`

करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व

खोटाङ, साउन १५ गते । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवावापत रु २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । कार्यालयले गत आवमा समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ ।

“कार्यालयले अघिल्लो आव २०७९/८० मा २१ करोड ३८ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्ष २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन भएको छ”, निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भन्नुभयो, “यो ९७ दशमलव ४४ प्रतिशत लक्ष्य हो । आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ ।” वि.सं.२०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रियालगायत क्रियाकलाप गर्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय लहानको सम्पर्क कार्यालयको रुपमा स्थापित यस कार्यालयले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका सङ्घ-संस्था, व्यापार-व्यवसाय लगायतको विवरण सङ्कलन गरेर करको दायरामा ल्याएको जनाइएको छ । गत आवमा एक सय १५ वटा पसल अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालनमा रहेकाहरूलाई कारबाही गरी दुई लाख ४२ हजार राजस्व सङ्कलन गरेको थियो ।

सेवा कार्यालय स्थापना हुनुअघि यहाँका नागरिकले कर चुक्ताका लागि मधेस प्रदेश, सिराहाको लहान पुग्नुपर्ने समस्या थियो । यहाँबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुने गरेको छ ।

कृषि स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित

काठमाडौँ, साउन १३ गते । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित हुनुभएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गर्नुभयो ।

समितिको सभापति डा.आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त हुनुभएपछि सो पद रिक्त हुनपुगेको थियो । समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो ।

उच्च शिक्षालाई प्रतिष्पर्धी बनाउनुपर्नेमा शिक्षामन्त्रीको जोड

कीर्तिपुर (काठमाडौँ),साउन १५-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले शिक्षाक्षेत्रको बजेट बढाएर विश्वविद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन आफू लागिपरेको बताउनुभएको छ ।विश्वविद्यालयको आज सम्पन्न सिनेट बैठकमा मन्त्री भट्टराईले शैक्षिक क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । आफूले लामो समयदेखि देशका कूल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रका निम्ति विनियोजन गर्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।

उहाँले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जरुरी भएको विचार व्यक्त गर्दै विज्ञान तथा प्रविधि क्षेत्रलाई विशेष जोड दिने शैक्षिक प्रणाली अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले अन्वेषण अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।मन्त्री भट्टराईले विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । “आगामी दिनमा यी केन्द्रलाई सरकारको ‘थिङ्क ट्याङ्क’का रूपमा विकास गर्नुपर्ने भएकाले त्यस दिशामा पनि कार्ययोजना बनाएर लाग्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

सभाले त्रिभुवन विश्वविद्यालयको ६२औँ ‘ग्रेस लिष्ट’ पारित गरेको छ । उक्त लिष्टअनुसार अध्ययन पूरा गरी विभिन्न तहमा उत्तीर्ण भएका ७३ हजार नौ सय ९५ जना विद्यार्थी त्रिविको आगामी दीक्षान्त समारोहमा भाग लिन योग्य भएका छन् । परित गे्रस लिष्टअनुसार २०८० साल असार १ देखि २०८१ जेठ मसान्त सम्ममा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारीधि गरेका व्यवस्थापन सङ्कायका ३० हजार नौ सय ३६, शिक्षाशास्त्रतर्फ ११ हजार तीन सय १७ र मानविकीका १३ हजार ६ सय २६ विद्यार्थी छन् ।
सभाले आगामी आर्थिक वर्षका लागि रु २६ अर्ब १६ करोड ८७ लाख ३५ हजारको बजेट पनि पारित गरेको छ ।

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बुधबार

काठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उहाँले बताउनुभयो ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरुको योगदान र सक्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी सदस्य मनोनित गरिने छ । बैठकमा मुलुकको समसामयिक राजनीतिकको समिक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेयले बताउनुभयो । रासस

सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति

काठमाडौँ, साउन १५ गते । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनका रुपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताउनुभएको छ । तीन वर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरुलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उहाँले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकल दर्जालाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानसेनापति शर्माले भन्नुभयो, “व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।”

उहाँले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहितअनुरुप असरदार कार्य गर्न निर्देशन दिनुभयो । त्यसअवसरमा प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद प्रतिकार्यमा लागि रहन सुझाव दिनुभयो ।

बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीबृन्दको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिले विद्यमान विपद प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धरहरा चाडो सञ्चालन ल्याउन, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आज सचिवहरूलाई निर्देशन दिँदै उहाँले सरकारबाट जनता निराश हुनुपर्ने खालको रवैया अन्त्य गरिनुपर्ने बताउनुभयो । “कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कुनै पनि नागरिकले सहजरूपमा सेवा पाउनुपर्छ । दुःखीगरीबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन । यसमा सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँछु ।”

ललितपुरको एक कार्यालयको उदाहरण दिदैँ प्रधानमन्त्री ओलीले सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो भन्नुभयो । उहाँले सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको रवैया अन्त्य गर्न निर्देशन दिनुभयो ।

‘राज्यले तलव दिएको छ, भत्ता लिनु उचित हुँदैन’

प्रधानमन्त्री ओलीले भन्नुभयो, “ढुक्कसँग काम गर्नुस्, यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ ।” उहाँले राज्यका निकायले तलव दिइएकाले बैठक आदिको भत्ता लिनु उचित नहुने बताउनुभयो ।

“मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ । दिनभरी काम नगर्ने, पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब त्यस्तो नगर्नु”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकको स्थायित्व, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको कार्यभार लिएर अघि बढेको बताउनुभयो । नयाँ कामभन्दा पनि हाल थालिएका काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान हुनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले जलविद्युत्को विकास र उपयोगमा ध्यान दिई इन्धन आयातका लागि खर्चने अर्बाैं रकम बचाउने योजनामा जानुपर्ने प्रधानमन्त्रीले खाँचो औंल्याउनुभयो ।

“इजरायल र मलेसियाले समुद्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको छ । हामीले सगरमाथाको पानीलाई किन ब्रान्डिङ नगर्ने ?” भनी प्रश्न गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि कुरामा ढिलासुस्ती नगर्न र समन्वय बढाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “प्रम्ट रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम बिना झञ्झट गरिनुपर्छ ।” उहाँले अनावश्यक समिति र संरचना नबनाई कामको परिणाम देखिनेगरी देश र जनताका लागि समर्पित भएकार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठीक समयमा गरेर पूर्णरूपमा काम गर्ने पद्धतिमा जानुपर्ने, आदेशका भरमाभन्दा कानुनबमोजिम आफैले जिम्मा लिएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सरकार दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा रहेको र गरिबीको अन्त्यको मुख्य निसाना हुनुपर्नेमा जोड दिनुभयो ।

