`

‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’ – मन्त्री सुडी

पाटन (ललितपुर), १६ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने बताउनुभएको छ ।

‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि राष्ट्रिय बालअधिकार परिषदद्वारा आज ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री सु¬ुडीले बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्यका साथै कानूनको प्रभावकारी कार्यान्वयन गरी बालविवाह अन्त्य गर्न सबैको एकबद्धता जरूरी रहेकामा जोड दिनुभयो ।

“कानुनले निर्दिष्ट गरेका कुरा पालना गर्दै बालविवाह अन्त्य गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्छ, बालबालिकाको शिक्षादिक्षा र रोजगारको सुनिश्चितता गर्दै देशको समृद्धिका लागि समन्वय, सहकार्य र सहअस्तित्व जरूरी छ, बालविवाहले शारीरिक र मानसिक शोषण गर्छ, तसर्थ यसको अन्त्य गर्दै देशको कल्याणका लागि सबै मिलेर लाग्नुपर्छ”, मन्त्री सुडीले भन्नुभयो ।

बालविवाहले शिक्षा, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र रोजगारमा असर पार्ने उल्लेख गर्दै उहाँले यसलाई अन्त्य गर्न कानुनी कमीकमजोरी सुधार गरी अगाडि बढ्नुपर्ने उहाँको धारणा थियो ।

प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झाले दिगो विकास लक्ष्य अनुरूप सन् २०३० सम्ममा बालविवाहमुक्त नेपाल घोषणा गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले बालविवाह अन्त्य गर्न प्रदेश र स्थानीय तहलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले बालविवाह अन्त्य गर्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “हामीले स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ, महिला, ज्येष्ठ नागरिक, अपाङ्गतालगायतका सरोकारवालासँग जोडिएको कार्यक्रम स्थानीय तहको तथ्याङ्कको आधारमा अगाडि बढाउनुपर्छ, तराई क्षेत्रमा उमेर नै नपुगी विवाह हुने प्रथाले महिला र जन्मिने बालबालिकामा असर परेको छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमल्सिनाले बालविवाहमुक्त नेपाल सञ्चालनका लागि सङ्घीय सरकारले चालेको कदम प्रशंसायोग्य छ भन्नुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अर्ति दिने व्यक्तिको सङ्ख्या बढ्दै गएको अवस्थामा कानुनको पालना र व्यवहारिक कार्यान्वयनमा जोड दिनेको आवश्यकता रहेकामा जोड दिनुभयो ।

मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवालले दाइजोको चिन्ताले पनि मधेस प्रदेशमा बालविवाह बढ्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले तीनै तहको सरकारले बलियो संयन्त्र बनाएर अन्यायपूर्ण व्यवहार र अवस्थालाई चिर्न कानुन कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले स्थानीय सरकारलाई जिम्मेवार र सबल बनाएर अभियान सफल बनाउनुपर्छ भन्नुभयो । उहाँले बालविवाह अन्त्यका लागि स्थानीय सरकार र सङ्घीय सरकारसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति महासङ्घका प्रतिनिधि एवं ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बालविवाह अन्त्यका लागि सङ्घ र प्रदेश सरकारले स्थानीय सरकारलाई परिचालन गरेर वडावडा र टोल–टोलसम्म अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बालविवाह विरूद्धको विश्व अभियन्ता भुवन रिभुले बालविबाह अन्त्य गर्न मानसिकता बदल्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालविवाह कानुनी अपराध हो भन्दै बालिकामाथि हुने यौन व्यवहार अपराध भएकाले यस विषयमा चुप लागेर बस्न नहुने बताउनुभयो ।

मानव अधिकार रक्षक मुना विकले बालविवाहबाट पीडितलाई पुनःस्थापनाका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका वक्ताले कानुन किताबमा मात्रै सीमित रहेर बालविवाह अन्त्य हुनसक्दैन भन्दै कानुनको कार्यान्वयन गर्नु सरकार र सम्बन्धीत सरोकारवाला सबैको जिम्मेवारी भएको बताए ।

भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

रामपुर (पाल्पा), १६ पुस : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ ।

सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा मङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले धार्मिक प्रवचन श्रवण मात्र नभई त्यसलाई बुझेर ग्रहण गरी हाम्रो दैनिक जीवनमा कार्यान्वयन गर्न सकियो भने प्रभावकारी हुने बताउनुभयो । महायज्ञले समाजमा हुने विकृति र विसङ्गतिलाई हटाउन ठूलो योगदान पुर्‍याउने हुँदा हाम्रो जीवन पद्धतिलाई फाइदा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रामपुर उपत्यका भविष्यमा नमूना र व्यवस्थित सहर बन्न सक्ने भएकाले योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री सिंहले यसको लागि सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर काम गर्न सुझाव दिनुभयो । साथै उहाँले विकास निर्माणको काममा जनप्रतिनिधिले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राहरू धेरै रहेकाले एउटा छात्रावास र क्याम्पसको पूर्वाधार निर्माणका लागि गरिएको यस महायज्ञ सफलताको उहाँले शुभकामना दिनुभयो ।

महायज्ञबाट रू तीन करोडदेखि पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिका अध्यक्ष एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सीपमूलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले बताउनुहुन्छ । 

क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थीहरू अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तिको सहभागितामा यज्ञ सञ्चालन गरिएको छ । ‘सहिद क्याम्पसको चाहना, सङ्काय थप, सीपमूलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ आजदेखि सुरू भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलबाट प्रवचन हुनेछ ।

उद्घाटन हुनुभन्दा अघि शोभा कलशयात्रासहित नगर परिक्रमा गरिएको थियो । पुस १७ गतेदेखि २३ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म मूलपाठ, एक हजार आठ शालिग्राम पूजन र परिक्रमा, ११ बजेदेखि सङ्गीतमय शैलीमा कथा प्रवचन र साथमा कलात्मक झाँकी प्रदर्शन, साँझ ४ बजेदेखि ५ बजेसम्म विद्यार्थीलाई नैतिक प्रवचनका लागि शैक्षिक प्रवचन, साँझ ५ देखि ६ बजेसम्म फूलप्रसाद वितरण र ६ बजेदेखि ७ बजेसम्म विशेष प्रवचन हुनेछ ।

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदायस्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका करिब एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेका छन् ।

पूर्वी पाल्पाकै सबैभन्दा ठूलो शैक्षिक संस्थाको रूपमा रहेको यस क्याम्पसलाई यो क्षेत्रमा शिक्षा आर्जन गर्ने महत्त्वपूर्ण मेरूदण्डको रूपमा लिइन्छ । विसं २०४६ को जनआन्दोलनमा सहिद हुनुभएका सूर्यप्रसाद घिमिरेको सम्झनामा यहाँ क्याम्पस स्थापना गरी सञ्चालन गरिएको हो ।

पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

कास्की, १६ पुस : पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित गरे ।

यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष बरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए । प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अङ्कले हराएका थिए ।

यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२ र ६–३ अङ्कले पराजित गरी उपाधि जितिन् । खुलातर्फ च्याम्पियन भएका दुबैले समान रू ८० हजार, ट्रफी र मेडल प्राप्त गरे । उपविजेताले जनही रू ४० हजारका साथमा ट्रफी प्राप्त गरे ।

यसैगरी ३५ वर्ष माथिको उमेर समूहमा एकलतर्फ जितेन्द्र परियारले प्रतिद्वन्द्वी सन्तोष खत्रीलाई ६–१ र ६–२ अङ्कले पराजित गर्दै च्याम्पियन भए । उनले रू ६० हजार र उपविजेता सन्तोषले रू ३० हजारका साथमा ट्रफी पाए ।

प्रतियोगितामा ४५ वर्ष माथिको एकलतर्फको फाइनलमा कमल भण्डारी बिजेता बने । रोहित सुनुवारलाई ६–० र ६–२ अङ्कले पराजित गर्दै उनले रू ४० हजार तथा उपविजेता रोहितले रु २० हजारसहित ट्रफि प्राप्त गरे ।

यस्तै ५५ वर्ष माथिको फाइनल स्पर्धामा चन्द्र शाही विजयी भए । उनले जीवन घिमिरेलाई ६–२ र ६–२ अङ्कले हराए । विजेता चन्द्रले रू ३० हजार तथा उपविजेता जीवनले रू १५ हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिताका निर्देशक कुमार अधिकारीले जानकारए ।

विजेता खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक नवीन चालिसे, सङ्घका कोषाध्यक्ष विष्णुबहादुर थापा, सचिव भीष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरे । प्रतियोगितामा एक सय ४० खेलाडी सहभागी थिए ।

चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

चितवन, १६ पुस : गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जङ्गलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।

मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन विक, रत्ननगर–१४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

एकवर्षमा ८७ लाख ६० हजारले गरे हवाई यात्रा

काठमाडौं ।  मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ७.९ प्रतिशतले वृद्धि भएको हो ।

प्राधिकरणको २६औं वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिएको जानकारी अनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कूल ८७ लाख ६० हजार तीनसय दुई जनाले हवाई यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कूल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए ।

त्यसैगरी, सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ७.९ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कूल ४४ लाख ४९ हजार एकसय ३३ पुगेको हो ।

नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । कूल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकामा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपश्चात् यो संख्या २८ भएको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ ।

आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको संख्या १९ रहेको छ ।

महानिर्देशक अधिकारीले पूर्वाधार निर्माण र हवाई सुरक्षामा विशेष ध्यान दिएको बताए। उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरूयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान बिसान गर्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सी वेको निर्माण कार्य जारी रहेको छ ।

त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनका आवागमन क्षेत्रहरूलगायत विमानस्थलभित्रका विभिन्न स्थानमा अत्याधुनिक विद्युतीय उपकरणहरू सञ्चालनमा ल्याइएको छ । विमानस्थलको रनवे २ तर्फको तीन सय १५ मिटर लम्बाइमा एप्रोच बोर्ड तथा फायर एक्जिट निर्माण सम्पन्न भएको साथै ल्याण्डसाइड क्षेत्रमा करिब एक हजार चार सय वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र विस्तार गरिएको छ ।

त्रिभुवन विमानस्थलमा यसै वर्ष कात्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेशन आवर कम गरी निर्माण कार्यसमेत सुरू भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईकाओ कोड ४एफअन्तर्गत पूर्ण क्षमताको वैकल्पिक अन्तर्राष्ट्रियस्तरको विमानस्थलको गुरूयोजनासँगै फेज–१ को निर्माणका लागि डिटेल इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौँ, १६ पुस : ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि अर्थ समितिमा सैद्धान्तिक छलफल सुरू भएको छ । समितिको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन आवश्यक रहेकाले सरकारले यो विधेयक ल्याएको बताउनुभयो ।

“नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानहरूमध्ये सामान्य प्रावधानहरू सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्डहरू पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने व्यवस्था महासन्धिमा उल्लेख छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “व्यापार सहजीकरण सम्झौताका केही भन्सारसँग सम्बन्धित प्रावधानहरू भन्सार ऐननियमबाट सम्बोधन गर्नुपर्ने देखिएकाले यो विधेयक ल्याइएको हो ।”

