`

आज आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने

दमौली (तनहुँ)-पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो ।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादी क्रान्तिको दिशामा अघि बढ्छः झलनाथ खनाल

मकवानपु- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने बताउनुभएको छ । हेटौँडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई सनिबार सम्बोधन गर्दै उहाँले समाजवादको बाटोमा अघि नबढे आगामी दिनमा पार्टीमा सङ्कट आउने बताउनुभयो ।

“एमालेले अहिले पनि जबज भनिरहेको छ, तर अरू पार्टीले समाजवादी कुरा मात्र गरिरहेका छन् । एमालेले पनि अब समाजवाद नीति लिनुको विकल्प छैन”, उहाँले भन्नुभयो ।कार्यक्रममा पार्टीका पोलिट्ब्यूरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्य मुनु सिग्देल, हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, पार्टीका नेताहरु यादव गजुरेललगायतका उपस्थिति थियो ।

राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकता आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ

चितवन-उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताउनुभएको छ ।स्व भुवानीप्रसाद पौडेलको सातौँ स्मृति दिवसका अवसरमा चितवनको माडीमा सनिबार आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा उहाँले रूपान्तरण र राजनीतिक परिवर्तनलाई पूर्णताका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले कम्युनिष्ट पार्टीबीचको एकता तल्लो तहसम्म पुग्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

यसैगरी उहाँले राजनीतिक परिवर्तनको रक्षा गर्नुका साथै सामाजिक, आर्थिक र खेल क्षेत्रको विकास गर्न जरूरी रहेको धारणा राख्नुभयो । खेल क्षेत्रले नगरको मात्रै नभई देशको नाम राख्ने भएकाले यस क्षेत्रको विकासका लागि सरकार लागिपरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले जनताको जनजीविकासँग जोडिएका मुद्दामा सरकारले ध्यान दिन नसकेको बताउनुभयो । उहाँले जनहित रक्षा र राष्ट्रियताको जगेर्नाका लागि आफूहरु सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

मिसन २०८४ सफल बनाउने उद्देश्यसहित एमाले सरकारमा सहभागी भएको होः पद्मा अर्याल

अर्घाखाँची,- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको बिगँ्रदो अवस्था सुधार्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अर्यालले एमाले मिसन २०८४ सफल बनाउने उद्देश्यसहित सरकारमा सहभागीको बताउनुभयो । “एमाले अहिले गठबन्धनको सरकारमा छ । यसबाट धेरै उपलब्धि हासिल गर्न नसकिए पनि मिसन २०८४ लाई सफल बनाउने हाम्रो उद्देश्य हो । यो अभियान सफल पार्न सरकारको भूमिका पनि हुने भएकाले हामी सरकार र जनताको बीचबाट अभियान सफल पर्न लाग्ने छौँ”, उहाँले भन्नुभयो । रोजगारी सिर्जना र युवा पलायन रोक्न प्रमुख शक्तिका रूपमा रहेका एमाले र नेपाली कांग्रेससहित सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पोलिट्ब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले जनप्रतिनिधिको काम र विकास योजनामा तालमेल हुन नसकेको बताउनुभयो । आफू मुख्यमन्त्री हँुदा किसानलाई दूधमा उत्पादनका आधारमा अनुदान दिन सुरु गरेको तर अहिले बन्द भएकाले त्यस कार्यलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरे, केन्द्रीय सदस्य चेतनारायण आचार्य, बोमबहादुर विक, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जनार्दन खनाललगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने : प्रमुख दाहाल

वीरगञ्ज (पर्सा), २७ जेठ : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक जोड्ने यो नाकाबाट लाभ लिनेतर्फ काम गर्न आवश्यक भएको बताउनुभयो ।

“ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टिकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताका लागि दुई महिनाअगावै सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “भारतीय पर्यटकले प्रयोग गर्ने उताका सवारीसाधनलाई अस्थायी अनुमति लिन वीरगञ्ज धाउनुपर्ने बाध्यता थियो, अब त्यो सेवा ठोरी छोटी भन्सारबाटै प्रवाह भएको छ । यसले पर्यटकीय गतिविधिमा ठूलो फाइदा पुर्याएको छ ।”

वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी साही मीनाले भारत र नेपालबीच सदियौँदेखिको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई दुवै देशका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय र नेपालीले भ्रमण गर्नुपर्नेमा जोड दिनुभयो ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले केही समय यता ठोरी नाकाबाट भारतीय पर्यटकको सङ्ख्या बढिरहेको बताउँदै उनीहरूलाई भ्रमणमा प्रोत्साहन गर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो ।

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

म्याग्दी, २७ जेठः जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् ।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए ।

शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको अर्थुङ्गेस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्म सेनानी प्रकाश घिसिङले जानकारी दिनुभयो ।

स्वास्थ्यतर्फ चार सय चारजनाले स्वास्थ्य परीक्षण, हाड जोर्नी, मनोरोग, दाँत, आँखासम्बन्धी सेवा लिएका उहाँले बताउनुभयो । एक सय ४३ जनाले आयुर्वेद, ८८ जनाले भेटेरिनरी र २४ जनाले कृषिसम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताउनुभयो ।

भेटेरिनरी अस्पतालका पशु चिकित्सक भरत रेग्मीको टोलीले एक हजार दुई सय ५९ वटा पशुपक्षीका लागि औषधि वितरण गरेको जनाएको छ । बेनी अस्पतालका डा रामु सापकोटा, सुधानु प्रधान, विद्या अधिकारी, समिर भण्डारी, रोशन आचार्य, करुणा कार्की, आयुषा मानन्धर, अशोक पन्त, अस्मिता कटुवाल, मदन सापकोटा, मनकाजी थापा, सैनिक अस्पतालका डा मिलन न्यौपाने, सेविका श्रेष्ठ, अमित तुलाचन र विक्रमजङ्ग थापाको टोलीले सेवा प्रवाह गर्नुभएको थियो ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउने र समस्या पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरेको नेपाली सेनाले जनाएको छ । शिविरमा मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिएका थिए ।

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश

काठमाडौँ, २७ जेठः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताउनुभएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा शनिबार भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपालमा भएका न्यायिक सुधारका बारेमा जानकारी दिँदै न्यायपालिकाको पाँचवर्षे रणनीतिक योजना तयारी भइरहेको जानकारी बताउनुभयो ।

संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन हुन नदिन सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको बताउँदै न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसअधि उहाँले बङ्गलादेशका प्रधानन्यायाधीश ओबाइदुल हसनसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानन्यायाधीश श्रेष्ठको सम्मानमा उहाँले रात्रिभोजको आयोजना गर्नुभएको थियो । त्यस अवसरमा बङ्गलादेशका कानुनमन्त्री अनिसुल हक तथा सर्वोच्च अदालतका न्यायाधीशहरुको सहभागिता थियो ।

प्रधानन्यायाधीश श्रेष्ठ सहभागी हुनुभएका औपचारिक कार्यक्रमहरूमा उहाँकी धर्मपत्नी रोशनी श्रेष्ठ, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल, बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी पनि हुनुहुन्थ्यो ।प्रधानन्यायाधीश श्रेष्ठ आफ्ना बङ्गलादेशी समकक्षी ओबाइदुल हसनको निमन्त्रणामा यही जेठ २४ देखि २७ गतेसम्म बङ्गलादेशको भ्रमणमा हुनुहुन्छ ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

काठमाडौँ, २७ जेठः हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा ती प्रदेशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ । विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउ अनुरोध गरेको छ ।

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ ।

प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।

सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । श्री मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गर्नुभएको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गर्नुभएको थियो ।

गणतन्त्र संस्थागतमा अर्थशास्त्री डा थापाको भूमिका महत्वपूर्णः अध्यक्ष नेपाल

काठमाडौँ, २६ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र संस्थागत गर्नमा डा गोविन्दबहादुर थापाले अहम् भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।

स्व. डा गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठान काठमाडौँले आज आयोजना डा गोविन्दबहादुर थापा स्मारिका लोकार्पण समारोहमा उहाँले भन्नुभयो, “स्वर्गीय डा थापाले विभिन्न पुस्तक, लेख, रचनामार्फत गणतन्त्रलाई सकारात्मक दिशामा लैजान सकारात्मक भूमिका निर्वाह गर्नुभएको छ, जो हाम्रा लागि अविस्मरणीय छन् ।”

अध्यक्ष नेपालले डा थापाको अर्थतन्त्रलाई विश्लेषण गर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । सबै युवालाई आवश्यक पर्ने, अर्थतन्त्र बलियो हुने खालका योजनाहरु अघि बढाउन आजको आवश्यकक्ता रहेको उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डा थापाको उमेरमा पनि पनि जोसिलो, युवा चरित्र भएको र केही गर्नुपर्छ भन्ने स्वभाव भएको व्यक्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म अर्थमन्त्री हुँदा डा थापा सल्लाहकार टिममा पनि हुनुहुन्थ्यो । मैले नै उहाँलाई एसियाली विकास बैङ्क (एडिबी) मा वैकल्पिक कार्यकारी निर्देशकका रुपमा पठाउन सिफारिस गरेको थिएँ ।”

