`

सिमताल दुर्घटना : बेपत्ता बसको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालित

काठमाडौँ, १ साउन : चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी परिचालित भएका छन् ।

घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब एक सय ३२ किलोमिटर क्षेत्रमा उक्त सङ्ख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनास्थल वरिपरि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज, दुईवटा मोटरबोट र सातवटा ¥याफ्टबोट परिचालन गरिएका छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा एक सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म खटाइएको छ । सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएका सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा खटाइएको छ । सशस्त्र प्रहरी नं ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएका छन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिवेणीबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा खटाइएको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । हालसम्म फेला परेका १५ वटा शव फेला परेको छ । सो मध्ये नौ वटाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन सकेको छैन ।

साउन ११ गतेदेखि दर्शकमाझ आउन लागेको फिल्म ‘ईश्वर’मा अनु शाहसँग जम्यो पृथ्वीराजको जोडी

काठमाडौं । फिल्म ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं फिल्म ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित फिल्ममा उनी ‘सागर’ पात्रको भूमिकामा छन् । ‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ’, पृथ्वीराज भन्छन्, ‘ईश्वर पारिवारिक कथाको फिल्म हो । म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ ।’

‘ईश्वर’मा काम गर्दा आफूलाई ‘ठीकै’ अनुभव भएको पृथ्वीराजको बुझाई छ । ‘यसअघिका फिल्ममा जति मेहनत गर्नु परेको थियो, यो फिल्ममा त्यति धेरै मेहनत गर्नु परेन’, उनी भन्छन् ।

अनुसँग पृथ्वीराजले केही भिडियोमा सहकार्य गरेका छन् । तर फिल्ममा चाहिँ ‘ईश्वर’ पहिलो हो । ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो फिल्ममा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं’, उनी सुनाउँछन् ।

पृथ्वीराजले ‘ईश्वर’मा निर्वाह गरेको चरित्र यसअघि उनले अभिनय गरेका फिल्ममा निभाएका थिएनन् । ‘यो क्यारेक्टर यसभन्दा अघि मैले फिल्ममा गरेको थिइनँ । क्यारेक्टरको लागि तयारी केही गरिएन । घरमै थिएँ । निर्देशक राजु गिरीले फोन गर्नुभयो । स्क्रिप्ट पढें अनि सिधै फ्लोरमा गएर काम सुरु गरें’, पृथ्वीराज भन्छन् ।

पृथ्वीराजका अनुसार फिल्म ‘डोली’ पछि उनलाई कुनै फिल्मबाट पनि अफर आएन । ‘म काम माग्न कतै पनि गइनँ । म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो’, उनी सुनिए ।

पृथ्वीराजलाई कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा रहेछ । ‘किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन गरियो । डोलीमा एउटा कन्टेन्टमा काम गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् ।

चौबिस घण्टामा मनसुनी विपद्मा परी सात जनाको मृत्यु

काठमाडौँ, १ साउन : गएको चौबिस घण्टामा मनसुनी विपद्मा परी सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।

उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताउनुभयो ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ, १ साउन : परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु थियो । परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गर्नुभएको हो ।

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

काठमाडौँ, १ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो ।

प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन गरी देशभरबाट दुई सय छ केन्द्रीय सदस्य थप गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । यही साउनभित्र केन्द्रीय कमिटी सदस्यलाई पूर्णता दिइने र सोही कमिटीले पदाधिकारी छनोट गर्ने छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।कर्णाली र लुम्बिनी प्रदेशमा नाम सङ्कलन जारी छ । गत असार मसान्तसम्म केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरेको भए पनि प्राविधिक कारणले ढिला हुन गएको जनाइएको छ । पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिनुभयो । पार्टीको प्रतिनिधिसभामा १० तथा राष्ट्रियसभामा आठ जना सांसद रहेको छ ।

आठबीसकोट बाढी अपडेट : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

त्रिवेणी (रुकुमपश्चिम), १ साउनः रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

‘कण्डक्टर’ले बस चलाउँदा …

बनियानी । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् ।

दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो । घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक इलाम माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।

जापानबाट सुरु भएको प्रविधि ‘कुमोन सिकाइ विधि’ नेपालमा

काठमाडौँ, १ साउनः जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिक्ने जनाइएको छ ।

उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्काे युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब एक हजार पाँच सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो । जापानको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको छ । उहाँले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताउनुभयो । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले जनाउनुभयो ।

एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताउनुभयो ।

आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताउनुभयो ।

यस विधिले विद्यार्थीले ‘आइक्यु’स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता)का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ । सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिक रूपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।

कैलालीको लालझाडीमा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन

कञ्चनपुर, १ साउनः विपद्जन्य घटना कम गर्ने उद्देश्यले लालझाडी गाउँपालिकामा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाभित्रका प्राकृतिक तथा गैरप्राकृतिक जोखिमबाट हुनसक्ने क्षति घटाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएपछि विपद्बारे पूर्वसूचना सङ्कलन गरी क्षतिलाई न्यूनीकरण गर्न सकिने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । गाउँपालिका बाढीजन्य घटनाका जोखिममा रहेकाले यसबारे पूर्वसूचना सङ्कलन गरी जीउधनको सुरक्षा गर्न सकिने अध्यक्ष रानाले उल्लेख गर्नुभयो ।

केन्द्र सञ्चालन गर्न पालिकाले कार्यसञ्चालन कार्यविधि दुई वर्षअघि नै निर्माण गरिसकेको छ । केन्द्र सञ्चालनमा ल्याइए कार्यविधिअनुसार सञ्चालन गरिने छ । गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थानीय विपद् व्यवस्थापन समितिको निर्देशनबमोजिम सञ्चालन हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

काठमाडौँ, १ साउनः ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उहाँले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गर्नुभएको थियो । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी हुनुभएको जानकारी दिनुभयो ।

यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित हुनुभएको छ । सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रसाईँले बताउनुभयो । कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए ।

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

काठमाडौँ, १ साउनः आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

काठमाडौँ महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरको श्रम बैंकमार्फत ९१२ जनाले रोजगारी पाएका बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर साहले ३२९ जनालाई विभिन्न निजी कम्पनी तथ ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको उल्लेख गरेका छन् ।

महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको छ ।

मेयर बालेनले यसको सुरुवात भएको आर्थिक वर्ष २०८०–८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको जनाएका छन् ।

 

विपद् व्यवस्थापनमा सामूहिक प्रयास आवश्यक, मनसुन अझै सक्रिय भएकाले सचेत रहनुहोस् – मुख्यमन्त्री पाण्डे

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापमा सामूहिक प्रयास आवश्यक हुने बताउनुभएको छ ।मनसुन सुरु भएपश्चात् गण्डकी प्रदेशमा बाढीपहिरोलगायत विपद्का कारण भएको क्षति, राहत वितरण, उद्धार, उपचार, पुनःस्थापनालगायतका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा उहाँले विपद्को जोखिम अझै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्धार, राहत र पुनःस्थापनमा सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षति बेहोर्नु परेकाले सबै संवेदनशील हुन जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले मनसुन अझै सक्रिय भएका सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुुभयो ।

स्थानीय र सङ्घीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले पनि विपद् व्यवस्थापनका काम गर्दै आएको उहाँको भनाइ छ ।विपद्का कारण क्षति बेहोर्नुपरेका, ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयबाट वितरण भइरहेको र सहज प्रक्रियाबाट तत्कालै वितरण गर्न उहाँले निर्देशन दिनुुभयो ।

विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले सञ्चार क्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रसारण गर्न उहाँले अनुरोध गर्नुुभयो ।

विपद्को अवस्थामा आपत्कालीन खोज, उद्धार, राहतलगायतलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारका सबै मन्त्रालय, आयोग, निकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयात्मक रुपमा परिचालन गर्ने र यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित सबै निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानी र सिँचाइ र पूर्वाधार विकास र स्वास्थ्य आदि विषयगत प्रदेश सरकार मातहतका मन्त्रालय र निर्देशनालय र निकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवं सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने निर्णय गरिएको छ ।

विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनका लागि भूगर्वविद्सहितको टोलीलाई खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लेखी पठाउने र यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाइ हेर्नेलगायत प्रदेश र जिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

मनसुनजन्य विपद्का कारण सडक पूर्वाधार, खानेपानी तथा सिँचाइका संरचनामा पुगेको क्षति र मर्मतसम्भारसम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयारगरी आवश्यकतानुसार मर्मतसम्भार एवं पुनःनिर्माण गर्ने निर्णय गरिएको छ ।

मनसुनजन्य विपद्बाट भएको र हुनसक्ने क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपत्कालीन रुपमा प्रयोग गर्नुपर्ने पाइप, तारजाली तथा अन्य सार्वजनिक निर्माणलगायत विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यको खरिद प्रक्रिया यथासम्भव छिटोछरितो रुपमा सम्पन्न गर्न तयारी अवस्थामा रहने बैठकको निर्णय छ ।

रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता

काँक्रेविहार (सुर्खेत), १ साउनः रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिनुभयो ।

उहाँले बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका बताउनुभयो ।

नगरप्रमुख केसीले भन्नुभयो, “ खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् । ”

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

बेनी (म्याग्दी), १ साउनः म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुुँच पुगेको हो ।

प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।

घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ सङ्कलन चेम्बर, ११ वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४ पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ । एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिनुभयो ।

पोर्चुगलका राष्ट्रपतिसँग नेपाली सहितका आप्रवासीको भेटवार्ता, आप्रवासन नीति सच्याउन माग

लिस्बन (पोर्चुगल), १ साउन : पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन् । लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता एशोसिएसनका अध्यक्ष टिमोटियो म्यासेडोको नेतृत्वको टोलीले विशेष गरी पोर्चुगल सरकारले हालै जारी गरेको आप्रवासन नीति सच्याउन माग गरेको थियो ।

टोलीमा सहभागी नेपाली प्रतिनिधि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापाले भेटवार्तामा टोलीले पोर्चुगल सरकारले हालै परिवर्तन गरेको आप्रवासनसम्बन्धी नीतिनियमका कारण आप्रवासीमा देखापरेका समस्या र कठिनाइका विषयमा राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको बताउनुभयो ।

आप्रवासनसम्बन्धी नीतिनियमका कारण लाखौँ आप्रवासी प्रभावित भएको जनाउँदै सो विषयमा पुनःविचार गरी संशोधन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । सदस्य थापाले टोलीले आप्रवासीलाई कडाइ नगर्न आप्रवासी प्रतिनिधिहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेको बताउनुभयो ।

उहाँका अनुसार आप्रवासी प्रतिनिधिले राखेको आप्रवासनसम्बन्धी परिवर्तन भएको नीति र आप्रवासीका समस्याका विषयमा राष्ट्रपति सौसाले विशेष चासो व्यक्त गर्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको थियोे । सो अवसरमा टोलीले आप्रवासीका समस्या र कठिनाइका विषयमा ५१ आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्र राष्ट्रपति समक्ष हस्तान्तरण गरेको थियो ।

सोही अवसरमा सदस्य थापाले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले प्रकाशन गरेको ‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएको थियो । गत महिना पोर्चुगल सरकारले आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै आप्रवासीका लागि कडाइ गरेपछि आप्रवासीहरू प्रभावित भएका छन् । सरकारले यहाँको आवास अनुमतिका लागि आवेदन दिने प्रकिया नै बन्द गरेपछि आप्रवासीहरू प्रभावित भएका हुन् ।