सम्पति शुद्धीकरणका जटिलताहरू रहेको, आफ्नै सम्पति बिक्री गर्दा पनि स्रोत देखाउनुपर्नेजस्ता स्थितिहरू छन्’ भन्दै प्रधानमन्त्रीले यस्ता अन्योल र प्राविधिक पक्षहरूलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

“काम गर्नका लागि बजेटको अभाव भन्ने कुरा आएको छ, वास्तविकता के छ ? नियमित बजेट खर्च हुने तर विकास खर्च कम हुने स्थिति देखिएको छ । जनतालाई डेलिभरी दिने विकासले हो । त्यसैले पर्याप्त पुँजीगत खर्च गरेर जानुपर्छ । सेवाग्राहीले निवेदन दिए बित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन”, उहाँले भन्नुभयो ।

‘किसानलाई समयमै भुक्तानी दिनु’

प्रधानमन्त्री ओलीले बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन, समयमा भुक्तानी नदिँदा ऋण लिएर लगानी गरेकाहरू मर्कामा पर्ने र यसरी कृषिको आधुनिककरणमा पुग्न सकिँदैन भन्नुभयो ।

निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका गलत भएको बताउँदै प्रधानमन्त्रीले सम्पन्न भइसकेका कामको रकम निकासा रोकिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आर्थिक अनुशासनलाई पालना गरौँ । रुजु हुनेगरी काम गरौँ । अनुदानका रकमको व्यवस्थित वितरण गरौँ । व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नुपर्छ तर व्यक्तिगतरूपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ ।”

करका दरहरू विस्तार गर्ने कुरामा उत्साहित नहुन आग्रह गर्दै उहाँले मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएकाले यसलाई काम राखेर बजारलाई चलायमान हुनेगरी जानुपर्नेमा जोड दिनुभयो ।

धरहरा चाडो सञ्चालन ल्याउन निर्देशन

प्रधानमन्त्री ओलीले बनिसकेको धरहरालाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । “धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन”, उहाँले भन्नुभयो, “पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनःनिर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ।”

सरकारको कार्यकाल सय दिनसम्म पुग्दा मन्त्रीहरूले अरुको आलोचना नगरी आफ्नो कामलाई ध्यान दिन आग्रह गर्दै उहाँले हरेक मन्त्रालयले सय दिनभित्र तालिका बनाएर देखिने खालका आकर्षक प्रतिवेदन दिने काम गर्न आग्रह गर्नुभयो ।

‘रेल र पानीजहाज चलाउने योजना छ’

प्रधानमन्त्री ओलीले प्राथमिकताप्राप्त आयोजनाहरूका काम वर्षौंसम्म नसिकने स्थितिको अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सगरमाथा संवाद गर्छौं । त्यसको तयारीमा लागौँ । मैले एक अन्तर्राष्ट्रिय पुरस्कार पाएको रकम सरकारलाई दिएर र थप बजेट विनियोजन गरेर सुरु भएको राष्ट्रिय प्रतिभा पुरस्कार किन नियमित भएन ? नियमित होस्, प्रतिभालाई हामीले प्रोत्साहन गर्नुपर्छ ।”

प्रधानमन्त्रीले हवाइ र सवारी दुर्घटनाका घटनाहरू बढिरहेको भन्दै राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरू लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुनेगरी डिजाइन गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।”

प्रधानमन्त्री ओलीले जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई साथ लिएर व्यवसायीका गुनासा सम्बोधन गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भदौ ५ अगावै जुम्लाको स्याउ नटिप्न आग्रह

काठमाडाैँ, १५ साउनः जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले वडा नं १–९ सम्मका सबै स्याउ बगैँचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ ।

पालिकाले जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौँ हुँदै देशका विभिन्न जिल्लाका सहरमा भदौ पहिलो साता अगावै निर्यात गर्न नदिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मितिभन्दा अगाडि स्याउ सङ्कलन तथा निकासी गर्न रोक लगाइएको हो ।”

पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत जगबहादुर बस्नेतले पालिकाको निर्णयानुसार भदौ ५ गतेअघि स्याउ बगैँचा धनीलाई स्याउ सङ्कलन र व्यापारीलाई निकासी नगर्न सार्वजनिक सूचना गरिएको बताउनुभयो । उहाँका अनुसार भदौ ५ गतेपछि पालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको छ ।

गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी विदेशी पर्यटक भित्रिए

कञ्चनपुर, १५ साउनः पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ । “नेपालका केही सीमानाकामात्र भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “गड्डाचौकी हुँदै भारततर्फ जान विदेशी पर्यटकलाई भारतले रोक लगाएको छ ।”

“नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन”, उहाँले भन्नुभयो, “नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।” यसैकारणले पर्यटकलाई प्रस्थान (डिपार्चर) दिने कार्य स्वतः स्थगन भएको उहाँको भनाइ छ । सीमानाका हँुदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेषगरी भारतमा बस्दै आएकाहरू रहेका छन् ।

“भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम छ”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्, पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमानाकाको प्रयोग गर्ने गरेका छन् ।”

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ । यसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । तीस दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुःल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कवापत ५९ हजार पाँच सय २७ डलर राजस्ववापत सङ्कलन गरेको छ । अध्यागमन कार्यालयको तथ्याङ्कानुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म पाँच सय ४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो । अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए ।

प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा आज सचिवहरूलाई निर्देशन दिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ। प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।
ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक भएको हो।

बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै ,गतवर्ष अर्ब बढीको उत्पादन

ढोरपाटन (बागलुङ)। पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् । ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको छ । ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको थियो । कृषि ज्ञान केन्द्रले ६८ कृषि समूह तथा कृषि सहकारीमार्फत एक सय ५० हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको हो ।

जिल्लाको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोलालगायत क्षेत्रमा बढी आलु उत्पादन हुने गरेकामा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलुखेतीतर्फ चासो दिन थालेका छन् । आलुखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो । अघिल्लो वर्ष रु एक अर्ब ३४ करोड बराबारको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष तीन हजार छ सय ५५ हेक्टर क्षेत्रमा आलुखेती भएकामा यस वर्ष बढेर तीन हजार सात सय ८० हेक्टर पुगेको छ ।

जिल्लामा प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन हुने उहाँले बताउनुभयो । गत वर्ष ५९ हजार छ सय ५० टन उत्पादन भएको थियो । उहाँका अनुसार हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री हुने गरेको छ । यस वर्ष बर्खे आलु खन्ने याममा सुरु हुन थालेको प्रमुख सिलवालले बताउनुभयो । आलु फाइदाजनक बाली भएको हुँदा यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने भएपछि धेरैको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

