`

प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा छ : विश्व बैङ्क

वासिङ्टन, ११ जेठ । प्यालेस्टिनी प्राधिकरणले वित्तीय पतनको सम्भावनाको सामना गरिरहेको विश्व बैङ्कले जनाएको छ । गाजा युद्धको पृष्ठभूमिमा राजस्व स्रोतहरूको अभाव हुनुका साथै आर्थिक गतिविधिहरू खस्किरहेकाले यस्तो भएको बैङ्कले जनाएको छ ।प्यालेस्टिनी प्राधिकरणको वित्तीय अवस्था विगत तीन महिनामा नाटकीय रूपमा बिग्रिएकाले वित्तीय पतनको जोखिमलाई बढाएको बैङ्कले शुक्रबार जार िविज्ञप्तिमार्फत जानकारी गराएको हो ।

बैङ्कका अनुसार प्यालेस्टिनी प्राधिकरणलाई तिर्नुपर्ने निकासी राजस्व हस्तान्तरणमा कमी र आर्थिक गतिविधिमा ठूलो गिरावटका कारण राजस्व स्रोतहरूमा अत्यधिक कमी आएको छ ।सन् २०२३ को अन्त्यमा ६८ करोड २० लाख अमेरिकी डलर रहेको कोष अन्तर आगामी महिनाहरूमा दोब्बर भई प्यालेष्टिनी प्राधिकरणको घाटा १.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
प्यालेस्टिनी अर्थतन्त्र ६.५ देखि ९.६ प्रतिशतको बिचमा सङ्कुचित हुने अनुमान गरिएकोमा बैङ्कका दृष्टिकोणसमेत युद्ध लम्बिँदै जाँदा अनिश्चित बनेका छन् ।बढ्दो विदेशी सहायता र सार्वजनिक कर्मचारी र आपूर्तिकर्ताको थप बक्यौता जम्मा गर्नु प्यालेस्टिनी प्राधिकरणका लागि उपलब्ध वित्तीय विकल्पहरू मात्र भएको बैङ्कले जनाएको छ ।

दक्षिण इजरायलमा अक्टोबर ७ मा भएको प्यालेष्टिनी इस्लामिक समूह हमासको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो ।इजरायली अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कअनुसार गाजामा हमासको आक्रमणमा परी एक हजार १७० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।आक्रमणपछि हमासले २५२ जनालाई बन्धक बनाएका थिए, जसमध्ये १२४ जना गाजामा रहेका र तीमध्ये पनि ३७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

यसैगरी हमासको नियन्त्रणमा रहेको गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजामा कम्तीमा ३५ हजार ८०० मानिस मारिएकोमा अधिकांश महिला र बालबालिका छन् ।हमास र इजरायलबीचको लडाईँका कारण पछिल्लो समय इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैङ्कमा पनि हिंसा बढेको छ । वेस्ट वैङ्कमा प्यालेस्टिनी प्राधिकरणले सीमितरूपमा प्रशासनिक उपस्थिति रहेको छ ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार अक्टोबर ७ देखि कम्तिमा ५१८ जना प्यालेस्टिनीहरू इजरायली सेना वा वेस्ट बैङ्क क्षेत्रमा बसोबास गर्ने इजरायलीद्वारा मारिएका छन् ।उक्त अवधिमा प्यालेस्टिनी समूहले गरेका आक्रमणमा वेस्ट बैङ्कमा कम्तिमा १२ इजरायलीको ज्यान गएको छ ।

बैङ्कका अनुसार सन् २०२३ अक्टोबरदेखि युद्धका कारण प्यालेस्टिनी अर्थतन्त्र आएको मन्दीपछि करिब पाँच लाख व्यक्तिले रोजगारी गुमाएका छन् ।यो अवधिमा गाजा क्षेत्र र वेस्ट बैङ्कमा बसोबास गर्ने क्रमशः दुई लाख र एक लाख ५० हजार मानिसहरूले रोजगारी गुमाएको अनुमान गरिएको छ । यसका कारण गरिबी बढेकाले हाल लगभग हरेक गाजावासी गरिबीमा बाँचिरहेको बैङ्कले उल्लेख गरेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै

डोटी, ११ जेठ । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म तीन लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् ।

पौडेलका अनुसार आव २०७९/८० मा सात लाख ८७ हजार छ सय २६ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । आव २०७८/७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा नौ लाख २० हजार आठ सय २९ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उनले बताए ।

हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्दारमा समेत समस्या हुने गरेको पौडेलले बताए ।उनका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि एक सय, सार्क मुलुकका नागरिकलाई पाँच सय र अन्य विदेशीका लागि एक हजार पाँच सय तोकिएको छ । रासस गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म तीन लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् ।

पौडेलका अनुसार आव २०७९/८० मा सात लाख ८७ हजार छ सय २६ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । आव २०७८/७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा नौ लाख २० हजार आठ सय २९ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उनले बताए ।

हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्दारमा समेत समस्या हुने गरेको पौडेलले बताए ।उनका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि एक सय, सार्क मुलुकका नागरिकलाई पाँच सय र अन्य विदेशीका लागि एक हजार पाँच सय तोकिएको छ ।

भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते

एजेन्सी । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु र अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ ।मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (छ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घन्टा लागेको थियो ।छिमेकी गुयेन थान ट्रुङले आफू सुतिरहेका बेला विस्फोटको आवाज सुनेको र हेर्न बाहिर निस्केको बताउनुभयो । “मैले घरमा झटका महसुस गर्न सक्थेँ”, उहाँले भन्नुभयो ।आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्ने गरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्नका लागि ग्यारेजका रूपम प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो ।पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकलहरू र रुखहरू जलेका अवशेष तथा छरिएका सामानहरू थिए ।

मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार नौ सय ६२ डलर र घाइतेलाई एक हजार एक सय ७७ डलर दिने अधिकारीहरूले बताएका छन् ।यो आगलागीले गत वर्ष सेप्टेम्बरमा हनोइमा भएको आगलागीलाई सम्झना गराउँछ । उक्त समयमा ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो । सो बेला पनि उद्धार कार्यमा साँघुरो गल्लीले अवरोध पुर्याएको थियो ।

प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले आज शिष्टाचार भेट गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवम् मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहँदै नेपाल मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सधैँ प्रयत्नशील रहेको स्पष्ट पार्नुभएको थियो । प्रधानमन्त्री दाहालले संसद्मा विचाराधिन सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताउनुभएको थियो ।

त्यसअवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा प–याउन प्रधानमन्त्री दाहालले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गर्नभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । रा

मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण

काठमाडौँ, जेठ ११ गते । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले ग्रिलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चापदार्थ ‘ब्लेड’को मूल्यमा वृद्धि नभए पनि नेपाली बजारमा मूल्य बढाइएको भन्दै महासङ्घले आपत्ति जनाएको हो ।

देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योगमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकाले अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ । “यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प छैन”, हासङ्घका अध्यक्ष ठूलोबाबु श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“अस्वाभाविक मूल्य तुरुन्त फिर्ता गरेर सहज वातावरण नबनाए सङ्घर्ष गर्न बाध्य हुने अवस्था आउँछ ।”

वार्षिक ५० अर्बभन्दा बढीको ग्रिलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएका व्यवसायीको अहित हुने गरी ठूला कम्पनीहरुले मनोमानी गरेको पनि महासङ्घको आरोप छ । विश्वव्यापी कोभिड–१९ तथा आर्थिक मन्दीको प्रभावका कारण बन्द भई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामग्रीको मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको अवस्थाप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने

काठमाडौँ । आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्ने भएको छ ।

शनिबार बस्ने पदाधिकारी बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिनुभयो ।

‘ठूलो आकारको नभई स्रोतको क्षमता हेरेर यथार्थपरक बजेट आवश्यक’

