र बजार विस्तार

बैंकमा आधारित वित्तीय प्रणालीबाट बजारमा आधारित वित्तीय प्रणालीतर्फ अघि बढ्न संस्थागत ऋणपत्र बजारको विकास गर्ने लक्ष्य कार्ययोजनाले लिएको छ । यसका लागि बोर्डले सार्वजनिक गरेको ऋणपत्रसम्बन्धी नियमावलीमा आवश्यक परिमार्जन गरी असोज मसान्तभित्र कार्यान्वयनमा ल्याइनेछ ।

हरित ऋणपत्र, विपद् ऋणपत्र, सामाजिक ऋणपत्र, परियोजना विशेष ऋणपत्र तथा पर्यावरण ऋणपत्रजस्ता विशिष्टीकृत ऋणपत्र जारी गर्न प्रोत्साहन गर्ने नीति तय गरिनेछ । त्यस्ता ऋणपत्रबाट प्राप्त रकमको लगानी तथा त्यससम्बन्धी सूचना सार्वजनिक गर्ने व्यवस्थासहित नीति असोज मसान्तभित्र तयार गरिनेछ ।

त्यस्तै, ट्रेजरी बिल तथा विकास ऋणपत्रको सक्रिय दोस्रो बजार सुनिश्चित गर्न कारोबार शुल्कको पुनरावलोकन गरी असोज मसान्तभित्र आवश्यक नीतिगत तथा बजार पूर्वाधार तयार गरिनेछ ।

शेयर ‘स्प्लिट’ र ‘बाइब्याक’ सहज बनाइने

सूचीकृत कम्पनीले प्रचलित कानुनी व्यवस्थाअनुसार शेयर विभाजन (शेयर स्प्लिट) तथा कम्पनीले आफ्नो शेयर आफैँ खरिद गर्ने (बाइब्याक) व्यवस्था व्यावहारिक रूपमा कार्यान्वयन गर्न सक्ने वातावरण तयार गरिने छ । यसका लागि सरोकारवालासँग परामर्श गरी माघ मसान्तभित्र आवश्यक नियामकीय, नीतिगत तथा पूर्वाधारसम्बन्धी व्यवस्था तयार गर्ने कार्ययोजनामा उल्लेख छ ।

ऋणपत्र नियमावली, मार्जिन ऋण कारोबार नियमावली, अन्तरदिवसीय कारोबार नियमावलीलगायतका नियम तथा निर्देशनलाई असोज मसान्तभित्र अर्थ मन्त्रालयबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने लक्ष्यसमेत राखिएको छ ।

मार्जिन कारोबार सञ्चालनमा ल्याइने

शेयर खरिद प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउँदै बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन ऋण कारोबार नियमावलीअनुसार ऋण लिएर लगानी गर्न सक्ने व्यवस्था पुस मसान्तभित्र सञ्चालनमा ल्याइनेछ ।

धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ तथा अनुसन्धान नेपाल धितोपत्र बोर्डबाट हुने र निजी कम्पनीले समेत ऋणपत्र जारी गर्न सक्ने व्यवस्थासहित धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन प्रक्रिया अघि बढाइनेछ ।

संस्थागत लगानीकर्ताको सहभागिता बढाइने

धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउन आवश्यक नीतिगत, कानुनी तथा पूर्वाधारसम्बन्धी व्यवस्था गरिनेछ ।

संस्थागत लगानीकर्ताको लगानी नीति, कारोबार संरचना तथा पूर्वाधार तयार गर्नेगरी आवश्यक सुधार मङ्सिर मसान्तभित्र अघि बढाइनेछ । प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता सुनिश्चित गर्न संस्थागत लगानीसम्बन्धी नीति, नियम तथा निर्देशिकामार्फत सहजीकरण गरिनेछ ।

बैंक निक्षेपमा अत्यधिक केन्द्रित संस्थागत लगानीकर्ताको पोर्टफोलियोलाई पुनः सन्तुलित गर्न कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा म्युचुअल फन्डलगायतका संस्थागत लगानीकर्तालाई धितोपत्रमा लगानी गर्न मङ्सिर मसान्तभित्र कानुनी, नीतिगत तथा संरचनागत सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

सिडीएससीको क्षमता अभिवृद्धि

धितोपत्र बजारमा नयाँ वित्तीय सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय निक्षेप सेवा प्रणाली सञ्चालन गरिरहेको सिडीएस एन्ड क्लियरिङ लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि तथा संरचनात्मक सुधारका विषयमा फागुन मसान्तभित्र अध्ययन सम्पन्न गर्ने कार्ययोजनामा उल्लेख छ ।

निजी इक्विटी र भेन्चर क्यापिटललाई प्रोत्साहन

प्रारम्भिक चरणका उद्यम, नवप्रवर्तनमा आधारित व्यवसाय, उच्च वृद्धि सम्भावना भएका साना तथा मझौला उद्यम, प्रविधिमा केन्द्रित व्यवसाय तथा उच्च जोखिम र उच्च प्रतिफलको सम्भावना भएका परियोजनामा पुँजी उपलब्ध गराउने निजी इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रलाई व्यवस्थित गरिने भएको छ ।

अन्तरराष्ट्रिय असल अभ्यासअनुसार निजी इक्विटी तथा भेन्चर क्यापिटलका लागि उपयुक्त वर्गीकरण तथा जोखिममा आधारित नियामकीय ढाँचा तयार गर्नुका साथै पुँजी परिचालन, लगानी, लाभांश, पुँजी फिर्ता तथा लगानीबाट बाहिरिने प्रक्रियालाई सहज, पारदर्शी र नियमनयोग्य बनाउन अध्ययन तथा सरोकारवालासँग परामर्श गरिनेछ । आवश्यक कानुनी तथा बजार पूर्वाधार पुस मसान्तभित्र तयार गर्ने लक्ष्य राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको लगानी पुनरावलोकन

बैंक तथा वित्तीय संस्थाले पुँजी बजारमा गर्ने लगानीमा प्रत्यक्ष तथा अप्रत्यक्ष जोखिम, अन्तरसम्बद्धता, शृङ्खलाबद्ध प्रभाव, वित्तीय स्वार्थ, प्रणालीगत जोखिम, तरलता, प्रतिफल तथा निक्षेपकर्ताको सुरक्षालाई ध्यानमा राखी विद्यमान लगानी सीमा, जोखिम भार तथा धितो पर्याप्ततालगायतका व्यवस्था पुनरावलोकन गरिने भएको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा उक्त व्यवस्थाको कात्तिक मसान्तभित्र पुनरावलोकन गर्ने कार्ययोजनामा उल्लेख छ ।

दीर्घकालीन लगानीलाई कर सहुलियत

कार्ययोजनाले धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न विद्यमान कर व्यवस्थामा समेत सुधार प्रस्ताव गरेको छ । सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा पाँच प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, सूचीकृत धितोपत्रको निःसर्गबाट भएको नोक्सानीलाई सोही आय वर्षमा सूचीकृत धितोपत्रको निःसर्गबाट भएको लाभसँग समायोजन गर्न पाउने व्यवस्था गर्न अध्ययन गरिनेछ । नाफा–घाटा कारोबार तथा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभ भएको अवस्थामा मात्र तोकिएको दरमा पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिनेगरी लाभकर गणना प्रणालीमा सुधार गर्ने लक्ष्य राखिएको छ ।