सिङ्गापुरमा घट्दै जन्मदर

परिवारमा एक्लै बस्ने वृद्ध सिङ्गापुरका बासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार एक सय ६० बाट दोब्बर बढेर सन् २०२३ मा ७८ हजार एक सय ३५ पुगेको सामाजिक परिवार विकास मन्त्रालयले सोमबार जारी गरेको पारिवारिक प्रतिवेदनले देखाएको छ ।

आवासीय घरमा बस्ने ६५ वर्ष वा सोभन्दा माथिका बासिन्दाको सङ्ख्या सन् २०१३ मा चार लाख १३ हजार एक सय १७ बाट बढेर सात लाख आठ हजार छ सय ५६ पुगेको छ । यसमा ८० प्रतिशतभन्दा बढी वृद्धवृद्धा आफ्नो परिवारसँग बस्ने गरेका छन् ।गत जुनसम्ममा सिङ्गापुरका कूल नागरिकको १९ दशमलव एक प्रतिशत ६५ वर्ष र सोभन्दा माथिका थिए ।

यसैबीच, बासिन्दाको कूल प्रजनन दर सन् २०१३ मा एक दशमलव नौ प्रतिशतबाट सन् २०२३ मा शून्य दशमलव ९७ मा घटेको रिपोर्टले उल्लेख गरेको छ ।चालीस वर्षको उमेरमा विवाहित बासिन्दा महिलाहरूमध्ये सन्तान नभएकाहरू सन् २०१३ मा १० प्रतिशतबाट बढेर सन् २०२३ मा १३ दशमलव नौ प्रतिशतमा पुगेका छन् ।

सिङ्गापुरका दम्पतीहरूले पनि आमाबाबु बन्न आफ्नो तालिका ढिलाइ गर्छन् । पहिलो पटक बुबा र आमाको औसत उमेर गत वर्ष क्रमशः ३३ दशमलव तीन वर्ष र ३१ दशमलव छ वर्ष थियो । यो सन् २०१३ को ३२ दशमलव सात वर्ष र ३० दशमलव तीन वर्षभन्दा बढी हो ।

सरकारले बालबालिका हुर्काउने परिवारहरूलाई मद्दत गर्नका लागि उपायहरू जारी गरेको छ । बुबाहरूलाई सरकारी–भुक्तानी पितृत्व बिदा दिने, थप पूर्ण–दिन शिशु हेरचाह गर्ने ठाउँहरू निर्माण गर्ने र पूर्व–विद्यालय शिक्षाका लागि अनुदान उपलब्ध गराउने रिपोर्टमा जनाएको छ ।

कुवेत आयल कम्पनीद्वारा महत्त्वपूर्ण तेल, ग्यास खोजको घोषणा

कुवेत आयल कम्पनी (केओसी) ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको नौखादा अपतटीय क्षेत्रमा उच्च गुणस्तरको हल्का तेल र ग्यासको नयाँ खोज गरेको घोषणा गरेको छ । कुवेत समाचार एजेन्सीलाई दिएको बयानमा कम्पनीले उक्त क्षेत्रको क्षेत्रफल लगभग ९६ वर्गकिलोमिटर रहेको बताएको छ ।

यस तहमा हाइड्रोकार्बन स्रोतहरूको प्रारम्भिक अनुमान लगभग दुई अर्ब १० करोड ब्यारेल हल्का तेल र ५१ खर्ब मानक घनफिट ग्यास रहेको छ । यो तीन अर्ब २० करोड ब्यारेल तेलको बराबर हो । कम्पनीले यी प्रारम्भिक तथ्याङ्कहरू भएको जनाएको छ । यसले हाइड्रोकार्बन स्रोतहरूको मात्रा प्रारम्भिक अनुमानभन्दा बढी हुने सम्भावना रहेको उल्लेख गरेको छ । हाल, परियोजना कुवेती अपतटीय क्षेत्रको द्वि–आयामी भूकम्प सर्वेक्षणका आधारमा शुरू गरिएको र सबैभन्दा राम्रो र सुरक्षित ड्रिलिङ साइटहरू निर्धारणको उद्देश्यसँग पृथ्वी तहहरूको विवरण र संरचना बुझ्नका लागि भू–भौतिक र भू–वैज्ञानिक अध्ययनहरू सञ्चालन गरिएको छ ।

केओसीले पहिलो अन्वेषण चरणमा तेल र ग्यासका लागि छ वटा अन्वेषण इनारहरू ड्रिलिङ समावेश रहेको खुलासा गरेको छ । कम्पनीले अन्वेषण परियोजना कुवेतको हाइड्रोकार्बन भण्डार बढाउने, विश्वव्यापी माग पूरा गर्न नयाँ हाइड्रोकार्बन स्रोतहरूको दिगोपन सुनिश्चित गर्ने र ग्यासको भरपर्दो विश्वव्यापी उत्पादकका रूपमा कुवेतको स्थिति बढाउने लक्ष्य राखेको राष्ट्रिय परियोजना हो भनेको छ ।

सुडानी सेनाद्वारा खार्तुममा एक सयभन्दा बढी अर्धसैनिक मारिए

सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा शनिबार अपरेशनका क्रममा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का एक सयभन्दा बढी लडाकू मारिएको र दर्जनौँ घाइते भएको आइतबार बताएको छ ।

“हिजो (शनिबार) हाम्रो सेनाले राजधानीमा धेरै गुणात्मक अपरेसनहरू गर्यो र यसमा आरएसएफका लडाकु गाडीहरू पनि ध्वस्त भएका थिए”, एसएएफले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

सुडान मध्य अप्रिल सन् २०२३ देखि एसएएफ र आरएसएफ बीचको घातक द्वन्द्वमा फसेको छ । यसले हालसम्म कम्तीमा १६ हजार छ सय ५० जनाको ज्यान लिइसकेको छ ।