ललितपुर, जेठ ११-आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका आधारमा तथ्यपरक र यथार्थपरक विश्लेषणसहित आउनुपर्नेमा जानकारहरूले जोड दिएका छन् ।नेपाल बुद्धिजीवी परिषद्ले आज ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालयमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यदिशा’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले त्यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था र स्रोतसाधनको सापेक्षतामा आधारित भएर बजेट ल्याइनुपर्ने बताउनुभयो । “हाम्रो राजस्व, वैदेशिक सहायता, आन्तरिक ऋणलगायत स्रोतको अवस्था हेर्दा ठूलो आकारको बजेट बनाउन सक्दैनौँ । माग बढेको छ, त्यसकारण बजेटको आकार बढाई दिउँ भन्ने छुट हामीलाई छैन । ठूलो आकारको बजेट ल्याएर सुरूकै दिनमा बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था नआओस्”, पौडेलले भन्नुभयो । सोहौँ आवधिक योजना, सरकारको नीति तथा कार्यक्रम, सत्तारूढ दलको न्यूनतम साझा सङ्कल्पलगायत विषयमा आधारित भएर बजेट ल्याइनुपर्नेमा उहाँको जोड भयो ।

अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्नेगरी बजेट ल्याइनुपर्ने आवश्यकता पनि पौडेलले औँल्याउनुभयो । “अहिले विदेशी मुद्राको सञ्चिति राम्रो छ तर त्यसको प्रयोग भएको छैन । ‘रेमिट्यान्स’ आइरहेको छ तर त्यसको सदुपयोग हुन सकेको छैन । बैङ्कमा तरलता राम्रो छ तर उत्पादन र रोजगारीका क्षेत्रमा लगानी भएको छैन । खराब कर्जाको स्थिति बढेको छ । उद्योगधन्दा एक तिहाइ क्षमतामा चलेका छन् । यी समस्या समाधान गर्नेगरी बजेट आउनुपर्छ,” पौडेलले भन्नुभयो ।

उहाँले शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने मुख्य चुनौतीलाई चिर्ने गरी बजेट आउनुपर्ने बताउनुभयो । “मानिसमा निराशा छ । उत्पादनका क्षेत्रमा उत्साहजनक अवस्था छैन । त्यसलाई चिर्ने गरी बजेट आउनुपर्छ,” पौडेलले भन्नुभयो, “विकास अलमलिएको छ । त्यसलाई गति दिने गरी बजेट आउनुपर्छ ।”

सामाजिक न्यायमा आधारित समाजावाद उन्मुख बजेटको दिशामा जानुपर्ने बेला आएको भन्दै पौडेलले बजेट विनियोजनमा तीन तहका सरकारबीच दोहोरोपन हुन नहुनेमा पनि जोड दिनुभयो । “आवश्यकता पहिचानबिना नै योजनालाई बजेट दिने गरिएको छ । प्रदेश, पालिका, सङ्घमा एउटै योजना छन् । जस्तो आयोजनालाई पनि योजना बैङ्कमा चढाई दिने समस्या छ । यस्तो प्रवृत्ति हट्नुपर्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, ” उहाँले भन्नुभयो ।

एमालेका केन्द्रीय सदस्य तथा बुद्धिजीवी परिषद् इन्चार्ज विद्या भट्टराईले संविधानले नै बजेट कस्तो बनाउने भनेर मार्गनिर्देश गरेको बताउनुभयो । बजेटलाई आर्थिक दृष्टिकोणले मात्र नभई अर्थसामाजिक दृष्टिकोणले समेत हेर्नुपर्ने उहाँको भनाइ छ । “सैद्धान्तिकभन्दा पनि व्यावहारिक पक्ष र नागरिकका आकाङ्क्षालाई केन्द्रमा राखेर बजेट ल्याउनुपर्छ,” भट्टराईले भन्नुभयो, “हामीले बजेटलाई उत्पादनमुखी बनाउने कि उपभोक्तामुखी मात्रै बनाइराख्ने भन्ने मुख्य विषयमा पनि बहस आवश्यक छ । साथै सांसदका सुझाव बजेटमा समेटिएनन् भनेर गुनासो आउने गरेका गुनासालाई पनि ख्याल गरिनुपर्छ ।”

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीले मुलुकको आर्थिक अवधारणा कस्तो हुने भनेर संविधानले नै निर्धारण गरेको र त्यसलाई कार्यान्वयनमा जोड दिइनुपर्ने बताउनुभयो । नेपालको बैङ्किङ तथा वित्त क्षेत्रले वास्तविक क्षेत्रमा लगानी बढाउन नसकेको उहाँको भनाइ छ । बजेट बनाउँदा पूर्वतयारी भएका र कार्यान्वयनयोग्य आयोजनामा रकम हाल्नुनपर्ने भए पनि अहिले रातारात ‘प्रोजेक्ट बैङ्क’को सूचीमा योजना थपेर बजेट विनियोजन गर्ने तयारी भइरहेको उहाँको आरोप छ ।

विज्ञहरूले अर्थतन्त्रको आकार र आम्दानीको स्रोत कम हुँदा बजेट व्यवस्थापनमा सकस पर्ने गरेको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र कृषि क्षेत्रबाट औद्योगिकीकरणमा जान नसकेर एकैपटक सेवा क्षेत्रमा जाँदा समस्या भएको धारणा राख्नुभयो । “नीतिगत भ्रष्टाचार र साधारण खर्च बढेको तर विकास खर्च घटेको छ । साँवाब्याजमा ठूलो रकम खर्च भइरहेको, ‘रेमिट्यान्स’को पैसा घरायसी खपतमा धेरै खर्च हुने गरेको, सामाजिक सुरक्षालगायत कार्यक्रमले राज्यलाई दायित्व बढेको छ”, उहाँहरूले भन्नुभयो ।

गीतकार सङ्घ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने

काठमाडौँ, जेठ ११ गते । ‘अमर-भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार सङ्घ नेपाल-२०८०’ डा. रिजाललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि एक लाख ५१ हजार रहेको छ । ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल-२०८०’ आमा (मदन माबो), पिता (डा.ओमकृष्ण भट्टराई) र माटोको माया (ज्ञानप्रसाद भट्टराईलगायत १० वटा उत्कृष्ट गीतलाई प्रदान गर्ने निर्णय गरिएको सङ्घका महासचिव टीका राई (शिव) ले जानकारी दिनुभयो ।

यो पुरस्कारको राशि ७५ हजार रहेको छ । २५ हजार दुई सय ५२ राशिको ‘विष्णु मन्सरा सम्मान गीतकार सङ्घ नेपाल-२०८०’ गीतकार अशोक दत्तलाई प्रदान गरिने भएको छ । ‘डायसपोरा गीतकार सम्मान गीतकार सङ्घ नेपाल-२०८०’ भने गीतकार पदमा लिङ्खा मगरलाई प्रदान गरिने छ । यो पुरस्कारको राशि १५ हजार रहेको छ । गीतकार सङ्घ नेपालको १५ औँ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने गरिने जनाइएको छ ।

फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४–२०३०) सार्वजनिक गरेको छ । आज स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रालगायतले मार्गचित्र सार्वजनिक गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवसका अवसरमा मार्गचित्र सार्वजनिकीकरण कार्यक्रममा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा विवेकलाल कर्णले सन् २०१४ देखि सरकारले प्रसूति फिस्टुला रोकथाम तथा उपचारका लागि विभिन्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएर मार्गचित्र बनाएका छौँ । ‘अब्सट्रेटिक’ फिस्टुला पूर्णरूपमा रोकथाम गर्न सकिन्छ । मार्गचित्रका रणनीतिहरूमा रोकथामलगायत ‘स्क्रिनिङ’, उपचार र पुनःस्थापना ध्यान दिइनेछ ।”

उहाँका अनुसार ‘ अब्सट्रेटिक’ फिस्टुला भनेको योनीबाट निरन्तर रूपमा पिसाब वा दिसा दुवै चुहिने समस्या हो । लामो र कठिन प्रसव व्यथाको अवस्थामा, दक्ष प्रसूतिकर्मीबाट समयमा उपयुक्त सेवा नपाउनाले यस्तो समस्या हुने सम्भावना रहन्छ । गम्भीर प्रसव समस्यामध्ये एक फिस्टुलाको उपचारका अभावमा गम्भीर स्वास्थ्य समस्या, सामाजिक भेदभाव र परिवारबाट बहिस्कृत हुन सक्ने सम्भावना धेरै देखिने उहाँको भनाइ छ ।