क्योटो महासन्धि र नेपालको भन्सार कानुनबीच सामञ्जस्यता कायम गर्न भन्सार ऐन नियममा कतिपय कुराहरू समावेश गर्नुपर्ने र कतिपय कुराहरू संशोधन गर्नुपर्ने देखिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

संशोधित क्योटो महासन्धि र व्यापार सहजीकरण सम्झौताका केही प्रावधान समान प्रकृतिका रहेकाले ऐन कानुनमा सामान्य समायोजनबाटै पनि व्यापार सहजीकरण सम्झौताको भन्सारसँग सम्बन्धित प्रावधानहरू सम्बोधन हुने अवस्था रहेको पनि उहाँको भनाइ छ । यसरी समायोजन गर्दा पटकपटक भन्सारसम्बन्धी कानुनमा संशोधन गर्नु नपर्ने, व्यापार सहजीकरण सम्झौताका प्रावधानहरू र संशोधित क्योटो महासन्धिका प्रावधानबीच एकरूपता कायम राख्न पनि सहज हुने हुँदा सोहीअनुरूप भन्सार ऐनमा परिमार्जन गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

त्यस्तै, संशोधित क्योटो महासन्धि र व्यापार सहजीकरण सम्झौताको अनुकूल भन्सार ऐन कानुनमा संशोधन गर्दा हाल आर्थिक ऐन तथा भन्सार नियमावलीमा उल्लिखित केही प्रावधानहरू समेत भन्सार ऐनमै समावेश गर्न उपर्युक्त हुने उहाँले उल्लेख गर्नुभयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले अन्तरास्ट्रिय कानुन तथा सन्धिहरूलाई राष्ट्रियरूपमा अवलम्बन गर्दै जानुपर्ने तथा भन्सार जाँचपास प्रक्रियालाई थप परिस्कृत बनाउन यो विधेयक ल्याइएको बताउनुभयो । “यो विधेयकले भन्सार प्रक्रियामा सहभागी पदाधिकारीको काम, कर्तव्य, अधिकारलाई थप व्यवस्थित बनाई उनीहरूलाई जिम्मेवार र जवाफदेही बनाएको छ । भन्सार जाँचपास प्रक्रिया चित्त नबुझे माथिल्लो अधिकारीसमक्ष पुनरावलोकनका लागि जाने सकिने तथा त्यसलाई निश्चित समयभित्र निरूपण गर्नुपर्ने व्यवस्था विधेयकमा राखिएका छन्”, उहाँले भन्नुभयो, “जाँचपास प्रक्रिया सरलीकरण गर्ने, उद्योगको लागत घटाउने, मालवस्तु भन्सार यार्डमा आएको सात दिनभित्र घोषणा गरिसक्नुपर्ने, जोखिममा आधारित जाँचपास प्रक्रिया अवलम्बन गर्नेलगायतका व्यवस्था विधेयमा राखिएको छन् ।”

समितिमा छलफलका क्रममा सांसदहरू, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा स्वर्णिम वाग्ले, सूर्यबहादुर थापा क्षेत्री, ज्ञानेन्द्रबहादुर शाही, नारायणी शर्मालगायतले भन्सार जाँचपास प्रक्रियालाई सहज, प्रविधिमैत्री र पारदर्शी बनाइनुपर्ने कुरामा जोड दिनुभयो । भन्सार जाँचपासका क्रममा कर्मचारीलाई बढी तजबिजी अधिकारी दिँदा समस्या भएको, जाँचपास मेसिन पर्याप्त नरहेको, कर्मचारीहरूले पदीय आचरण विपरित काम गर्ने गरेको, जाँचपासमा ढिलाई हुने गरेको, भन्सार एजेन्टहरूको समस्यालगायत विषयहरू यो विधेयकमार्फत समाधान गरिनुपर्नेमा उहाँहरूको जोड थियो ।

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक

काठमाडौँ, १६ पुस : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ मा सरोकारवालासँगको छलफल भएको छ । आज भएको छलफलमा समितिका सदस्यहरूले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको र थप छलफल अझै गर्नुपर्ने बताउनुभएको थियो । समितिकी सभापति तुलसाकुमारी दाहालले भन्नुभयो, “दफावार छलफल गर्न बाँकी छ । विधेयक सकारात्मक छ भन्ने सबैको सहमति छ । विश्वविद्यालय निरन्तर सञ्चालन हुने वा नहुनेमा भने हाम्रो चासो हो ।”

तिलगङ्गा प्रतिष्ठानका पदाधिकारीसँग भएको छलफलमा तिलगङ्गाकी प्रमुख कार्यकारी अधिकृत डा रीता गुरूङलले तिलगङ्गा प्रतिष्ठानको ३० वर्षे इतिहासमा यहाँसम्मको यात्रा तय गर्नुमा व्यवस्थापनको हात रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संस्था राम्ररी चल्न व्यवस्थापन समूहको ठूलो हात हुन्छ । व्यवस्थापकीय ढाँचा राम्रो बनाउन सकियो भने पक्कै पनि विश्वविद्यालय पनि राम्ररी सञ्चालन हुनेछ ।”

तिलगङ्गाका प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनालले तिलगङ्गासँग जग्गा र स्रोत जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग ७० रोपनी जग्गा छ । बाँकी खोजीमा छौँ । दाताहरूले दिन्छौँ भनेर पक्का आश्वासन दिइसक्नुभएको छ । जग्गाले सरकारले तोकेको मापदण्ड हामी पूरा गर्न तयार छौँ ।”    उहाँका अनुसार विश्वविद्यालय सञ्चालनमा समस्या हुने छैन । खनालले भन्नुभयो, “१० वर्षको तथ्याङ्क हेर्ने हो भने संस्था सञ्चितिमै चलिरहेको छ । अहिले हामीसँग जति सञ्चिति बचत छ त्यो केही वर्षका लगि पुग्छ ।”

प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा सन् २०२४ को भूमिका

काठमाडौँ, १६ पुस : सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् । सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक र पारालिम्पिक्स विश्वको सुन्दर सहर पेरिसमा सम्पन्न भएको छ । सन् २०२४ ले दिएका उपलब्धि र पाठले सन् २०२५ सबैका लागि प्रेरणाको वर्ष हुनेछ । विश्व जगत्ले विगतदेखि जारी राखेका सकारात्मक कामले सन् २०२५ र त्यसपछिका वर्षमा पनि निरन्तरता पाउनुपर्छ र विश्व विकासको कदमले सार्थकता पाउनुपर्छ ।

सन् २०२५ ले युद्ध र हिंसाजस्ता मानवीय व्यभिचारका कारण उत्पन्न दुर्भावनालाई नियन्त्रण गर्नेछ र जलवायु परिवर्तनसँगै निम्तिएका खडेरी, अनावृष्टि, अल्पवृष्टि, अतिवृष्टि र यसका कारण हुने मरूभूमिकरण, बाढी र पहिरोजस्ता प्राकृतिक विपत्ति न्यूनीकरण र नियन्त्रणमा विश्वले सहकार्य गर्नेछ । मानवीय गतिविधिले निम्त्याउने रोग तथा महामारीजन्य विपत्तिलाई आधुनिक विज्ञानको आविष्कार र सहयोगमा परास्त गर्दै हामीलाई यस प्रकृतिको अनुपम उपहार यस पवित्र धर्तीमा निर्भिकताका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नेछ ।

सन् २०२४ को अन्त्यसँगै वर्षभरि प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा भएका प्रमुख गतिविधि र घटनालाई सम्झिनु सन् २०२४ को बिदाइका लागि सान्दर्भिक हुनेछ ।

–अन्तरिक्ष दौड–

सन् २०२४ मा अन्तरिक्षको दौडले विगतमा जस्तै निरन्तरता पाएको छ । सन् २०२४ मा अन्तरिक्ष अन्वेषणमा जापानले जनवरीमा चन्द्रमाको क्रेटरमा स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन द मुन) अवतरण गरी तीन महिनासम्म पृथ्वीमा तथ्याङ्क प्रेषित गर्न सफल भयो ।

चीनको एउटा अन्तरीक्ष अभियानले चन्द्रमाको सबैभन्दा टाढाबाट माटोको नमूना लिएर फिर्ता भयो । चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको हो । मे ३ मा प्रक्षेपण गरिएको चाङ्ग–अ सिक्स नाम दिइएको चिनियाँ अभियानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टान र माटो सङ्कलन गरेको हो ।

नासाको पर्सिभेरेन्स रोभरले मङ्गल ग्रहमा सूक्ष्मजीवी (माइक्रोबियल) जीवनको सम्भावित प्रमाण फेला पारेको छ ।

यो वर्ष ईयू–जापान अन्तरिक्ष अभियानले बुध ग्रहको दक्षिणी ध्रुवको तस्वीर लिन सफल भएको छ । स्पेसएक्सले ‘चपस्टिक आम्र्स’ को साथ ‘रिटर्निंग बूस्टर रकेट’हरू कब्जा गर्नका लागि एक नयाँ प्रविधिको आविष्कार गरेको छ । त्यसैगरी, बोइङको स्टारलाइनर परियोजनाले जुनमा दुई अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाएको थियो । उनीहरू त्यहाँ दुई महिनाका लागि बस्ने भनिएको भए पनि प्राविधिक समस्याले उनीहरू फिर्ता हुन ढिलाइ भएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’को ‘ड्र्यागन क्याप्सुल’ इनटरनेसनल स्पेस स्टेसन (आइएसएस)सँग जोडिएको छ ।

‘ड्र्यागन क्याप्सुल’ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेसनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन् ।

दुर्भाग्यको कुरा, अन्तरिक्ष पनि केवल व्यावसायिक र वैज्ञानिक प्रतिस्पर्धाको विषय बन्न थालेको छ । यो प्रकृतिमाथिको हस्तक्षेप हो । यो नयाँ भूराजनीतिक प्रतिस्पर्धाको कारण निम्तिएको परिणाम हो ।

अमेरिकी अधिकारीहरूले गत मे महिनामा रूसले अन्तरिक्षमा रहेको ‘एन्टी स्याटेलाइट’ हतियार अन्तरिक्षमा राखेको आरोप लगाएका थिए । यसैबीच चीनले अन्तरिक्षमा रहेका सैन्य उपग्रहको सङ्ख्यामा व्यापक वृद्धि गरेको छ । अन्तरिक्ष सञ्चालनलाई नियन्त्रण गर्ने केही अन्तर्राष्ट्रिय सम्झौताहरूले अन्तरिक्षको सैन्यीकरणलाई रोक्न खासै केही गर्दैन । संयुक्त राज्य अमेरिकाले देशहरूलाई ‘आर्टेमिस सम्झौता’मा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ, जसले अन्तरिक्ष अन्वेषणको सैन्यीकरणलाई रोक्न चाहन्छ । यो सम्झौतामा अहिलेसम्म ५२ देशले हस्ताक्षर गरेका छन् तर यो सूचीमा चीन, रूसलगायतका अमेरिका इतर मुलुकहरू समावेश छैनन् ।