“आलुबाट राम्रो आम्दानी हुन्छ, पहिले परम्परागत रूपमा आलुखेती गर्दै आउनुभएका किसान अहिले प्रविधिसँग जोडिन थाल्नुभएको छ, उन्नत जातका आलु लगाउन थाल्नुभएको छ, आलुको बजार समस्या छैन, बागलुङमा उत्पादन हुने आलु, पोखरा, बुटवललगायत ठाउँमा पुग्ने गरेका छन्” प्रमुख सिलवालले भन्नुभयो, “यहाँको भूगोल बर्खे आलु उत्पादन हुने ठाउँ हो, हिउँदे आलु पनि राम्रो उत्पादन हुने गरेको छ, यस वर्ष पनि उत्पादन बढ्ने देखिन्छ ।”

काठेखोला गाउँपालिका–३ का किसान ज्ञानबहादुरर छन्त्यालले वर्षौँदेखि परम्परागत आलुखेती गर्दै आएकामा अहिले नयाँ तरिकाबाट खेती गर्न थालेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीका लागि उन्नत जातको बीउसमेत अनुदानमा दिएको जनाउँदै गाउँमा आलुखेती राम्रो भएको उहाँले बताउनुभयो । अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष धेरै किसान आलुखेती गर्नतर्फ लागेका छन् ।

स्नेहाको सपना साकार होला त डेब्यु फिल्म ‘मोदिबेनी’बाट ?

इटहरी/ जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन् त्यही बाटो अंगाल्न लागिपरेकी छन् । उनले आफ्नो डेब्यु फिल्म रिलिजको संघारमा आउदै गर्दा आफुले सानो छँदा आमाको तँ ठुली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् ।

त्यही बालापनदेखीको छनकलाई अनि त्यो अवोध सपनालाई पूरा गर्न स्नेहा अहिले फ्रन्ट लाईनमा आउने तर्खर गर्दैछिन् । उनको डेब्यु रहने फिल्म ‘मोदिबेनी’ यहि श्रावणको १८ गतेदखी प्रदर्शनमा आउँदै छ । यो फिल्म जब जब प्रदर्शनको नजिक आउदैछ, तब तब उनमा त्यो बालापनदेखीकै सपना साकारको नजिक पुग्दै गरेको अर्को सपना देखीरहेकि छन् । फिल्ममा उनी सहायक अभिनेत्रीको भुमिकामा देखिँदै छिन् । अब उनको अभिनयलाई दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त फिल्म रिलिज पर्खनै पर्ने हुन्छ । तर, फिल्मको क्यारेक्टरले मागेको सतप्रतिसत आफुले दिएको स्नेहा बताउँछिन् ।

कोशी प्रदेशको मुटुको रुपमा परिचीत इटहरीकि चेली हुन् स्नेहा । उनले आफ्नो सपना पुरा गर्ने यात्रा सौन्दर्य प्रतियोगिताबाट सुरु गरिन् । उमेरले १७ वर्ष टेक्दैगर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल-२०१७’मा सहभागी भईन् । उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसंगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको बताउछिन् । यसरी हेर्दा उनले कला यात्राको सुरुआत गरेको ७ वर्ष भैसकेको छ । उनको पहिलो म्युजिक भिडियो ‘बिहानी’ हो । ५ वर्षअघि सार्वजनिक उक्त गीतलाई प्रन्जल पोख्रेलले गाएका थिए । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् ।

यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । सिक्ने क्रमको अन्त्य कहिले नहुने भन्ने कुरा बुझेकी स्नेहाले अभिनयमा अझै निखार ल्याउन अनुप बरालसंग अभिनयको प्रशिक्षण लिने सोच बनाएकी छन् । अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।

अमर प्रताप श्रेष्ठ: एक नायकको उदय

काठमाडौं। यही श्रावण १८ गते नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज हुँदैछ। शङ्कर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूको साथमा नयाँ नायकको उदय हुँदैछ। उनी हुन्, अमर प्रताप श्रेष्ठ। उनले चलचित्र अगाडि केही नाटक, विज्ञापन तथा वेब सिरिजमा अभिनयको अनुभव लिएका थिए।

पहिलो पटक ठुलो पर्दामा नायकको रूपमा देखिने मौका पाउनु एक कलाकारका लागि ठुलो अवसर हो, र अमरको प्रतिक्रिया यसको साक्षी हो। जब श्रेष्ठलाई ‘मोदीबेनी’मा प्रमुख भूमिका प्रस्ताव गरियो, उनी एकाएक उत्साहित र सम्मानित महसुस गरे। “मैले यो चलचित्रको स्क्रिप्ट राम्रोसँग सुनेको थिएँ, त्यसैले यो अवसरको लागि म धेरै उत्साहित थिएँ। मेरो प्रारम्भिक प्रतिक्रिया उत्साह र अलिकति नर्भसनेसको मिश्रण थियो,” अमरले भने।

यस चलचित्रको सेटमा काम गर्ने अनुभव अमरको लागि विशेष थियो। पहिलो पटक प्रमुख भूमिकामा अभिनय गर्दा उनी पूर्व तयारी गरेका थिए, तर सेटमा वास्तविकता अलिक फरक थियो। “चलचित्रको टिम धेरै व्यावसायिक थियो, र कलाकार तथा प्राविधिकबिचको आपसी सहकार्यको भावना पनि धेरै मजबुत पाएँ,” अमरले बताए। छायाङ्कनको वातावरण सहयोगात्मक हुनु र टिमका सबै जना फिल्मलाई उत्कृष्ट बनाउने प्रतिबद्धतामा हुनु उनले अपेक्षा गरेभन्दा धेरै राम्रो रह्यो।

चलचित्रको छायाङ्कनको क्रममा अमरले केही चुनौतीहरूको सामना गर्नुपर्‍यो। चरित्रको मनोदशामा प्रवेश गर्नु मुख्य चुनौती थियो। “केही दृश्यहरू भावनात्मक रूपका पनि थिए, जसका लागि मानसिक र भावनात्मक तयारीको आवश्यकता थियो। छायाङ्कनको क्रममा जटिल स्थानमा छायाङ्कन गर्नु र अप्रत्याशित मौसम स्थितिहरूसँग जुध्नुपर्नेजस्ता लजिस्टिकल चुनौतीहरू पनि सामना गर्नु पर्‍यो,” उनले सम्झे। पहिलो पटक काम गर्दै गरेका कारण गल्तीहरू हुँदा तनाव उत्पन्न हुन्थ्यो, तर को-एक्टर वर्षा सिवाकोटीको सहयोगले उनलाई सहज महसुस गरायो। निर्देशकको कुशल निर्देशन र टिमको सहयोगबाट उनले छायाङ्कन सफलतापूर्वक पूरा गरे।