यो समस्याबाट वार्षिक रूपमा दुई सयदेखि चार सय नयाँ पीडित हुने गरेका र त्यो सङ्ख्या हाल नेपालमा चार हजार तीन सय रहेको मन्त्रालयको तथ्याङ्क छ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) का वन यङ हङले फिस्टुलाको समस्या भोगिरहेका महिलाले शारीरिक, मानसिकका साथै सामाजिक बहिष्करणसमेत भोगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निवारण गर्न सचेतना आवश्यक छ । आजैदेखि यसमा लगानी गर्‍यौँ भने भोलिका दिनमा निवारण गर्न सहज हुनेछ ।” अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवस हरेक वर्ष मे २३ का दिन मनाइने गरिन्छ ।

कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले भेट गर्नु भएको छ ।

देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौँ, जेठ ११ गते । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङसमेत सात जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया विष्णु लिम्बूसमेत १५ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मित्रनगरमा प्रहरी प्रभाग गोङ्गबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरेको हो ।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ७० हजार पाँच सय ५० तथा केही थान ताससमेत बरामद गरिएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु

ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।
संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।

अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँले भन्नुभयो, “ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु् हो । जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस् ।” आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उहाँले आग्र गर्नुभयो ।

आयोजनाको कुल लागत रु २४ अर्ब ३२ करोड अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट रु ४।८० र सुक्खायाममा प्रतियुनिट रु ८।४० निर्धारण गरिएको छ ।

आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ ।

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी । भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् ।
देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए ।

टोलीले हत्केलामा जउन राखेर डोरीमा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।

भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ ।

झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनले बाताए । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भने ।

सडक कालोपत्रे भएपछि स्थानीयलाई आवागमनमा सहज

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्रे भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्रे र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो ।

“साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो”, भगवती मैदानका बासिन्दा रिम मल्लले भन्नुभयो, “सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।” विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताउनुभयो ।

“पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु रु तीन सय भाडा रहेकामा हाल रु दुई सय ५० कायम गरिएको छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ ९१० बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले–भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्रे र पाँच सय मिटर ढलान सकिएको जानकारी दिनुभयो । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का–कृष्ण जेभीले रु १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो ।

पहिरो प्रभावित राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो ।

भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । जलविद्युत् आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत् आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

तारकेश्वरका १२ हजार बालबालिकालाई आईपीभी खोप लगाईने

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाईने भएको छ ।
तारकेश्वर नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

जर्जियाका प्रधानमन्त्रीद्वारा इयु आयुक्तमाथि विवादास्पद कानूनमा ‘धम्की’ दिएको आरोप

टिब्लिसी। जर्जियाका प्रधानमन्त्री इराकली कोबाखिदजेले बिहीबार युरोपेली सङ्घ (इयु) का एक आयुक्तमाथि विवादास्पद ‘विदेशी प्रभाव’ कानूनमा ‘ब्ल्याकमेल’ अभियानको हिस्साका रूपमा ‘भयानक धम्की’ दिएको आरोप लगाउनुभएको छ ।ठूलो मात्रामा विरोध प्रदर्शन र अन्तर्राष्ट्रिय निन्दाका बाबजुद मुलुकको सत्तारूढ दलका सांसदहरूले आगामी साता विधेयकमाथि लगाइएको राष्ट्रपतिको भिटोलाई खारेज गर्ने अपेक्षा गरिएको छ ।

आलोचकहरूले यो कदमले असहमतिलाई दबाउन प्रयोग गरिने रुसी कानूनलाई प्रतिबिम्बित गर्ने बताएका छन् । ब्रसेल्सले भने यो इयुको सदस्यताका लागि टिब्लिसीको लामो समयदेखिको बोलीसँग ‘असङ्गत’ भएको चेतावनी दिएको छ ।उच्च दर्जाका राजनीतिज्ञहरूले भिटो उल्लङ्घन नगर्न ‘खुला ब्ल्याकमेलका बीच’ एक अनाम युरोपेली आयुक्तले आफूलाई ‘राष्ट्रपतिको भिटो उल्लङ्घन गरेमा पश्चिमी राजनीतिज्ञहरूले लिनसक्ने उपायहरूबारे तयार रहन भनेको’ प्रधानमन्त्री कोबाखिदजेले बताउनुभयो ।

यसलाई कोबाखिदजेले ‘भयानक धम्की’ भन्नुभएको छ । उहाँले फोन कलमा आयुक्तले स्लोभाकियाका प्रधानमन्त्रीमाथि हालै भएको हत्या प्रयासलाई सन्दर्भ गरेर ‘तपाईंले देख्नुभएको छ कि रोबर्ट फिकोलाई के भयो र तपाईं अत्यन्त सावधान रहनुपर्छ’ भनेको बताउनुभयो ।

“सावधानी उपायका रूपमा मैले जर्जियाली समाजलाई उक्त खतराका बारेमा सूचित गर्ने निर्णय गरेको छु”, उहाँले भन्नुभयो ।जर्जियाको सत्तारूढ पार्टीले मुलुकलाई इयुको सदस्यताको मार्गबाट हटाउने र पूर्वसोभियत मुलुकलाई रुसी कक्षातिर लैजाने व्यापक आरोपको सामना गर्नुपरेको छ । तथापि मुलुकको संविधानमा निहित र ८० प्रतिशतभन्दा बढी जनसङ्ख्याद्वारा समर्थित इयु र नाटोको सदस्यताका लागि प्रतिबद्ध भएको उक्त पार्टीले जोड दिएको छ । साथै उसले पश्चिमी मुलुकहरूमाथि युक्रेनविरुद्ध रुसको युद्धमा टिब्लिसी

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ । बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री जवाफ पनि दिनेछन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गरिनेछ ।

बेइजिङमा बुद्धजयन्ती मनाइयो

काठमाडौँ । दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्धजयन्ती मनाइएको छ ।

बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न संस्थाका चिनियाँ नागरिक, नेपाली समुदाय र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित एक सय २० जनाभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा चीन बौद्ध सङ्घका उपाध्यक्ष भिक्षु चाङ झाङले चीन र नेपालबीचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । विश्व समुदायका साथै चीन र नेपालको शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको उक्त दूतावासले जनाएको छ ।

त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका शाश्वत शिक्षाले सम्पूर्ण मानवजातिलाई उदारता, करुणा, नैतिकताका साथै अर्थपूर्ण जीवन बिताउन प्रेरित गर्ने बताउनुभयो । विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना बुद्धका उपदेश प्रेरक छन् भन्दै उहाँले पञ्चशीलको सिद्धान्तमा निहित दुई देशबीचको लामो समयदेखिको सम्बन्ध बौद्ध आध्यात्मिकताको प्रतीकका रूपमा रहेको बताउनुभयो ।

यसैबीच, ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति आदिवासी एशोसिएसन अफ क्यानडासँगको सहकार्यमा शनिबार बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको छ ।

सोसाइटीले आज जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो सांस्कृतिक नृत्य प्रस्तुति, दीप प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरिने छ । कार्यक्रममा क्यानडा र अमेरिकामा रहेका ह्योल्मो समुदाय तथा अन्य नेपालीका साथै विशिष्ट क्यानडेली अतिथिसहित एक हजार जना सहभागी हुने अपेक्षा छ ।

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै, कांग्रेसको अडान कायमै

काठमाडौं। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । बिहिबारको बैठक निष्कर्षविहीन बनेपछि आज पनि बैठक बस्न लागेको हो । बैठक आज बिहान साढे ८ बजे बस्नेछ ।

हिजो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन बनेको थियो । ग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान कायम राखेको छ ।

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

वीरगञ्ज।वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ ।

महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा रु २५ करोड थपेर तीन अर्ब ४६ करोड पु¥याएको थियो । गत असारमा महानगरले चालु आवको लागि रु तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ रु दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ रु एक अर्ब ३४ करोड खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने रु ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ ।

“महानगरको गत पुसमा भएको नगरसभाले रु २५ करोड बजेट थप गर्ने निर्णय ग¥यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन सकेन,’’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भन्नुभयो,‘‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । ’’यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ ।