– एआईको विकास –

नेपालीमा कृत्रिम बौद्धिकता भनिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विकासहरू आश्चर्यजनक तथ्य सङ्कलनका लागि बृहत् फड्को त हो नै सँगसँगै यो चिन्ताको पनि विषय हो । एआई क्रान्तिले विज्ञानका कथालाई तथ्यमा बदलिरहेको छ । हालको एआई प्रगतिहरूको सूची प्रभावशाली छ, उनीहरूको व्यावहारिक अनुप्रयोगहरू छन् । एआईको प्रयोग आनुवंशिक अवस्थाको विश्लेषण गर्न, स्वास्थ्य सेवासुधार गर्न, उत्पादन क्षमता सिर्जना गर्न र अन्य धेरैका लागि प्रयोग भइरहेको छ ।

नोबेल पुरस्कार समितिले जोन हपफिल्ड र जियोफ्रे हिन्टनलाई ‘कृत्रिम तन्त्रिका सञ्जालको मेशिनबाट जानकारी प्राप्त गर्ने वा गणना गर्न सक्षम आधारभूत खोज र आविष्कारहरूको लागि’ र रसायन शास्त्रमा नोबेल पुरस्कारको आधा हिस्सा डेमिस हसाबिस र जोन जम्परलाई ‘प्रोटिनकको स्ट्रक्चरल प्रेडिक्सन’ का लागि एआई मोडेल विकास गरेको तथ्यबाट एआईको महत्त्वले आधिकारिक मान्यता प्राप्त गरेको छ ।

पुरस्कारको आधा हिस्सा नितान्त नयाँ प्रकारको ‘प्रोटिन’को विकास गरेका डेभिड बेकरले प्राप्त गर्नुभएको थियो भने बाँकी आधा ‘प्रोटिन’को जटिल ढाँचालाई एआईको मद्दतले मापन गर्ने मोडेल विकास गरेका जम्पर र हसाबिसले पाउनुभएको थियो ।

सबै विकशित प्रविधिहरूमा कुन देश अगाडि छ भनेर विशेषज्ञहरूले बहस गर्छन् । प्रायजसो उपायहरूले संयुक्त राज्य अमेरिका ‘ठूलो अन्तरले अघि बढेको’ देखाउँछ तथापि, चीन एआई अनुसन्धान प्रकाशनहरूको अनाधिकारिक सङ्ख्याका लागि विश्वव्यापीरूपमा अग्रस्थानमा रहेको देखिन्छ ।

हरेक आकांक्षी एआईको शक्तिले सामना गर्ने एउटा सीमा भनेको दक्ष कामदारहरूको उपलब्धता हो । अर्को अवरोध भनेको बिजुली र पानीको उपलब्धता हो । एआई मोडेलका उपकरणका लागि ठूलो मात्रामा इन्धन शक्तिको आवश्यकता पर्दछ जसले सधैँ चिसो रहिरहन आवश्यक वातावरणमा ताप उत्पन्न गर्दछ र वातावरणीय सन्तुलनका प्रभाव पार्दछ ।

एआई क्षेत्रमा प्रवेशको उच्च लागत समानताका विषयमा चिन्ताको एक कारण हो एआई विकासमा देखिएको होडबाजीले धनी र गरीब देशहरू बीचको खाडललाई अझ फराकिलो बनाउनेछ ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । समग्रमा सम्झौता गर्ने कुरा एउटा जटिल अभ्यास हुनेछ ।

– जलवायु परिवर्तन –

जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुने क्रम जारी छ । यसका लागि प्रकृतिमा मानवीय अतिक्रमणलाई नै प्रमुख जिम्मेवार मानिएको छ । जीवाश्म इन्धनको हाम्रो व्यवहारले सम्भवतः स्थायी रूपमा जलवायुलाई परिवर्तन गर्ने तथ्यलाई वैज्ञानिकहरूले दशकौँदेखि चेतावनी दिइरहेका छन् । आधुनिक अभ्यासका लागि वैज्ञानिक आविष्कार नै पनि यसमा जिम्मेवार छन् । तथ्यहरूले उल्लेखित दावीहरूलाई पुष्टि गर्छन् ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर निरन्तर बढिरहेको छ र सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा स्थापित भएको छ । सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा तापक्रमको उच्चस्तर नाघ्नबाट जोगाउने प्रयास गरेको सन्दर्भमा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रूपमा घटाउने कुरालाई आत्मसात गरेको थियो । सम्झौताले विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने जनाएको छ ।

बदलिँदो जलवायुका केही परिणामहरू सजिलै देख्न सकिन्छ । अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा २४ वटा मौसमसम्बन्धी प्राकृतिक प्रकोप उत्पन्न भएको र यसबाट कम्तीमा एक अर्ब अमेरिकी डलरबराबरको क्षति भएको जनाएको छ । दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा खडेरीका कारण विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनको केही भाग सुकेको छ । वातावरणीय परिवर्तनहरू क्रमिक रूपमा हुने गर्छन् जलवायु परिवर्तनका धेरै परिणामहरू देख्न गाह्रो छ । समुद्रकोे तातो पानी सोस्ने स्रोतहरूमा हस्तक्षेप भएको छ तर यसको परिणाम देख्ने गरी जानकारीमा आउन निकै समय लाग्न सक्छ ।

जलवायुसम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्न सामान्य प्रगति गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र हरित अर्थव्यवस्थामा सङ्क्रमणलाई छिटो गर्न डिजाइन गरिएका विभिन्न प्रविधिहरूमा प्रगति गरेका छन् । तथापि, तिनीहरूको सफलता धेरै कम र ढिलो हुन सक्छ ।

‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’

काठमाडौँ, १६ पुसः प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले प्रतिपादन एवं अङ्गिकार गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ । आज ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा बुद्धिजीविहरूले देश र जनताको पक्षमा आफ्नो ज्यानलाई बाजीमा राखी स्वदेश फर्किएर विपी कोइरालाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएको बताउनुभयो ।

राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विपी कोइरालाको राजनीतिक प्रभाव र सक्रिय गतिविधिका कारण २०३६ सालमा आमनिर्वाचन घोषणा गर्न तत्कालीन राजा बाध्य हुनुपरेको चर्चा गर्दै उहाँहरूले उहाँ एक सच्चा राष्ट्रवादी, दूरदर्शी, बौद्धिक एवं साहसिक नेता हुनुहुन्थ्यो भन्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री तारिणीदत चटौतले विपी कोइरालाले लिनुभएको साहसिक कदमका कारण नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएको उल्लेख गर्दै राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि रहेको धारणा व्यक्त गर्नुभयो । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले साहसिक एवं दूरदर्शी निर्णय क्षमताका कारण अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव छोड्न सफल महामानव विपी कोइरालाले ३३ वर्षअघि लिनुभएको मेलमिलापको नीति आज पनि उत्तिकै महत्व रहेको बताउनुभयो ।

सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले आफ्नो ज्यानको जोखिम मोलेर देश, जनता र प्रजातन्त्रका पक्षमा स्वदेश फर्कनुभएका विपी कोइराला यस क्षेत्रका महान् नेता हुनुहुन्थ्यो भन्नुभयो । देशमा प्रजातन्त्र स्थापना गर्ने अठोटका साथ नेपाली कांग्रेस पार्टी स्थापना गरी राजनीतिक आन्दोलनको नेतृत्व गर्नुभएका विपी कोइराला सहकर्मी नेताहरूका साथ आठ वर्ष भारतमा रही आन्दोलनमा सरिक हुनुहुन्थ्यो । राणा शासन अन्त्यसहित प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं र नीलाम्बर पन्थीसँगै २०३३ पुस १६ गते विपी कोइराला राष्ट्रिय मेलमिलाप नीतिका साथ भारतबाट स्वदेश फर्कनुभएको हो ।

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

काठमाडौँ, १६ पुस : सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ ।

नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका महासङ्घले जनाएको छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएको छ । सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र एक सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ । समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासङ्घले मिडिया मिसन खटाउनुपर्‍यो । समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुव्र्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासङ्घ ठहर छ ।

सन् २०२४ मा नेपाली प्रेस जगत्ले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन सकेन । लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ । महासङ्घले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।

महासङ्घ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासङ्घले सरकारसँग जोडदार माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, महासङ्घले सरकारले ल्याउने प्रेससम्बन्धी कानुन प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउनसमेत सरकारलाई आग्रह गरेको छ ।

उत्तगरगयाधाम वेत्रावतीः हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

त्रिशूली (नुवाकोट), १६ पुसः पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिनुभयो ।

उहाँको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो ।

“सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट बगेको जलबाट निर्मित बेत्रगङ्गा र रुद्रगङ्गा तथा त्यसभन्दा दूरमा रहेको नीलाद्री पर्वतमा त्रिशूल खोप्दा निस्किएको जल बगेको त्रिशूली नदीको भेट भएको त्रिवेणीधाम उत्तगरगया पवित्र तीर्थस्थल हो”, अध्यक्ष ड¬ङ्गोलले भन्नुभयो, “वेत्रावती उत्तरगयाधाम हिन्दू धर्मावलम्वीको प्रमुख चारधाममध्येको मुख्य र नेपालमा रहेको एकमात्र धामका रूपमा पुज्ने गरिन्छ ।”

दक्षिणायनको अन्तिम औँसीका रूपमा रहेको पौष कृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जानअन्जानमा भएका गल्ती क्षमा हुने र मृत्युपरान्त मोक्ष पाउने धार्मिक विश्वास छ । धर्मशास्त्र अनुसार चार गयामध्ये तीनगया भारतमा पर्छ भने नेपालमा पर्ने उत्तरगयाधाम वेत्रावती हिन्दू र बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिन्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुअघि उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू र बौद्धमार्गी अनुयायीको आस्था जोडिएको छ । सोही तथ्य हिमवत् खण्डमा समेत उल्लेख रहेको ओखलढुङ्गाबाट श्राद्ध गर्न वेत्रावती आउनुभएका पण्डित लोकाथ उपाध्यायले बताउनुभयो ।

उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष र अन्यथा जीवनमा एकपटक भए पनि पिण्ड तर्पण गर्नुपर्छ भन्ने विश्वासमा ङो (श्राद्ध) गर्न आएको धुनिबेँसी नगरपालिका–१ धादिङका ज्ञानबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार तामाङ साुमदायमा दिवगङ्त व्यक्तिको पुण्य, आत्मको चीरशान्ति तथा केही बाधा अड्चन भएमा तथा स्वर्गलोक पुग्न बाँकी भएमा त्यसको क्षमाका लागि बौद्धमार्गीहरूले ङो गर्ने गरिएको छ ।

पवित्र नदी त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु, १६ पुसः सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।

खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म रु १६ करोडको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।

थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत रु १० करोड ५२ लाखमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छभने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने रु छ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो ।

दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताउनुभयो । यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ ।