बैंकको शेयर लगानीमा न्यूनतम अवधि

बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा गर्ने लगानीमा ‘स्पेकुलेटिभ रिस्क’ न्यूनीकरण गर्नेगरी लगानी नीति बनाउनुपर्ने भएको छ ।

कार्ययोजनाअनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले यस्तो लगानीको आवधिक सीमा कम्तीमा ४५ दिन हुनेगरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ ।

अर्थ मन्त्रालयले पुँजी बजार सुधारका यी उपायमार्फत बजारको नियमन तथा पूर्वाधारलाई बलियो बनाउने, लगानीकर्ताको विश्वास बढाउने, दीर्घकालीन लगानी प्रवर्द्धन गर्ने र बैंकमा आधारित वित्तीय प्रणालीलाई क्रमशः बजारमा आधारित वित्तीय प्रणालीतर्फ लैजाने लक्ष्य लिएको छ । कार्ययोजनामा अधिकांश सुधारका लागि निश्चित समयसीमा तोकिएकाले यसको प्रभावकारी कार्यान्वयनलाई पुँजी बजार पुनरुत्थानको मुख्य आधारका रूपमा हेरिएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७७ पैसा बिक्रीदर ४०६ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला,पाँच हजार १३० जना अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेला परेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म फेला परेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् । डिएनए नमुनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिए।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

भोटेकोशी बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ठ कार्यान्वयन हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेका चार र २०८१≈८२ मा ठेक्का सम्झौता भएको एक योजना सम्पन्न भएका हुन् ।

विभिन्न निर्माण कम्पनीसँग रु ३८ करोडमा ठेक्का सम्झौता भएका ती आयोजनामार्फत १८ किलोमिटर सडक स्तरोन्नति भएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार बेनी–तोरीपानी हुँदै पाखापानी, दरवाङ–मुना–ढोरपाटन सडक, पखेर–बरङ्जा सडक, बगरफाँट–दूधेखोला–भकिम्ली र गलेश्वर–जगन्नाथ सडक योजना निर्धारित समयमा सम्पन्न भएका हुन् ।

कार्यालयका अनुसार आव २०८०/८१ मा सम्झौता भएका दरवाङ–बिम–दिच्याम, अदिभारा–डाडागाँउ–सोले–लामेला तमान, चित्रे–घोडेपानी सडक, शिवरात्रिखोला र दरखोला मोटरेबल पुल निर्माणाधीन छन् ।

स्तरोन्नति भएपछि बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै ढुवानी, आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ । कच्ची साँघुरो, ग्रेड र मोड नमिलेका सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कम भएको छ । यसअघि ३।५ मिटर चौडा सडकलाई प्रदेश सरकारको मापदण्डअनुसार कम्तीमा सात मिटर फराकिलो बनाइएको कार्यालयका सवइन्जिनियर घनश्याम रोकाले बताए ।

बेनी–तोरीपानी हुँदै पाखापानी सडक

मङ्गलादेवी सुवास कन्स्ट्रक्सनले रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको बेनी–तोरीपानी हुँदै पाखापानी सडक आयोजनामार्फत बेनी नगरपालिका–९ भुतदैला–नेप्टेचौर–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा स्तरोन्नति भएको छ । सो आयोजनामार्फत एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे, ५५० मिटरमा ढलान र दुई किलोमिटर ग्राभेल भएको छ ।

मार्ग खुुलेको करिब २५ वर्षपछि स्तरोन्नति भएको यस सडक आयोजनाबाट बेनी नगरपालिका–९, १०, रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् । म्याग्दीको प्राथमिकताप्राप्त बेनी–तोरीपानी हुँदै पाखापानी सडक चालु आव २०८३/८४ मा भने बजेटविहीन भएको रघुगङ्गा–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले गुनासो गरे ।

दरवाङ–मुना–ढोरपाटन सडक

रामसागर विके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको दरवाङ– मुना–ढोरपाटन सडक योजनामार्फत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति भएको छ ।

सो योजनाअन्तर्गत ताकम र शिवाङ खण्डमा ९०० मिटर प्रिमिक्स प्रविधिको कालोपत्रे भएको छ । गौथली भिरलगायतका स्थानमा एक हजार ७०० मिटर ढलान गरिएको छ । आठ मिटरका दरले सडक फराकिलो पारिएको सडकमा नाली र टेवा पर्खाल निर्माण भएको छ ।

यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । हाल ग्राभेलमात्र भएको तीन किलोमिटरभन्दा बढी दूरीको सडकलाई पनि कालोपत्रे गर्न पहल गरिएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए ।

“मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो”, उनले भने, “बजेटको कमीका कारणले कालोपत्रे हुन नसकेको ठाउँका सडकलाई कालोपत्रे गराउन र बर्खायाममा बिग्रिएको ठाउँमा मर्मतका लागि प्रदेश सरकारसँग पहल भएको छ ।”

धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत दरवाङ–धारापानी र मच्छिम–मुना खण्डमा स्तरोन्नतिका लागि सञ्चालित अर्को आयोजनाको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

पखेर–बरङ्जा सडक

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत गत आवमा सम्पन्न पखेर–बरङ्जा ३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजनामार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडा खण्ड स्तरोन्नति भएको छ ।

रु पाँच करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एनके–युनाइटेड जेभीले तीन किलोमिटर दूरीमा ग्राभेल तथा घुम्ती र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साबिकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले म्याग्दीको सदरमुकाम बेनी आवतजावतका लागि यो सडक प्रयोग गर्छन् । बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्रा अवधि ३० मिनेटमा छोटिएको स्थानीयवासी मिलन रोकाले बताए ।

हाडेभिर–बगरफाँट–दुधेखोला–हल्लेगौडा सडक

बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला हुँदै हल्लेगौडा जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । माछापुच्छ्रे हिमालयन जेभीले रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको योजनामार्फत बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फराकिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो ।

विस २०६४ मा कृषि सडकका रूपमा बेनी बजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका–२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताए । हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान भएको छ ।

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक

बिबीपीएलबिएस डिएस धवलागिरिले रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाइ घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको छ ।

यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नतिको काम थालिएको हो ।

गलेश्वर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार हो भने पछैमा हिन्दु धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको भनाइ छ । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।

एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री

बेइजिङ। कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिनुभएको छ ।

विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा पार्न प्रयोग गर्न सक्ने उहाँले सोमबार बताउनुभएको छ ।

गुप्तचर सेवा तथा सुरक्षा मन्त्री चेन यिसिनले आइतबार अनलाइन प्रकाशित लेखमा लेख्नुभएको छ, “‘प्रतिद्वन्द्वी शक्ति’ ले जेनेरेटिभ एआई प्रविधिहरूको दुरुपयोग गरी ‘राजनीतिक अफवाहहरू फैलाउने र हानिकारक जानकारी फैलाउने’ काम गरिरहेका छन् ।”