पश्चिम किनारको रमल्लाहमा दूतावास खोल्न कोलम्बियाली राष्ट्रपतिको आदेश

कोलम्बिया। गाजामा जारी युद्धका बीच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले प्यालेस्टिनी सहर रमल्लाहमा दूतावास खोल्न आदेश दिनुभएको उहाँका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोलाई उद्धृत गर्दै अल जजिराले बताएको छ ।“राष्ट्रपति पेट्रोले रमल्लाहमा कोलम्बियाको प्रतिनिधित्व गर्दै त्यहाँ दूतावास खोल्न आदेश दिनुभएको छ, यो हामीले लिने अर्को कदम हो”, विदेशमन्त्री मुरिलोले भन्नुभयो । उहाँका अनुसार धेरै देशले चाँडै संयुक्त राष्ट्रसङ्घसमक्ष प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्न थाल्नेछन् । कोलम्बियाले पहिला नै यी प्रयासलाई समर्थन गरिसकेको छ ।

पहिला नै तेलअभिवबाट कोलम्बियाली राजदूतलाई फिर्ता बोलाउनुभएका राष्ट्रपति पेट्रोले यसै महिनाको प्रारम्भमा गाजामा युद्धलाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बताउनुभएको थियो । अल जजिराका अनुसार दूतावास मे ३ मा बन्द गरिएको थियो ।

सन् २०२२ मा सत्तामा आउनुभएका वामपन्थी नेता पेट्रोलाई ल्याटिन अमेरिकामा ‘गुलाबी ज्वार’ भनेर प्रगतिशील लहरको हिस्सा मानिन्छ । युद्धको प्रारम्भपछि उहाँ यस क्षेत्रमा इजराइलको सबैभन्दा कटु आलोचकमध्ये एक हुनुहुन्छ ।

इजराइली विदेशमन्त्री इजराइल काट्जले इजराइलसँग सम्बन्ध तोड्ने कोलम्बियाको निर्णयपछि पेट्रोमाथि ‘यहुदीविरोधी भावना र घृणाले भरिएको’ आरोप लगाउनुभयो । उहाँले कोलम्बियाको उक्त कदम हमासका लागि पुरस्कार भएको पनि आरोप लगाउनुभयो ।

द्वन्द्व सुरु भएको केही दिनपछि अक्टोबरमा पेट्रोले इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टलाई ‘यहुदीहरूका बारेमा नाजीहरूले भनेजस्तै भाषा प्रयोगको गरेको’ आरोप लगाएपछि इजराइलले कोलम्बियामा ‘सुरक्षा निर्यात रोक्न’ भनेको थियो ।अप्रिलमा पेट्रोले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा इजराइलमाथि नरसंहारको आरोप लगाउँदै दक्षिण अफ्रिकाको मुद्दामा सामेल हुन अनुरोध गर्नुभएको थियो । “यी प्रयासमा कोलम्बियाको अन्तिम उद्देश्य भनेको गाजामा प्यालेस्टिनीहरू विशेषगरी महिला, बालबालिका, अपाङ्ग र वृद्धजस्ता कमजोर जनसङ्ख्याका लागि तत्काल र पूर्ण सम्भावित सुरक्षा सुनिश्चित गर्नु हो”, सरकारले भनेको छ ।

कब्जा गरिएको पश्चिम किनारमा रमल्लाहले प्यालेस्टिनी प्राधिकरणको प्रशासनिक राजधानीका रूपमा काम गर्छ ।

मे १० मा राष्ट्रसङ्घीय महासभाले राष्ट्रसङ्घको पूर्ण सदस्य बन्ने प्यालेस्टिनी प्रयासलाई योग्य मान्दै भारी समर्थन गरेको थियो र राष्ट्रसङ्घीय सुरक्षा परिषद्सँग ‘यस मामिलामा अनुकूल तरिकाले पुनरविचार गर्न’ सिफारिस गरेको थियो ।

इजराइलसँग सम्बन्ध विच्छेद गर्ने कोलम्बिया पहिलो ल्याटिन अमेरिकी मुलुक होइन । बोलिभियाले गत वर्षको अक्टोबरमा इजराइलसँगको सम्बन्ध तोडेको थियो भने चिली र होन्डुरससहित ल्याटिन अमेरिकाका अन्य धेरै मुलुकले इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका थिए ।

प्यालेस्टिनलाई मान्यता दिने मुलुकहरूसँगको सम्बन्धमा ‘गम्भीर परिणाम’ हुने इजराइलको चेतावनी

जेरुसेलम। इजराइलको विदेश मन्त्रालयले बिहीबार आयरल्यान्ड, नर्वे र स्पेनसँग इजराइलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने चेतावनी दिएको छ । ती मुलुकका सरकारले आगामी सातादेखि प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरेपछि इजराइलको उक्त चेतावनी आएको हो ।

मन्त्रालयको वक्तव्यमा शीर्ष अधिकारी ज्याकब ब्लिटस्टाइनलाई उद्धृत गर्दै भनिएको छ, “ती मुलुकद्वारा लिइएको निर्णयपछि उनीहरूसँगको सम्बन्धमा थप गम्भीर परिणाम हुनेछ ।” बुधबार गरेको ती सरकारको कदमका लागि उनीहरूलाई ‘हप्काउन’ तीन मुलुकका राजदूतहरूसँगको भेटमा ब्लिटस्टाइनले त्यस्तो चेतावनी दिनुभएको हो ।

भेटमा इजराइली अधिकारीहरूले तीनै जना राजदूतलाई अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा पाँच महिला सैनिकको अपहरणको भिडियो देखाएका थिए । बुधबार मिडियामा जारी गरिएको तीन मिनेटको क्लिपमा दक्षिणी इजराइलमा नाहल ओज बेसबाट पक्राउ परेपछि महिलाहरूलाई जमिनमा बसेको, केहीको अनुहारमा रगत लागेको र उनीहरूको हात बाँधिएको देखाइएको थियो ।

अभियान समूह होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरमले क्लिपका साथ एक विज्ञप्तिमा उक्त फुटेज आक्रमणका क्रममा हमास लडाकूहरूले बडी क्यामेरामा खिचेको दुई घन्टाको भिडियोबाट लिइएको बताएको छ ।

बिहीबारको भेटमा ब्लिटस्टाइनले ‘प्यालेस्टिनी राज्यलाई मान्यता दिने ती सरकारको विकृत निर्णयका लागि राजदूतहरूलाई हप्काउनुभएको’ मन्त्रालयको वक्तव्यमा उल्लेख छ । उहाँले मान्यता दिने कमदले प्यालेस्टिनी लडाकूहरूले गाजामा अहिले पनि राखेका बन्धकहरूको रिहाईका लागि सम्झौतालाई अघि बढाउन थप कठिन हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा द्वन्द्वका क्रममा कथित युद्ध अपराधलाई लिएर इजराइलका प्रधानमन्त्री र रक्षामन्त्रीसहित हमासका नेताहरूका लागि पक्राउ पुर्जी माग गर्ने बताएको केही दिनपछि तीन वटै सरकारबाट समन्वित घोषणा आएको हो ।

प्यालेस्टिनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै मुलुकको भ्रमण गर्नुभएका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त कदमले मध्यपूर्व द्वन्द्वका लागि दुई–राज्य समाधानलाई पुनरजीवित गर्ने प्रयासलाई बलियो बनाउने बताउनुभयो ।

इजराइलले आक्रोशपूर्ण प्रतिक्रिया दिँदै तीन वटै मुलुकबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको छ । इजराइली प्रधानमन्त्री नेतान्याहुले बुधबार भन्नुभयो, “प्यालेस्टिनी राज्यलाई मान्यता दिने धेरै युरोपेली मुलुकको मनसाय आतङ्कको प्रतिफल हो ।” उहाँले सार्वभौम प्यालेस्टिनी राज्य ‘आतङ्कवादी राज्य’ हुने बताउनुभयो ।

एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले कार्यादेशमा नयाँ शिराबाट सहमति खोज्न पार्टीले भूमिका निर्वाह गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेससँग छलफल गरी सदनको गतिरोध अन्त्य गर्न पार्टीका तर्फबाट पहल गर्ने जानकारी दिनुभयो । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्नेमा विवाद छ ।

बैठकले १०औँ राष्ट्रिय महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने र महाधिवेशन तयारीका लागि थप छलफल गर्न सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृता वस्थामा भेटिएका थिए ।

मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए । २१ मेका दिन चौथो शिविर पुगेका उनीहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे÷नगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो ।

सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

जनकपुर । धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मजदुर रहेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा आज ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार इनारभित्र पसेर सफा गर्ने क्रममा निस्सासिएर उनको मृत्यु भएको हो ।

रघुनाथपुर सशस्त्र वेस क्याम्पका सशस्त्र प्रहरीको सहयोगमा झण्डै ४० मिटर गहिरो उक्त इनारबाट शर्माको शव निकालिएको थियो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

यसैगरी गोदारस्थित कमला स्टोन क्रसर उद्योगमा कार्यरत गणेशमान चारनाथ नगरपालिका–४ का २० वर्षीय अर्जुन यादवको मृत्यु भएको छ । बुधबार राति क्रसर उद्योगको फित्तामा बेरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक साहले जानकारी दिए ।

उक्त घटनामा सोही क्रसरमा काम गर्ने बाराको निजगढका ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन् । उनको गोदारस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
सातदोबाटोस्थित कराते महासङ्घको एकेडेमीमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, बङ्गलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलङ्का र सिङ्गापुर गरी करिब दुई हजार पाँच सय खेलाडीको सहभागिता रहने महासङ्घका अध्यक्ष कुलबाहदुर बुढामगरले जानकारी दिए ।

यही जेठ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८५ स्वर्णपदक, ८५ रजत तथा एक सय १६ कास्यपदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ २० किलो, २१—२६, २७—३२, ३३—३८, ३९—४४, ४५—५०, ५१—५६, ५७—६२, ६३—६८, ६९—७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी महिलातर्फ २० किलोमुनि, २१–२६, २७–३२, ३३–३८, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२ र ६२ किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर तौल समूह ९ब्ल्याक बेल्ट०को पुरुषतर्फ ४४ किलो मुनि, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४, ७५–८० र ८० किलोमाथि, महिलातर्फ ३८ किलोमुनि, ३९–४४, ४५–५०, ५१–५६, ५७–६२, ६३–६८, ६९–७४ र ७४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै एकल काताको पुरुषतर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डान) र महिलातर्फ एलो, ग्रीन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डानसम्म प्रतिस्पर्धा हुनेछ । समूह काताअन्तर्गत पुरुष सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) र महिला सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) मा प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिता सञ्चालनको लागि करिब रु ५० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

‘बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गरिने’

लन्डन, जेठ १० गते । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गर्नुभएको छ । “आज बिहान मैले संसद् विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भन्नुभयो ।

नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र रूपमा (दुई दशमलव तीन प्रतिशतमा) झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्रीको यो घोषणा आएको हो । करिब तीन वर्षमा यो तथ्याङ्क सबैभन्दा कम हो । सत्तारुढ कन्जर्भेटिभ पार्टीले यसलाई एउटा उत्साहजनक उपलब्धि मानेका छन् ।

सन् २०२३ जनवरीमा प्रधानमन्त्रीको पाँचवटा प्रतिज्ञामध्ये मुद्रास्फीति न्यूनीकरण पनि समावेश रहेको थियो । सन् २०२२ जुनको अन्त्यमा मुद्रास्फीति २२ प्रतिशतभन्दा माथि पुगेको थियो । सुनकले हालको यो तथ्याङ्क देशको अर्थतन्त्रका लागि प्रमुख उपलब्धि र उज्ज्वल भविष्यको प्रतिबिम्ब रहेको बताउनुभयो ।

बेलायतमा कन्जर्भेटिभ पार्टीले १४ वर्षदेखि सत्ता सम्हाल्दै आएको छ । यसले हालैका वर्षहरूमा सुस्त आर्थिक वृद्धिदेखि राजनीतिक अस्थिरतासम्मका चुनौतीहरूको सामना गर्नुपरेको छ । पार्टी नेतृत्वको बारम्बार परिवर्तनले कन्जर्भेटिभ पार्टीभित्रको अस्थिरतालाई देखाउँछ । पछिल्लो युगोभ सर्वेक्षणका अनुसार टोरीहरू (कन्जर्भेटिभ पार्टी) हाल आफ्नो मुख्य प्रतिद्वन्द्वी लेबर पार्टीभन्दा पछाडि रहेका छन् ।

ग्रीष्मकालमा हुने चुनावका लागि सुनकको आह्वानप्रति प्रतिक्रिया दिँदै श्रम नेता कीर स्टारमरले भन्नुभयो, “यो देशले चाहेको र पर्खिरहेको क्षण हो। देशको भविष्य तपाईँको हातमा छ ।”

“हामी अराजकता रोक्न सक्छौँ, पृष्ठ घुमाउन सक्छौँ र बेलायतको पुनर्निर्माण गर्न र हाम्रो देश परिवर्तन गर्न सुरु गर्न सक्छौँ,” उहाँले थप्नुभयो ।

लिबरल डेमोक्र्याटका नेता एड डेभीले भन्नुभयो “यो सरकार जनताको सम्पर्क बाहिर छ । यो कन्जर्भेटिभ सरकारलाई फ्याँक्ने समय हो ।” मे ३० मा बेलायती संसद् औपचारिक रूपमा विघटन हुनेछ र त्यसपछि चुनावी अभियान जुलाई ४ को मतदानको दिनसम्म चल्नेछ ।

सुनकको घोषणापछि बकिङ्हम प्यालेसबाट आएको एक विज्ञप्तिमा भनिएको छ, “शाही परिवारले सामान्य प्रक्रियाअनुसार चुनावी अभियानबाट ध्यान विचलित गर्ने र हुने कार्यक्रमहरू स्थगित गर्नेछ ।”

“हालैका आर्थिक तथ्याङ्कहरूलाई ध्यानमा राख्दै आम चुनावको घोषणा कुनै वास्तविक आश्चर्यको कुरा थिएन । देशको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको छ र यो रणनीति परिवर्तन गर्ने समय होइन भनी वर्तमान सरकारले तर्क गर्नसक्छ,” बर्मिङ्घम विश्वविद्यालयका प्राध्यापक जोन ब्रायसनले भन्नुभयो ।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई)का प्राध्यापक इयान बेगले कन्जरभेटिभ पार्टी ‘जनमत सर्वेक्षणमा धेरै पछाडि रहेको’ र लेबर पार्टीको ‘परिवर्तनको समय’ को कथा मतदाताहरूसँग प्रतिध्वनित भएको बताउनुभयो ।

लिभरपुल विश्वविद्यालयका प्राध्यापक जोन टोङले यो एउटा असाधारण निर्णय भएको बताउनुभयो ।

युक्रेनको खार्किभ क्षेत्रमा ११ हजार मानिस विस्थापित

युक्रेन, जेठ १० गते । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी सेनाले मे १० मा जमिनी आक्रमण गरेपछि करिब ११ हजार मानिस आफ्नो घर छोड्न बाध्य भएको युक्रेनी गभर्नरले बिहीबार बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले रुसलाई १८ महिनामा सबैभन्दा ठुलो क्षेत्रीय लाभ भएको बताउँदै धेरै लहरमध्ये यो पहिलो हुनसक्ने बताउनुभयो ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले टेलिग्राममा एक पोस्टमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आक्रमणपछि १० हजार ९८० जनालाई उक्त स्थानबाट बाहिर निकालिएको छ ।

रुसी सेनाहरू लिप्ट्सी र भोभ्चान्स्क सहरलगायत सीमावर्ती गाउँतर्फ अघि बढेपछि हजारौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका थिए ।

सीमाबाट केवल पाँच किलोमिटर टाढा भोभचान्स्क क्षेत्रमा ‘लडाइँ जारी रहेको बताउँदै जनरल स्टाफले आफ्ना रक्षकहरूले सफलरूपमा प्रतिरोध गरिरहेको जनाउनुभएको छ ।

युद्ध अध्ययन संस्थानको तथ्याङ्क अनुसार मस्कोले मे ९ देखि १५ बिचमा आक्रमणबाट युक्रेनी क्षेत्रको २७८ वर्ग किलोमिटर जमिन कब्जा गरेको छ ।

मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च

जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको छ । मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो ।