स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् ।

सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताउनुभयो ।

यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ ।

पर्यटनमा सम्भावना र आर्थिक प्रभाव

सडक विस्तारसँगै खुम्बु क्षेत्रमा पर्यटन व्यवसायमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । यसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, गाइड र पोर्टरको रोजगारीमा पाि सकारात्मक प्रभाव पार्नेछ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार यो सडकले स्थानीय उत्पादनको ढुवानीलाई पनि सहज बनाउनेछ । यस क्षेत्रका आलु, गहुँ, जौँजस्ता उत्पादन अब बजारमा सहजै पुग्ने छन् । साथै निर्माण सामग्री र खाद्यान्न आपूर्तिमा पनि सुधार आउनेछ । सडक निर्माणको यो महत्त्वपूर्ण परियोजना यही पुस २० उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसले खुम्बु क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप प्रचार गर्ने विश्वास गरिएको छ ।

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

म्याग्दी, १६ पुसः बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो ।

सदरमुकाम बेनीमा घर बनाइसकेका उहाँलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे । “ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उहाँले भन्नुभयो, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।”

करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाँड्नुभएको थियो । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्ये आधा सुन्तला बेच्दा रु १० लाख आम्दानी गरिसक्नुभयो । “बगैँचामा अझै आधा सुन्तला बाँकी छ”, उहाँले भन्नुभयो, “यसपालि उत्पादन बढेकाले रु १७ देखि २० लाखसम्मको सुन्तला बिक्री हुने अनुमान गरेको छु ।”

उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । सुन्तलाखेती हुन थालेपछि मरेकबाट बसाइँसराइ रोकिएको र विदेशिने क्रम घटेको स्थानीय अगुवा किसान इन्द्रबहादुर थापाले बताउनुभयो ।

वर्षमा रु ६० हजार बराबरको १८ मुरी धान फलाउने थापाले १४ रोपनीमा गरेको सुन्तलाखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताउनुभयो । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी भएको बताउनुभयो । “सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उहाँले भन्नुभयो, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” मरेक र बालम गाउँमा २१ घरपरिवारको बसोबास छ । बीस घरले सुन्तलाखेती गरेका छन् । प्रतिघर रु एकदेखि २० लाखसम्म सुन्तलाबाट आम्दानी गर्छन् ।

बेनी नगरपालिकाको विकट र दुर्गम बस्ती भए पनि मरेकका घर खाली र जग्गा बाँझो नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका मरेकका बासिन्दा वीरबहादुर थापाले बताउनुभयो । “बेनीबजारमा घर र व्यवसाय भए पनि सुन्तलाखेतीले गर्दा मैले पनि गाउँ छाड्न सकेको छैन”, उहाँले भन्नुभयो, “सुन्तलाखेतीले रोजगारी, आम्दानीको अवसर सृजना गरेकाले मरेकबाट बसाइँसराइ रोकिएको छ ।” बेनीमा फलफूल तथा तरकारी व्यवसाय गर्ने मरेकका काजी थापाले विदेशबाट फर्केपछि गाउँको खेतबारीमा सुन्तलाखेती गरेको बताउनुभयो ।

गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेकाले रु एक करोड ५० लाख भित्रिने अनुमान गरिएको हालै त्यहाँको बगैँचा निरीक्षण गरेका कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् ।

अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो । उहाँका अनुसार अनुकूल मौसम, उत्पादन दिने नयाँ बिरुवा थपिएको, दाना झर्ने समस्या कम भएको र फल धेरै लागेकाले जिल्लाभर गत वर्षको तुलनामा एकतिहाइले सुन्तला उत्पादन वृद्धि भएको अनुमान गरिएको छ ।

मरेकको छिमेकी छेपारेका बासिन्दाले पनि व्यावसायिक सुन्तलाखेती गर्न थालेका छन् । कच्ची सडकको सुविधा भएको मरेकमा उत्पादन भएको सुन्तलालाई बजारको समस्या छैन । व्यापारीले बगैँचाबाट प्रतिकिलो रु ७५ मा सुन्तला खरिद गरेका छन् । अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताउनुभयो । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला लैजाने गरिएको उहाँले बताउनुभयो ।

मरेकको भिरालो पाखा सुन्तला बगैँचाले भरिएको छ । बगैँचा पहेँलपुर सुन्तलाले रङ्गिएर मनमोहक बनेको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताउनुभयो । सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताउनुभयो । आयआर्जनका लागि गाउँ छाड्नुपर्ने समस्या घटाउन सुन्तलाखेती प्रभावकारी भएको वडाध्यक्ष पुनले बताउनुभयो ।

पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’

काठमाडौँ, १६ पुसः समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो भने विद्यालयमा अध्यययनरत एक सय ५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको महत्व एवं सचेतना गराइएको थियो ।

‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो । ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो ।

शिविरिमा वरिष्ठ स्त्रीरोग विशेषज्ञद्वय डा कस्तुरी मल्ल र डा विमला लाखे तथा नर्सद्वय विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गर्नुभएको थियो । शिविरले समुदायमा आधारित स्वास्थ्य पहलको महत्व र महिलाको स्वास्थ्य सुधार गर्न विशेषगरी पाठेघर मुखको क्यान्सरजस्ता स्वास्थ्य समस्यामा साझेदारीको भूमिकालाई उजागर गरेको जनाइएको छ । यस संयुक्त प्रयासले पाठेघरको क्यान्सर क्यान्सर रोकथामसम्बन्धी सचेतना वृद्धि गर्नुका साथै यसको महत्वलाई पनि जोड दिएको आयोजकले जनाएका छन् ।

प्रजनन स्वास्थ्य शिविरले मेरीस्टोप्स सेन्टरले प्रदान गर्ने सेवाका बारेमा समुदायस्तरमा जानकारी बढाउन सहयोगी सावित भएको मेरीस्टोप्स इन्टरनेशनल (एमएसआई)का वरिष्ठ सल्लाहकार केपी उपाध्यायले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा मेरीस्टोप्स सेन्टरले यौन तथा प्रजनन स्वास्थ्य सेवासँग सम्बन्धित सेवा प्रदान गरिराखेको छ ।

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ । पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरूद्ध खोप लगाउनुपर्ने हुन्छ ।

सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

बरहथवा (सर्लाही), १६ पुसः–नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

चीनद्वारा डाटा उद्योगको उच्च गुणस्तरको विकासलाई प्रवद्र्धन गर्न आह्वान

चीनले आफ्नो डेटा उद्योगमा उच्च गुणस्तरको विकासलाई प्रवद्र्धन गर्न उपायहरू अवलम्बन गर्ने छ । राष्ट्रिय विकास तथा सुधार आयोग र अन्य पाँच सरकारी विभागले जारी गरेको निर्देशिका अनुसार डाटा उद्यमहरूको विकासलाई बढावा दिन बलियो सहयोग प्रदान गर्न अनिवार्य छ ।

सन् २०२९ सम्म, उद्योगले १५ प्रतिशत भन्दा बढीको औसत चक्रवृद्धि वार्षिक वृद्धि दर हासिल गर्ने अपेक्षा गरिएको छ । यसले डाटा उत्पादन तथा सेवाहरू आपूर्ति गर्ने क्षमतामा उल्लेखनीय सुधार हुनेछ ।

यसमा सक्रिय रूपमा क्लाउड–एज–टर्मिनल सहयोगी कम्प्युटिङ , रियल–टाइम क्रस–डोमेन डेटा भण्डारण कार्यलाई पनि समावेश गरिएको छ ।

साथै, यसले पूर्वाधार समर्थनलाई सुदृढ गर्न, डाटा पूर्वाधारको जडान प्रवद्र्धन गर्न र राष्ट्रव्यापी एकीकृत कम्प्युटिङ पावर प्रणाली निर्माण गर्ने आवश्यकतालाई पनि जोड दिन्छ ।

रुसले विमान दुर्घटनाका जिम्मेवारहरूलाई दण्डित गर्ने वाचा गरेको अजरबैजानको भनाइ

मस्कोले अजरबैजान एयरलाइन्सको विमान खसाल्ने जिम्मेवारहरूलाई सजाय दिने वाचा गरेको अजरबैजानले सोमबार बताएको छ । बाकुले रूसी हवाई रक्षाले गोली हानेको बताएको छ ।

आजाल एम्ब्रेयर १९० जेट २५ डिसेम्बरमा कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ६७ मध्ये ३८ जनाको मृत्यु भएको थियो । 

अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले विमानले दक्षिण रुसको ग्रोज्नी विमानस्थलमा नियमित अवतरण गर्न खोज्दा गल्तीले गोली हानेको जिम्मेवारी स्वीकार गर्न मस्कोसँग माग गर्नुभएको छ ।

रुसले आफ्नो वायु–सुरक्षा मिसाइलले विमानलाई हानेको पुष्टि गरेको छैन । यद्यपि राष्ट्रपति भ्लादिमिर पुटिनले सप्ताहन्तमा अलिएभसँगको फोन वार्तामा त्यस समयमा प्रणालीहरू सक्रिय रहेको र रुसी हवाई क्षेत्रमा यो घटना भएकोमा उहाँ दुःखी भएको बताउनुभएको छ ।

अजरबैजानका महान्यायाधिवक्ताका अनुसार रुसको अनुसन्धान समितिका प्रमुखले बाकुलाई भनेका छन्, “दोषी व्यक्तिहरूको पहिचान गर्न र उनीहरूलाई फौजदारी जिम्मेवारीमा ल्याउन गहन उपायहरू गरिँदैछ ।”

रुसले यस घटनामा फौजदारी जाँच सुरु गरेको छ । तर उसले विमानलाई आफ्नो वायु–सुरक्षा मिसाइलले हानेको हो भन्ने कुरामा सहमत छ कि छैन भनेको छैन र आफैँले कुनै दोषी फेला पारेको वा न्यायको दायरामा ल्याउने बारे केही बताएको छैन ।

अलियेभले आइतबार बाकुको निकट साझेदार मस्कोको दुर्लभ स्पष्ट निन्दा गर्नुभएको थियो । उहाँले विमानलाई ‘दुर्घटनावश हानिएको’ तर रुसले दुर्घटनाको कारण लुकाउने प्रयास गरेकोमा रिसाएको बताउनुभयो । 

पुटिनलाई जिम्मेवारी स्वीकार गर्न माग गर्दै अलिएभले रुसलाई वैकल्पिक सिद्धान्तहरू अघि सारेर ‘रुसी पक्षले मुद्दालाई ढाकछोप गर्न चाहेको स्पष्ट देखाएको’ पनि आरोप लगाउनुभयो ।

रुसका अनुसार आजाल विमान बाक्लो कुहिरोबाट अवतरण गर्न नजिकिँदा दक्षिणी रूसी क्षेत्र चेचन्याको ग्रोज्नीमा युक्रेनी ड्रोनले आक्रमण गरिरहेको थियो । 

बचेकाहरूले विमान बाहिर विस्फोटहरू सुनेको वर्णन गरेका छन् । त्यसपछि विमान क्यास्पियन सागर पार गरी चार सय किलोमिटर (२५० माइल) भन्दा बढी कजाकस्तानको अक्ताउ शहरतर्फ मोडियो र त्यहाँ यो दुर्घटनाग्रस्त भयो ।

कजाकस्तानले सोमबार विमानको ब्ल्याक बक्सहरू ब्राजिल पठाएको बताएको छ । त्यहाँ ब्राजिलियाली वायुसेनाको एकाइ एरोनटिकल एक्सिडेन्ट्स इन्भेस्टिगेशन एन्ड प्रिभेन्शन सेन्टरले विश्लेषण गर्नेछ ।