युएन इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले जुन २५ मा जारी गरेको तथ्याङ्कअनुसार द्वन्द्व सुरु भएदेखि सुडानभित्र ७७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य करिब २२ लाख सीमा नाघेर छिमेकी देशहरूमा प्रवेश गरेका छन् ।

ट्रम्पको ज्यान लिने प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ ।

अठहत्तर वर्षीय ट्रम्प शनिबार पेन्सल्भेनियामा एक चुनावी र्यालीमा हत्या प्रयासबाट बच्नुभयो । उक्त निर्लज्ज आक्रमणले नोभेम्बरको मतदानअघि गहिरो ध्रुवीकरण भएको मुलुकलाई स्तब्ध बनाएको छ ।

“के भयो, कसरी भयो र यस्ता प्रकारका घटना फेरि नदोहोरियोस् भनेर बुझ्न सिक्रेट सर्भिसले सबै सम्बन्धित सङ्घीय, राज्य र स्थानीय एजेन्सीसँग काम गरिरहेको छ”, सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले एक विज्ञप्तिमा भन्नुभयो, “हामी हिजो राष्ट्रपति जो बाइडेनले घोषणा गर्नुभएको स्वतन्त्र समीक्षाको महत्त्व बुझ्दछौँ र यसमा पूर्णरूपमा भाग लिनेछौँ, हामी कुनै पनि निरीक्षण कारवाहीमा उपयुक्त कांग्रेस समितिहरूसँग पनि काम गर्नेछौँ ।”

पेन्सल्भेनियाको बटलरमा एउटा र्यालीमा बोल्दै गर्दा धेरै धमाकाको आवाज आएको थियो । ट्रम्पले आफ्नो कान समात्नुभयो, उहाँको कान र गालामा रगत देखिन थाल्यो, फेरि उहाँ भुइँमा लड्नुभयो । सिक्रेट सर्भिस एजेन्टहरूले पोडियममा आएपछि उहाँलाई घेरे र नजिकैको गाडीमा लगे ।

गोली चलाउने व्यक्ति र एक दर्शकको मृत्यु भयो । अन्य दुई दर्शक घाइते भए ।राष्ट्रपति बाइडेनले यो साताको र्यालीका साथै ट्रम्पलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको ताज लगाइदिने मिलवाकी, विस्किन्सनमा रिपब्लिकन राष्ट्रिय सम्मेलनमा सुरक्षाको पूर्ण समीक्षाको आदेश दिनुभयो ।

पृथ्वीको सबैभन्दा सुरक्षित राजनीतिक हस्तीमध्येका एकबाट करिब पाँच सय फिट (एक सय ५० मिटर) टाढा एउटा छतमा बन्दुकधारीलाई कसरी बस्न अनुमति दिइयो भन्नेबारे सिक्रेट सर्भिस बढ्दो दबाबमा छ । मानिसहरूले बन्दुकधारीलाई छतमा देखिरहेको र गोली चलाउनुभन्दा अघि सुरक्षा चेतावनी दिन खोजिरहेको फोन फुटेजमा देखिएपछि प्रश्न अझ चर्को भयो ।

ट्रम्प सोमबार सम्मेलनमा उपस्थित हुने सेट गरिएपछि चिटलले एजेन्सीले कार्यक्रममा सुरक्षालाई कडा बनाउन काम गरिरहेको बताउनुभयो । “सिक्रेट सर्भिसले नेसनल स्पेसल सिक्योरिटी इभेन्ट्स (एनएसएसई) को गतिशील सुरक्षा योजनाहरू डिजाइन गर्दछ जुन गतिशील सुरक्षा वातावरण र हाम्रा साझेदारहरूबाट सबैभन्दा ‘अप–टु–डेट’ खुफिया जानकारीको जवाफ दिन गतिशील हुनसक्छ”, उहाँले भन्नुभयो । आइतबार सिक्रेट सर्भिसले सम्मेलनका लागि ‘पूर्णरूपमा तयार’ रहेको बताएको छ ।

साउने (कर्कट) सङ्क्रान्ति पर्व आज मनाइँदै

काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उहाँले बताउनुभयो । साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

इटहरी उपमहानगरपालिकाको बजेट पारित

धरान (सुनसरी) – इटहरी उपमहानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका २०८१÷८२ को बजेट पारित गरेको छ । यही असार १० गते नगरसभामा इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले रु तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गर्नुभएको थियो ।

सोमबारसम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था बमोजिम बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको हो । उपमहानगर उपप्रमुख सङ्गीता चौधरीले असन्तुष्टि जनाउँदै अनुपस्थित भएपछि वडाध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाउनुभएको थियो ।

बजेटमा सङ्घीय समानीकरण अनुदान रु २९ करोड ५६ लाख, सङ्घीय सशर्त अनुदान चालुतर्फ रु ४९ करोड ४३ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ रु ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपुरक अनुदान रु चर करोड, सङ्घीय विशेष अनुदान रु पाँच करोड आउने प्रक्षेपण गरिएको हो ।

प्रदेश समानीकरण अनुदान रु एक करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालु खर्चतर्फ रु ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्चतर्फ रु दुई करोड ४४ लाख र प्रदेश समपुरक अनुदान रु एक करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।

सङ्घीय राजस्व बाँडफाँट रु १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) रु दुई करोड ३३ लाख र प्रदेश राजस्व बाँडफाँट (मालपोत रजिष्ट्रेशन) रु ५६ करोड अनुमान गरिएको हो ।

चालु खर्चतर्फ रु एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात् कूल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तीय व्यवस्थाअन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ रु ९० लाख अर्थात् कूल बजेटको ०.२५ प्रतिशत र पुँजीगततर्फ रु दुई अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ । जसमध्ये विषयगततर्फ रु ३० करोड, वडा सीमातर्फ रु ३८ करोड, नगरस्तरीय योजनाको लागि रु आठ करोड विनियोजन गरिएको छ ।