उक्त अवधिमा चालु खर्च तर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात् रु चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पूँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात् रु तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए ।
मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए ।

चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पूँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात् ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार कूल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो ।

आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा यो पटक ५० प्रतिशतसमेत बजेट कार्यान्वयन हुन चुनौती रहेको जानकारहरूका भनाइ छ ।

गृहमन्त्रीको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने कांग्रेसको अडानका कारण कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

काठमाडौँ। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले)को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उहाँको भनाइ छ।

कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको उहाँको भनाइ छ। “बैठक निष्कर्षविहीन भयो”, उहाँले भन्नुभयो, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो। आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाहिँ भोलि बिहान ८ः३० बजे लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ। ”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयो।

“विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री लामिछाने। छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरीकन कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हामीले स्पष्ट रूपमा भनेका छौँ, यसकाबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ। स्पष्ट रूपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वतः अपचलनमा सहभागी हुनुहुन्छ। आजको बैठकमा सरकार पक्षलाई यही कुरा राखेको छु।”

प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ। उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता परियार हुनुहुन्छ।

श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरी मनाइयो बुद्धजयन्ती

काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । आज घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उहाँले खेलेको योगदानको स्मरण गरी पर्व मनाइएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उहाँको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो’ यस्ता अनेकौँ कालजयी सन्देशबाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो । यस अवसरमा नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्धजयन्ती मनाउने गरेका छन् ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाइएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो । भगवान् विष्णुको नवौँ अवतार मानिनुहुने उहाँले कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिनुभएको इतिहास छ । राजकुमारका रूपमा प्राप्त हुने सुखसयल छोडी दु:ख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा तपस्याका लागि निस्कनुभएका उहाँले तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याउनुभयो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पिपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दु:खलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्धदर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । यसप्रति अध्ययन, अनुसन्धान गर्नेको सङ्ख्या पनि बढेको छ । रासस

बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी : प्रधानमन्त्री

ललितपुर, जेठ १०-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।
कोन्ज्योसोम गाउँपालिकाद्वारा आज यहाँ आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । सरकारले अघिल्लो महिनामात्रै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उक्त सम्मेलनमा ठोट्नेखोलाको पानी प्रयोग गरी उपत्यकावासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

“मेरो विश्वास छ, उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत् आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।” कोन्ज्योसोम गाउँपालिकाका केही वडालाई नयाँ सहरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताउनुभयो ।

उहाँले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटीखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी तीनवटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो । ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री दाहालले अग्र्यानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधन स्रोतको अधिकतम् उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

“करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसबाट गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”

प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

चीन । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको छ ।


वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख किलोवाट (२०.६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ ।

जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक बर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो बर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ ।

रामग्राम स्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ

नवलपरासी, जेठ १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्राम स्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुद्धजयन्तीको अवसर पारेर आज पश्चिम नवलपरासीस्थित रामग्राम स्तूपको अवलोकन गर्दै मन्त्री तामाङले रामग्राम स्तूप क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रिपरिषदमा स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको वि.सं.२०७८ सालमा गुरुयोजना बनाइएको थियो । लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलको विकास र प्रचार प्रसार हुन सके दीर्घकालीनरुपमा यस क्षेत्रको विकास हुन सक्ने मन्त्री तामाङको भनाइ थियो । बुद्धसँग जोडिएका ऐतिहासिकस्थलको विकासका लागि तीनै तहका सरकारबिच सहकार्य जरुरी रहेकामा मन्त्री तामाङको जोड थियो ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले सङ्घीय सरकारले बुद्धसँग जोडिएका प्रदेशका समग्रस्थलको विकासलाई प्राथमिकतामा राख्नुपर्ने र त्यसमा पहलका लागि मन्त्री तामाङलाई आग्रह गर्नुभयो । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्राम स्तूपको विकासका लागि सङ्घ, प्रदेश सरकार र लुम्बिनी विकास कोष संयुक्तरुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले निर्माण गरेका ऐनहरु बाझिएकाले काम गर्न कठिनाइ भएकोसमेत बताउनुभयो ।

ग्रेटर लुम्बिनीअन्तर्गत बनाइएको गुरुयोजनाले स्तूप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजनाअनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचना निर्माणका लागि पाँच अर्ब ५० करोड लागत अनुमानसहित गुरुयोजना तयार गरिए पनि मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी छ । गुरुयोजना कार्यान्वयनमा आए नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिकस्थलको विकासका साथै बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् ।

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

मेक्सिको सिटी-। बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्यलाई देखिन्छ । भिडियोमा स्टेजबाट भाग्दै गरेका मानिसहरूलाई कैँद गरिएको छ ।

गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा वर्णन गर्नुभयो ।पीडितका आफन्तहरुले हावाको तीव्र बेगकाका कारण स्टेज खसेको बताएका छन् । भिडियो सामग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनाबी र्‍याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो । कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेद्वारहरूले पनि भाग लिएका थिए ।मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो । रा

राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ

मनहरी, जेठ १० गते । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राख्नुभयो ।

उपसभापति गुरुङले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताउनुभयो । “कांग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ । त्यसका सुरुआत हामी आफैँबाट गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो ।

समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, सङघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो । समाजका पूर्वकेन्द्रीय अध्यक्ष डा.केदारनरसिंह केसीले बौद्धिक व्यक्तित्व रहेको समाजले देशमा संकट छाएको बेला उल्लेख्य भूमिका खेल्दै आएको भन्दै त्यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा समाजका बागमती प्रदेश अध्यक्ष भरत दवाडीले विधिको शासन जोगाउन विचार समाज स्थापना भएकाले सोहीअनुसार क्रियाशील हुनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष डा.देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, हेटौँडा उपमहानगरका पूर्वसभापति आनन्दराम पराजुलीलगायतले आफ्नो विचार राख्नुभएको थियो । सोही अवसरमा प्रजातान्त्रिक सेनानी सम्मानबाट अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

भूमेस्थानमा विधिपूर्वक पूजा आराधना गरी उभौली मनाइयो

काठमाडौँ, जेठ १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । यस समुदायका मानिसले भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाएका छन् ।

बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किराँत समुदायमा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ ।

यो पर्व प्रकृतिपूजक भएको यस विषयका अनुसन्धाताको भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किराँत समुदायको चाडपर्वका विषयमा अनुसन्धातरत समाजशास्त्री कीर्तिकुमार दुमी राईले बताउनुभयो । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायकाबीच साकेला नाच पनि नाचिन्छ । ललितपुरको सानो हात्तीवनमा रहेको साकेलास्थान जसलाई किराँत समुदायले पितृको पूजास्थलका रुपमा मान्छन् त्यहाँ समेत पूजारीले विधिपूर्वक पूजा आराधना गरिएको छ । हात्तीवनमा जम्मा भएका हजारौँ भक्तजनले चण्डी र साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गरेको उहाँले जानकारी दिनुभयो ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कबासिन्दाले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउने गरेको किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले बताउनुभयो ।

बुद्ध जयन्तीले सबैलाई मानव कल्याण र सत्मार्गमा हिँड्न प्रेरणा मिलोस्’: अध्यक्ष दाहाल

काठमाडौँ I राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभर रहनुभएका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उहाँले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ ।

“मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुनेछ”, उहाँले सन्देशमा भन्नुभएको छ– “बुद्ध जन्मस्थल लुम्बिनी नेपालको हुनु नै हाम्रो लागि गौरवको विषय हो, बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरका बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउन सके यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि ठूलो योगदान हुनसक्छ ।”

यसैबीच, अध्यक्ष दाहालले किरात समुदायको पर्व उँधौलीका अवसरमा बेग्लै शुभकामना सन्देश जारी गरी यो पर्वले सबै वर्ग, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “उँभौली पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।” सन्देशमा उहाँले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र भएको र संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गर्नुभएको छ ।

बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल

काठमाडौँ, जेठ १० गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गर्नुभएको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उहाँले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताउनुभएको छ ।

बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई अवलम्बन गर्न सकेमा एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । यसैबीच, उहाँले उँभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