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

राँझा (बाँके), १६ पुसः बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । “पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ”, नेपालगञ्जस्थित होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भन्नुभयो, “कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौँ ।”

उहाँका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ । लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’सहित लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा सङ्गीत अनि ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ ।

म्यानेजर बुढाथोकीले आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको उल्लेख गर्दै भन्नुभयो, “नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।”

नेपालगञ्जस्थित पाँचतारे होटल सोल्टीले पनि नयाँ वर्ष २०२५ लाई भव्य रूपले स्वागत गर्न कलाज्ञ ब्याण्डलाई नेपालगञ्ज निम्त्याएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कारसमेत राखेको सोल्टीले ‘लाइभबार’, ‘फुड काउन्टर’जस्ता विशेषतासहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ ।

कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको (आज) राति कोहलपुर निम्त्याएको छ । डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगञ्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ ।

होटल सिद्धार्थ नेपालगञ्जले गायिका रचना रिमालसहितको साङ्गीतिक प्रस्तुतिसँगै नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनको तयारी गरेको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले बताउनुुभयो ।

नेपालगञ्जकै तारे होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि साङ्गीतिक कार्यक्रमसहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले गायिका प्रतिक्षासहित उनको ब्याण्डले नयाँ वर्षको स्वागत गर्ने जनाएको छ ।

होटल ग्यालेक्सी दरबारले लाइभ म्युजिकसहित विभिन्न परिकारलाई सहुलियत दरमा आकर्षक ‘प्याकेजिङ’ गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने ‘न्यू इयर इभ’मा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका प्रबन्धक हस्तबहादुर हिमालले जानकारी दिनुभयो ।

बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित

जलेश्वर (महोत्तरी), १६ पुसः पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो ।

शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गर्नुभयो । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।

जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताउनुभयो ।
चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ । ” दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् ।

जलेश्वर –११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गर्नुभयो । उहाँले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण : सुल्झिँदै विवाद

काँक्रेविहार (सुर्खेत), १६ पुस : कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन ।

रु ७० करोड लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो । बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो । बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ । 

आयोजनाविरुद्ध गाभर, बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए । अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारण लाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएकोे थियो । गाभरमा छ वटा, बाँनियाभारमा तीन वटा गरेर नौ वटा टावर निर्माण हुन बाँकी रहेको छ । उक्त टावरहरु निर्माणस्थलका स्थानीयवासीसँग मुआब्जा दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ । बाँनियाभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुनै ठाउँमा समस्या समाधान नजिक रहेको बताउनुभयो । अवरोध भएमा त्यसको हल प्रशासनले गर्नेसमेत उहाँले बताउनुभयो । आयोजना प्रमुख चौधरीका अनुसार बाँनियाभारमा केही अवरोध भएको र तोकिएको मुआब्जा दिन तयार भएको छ ।  

आयोजना प्रमुख चौधरीका अनुसार टावर निर्माण गरिएको क्षेत्रमा जग्गाको मूल्य २५, २८ र ३२ लाख निर्धारण गरिएको छ । बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ । कोहलपुर–सुर्खेत सम्म १६१ वटा टावर रहेका छन् ।  आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किमी क्षेत्रमा टावर निर्माण सकेर तार तानी सकिएको छ । हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानी सम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले बताउनुभयो । चौध किमी हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ । 

अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ । निकुञ्जमा ७० वटा टावरमध्ये छ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले बताउनुभयो । आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएकोसमेत उहाँले बताउनुभयो । सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ । सोही कारणले विद्युत् अनियमितता हुनुका साथै लो भोल्टेजका कारण काम गर्नसमेत समस्या हुँदै आएको छ । 

एनपिएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत

सिरहा-नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा स्वागत गरिएको छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो ।

सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको ¥यालीमा हजारौँ समर्थक सहभागी थिए । खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो । 

कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहनुभएका मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए । 

उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो । आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो । एनपिएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महासेठले बताउनुभयो । 

फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरलाई विद्युतीय स्कुटर

पाँचथर- जिल्लाको फिदिममा आज सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँका फरवार्ड समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको छ ।
सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हासिल गरेको हो । फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि यात्रा तय गरेका तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको हो ।

फाइनल खेलमा मछिन्द्र फुटबल क्लबले अग्रता लिएको थियो । पैतालीसौँ मिनेटमा गोल गर्दै बिजु भुजेलले मछिन्द्रलाई अग्रता दिलाउनुभएको हो । ७८औँ मिनेटमा गोल गर्दै छिरिङ लामाले चर्च ब्वाइजलाई बराबरीमा फर्काउनु भएको थियो । शनिष श्रेष्ठले ८८औँ मिनेटमा गोल गर्दै पुनः मछिन्द्रलाई अग्रता दिलाउनुभयो । 

खेलमा थप गरिएको पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई हारबाट बचाउनुभएको थियो । प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता बन्नुभएका तामाङले विद्युतीय स्कुटर र सर्वाधिक गोलकर्ताका रूपमा रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो । 

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित हुनुभयो । 

प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गरे । विजेता र उपविजेता टोलीलाई फाइनल खेलका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णराज बस्नेत, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरलगायतले पुरस्कार वितरण गर्नुभयो । फिदिम नगरपालिका मुख्य प्रवर्द्धक रहेको फाल्गुनन्द गोल्डकप छ वर्षपछि पुनः सञ्चालनमा आएको हो ।

‘ग्लोबल ग्याग’ नीतिः नेपालमा परिवार स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा अन्योलमा

काठमाडौँ, १६ पुसः अमेरिकी विश्व स्वास्थ्य सहायतामा लागू हुने ‘ग्लोबल ग्याग’ नीति अब कसरी अगाडि बढ्ला ? नेपालमा निजी स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवामा कस्तो असर पर्ला भन्ने अन्योल अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि नेतृत्व सम्हाल्दै गर्दा ट्रम्पले आफ्नो पहिलो कार्यकालमै कडा रूपमा अवलम्बन एवं विस्तार गर्नुभएको मेक्सिको सिटी पोलिसी अर्थात् ‘ग्लोबल ग्याग’ नीति नै लागू गर्नुहुन्छ ? पुनरावलोकन हुन्छ अथवा आफ्नो चुनावीसभामा गर्भपतनका बारेमा व्यक्त गर्नुभएका भनाइ कार्यान्वयन हुन्छ ? यो प्रश्न नेपालका लागि चासो र प्रतिक्षाको विषय बनेको छ ।

‘ग्लोबल ग्याग’ नीतिले अमेरिकी विश्व स्वास्थ्य सहायता जारी राख्नका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई संस्थाको निजीस्रोत वा गैर अमेरिकी सहायताबाट सुरक्षित गर्भपतन सेवा, गर्भपतनसम्बन्धी जानकारी, प्रेषण वा सुरक्षित गर्भपतन सेवाको वैधानिकीकरण र उदारीकरण गर्न गरिने वकालतलाई निषेधित गरेको छ । यही निषेधका कारण अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपालजस्तो देशमा आउने सहयोगमा असर पुग्ने देखिन्छ ।

सो नीतिले प्रजनन् स्वास्थ्य परिवार नियोजन सम्बन्धित सेवा र कार्यक्रमलाई मात्र नभएर सुरक्षित मातृत्व र बाल स्वास्थ्य, एचआइभी÷एड्सको रोकथाम र उपचारका साथसाथै अन्य कार्यक्रमलाई प्रभावित पार्ने जनाइएको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सरकारले सन् १९८४ मा अवलम्बन गरेको ‘ग्लोबल ग्याग’ नीतिले विगतमा पनि नेपालको स्वास्थ्य क्षेत्रमा गम्भीर असर पु¥याएको थियो । स्वास्थ्य अर्थशास्त्रीका अनुसार अब पनि असर देखिन सक्ने सरोकार भएकाहरूको भनाइ छ । नेपालको स्वास्थ्य सेवालाई सुदृढ गर्न आर्थिक एवं अन्य सहयोग गर्ने विभिन्न दातृ निकायमध्ये युएसआइडी पहिलो नम्बरमा छ ।

वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) का सहनिर्देशक डा महेश पुरीले ‘ग्लोबल ग्याग’ नीतिले विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्यअन्तर्गत परिवार नियोजनको सेवा सुदृढीकरण तथा सुरक्षित गर्भपतन सेवा कार्यक्रमलाई विशेष प्रभाव पार्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ट्रम्प सरकारको पहिलो कार्यकालमा ‘ग्लोबल ग्याग’ नीतिका कारण नेपालको स्वास्थ्य क्षेत्रमा असर परेको थियो । खासगरी प्रजनन स्वास्थ्यसित सम्बन्धित परिवार नियोजन एवं सुरक्षित गर्भपतन सेवाका केही कार्यक्रम बन्द भएका थिए ।”

ग्रामीण तथा विपन्न सङ्कटासन्न समुदायमा लक्षित त्यस्ता कार्यक्रम बन्द भएपछि महिला परिवार नियोजन एवं सुरक्षित गर्भपतनसँग सम्बन्धित सेवा लिनबाट बञ्चित भएका पुरीको भनाइ छ । यसबाट विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्यअन्तर्गत सुरक्षित गर्भपतन सेवासहित पैरवी गरिरहेका ‘मेरी स्टोप्स’ इन्टरनेशनल (एमएसआई) र नेपाल परिवार नियोजन सङ्घ सङ्कटमा परेका उहाँले बताउनुभयो । ती निकायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन गरिरहेका केही कार्यक्रम बन्द गर्न बाध्य भएका थिए ।

‘जीवन बचाउने कार्यक्रमलाई असर पर्ने छैन’

स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखा परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले संविधान प्रदत्त मौलिक अधिकार रूपमा रहेको प्रजनन तथा सुरक्षित मातृत्व अधिकारलाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा नेपालमा प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व क्षेत्रमा उल्लेखनीय सुधार हुँदै गएका छन् । अकालमा आमा र नवजात शिशुको मृत्यु हुनेक्रम रोकिँदै छन् । यस्ता महत्वपूर्ण जीवन बचाउनेसितसम्बन्धी कार्यक्रमलाई असर पर्न दिने पक्षमा सरकार छैन ।”

एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्यायले ‘ग्लोबल ग्याग’ नीतिका कारण नेपालमा विशेष गरेर प्रजनन स्वास्थ्य, परिवार नियोजन, सुरक्षित गर्भपतन सेवासित कार्यक्रमलाई प्रभाव पर्न जानसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतन सेवा, परिवार कल्याण, प्रजनन स्वास्थ्य पाउने संविधान प्रदत्त अधिकारबाट सीमान्तकृत र सङ्कटासन्न समुदाय बञ्चित हुन सक्दछन् । सेवा विमुख हुँदा ती वर्गहरू जोखिममा पर्न सक्दछन् । यसका लागि सरकार अन्य सम्बन्धित पक्षले समयमै ध्यान दिनुपर्छ । पूर्व तयारी गर्नुपर्छ ।”