अमरको चरित्रमा प्रवेश गर्ने प्रक्रिया केही अनुसन्धान र मेथड एक्टिङमा आधारित थियो। उनले चरित्रको व्यक्तित्व बुझ्न समय खर्च गरे र चरित्रको वरपरको वातावरणमा आफूलाई डुबाए। “मुख्य रूपमा स्क्रिप्टमा लेखिएको पात्र र म समान देखिन केही मेहनत लाग्यो,” उनले भने। यसले उनको भूमिका बलियो बनायो। यस चलचित्रमा निर्देशक र कलाकारसँगको सहकार्य अमरको लागि उत्कृष्ट अनुभव रह्यो। अमर भन्छन्, “नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो, जसले मेरो अभिनयलाई बुझ्न सजिलो बनायो। को-एक्टर वर्षा सिवाकोटी आफैमा लामो अनुभव बोक्नुभएको छ। उहाँबाट धेरै सिकेँ। चलचित्रकोमा दिग्गज कलाकारहरू पनि हुनुहुन्छ। सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारसँग काम गर्न पाउनु मेरो अहोभाग्य हो।”

‘मोदीबेनी’ मा अमरको लागि सबैभन्दा चुनौतीपूर्ण दृश्य भावनात्मक रूपमा विक्षिप्त पार्ने एक दृश्य थियो। अमरको विचारमा सो दृश्यले दर्शकलाई साँच्ची नै मन छुन सक्छ। “मैले अभिनय गरेको पात्रसँग सबैभन्दा चुनौतीपूर्ण एक दृश्य छ जुन दृश्यले दर्शकलाई भावनात्मक रूपमा निकै विक्षिप्त पार्न सक्छ। सो दृश्यले बिछोडको सङ्घारलाई दर्साउँछ जुन आम मानिसको जीवनमा कुनै न कुनै दिन भोग्नु परेको हुनसक्छ। त्यो दृश्यले दर्शकलाई साँच्ची नै मन छुन सक्छ। मलाइ द्वन्द्वसहितको भावनामा रहेको सो दृश्य छायाङ्कनको बेला चुनौती सामना गर्नुपरेको थियो,” उनले स्मरण गरे।

अमर प्रताप श्रेष्ठको ‘मोदीबेनी’मा अभिनय यात्रा चुनौतीपूर्ण भए पनि रोमाञ्चक थियो। उनको समर्पण, मेहनत, र टिमको सहयोगले उनलाई सफलतापूर्वक प्रमुख भूमिकामा प्रस्तुत गर्‍यो। ‘मोदीबेनी’ को अनुभवले अमरलाई अभिनयको दुनियाँमा एउटा नयाँ उचाइमा पुर्‍याउने र दर्शकहरूको मन जित्न सफल हुने विश्वास गर्न सकिन्छ।

शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।

ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

पर्वत। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ । उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो ।

भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उहाँले जानकारी दिनुभयो । कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम भने पूरा हुनसकेको छैन ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमै सडक खुलाउने तयारी छ । पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।

एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालनपछि सेवाग्राही खुसी

कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ती स्थानीय तहमा एकीकृत सेवा सञ्चालनमा आएको हो । मुगु र जुम्लाको एक–एक पालिकामा पनि सो सेवा सुरु गर्ने तयारी गरिएका छन् । सेवा केन्द्र सञ्चालनका लागि कार्यालयमा आफ्नै इन्टरनेट, ‘पावर ब्याकअप’को व्यवस्थापन गरिएको छ । विद्युत् लाइन अवरुद्ध भएका बेला पनि सेवा प्रवाह नरोकिएको पालिकाहरूले जनाएका छन् ।

एकीकृत सेवा प्रवाह सुरु गरेपछि कार्यालय पुग्दा हुने अन्योलता, झन्झट हुन छाडेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो । सेवाग्राहीले सेवाका लागि नाम दर्ता गर्नासाथ आवश्यक पर्ने कागजात के हुन् भन्ने कुराको सूची आफैँ ‘जेनरेट’ हुने गरेको छ । उहाँले भननुभयो, “यसले कागजपत्र नपुगेर काम नभएका कर्मचारी पनि सन्तुष्ट हुन्छन् । कागजपत्र ल्याएर फेरि आउँछन् । अर्को कुरा काम गराउनका लागि प्रत्येक फाँट पुग्न परेन । फाइल पुर्याएपछि सेवाग्राही ढुक्कले बस्छन् । काम सकिएपछि खबर आउँछ । सेवा लिन लाग्ने समय पनि पहिल्यै निर्धारण हुन्छ ।” यसले गर्दा सेवाग्राहीलाई सहजता भएको उहाँले बताउनुभयो । छिटो र सहज रूपमा सेवा दिने उद्देश्यअनुरूप पालिकाले यो कार्य सुरु गरेको उहाँले बताउनुभयो ।

सरकारी निकायमा सेवाग्राहीको सहजताका लागि एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रबाट काम गर्न थालिएको चौरजहारीका उपप्रमुख ईश्वरी शर्मा (बीएम)ले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिका अलि छेउमा पर्छ । चौध वडाको पालिकाका केही वडा टाढा छन् । टाढाबाट आएका सेवाग्राही एउटा मात्र सेवा लिन आए पनि दुई दिनसम्म कुर्नुपर्ने अवस्था थियो । तर अहिले सेवाका लागि लाग्ने समय निर्धारण गरेर काम हुन्छ । यसमा समय कम लाग्छ । सेवा पनि नागरिकले सहज रूपमा लिएका महसुस हामीले गरिरहेका छौँ ।”

दुल्लुले गत चैतदेखि एकीकृत सेवा प्रवाह केन्द्र सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताउनुभयो । यसले नागरिकमा सन्तुष्टि बढेको उहाँले जानकारी दिनुभयो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा पनि एकीकृत सेवा प्रवाह केन्द्रले सेवामा नागरिकको सन्तुष्टि वृद्धि भएको नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो । “पहिले जनता फाइल लिएर कोठाकोठा जानुपथ्यो”, उहाँले भन्नुभयो, “अहिले एकै ठाउँमा बसेर सेवा लिन पाएपछि खुसी छन् ।”

होटलमा आएका ग्राहकलाई बासी खानेकुरा बिक्री गरेपछि …

होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ ।

खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।

“उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ”, उहाँले भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो । “फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ”, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो ।”

पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ, काठमाडाँै चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ ।

समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताउनुभयो । तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सक्ने पनि उहाँले जानकारी दिनुभयो ।