हेतुवादी महाश्रमण हुनुहुन्छ बुद्ध

राजु शाक्य ।

इसापूर्व ५६३ वर्षअघि आजैका दिन नेपालको लुम्बिनी उपवनमा भगवान् बुद्धको जन्म भएको हो । बुद्धलाई विश्वभरका मानिसहरु शान्ति र अहिंसाका नायकका रुपमा स्मरण गर्दछन् । वैरले वैरभाव शान्त हुँदैन अवैरभावले मात्रै वैरभाव शान्त हुन्छ भनेर त्यो बेलाको समाजलाई बुद्धले जुन शाश्वत शान्ति सन्देश दिनुभयो त्यसलाई अर्ती र उपदेशमा मात्रै सीमित नराखी उहाँले जीवनपर्यन्त व्यवहारमा लागू गरेर देखाइदिनुभयो ।

उहाँले २९ वर्षको युवावस्थामा दरबारको सुखसयललाई तिलाञ्जलि दिनुुभयो । श्रीमती र भर्खर जन्मेको छोरो त्यागिदिनुभयो । वर्षौंसम्मको कठोर साधनापछि अन्ततः उहाँमा ज्ञानचक्षु उदय भयो । त्यो आजकै दिन थियो । सबै नै नासिएर जाने यो संसार अनित्य रहेछ, नश्वर रहेछ, क्षणभङ्गुर रहेछ, आफ्नो वंशमा नभएको यो संसार दुःखदायी रहेछ र त्यसकारण आत्मा नामको स्थिर तथा शाश्वत कुनै चीज पनि हुँदो रहेनछ । उहाँलाई यही अनित्य, दुःख र अनात्म ज्ञानको बोध भयो । संक्षिप्तमा भन्नुपर्दा यही नै बुद्धले साक्षात्कार गरेको सत्य हो ।

तत्कालीन रुढिग्रस्त समाजलाई उहाँले यही ज्ञान बाँड्दै हिँड्नु भयो । सामाजिक विसङ्गतिहरु विरुद्ध बिगुल फुक्दै बहुजन हित र बहुजन सुखका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभयो । कसैको शरणमा नगएर आफ्नो दीप आफैँ बन्नू भन्नुहुने बुद्धले असङ्ख्य मानिसलाई जीवन मुक्तिको मार्ग देखाउँदै हिँड्नुभयो । अन्ततः आजैका दिन अनित्य स्वभावको आफ्नो नश्वर देहलाई त्यागेर उहाँ परिनिर्वाण हुनुभयो । गौतम बुद्धको जन्म, बोधिज्ञान लाभ र परिनिर्वाणका त्रि–संयोग घटित वैशाख पूर्णिमाको दिनलाई यसकारण समस्त बौद्धजन पवित्रतम् मान्दछन् ।

लुम्बिनीले विश्व शान्तिको मुहानको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । सम्राट अशोकले आफ्नो राज्याभिषेकको बीसौँ वर्षमा यस क्षेत्रको भ्रमण गर्नुभयो र त्यसको संस्मरणका लागि बुद्ध जन्मेको यस गाउँलाई करमुक्त गरिदिएँ भनेर शीलास्तम्भ गाड्नुभयो । यही शीलास्तम्भका कारण रुम्मिनदेइ वा लुम्बिनीको पहिचान सम्भव भयो । विश्वभरका बौद्ध अनुयायीहरुका लागि सदियौँसम्म पृथ्वीको गर्भमा दबिएर बसेको यस पवित्र भूमिमा श्रद्धा र आस्था पोख्ने अवसर मिल्यो । कपिलवस्तु जिल्लाको निग्लीहवा र गोटिहवामा पनि अशोक स्तम्भहरु ठड्याइएका छन् । यी ठाउँहरु क्रमशः कोणागमन र क्रकुछन्द बुद्धका जन्मस्थलहरु भएको विश्वास गरिन्छ । बौद्धजन समयक्रममा यस धर्तीमा बुद्धहरु उत्पन्न भइरहन्छन् भन्ने मान्यता राख्दछन् । पछिल्ला सात बुद्ध (सप्त तथागत) मध्ये तीन बुद्धको जन्म नेपालकै सरहदभित्र भएका प्रमाण यी स्तम्भहरुले दिइरहेका छन् । त्यसकारण शाक्यमुनि बुद्धले २६०० वर्षअघि जुन धर्मको चक्र घुमाउनुभयो त्यो नौलोे प्रतिपादन नभएर समूल विलुप्त भइसकेकै सनातन धर्मकै प्रवर्तन थियो । धर्मचक्र प्रवर्तन भनेर भनिएको कारण यही हो । एसियाकै ज्योति भनेर उपमा दिइए पनि उहाँ विश्वकै ज्योतिको रुपमा स्थापित हुनुहुन्छ । उहाँ कोही कसैद्वारा खटाइएका दूत वा अग्रदूत हैनन्, सृष्टिकर्ता वा ईश्वर पनि हैनन् । अनिश्वरवादी र अनात्मवादी बुद्धद्वारा देशित जुन धर्मस्कन्ध छन्, ती अन्य कुनै पनि धर्मका हाँगा वा शाखा हैनन् ।

बुद्धले ४५ वर्षसम्म गाउँगाउँ जनपद जनपद घुम्दै दुई कुरा सिकाउँदै हिँड्नुभयो– दुःख र दुःखबाट मुक्ति । राजदरबारको सुखसयलमा हुर्के बढेका सिद्धार्थ राजकुमारलाई दुःख कष्ट भोग्न परोइन । घुम्न निस्किँदा उहाँले चाउरिएको कुप्रो वृद्ध, रोगी र मरेको मान्छे देख्नुभयो, सम्पूर्ण प्राणीलाई जीर्णता, शारिरीक ब्याधी र मृत्युले छोड्दो रहेनछ भन्ने संवेग उहाँमा ती क्षणहरुमा उत्पन्न भयो । त्यसको ठीक उल्टो संवेग उत्पन्न भयो जब उहाँले एक उन्मुक्त यायावरलाई देख्नुभयोे । यिनै संवेगले उहाँलाई राजगद्दी त्यागेर ज्ञानको खोजीमा एक्लै हिँड्न प्रेरित ग¥यो ।

गुरुहरुको दैलो चहार्दै त्यसबेलाका परम्परा र वादहरु सिक्दै पछ्याउँदै जानुभयो, उहाँलाई त्यसबाट सन्तुष्टि मिलेन, ती पूर्ण महसुस भएनन् । एक्लै अघि बढ्ने प्रयासमा उहाँ आहार त्यागेर कठोर तपस्यामा लीन हुनुभयो । शरीर दुर्बल र क्षीण भयो तर, ज्ञानोदय भएन । फेरि भोजन ग्रहण गर्न थाल्नुभयो । उहाँको बदलिएको व्यवहार देखेर उहाँलाई विश्वास गरेर पछ्याइरहेका अनुयायीहरु ‘सिद्धार्थ पथभ्रष्ट भए’ भनेर एकातिर लागे तर, उहाँ आफ्नो मार्गबाट विचलित हुनुभएन । एक रात उहाँले पृथ्वीलाई साक्षी राखेर बोधिवृक्षमुनि पलेटी कसेर अधिष्ठान लिनुभयो र संसारको स्वभाव धर्मलाई निरन्तर नियाल्दै बस्नुभयो । अन्ततः उहाँलाई बोधिज्ञान लाभ भयो, त्यो आजैको दिन थियो । बोधिज्ञान लाभ भएपछिको उहाँको पहिलो उद्गार यस्तो थियो– ‘यस भव संसारमा बारम्बार जन्म लिएँ । पञ्चस्कन्धरुपी यो घर (शरीर) बनाउने तृष्णा भेट्टाउन नसकेर यो संसारको चक्कर काटिरहेँ । अब मैले त्यसलाई भेट्टाइसकेँ । त्यस्तो घर बनाउने सबै ज्यावल भाँचिदिई सकें, छानो भत्काइदिएँ । हे गृहकारक ! अब फेरि घर बनाउन सक्ने छैनौँ । तृष्णा समूल नष्ट भइसक्यो । म मुक्त भइसकेँ ।’