क्यालिफोर्निया विश्वविद्यालयले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिए पनि गर्भपतनका लागि कानुनी सेवा पाउन योग्य धेरै महिला (विशेष गरेर गरिब, सीमान्तकृत, सङ्कटासन्न, दुर्गम क्षेत्र) गर्भपतन सेवाबाट बञ्चित रहेका छन् ।

नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले विगतमा ‘ग्लोबल ग्याग’ नीतिका कारण सङ्घद्वारा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य सेवासँगसम्बन्धी कार्यक्रम तथा क्लिनिकल सेवा सञ्चालनमा समस्या आएको भए पनि अब ‘ग्लोबल ग्याग’ नीतिका कारण सङ्घद्वारा प्रदान भइराखेका सेवा तथा कार्यक्रम बन्द हुन नदिने बताउँदै प्रजनन स्वास्थ्यको अधिकारलाई सुदृढ गर्दै सुरक्षित गर्भपतन सेवालाई अझ व्यापक बनाउँदै लैजाने उल्लेख गनर््ुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतन सेवाका लागि सङ्घले विगतमा निर्वाह गरेको योगदान तथा पैरवीका कारण यसले कानुनी मान्यता पाएको हो । नेपाल परिवार नियोजन सङ्घ, नेपाल सरकार, विभिन्न दातृ निकायसँग अझ बलियो साझेदारी गर्दै सुरक्षित गर्भपतन सेवा पाउने महिलाको मौलिक अधिकारलाई अझ सुदृढ बनाउँदै उनीहरुको जीवन सुरक्षित बनाउन चाहन्छ ।”

अझै प्रभावकारी कार्यान्वयनमा आएनन् कानुन

सुरक्षित गर्भपतन सेवालाई संविधान एवं कानुनले स्पष्ट गरेको महिलाको स्वास्थ्य अधिकारका रूपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको छैन । सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले सुरक्षित गर्भपतन सेवा सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएको छ । तर अझै पनि अधिकांश स्थानीय तहले सो सेवा प्रदान गर्न सकिरहेका छैनन् ।

महिला विकास तथा कानुन मञ्च आबद्ध अधिवक्ता सविन श्रेष्ठले ऐन, नियमावली कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्नेगरी प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन ल्याउने मुलुकमा नेपालसहित फिलिपिन्स, युगान्डालगायत मुलुक मात्रै छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर ९५ हजारभन्दा बढी महिलाले गर्भपतन सेवा लिएका छन् । तीमध्ये ५७ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्याङ्क छ । महाशाखाले सुरक्षित गर्भपतनाई कानुनी मान्यता दिएपछि असुरक्षित रूपमा गरिने गर्भपतनमा केही कमी आएको जनाएको छ ।

सेवा छ, जानकारी छैन

नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २२ वर्ष पूरा भएको छ । लामो बहस एवं पैरवीका कारण विसं २०५७ मा यसले वैधानिकता प्राप्त गरेको थियो । अर्काेतर्फ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घरदैलोमा सुरक्षित गर्भपतन सेवा सुरुआत गरे पनि यसका बारेमा सेवाग्राहीलाई जानकारी छैन । सोही कारण अनाधिकृत रूपमा औषधिको गरी गर्भपतन गराउने क्रम अझै रोकिएको छैन । दक्ष स्वास्थ्यकर्मीको सल्लाहविना सेवन गर्ने अनाधिकृत औषधिले महिलाको ज्यानसमेत जोखिममा पर्दै गएको छ भने कतिपयको अकालमा मृत्यु भएको जनाइएको छ ।

सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्यले भन्नुभयो, “दक्ष स्वास्थ्यकर्मी नभएका अनाधिकृत क्लिनिकहरुले प्रदान गरेका सेवा असुरक्षित हुने भएकाले त्यस्ता क्लिनिकहरूको निरीक्षण प्रभावकारी बनाउनु जरुरी छ । सुरक्षित गर्भपतन सेवामा पहुँच वृद्धि गर्न असुरक्षित गर्भपतनलाई निरुत्साहन गर्न आवश्यक छ ।” यसका लागि संस्थाले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा तालिम एवं ११४३ हटलाइन टेलिफोन सेवा सञ्चालन गरिराखेको सुनौलो परिवारले जनाएको छ । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिन सो हटलाइन सेवा अत्यन्त प्रभावकारी रहेको सुनौलो परिवारका प्रबन्धक आचार्यले उल्लेख गर्नुभयो ।

सुनौलो परिवार नेपालले सन् २०२३ मा विभिन्न सहरमा रहेका आफ्ना क्लिनिकमार्फत २२ हजारभन्दा बढीलाई सुरक्षित गर्भपतन सेवा प्रदान गरेको थियो । नेपालमा बर्सेनि कति महिलालाई सुरक्षित गर्भपतनको सेवा आवश्यक पर्छ र कति सेवाग्राहीले औषधि पसलका औषधिबाट गर्भपतन गराउँछन् भन्ने यकीन तथ्याङ्क सरकारी निकायसँग छैन । स्थानीय, प्रदेश तथा सङ्घीय अस्पतालसहित निजी क्षेत्रका सूचीकृत स्वास्थ्य संस्था एवं ‘घरमा नै सुरक्षित गर्भपतन सेवा पाइन्छ’ भन्ने जानकारीका अभावमा पनि सेवाग्राही अझै औषधि पसलमा निर्भर पर्ने गरेका जनाइएको छ ।

सरकारले असुरक्षित गर्भपतनलाई अन्त्य गर्न ‘महिला स्वास्थ्य स्वयंसेविका’ परिचालन गरेको भनिए पनि यसको खासै प्रभावकारी कार्यान्वयन भएको देखिदैन । नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखाका व्यवस्थापक शरद् अर्यालले भन्नुभयो, “गर्भपतन सेवा आवश्यक पर्नेलाई खोजी गरी आफ्नो क्लिनिकमार्फत सेवा प्रदान गरिराखेको छौँ । सुरक्षित गर्भपतन सेवाअन्तर्गत क्लिनिक र औषधि सेवनमार्फत दुवै सेवा प्रदान गरिरहेका छौँ ।”

आवश्यक सूचना तथा जानकारीका अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुन सकेको छैन । सरकारले विविध कारणले स्वास्थ्य सस्थामा पुग्न नसक्ने एवं पहुँच नपुग्ने विपन्न, अपाङ्गता भएका र सीमान्तकृत समुदायलाई घरमा सुरक्षित गर्भपतन सेवा तथा आवश्यक परिवार व्यवस्थापन (नियोजन)का सेवा प्रदान गर्न सुरुआत गरेको थियो । विशेषगरी कोरोना महामारीमा प्रजनन, मातृ, नवजात शिशु तथा बालस्वास्थ्य सेवालाई निरन्तरता दिने विसं २०७७ वैशाखदेखि घरदैलो सेवा थालनी गरिएको थियो । यसबाट परिवार नियोजनका साधनमा पहुँच अभिवृद्धि हुने र सुरक्षित गर्भपतन सेवासमेत निरन्तरता जारी रहने अपेक्षा लिइएको थियो ।

स्वास्थ्य मन्त्रालयले घरदैलो सेवालाई सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ मा समावेश गरेको छ । मन्त्रालयले ‘कोभिड–१९ महामारी प्रजनन्, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको अन्तरिम निर्देशिका २०७७’ जारी गर्दै ती क्षेत्रमा टेलिफोन परामर्श तथा घरदैलो सेवा सञ्चालन गरेको थियो ।

अहिलेसम्म कतिले घरदैलो सेवा पाए भन्ने आधिकारिक तथ्याङ्क छैन । कोरोना महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परिवार नियोजन सेवा उपभोग गरी कम्तीमा दुई वर्षको गर्भान्तर गरेमा खण्डमा १० प्रतिशत शिशु र ३० प्रतिशत मातृमृत्युदर घट्ने छ । मातृ तथा बालमृत्युदरमा कमी ल्याउन परिवार नियोजनका सेवामा पहुँच विस्तार अनिवार्य मानिन्छ ।

नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१) ले मातृ मृत्युदरप्रति एक लाख जीवित जन्ममा एक सय २५ मा झार्ने अति महत्वाकाङ्क्षी लक्ष्य राखेको थियो । यसैगरी दीगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरप्रति एक हजार जीवित जन्ममा क्रमशः १२ र २० मा झार्ने लक्ष्य राखेको छ । यी लक्ष्य हासिल लगभग असम्भव देखिएको छ ।

स्वास्थ्यकर्मीद्वारा सुरक्षित गर्भपतन सेवा

निर्देशिकाले पहिलो पटक तालिम प्राप्त स्वास्थ्यकर्मीलाई सुरक्षित गर्भपतन सेवा प्रदान गर्न स्वीकृति प्रदान गरेको थियो । विसं २०७३ देखि सूचीकृत सरकारी स्वास्थ्य संस्थामा मात्र औषधि र क्लिनिकल माध्यमबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गरिँदै आइएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, नियमावली २०७७ का प्रावधानअनुरुप स्वास्थ्यकर्मीलाई सो अधिकार प्रदान गरिएको हो । सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले तीनै तहका सरकारलाई ती ऐन, नियमावली तथा निर्देशिका कार्यान्वयमा थप सहजीकरण गरिदिएको छ । आवश्यक जनशक्तिको अभाव देखाउँदै स्थानीय पालिकाहरुले निर्देशिकालाई प्रभावकारी कार्यान्वयन गर्न सकिरहेका छैनन् ।

सुरक्षित गर्भपतन सेवाका लागि एक हजार पाँच सयभन्दा बढी स्वास्थ्य सस्था सूचीकृत भएका छन् भने चार हजारभन्दा बढी स्वास्थ्यकर्मीले तालिम प्राप्त गरी सो सेवा प्रदान गरिराखेका जनाइएको छ । ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) नेपालमा बढी प्रयोगमा छ । यो दश हप्ताभित्रको गर्भका लागि सुरक्षित मानिन्छ । तालिम तथा अनुमति प्राप्त नर्सले सुरक्षित गर्भपतनका लागि घरमा पुगेर सो सेवा दिन समेत सुरुआत गरेका छन् । ग्रामीण क्षेत्रमा यो सेवा अतिप्रभावकारी रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

यसैगरी १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेशन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सि अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेशन एण्ड इभ्याकुएशन (डिएण्ड) गरिन्छ । एमएसआइका वरिष्ठ सल्लाहकार केपी उपाध्यायले औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी बनाउन सेवाग्राहीलाई राम्ररी परामर्श दिनु जरुरी रहेको बताउँदै सेवापश्चात् कुनै जटिलता भएमा तुरुन्त आवश्यक सेवा प्रदान गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “महामारीका समयमा पनि गर्भपतन सेवा लिन चाहनेका लागि हामीले घरदैलो सेवा प्रदान गरेका थियौँ । विशेष गरी मेरीस्टोप्सले एमए विधिबाट छ सयभन्दा बढीलाई सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ । अगामी दिनमा यसलाई सरकारले निरन्तरता दिनु आवश्यक छ ।”