“उनीहरूले चीनविरुद्ध सार्वजनिक मत युद्ध र संज्ञानात्मक युद्ध सुरु गर्छन्, जसले हाम्रो राजनीतिक सुरक्षा, संस्थागत सुरक्षा र वैचारिक सुरक्षालाई प्रत्यक्ष रूपमा खतरामा पार्छ,” उहाँले भन्नुभयो ।

यो चेतावनी चिनियाँ नेता सी जिनपिङ यस महिना वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न लागेका बेला आएको हो । प्रविधिको बढी निगरानीका लागि आवाज उठिरहेका कारण एआई प्रशासन र सुरक्षा उनीहरूको छलफलको हिस्सा हुने अपेक्षा गरिएको छ ।

अमेरिकी प्रविधि अधिकारीहरूले पनि एआईको प्रगतिलाई सुस्त बनाउनुपर्ने आह्वान गरेका छन् ।

सुपरइन्टेलिजेन्ट कम्प्युटर प्रणालीहरूको जोखिमबारे चिन्ता बढिरहेका समय एन्थ्रोपिकका कार्यकारी प्रमुख डारियो अमोदेईले पनि शनिबार एआई प्रविधि विकासको ‘लापरवाहपूर्ण’ गतिबारे चेतावनी दिनुभएको थियो ।

ओपन एआईका लगानीकर्ता स्याम अल्टम्यानले अमोदेईको मूल्याङ्कनसँग सहमति जनाउनुभएको छ।

चेनले भन्नुभयो, “एआई अहिले ‘विश्वव्यापी प्रविधि प्रतिस्पर्धाको मुख्य युद्धभूमि र प्रमुख शक्तिहरूबीच रणनीतिक प्रतिद्वन्द्विताको नयाँ मार्ग’ बनेको छ ।

उहाँले भन्नुभयो, “अस्तित्वसम्बन्धी जोखिम वा प्रविधि प्रगतिमा ब्रेक लगाउने कुरा उल्लेख गर्नुभएन तर एन्थ्रोपिकको क्लाउड मिथोस र ओपन एआईको च्याटजीपीटी (५.५साइबर) लाई उनीहरूको उन्नत ह्याकिङ क्षमताले चीनको महत्वपूर्ण सूचना पूर्वाधारमा गम्भीर जोखिम निम्त्याउन सक्छ।”

चेनले भन्नुभयो, “विदेशी खुफिया एजेन्सीहरूले वेब क्रलर, डाटा माइनिङ र प्रोफाइलिङ विश्लेषण जस्ता प्रविधिहरू गहिरो रूपमा प्रयोग गरी प्रमुख राष्ट्रिय डाटा, व्यापारिक गोप्य जानकारी र नागरिकहरूको व्यक्तिगत गोपनीयता जस्ता संवेदनशील जानकारी व्यापक रूपमा सङ्कलन र प्राप्त गरिरहेका छन् ।”

“अमेरिका–इरान युद्धले पनि सैन्य क्षेत्रमा एआईको प्रमुख भूमिका देखाएको छ, जहाँ राम्रो प्रविधिले युद्धमैदानमा फाइदा दिने पुष्टि भएको छ,” उहाँले भन्नुभयो ।

चेनले भन्नुभयो, “चीनले एआई मोडेलहरू तालिम दिन अत्यावश्यक उन्नत कम्प्युटर चिपहरू समावेश मुख्य प्रविधिहरूको स्वतन्त्र नियन्त्रण सुनिश्चित गर्नुपर्छ ।”

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

काठमाडौँ। भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा रु २५ करोड २५ लाख बराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन तथा खानेपानीका धारासमेत बाढीले बगाएको छ ।

उहाँका अनुसार गोसाइिँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षति भएका छन् । ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् । त्यसैगरी उत्तरगया गाउँपालिकाका वडा नं. ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको विभागले जनाएको छ ।

कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको छ । बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण तथा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

काठमाडौँ, २९ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपद्का बेला सङ्घ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले जनप्रतिनिधिलाई लक्षित गर्दै भन्नुभयो, “यसअघि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौ, मिलेर काम गर्‍यौँ ।”

प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित पूर्ववत् अवस्थातर्फ स्वतःस्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले सुरुआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय उठाउँदै आएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो । त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै, वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ ।” यसका लागि प्रधानमन्त्री शाहले आफैँ जग्गाको पहिचान गरी सङ्घ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
प्रभावित क्षेत्रका जनप्रतिधिसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहको भनाइ थियो ।

आजको भेटमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधिसभासभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो ।

साथै नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी हुनुहुन्थ्यो ।

साथै धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) पनि छलफलमा सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री राहत कोषमा बढ्दै आर्थिक सङ्कलन, मौज्दात १३ अर्ब ६८ करोड

काठमाडौँ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात छ ।

यसअघि उक्त कोषबाट बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौँ, २९ भदौः भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

भारतरले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ । भारतका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ ।

भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा असर परेको छ । भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्र्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

विशेष अदालतबाट सफाइ पाएपछि राजेशमान सिंहको मेयर पदमाथिको निलम्बन हट्यो

काठमाडौं – वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष आदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित ७ जनालाई सफाइ दिएको हो ।

आदेशसंगै सिंहको निलम्बनमा परेको मेयर पद संवत् फुकुवा भएको छ। गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेको थियो ।

इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक

तेहरान। इरानका परमाणु प्रमुखलाई सोमबार भियनास्थित संयुक्त राष्ट्रसङ्घको परमाणुमामिला निकायको मुख्यालयमा हुने वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको विरोधका कारण रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ।

इरानी राष्ट्रिय प्रसारक संस्थाले भनेको छ, “मोहम्मद इस्लामी र उहाँको प्रतिनिधिमण्डल नियमित उडानमार्फत् शनिबार भियनाका लागि प्रस्थान गर्नुभएको थियो । यद्यपि, अमेरिकाको अवरोधका कारण उहाँ बाटोमा नै रोकिनुभयो।”

अवरोधपछि उहाँ राजधानी तेहरान फर्किनुभएको छ।
उहाँ अस्ट्रियामा शुक्रबारसम्म चल्ने अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएइए) को वार्षिक साधारण सम्मेलनमा भाग लिन जानुभएको थियो ।
उहाँले गत वर्षको सम्मेलनमा सहभागी भई इरानका तर्फबाट अस्थायी प्रतिनिधिका रूपमा सम्बोधन गर्नुभएको थियो । इरान आइएइएको सदस्य राष्ट्र हो ।तेहरानले यस निर्णयको प्रतिक्रियास्वरूप अस्ट्रियाका चार्ज डे’अफेयर्सलाई सोधपुछ गरेको छ ।

“इस्लामिक गणतन्त्र इरानको प्रतिनिधिमण्डललाई भिसा जारी गर्न अस्ट्रिया सरकारको अस्वीकृति पूर्ण रूपमा अनुचित निर्णय हो,” विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले एएफपी सहभागी तेहरानको प्रेस सम्मेलनमा भन्नुभयो ।