जनकपुरधामले ल्यायो तीन अर्ब तीन करोडको बजेट

जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब तीन करोड ३२ लाख ४० हजारको बजेट ल्याएको छ ।नगर उपप्रमुख किशोरी साहले नगरसभाको सोमबार १२औँ अधिवेशनमा पेस गर्नुभएको बजेटमा चालुतर्फ रु दुई अर्ब छ करोड ३४ लाख ८९ हजार तथा पुँजीगततर्फ रु ९६ करोड ९७ लाख ५१ हजार विनियोजन गरिएको उल्लेख गरिएको छ ।

चालुतर्फको शीर्षक बजेटमा सामाजिक सुरक्षाबापतको रु ५० करोड र युआरएलआइपी प्रोजेक्टका लागि रु ४७ करोड समावेश गरिएको नगर उपप्रमुख साहले पेस गर्नुभएको बजेटमा उल्लेख गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक स्रोतबाट रु २१ करोड ७२ लाख ७३ हजार, घरजग्गा रजिष्ट्रेसन दस्तुरबापत रु १५ करोड, नेपाल सरकारको राजस्व बाँडफाँटबाट रु २० करोड ९६ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु एक करोड ८८ लाख ८५ हजार, नेपाल सरकारको समानीकरण अनुदानबापत रु ३१ करोड ४४ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु दुई करोड ४३ लाख सात हजार, बैंक मौज्दातबाट रु ३८ करोड र सडक बोर्ड नेपालबाट रु एक करोड १९ लाख ९८ हजार बेहोरिने उल्लेख रहेको छ ।

प्रस्तुत गरिएको बजेटले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने, नगरको भौतिक पूर्वाधार विकासलाई गति प्रदान गर्ने, आमनगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने र लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षामार्फत विभेदयुक्त समाजको निर्माण गर्ने उल्लेख रहेको छ ।

यसैगरी बजेटले रोजगारी सृजना र गरिबी न्यूनीकरण टेवा पु¥याउने, पर्यटन प्रवद्र्धनगरी नगरलाई आकर्षक पर्यटनको गन्तव्यस्थल बनाउने, सुशासन प्रवद्र्धन तथा संस्थागत सवलीकरणमा जोड दिने, कृषि उद्योगको विकास र उद्यमशीलताको प्रवद्र्धन गर्ने, स्वच्छ, सुन्दर, सरसफाइयुक्त नगरको विकास गर्ने, साझा, सुन्दर, समृद्ध हरित सहर बनाउने, ग्रामीण सडक तथा पुलको निर्माण गर्ने लक्ष्य लिएको छ ।

नगर प्रमुख मनोजकुमार साहले प्रस्तुत भएको नीति तथा कार्यक्रमसहितको बजेटले जनकपुरधामको विकास निर्माणमा गति पुग्नुका साथै सुन्दर, स्वच्छ जनकपुरधामको निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो । नगरसभामा नगर सचिव एवं प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसहितको नगरसभाका सदस्यको सहभागिता रहेको थियो ।

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

मान्म (कालीकोट) – कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा सोमबार १४ भेडा मरेका हुन् ।

खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताउनुभयो । “प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्”, उहाँले भन्नुभयो, “स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते हुनुभएको छ ।”

वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन् ।

बजेट पारित नहुँदै आर्थिक वर्ष सकिन लागेपछि बजेटका विषयमा जटिलता

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदा समस्या
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै आर्थिक वर्ष सकिन लागेपछि बजेटका विषयमा नयाँ खालको जटिलता देखिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक वासुदेव जोशीले प्रदेशसभामा प्रस्तुत गरिएको बजेटमाथि छलफल भई पारित नभएको, नयाँ आर्थिक वर्ष सकिन लाग्दासम्म पनि अध्यादेशमार्फत बजेट ल्याउन ढिलाइ भएका कारण बजेटका विषयमा नयाँ खालको जटिलता देखिएको बताउनुभयो ।

“प्रदेशसभामा प्रस्तुत भएको बजेटमाथि छलफलसहित पारित नभएपछि स्वतःफेल भएको मानिन्छ”, जोशीले भन्नुभयो, “यसै बजेटलाई अध्यादेशमार्फत ल्याउन सकिने भए पनि प्रदेश प्रमुख बाहिर जानुभएको र सरकारलाई अध्यादेश ल्याउन पनि नसकेको भन्ने सुनिएकाले समस्या देखिएको छ ।”

योसँगै नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि प्रदेशको राजस्व सङ्कलन र खर्चसम्बन्धी गतिविधिसमेत ठप्प हुने देखिएको जोशीले जानकारी दिनुभयो ।

प्रदेशका आर्थिक मामिलामन्त्री एवं प्रवक्ता अक्कलबहादुर रावलले आज पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुख काठमाडौँ जानुभएका कारण प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउने सरकारको प्रयासमा समस्या देखिएको बताउनुभयो ।

मन्त्रिपरिषद्को यही असार ३० गतेको बैठकले गरेको निर्णयबमोजिम प्रदेशसभाको चालु अधिवेशन(बजेट अधिवेशन) अन्त्य गर्न सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले यही असार १ गते आगामी आवको बजेट प्रस्तुत गरेपछि त्यसयता प्रदेशसभाको बैठक आह्वानसमेत गरिएको छैन । सत्तासमीकरण फेरिएसँगै नेकपा (एमाले)ले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा पर्नुभएको छ ।

सत्तासमीकरणमा अबद्ध दल नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् । सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री रावलले भने मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने जानकारी दिनुभयो ।

यसअघिको सत्तासमीकरणमा सहभागी नेकपा(एमाले)बाट सरकारमा प्रतिनिधित्व गर्नुहुने आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशसभामा असार १ गते आगामी आवको बजेट प्रस्तुत गर्नुभएको थियो । देखिएको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक वासुदेव जोशीले प्रदेशसभामा प्रस्तुत गरिएको बजेटमाथि छलफल भई पारित नभएको, नयाँ आर्थिक वर्ष सकिन लाग्दासम्म पनि अध्यादेशमार्फत बजेट ल्याउन ढिलाइ भएका कारण बजेटका विषयमा नयाँ खालको जटिलता देखिएको बताउनुभयो ।