महाशाखाका अनुसार गत आर्थिक वर्षमा सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्या ९५ हजार चार सय ९२ रहेकामध्ये २० वर्ष मुनिका सङ्ख्या आठ हजार दुई सय २३ रहको थियो । तीमध्ये सबैभन्दा बढी औषधि विधि बढी भएको जनाइएको छ ।

विसं २०७६ चैत ११ गतेदेखि विसं २०७७ साउन ६ सम्मका लकडाउनमा मात्र एक सय ३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखिएको थियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न केही अप्ठ्यारो भएको हो । पछिल्लो दिनमा सेवा सुरु भएको छ । सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति छ । सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन भन्ने कुरालाई समुदायमा बुझाउन जरुरी छ ।

जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिन्छ । कृपाका सहनिर्देशक डा पुरीले भन्नुभयो, “महामारीका समयमा परिवार नियोजनका साधनमा पहुँच र उपलब्धता नहुँदा, समयमा सुरक्षित गर्भपतन सेवा नपाउँदा अनिच्छिुक गर्भधारण बढेको र सुरक्षित गर्भपतन भने घट्न गएको हो । यसोगर्दा यौन तथा प्रजनन स्वास्थ्य सेवाका सूचकलाई असर पार्छ ।”

कृपाको एक अध्ययनअनुसार नेपालमा वार्षिक रूपमा तीन लाख २३ हजार गर्भपतन हुन्छ । तीमध्ये ४२ प्रतिशत सूचीकृत र ५८ प्रतिशत असूचीकृत संस्थामार्फत हुन्छन् । अर्काेतर्फ परिवार नियोजन सेवाको विस्तार अपेक्षाअनुसार हुन सकेको छ्रैन । हाल आधुनिक परिवार नियोजन सेवाको प्रयोग दर ४२.८ प्रतिशत छ । अझै पनि प्रजनन उमेरका २३.७ प्रतिशत महिलाले परिवार नियोजन सेवा प्रयोग गर्न चाहेर पनि सेवा प्राप्त गर्न सकेका छैनन् ।

गर्भनिरोधकका अस्थायी आधुनिक साधनको प्रयोगदर बढ्न नसक्नु (स्थिर रहनु), परम्परागत विधिका प्रयोगकर्ता उल्लेख्य रूपमा बढ्नु, असन्तुलित दरमा प्रजननदर घट्नु र परिवार नियोजनका साधन चाहेर पनि पाउन नसक्ने दर (अनमेट निड) घट्नुले समस्या देखिएको छ ।

गर्भनिरोधकमा आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक छ । नेपालमा करिब ६४ प्रतिशत महिलाले मात्र विश्वस्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसारका कम्तीमा चारपटक गर्भ परीक्षण, ६१ प्रतिशतले तालिम प्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी हुने गर्दछन् ।

परिवार नियोजनसम्बन्धी एक अध्ययनका अनुसार नेपालका ५० प्रतिशतभन्दा कम स्वास्थ्य संस्थाले मात्र परिवार नियोजनका ती सेवा दिन सक्दछन् । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दछन् ।

साधन प्रयोग गर्ने ५३ प्रतिशत महिलामध्ये ४३ प्रतिशतले आधुनिक साधन तथा सेवाको प्रयोग गर्छन् भने १० प्रतिशतले परम्परागत विधि अपनाउने गर्छन् । नेपालमा सबैभन्दा बढी महिलाले बन्ध्याकरण गर्ने गर्दछन् । यस्तो महिलाको सङ्ख्याको १५ र पुरुषको सङ्ख्या छ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन ।

परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो । कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्ने तथा माध्यामिक शिक्षा वा सोभन्दा बढी हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् । विवाहित महिलामा परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदरमा उल्लेखनीय सुधार आएको देखिँदैन ।

सन् १९९६ मा प्रयोगदर २९ प्रतिशत रहेकामा हाल ५३ प्रतिशत मात्र पुगेको छ । सहनिर्देशक डा पुरीले भन्नुभयो, “आधुनिक परिवार नियोजनको साधनको प्रयोगदर बढाउनु र सुरक्षित गर्भपतनको पहुँच पु¥याउनु जरुरी छ । समुदायमा परिवार नियोजनका साधन र सुरक्षित गर्भपतनका बारेमा सचेतना फैलाउनु आवश्यक छ ।”

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

तुलसीपुर (दाङ), १६ पुसः लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो ।

प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो

काठमाडौँ, १६ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भने भाउमा वृद्धि भएको छ । यस्तै, बहराइन दिनारको भने भाउ घट्दा केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ नौ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ, १६ पुसः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्कनुभएको थियो ।

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नुभएको थियो । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो ।

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्त्तकका रूपमा चिनिनुहुन्छ । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।

दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले यस अवसरमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको सबुज कृष्ण बानियाँले राससलाई जानकारी दिनुभयो । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाएको छ । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित हुन नहुने सरोकार भएकाहरू बताउँछन् ।

पौष शुक्ल प्रतिपदाः तोल ल्होसार पर्व मनाइँदै

काठमाडौँ, १६ पुसः प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ ।

तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ । तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।

हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ ।

अध्यक्ष नेपाल र संयोजक वामदेव गौतमबीच भेटवार्ता

काठमाडौँ, १५ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज भएको उक्त भेटवार्तामा पार्टी एकताका लागि वैचारिक दृष्टिकोण, एकतापछि नेताहरुको जिम्मेवारी व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको थियो ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि दुवै नेताहरुले गरेका प्रयास, कार्यदिशा तयार गर्नेलगायत विषयमा छलफल भएको पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।  जनताको बहुदलीय जनवाद पार्टीको मार्ग दर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मुल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने तथा एकता प्रकृयालाई दीर्घकालीन बनाउन उहाँहरूबीच छलफल भएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो । 

समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिकरुपमा निकट रहेका समूहहरुलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको थियो । 

चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

चितवन, १५ पुसः चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार आफ्नो विभागमा दैनिक आउने बिरामीमध्ये २० प्रतिशत चिसोका समस्या भएर आउने गरेका छन् । उहाँले भन्नुभयो, “चिसोका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, घाँटी दुख्नेजस्ता समस्याका बिरामी बढेका छन् ।” 

मुटुको समस्या र उच्च रक्तचापका बिरामीले चिसोमा हिँड्न उचित नहुने उहाँको भनाइ छ । हिँड्नै परेमा न्यानो कपडा लगाउने, नाक, मुख, टाउको घाँटी छोपेर, हातमा पन्जा लगाएर हिँड्दा उत्तम हुने उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमराज पौडेल अस्पतालमा उपचारका लागि आएका बालबालिकामध्ये ७० प्रतिशतमा चिसोको समस्या देखिएको बताउनुहुन्छ । चिसोका कारण बालबालिकामा रुघा, खोकी, निमोनिया, छालाको समस्या बढी देखिएको उहाँले बताउनुभयो ।

यसैगरी जोर्नी दुखाइका बिरामीको सङ्ख्या पनि अस्पतालमा बढेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले पछिल्लो समय जोर्नीको दुखाइ, रुघाखोकी, ज्वरो, दम, छालाका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस्ता बिरामी कम हुने समय हो, तर अहिले चिसोका कारण यस्तो समस्या लिएर आउने बिरामीको सङ्ख्या वृद्धि भएको छ ।”

सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ

सुन्दरबजार (लमजुङ), १५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उहाँले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ ।”फरक प्रसङ्गमा उहाँले सहकारीले सर्वसाधारणलाई ठग्ने गरेकाले त्यसलाई रोक्न जरुरी रहेको बताउनुभयो । देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

सहकारी कुन स्तरका हुन सोहीअनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसद्बाट पास गरेर राष्ट्रपतिलाई बुझाइएको र प्रमाणिकरणसमेत भएको मन्त्री गुरुङले जानकारी दिनुभयो । सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमशः अन्य रकम पनि फिर्ता गराउनेतर्फ सरकार लाग्ने उहाँको भनाइ थियो ।

मन्त्री गुरुङले भन्नुभयो, “संविधानमा नेपाली भाषाका अतिरिक्त अन्य भाषा पनि सरकारी कामकाजको भाषा हुने उल्लेख छ, त्यसैले संविधानले दिएको अधिकार उपयोग गर्न आवश्यक छ ।”

केही शक्ति सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर पूरानै व्यवस्था ल्याउन लागिपरेको भन्दै उहाँले मूलधारका पार्टी जसले सङ्घीय गणतन्त्र प्राप्तिका लागि बलिदानीपूर्ण आन्दोलन गरेर यो व्यवस्था ल्याए तिनैलाई यो व्यवस्थाको माया र रक्षा गर्ने दायित्व भएको बताउनुभयो ।

पालिकाभित्रका विभिन्न तमू समाजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न स्थानबाट सांस्कृतिका झाँकीसहित बजार परिक्रमा गरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा गुरुङको मौलिक संस्कृति सोरठी, घाटु, कृष्ण चरित्र, कौरा, ठाडोभाकालगायतका नृत्य प्रस्तुत गरिएको सुन्दरबजार तमु समाजका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

कास्की, १५ पुस : पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् ।

पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो ।

नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो ।

यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो । प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सहभागी टोलीलाई पाँच सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए ।

नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताउनुभयो । लयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरणतर्फ जान जरुरी रहेकामा जोड दिनुभयो ।

च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्रीको आग्रह

काठमाडौँ, १५ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ हुनुपर्ने बताउनुभएको छ ।

च्याउ उत्पादक किसान सङ्घले आज भृकुटीमण्डपमा आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको बताउनुभयो । नेपाली नागरिकमा च्याउ खाने बानी बढेसँगै यसको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल च्याउमा आत्मनिर्भर हुँदै गएकाले बिस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक देखिएको बताउनुभयो । च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षभित्र यसको खेती गर्न सिफारिस जात पञ्जीकरण गर्ने तथा गुची च्याउ, धमिरे च्याउ, लेटिपोरसजस्ता वहुमुल्य र पौष्टिक जातको अनुसन्धान सुरुआत गरिएको बताउनुभयो । ती जातका बीउबिजन उत्पादनमा सफलता हात परेको एवं खेती प्रविधि विकासका लागि काम भइरहेको जानकारी दिँदै मन्त्री अधिकारीले यसको अनुसन्धान पश्चात प्रसार गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बर्सेनि पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरणतर्फ जान जरुरी रहेकामा जोड दिनुभयो ।

‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’ – उपसभामुख रानामगर

काठमाडौँ, १५ पुस : उपसभामुख इन्दिरा रानामगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण तथा अभिलेखीकरण गर्न जरुरी रहेको बताउनुभएको छ । नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उहाँले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको बताउनुभयो ।

काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज भएको सिसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले भन्नुभयो, “नेपाली इतिहास दबिँदै गएको छ, यसको संरक्षण गर्न जरुरी छ ।” उहाँले सिसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदा उतारिनु अनुकरणीय काम भएको उल्लेख गर्नुभयो ।