“हामीलाई स्पष्ट छ, यो घटना अमेरिकी दबाबमा भएको हो, तर त्यसले अस्ट्रिया सरकारलाई जिम्मेवारीबाट मुक्त गर्दैन।”भियनाका एक कूटनीतिक स्रोतले नाम नखुलाउने सर्तमा पुष्टि गरेको छ कि इस्लामीलाई अमेरिकाको दबाबका कारण अस्ट्रिया प्रवेश गर्नबाट रोक लगाइएको हो ।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानको परमाणु कार्यक्रम खतरा बनेको तर्क गर्दै इरानविरुद्ध युद्ध सुरु गरेका थिए ।दशकौँदेखि पश्चिमी शक्तिहरूले इस्लामिक गणतन्त्रले परमाणु हतियार हासिल गर्न खोजेको आशङ्का गर्दै आएका छन्, जसलाई तेहरानले स्पष्ट रूपमा अस्वीकार गर्छ ।

तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन

काठमाडौँ। प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्नुभएको छ ।

पशुपतिनाथ मन्दिरमा उहाँले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक पूजाअर्चना एवं दर्शन गरी नाथका मूल अर्चक गणेश भट्टबाट टीका एवं फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।

पूजा, आराधना एवं दर्शनका लागि प्रथम महिला पौडेल पशुपति क्षेत्र पुग्नुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद्का सदस्यहरू कोषको कर्मचारीले स्वागत गर्नुभएको थियो ।

तीज पर्वका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपति क्षेत्रमा व्रतालु महिलाको लाम लागेको छ । बिहान १० बजेसम्म व्रतालुको लाम कम थियो भने १० बजेपछि लाम बढेको हो । अपराह्नपछि भक्तजन अझै बढेका छन् ।

सरकारको कार्यशैलीप्रति दुर्गा प्रसाईंको आक्रोश– ‘अर्थतन्त्र तहसनहस भयो, लगानीको वातावरण छैन’

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पारे । उनले भने, ‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन । देश जलाउनग पनि छैन, सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाउ भनेर त जान्नँ । तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त ।’

देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको जगेर्ना हुन नसक्ने दाबी गरे । आफूलाई कसैले कुनै बाह्य शक्ति वा सङ्गठनसँग जोडेर प्रचार गर्ने गरेकोभन्दै उनले त्यसको खण्डन गरे । वर्तमान सरकार र नेतृत्वको अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ ।

प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि स्पष्ट भिजन र शान्ति–सुरक्षाको वातावरण नभएका कारण बाह्य तथा आन्तरिक लगानी आउन नसकेको बताए । देशका समसामयिक राजनीतिक मुद्दाहरूमाथि कडा टिप्पणी गर्दै उनले जनताले वर्तमान शासकहरूको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गरे ।

वर्तमान सरकारको कार्यशैलीप्रति दुर्गा प्रसाईंको कडा आलोचना

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पारे । उनले भने, ‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन । देश जलाउनग पनि छैन, सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाउ भनेर त जान्नँ । तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त ।’

देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको जगेर्ना हुन नसक्ने दाबी गरे । आफूलाई कसैले कुनै बाह्य शक्ति वा सङ्गठनसँग जोडेर प्रचार गर्ने गरेकोभन्दै उनले त्यसको खण्डन गरे । वर्तमान सरकार र नेतृत्वको अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ ।

प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि स्पष्ट भिजन र शान्ति–सुरक्षाको वातावरण नभएका कारण बाह्य तथा आन्तरिक लगानी आउन नसकेको बताए । देशका समसामयिक राजनीतिक मुद्दाहरूमाथि कडा टिप्पणी गर्दै उनले जनताले वर्तमान शासकहरूको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गरे ।

मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री समीरलाई

जनकपुर । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरले पाएका छन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने ‘तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्च’ सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएकाले आजैदेखि लागू हुने गरी कार्यवाहकको जिम्मेवारी मन्त्री समीरलाई तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रका सडक असोजभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ । प्रधानन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठ वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताए ।

मन्त्री लम्सालले पूर्वाधार पुनःनिर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गरे । उनले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पारे । अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उनको भनाइ छ ।

यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोडिएर आ–आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय, अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिहरूसँग उनले आग्रह गरे ।

“प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गरिनेछ”, मन्त्री लम्सालले भने, “ती क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको छ ।”

शिक्षामन्त्रीले गरे गजेन्द्रनारायण सिंह अस्पतालको अवलोकन, बबिताकुमारी पासवानसँग भेट

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गरेका छन्।
सप्तरीकी बविताकुमारी पासवानले अस्पतालको गेटमै प्रसूति गर्नुपरेको हालैको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन्। उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अस्पताल प्रशासनका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पासवानको बेड नम्बर २२ मा उपचार तथा स्याहार भइरहेको छ। मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिएका थिए। अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाको व्यवस्थापनका विषयमा पहल गर्ने उनले बताए।

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरातअघि कोटाबाटो सहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो । मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्द्वी राजनीतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ ।

यो घटना बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद् चयनका लागि सोमबार सुरु भएको निर्वाचनको पूर्वसन्ध्यामा भएको हो । ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यस निर्वाचनमा २० लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य छन् । १३ राजनीतिक दलबाट ८० संसदीय सिटका लागि उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

निर्वाचनलाई लक्षित गर्दै बाङ्सामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रहरूको सुरक्षाका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोलीसमेत परिचालन गरिएको छ ।

पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयले तरकारी खेती सुरु गरेको छ।

विद्यालयको दिवाखाजा र छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने तथा विद्यार्थीहरूलाई प्राविधिक र व्यावसायिक ज्ञान-सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरिएको हो।

ताकम माविका प्रधानाध्यापक केशर रावलका अनुसार टनेल बनाएर मौसमी र बेमौसमी तरकारी खेती सुरुआत गरिएको छ। ‘विद्यार्थी र शिक्षकहरूले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौँ,’ उनले भने, ‘थप जमिनमा हिउँदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ।’

ताकमको मैदानमा रहेको तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गामा तरकारी खेतीलाई निरन्तरता दिने विद्यालयको योजना छ। कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई यस खेतीमा सहभागी गराइएको छ।

तरकारी खेतीका लागि गाउँपालिकाले ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/८३ मा एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। दातृ संस्था ‘गुड नेवर्स इन्टरनेसनल’को सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले प्राङ्गारिक प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा प्राविधिक सहयोग प्रदान गरेको छ।

उक्त परियोजनाले करेसाबारी कार्यक्रममार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक रावलले बताए। कक्षा ८ देखि १२ सम्म इलेक्ट्रिक इञ्जिनियरिङ विषयको पठनपाठन हुने यस विद्यालयमा २२१ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थीहरूले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासका लागि तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा छ। करेसाबारीको काममा सहभागी हुँदा विद्यार्थीहरूले जीवनोपयोगी सीप सिक्नाका साथै ताजगी महसुस गर्ने गरेका छन्।