पूर्वअर्थमन्त्री युवराज खतिवडाले डा थापा अर्थतन्त्रमा मात्र नभई राजनीति र कलासाहित्यमा पनि उत्तिकै रुचि राख्ने व्यक्ति भएको स्मरण गर्नुभयो । कार्यक्रमको समापन गर्दै स्व थापाकी श्रीमती तथा डा गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापाले अर्थशास्त्री स्व डा गोविन्दबहादुर थापा देशका लागि आवश्यक पर्ने एक प्रखर लेखक हुनुभएको बताउनुभयो ।

अर्थविद् स्व थापाद्वारा विभिन्न समयमा लिखित लेखरचनाहरुको सङ्ग्रह गरी बनाइएको पुस्तकको डा गोविन्दबहादुर थापा स्मारिकाको आज सो स्मृति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री युवराज खतिवडालगायतले सार्वजनिक गर्नुभएको थियो ।

एसियाली विकास बैङ्क (एडिबी) मुख्यालय फिलिपिन्समा पनि काम गरेका डा थापाको विसं २०७८ मा काठमाडौँको बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोभिड–१९ सङ्क्रमितको उपचारका क्रममा निधन भएको थियो ।

एमालेसँग तत्काल एकताको सम्भावना छैनः अध्यक्ष नेपाल

काठमाडौँ, २६ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियतामाथि गहिरिँदै गइरहेको सङ्कटलाई समाधान गर्न देशका समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको पुनःगठन गरेर अगाडि बढ्ने आफूहरूको रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले प्रतिक्रियावादी शक्तिलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याउनुभयो ।

उहाँले मधेस सरकारमा मुख्यमन्त्रीको नेतृत्व गर्न पार्टीलाई प्रस्ताव आएको भए पनि केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु नैतिक रूपमा उपयुक्त नहुने भएकाले त्यस्तो प्रस्ताव अस्वीकार गरेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले समाजमा विधमान सबै प्रकारका भेदभावलाई न्यूनीकरण गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभयो । एकीकृत समाजवादी सङ्घमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको उहाँको भनाइ थियो ।

महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्रगतिमा कार्यसम्पादन गरिरहेको जानकारी दिँदै अध्यक्ष नेपालले राजनीतिक अन्तरविरोध कम गरी दस्तावेजलाई थप समृद्ध बनाउन मातहतका सबै कमिटीमा छलफल भइरहेको प्रष्ट पार्नुभयो ।

संसद्लाई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी छः अध्यक्ष ओली

काठमाडौँ, २६ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी देश विकास गर्न सकिने बताउनुभएको छ ।
नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागको प्रकाशन ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ नामक पुस्तकको यहाँ लोकार्पण गर्दै उहाँले विश्वको सर्वाेच्च शिखर सगरमाथामात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रसमेत नेपाल भएको हुँदा पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “देवभूमि, ज्ञानभूमि, बुद्धजन्म भूमि र तपभूमिका रूपमा रहेको नेपालमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना छ । राम जन्मभूमिसमेत चितवनमा पर्छ, बुद्धिजमको विकास यहीँ भएको हो । हिन्दू र बुद्ध धर्मको प्रवर्द्धन पनि यहीँबाट भएको छ ।”

विश्वमै शल्यक्रिया गर्ने पहिलो अभ्यास नेपालमै भएको धार्मिक ऐतिहासिक घटनाले पुष्टि गरेको बताउँदै उहाँले ऋषि, महर्षिका ध्यान र तपस्या गर्ने स्थानका रूपमा समेत नेपाल रहेको उल्लेख गर्नुभयो । यीनै सम्भावनाहरूको विकास र प्रवर्द्धन गर्दै देशको राजनीतिलाई सन्दुर र स्वस्थ्य तुल्याउँदै जनताका समस्या हटाउने अभियानमा सरिक हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपालमा पर्यटनको अवस्था चिन्न, चुनौती बुझ्न र प्रवर्द्धन गर्न पुस्तकले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा अहिले जस्तो अवस्था छ, त्यसप्रति कसैलाई चित्त बुझेको छैन, चित्त बुझेन भनेर खुम्चिएर बस्ने वा विदेश पलायन हुने होइन । विचलित नभई सकारात्मक सोचले काम गर्नुपर्छ, देश बनाउन सकिन्छ, त्यो सम्भव छ । अर्काको देश आश्रय हुन सक्दैन । यस कार्यमा पुस्तकले पनि मार्गनिर्देश गर्ने अपेक्षा गरेको छु ।”

आफूहरू शान्तिपूर्ण र न्यायपूर्ण समाज बनाउन प्रयासरहत रहेको बताउँदै अध्यक्ष ओलीले संसद्लाई गालीगलौज गर्ने थलोका रूपमा नभई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी रहेको विचार प्रकट गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले समाजवाद भनेको गरिबी नभई समृद्धि ल्याउने र सम्पन्नता बढ्ने आर्थिक ‘रोडम्याप’ भएको बताउनुभयो । पूर्वअर्थमन्त्री पाण्डेले भन्नुुभयो, “उद्योगी र व्यवसायीसँग पैसा लिने अनि उसैलाई दुत्कार्ने कार्यले उद्योगधन्दा चौपट भएको छ, कमाई गर्ने कार्यमा जोकोही पनि हिम्मतसँग लाग्नुस् । राज्यलाई कर तिर्नुस्, पैसा कमाउनुस् । काम गरेर खाने संस्कृतिलाई सबैले सम्मान गर्नुपर्छ ।”

नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागका प्रमुख भीमप्रसाद आचार्यले पर्यटन क्षेत्रको विकास र विस्तारमा लगानी गर्ने तथा जोखिम मोलेर काम गर्नेलाई प्रोत्साहन गर्ने पार्टीको नीति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा रहेको समस्या बुझ्न प्रकाशन भएको पुस्तकबाट ठूलो ज्ञान प्राप्त गर्न सकिने छ । पार्टीकोे नीतिअनुरुप पर्यटन प्रवर्द्धनका विविध विधामा कार्यरत व्यक्तिलाई सम्मान गरिएको छ ।”

त्यस अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका क्षेत्रमा विभिन्न विधामा रही उल्लेख्य योगदान पुर्याउने दुई सय ५० भन्दा बढी व्यक्तिलाई सम्मान र प्रशंसापत्र प्रदान गरियो । पुस्तकमा नेपालको पर्यटन प्रवर्द्धनका क्षेत्रसँग जोडिएका १८ विधाका ६७ वटा लेख समावेश छन् ।

नेपालको कृषि, पर्यटन, यात्रा, सहासिक खेल, हावापानी, स्वास्थ्य, जमिनसमेत कुनै न कुनै रूपले पर्यटनसँग जोडिएकाबारे पुस्तकमा उल्लेख छ । आठ सय ३८ पृष्ठ सङ्ख्या भएको उक्त कृतिको प्रधानसम्पादकमा विभागका प्रमुख आचार्य हुनुहुन्छ ।

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट

काठमाडौँ, २६ जेठः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नुहुनेछ ।

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

काठमाडौँ, २६ जेठः सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब रु एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ ।

चालु आव २०८०/८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा रु ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्यअनुसारको वृद्धिदर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष जिडिपीको आकार एक सय खर्ब नाघ्नेछ । पाँच वर्षपछि अर्थात् आव २०८५/८६ मा जिडिपीको आकार गत आव २०७९/८० को मूल्यमा रु ८० खर्ब १९ अर्ब ७६ करोड र प्रचलित मूल्यमा रु एक सय तीन खर्ब सात अर्ब ३२ करोड पुग्ने अनुमान गरिएको छ ।

यसरी पाँच वर्षभित्र अर्थतन्त्रको आकार एक सय खर्ब नाघ्ने सरकारी लक्ष्य भेट्टाउन जिडिपीको आकारभन्दा ठूलो लगानी आवश्यक पर्नेछ । “सोह्रौँ योजना अवधिमा आधारभूत मूल्यमा औसत सात दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कुल स्थिर पुँजी लगानी आव २०८०/८१ को मूल्यमा रु ९४ खर्ब ८२ अर्ब ६६ करोड आवश्यक पर्ने अनुमान गरिएको छ”, सौह्रौँ योजनामा भनिएको छ, “समग्र लगानीलाई प्रचलित मूल्यमा परिणत गर्दा योजना अवधिमा कुल रु एक सय ११ खर्ब ८४ अर्ब २३ करोड आवश्यक पर्ने अनुमान छ ।”

चालु आवको मूल्यमा आधारित लगानीको अवस्था हेर्दा आगामी पाँच वर्षमा कृषि क्षेत्रमा रु छ खर्ब ६८ अर्ब २५ करोड र गैरकृषि क्षेत्रमा रु ८८ खर्ब १४ अर्ब ४१ करोड लगानी हुने अनुमान गरिएको छ । सोह्रौँ योजनाको प्रक्षेपित आर्थिक वृद्धि हासिल गर्न समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै सरकारी, निजी र सहकारी क्षेत्रको लगानी परिचालन गर्ने लक्ष्य सरकारले राखेको छ ।