जरिवानामा परेको होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बााहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको प्रमुख गौतमले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटल तथा पसलको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसललाई कालोबजारी गरेको कसुरमा रु एक लाखसम्म जरिवाना तिराइएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिदै

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिदैछन् । उनले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनेछन् ।

बैठक दिउँसो ३ बजेको लागि बोलाइएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

उनले साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकको सम्भावित कार्यसूची अनुसार सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

यस्तै आजको बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्नेछन् ।

कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो । उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै रहेको छ ।

कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्रविधिक अध्ययनपछि किसालाई रु ४० हजारदेखि रु एक लाख २० हजार क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताउनुभयो ।

उहाँका अनुसार आव २०८०÷८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले गोठमा पालेको १६ याक हिउँचितुवाले मारेको छ । परिषद्ले ती याकको क्षतिपूर्ति तथा राहतका लागि रु पाँच लाख पाँच हजार किसानलाई उपलब्ध गराएको थियो ।

त्यस्तै कञ्चजङ्घा संरक्षण क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन क्षेत्रमा चितुवाको आक्रमणबाट दुई–दुई गोरु र फक्ताङलुङ–५ को हिमाली क्षेत्रमा चारवटा बाख्रा आक्रमणबाट क्षति भएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार दुईवटा गोरु चितुवाले क्षति गरेवापत रु ५० हजार र चारवटा बाख्रा क्षति गरेवापत रु ३० हजार राहत उपलब्ध गराएको छ ।

त्यस्तै सिरिजङ्घा–८ का मोहन राईको याक भालुले आक्रमण गरी खाइदिएको छ । याकपालक राईलाई परिषद् कार्यालयले रु ४५ हजार राहत उपलब्ध गराएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले गरेको अध्ययनअनुसार सन् २०१५ मा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको छ । यसपछि हिउँचितुवाको गणना भएको छैन ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो । उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै रहेको छ ।

कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्रविधिक अध्ययनपछि किसालाई रु ४० हजारदेखि रु एक लाख २० हजार क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताउनुभयो ।

उहाँका अनुसार आव २०८०÷८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले गोठमा पालेको १६ याक हिउँचितुवाले मारेको छ । परिषद्ले ती याकको क्षतिपूर्ति तथा राहतका लागि रु पाँच लाख पाँच हजार किसानलाई उपलब्ध गराएको थियो ।

त्यस्तै कञ्चजङ्घा संरक्षण क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन क्षेत्रमा चितुवाको आक्रमणबाट दुई–दुई गोरु र फक्ताङलुङ–५ को हिमाली क्षेत्रमा चारवटा बाख्रा आक्रमणबाट क्षति भएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार दुईवटा गोरु चितुवाले क्षति गरेवापत रु ५० हजार र चारवटा बाख्रा क्षति गरेवापत रु ३० हजार राहत उपलब्ध गराएको छ ।

त्यस्तै सिरिजङ्घा–८ का मोहन राईको याक भालुले आक्रमण गरी खाइदिएको छ । याकपालक राईलाई परिषद् कार्यालयले रु ४५ हजार राहत उपलब्ध गराएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले गरेको अध्ययनअनुसार सन् २०१५ मा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको छ । यसपछि हिउँचितुवाको गणना भएको छैन ।

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

काठमाडाै, १५ साउनः म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।
उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् ।

नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताउनुभयो ।

“तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रम नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उहाँले भन्नुभयो, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण र संरक्षणमा पनि सहयोग पुगेको छ ।”

अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको रु दुई लाख ८६ हजार र ७६ घरपरिवारबाट रु एक हजार पाँच सयका दरले सङ्कलन गरेको रकमबाट रु चार लाख खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

सो सिसीटिभी क्यामेरामा एक महिनासम्मको आवाजसहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ । केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सिसीटिभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जाली गर्बुजाले बताउनुभयो ।

आमा समूह र टोल विकास संस्थाले गत तिहारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट उपल्लो बजारबाट तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएका छन् । यसअघि सडक किनारामा फूलका बिरुवा रोपिएको र सडकबत्ती जडान गरेर उज्यालो पारिएको संस्थाका उपाध्यक्ष मीना पुन बुढाथोकीले बताउनुभयो ।

उपल्लो तातोपानीमा बसोबास गर्ने सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले हालै रु पाँच लाख खर्चेर दुईवटा प्रतिक्षालय बनाएका छन् । सो प्रतिक्षालयबाट स्थानीयवासी, तातोपानीमा आउने पाहुना र बेनी–दरवाङ सडकमा यात्रा गर्ने यात्री लाभान्वित भएका छन् । कुण्डचोकमा सार्वजनिक शौचालय बनाउने योजना रहेको उपाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जनाभन्दा बढी स्नानका लागि तातोपानी आएका थिए ।

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल, वीरगञ्जमा खानेपानीको बक्यौता महशुल १२ करोडभन्दा बढी

वीरगञ्ज (पर्सा)। नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।

सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम रु तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छभने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम रु आठ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ ।

कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौँदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताउनुभयो । “सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता रु सवा १२ करोडभन्दा बढी छ”, उहाँले भन्नुभयो, “निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि चार करोड हाराहारीमा छ ।”

कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता रु एक करोड ८४ लाख ७८ हजार नौ सय ७० छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता रु एक करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको रु ४९ लाख ६१ हजार चार सय १७ छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता रु ३५ लाख १० हजार चार सय ४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताउनुभयो । “खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ ।”

कार्यालयका अनुसार आव २०८०/ ८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।

पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्

काठमाडौँ। पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चेका थिए ।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा छ र दोस्रो सेटमा चार अङ्क जोडेका थिए । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अङ्क बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो । उनले टोकियो ओलम्पिक २०२० मा पनि खेलेका थिए ।

विश्व वरियतामा एक सय ७२औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए । समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन् । कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन् । ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

कैदी मृ त्यु प्रकरण : ५८ जना कैदीबन्दीसँग बयान लिइयो,पीडित परिवारले एक वर्षसम्म पाएनन् क्षतिपूर्ति

किमाथाङ्का (सङ्खुवासभा), : सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृ त्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएको जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले २०८१ साउन १४ गते जानकारी दिनुभयो ।

गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा मृत्यु भएको थियो ।



कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो ।



दुई जना कैदीको कुटपिटपछि हत्या घटनामा संलग्न भएको आरोपमा गत २०८० भदौ २७ गते सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो ।

पीडित परिवारले एक वर्षसम्म पाएनन् क्षतिपूर्ति

जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले रातह तथा क्षतिपूर्ति पाएका छैनन् । रातह तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग पटकपटक माग गरे पनि राहत तथा क्षतिपूर्ति नपाएको सङ्खुवासभाको मादीका पीडित विनोद तोलाङ्गीले बताउनुभयो ।