‘चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भाव बलियो बनाउँछ’- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका छन् ।

हरितालिका तीजको अवसरमाशुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली चाडपर्वले देशको मौलिकता र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताए ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरे ।सभापति थापाले तीज नेपाली महिलाहरूको आस्था, भावना र आत्मीयतासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताए ।

उनले यस पर्वले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्न योगदान पु¥याउँदै आएको बताए ।

थापाले चाडपर्वहरू उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको उल्लेख गरे । यस्ता सांस्कृतिक परम्पराले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको उनले बताए ।

उनले हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्ने कामना गरे ।

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा। रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ ।

फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सडकखण्डमा आजतजावत अवरुद्ध भएको थियो ।

आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा पैदल यात्राका लागि आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ । स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिनुभयो । समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहयोग रहेको थियो ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताउनुभयो ।

तत्कालको आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको बेत्रावतीको फड्के र स्याफ्रुबेँसीको तुइनबाट आवतजावतमा स्थानीयवासीलाई सहज भएको जनाइएको छ । विशेष गरेर उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको छ ।

त्यसैगरी, बेत्रावतीको फड्के निर्माणपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि आवागमनमा राहत पुगेको जनाइएको छ ।

स्थानीयवासीले भने अस्थायी फड्के तथा तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा बेलिब्रिज निर्माण गर्न माग गरेका छन् । बाढीका कारण भत्किएको सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिई छिटोभन्दा छिटो बेलिब्रिज निर्माण गरिदिन उनीहरूले आग्रह गरेका छन् । रासस

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

बाँके । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगनहरू सुनसान बनेका छन्।हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउने यस गाउँमा मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले सधैँ गुञ्जायमान बनाउँथ्यो। यो वर्ष भने थपुवाको आकाश अर्कै शोकले ढाकेको छ। मादलका तालहरू थमिएका छन् अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन्।

भदौ १० गते भोटेकोशी बाढीले गाउँका पाँच जना सदस्यलाई एकाएक बेपत्ता बनाएपछि सिङ्गो थपुवा शोकको भुमरीमा छ। रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा पसिना बगाउँदै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएका हुन्।

बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्र बाँकी छ। ढोकाको सङ्घारमा आँखा ओछ्याएर कतै फर्किहाल्छन् कि भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबीच अनलालको परिवार विछोडको भारी थाम्न विवश छ।

अर्कोतर्फ रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि बाढीमा परी बेपत्ता भएपछि उनीहरूको घरको दियो नै निभेझैँ भएको छ। १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमा–बुबा फर्किने बाटो हेरिरहन्छन्। तीजको यो उज्यालो मौसममा यी अबोध बालबालिकाको कलिलो जीवन रातारात अँध्यारो सुरुङभित्र खसेको छ।

अकल्पनीय शोकले गाउँका कसैको पनि मनमा चाडपर्वको उमङ्ग नछाएको स्थानीयवासी टेकराज जैसीले बताए। ‘गाउँका पाँच-पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै असह्य पीडामा छ,’ जैसीले भने, ‘यस्तो बेला तीज कसरी मनाउनु?’ गाउँलेले यतिबेला पर्वको तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने प्रयास गरिरहेको उनले जानकारी दिए।

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ‘यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ,’ बुढाले भने, ‘हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन् भन्ने आशामा छौँ।’

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

भोजपुर। बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन् ।

विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान नवराज फुँयालले बताउनुभयो । बाँदरबाट बचाउन बेसार सुरक्षित र आयआर्जनको भरपर्दो माध्यमका बन्दै गएको उहाँको भनाइ छ ।

“मकै, कोदा जस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,” उहाँले भन्नुभयो, “बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ । पछिल्लो समय बाँदरको समस्या रहेको ठाउँमा बेसार खेती गर्ने चलन बढ्न थालेको छ ।” बेसार खेतीबाट किसानले आम्दानी पनि राम्रो गरिरहेका छन् । भोजपुर नगरपालिका–५ की अर्की किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ । हाल स्थानीय बजारमा बेसार, पीठोप्रति कुरुवा रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको न्यौपानेले जानकारी दिनुभयो ।

उत्पादित बेसार बिक्रीका लागि बजारको कुनै समस्या नरहेकाले किसानहरू थप उत्साहित भएका हुन् । जङ्गल नजिकका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार्नै नपाई बाँदरले सखाप पार्ने समस्या वर्षौंदेखि रहँदै आएको थियो । स्थानीय किसान भीमप्रसाद न्यौपानेका अनुसार बाँदरको समूहले खेतबारी लगाएको अन्य अन्नपात नष्ट गर्ने भए पनि बेसार जमिन मुनि फल्ने तथा बाँदरले मन नपराउने कारण सुरक्षित बाली रहेको बताउनुभयो । बाँदर प्रभावित क्षेत्रका लागि बेसार वैकल्पिक खेती बन्न थालेको उहाँको भनाइ छ ।

कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने भएकाले पनि बेसार खेतीप्रति किसानको चासो बढेको छ । बाँदरको प्रकोप बढेसँगै बाझिन थालेका खेतबारीमा बेसार रोपेर पुनः हरियाली र आम्दानी बढाउन सकिने सम्भावना रहेको किसानले बताएका छन् ।

स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बेसारको उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसार राम्रो उत्पादन हुने किसानको भनाइ छ ।

आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौँ। आज हरितालिका तीज देशभर धुमधामका साथ मनाइँदै छ । तीजका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ। यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएका छन्।

जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ: अध्यक्ष बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले सधैँ जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।कानुन अध्ययन समाज नेपालद्वारा आइतबार आयोजित ‘भदौ ९, २०४५, भक्तपुर काण्ड पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध कानुन व्यवसायीको भूमिका विषयक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम’मा बोल्दै उनले जनतालाई विश्वासमा लिएर आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, “भक्तपुर नगरपालिका किन काम हुन सक्यो, यसको रहस्य के हो भनेर आम रूपमा जिज्ञासा राख्ने गरेका छन् ।”
सङ्कटको बेला नेपाली जनतासँग नै सहयोग लिनु राजनीतिक दृष्टिले सही हुने उनले बताए । अध्यक्ष बिजुक्छेँले भक्तपुर काण्डको समयमा देशका धेरै वकिल, पत्रकार र बुद्धिजीवीहरूले नेमकिपालाई कानुनी प्रतिवाद गर्न र अन्य कार्यमा ठुलो सहयोग गरेको स्मरण गरे । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरेका थिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए।