सोह्रौँ योजना कार्यान्वयन अवधिमा हुने कुल लगानीमध्ये सार्वजनिक क्षेत्रबाट रु २८ खर्ब ६३ अर्ब ७६ करोड, निजी क्षेत्रबाट रु ६३ खर्ब ७२ अर्ब ३५ करोड र सहकारी तथा सामुदायिक क्षेत्रबाट रु दुई खर्ब ४६ अर्ब ५५ करोड लगानी हुने अनुमान गरिएको छ । यो चालु आव २०८०/८१ को मूल्यमा आधारित लगानी हो । प्रचलित मूल्यमा भने यस्तो लगानी सार्वजनिक क्षेत्रबाट रु ३३ खर्ब ७७ अर्ब ६४ करोड, निजी क्षेत्रबाट रु ७५ खर्ब १५ अर्ब ८० करोड र सहकारी क्षेत्रबाट रु दुई खर्ब ९० अर्ब ७९ करोड बराबर रहने अनुमान छ । जसअनुसार कुल लगानीमा सार्वजनिक क्षेत्रबाट हुने लगानी ३० दशमलव दुई, निजी क्षेत्रबाट हुने लगानी ६७ दशमलव दुई र सहकारी क्षेत्रबाट हुने लगानी दुई दशमलव छ प्रतिशत रहनेछ ।

आवधिक योजनाले राखेको आगामी पाँच वर्षको अनुमानित लगानीलाई सार्थक बनाउन सरकारी तथा सार्वजनिक संस्थान र निजी क्षेत्रबाट प्राप्त स्रोतहरु परिचालन गर्ने सोह्रौँ योजनामा उल्लेख छ । “परम्परागत स्रोतहरूबाट मात्र आवश्यक लगानी पूर्ति गर्न अपर्याप्त हुनेहुँदा नयाँ वैकल्पिक स्रोतहरूको समेत पहिचान गरिएको छ र सोहीबमोजिम परिचालन गरिनेछ”, सोह्रौँँ योजनामा भनिएको छ, “परम्परागत स्रोतको रूपमा सरकारी राजस्व, वैदेशिक सहायता, सार्वजनिक ऋण, निजी क्षेत्रले गर्ने शेयर पुँजी तथा कर्जा लगानी रहनेछन् भने वैकल्पिक स्रोतका रूपमा प्रत्यक्ष वैदेशिक लगानी, सार्वजनिक–निजी साझेदारी, मिश्रित लगानी, आयोजना विकास ऋणपत्र, प्राकृतिक स्रोतको भण्डारबाट आय प्रवाह, हरित वित्त परिचालन, जलवायु वित्त, कार्वन कर र विभिन्न सार्वजनिक संस्थानका कोषमा रहेको स्रोत परिचालन हुनेछन् ।”

आगामी पाँच वर्ष अवधिमा प्राथमिक क्षेत्रको मूल्य अभिवृद्धि रु १५ खर्ब १६ अर्ब ७३ करोड, द्वितीय क्षेत्रको रु १० खर्ब ८१ अर्ब ९६ करोड र तृतीय क्षेत्रको रु ४५ खर्ब तीन अर्ब नौ करोड तथा समग्र मूल्य अभिवृद्धि रु ७१ खर्ब एक अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । त्यस्तै, सोह्रौँ योजना अवधिमा मुद्रास्फीति दर पाँचदेखि छ प्रतिशतको बीचमा कायम गर्ने लक्ष्य राखिएको छ ।

यो अवधिमा उद्योग र सेवा क्षेत्रमा उच्च मूल्य अभिवृद्धिको कारण अर्थतन्त्रमा उल्लेखनीय संरचनात्मक परिवर्तन हुने अनुमान गरिएको छ । सोह्रौँ योजनाको अन्तिम वर्ष जिडिपीमा प्राथमिक क्षेत्रको योगदान २४ दशमलव छ प्रतिशतबाट २१ दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ । त्यस्तै, द्वितीय क्षेत्रको योगदान १२ दशमलव पाँच प्रतिशतबाट वृद्धि भई १५ दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ । सेवा क्षेत्रको योगदान पनि ६२ दशमलव नौ प्रतिशतबाट बढेर ६३ दशमलव चार प्रतिशत पुग्ने अनुमान छ । यसबाट प्राथमिक क्षेत्रको तुलनामा द्वितीय क्षेत्रको विस्तार अधिक हुने र कृषि क्षेत्रमा आश्रित श्रमशक्तिको ठूलो हिस्सा उद्योग र सेवा क्षेत्रमा स्थानान्तरण हुने देखिन्छ ।

सोह्रौँ आवधिक योजनाले राखेअनुसारको आर्थिक वृद्धिदर कायम भई अर्थतन्त्र विस्तार हुँदा नेपालीहरूको प्रतिव्यक्ति आयमा अहिलेको तुलनामा उल्लेखनीय वृद्धि हुनेछ । हाल विद्यमान जनसङ्या वृद्धिदर सोह्रौँ योजना अवधिमा कायम रहने अनुमानका आधारमा योजनाको अन्तिम वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रु तीन लाख ३१ हजार अर्थात् दुई हजार तीन सय १९ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यसैगरी आव २०८५/८६ मा वर्ष प्रतिव्यक्ति आय दुई हजार तीन सय ५१ डलर पुग्ने अनुमान गरिएको छ । अहिले प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार चार सय ५६ डलर बराबर छ ।

सोह्रौँ योजना अवधिमा अनावश्यक उपभोग कटौती गरी बचतलाई प्रोत्साहित गर्ने र कुल स्थिर पुँजी निर्माणमा उल्लेख्य बढोत्तरी गर्ने नीति सरकारले लिएको छ । आगामी आवधिक योजना कार्यान्वयनको अन्तिम वर्ष कुल गार्हस्थ्य उत्पादनको अनुपातमा अन्तिम उपभोग खर्च र कुल गार्हस्थ्य बचत क्रमशः ९१ दशमलव पाँच प्रतिशत र आठ दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरिएको छ । कुल राष्ट्रिय बचत भने कुल गार्हस्थ्य उत्पादनको ३९ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । यसैगरी, कुल स्थिर पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादनको २८ दशमलव छ प्रतिशत कायम हुने अनुमान गरिएको छ । कुल स्थिर पूँजी निर्माणमा सरकारी क्षेत्रको ३० दशमव दुई प्रतिशत र निजी तथा सहकारी क्षेत्रसमेतको हिस्सा ६९ दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।

आगामी पाँच वर्ष अवधिमा रु १२० खर्ब ६३ अर्ब ३२ करोड सरकारी खर्च हुने अनुमान गरिएको छ । यस अनुमानित खर्चमध्ये रु ४५ खर्ब ७१ अर्थ ७९ करोड चालु खर्च, रु २७ खर्ब ७१ अर्ब चार करोड पुँजीगत खर्च, रु २२ खर्ब ५७ अर्ब ७५ करोड वित्तीय व्यवस्था र रु २४ खर्ब ६२ अर्ब ७४ करोड वित्त हस्तान्तरण अर्थात् प्रदेश र स्थानीय तहलाई दिइने अनुदानमा खर्च हुने अनुमान गरिएको छ । यो पाँच वर्ष अवधिको सरकारी खर्च व्यहोर्ने प्रमुख स्रोतको रूपमा सङ्घीय राजस्वले रु ८४ खर्ब ६५ अर्ब १५ करोड योगदान गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, तीन तहमा बाँडफाँट हुने राजस्वसमेत कुल रु ९५ खर्ब ३० अर्ब ६० करोड परिचालन हुने अनुमान गरिएको छ । योजना अवधिमा रु १७ खर्ब ५२ अर्ब ३० करोड वैदेशिक सहायता प्राप्त हुने अनुमान गरिएको छ । योजना अवधिको राजस्व तथा वैदेशिक सहायता परिचालन गर्दा न्यून हुने अनुमानित रकम रु १८ खर्ब ४२ अर्ब दुई करोड आन्तरिक ऋणबाट व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ ।

कहाँ पुग्यो अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम ?

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।

आयोजनाबाट नौ सय मेगावाट विद्युत् उत्पादन हुनेछ । जसबापत नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ ।

बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ । विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ ।

आयोजनाको ११ दशमलव आठ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी एक वर्षभित्रमा विद्युत् उत्पादन हुने जानकारी दिए ।

“काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ”, उनले भने ।

सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गाप्राप्तिमा पनि सरकारबाट सोहीअनुरुप सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।

उनले भने, “आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।”

शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । “उच्चस्तरीय समिति गठन गरी लगानी बोर्ड र सम्बन्धित मन्त्रालयका सचिवसम्मिलित समूहसँग मासिक रूपमा बैठक बस्ने र आजोजनाको समीक्षा गरी समयमै निर्माण सम्पन्न गर्ने विषयमा म सरकारसमक्ष आग्रह गर्दछु”, उनले भने ।

आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) तीन दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७ दशमलव तीन मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९ दशमलव ७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६ दशमलव ५० प्रतिशत भइसकेको छ ।

यस्तै मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै एक सय ५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका–३ पुकुवामा रहने विद्युत्गृहमा चारवटा टर्वाइनमध्ये दुईवटा टर्वाइनको जडान सकिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि पाँच सय ९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् तीन सय पाँचवटा टावर निर्माण भइसकेको छ । साथै दुई सय १७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ ।

आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्त रूपमा गरेका थिए। विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो ।

सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले आयोजना सञ्चालनमा आएपछि मुलुकको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताए ।

“आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त आयोजनामा बाँध र विद्युतगृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ”, प्रधानमन्त्री दाहालले भने ।

त्यसअवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई यस आयोजनाले सहयोग पुर्याउने बताएका थिए ।

साथै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारका लागि भएको सम्झौता कार्यान्वयन गर्न यो आयोजना महत्त्वपूर्ण भएको बताए ।

चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै

रूपातोला, (बझाङ), २६ जेठः नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको दुई सय १० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ ।

विद्युत् प्राधिकरण चैनपुर सेती जलविद्युत् आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले तीनवटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको छ । एउटा अडिट सुरुङ एक सय ३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ । साथै एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको छ ।

चार वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

छवटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले तीनवटाको निर्माण भइरहेको जनाएको छ । अहिले अडिट नं तीन, अडिट नं छ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको इन्जिनियर रोशन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चार सय ५० मिटर लम्बाइको अडिट नं ३ मा सबैभन्दा बढी एक सय ३० मिटर सुरुङ खनिएको छ । “बीचमा कुनै अवरोध नआए पाँच वर्षमा छवटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर थप एक वर्षमा बाँधलगायतका काम गर्दै बिजुलीको बाल्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

चट्टान भएको ठाउँमा धेरै समय लाग्ने गरेको इन्जिनियर लोकेन्द्र कार्कीले बताउनुभयो । उहाँले सुरुङ निर्माण गर्न चट्टान भएको ठाउँमा एक दिनमा एक मिटरसम्म खन्ने गरेको बताउनुभयो । उहाँले ब्लाटिङ गर्नुपर्ने ठाउँमा दिनमा एक मिटर हुन्छ भने माटो बढी भएको ठाउँमा दिनमा पाँच मिटरसम्म पनि काटिने गरेको बताउनुभयो ।

फुटबल खेलाडी प्रीति राई नगदसहित सम्मानित

धरान (सुनसरी), जेठ २६- धरान उपमहानगरपालिका–१७ साकेला उद्यान (पार्क)मा आज सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ ।

किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाका अवसरमा रु एक लाख पाँच हजार ८४ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो । यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, पूर्वप्रमुख तिलक राईले दोसल्ला ओढाएर नगदसहित राईलाई सम्मान गर्नुभएको थियो ।

खेलाडी प्रितीले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी खेलाडी हुन् । विसं २०६१ मा जन्मिएका प्रिती राष्ट्रिय महिला फुटबल टिमकी उदयीमान र कान्छी खेलाडी भनेर पनि चिनिन्छ । उहाँ नेपाल यु–१५ र यु–१६ टोलीको कप्तानसमेत रहेकी प्रिती दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् ।

उभौली साकेलाको अवसरमा राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई समेत यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँ: सभापति देउवा

काठमाडौँ २६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताउनुभएको छ ।

पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा उहाँले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताउनुभएको हो । सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्यरूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको गुनासो गर्दै नीति पुनरावलोकनका लागि पहल गर्न सभापतिसमक्ष आग्रह गर्नुभयो । उहाँले म्यानपावर कम्पनीले बैँक तथा वित्तीय संस्थामा राखेको धरौटी रकम धेरै भएकाले त्यसमा समेत पुनःविचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भेटमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, पार्टीको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव एवं राष्ट्रियसभा सांसद कृष्णप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

यसअघि बिहीबार वैदेशिक रोजगार व्यवसायी सङ्घ र विभिन्न पार्टीनिकट व्यवसायी सङ्घसंस्थाले श्रम तथा रोजगारमन्त्री डिपी अर्याललाई भेटेर वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा देखिएका समस्या र समाधानबारे अवगत गराएका थिए ।

चार बन्धकलाई जीवितै उद्धार गरेको इजरायलद्वारा जानकारी

इजरायलले शनिबार आफ्नो सेनाले चार जना बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ ।संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिनका बावजुद सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेका बेला बन्धकलाई जीवतै रिहा गरिएको शनिबार इजरायली सेनाले जनाएको हो ।

गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ ।

उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् । नुसिरातको मुटुमा रहेका दुई छुट्टाछुट्टै स्थानबाट ’जटिल दिनको अपरेसन’मा रहेको सेनाले जनाएको छ ।
सेनाले दुर्लभ बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा र संरचना’लाई निशाना बनाइरहेको बताएको थियो ।गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।हमासले ‘मृतकका शव र घाइतेजनलाई सुरक्षित कोठामा राखिएको’ बताएको छ र ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ आरोप लगाएको छ ।
गाजाको एक अस्पतालमा बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा ३७ जनाको मृत्यु भएपछि इजरायलमाथि बढ्दो दबाबका बावजुद नुसिरातमा आक्रमण भएको हो ।

इजरायली सेनाले उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतङ्ककारी’ मारिएको बताएको छ ।प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले इजरायलले छ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा युएनआरडब्लुएले ‘पूर्व चेतावनी बिना’ “विद्यालयमा बनाइएको आश्रयस्थल’ लाई आक्रमण गरिएको बताएको छ ।इजरायलले गाजामा हमास र उसका सहयोगीहरूले संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधासहित नागरिक पूर्वाधारलाई परिचालन केन्द्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।

बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने अध्यक्ष ओलीको सुझाव

काठमाडौँ, २६ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्च्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताउनुभयो ।

मुलुकमा उद्यमशीलतालाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयात सहज हुनुपर्ने र करका दर कम हुनुपर्नेमा ध्यान जान सकेन, यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छु । बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि अरु के–के विषय सच्च्याउनुपर्दछ भन्ने सन्दर्भमा पनि कुरा भइरहेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले अब हामी आफैँले पुँजी र प्रविधि विकासका गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पँुजी र प्रविधिले पुगेन भने बाहिरबाट ल्याउनुपर्दछ तर मुख्यतः हामी आफैँले उत्पादन तथा पुँजीको सिर्जना र विकासमा ध्यान दिन आवश्यक छ ।”

उहाँले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याए पनि फाइदा लिन नसकिएको भन्दै अब रोजगारीका अवसर सिर्जना हुनेगरी लगानीको उपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो । देशलाई औद्योगिकीकरण र रोजगारीको अवसर सिर्जना गर्ने खालका लगानी भित्र्याउनुपर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष ओलीले उद्योगमा प्रविधिको प्रयोगले औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने भन्दै कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्न नसके देशको अवस्था नबदलिने बताउनुभयो ।
पार्टीका पोलिटब्यूरो सदस्य सुजिता शाक्यले मुलुकमा उद्योग स्थापना गरेर रोजगारीका

‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’ : पूर्वमन्त्री किराती

काठमाडौँ, २६ जेठ : प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।किरात राई यायोक्खा काठमाडौँद्वारा आज टुँडिखेलमा आयोजित उभौली साकेला सिली नाच प्रदर्शनमा किरातीले सरकार र राजनीतिक नेतृत्वले राष्ट्रियताको सुदृढीकरणका लागि सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो । “उभौलीमा किरातीहरूले नयाँ कृषि कर्मको थालनी गर्छन् ।

आजको युगमा हामीले नयाँ सोच र सिर्जनाको पनि थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको संविधानमा लेखिएका मौलिक हकहरू व्यवहारमा लागू भएको देख्न पाउने दिनमा मात्र नागरिकहरू खुसी हुनेछन्, नागरिक खुसी भए देश बचाउनका निम्ति राष्ट्रभाव बलियो हुन्छ ।” सांसद किरातीले संविधानअनुसार आवश्यक ऐन, कानुन र नियमावली बनाएर तत्काल कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो ।

किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले उभौलीको शुभकामना व्यक्त गर्दै सांस्कृतिक पहिचानको अभियानलाई सशक्त बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता उल्लेख गरिएको छ तर अहिले राजनीतिकर्मीहरूले नै यसलाई साम्प्रदायिक र जातीय कुरा हो, यसले विध्वंश निम्त्याउने छजस्ता भाष्य निर्माण गरिरहेका छन्, यो राम्रो होइन ।”

प्रकृति पुजारी किरात समुदायको चाड उभौैली देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस चाडमा किरातीहरूले एकापसमा भेला भई सङ्गठितरूपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन् । किरातहरूको धार्मिक पुस्तक ‘मुन्धुम’अनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ । खेती किसानी गर्नका लागि मनाइने चाड उभौली हो ।

सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको छु : मुख्यमन्त्री सोडारी