“प्रदेशसभामा प्रस्तुत भएको बजेटमाथि छलफलसहित पारित नभएपछि स्वतःफेल भएको मानिन्छ”, जोशीले भन्नुभयो, “यसै बजेटलाई अध्यादेशमार्फत ल्याउन सकिने भए पनि प्रदेश प्रमुख बाहिर जानुभएको र सरकारलाई अध्यादेश ल्याउन पनि नसकेको भन्ने सुनिएकाले समस्या देखिएको छ ।”

योसँगै नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि प्रदेशको राजस्व सङ्कलन र खर्चसम्बन्धी गतिविधिसमेत ठप्प हुने देखिएको जोशीले जानकारी दिनुभयो ।

प्रदेशका आर्थिक मामिलामन्त्री एवं प्रवक्ता अक्कलबहादुर रावलले आज पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुख काठमाडौँ जानुभएका कारण प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउने सरकारको प्रयासमा समस्या देखिएको बताउनुभयो ।

मन्त्रिपरिषद्को यही असार ३० गतेको बैठकले गरेको निर्णयबमोजिम प्रदेशसभाको चालु अधिवेशन(बजेट अधिवेशन) अन्त्य गर्न सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले यही असार १ गते आगामी आवको बजेट प्रस्तुत गरेपछि त्यसयता प्रदेशसभाको बैठक आह्वानसमेत गरिएको छैन । सत्तासमीकरण फेरिएसँगै नेकपा (एमाले)ले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा पर्नुभएको छ ।

सत्तासमीकरणमा अबद्ध दल नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् । सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री रावलले भने मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने जानकारी दिनुभयो ।

यसअघिको सत्तासमीकरणमा सहभागी नेकपा(एमाले)बाट सरकारमा प्रतिनिधित्व गर्नुहुने आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशसभामा असार १ गते आगामी आवको बजेट प्रस्तुत गर्नुभएको थियो ।

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय प्रमुख कृष्ण सापकोटाले चालु आर्थिक वर्षमा यहाँका आठवटै स्थानीय तहका बालबालिकालाई पूर्णरूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । जिल्लामा रहेका १६ देखि ५९ महिनाभित्रका दुई हजार नौ सय २७ बालबालिकालाई सबै खोप लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।

झापावासी भन्छन्–प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ

झापा – चौथोपटक प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन् । नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको आफ्नो पार्टीको सरकारका पालामा समग्र मुलुकको विकासले गतिलिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले झापा जिल्लामा अधुरा रहेका योजना र थप महत्वका पूर्वाधार निर्माणमा ध्यान दिनुहुने नै छ । साथै विगतका कमजोरी सुधारेर जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुहुने आशा जागेको छ ।”

उहाँले विगतमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र पर्याप्त बजेट थोपरेको आरोप लागेकाले अब भने समग्र जिल्ला र प्राथमिकताका आधारमा देशका अन्य भूभागमा समेत विकास हुने अपेक्षा गरिएको धारणा राख्नुभयो ।

दमक नगरपालिकाका प्रमुख राम थापाले आफूले भोट दिएर जिताएको व्यक्ति पुनः प्रधानमन्त्री बन्नुभएकामा खुसी लागेको भन्नुहुँदै जिल्लाका अधिकांश अपूरा र अधुरा विकास निर्माणका कामले पूर्णता पाउने आशा पलाएको बताउनुभयो । नगरप्रमुख थापाले प्रधानमन्त्री ओली यसअघि सुरू गर्नुभएको औद्योगिक पार्क लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले अब बाँकी कामलाई पूर्णता दिन उहाँले ध्यान दिनुहुनेमा आफूहरु विश्वस्त रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “रवि चिसापानी सडक विगत १५ वर्षदेखि बन्न सकेको छैन, अब सडकले गतिलिने छ । अरू योजना पनि अगाडि बढाउन भेटेरै प्रस्ताव गर्ने योजना छ ।”

समाजसेवी हरिचरण बानियाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरर्ण, औद्योगीकरण र शिक्षामा आमूल परिर्वतनगरी युवालाई विदेश पलायनबाट रोक्न ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौँ – कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर पाँच दशमलव पाँच शून्य प्रतिशत कायम भएको छ भने विशेष सापटीको ब्याजदर छ दशमलव छ शून्य प्रतिशत निर्धारण गरिएको छ ।

धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाई सात दशमलव पाँच शून्य प्रतिशत कायम गरेको कोषले जग्गा खरिद सापटी वा सरल सापटी लिएका सञ्चयकर्ताका लागि आठ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको व्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा शून्य दशमलव दुई पाँच प्रतिशत विन्दुले छुट दिने निर्णयसमेत गरेको छ ।

काठमाडौँ उपत्यका तथा सातै प्रदेशमा रहेका शाखा कार्यालय र सेवा केन्द्रमार्फत कोषले सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गरिरहेको छ । कोषबाट सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्म रकम विशेष सापटीको रुपमा प्रदान भइरहेको छ ।

कोषले आफ्ना सञ्चयकर्तालाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि रु एक करोडसम्मको सापटी रकम प्रदान गर्ने गरेको छ । कोषका अनुसार सञ्चयकर्ता स्वयं वा पतिपत्नी वा छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराउने प्रयोजनका लागि दिइने शैक्षिक सापटी तथा सञ्चयकर्ताको सेवा अवधिमा आइपर्ने भैपरी आउने कार्यका लागि दिइने सरल सापटीमा रु ४० लाखसम्म प्रदान गर्ने गरिएको छ । यस्तै घर मर्मत गर्नका लागि रु ३० लाखसम्म प्रदान हुने गरेको छ ।