अभिलाषीका अनुसार आज दिउँसो मैतीदेवीस्थित महाकवि देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरिँदैछ। कार्यक्रममा महाकविका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यसूची छ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन २०१६ साल भदौ २९ गते भयो। दश वर्षको उमेरबाट कविता लेख्न सुरु गरेका देवकोटाका सयभन्दा बढी महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र कविता प्रकाशित छन्।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक मानिन्छ। स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको टिप्पणी गरेका थिए।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी उनले नेपाली साहित्यको प्रचारप्रसारमा ठुलो योगदान दिए। विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए। नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा पनि उनको सक्रिय योगदान छ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नसक्ने देवकोटामा अद्भुत क्षमता थियो। चरम आर्थिक अभाव र पारिवारिक वियोगका बीच पनि उनले उच्चस्तरको साहित्य सिर्जना गरिरहे। देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए। विसं २०२४ मा प्रकाशित ‘मायावीनी’ र ‘प्रमिथस’जस्ता कृति पाश्चात्य ग्रीसेली स्रोतबाट नेपालीकरण गरिएका उदाहरण हुन्।

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ। यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।
सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो । सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ ।

जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’को तयारी गरिएको हो ।

सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग पुर्याइरहेका छन् । सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले नाम टिपाएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४२ पैसा र बिक्रीदर १२० रुपैयाँ ८९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७२ पैसा बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता हुनुभएको छ ।भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ ।

जङ्गलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उहाँको खोजी सुरु गरेका छन् । डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ ।

खड्का बेपत्ता भएको छ दिन बितिसक्दा पनि उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ । उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजीकार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उहाँका काका फिट्टु खड्काले बताउनुभयो ।

परिवारले बेपत्ता खड्काको खोजीकार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ । खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपिल गरेको छ ।

परिवारले खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन स्थानीयवासी तथा सबै सरोकारवालासँग आग्रह गरेको छ ।

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ ।

महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो ।

आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो ।

उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटकपटक समयावधि थप गरिएको तथा वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको बताउनुभयो ।

महामन्त्री पौडेलले विशेष महाधिवेशनमा सहभागी नभएका धेरै सदस्य केन्द्रदेखि वडा र टोल तहसम्म अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको भन्दै कांग्रेसले उनीहरूको भूमिकाको सम्मान गरेको बताउनुभयो ।

कांग्रेसले महाधिवेशनलाई महाउत्सवका रूपमा व्याख्या गर्दै पार्टीभित्र देखिएका असहमति र चासोलाई संवाद तथा सहमतिबाट सम्बोधन गर्न केन्द्रीय कार्यसमितिले निरन्तर पहल गरिरहेको उहाँको कथन छ ।

बैठकले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले कुनै असहमति भएमा आफ्ना धारणा राख्ने र समाधान खोज्ने उपयुक्त स्थान महाधिवेशन नै भएको निर्णय गरेको छ । महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण बनाउन कांग्रेस प्रतिबद्ध रहेको निर्णय गरेको महामन्त्री पौडेलले जानकारी दिनुभयो ।
महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली बैठकले स्वीकृत गरेको छ । यस्तै, केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामाबारे सभापति थापाले जानकारी गराउनुभएको थियो ।

आइतबारको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला सङ्ग्रौला पन्त र योगेन्द्र चौधरीसहित केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुङ्गाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे तथा मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले धारणा राख्नुभएको थियो ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।कोशी प्रदेशको सबै भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको तराई भूभाग, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया

म्याग्दी । बीस वर्षअघि तीन दिनकी सुत्केरी छँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका-४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ।

नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भए। त्यसपछि उनी छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छन्।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए। ‘असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना भुपेन्द्रले सुनाएका थिए,’ नरमायाले भनिन्, ‘१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन।’ नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले पो गर्‍यो कि भन्ने आस उनलाई लाग्छ।

छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायमा गुहार मागेकी नरमायालाई काठमाडौँबाट घर फर्कने आँट आएको छैन। ‘छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु?’ नरमायाले भनिन्, ‘तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो। भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झनै पीडा थपिदियो।’

खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ। नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिको काम गर्थे। उनी बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनकी थिइन्। अवस्था पत्ता नलागेपछि आफन्त र गाउँलेहरूको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काजकिरिया भइसकेको छ।

आर्थिक अभावका कारण नरमायाले अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन सकिनन्। नन्दबहादुरको नागरिकता र उनीहरूबीच विवाह दर्ता नभएकाले प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छिन्।

कक्षा ८ सम्म पढेका भुपेन्द्रले ज्यालामजदुरी गरेर बहिनीलाई कक्षा १० सम्म पढाए। गत जेठमा नाकमा समस्या देखिएपछि उनले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए। भुपेन्द्र पोखराबाट आमालाई घर पठाएर मजदुरी गर्न रसुवा गएका थिए। नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन। उनले मासिक २१ हजार रुपैयाँको औषधि सेवन गर्नुपर्छ। थप उपचारका लागि असोजमा काठमाडौँ लैजाने भुपेन्द्रको योजना थियो।

स्थानीय ओखरबोट माविका शिक्षक नवीन पुनले नरमायाको जीवनमा एकपछि अर्को वज्रपात परेको बताए। ‘चिकित्सकले ब्रेन ट्युमरको आशङ्का गरेर थप उपचारका लागि काठमाडौँ वा भारत जान भनेपछि पैसा जुटाउन भुपेन्द्र रसुवा पुगेका थिए,’ पुनले भने, ‘अहिले नरमायासामु बेपत्ता छोरा खोज्ने र आफ्नो उपचार गर्ने दुवै चुनौती खडा भएको छ।’

बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले उनले आमालाई सघाउन सकेकी छैनन्। शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ।

‘एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरिएको अपिलबाट नरमायाको खातामा करिब दुई लाख ५० हजार रुपैयाँ जम्मा भएको छ,’ पुनले भने, ‘प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब आठ लाख रुपैयाँ जुट्ने अनुमान छ।’ रोग पहिचान र उपचार गर्न पायो हुन्थ्यो भन्ने लागे पनि अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्त नहुँदा अप्ठ्यारो परेको उनले जानकारी दिए।

रविको जन्मदिनमा ज्ञानेन्द्र शाहीको सन्देश- ‘जनताको पीडा बुझ्ने र सुशासन दिने दिशामा सरकारलाई डोर्याउनुहोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई मार्गनिर्देशन गर्न आग्रह गरेका छन्।

लामिछानेको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहीले जनताले रास्वपालाई दुई–तिहाइको सरकार सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी दिएको बताएका छन्। उनले १८२ सिटको जनमत केवल सत्ता नभई जनताको ठूलो विश्वास र आशा भएको उल्लेख गरेका छन्।

पार्टी र राजनीतिक बाटो फरक भए पनि भ्रष्टाचार र बेथितिविरुद्धको उद्देश्य समान रहेको शाहीको भनाइ छ। आफूहरू विगतमा चितवन, पोखरा र काठमाडौंमा भ्रष्टाचार तथा बेथितिविरुद्ध सडकमा उत्रिएको स्मरण गर्दै उनले त्यो लडाइँ कुनै व्यक्ति वा पार्टीविरुद्ध नभई गलत प्रवृत्तिविरुद्ध भएको बताएका छन्।