कैलाली, २६ जेठः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको बताउनुभएको छ ।सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा उहाँले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “नीति तथा योजना आयोगको अध्यक्षका हैसियतमा पनि प्रदेशको विकासका लागि यहाँ व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा ग्रहण गरिने छ । आगामी दिनमा परिषद् बैठक नियमित गर्न र आयोगलाई थप प्रभावकारी बनाउन मेरो सधैँ सहयोग रहने छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको दीर्घकालीन विकासका लागि विज्ञहरू सम्मिलित छलफलहरू निकै उपयोगी हुने धारणा राख्नुभयो । उहाँले प्रदेशको विकासका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताउनुभयो । “प्रदेशको विकासका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, कांग्रेस विकासका मुद्दामा सधैँ सरकारलाई सहयोग गर्न तयार छ । बेलाबेला हुने यस्ता छलफल तथा संवादहरूले प्रदेशमा विकासको खाका र भविष्यको बाटो तय गर्न सघाउ पु¥याउँछ, सरकारले निष्कर्षहरूलाई ग्रहण गर्न सक्नुपर्छ”, उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले वित्तीय हस्तान्तरण नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले विकास आयोजना जनताको घरदैलोमा पुग्नेगरी बजेट विनियोजन हुनुपर्नेमा समेत जोड दिनुभयो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले बजेट अभावमा कृषि मन्त्रालयले सोचेजस्ता काम गर्न नसकेको बताउनुभयो । “एकातिर बजेटको अभाव छ, अर्कातिर कर्मचारी छैनन्, कसरी काम गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, प्रदेशका मुख्यसचिव, प्रदेश सचिवहरू, अधिकारकर्मी, विभिन्न विषयका विज्ञहरू, सञ्चारकर्मीलगायतले विभिन्न विषयहरूमा आ–आफ्नो धारणा र सुझाव व्यक्त गरेका थिए ।प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो ।

विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी भइरहेको छ – प्रमुख कोइराला

विराटनगर – विराटनगर महानगरपालिकाको आयोजनामा १०औँ बाल भेला शुक्रबारदेखि सुरु भएको छ । भेलामा विराटनगर महानगरपालिकाका १९ वटै वडाका प्रतिनिधिमूलक बालबालिकाहरुको सहभागिता रहेको छ ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बालबालिकाको हकहित र संरक्षणमा महानगरपालिका सधैँ तयार रहेको प्रस्ट पार्नुभयो । बाल क्बलले गर्ने राम्रो कार्यका लागि बजेटको अभाव हुन नदिने प्रमुख कोइरालाले प्रतिबद्धतासमेत जनाउनुभयो ।

“तपाईंहरू राम्रो काम गर्नुहोस् । महानगरले बजेटको अभाव हुन दिँदैन”, प्रमुख कोइरालाले भत्रुभयो, “रातो किताबमै उल्लेख नभए पनि बजेटको अभाव हुन दिँदैनौं महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको छ ।”

कार्यक्रममा वडा नं १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बालक्लबले देखिने गरी कुनै कार्य गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । वडाले बजेट छुट्याउँदा पनि वडास्तरको बाल क्लबले कुनै कार्यक्रम नगरेको उहाँको भनाइ थियो । “विगत एक वर्षदेखि बाल क्लब एकदमै निष्क्रिय छ”, संयोजक बस्नेतले भत्रुभयो, “केही समस्या छन् भने भत्रुप¥यो नत्र भने क्लबलाई सक्रिय बनाउनु पर्‍याे ।”

महानगरअन्तर्गतको महिला बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले महानगरलाई बालमैत्री नगर बनाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिनुभयो । बालमैत्री नगर घोषणा गर्न आवश्यक पर्ने ५१ सूचकमध्ये केही सूचक पूरा गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ थियो ।

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

काठमाडौँ, २६ जेठ : युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ ।

अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश र स्थानीय तहको खेल पूर्वाधार निर्माणसम्बन्धी सशर्त अनुदान प्रस्ताव गरी अर्थ मन्त्रालय पठाइएकामा बजेट वक्तव्यपछि प्राप्त सूचनामा त्यस शीर्षकमा अनुदान रकम शून्य रहेको भनी लेखीआएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि खेलकुद पूर्वाधार निर्माण गर्न स्थानीय तहलाई रु ६१ करोड र प्रदेशलाई रु ५० करोड बजेट माग गर्ने निर्णय गरेको थियो । प्रवक्ता रेग्मीले भन्नुभयो, “प्रदेशगतरुपमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले अहिले नै क्रमिकरुपमा खेल पूर्वाधारमा लगानी नगर्ने हो भने पछि एकै पटक गर्न खोज्दा हतारो हुन्छ । गुणस्तर गुम्न सक्छ ।”

नेपाल सरकारको प्रदेश–स्थानीय तह समन्वय परिषदको सुझाव साना योजना प्रदेश र स्थानीय तहले आफै छनोट गरुन भनी खेलपूर्वाधार निर्माण गर्न विगतको जस्तै यस पटक पनि मन्त्रालयले बजेटका लागि योजनासहित प्रस्ताव गरेको थियो । ‘एक पालिका, एक खेलकुद’को अवधारणाअनुसार विगत तीन आवदेखि उक्त कार्यक्रमका लागि बजेट विनियोजन हुँदैआएको थियो । थोरै बजेट आउने गरेकाले त्यो कार्यक्रम सबै पालिकामा पुग्न सकेको थिएन । उक्त बजेटबाट सात सय ५३ स्थानीय तहमध्ये विगतमा नसमेटिएका चार सय पालिकालाई सहयोग गर्ने मन्त्रालयको योजना थियो ।

मन्त्रालय र परिषद्बीचको द्वन्द्वले मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीमा योजना समावेश गर्न ढिलाइ हुँदा त्यो कार्यक्रम प्रभावित भएको हो । मन्त्रालयले यस पटक स्थानीय तहलाई आफै योजना तोक्न दिने र त्यसका लागि कम्तीमा रु १२ लाख ५० हजारभन्दा बढी उपलब्ध गराउने निर्णय गरेको थियो ।

मन्त्रालयका योजना शाखा प्रमुख डा गणेशमान गुरुङ भन्नुहुन्छ, “यस पटक त्यो रकम प्राप्त भए खेलकुद पूर्वाधारका लागि सशर्त अनुदान नपाउने कुनै स्थानीय तह हुन्थेनन् ।”

कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौँ, २६ जेठ : कोशी, वाग्मती र गण्डकी प्रदेशमा आज वर्षा हुने सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेकाले ती प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा आज बिहानसम्म हल्का वर्षा भएको छ । अहिले कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको केही स्थानमा आज राति पनि मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारतमा प्रधानमन्त्री मोदीलाई सरकार गठन गर्न आह्वान

प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्याशितरूपमा शुक्रबार औपचारिकरूपमा आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्नुभएको छ । उहाँले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष आफ्नो बहुमत देखाउँदै हस्ताक्षरित समर्थन पत्र प्रस्तुत गर्नुभयो । राष्ट्रपतिले उहाँलाई आगामी सरकार गठन गर्न आमन्त्रण गर्नुभयो । मोदीको भारतीय जनता पार्टी (भाजपा) ले विगत एक दशकसम्म पूर्णरूपमा शासन गर्यो तर यसपटकको निर्वाचनमा आफ्नो पछिल्लो शानदार जीतलाई दोहोर्याउन असफल भयो ।

यसको सट्टा भाजपालाई १५–सदस्यीय राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सँग द्रुत वार्ता गर्न बाध्य बनायो । गठबन्धनले पार्टीलाई शासन गर्नका लागि संसदीय सङ्ख्याको ग्यारेन्टी दिएको छ । “एनडिए सरकारलाई सेवा गर्ने तेस्रो अवसर दिएकामा म जनतालाई धन्यवाद दिन्छु”, मोदीले शुक्रबार साँझ भन्नुभयो, “यो जनताको इच्छा र अवसर हो र म यो अवसरका लागि हृदयदेखि नै धन्यवाद दिन्छु ।”

मोदीले यसअघि भारतको संसद्भित्र आफ्नो गठबन्धनका करिब तीन सय सांसदहरूको बैठकमा सम्बोधन गर्नुभयो र सर्वसम्मतिबाट उहाँको नेतृत्वलाई समर्थन गरेकामा सांसदहरूलाई धन्यवाद दिनुभयो ।

यसै साता गठबन्धनका प्रत्येक पार्टी नेताहरूबाट आफ्नो समर्थनको ग्यारेन्टी प्राप्त गरेपछि उक्त बैठक औपचारिकताका लागि मात्र थियो । यो मोदी र सरकारमा उहाँका नयाँ सहयोगीहरूबीच सौहार्द प्रदर्शन गर्ने अवसर पनि थियो । “मोदीसँग एउटा दृष्टिकोण र उत्साह छ र उहाँको कार्यान्वयन उत्तम छ । उहाँले आफ्ना सबै नीतिहरूलाई सही भावनाका साथ कार्यान्वयन गरिरहनुभएको छ”, प्रधानमन्त्री मोदीको सबैभन्दा ठूलो गठबन्धन दलका नेता चन्द्रबाबु नायडूले भन्नुभयो, “आज भारतसँग सही समयका लागि सही नेता हुनुहुन्छ– अर्थात नरेन्द्र मोदी ।”

पार्टीका अन्य नेताहरूले मोदीलाई बैजनी फूलहरूको माला पहिर्याएका थिए भने गठबन्धनका अर्का समर्थक नितिश कुमार सम्मानको परम्परागत भावमा ७३ वर्षीय प्रधानमन्त्री मोदीको खुट्टा छुन झुक्नुभएको थियो ।  एनडिए गठबन्धनसँग संसद्को तल्लो सदन लोकसभामा कूल पाँच सय ४३ मध्ये दुई सय ९३ सिट रहेको छ । मोदीले आफू र आफ्नो मन्त्रालयले आइतबार साँझ सपथ लिने बताउनुभएको छ । 