गत २०८० साउन २४ गते घटना भएको एक वर्ष पुग्दा पीडित परिवारले कुनै राहत क्षतिपूर्ति पाउन नसकेका हुन् । पीडित परिवारले रोजगारी ग्यारेन्टी र पठनपाठन निःशुल्कसहितको माग गरेका थिए ।



घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बसेको पीडित पक्ष र सरोकारवाला निकायबीचको छलफलले पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति माग गर्ने निर्णय गरेको थियो ।

गत मङ्सिर २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कुटपिटबाट मारिएका दुई कैदीका परिवारलाई क्षतिपूतिका लागि गृह मन्त्रालयमा सिफारिस समेत गरेको थियो ।

घटना भएको एक वर्ष पुग्दा पीडित परिवारले राहत क्षतिपूर्ति नपाएको भन्दै गत मङ्सिरमा राष्ट्रिय मानव अधिकार कोशी प्रदेशले चासो देखाएको थियो । पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि माग गरे पनि गृह मन्त्रालयबाट हालसम्म कुनै पनि निर्णय नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै गत भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । सो घटनाका आरोपमा ०८० भदौ २७ गते जिल्ला अदालतले सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको थियो ।

सो मुद्दा साउन १४ गतेसम्म फैसला भएको छैन । मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ ।

आज साउने १५ खीर खाएर मनाइँदै

काठमाडौँ, १५ साउन : साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

मलङ्गवा (सर्लाही)- पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र आर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उनकै घरमा सहयोगीको रूपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मलङ्गवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्रको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउको विभिन्न भागमा प्रहार गरी सुत्ने कोठामा हत्या गरिएको थियो ।

रामचन्द्रको हत्याको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ । रामचन्द्रको चन्द्रनगर–१ रतपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले बताए । रामचन्द्रलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेवापत रु दुई लाख र व्यवसायको लागि एउटा फार्म बनाइ दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ । वीरेन्द्रको उक्साहट र प्रलोभनमा परी राम उजैनले राय एक्लै हत्या गरेको प्रहरीको भनाइ छ ।

रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीको साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको कमान्डमा छ सदस्यीय अनुसन्धान टाली खटाइएको थियो ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार फर्सा, राज उजैन राय सुतेको तन्नामा रगत जस्तो रातो पदार्थ लागेको फेला परेको, सेतो गञ्जी, हाफ पाइन्टलगायत सबुत प्रमाण प्रहरीले फेला पारेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलिग्राफी जाँच प्रहरीले गरेको जनाइएको छ ।

स्कुल बस दुर्घटना : महानगरबाट छानबिन समिति गठन

कास्की- पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । एलपी देवकोटा मेमोरियल स्कुलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा महानगरका उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनीयर सरोज चालिसे सदस्य रहेका छन । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ ।

समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

पोखरा–२१ मा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा छ वर्षीय प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । महानगर प्रमुख आचार्यले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।

मकवानपुरको छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी छ जना घाइते

मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । धरान–चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ स्थित बागमती पुल नजिकै सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बिएडी ७३४६ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टिदा त्यसमा सवार पाँच जना घाइते भएका छन् ।

सडकबाट करिब २० मिटर तल खस्दा स्कारपियो चालक उदयपुरको कटरी नगरपालिका ४ तल्लो कटारी निवासी ३६ वर्षीय दीपक परियार, स्कारपियोमा सवार कटारी नगरपालिका ४ तल्लो कटारी निवासी ५३ वर्षीय राजिव थापा, ४९ वर्षीय पुष्पा थापा, मोरङको विराटनगर महानगरपालिका निवासी ५६ वर्षीया लक्ष्मी थापा, ६८ वर्षीय हरि थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

घाइते पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडा ल्याइएको प्रहरीको भनाइ छ । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८ कमाने शान्ति टोलस्थित खण्डमा स्कुल बसले ठक्कर दिँदा स्थानीय ७५ वर्षीया पूर्णकुमारी थापा घाइते हुनुभएको छ ।

मिलनचोकबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना१क ६५३२ नम्बरको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री थापा घाइते भएको प्रहरीले जनाएको छ । निधार, हात खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

कर्णाली- आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफूल, मसलाबाली, मह आदि) रु दुई अर्ब २६ करोड ६७ लाख ११ हजारको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए ।

त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दूध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) रु एक अर्ब ८४ करोड ९० लाख ७० हजारको निर्यात गरिएको उनले बताए ।

कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्याङ्कअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार सङ्कलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए । यसैगरी गत आवमा छ बैंक तथा आठ सहकारीबाट रु ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले रु तीन करोड ४० लाख २३ हजार ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका नौ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए ।

कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताए । कृषि क्षेत्रमा ठूला खालका भौतिक पूर्वाधार, शीत भण्डार, सङ्कलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उनले बताए ।

दाङमा आजदेखि सुत्केरीलाई भाले उपहार दिन सुरु

तुलसीपुर, १४ साउन : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ११ ले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । आजदेखि सुत्केरीलाई भाले वितरण सुरु गरिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो । उहाँले आज दुईजना सुत्केरीलाई भाले उपहार दिएर कार्यक्रमको औपचारिक सुरुआत गर्नुभयो ।

हस्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताउनुभयो । “आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि हामीले सन्देश दिन भाले वितरण थालेका हौँ”, उहाँले भन्नुभयो ।

गर्भवती हुँदा नियमित आठ पटक स्वास्थ्य जाँच गराउनु पर्ने, अस्पतालमै बच्चा जन्माउनु पर्ने, आमाको उमेर २० वर्ष पुगेको हुनुपर्ने सन्देश दिन पनि यो कार्यक्रम सुरुआत गरिएको वडाध्यक्ष रावतको भनाइ छ । यी कार्य नगरेमा यो सुविधा उपलब्ध नहुने उहाँले बताउनुभयो । भाले वितरण कार्यक्रमका लागि वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

खादा, माला र अबिर नलगाउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको घोषणा

अर्घाखाँची १४ साउन : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बधाई दिन आउने व्यक्तिबाट खादा, माला, अबिर नलगाउने र कुनै प्रकारको उपहार नलिने घोषणा गर्नुभएको छ ।

उहाँले सूचना नै टाँस गरेर खादा माला निषेध गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदीप नेपालीले जानकारी दिए ।