शाहीले सामाजिक सञ्जालमा लेख्छन् –
आदरणीय रवि लामिछाने दाइ,
तपाईंलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। सधैँ स्वस्थ, सुखी र खुसी रहनुहोस्।
आज तपाईंको पछाडि हजारौँ–लाखौँ जनता उभिएका छन्। जनताले तपाईंलाई दुई–तिहाइको सरकार चलाउने ऐतिहासिक जिम्मेवारी दिएका छन्, १८२ सिटको जनमत दिएका छन्। यो केवल सत्ता होइन, जनताको ठूलो विश्वास र आशा हो।
हाम्रो पार्टी फरक हुन सक्छ, विचार फरक हुन सक्छ, राजनीतिक बाटो फरक हुन सक्छ। तर भ्रष्टाचार र बेथितिविरुद्धको हाम्रो उद्देश्य एउटै हो देशलाई सही दिशामा लैजाने र भावी पुस्ताको भविष्य यही देशमा सुनिश्चित गर्ने।
हिजो भ्रष्टाचार र बेथितिका विरुद्ध हामी चितवनमा होस्, पोखरामा होस् वा काठमाडौंमा आफ्नो ज्यानसमेत बाजीमा राखेर सडकमा उत्रिएका थियौँ। त्यो लडाइँ कुनै व्यक्ति वा पार्टीका विरुद्ध मात्र थिएन; त्यो लडाइँ गलत प्रवृत्ति, भ्रष्टाचार र बेथितिका विरुद्ध थियो।
त्यसैले दाइ, हिजो हामीले किन लडेका थियौँ भन्ने कुरा आज पनि नबिर्सनुहोस्।
सरकार सञ्चालन भएको करिब छ महिना भइसक्दा पनि ठूला भ्रष्टाचारका फाइलहरू खुलेका छैनन्। भ्रष्टाचारीहरू जेल परेका छैनन्। अपराधीहरू खुलमखुला घुमिरहेका छन्। जनताले सरकार परिवर्तन मात्र खोजेका होइनन्—शासन गर्ने शैली र व्यवस्था परिवर्तनको अनुभूति खोजेका हुन्।
आज पनि जनताले ग्यासका लागि लाइन बस्नुपरेको छ। अस्पतालमा उपचारका लागि लामो लाइन छ। पासपोर्टका लागि लाइन छ। सुरुङभित्र फसेका नागरिकहरूको पनि अझै उद्धार हुन सकेको छैन।
त्यसैले तपाईंको जन्मदिनको दिन मेरो आग्रह छ
ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई सही मार्गनिर्देशन गर्नुहोस्। बेथिति र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकारलाई दबाब दिनुहोस्। जनताको पीडा बुझ्ने र सुशासन दिने दिशामा सरकारलाई दृढतापूर्वक डोर्याउनुहोस्।

एक करोड ३९ लाख ठगेको अभियोगमा थापा पक्राउ

काठमाडौँ। सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन भएको टोलीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट निजलाई शनिबार पक्राउ गरिएको हो । करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका अभियु्क्त पोहोर भदौ २४ गते त्यहाँबाट भागेका कैदी हुन् ।

यसैबीच,स्रोत नखुलेको रु १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन् ।

स्कुटरमा केशरमहलतर्फ गइरहेका उनलाई शङ्का लागेर खानतलास गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर। पूर्वराष्ट्रपति डा। रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गरेका छन् ।

व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा आज ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा उनले नेपालसहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताए ।

नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता, समर्पण र योगदानको सम्मान गर्दै युवासहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने तथा नेपाल–बङ्गलादेशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ गर्ने मञ्चका रूपमा अवार्ड कार्यक्रमको प्रशंसा गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरको लगनशीलताबाट प्राप्त हुने बताउँदै विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले सम्मानित व्यक्तित्वलाई समाजप्रति जिम्मेवार भएर क्रियाशील रहन आग्रह गरे ।

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

आइतबार जाभा र बोर्नियो टापुबीच चल्ने एउटा डुङ्गा खराब मौसमका कारण डुब्दा कम्तीमा छ जनाको मृत्यु भएको र १३० जना बेपत्ता रहेको इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन् ।

भाइर्गो ट्रान्सपोर्ट ८ नामक डुङ्गामा २४३ यात्री र चालक दल थिए । यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आइतबार बिहानै आफ्नो कम्पनीसँग सम्पर्कविहीन भएको थियो ।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय बासार्नासले पछिल्लो अपडेटमा छ जनाको मृत्यु र १३० जना बेपत्ता रहेको जनाएको छ। समाचार तयार पार्दासम्म १०७ जनालाई उद्धार गरिएको छ ।

उद्धार संस्थाका अनुसार जहाजमा २१३ यात्री र ३० चालक दलका सदस्य थिए।

इन्डोनेसियाका यातायात मन्त्री डुडी पुर्वागान्धीले जहाज पानीमा पल्टिएको बताउनुभयो ।

“हामीले प्राप्त गरेको जानकारी अनुसार हेलिकोप्टर निगरानीबाट जहाज पल्टिएको देखिन्छ तर डुबेको छैन। दिउँसो ३ बजेसम्म यो अझै डुबेको थिएन, तर पल्टिएको अवस्थामा छ,” उहाँले बन्जरमासिनमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

स्थानीय खोज तथा उद्धार प्रमुख आई पुटु सुदायनाले जहाजको कप्तानले सम्पर्कविहीन हुनुअघि मालिकलाई जहाज पानीमा ‘ढलिकरहेको’ बताएको यसअघि एएफपीलाई जानकारी दिनुभएको थियो ।

उद्धारकर्ताहरूले २.५ मिटर (८.२ फिट) सम्मका छालसँग जुधेर फेरीसम्म पुग्नुपरेको सुदायनाले पत्रकारहरूलाई बताउनुभयो ।

“जहाजका लागि यो अत्यन्त जोखिमपूर्ण छ । हाम्रो ४० मिटर लामो बासार्नास जहाज समेत ठूलो जोखिममा छ,” उहाँले भन्नुभयो ।

एउटा बासार्नास हेलिकोप्टर पनि अपरेसनमा सहभागी भएको उहाँले थप्नुभयो ।

जहाजको अन्तिम सम्पर्क जाभा सागरमा, गन्तव्यबाट करिब १५० किलोमिटर (९३ माइल) टाढा पत्ता लागेको थियो ।

बन्जरमासिन समुद्री बन्दरगाह प्राधिकरणका प्रमुख हेरी पुरवान्तोले सवारी साधन पनि रहेको डुङ्गा आइतबार बिहान २ बजे सम्पर्कविहीन भएको बताउनुभयो ।

“हामीले घटनाको रिपोर्टमा छिटो प्रतिक्रिया दियौँ ।अहिले हाम्रो मुख्य ध्यान र प्राथमिकता जहाजमा सवार सबैको सुरक्षा हो र हामी समन्वित उद्धार अपरेसन परिचालन गरिरहेका छौँ,” हेरी पुरवान्तोले भन्नुभयो ।

इन्डोनेसियामा समुद्री दुर्घटना नियमित रूपमा सुनिने घटना हुन् । कुल १७ हजारभन्दा बढी टापु भएको यो द्वीपसमूहमा दैनिक यातायात र पर्यटनका लागि डुङ्गा यातायातमा धेरै निर्भर छ।