बाइडेनद्वारा युक्रेनका लागि साढे २२ करोड डलरको नयाँ सहायता घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायता घोषणा गर्नुभएको छ । पेरिसमा वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा उहाँले युक्रेनका लागि आफ्नो समर्थन दिने वाचा गर्दै उक्त घोषणा गर्नुभएको हो ।

बिहीबार उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि बाइडेनले जेलेन्स्कीसँग भन्नुभयो, “अमेरिका तपाईँसँग उभिएको छ ।” उहाँले कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति पनि खेद व्यक्त गर्नुभयो । “तपाईं झुक्नुभएको छैन, तपाईंले लडाइँ जारी राख्नुभयो जुन उल्लेखनीय छ”, उहाँले जेलेन्स्कीसँग भन्नुभयो ।

नयाँ प्याकेजमा हवाई रक्षा इन्टरसेप्टर, तोपखाना गोलाबारुद र अन्य ‘महत्त्वपूर्ण क्षमताहरू’ समावेश रहेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ । “युक्रेनका लागि अमेरिकी समर्थन अटुट छ भनेर राष्ट्रपतिले जोड दिनुभएको छ”, विज्ञप्तिमा उल्लेख छ । दुवै नेता इटालीमा आगामी जि७ शिखर सम्मेलनमा पुनः भेट्न सहमत हुनभएको विज्ञप्तिमा जनाइएको छ ।

अर्को भिन्नै विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ । यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउन्ड रहेका छन् ।

जेलेन्स्कीले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि वार्ता गर्ने तयारी गर्नुभएको थियो । म्याक्रोनले बिहीबार युक्रेनलाई मिराज २००० लडाकू विमानहरू हस्तान्तरण गर्ने र नयाँ सैन्य सहयोगको हिस्सास्वरूप युक्रेनी पाइलटहरूलाई तालिम दिने बताउनुभएको थियो । 

मे महिनामा अमेरिकामा दुई लाख ७२ हजार रोजगारी थपियो

अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ । निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ ।

गत महिनाको बलियो रोजगारी वृद्धिले अमेरिकाको उपभोक्ता–सञ्चालित अर्थतन्त्रको स्थायित्वलाई झल्काउँछ । मुलुकका परिवारहरूले आफ्नो स्थिर खर्च जारी राख्दा धेरै रोजगारीदाताहरूले आफ्ना ग्राहकहरूको माग पूरा गर्नका लागि नियुक्तिहरू जारी राख्नुपरेको छ ।

श्रम विभागले शुक्रबार बेरोजगारी दर अझै पनि चार प्रतिशतभन्दा कम तीन दशमलव नौ प्रतिशतमा पुगेको बताएको छ । यसबाट बेरोजगारीको २७ महिनाको सिलसिला चार प्रतिशतभन्दा कम भएको छ । यो सन् १०६० को दशकपद्धि यस्तो प्रकारको सबैभन्दा लामो दौडसँग मेल खान्छ । राष्ट्रपति जो बाइडेनले शुक्रबारको रोजगारीको रिपोर्टलाई आफ्नो प्रशासनअन्तर्गत अर्थतन्त्रको बलियो स्वास्थ्यको सङ्केतका रूपमा औँल्याउन सक्ने सम्भावना छ ।

रिपब्लिकनबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले मुद्रास्फीतिमा भएको वृद्धिमा बाइडेनको आर्थिक नीतिहरूको आलोचनालाई केन्द्रीत गर्नुभएको छ । सर्वेक्षणले अर्थतन्त्रका बारेमा मतदाताहरूको आकलनमा अहिले पनि भारी असर परेको देखाउँछ ।

मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिमण्डल गठन, को को बने मन्त्री ?

धनुषा-मधेस प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ मन्त्रिमण्डल गठन गर्नुभएको हो । कूल १४ सदस्यीय मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । साथै अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधनप्रसाद सिंह नियुक्त हुनुभएको छ ।

साथै ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रीमा बेची लुङ्गेली, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा बिमला अन्सारी र श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी नियुक्त हुनुभएको छ । साथै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदादेवी थापा र विना विभागीय राज्यमन्त्रीमा रञ्जुकुमारी मण्डल खङ्ग नियुक्त हुनुभएको छ ।

प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड

शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई रु पाँच करोड र समानुपातिक सदस्यलाई रु एक करोड ५० लाख बजेट चलाउन दिने निर्णय गरेको अर्थमन्त्री भरत साहले जानकारी दिनुभयो । बैठकले मधेस सरकारको गृह मन्त्रालय मातहत रहेको सहिद प्रतिष्ठानमार्फत सहिद परिवारका लागि राहत र वृत्तिविकास तथा सङ्घीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्रनारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रम ल्याउने घोषणा पनि गरेको छ ।

साथै बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास ‘मोडल’ लागू गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने र मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाका रुपमा एक÷एकवटा खुला शैक्षिक पार्क तयार गर्ने निर्णय पनि गरिएको छ ।

त्यस्तै, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैङ्कका रुपमा परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने, दिगो मधेस विकासको योजना तयार गरी स्वदेशी एवं वैदेशिक लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलनको आयोजना गर्ने आजको वैठकले निर्णय गरेको छ । 

मधेसमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारितालाई प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने एवं मधेसमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारको दुर्घटना बीमा गर्ने र मधेस प्रदेशमा खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाका रुापमा रङ्गशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

भन्सार छली ल्याइएका सामानसहित काठमाडौंबाट भारतीय पक्राउ

काठमाडौँ-प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झोला, रु चार लाख २५ हजारको लत्ताकपडा र रु दुई लाख नगद बरामद गरेको छ ।

राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित

न्यूयोर्क, २६ जेठ : महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित हुनुभएको छ । उहाँ उक्त पदमा पुनः निर्वाचित हुनुभएको हो ।

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नुहुनेछ ।

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

महेन्द्रनगर (कञ्चनपुर), -सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियान सञ्चालन भइरहेकाले सरोकार भएका निकायले पनि विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । टीकापुरस्थित क्याम्पस परिसरमा तीन सय ८० बिघा जग्गा रहे पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको उहाँको भनाइ छ ।

तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ । विश्वविद्यालयले वास्तविक पीडितको पहिचान गरी व्यवस्थापनमा ध्यान दिएर विश्वविद्यालयको जमिन खाली गराउन सम्बन्धित निकायले अग्रसरता लिनुपर्नेमा जोड दिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्षसमेत आग्रह गरिएको बताउनुभयो । “केन्द्रस्तरको पहलबाट मात्रै अतिक्रमित जमिन खाली गराउन सकिने भएकाले केन्द्रीयतहबाटै पहल हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा आएका छन् ।”

विसं २०६३ देखि क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताउनुभयो । उहाँले पछिल्लो समय गृह मन्त्रालयबाट सार्वजनिक जग्गासम्बधी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपुर्जासहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेस गरेको उहाँले जानकारी दिनुभयो ।

“गृहको सूचनापछि हामीले पनि प्रशासनमा कागजात पेस गरे पनि सुनुवाइ भएको छैन । गृहको सूचनाका आधारमा महेन्द्रनगरलगायत सहरमा अतिक्रमण भएका जमिन खाली भइरहेको छन्”, क्याम्पस प्रमुख रावलले भन्नुभयो । उहाँका अनुसार क्याम्पस परिसरको जग्गामा करिब १५ सय परिवारले टहरा बनाएर बसेका छन् ।

“हामीले कृषि एजी कार्यक्रम सञ्चालन गरेका छाँै, यसमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक परिक्षण गर्न ठाउँ अभाव भइरहेको छ”, क्याम्पस प्रमुख रावलले भन्नुभयो, “विद्यार्थीको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा समस्या छ ।” उहाँले पछिल्लो समय जग्गा अतिक्रमणको विषय महालेखा परीक्षकको प्रतिवेदनमासमेत उल्लेख भएको बताउनुभयो ।

यसअघि अतिक्रमण हटाउनका लागि स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन् ।

पाटाको अन्तर्राष्ट्रिय उपाध्यक्ष पदमा सुमन पाण्डे निर्वाचित

काठमाडौँ,-वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष पाण्डे गत मार्चमा सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेजÞले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा पाण्डे निर्विरोध हुनुभएको हो । पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भएपश्चात आज जुन ७ मा भएको पाटाको साधारणसभाबाट अनुमोदन भएको हो ।

सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिमा पाटाको अध्यक्षमा इण्डोनेशियाका पिटर सिमोन, उपाध्यक्ष नेपालका सुमन पाण्डे, सचिव तथा कोषाध्यक्षमा थाइल्यान्डका एसियन ट्रैलस निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा थाइल्यान्ड बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिङ्गापुरका मयूर पटेल निर्वाचित हुनुभएको छ । सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटामा यो तहको जिम्मेवारीमा पहिलोपटक प्रतिनिधित्व भएको जनाइएको छ । पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा रहनुभएको थियो ।

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भइ १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटकीय आदानप्रदान वा व्यापार विस्तारको क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरूका साथ सहयोग तथा सहकार्यमा संलग्न रही आएको छ ।