मुख्यमन्त्रीले सुरक्षा स्कर्टिङ्ग पनि घटाउनुभएको छ । मुख्यमन्त्रीको सुरक्षार्थ खटिने नियमित टोलीबाहेक अन्यत्र जाँदा स्कर्टिङमा खटिने सुरक्षाकर्मी घटाइएको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग आज नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा राजदूतहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई दिनुका साथै विविध विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

अमेरिकी राजदूत थम्पसनसँगको भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित सहर निर्माण, फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।

यस्तै, गणतन्त्र कोरियाका राजदूत योङसँग सहकार्यका विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा उहाँहरुबीच ईपीएस प्रणालीमार्फत विदेश जाने कामदारको सङ्ख्या बढाउने विषयमा छलफल भएको थियो ।

प्रसिद्ध तीर्थस्थल पाथीभरामा ८ करोड भेटी मौज्दात

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो ।

पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ । समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैंक मौज्दात तथा मौज्दात रकमको ब्याजसमेत असार मसान्तसम्ममा भेटीवापत कूल रु १२ करोड ८० लाख ९९ हजार दुई सय ५१ सङ्कलन भएको छ । सङ्कलित उक्त रकममध्ये गत आवमा रु चार करोड ६७ लाख १९ हजार आठ सय ८७ खर्च भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । उनका अनुसार सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम समितिसँग मौज्दात रहेको छ ।

समितिले पछिल्लो एक वर्ष अर्थात् गत आवमा मात्र रु तीन करोड ९८ लाख ४१ हजार तीन सय १५ भेटी रकम सङ्कलन गरेको छ । गत आवमा खर्च भएको रकममध्ये सेवा करारका ज्यालादारी जनशक्तिको पारिश्रमिकमा मात्र रु ८४ लाख ९४ हजार छ सय २८ खर्च भएको छ ।

यसैगरी आन्तरिक आयव्ययबाहेक सरकारी अनुदानतर्फ रु एक करोड ३९ लाख तीन हजार ११ आम्दानी भएको समितिले जनाएको छ । सरकारी अनुदानको बजेटबाट कार्यकारी निर्देशकको तलब सुविधामा रु छ लाख ३४ हजार दुई सय १२ खर्च भएको छ । सेवा करारका कर्मचारी पारिश्रमिक, कार्यालय व्यवस्थापन लगायतमा बजेट खर्च भएको छ भने तीर्थयात्री पदमार्ग, विश्रामस्थल निर्माण, खानेपानी, शौचालय व्यवस्थापन जस्ता भौतिक पूर्वाधारका योजनामा खर्च भएको निर्देशक हाङ्बाङले बताए ।

आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ- आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिन विशेषगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

मौसमविद् सञ्जिव अधिकारीले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए । ‘रातिको समयमा वर्षा हुने सम्भावना छ तर लगातारको वर्षाको सम्भावना भने छैन,’ उनले भने, ‘आज राति पनि देशभर साधारणतया बदली रहने छ र सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए ।

महाशाखाका अनुसार अहिले पनि कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

मङ्गलबार राति भने देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै बुधबार देशभर साधारणतया बदली रहनेछ । सो दिन दिउँसोको समयमा मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशभर साधारणतया बदली रहने र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरिएको छ । साथै ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मन्त्री गुरुङको अभिव्यक्तिप्रति संसदीय पत्रकार मञ्चको ध्यानाकर्षण

गण्डकी, १४ साउन : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिएको भन्दै संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चले आज प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो । संस्थाका अध्यक्ष भरत कोइरालाद्वारा जारी विज्ञप्तिमा पत्रकारविरुद्ध दिएको अभिव्यक्ति लोकतन्त्र विरोधी भएको बताइएको छ ।

“मन्त्रालयमा अभद्र शैलीमा उपस्थित भएको तस्बिरसहितको समाचार लेख्ने पत्रकारको नाम नै किटेर मन्त्रीले दिएको अभिव्यक्तिले हामी पत्रकारलाई त्रसित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “उहाँले दिनुभएको अभिव्यक्ति स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।”

विश्वव्यापी अस्थिरता व्यवस्थापनमा चीन महत्त्वपूर्ण मध्यस्थकर्ता’

बेइजिङ, साउन १४ गते । विश्वव्यापी तनाव व्यवस्थापनमा चीन ‘महत्त्वपूर्ण मध्यस्थकर्ता’ भएको इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा बताउनुभएको छ ।

गत वर्षको अन्त्यमा बेइजिङको विशाल बेल्ट एण्ड रोड इनिसिएटिभबाट आफ्नो देशको बहिर्गमनका कारण चिसिएको सम्बन्धलाई ‘पुनः सुरु’ गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेलोनी करिब दुई वर्षअघि कार्यभार सम्हालेयता पहिलो पटक चीन भ्रमणका सिलसिलामा बेइजिङमा हुनुहुन्छ ।

बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा सोमबार इटालीका प्रधानमन्त्री मेलोनीले सीसँग वार्ता गर्नुभएको हो ।“अन्तर्राष्ट्रिय स्तरमा असुरक्षा बढिरहेको छ र मलाई लाग्छ कि यी सबै गतिशीलतालाई सम्बोधन गर्न चीन अनिवार्य रूपमा एक महत्त्वपूर्ण मध्यस्थ वार्ताकार हो,” उहाँले सीसँग भन्नुभयो ।

उक्त अवसरमा स्थिरताको प्रत्याभूति कसरी गर्ने, शान्तिको प्रत्याभूति कसरी गर्ने भन्ने विषयमा दुई देशले मिलेर सोच्नुपर्ने उहाँले बताउनुभयो ।उहाँले चिनियाँ राष्ट्रपति सीसँग भन्नुभयो, “सबैभन्दा ठुलो कुरा हामीलाई स्थिर रहनका लागि हामीले काम गर्ने नियमको प्रणाली आवश्यक छ ।”

सो अवसरमा चिनियाँ राष्ट्रपति सीले बेइजिङ र रोमबिचको ‘लामो समयदेखि स्थापित मैत्रीपूर्ण’ सम्बन्धको प्रशंसा गर्नुभयो ।“दुवै पक्षले सहिष्णुता, पारस्परिक विश्वास र पारस्परिक सम्मान कायम राखेका छन् र प्रत्येकले आ–आफ्नो विकासको बाटो रोज्छन्,” उहाँले भन्नुभयो ।

चिनियाँ प्रधानमन्त्री ली कियाङसँग आइतबार भएको भेटमा मेलोनीले आफ्नो भ्रमणले द्विपक्षीय सहयोगलाई पुनः स्थापित गर्ने बताउनुभएको थियो । नेता द्वयले एक द्विपक्षीय कार्य योजनामा हस्ताक्षर गर्दै ‘व्यापारिक सम्बन्ध सन्तुलित र पारस्परिक लाभकारी छ भन्ने सुनिश्चित गर्नुपर्ने’ मा जोड दिनुभएको थियो ।