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र एवं सामुदायिक तथा संस्थागत विद्यालयतर्फका गरी रु छ लाख ४५ हजार सञ्चयकर्ता तथा योगदानकर्ता आबद्ध रहेका छन् । कोषले एक सूचना जारी गर्दै अर्थिक वर्षको पहिलो दिन साउन १ गते कोषको बाह्य कारोबार बन्द हुने जनाएको छ ।

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

गुलरिया (बर्दिया), ३१ असार : बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

घाइते थारुको हात भाँचिएको छ । उहाँको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो ।

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि बाहिरबाट विज्ञ ल्याइने

काठमाडौँ, ३१ असारः नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालले आजै भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको राससलाई जानकारी दिनुभयो ।

उहाँले घटना भएको चार दिन बितिसक्दा गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको जानकारी दिनुभयो । गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय सरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी जारी छ ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरासँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता रहेका छन् । बसको चलानमा उल्लेख भएको र आफन्तबाट प्राप्त जानकारीअनुसार एञ्जल बसमा ३८ र गणपति डिलक्समा २७ जना यात्रु रहेको खुलेको छ ।

आजै नवनियुक्त गृहमन्त्री रमेश लेखकले उक्त घटनाको अध्ययन गर्न एक कार्यदल बनाउनुभएको छ । उक्त कार्यदललाई १० दिनको समय दिइएको छ ।

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा

काठमाडौँ, ३१ असारः पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।

यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा आजैदेखि चहलपहल सुरु भएको छ ।

साउनका चार सोमबार, चार शनिबार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको उहाँले बताउनुभयो । साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान तीन बजेदेखि खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो । साउन महिनामा आउने भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला गर्न लागिएको हो ।

हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भीड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

पशुपति क्षेत्रमा लाग्न सक्ने भीडलाई व्यवस्थित गर्ने गरी कोषले स्वयंसेवकसमेत खटाउने जनाइएको छ । साउने मेलाका लागि दमकल, एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

साउनमा भक्तजनले सुन्दरीजलस्थित वाग्मती नदीको शुद्ध जल पशुपतिमा ल्याई चढाउने बोल बम मेलाका कारण पनि भीड हुने गरेको छ । बोल बम मेलामा नेपालका मात्र नभई भारतीय पर्यटक पनि सहभागी हुने गरेका छन् ।

वनलाई जनताको समृद्धिसँग जोड्नेगरी काम गर्नेछौँः नवनियुक्त मन्त्री शाही

काठमाडौँ, ३१ असार : नवनियुक्त वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई जनताको जीविकोपार्जन र मुलुकको समृद्धिसँग जोड्नेगरी काम गर्ने बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुहुँदै उहाँले वन तथा वनस्पतिको संरक्षणसँगै यसलाई जनताको जीविकोपार्जनसँग पनि जोड्न आवश्यक रहेकामा जोड दिनुभयो ।

मन्त्री शाहीले मन्त्रालयसँग सम्बन्धित कामलाई परिणाममुखी बनाउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रीयकरण गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । जैविक विविधतालाई संरक्षण गर्दै पर्या–पर्यटनको विकासमा योगदान पुग्नेगरी काम गर्ने उहाँको प्रतिबद्धता थियो ।

मन्त्री शाहीले नियमकानुनले मिल्नेबाहेकका काममा आफूले कुनै दबाब नदिने तर कानुनअनुसार कर्मचारीले कुनै आनाकानी नगरी परिणाममुखी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले वनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनेगरी योजना बनाइने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मन्त्री शाहीलाई स्वागत गर्दै आफ्ना धारणा राख्नुभएको थियो भने मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाले मन्त्रालय र मन्त्रालय मातहतका निकायबारे जानकारी गराउनुभएको थियो ।

छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउँछुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन्  । 

नवनियुक्त प्रधानमन्त्री ओलालाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिवद्ध रहेको बताए ।

उनले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गरे । त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ३१ असारः नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु एक सय ६८ रुपैयाँ ५० पैसा, एक सय ७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ र एक सय ६० कायम भएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडाँै, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको आजको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ४८ पैसा र डिजेलमा दुई रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिपो÷कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको जीवनी

झापा, ३१ असारः नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुनुहुन्छ । विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मनुभएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ मा स्थायी बसोबासी हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मन्त्री बन्नुभएका दाहाल पार्टीको पोलिटब्युरो सदस्य एवं स्थानीय विकास विभागको प्रमुख जिम्मेवारीमा हुनुहुन्थ्यो ।

उहाँ नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा सुरु भएको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट पार्टीको राजनीतिमा प्रवेश गर्नुभएको हो ।

लामो समयसम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गर्नुभएका मन्त्री दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)को झापा जिल्ला कमिटीमा आबद्ध हुनुभएको थियो ।

विसं २०५१ सम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गर्नुभयो । विसं २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहनुभएका मन्त्री दाहाल विसं २०५३ जेठ २३ गतेदेखि विसं २०६६ भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हाल्नुभएको थियो ।

उहाँसँग करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको अनुभव छ । उहाँले झापामा २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्डसमेत उहाँले सम्हाल्नुभएको थियो ।

उहाँ विसंं २०५१ देखि शिक्षकको जागिर छाडेर राजनीतिमा पूर्णकालीन हुनुभएको हो । राजनीतिक परिवर्तनमा खास समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२÷६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

विसं २०७२ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाबेला दाहालले उहाँको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी विसं २०७६ मा भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसंं २०४२ मा शिक्षक आन्दोलनका क्रममा उहाँलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा पर्नुभएका उहाँ जनआन्दोलनको सफलतापछि रिहा हुनुभएको थियो ।

सङ्घीय मन्त्रिपरिषद्मा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

मुगु, ३१ असार : हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधित्व पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री हुनुभएको थियो । विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री हुनुभएको थियो । उहाँ विसं २०५३ सम्म मन्त्री रहनुभयो तर त्यसयता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुनुहुन्छ ।

मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि

नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापतिसमेत रहनुभएका मन्त्री शाही जिल्लामा मदुभाषी र सालिन नेताका रूपमा चिनिनुहुन्छ । गत निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विसं २०२६ फागुनमा यहाँको सोरु गाउँपालिका–२ जडेपानीमा जन्मिनुभएको थियो । विसं २०४४÷४५ देखि नेपाल विद्यार्थी सङ्घबाट सक्रिय राजनीतिमा लाग्नुभएका शाही २०४८–०५१ र २०५२÷५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिवसमेत हुनुभएको थियो । कांग्रेस जिल्ला सदस्य हुँदै उहाँ विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो । मन्त्री शाही विसं २०७८ मा दोस्रोपटक कांग्रेस जिल्ला सभापति निर्वाचित हुनुभयो ।

विसं २०७० मा संविधानसभा सदस्य उम्मेदवार बन्नुभएका उहाँ झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित हुनुभएको थियो । विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी हुनुभयो । शाहीले १४ हजार सात सय छ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गर्नुभएको थियो ।

शाहीले स्नातक तह उत्तीर्ण गर्नुभएको छ ।

काभा यु—२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

काठमाडौँ । नेपाल भलिबल सङ्घले माल्दिभ्सको मालेमा हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । च्याम्पियनसिप यही जुलाई १८ देखि २३ तारिखसम्म हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य—सचिव टङ्कलाल घिसिङ, सहानाप्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री, नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाहलगायतले सोमबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै टोलीको बिदाइ गरे ।

नेपालले पहिलोपटक उमेर समूह काभा यु–२० च्याम्पियनसिप खेल्न लागेको हो । भलिबलको विकासका लागि नेपाल भलिबल सङ्घले उमेर समूहको प्रतियोगिता गराउने र अन्तर्राष्ट्रियस्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ ।

सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलङ्का, आयोजक माल्दिभ्स, कीर्गिस्तानगरी कूल चार टोलीको सहभागिता रहेको छ ।

राखेप सदस्य–सचिव घिसिङले पहिलोपटक यु–२० उमेर समूहको महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान लागेको भन्दै यो राम्रो सुरु भएको र यस टिमबाट भविष्यमा राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे ।

नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलङ्कासँग खेल्नेछ । यस्तै दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग खेल्ने तालिका छ । सिङ्गल राउण्ड रोविनका आधारमा सबै टिमले एकापसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल जुलाई २३ मा हुनेछ ।

नेपालले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोली भोलि माल्दिभ्स प्रस्थान गर्र्दैछ । नेपाली टोलीमा सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एञ्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री छन् । मुख्य प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा अर्जुन घिमिरे र व्यवस्थापकमा जुनु पुन रहेका छन् ।

विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या एक सय १३ पुग्यो

काठमाडौँ, ३१ असारः देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपद्मा परी गत जेठ २८ यता एक सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीकानुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन् । अहिलेसम्म सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ३० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ, ३१ असार : सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा मृत्यु हुने परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पहिलोपटक यस्तो निर्णय गरिएको जानकारी बताउनुभयो । “विगतमा वेपत्ता भएका व्यक्तिका परिवारलाई राहतको व्यवस्था थिएन । सरकारले यो पटक नयाँ व्यवस्था गरेको हो”, उहाँले भन्नुभयो ।

बैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको राहत रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । यस्तै मन्त्रिपरिषद् बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्नुका साथै सम्मान व्यक्त गरेको छ । हालैको बाढीपहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको मन्त्री गुरुङले बताउनुभयो ।

बैठकले मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेसमेत निर्णय भएको छ । सञ्चारमन्त्री गुरुङले आगामी बैठकको निर्णय तत्कालै जानकारी नहुने तर विशेष महत्वको निर्णय भएमा तत्काल जानकारी दिनसकिने बताउनुभयो । “मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य रहन्छ, प्रधानमन्त्री र मन्त्रीहरूले पनि त्यसलाई बाहिर लैजान पाउदैनन् । अब अर्को बैठकदेखि २४ घण्टापछि मात्रै पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिने छन्”, उहाँले भन्नुभयो ।

बैठकले विसं २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय पनि गरेको छ । यस्तै परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री कार्यालयका निमित्त मुख्यसचिव लीलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय पनि गरिएको सरकार प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

गुनासो नआउनेगरी काम गरौँः मन्त्री गुप्ता

काठमाडौँ, ३१ असारः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीको सरुवा तथा व्यवस्थापनमा राजनीतिक हस्तक्षेपलगायतका कुनै प्रकारको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले निजामती सेवाको गरिमामा कुनै आँच नआउनेगरी कर्मचारी व्यवस्थापन गर्ने जिकिर गर्नुभयो ।

राज्यकोतर्फबाट जनतालाई उपलब्ध गराउन पर्ने सेवासुविधा सहज र सरल रुपमा गराउन कर्मचारीलाई निर्देशन दिँदै मन्त्री गुप्ताले सङ्घीय मामिला मन्त्रालय सबै स्थानीय तह र प्रदेश सरकारको सम्पर्क मन्त्रालय भएकाले सबै पक्षलाई मिलाएर लैजान हरप्रयत्न हुने धारणा राख्नुभयो । उहाँ मन्त्रालय पुग्दा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालगायतका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।

विसं २०२७ चैत २० गते पर्साको भोराटारमा–७ मा जन्म भई विसं २०४३ देखि राजनीतिमा प्रवेश गर्नुभएको मन्त्री गुप्ताले अनेरास्ववियु हुँदै एमालेको क्षेत्रीय अध्यक्ष हुनुभयो । विसं २०७२ मा पार्टी जिल्ला कार्यसमिति र १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभएका उहाँ विसं २०७० र विसं २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।