कमजोर सुरक्षा मापदण्ड र अप्रत्याशित मौसम यस्ता विपत्तिका मुख्य कारण हुन्।

युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन

पुरानो दुबईका बजारहरूमा इरानबाट आएका केशर, जीरा, पिस्ता र बदामले अझै पसलहरू भरिएका छन्, मानौँ खाडीका दुई किनार युद्धले छुट्याइएका छैनन् ।

गत महिना संयुक्त अरब इमिरेट्स (युएई)ले तेहरानसँग व्यापार र वित्तीय लेनदेन रोकेको घोषणा गरेको थियो । तेहरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिका–मित्र देशलाई निशाना बनाउँदै रणनीतिक हर्मुज जलमार्गमा आफ्नो पकड कसेको छ।

इरानी व्यापारीहरू बलियो रूपमा स्थापित रहेको पुरानो दुबईमा दशकौँदेखि युएईको वित्तीय केन्द्र र दक्षिणी इरानबीच बनेका सम्बन्धहरू तोडिने विश्वास उनीहरू गर्दैनन् ।

सन् १९६३ मा बुबाले स्थापना गरेको किराना पसल चलाउने मोर्तेजा असादी भन्नुहुन्छ, “युद्ध सुरु भएदेखि केही इरानी उत्पादनहरू दुर्लभ भएका छन् र अरूको मूल्य बढेको छ । पर्सियन खानामा प्रयोग हुने जेरेसक भनिने साना राता जामुन जस्ता धेरैजसो परम्परागत खाद्य पदार्थ उपलब्ध छन् ।”

“यो आइरहेको छ। कसरी? मलाई थाहा छैन, तर आइरहेको छ,” उहाँले भन्नुभयो ।

एएफपीसँग गोप्यताका सर्तमा कुरा गरेका दुई थोक बिक्रेताले अझै इरानबाट, विशेष गरी ओमानी बन्दरगाहमार्फत सामान ल्याइरहेको बताउनुभयो ।

“हामी अब इमिरेट्सबाट निर्यात गर्न सक्दैनौँ, तर केही सामान भित्र्याउन सक्छौँ,” सँगै रहेका अर्का एक व्यक्तिले बताए ।

छोटो अवरोधपछि हवाई सम्पर्क पुनः सुरु भएपछियास्सरको केशर पसलमा यो बहुमूल्य मसला उत्तरपूर्वी इरानको मसहदबाट हवाई मार्गबाट आउँछ ।

–दुबईको इरानी समुदाय–

दुबईमा ठूलो इरानी समुदाय छ । यो सङ्ख्या केही लाख रहेको अनुमान छ । यसले युएईको व्यापारिक विकासमा योगदान पु¥याएको छ र तेहरानसँगका विभिन्न तनावका अवधिसँग जुधेको छ ।

सन् २०१२ मा अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध प्रतिबन्ध कसेपछि ‘दुबईका मानिसहरूले अबु धाबीका साझेदारलाई यो व्यापार, प्रतिबन्ध जे भए पनि, जारी राख्नुपर्ने बताए । उनीहरूको विचारमा यसले युएई अर्थतन्त्रमा योगदान पु¥याइरहेको छ,” लन्डनस्थित बोर्स एण्ड बजार फाउन्डेसन थिंक ट्यांकका मेहरान हगिरीयानले एएफपीलाई बताउनुभयो ।

सन् २०२४ मा युएई इरानमा सामान भित्र्याउने मुख्य प्रवेशद्वार थियो, जसले ३० प्रतिशतभन्दा बढी आयात ओगट्यो, जसको मूल्य २१ अर्ब डलर थियो।

विश्व व्यापार सङ्गठनका अनुसार यो इरानको तेस्रो ठूलो ग्राहक पनि थियो, जसले करिब ७ अर्ब डलरभन्दा बढी अर्थात् १२ प्रतिशत निर्यात लियो ।

दुबई इरानी व्यवसायहरूका लागि महत्त्वपूर्ण वित्तीय केन्द्र हो। वासिङ्टनले यसलाई प्रतिबन्ध छल्न प्रयोग हुने वित्तीय सञ्जालको मुख्य विन्दु भएको आरोप लगाएको छ ।

इरानमाथि आर्थिक दबाबको नीतिअन्तर्गत अमेरिकाले अगस्टको अन्त्यमा इरानका व्यापारिक साझेदारलाई लक्षित नयाँ उपाय घोषणा ग¥यो र इरानको बैङ्क मेल्लीको दुबई शाखाका निर्देशकलाई प्रतिबन्ध लगायो।

संस्थाले भने ग्राहकलाई सेवा दिने काम जारी राखेको छ ।

“हामी वर्षौंदेखि प्रतिबन्धमा छौँ,” दुबईका दुई शाखामध्ये एकका कर्मचारीले निसास्सिएर भन्नुभयो ।

–प्राथमिकता परिवर्तन हुन्छ–

हगिरीयानका अनुसार अबु धाबीको इरानसँग सम्बन्ध निलम्बनको घोषणा तेहरानलाई वार्ता टेबुलमा फर्काउने प्रयासको अंश हो र यसले खाडी देश र अमेरिकासँगको एकरूपता देखाउने उद्देश्य राख्छ ।

तर यसले अनौपचारिक प्रवाह वा दुवै किनारका निजी अभिनेताबीचका गहिरो जरा गाडेका लेनदेनलाई अनिवार्य रूपमा काट्ने छैन।

दीर्घकालमा स्थायी विच्छेदले दुबईको अर्थतन्त्रमाथि नै भार पार्न सक्छ।

“यो अचानक काटेर प्रभाव नपर्ने गरी ठूलो हिस्सा छोड्न गाह्रो छ। त्यो हिस्सा सजिलै प्रतिस्थापन गर्न सकिँदैन,” उहाँले जोड दिनुभयो ।

दुबईमा एउटा सम्मेलनमा इमिरेती व्यवसायी र इमिरेटका पूर्व वरिष्ठ अधिकारी नासिर अल–शेखले यी चिन्तालाई कम महत्व दिनुभयो र भन्नुभयो, “इरान ‘केही वर्षअघि जस्तो इमिरेटको अर्थतन्त्रका लागि अब त्यति महत्त्वपूर्ण छैन’,”उहाँले भन्नुभयो ।

“सम्बन्ध पारस्परिक रूपमा लाभदायक थियो”, उहाँले भन्नुभयो, “युद्धको समयमा प्राथमिकता परिवर्तन हुन्छ । राष्ट्रिय सुरक्षा पहिले आउँछ।”

बुर दुबईको आफ्नो पसलमा असादी वर्तमान सङ्कटबाट व्यापार बाँच्नेमा विश्वस्त देखिनुहुन्छ ।

“त्यहाँ पानी देख्नुहुन्छ?” उहाँले युएईलाई दक्षिणी इरानको तटबाट छुट्याउने खाडीतिर इशारा गर्दै भन्नुभयो, “पानीले पहाड पनि तोड्न सक्छ।”