दस्ताबेजका अनुसार यसको अर्थ ‘कम्पनीहरूले निष्पक्ष प्रतिस्पर्धा र स्वतन्त्र व्यापारको भावनामा समान सर्तमा काम गर्न सक्दछन् ।” वार्ताका क्रममा लीले इटालीसँगको सम्बन्धलाई थप परिपक्व र स्थिर दिशामा अघि बढाउन बेइजिङ इच्छुक रहेको बताउनुभएको थियो ।

मेलोनीको प्रशासनले गत डिसेम्बरमा चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’बाट हात झिकेको थियो ।पदभार ग्रहण गर्नुअघि मेलोनीले विदेशमा चीनको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य खम्बाका रूपमा रहेको यस पहलमा सामेल हुनु ‘गल्ती’ भएको बताउनुभएको थियो ।

बेल्ट एण्ड रोडमा सामेल भएपछि इटालीले चीनसँग गरेको गैर–बाध्यकारी समझदारीपत्रमा रसद, पूर्वाधार, वित्त र वातावरणमा सहयोगका लागि व्यापक प्रतिबद्धता समावेश गरिएको थियो । तर विवरणहरू दुर्लभ थिए र पारदर्शिताको अभावले इटालीका सहयोगीहरूबिच अविश्वास बढाएको थियो ।

मेलोनीको प्रशासनले संयुक्त राज्य अमेरिकापछि इटालीको दोस्रो ठुलो गैर–ईयू व्यापारिक साझेदार चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ ।आइतबार एक व्यापारिक मञ्चमा लीसँगै बोल्दै मेलोनीले भन्नुभयो, “हाम्रो व्यापारिक सम्बन्ध सबैका लागि निष्पक्ष र लाभप्रद होस् भन्ने मैले चाहेको छु ।”

रुसमा रेल र ट्रक ठोक्किँदा सयभन्दा बढी घाइते

मस्को – दक्षिणी रूसको एक रेलवे क्रसिङमा सोमबार आठ सयभन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक ट्रकसँग ठोक्किँदा कम्तीमा एक सय जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोले रेलवे ट्र्याकको छेउमा रहेको घाँसमा ट्रकका केही भाग छरिएको जस्तो देखिन्थ्यो । यहाँ धेरै रेलका डिब्बाहरू तिनीहरूको छेउमा रहेका थिए ।

कजान र एडलर सहरको बीचमा करिब आठ सय यात्रु बोकेको रेल एउटा क्रसिङमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको दक्षिणी भोल्गोग्राद क्षेत्रका गभर्नर आन्द्रेई बोचारोभले बताए ।

“रेल पटरीबाट खसेको स्थानमा आपत्कालीन उद्धार कार्य भइरहेको छ । नौवटा डिब्बा पटरीबाट खसेका छन् । यसमध्ये सात पल्टिएका छन् । यसक्रममा अस्थायी रूपमा एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्”, आपत्कालीन अवस्था मन्त्रालयले भनेको छ ।

घाइतेमध्ये १५ बालबालिकासहित करिब ३० जनालाई अस्पतालमा भर्ना गरिएको र २२ वटा एम्बुलेन्स चालक दललाई घाइतेको उपचारका लागि घटनास्थलमा पठाइएको थियो समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

देशको अनुसन्धान समितिले घटनाको आपराधिक अनुसन्धान सुरु गरेको बताएको छ । सरकारी सञ्चालक रुसी रेलवेले घटनाका लागि ट्रकको चालकलाई दोष दिएको छ ।

“चालकले ट्राफिक नियमको घोर उल्लङ्घन गरेका छन् र सिग्नलिङ प्रणाली ठीकसँग काम गरिरहेको बेला क्रसिङमा गएका छन्”, समितिले भनेको छ, “रेल चालकले आकस्मिक ब्रेक लगाए तर छोटो दूरीका कारणले टक्करबाट बच्न सकेन । रेल ६५ किलोमिटर प्रतिघण्टा ९४० माइल प्रतिघण्टा० को गतिमा गुडिरहेको थियो ।”

माओवादी केन्द्र पदाधिकारी बैठक : अध्यक्ष दाहालले भोलि जवाफ दिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहनुभएका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताउनुभएको थियो । शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राख्नुभएको हो ।

नेताहरूले उठाउनुभएको प्रश्नको मङ्गलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरूले धारणा राख्नुभएको थियो ।

नेताहरूको धारणालाई संश्लेषण गरेर अध्यक्ष दाहालले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।

डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

काठमाडौँ, १४ साउन : भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन् ।

एक सय ३३औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको उक्त टोलीमा पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अधिकारी गरी ४२ जना सम्मिलित छन् ।

साउन ११ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ‘ए लेभल’ फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

सुदूरपश्चिम : कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम, १४ साउन : प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।

बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार आजको बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेसलगायत दलको मागबमोजिम प्रदेश प्रमुखले आह्वान गरेको अधिवेशन यही साउन ८ देखि जारी छ । विपक्षीको मागमा आह्वान गरिएको यो अधिवेशनको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्री सुरुको दिनदेखि नै अनुपस्थित रहने रणनीतिमा थिए । तर मुख्यमन्त्रीको निर्देशनविपरीत दुई दिनका बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा उपस्थित हुनुभएको थियो । सरकारको नीतिविपरीत बैठकमा सहभागी भएकी मन्त्री थापालाई आइतबार मुख्यमन्त्रीले बर्खास्त गर्नुभएको थियो ।

गएको असार २० मा नेकपा (एमाले) समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा हुनुहुन्छ । एमाले समर्थन फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउन सरकारले प्रयास गरिरहँदा कांग्रेस, एमालेलगायत दलले विषेश अधिवेशन माग गरेका थिए ।

यसबीच विशेष अधिवेशनअन्तर्गत आज तेस्रो दिनको बैठकमा सरकारको उपस्थिति नभएपछि विपक्षी दल कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले प्रदेशसभा सचिवालयको मूल प्रवेशद्वारमा दिउँसै ‘टर्च लाइट’ बालेर सरकारको खोजी गरेका छन् । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले संविधानमा भएको व्यवस्थाबमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

परराष्ट्रमन्त्री डा राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १४ साउन: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हस्मीले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विपदमा एक सय ४३ को मृत्यु, ४७ जना बेपत्ता

काठमाडौँ, साउन १४ गते । मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ६१ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जनागरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । छ सय आठ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपदका घटनाबाट चार हजार ४२ घरपरिवार विस्थापित भएका कार्कीले जानकारी दिनुभयो ।