सन् १९७५ देखि सदस्य रही आएको नेपालको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तरवृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आएको छ । साथै सन् १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्पपछिको सङ्कट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रम तथा विभिन्न समयमा साहसिक पर्यटन मेला, हिमालयन ट्राभल मार्टको आयोजनामा सक्रिय सहयोग गर्दै आएको छ ।

नेपालको तर्फबाट पाटामा अहिलेसम्मकै माथिल्लो पदमा पुग्न पाउनु गौरबको विषय भएको भन्दै उपाध्यक्ष पाण्डेले पाटामार्फत नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धनमा सक्रिय हुने राससलाई जानकारी दिनुभयो । उहाँले दिगो पर्यटन विकासका लागि दक्ष र गुणस्तरीय जनशक्ति उत्पादनका साथै पर्यटकीय सेवाको गुणस्तर अभिवृद्धिमा संस्थाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्रमा ३५ वर्षभन्दा बढी समयदेखि सक्रिय पाण्डे पदयात्रा, ट्राभल, एयरलाइन्स, होटललगायत विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) को पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य, वायुसेवा सञ्चालक सङ्घको पूर्वमहासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य साथै पाटा नेपाल च्याप्टरका अध्यक्ष भइसक्नुभएको छ ।

सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको मुख्य संयोजनकर्ता पाण्डेको अगुवाइमा सन् २००८ मा नेपालमा स्काई डाइभिङ र नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधिको सुरुवात पनि भएको थियो । उहाँकै नेतृत्वमा सन् २०१७ मा अन्तर्राष्ट्रिय पर्यटन मेलाको रुपमा प्रथम हिमालयन ट्राभल मार्टको सुरुवात भएको थियो ।

योजना छनोट व्यवस्थित गर्ने कोशी प्रदेश सरकारको निर्णय

मोरङ,- कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका योजना छनोट प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश ७५ को दफा ७ को उपदफा ६ बमोजिम प्रदेश विकास परिषद्को बैठक यही जेठ २९ गते बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।

सङ्घीय सरकारबाट हस्तान्तरण भएका र प्रदेशका अधुरा, क्रमागत योजनाहरु, बहुवर्षीय आयोजनाहरु, चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न नभएका र बजेट अपुग भएका योजनाहरु पूरा गर्न सङ्घीय सरकारसँग थप बजेट माग गर्ने निर्णय गरेको छ । यी योजनाहरु सम्पन्न गर्न रु दुई अर्ब तीन करोड ५० लाख ८७ हजार ससर्त अनुदान माग गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाइको छ ।

नेपाल-कोरियाबीचको सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम

काठमाडौँ,-नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले नेपाल-कोरियाबीचको सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा यहाँ विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा आज ‘के-संस्कृति दिवस’, ‘नेपालमा कोरिया विषयमा हाजिरी जवाफ प्रतियोगिता’, ‘कोरियन वक्तृत्वकला’ र ‘के-संस्कृति अनुभव कार्यक्रम’को आयोजना गरिएको थियो ।

कोरियाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिताका विजेताले आगामी सेप्टेम्बरमा कोरियामा हुने फाइनलमा नेपालको प्रतिनिधिका रूपमा भाग लिने अवसर प्रदान गरिने दूतावासले जनाएको छ ।

त्यस्तै, ‘कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको सम्झनामा द्विपक्षीय सम्बन्धको विकासमा युवाको भूमिका’ भन्ने विषयमा कोरियाली भाषामा वक्तृत्वकला आयोजना गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेलाई दूतावासले प्रमाणपत्र र पुरस्कार प्रदान गरेको थियो ।

सो अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क तेयोङले यस वर्ष सन् २०२४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी दिँदै यस किसिमको कार्यक्रमले गणतन्त्र कोरिया र नेपालबीचको सांस्कृतिक आदानप्रदानलाई थप अभिवृद्धि गर्ने बताउनुभयो । नेपाल र गणतन्त्र कोरियाबीच मित्रता र सांस्कृतिक आदानप्रदानको प्रवद्र्धनका लागि आगामी दिनमा पनि दूतावासले प्रयास जारी राख्ने उहाँको भनाइ थियो ।

जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्छौः मुख्यमन्त्री सिंह

जनकपुरधाम,- मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शतिशकुमार सिंहले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्ने बताउनुभएको छ । मुख्यमन्त्री पदको शपथग्रहण तथा पदभारपपछि जानकी माताको दर्शन गर्नुभएका उहाँले मन्दिर परिसरमा रासससँग सङ्क्षिप्त कुराकानी गदै भन्नुभयो, “माता जानकी मन्दिरको अवस्थाबारेमा मलाई केही जानकारी छ । त्यस सम्बन्धमा मन्दिर व्यवस्थापन पक्षसँग विकासका योजनाहरु माग गरेको छु ।”

मन्दिर व्यवस्थापन पक्षले जानकी मन्दिरको दिगो विकासका लागि अल्पकालीन तथा दीर्घकालीन स्पष्ट योजना ल्याएमा सो योजना पूरा गर्ने आश्वासनसमेत दिनुभयो । जानकी मन्दिरको विकास भएमा त्यहाँ धार्मिक पर्यटक बढ्नाका साथै मधेस प्रदेशको आर्थिक विकसमा सहयोग पुग्ने उल्लेख गर्दै मधेस प्रदेशको सप्तरीमा रहेको छिन्नमस्ता भगवती तथा बारामा रहेको गढीमाई मन्दिरको समेत विकास गरी पर्यटक तान्ने वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

यसअघि उहाँले आज मन्दिर व्यवस्थापन पक्षसँग छलफलका साथै मन्दिरको अवस्थाबारे जानकारी समेत  लिनुभएको थियो । सोही अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरको महत्व तथा गरिमालाई अगाडि बढाउनका लागि भारतमा भएको रामायण सर्किटको विकास गरेजस्तै सीता सर्किटको समेत विकास गर्नुपर्ने  मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । हाल जानकी मन्दिरमा दैनिक एक हजारभन्दा बढी बाहिरी जिल्लाबाट दर्शन तथा अवलोकनका लागि आउने गरेका छन् ।

मनसुनअघि नै चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम सम्पन्न गर्न सुझाव

काठमाडौँ, २५ जेठः प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिनुभएको छ ।आज बसेको समितिको बैठकमा उहाँहरुले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिनुभएको हो ।

समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरु अलपत्र अवस्थामा रहेको भन्दै तोकिएको समयमा नै काम सक्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयलाई निर्देशन दिने तयारी भएको जानकारी गराउनुभएको छ । “बुटवल– नारायणगढ तथा तनहुँ– पोखरा सडकखण्ड निर्माण सम्पन्न हुन नसक्दा यात्रुहरुलाई आवतजावतमा असज भएको छ, यीलगायत अन्य पूर्वाधार निर्माण समय नै सक्नका लागि समितिले मन्त्रालयलाई राय तथा निर्देशन दिने छौ,” उहाँले भन्नुभयो ।

समिति सदस्य माधव सापकोटाले यस वर्ष समय अगावै मनसुन सुरु हुन लागेको भन्दै निर्माणाधिन अवस्थामा रहेका पूर्वाधार विकासको काम सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो । “पूर्वाधारका आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्दा लथालिङ्ग भएको देखिन्छ,” उहाँले भन्नुभयो, “असार लागेपछि मात्रै धामाधम विकास आयोजनाको काम अगाडि बढाइन्छ तर मनसुन सूरु हुनुअगावै आयोजना निर्माण काम सम्पन्न गर्न सकेमा पूर्वाधार निर्माण गुणस्तरीय हुन्छ ।”

समिति सदस्य शिव नेपालीले वर्षा सुरु हुनुअगावै सम्बन्धित मन्त्रालयलाई पूर्वाधार विकासलाई दु्रत गतिमा अगाडि बढाउन निर्देशन दिनुपर्ने बताउनुभयो । निर्माणधिन तथा निर्माण सम्पन्न भइसकेका पूर्वाधार आयोजनाहरुको अनुगमनको विषयमा प्रतिनिधिसभा सदस्यहरु प्रत्यक्ष रुपमा संलग्न रहनुपर्ने उहाँको भनाइ थियो ।

समिति सदस्य मैना कार्कीले बजेट सक्नका लागि पूर्वाधार निर्माणमा हतार गर्न नहुने धारणा राख्नुभयो । सदस्य विना लामाले पूर्वाधार विकासको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सदस्य प्रतिमा गौतमले सात वटै प्रदेशमा अनुगमनलाई अगाडि बढाउनुपर्नेमा सुझाव दिनुभयो । सदस्यद्वय कल्पना चौधरी र प्रेमबहादुर महर्जनले पनि विकासका पूर्वाधार निर्माणलाई समयमा नै सक्न र पारदर्शी बजेट खर्च गर्नका लागि अनुगमनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा अझै राष्ट्रिय एकता र समन्वयको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २५ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा अझै केही गर्न बाँकी रहेकाले त्यसका लागि राष्ट्रिय एकता र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