उपसभामुख रानाले भन्नुभयो, “यहाँ कला जस्ताको त्यस्तै सिसाभित्र उतारिएको छ, यस्तो अरु देशमा देखेकै छैन ।” यस्ता इतिहास संरक्षण हुँदा पर्यटन विकासमा टेवा पुग्ने र ती कलाहरु बालबालिकाका लागि सिकाइ हुने उहाँले बताउनुभयो । राजनीति समाज सेवा भएको उल्लेख गर्दै उहाँले अहिले त्यस्तो नदेखिनु दुःखद् भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कार्यवाहक कुलपति लालकाजी लामाले वास्तु संरचना र इतिहासलाई सिसाभित्र प्रस्तुत गरिनु महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले नेपालमा नेपाली कलाकारले सिसाभित्र कला कोरेको र प्रदर्शनी गरेको यो नै पहिलो भएको दाबी गर्दै यस्ता कला संस्कृति जोगाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवा, अरुणा हिङमाङ, डा राजु मानन्धरलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रदर्शनी एक सातासम्म चल्ने छ ।

जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र गर्मी ल्यायो : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले सोमबार जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ । ।

राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सीले एक दशकको अभूतपूर्व गर्मीलाई समेट्दै बिदा हुन लागेको यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ ।

यसैबीच विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का अनुसार हरितगृह ग्यासको उत्सर्जन नयाँ रेकर्ड उचाइमा पुगेको छ र यसले भविष्यका लागि अझै बढी गर्मी सुनिश्चित गरेको छ ।

“मौसमी घटनाहरूको बढ्दो घटना र प्रभावका रूपमा करिब दैनिक रूपमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि देखापरिरहेको छ”, डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भन्नुभयो, “यस वर्ष हामीले रेकर्ड तोड्ने वर्षा र बाढीका घटनाहरू र धेरै देशमा भयानक जनधनको क्षति देख्यौँ, जसले हरेक महादेशका समुदायहरूलाई हृदयविदारक बनायो ।”

“उष्णकटिबन्धीय चक्रवातहरूले भयानक मानव र आर्थिक क्षति निम्त्यायो, हालसालै हिन्द महासागरको फ्रान्सेली विदेशी विभाग मायोटमा यस्तै भएको थियो”, उहाँले भन्नुभयो, “तीव्र गर्मीले दर्जनौँ देशलाई पोल्यो, धेरै अवसरमा तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्यो । डढेलोले विनाश मच्चायो ।”

– जलवायु विनाश –

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो ।

नोभेम्बरमा डब्लुएमओले जनवरी–सेप्टेम्बरको औसत सतहको तापक्रम सन् १८५० र सन् १९०० को बीचमा मापन गरिएको पूर्व–औद्योगिक औसतभन्दा १.५४ डिग्री सेल्सियस रहेको बताएको थियो ।

यसले सन् २०२४ लाई सन् २०२३ मा कायम भएको रेकर्डलाई पार गर्ने बाटोमा सजिलै राखेको छ ।

मानवजातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन सुरु गरेयता गत वर्ष तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको भन्दा १.४५ डिग्री सेल्सियस बढी तातो थियो ।

डब्लुएमओले जनवरीमा सन् २०२४ को एकीकृत विश्वव्यापी तापक्रम आँकडा प्रकाशित गर्दैछ र मार्चमा विश्व जलवायुको स्थिति २०२४ को पूर्ण प्रतिवेदन जारी गर्नेछ ।

आफ्नो नयाँ वर्षको सन्देशमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विगत दशकमा देखिएको रेकर्ड तापक्रममाथि विचार गर्नुभयो ।

“हामीले भर्खरै घातक गर्मीको एक दशक भोगेका छौंँ भनेर आज म आधिकारिक रूपमा रिपोर्ट गर्न सक्छु, रेकर्डमा रहेका १० सबैभन्दा तातो वर्षहरू सन् २०२४ सहित पछिल्लो १० वर्षमा भएका छन्”, उहाँले भन्नुभयो, “यो वास्तविक समयमा जलवायु विनाश हो ।”

“हामीले यो विनाशको बाटोबाट बाहिर निस्कनु पर्छ र हामीसँग गुमाउने समय छैन”, महासचिव गुटेरेसले भन्नुभयो, “सन् २०२५ मा देशहरूले उत्सर्जनमा नाटकीय कटौती गरेर र नवीकरणीय भविष्यमा सङ्क्रमणलाई समर्थन गरेर विश्वलाई सुरक्षित मार्गमा राख्नु पर्छ, यो आवश्यक छ, र यो सम्भव छ ।”

सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिनुभयो । सुगा वर्गलाई कसैले भने गिद्ध वर्गअर्थात् वर्ष पनि भन्ने गरेका छन् । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ ।

 नयाँ वर्ष सुरु भएको खुशियालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा तीनदिन अघिदेखि ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सव मङ्गलबारसम्म सञ्चालन हुने तमु ह्युला छोंज धीं राष्ट्रिय परिषद्ले जनाएको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसलाई कतिपयले उच्चारणका रुपमा तमु ल्होछार पनि भन्ने गर्छन् । यस दिन गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाउने विश्वास गरिन्छ ।

 पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको यस समुदायका अगुवाको भनाइ छ ।

चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए ।

एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन् ।

एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले चलचित्रको ‘थ्रिलिङ’ भागलाई उजागर गरेको छ । पोस्टरको शीर्ष भागमा रहेका अभिनेता प्रदिप खड्का चलचित्रको मुख्य केन्द्रबिन्दु रहेको प्रस्ट हुन्छ । मुख्य पात्रको चोट लागेको अनुहारले यस चलचित्रको कथाको चुनौतीपूर्ण पक्षलाई सङ्केत गर्छ र सिगार समातेको कोइरालाको चरित्रले कथामा शक्तिको खेल रहेको सङ्केत गर्छ । यस अघि यो चलचित्रको टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको थियो ।

यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।

यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कला
कारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए ।

एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन् । एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले चलचित्रको ‘थ्रिलिङ’ भागलाई उजागर गरेको छ । पोस्टरको शीर्ष भागमा रहेका अभिनेता प्रदिप खड्का चलचित्रको मुख्य केन्द्रबिन्दु रहेको प्रस्ट हुन्छ । मुख्य पात्रको चोट लागेको अनुहारले यस चलचित्रको कथाको चुनौतीपूर्ण पक्षलाई सङ्केत गर्छ र सिगार समातेको कोइरालाको चरित्रले कथामा शक्तिको खेल रहेको सङ्केत गर्छ । यस अघि यो चलचित्रको टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको थियो ।

यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।

यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कला
कारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् । यस चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

राष्ट्रिय सभा गृहमा परिसरमा पीएल सिंहको पूर्ण कदको शालिक निर्माण गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको शालिक राख्ने निर्णय गरेको छ ।

आइतबार (पुस १४) प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको वैठकले स्व.सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पु¥याउनु भएको योगदानको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो ।

वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंहको २०८१ पुस १ गते निधन भएको थियो । वि.सं. २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर उनले नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
२०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका हुन् । उनको कार्यकाल २०५३ चैत २४ गतेसम्म रह्यो ।

वैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरुपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरुको सुविधा सम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनलेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

वैठकमा योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले ‘स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९÷०८० का लागि गरिएको मूल्याङ्कनमा महानगरपालिकाले ८२.७५ अङ्क प्राप्त गरेको विवरण पेश गरिन् । यो प्रारम्भिक प्रतिवेदनलाई वैठकले अनुमोदन गरेको छ ।
यस्तै वडा वर्गीकरणमा वडा नंं. १२ लाई मझौला वडा बनाउने निर्णय गरेको छ । वडालाई यसअघि सानो वडामा राखिएको थियो ।

बिआरआई परियोजना समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड

काठमाडौँ, १५ पुसः विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मुलुकको आर्थिक विकास र क्षेत्रीय साझेदारितालाई फराकिलो बनाउने उहाँहरुको विश्वास छ । साथै बिआरआईबारेका भ्रम चिर्दै कार्यान्वयनतर्फ लैजानु उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एन्ड डेभलपमेन्ट, मदन भण्डारी फाउन्डेसन र नेपाल–चाइना फ्रेन्डसिप फोरमले संयुक्तरुपमा यहाँ आयोजना गरेको ‘एडभान्सिङ नेपाल–चाइना कोअपरेसन आफ्टर द प्राइमिनिस्टर्स भिजिट टु चाइना’ विषयक अन्तक्र्रियामा पूर्वपरराष्ट्रमन्त्री एवं गिरिजाप्रसाद कोइराला फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले बिआरआई सम्झौता दुवै देशको हितमा रहेकाले समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले बिआरआई सम्झौताले नेपालको आर्थिक विकास, पूर्वाधार, शिक्षा, सञ्चारलगायत क्षेत्रमा सहयोग पुग्ने बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले बिआरआई सम्झौता राष्ट्रिय पार्टीहरुको साझा सहमतिका आधारमा गरिएको बताउँदै यी परियोजनाको समयमै कार्यान्वयन गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले बिआरआईमार्फत मुलुकको विकास र कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने धारणा राख्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनलेले बिआरआईलाई अनावश्यक प्रोपोगाण्डाको रुपमा ल्याइन नहुने धारणा राख्नुभयो । नेपालले अरु देशहरुसँग जसरी सहयोग आदानप्रदान गरेको छ सोहीअनुरुप लिइदिन उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा सिचुवान विश्वविद्यालयका भाइस डिन हुयान युन्सङ्घले बिआरआई क्षेत्रीय हित र प्रवर्द्धनलाई ध्यान दिइ ल्याइएको बताउनुभयो । बिआरआई परियोजनामार्फत गैरनाफामूलक लगानी गर्ने भनिएको छ । यो कार्यान्वयनपछि नेपालको जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने विज्ञहरुको अपेक्षा छ ।

नेपाल–चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई मुलुकको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । नेपालको पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा चीनबाट नेपालले फाइदा लिनसक्ने भएकाले यसलाई उपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बर २ देखि ५ तारिखसम्म चीनको औपचारिक भ्रमणका दौरानमा ‘बिआरआई फ्रेमवर्क सम्झौता’ भएको थियो । चीनले आफ्नो विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शक सिद्धान्तका रुपमा बिआरआईलाई अघि बढाइरहेको छ । नेपालले सन् २०१४ मा परियोजनामा सैद्धान्तिक सहमति जनाएको थियो । सन् २०१७ मे २१ मा बिआरआईसम्बन्धी समझदारीपत्र (एमओयु) मा नेपालले हस्ताक्षर गरेको थियो ।

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध,यात्रु बीच सडकमै अलपत्र

मुगु, १५ पुसः कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।

सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताउनुभयो । “पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन”, उहाँले भन्नुभयो, “चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा छन् ।” उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उहाँले फोनमार्फत बताउनुभयो ।

हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारीसाधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहिले बताउनुभयो ।

कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर, १५ पुस : पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ ।

पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका लागि एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।

मछिन्द्रका लागि देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे पनि दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोकेका थिए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो । 

खेलको ४५औँ मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । अठहत्तरऔँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए । खेलको ८८औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरी गरे । दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र उपविजेतामै सीमित बन्यो । उपाधिसँगै चर्च ब्वाइजले रु १० लाख पाँच सय ५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता मछिन्द्रले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।