मधुस्थली फाउन्डेशनले आज आयोजना गरेको वरिष्ठ वामपन्थी चिन्तक गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकमा दुईवटा वैचारिक प्रभाव रहेकामा एउटाले अर्काेको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढिरहेको तर अर्कोले अस्तित्वको स्वीकार गरेर अगाडि नबढिरहेको स्थिति रहेको औँल्याउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय ‘एजेन्डा’मा कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सबै राजनीतिक दल एउटै धारमा उभिनुपर्ने तब मात्र देशलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो । उहाँले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक खुराक दिइरहेको वैचारिक नेताका रूपमा आफूले चिनेको बताउनुभयो । गोविन्दराज ज्ञवालीले वामपन्थी एकताका लागि मात्र नभइ, वाम शक्ति र प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन खेल्नुभएको भूमिकालाई इतिहासले उच्च मूल्याङकन गर्ने उहाँको भनाइ थियो ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा वाम खेमाबाट सन्तुलित विचार प्रवाह गर्नु हुने गोविन्दराज ज्ञवाली हामी सबैका लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ,” उहाँले भन्नुभयो, “गोविन्दराज ज्ञवाली आधुनिक नेपालको सामाजिक राजनीतिक उतारचढावलाई ऐतिहासिक विश्लेषणसहित नियाल्न सक्ने थोरै व्यक्तित्वमध्येका एक हुनुहुन्छ ।”

पूर्वराष्ट्रपति भण्डारीले टुटफुटले आक्रान्त नेपालको कम्युनिष्ट आन्दोलनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (साहना समूह) र मनमोहन समूहलाई २०४२ सालमा एक गराएर नेकपा (मार्क्सवादी) निर्माण गर्न र तत्कालीन नेकपा (मार्क्सवादी) र नेकपा (माले) लाई मिलाएर नेकपा (एमाले) को निर्माण गर्न गोविन्द ज्ञवालीको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो । “उहाँले कम्युनिष्ट राजनीतिक दललाई एक ठाउँमा उभ्याउनु भएको थियो । त्यसको साथै अर्को वैचारिक पक्षमा उभिएका साथीहरुलाई राष्ट्रिय मुद्दामा ल्याउने अनवरत प्रयास गरिरहनु भएको छ,” उहाँले भन्नुभयो ।

उहाँले अग्रज पुस्ता र नवपुस्ताबीचको दूरी कम गर्न समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । “इतिहासको जानकारी नलिँदा नवपुस्ताहरु र पुराना पुस्ताबीच ग्याप जस्तो देखिन्छ, । त्यो ग्याप मेटाउन यो कार्यक्रम कडीका रुपमा रहेको छ,” उहाँले भन्नुभयो, “ज्ञवालीले समाजलाई दिएको योगदानलाई समेट्ने र भावी पुस्तासमक्ष राखिदिने कर्तत्व हो । अहिले त्यो काम भएको छ । यसलाई निरन्तरता दिनुपर्दछ । पूर्व र पश्चिमका व्यक्तित्वबीच पनि अन्तरसम्बाद हुनुपर्दछ ।”

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वामपन्थीलाई एक ठाउँमा जोड्नुपर्दछ भनेर सबभन्दा बढी जोड दिने नेताका रुपमा गोविन्दराज ज्ञवाली रहेको बताउनुभयो । उहाँले ज्ञवालीले सिकाएको आदर्शको ज्ञान र कम्युनिष्ट आन्दोलनलाई नयाँ पुस्ताले निरन्तर जारी राख्ने बताउनुभयो । कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले शान्त स्वभावका मृदुभाषी गोविन्दप्रसाद ज्ञवाली परिस्थितिको सूक्ष्म अध्ययन गर्न सक्ने व्यवहारवादी नेता रहेको चर्चा गर्नुभयो । तुल्सीप्रसाद भट्टराईले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि निरन्तर लाग्नुभएको व्यक्तिको रुपमा परिचित रहेको बताउनुभयो ।

गठबन्धनविरुद्ध ‘तत्काल कुनै सैन्य खतरा छैन’– नाटो प्रमुख

नाटो महासचिव जेन्स स्टोलटेनबर्गले शुक्रबार गठबन्धनको कुनै पनि सदस्यविरुद्ध ‘तत्काल कुनै सैन्य खतरा नभएको’ बताउनुभएको छ । क्रेमलिनले पश्चिममाथि युक्रेनमा युद्धलाई सम्भावितरूपमा बढाएको आरोप लगाएपछि उहाँको यस्तो टिप्पणी आएको हो । स्टोलटेनबर्गको भनाइ रुस र नाटो सदस्यहरूबीचको तनाव बढेको बेला आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी क्षेत्रमा लक्षित लक्ष्यहरूविरुद्ध अमेरिकाले प्रदान गरेको हतियारको प्रयोग गर्न युक्रेनमाथिको प्रतिबन्ध हटाउनुभएपछि क्रेमलिनले गत साता पश्चिममाथि ‘तनावको नयाँ चरणमा प्रवेश गरेको’ आरोप लगाएको थियो । यद्यपि बाइडेनले खार्किभको रक्षाका लागि मात्र हतियार आपूर्ति गरेको बताउनुभएको छ ।

नाटोको नयाँ सदस्य स्विडेनको भ्रमणका क्रममा स्टोलटेनबर्गले भन्नुभयो, “जबसम्म हामी मस्को वा अन्य सम्भावित राजधानीहरूमा हामीमाथि आक्रमण गर्न सक्ने देशहरूमा गलत बुझाइ वा त्रुटिपूर्ण मूल्याङ्कनका लागि स्थान दिँदैनौँ, नाटो मुलुकहरूविरुद्ध कुनै सैन्य खतरा छैन ।”

रुसले एकअर्काको रक्षाका लागि गठबन्धनको धारा ५ को प्रतिबद्धताको परीक्षण गर्न खोज्छ कि भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “हामीले कुनै पनि नाटो मुलुकविरुद्ध तत्काल कुनै सैन्य खतरा देखेका छैनौँ ।”

उहाँले स्विडिस प्रधानमन्त्री उल्फ क्रिस्टरसनसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “त्यसैले हाम्रो धारा ५ को वास्तवमा परीक्षण हुने कुरामा हामीले विश्वास गर्छौं भन्ने अवस्था छैन ।”

स्विडिस प्रधानमन्त्री क्रिस्टरसनले स्विडेनको वायु सेना नाटोको वायु प्रहरी बलमा सामेल हुने घोषणा गर्नुभयो । यसमा स्विडिस ग्रिपेन लडाकू जेटले मुख्यरूपमा बाल्टिक राज्यहरूको हवाई क्षेत्रमा गस्ती गर्नेछ ।

यसका साथै शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनले रुसी आक्रमणविरुद्ध लड्दै गर्दा निष्पक्ष शान्ति प्राप्त गर्न पश्चिमसँग अझ बढी गर्न आग्रह गर्नुभयो ।किएभले युरोपमाथि सैन्य समर्थन बढाउन दबाब दिइरहेको छ । हालैका महिनाहरूमा रुसले युद्धको मैदानमा अग्रता हासिल गरेको छ ।

‘एच–५एन–२’ को पहिलो मानव मामिलाको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ

‘एच–५एन–२’ बर्ड फ्लूबाट सङ्क्रमित एक व्यक्तिको धेरै कारकले मृत्यु भएको र अनुसन्धान जारी रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार बताएको छ । एच५एन२ बाट मानवमा सङ्क्रमण पहिलो पुष्टि थियो ।

डब्लुएचओले बुधबार एच–५एन–२ एभियन इन्फ्लुएन्जा भाइरसबाट सङ्क्रमणको पहिलो प्रयोगशाला–पुष्टि मानव मामिला मेक्सिकोबाट रिपोर्ट गरिएको घोषणा गरेको थियो ।मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ५९ वर्षीय पुरुषलाई ‘क्रोनिक मिर्गौला रोग, टाइप–२ मधुमेह र लामो समयदेखि प्रणालीगत धमनी उच्च रक्तचापको इतिहास रहेको’ जनाएको छ ।

अप्रिल १७ मा तीव्र लक्षणहरू देखा पर्नुअघि उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने, वाकवाकी लाग्ने र सामान्य अस्वस्थता देखिएपछि तीन सातासम्म ओछ्यान परेका थिए । उनलाई अप्रिल २४ मा मेक्सिको सिटीको अस्पतालमा लगिएको थियो र सोही दिन उहाँको मृत्यु भयो ।

“बहु–घटकीय मृत्यु हो, एच५एन२ को कारणले मृत्यु भएको होइन”, डब्ल्युएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले शुक्रबार जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो, “बिरामी धेरै अन्य रोगहरूको बहु–कारक पृष्ठभूमिको हप्तौँपछि अस्पताल आएका थिए । उनको शरीरमा फ्लू र अन्य भाइरसहरूका लागि नियमितरूपमा परीक्षण गरिएको थियो ।”

अस्पतालमा यस मामिलाका १७ जना सम्पर्कमा आएका छन् । इन्फ्लुएन्जाको लागि सबै परीक्षण नेगेटिभ आएको छ । मानिसको बसोबास गर्ने स्थानमा पहिलाका साताहरूमा पहिले १२ सम्पर्कहरू पहिचान गरिएको थियो । सबैको परीक्षण पनि नेगेटिभ आएको छ ।

डब्लुएचओले बुधबार भाइरसको जोखिमको स्रोत हाल अज्ञात रहेको र मेक्सिकोमा कुखुरामा एच–५एन–२ भाइरसहरू रिपोर्ट गरिएको छ ।