उहाँले त्यसपछिका सात हप्ता यिनै ज्ञानको चिन्तन मननमा प्रीति अनुभव गर्दै व्यतीत गर्नुभयो । यो गम्भीर धर्म जनसाधारणलाई बुभ्mन अत्यन्त कठिन हुने कुरा थाहा पाउनु भयो र कसैलाई नबताउनु नै श्रेयष्कर हुने निष्कर्षमा पुग्नुभयो । तर, कोही देवताले आएर उहाँसँग अनुनय गरे कि यस संसारमा त्यस धर्मलाई सूक्ष्मातिसूक्ष्म ढङ्गले अवबोध गर्न सक्ने तीक्ष्ण बुद्धि भएका मानवहरु पनि विद्यमान छन्, उनीहरुकै खातिर भए पनि यो धर्मलाई प्रकाश पारिदिनुपर्छ । त्यस आग्रहप्रति उहाँ सहमत हुनुभयो र सर्वप्रथम आफ्ना तिनै पुराना पाँच अनुयायीहरुलाई बताउने निधो गरेर सारनाथ प्रस्थान गर्नुभयो । त्यहाँ उहाँले धर्मचक्र प्रवर्तन सूत्र र त्रिलक्षण सुत्र देशना गर्नुभयो । ती अनुयायीहरुले त्यस गम्भीर धर्मोपदेशलाई एक एक गर्दै क्रमशः बुझ्न थाल्नुभयो र उहाँहरुमा ज्ञानचक्षु उदय भयो ।

यी सूत्रहरुको देशनाअघि उहाँले आफ्ना अनुयायीहरुलाई दुई अतिवादलाई त्याग्न उपदेश दिनुभयो । पञ्चकाममा लिप्त भएर जीवन व्यतीत नगर्न र दुःखबाट मुक्ति पाइन्छ भनेर शरीरलाई कष्ट हुने नानाथरीका व्रत उपासनाहरुमा नलाग्न दिनुभएको उपदेश नै मानव जातिलाई उहाँले दिनुभएको पहिलो सन्देश थियो । दुई अतिवादलाई त्याग्नुपर्ने यो नै उहाँको मध्यम मार्ग थियो । नखाएरै तपस्यामा लीन हुँदा त ज्ञान पाउन सक्नुभएन भने हृष्टपुष्ट शरीर बनाएर कहाँ ज्ञान पाउन सकिन्छ र ? भनेर तिनै पाँच अनुयायीले अविश्वास गरी पटक पटक शङ्का उठाएपछि बुद्धले यो उपदेश दिनुभएको थियो ।

तत्पश्चात् संसारका प्राणीहरुमाथि अनुकम्पा राखी बहुजन हित र सुखका लागि यीे उपदेश बाँड्दै हिँड्न बुद्धले आफ्ना ती पाँच शिष्यलाई आज्ञा गर्नुभयो । त्यही आज्ञा शिरोपर गर्दै पञ्चवर्गीय भिक्षुगण गाउँगाउँ चारिका गर्न थाल्नुभयो । त्यसमध्येका एक भिक्षु अस्सजित बिहान भिक्षाटनका लागि बाटामा जाँदै हुनुहुन्थ्यो । उहाँको संयमपूर्ण हिँडाइ र चञ्चलतारहित आँखा देखेर एक जिज्ञासु बटुवाले आफूलाई थाम्न सकेनन् र ती भिक्षुको सामुन्ने पुगेर प्रश्न राख्नुभयो – तपाईंका गुरु को हुनुहुन्छ ?

प्रत्युत्तरमा ती भिक्षुले भन्नुभयोे, “हेतुबाट उत्पन्न हुने जति पनि धर्म (विषय) हरु छन् ती सबैका कारण र त्यसको निरोध पनि उहाँ बताउनुहुन्छ । यस्ता हेतुवादी महाश्रमण मेरा गुरु हुनुहुन्छ ।” वर्षौंदेखि सद्धर्मको खोजीमा भौतारिरहेका त्यस व्यक्तिमा यस जवाफबाट थप उत्सुकता जाग्यो र कुनै विलम्ब नगरी आफ्ना मिल्ने साथीलाई लिएर बुद्धका सामु पुग्नुभयो । उहाँहरु बुद्धशासनमा दीक्षित हुनुभयो । पछि यी दुवै ब्राह्मण सारिपुत्र र मौगल्यायनको नामले प्रख्यात हुनुभयो ।

भगवान् बुद्धले आफ्ना सम्पूर्ण उपदेशलाई दुई कुरामा केन्द्रित गर्नुभएको छ– दुःख र दुःखबाट मुक्ति । सारा सत्व प्राणीहरु सांसारिक दुःखको भुमरीमा फसेर बसेका छन्, भवको चक्कर काटिरहेका छन् । क्लेश र उपक्लेशको आवरणबाट ढाकिएर उनीहरु दिग्भ्रमित भइबसेका छन्, सत्य देख्न सकेका छैनन् । क्षणिक सुखमा भुलेर दुःखदायी अनित्य संसारको स्वभाव जान्न र बुझ्न नसकेर पद, पैसा, प्रतिष्ठा र आरामदायी जिन्दगीको मृगतृष्णामै रुमलिरहेका छन् । किनारा भेट्टाउन नसकी समुद्रमा गोता लगाइरहेका छन् । अज्ञानता वा अविद्याका कारण बुँख्याचालाई साँच्चैको मानव ठानेर बसेका छन् । उनीहरु जानी नजानी काय, वाक् र चित्तले अपराध कर्महरु (त्रिविध संस्कार) गरिरहेका छन् जुन कर्मसंस्कारहरु भावी जन्म वा भवका लागि हेतु हुन् । नास्पतिको बीउ रोपेर नास्पति नै फल्ने हो, स्याउ फल्ने होइन । यही हेतुलाई जरैबाट निमोठ्ने कार्यकारणमा आधारित १२ अङ्गयुक्त ‘प्रतीत्य समुत्पादको सिद्धान्त’लाई भगवान् बुद्धले अघि सार्नुभएको हो ।

जन्म मरणको चक्र वा भवमा घुमिरहनु पर्नाका कारण अविद्या हो । अविद्याले मूढ भएको व्यक्ति सही/गलत वा कुशल/अकुशल कर्म छुट्टयाउन असमर्थ हुन्छ । चतुरार्य सत्यको ज्ञान नहुनु, संसारको यथार्थ स्वभावलाई नबुझेर तृष्णामा लिप्त भई बस्नु अविद्या हो । अविद्याका कारण संस्कार उत्पन्न हुन्छ, मानिस आफ्नै कर्मका कारण कुशल वा अकुशल संस्कार संग्रह गर्न पुग्छन् । संस्कारबाट विज्ञान उत्पन्न हुन्छ । प्रिय÷अप्रिय भेद गरी खासखास चित्तवृत्तिको विकास गर्छ, चित्तलाई रञ्जित पार्छ । विज्ञानबाट नामरुप, नामरुपबाट षडायतन, षडायतनबाट स्पर्श, स्पर्शबाट वेदना, वेदनाबाट तृष्णा, तृष्णाबाट उपादान, उपादानबाट भव, भवबाट जाति र जातिका कारण जरामरण, शोक, परिदेव, दुःख, दौर्मनस्य, उपायासादि उत्पन्न हुन्छन् ।

यस पञ्चस्कन्धरुपी शरीरलाई हरेक मानवले साँच्चैको ‘म’ र ‘मेरो’ भनेर बलियोसँग पक्डेर बसेको छ । यो मिथ्यादृष्टि हो । म भन्ने कुनै प्राणी छैन, आत्मा छैन, सृष्टिकर्ता वा ईश्वर छैन । जे छ क्षणक्षणमा परिवर्तन भइरहने अनित्य स्वभाव धर्म मात्र छ । आफ्नो नियन्त्रणमा नरहेको व्याधादि पीडालाई रोक्न नसक्ने यो परिवर्तनशील शरीरले कर्म, चित्त, क्रृतु र आहारको आश्रय पाइरहेको हुन्छ । मानिसलाई जीवित बनाइराख्ने हेतु यिनै हुन् । कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व छैन, सबै नै परतन्त्र स्वभावका हुन् । ‘अस्मिन् सति इदं भवति’ अर्थात् यो भएमा त्यो हुन्छ । हेतुप्रत्ययका कारण निरन्तर बदलिरहने जुन स्वभाव धर्म छ त्यो अनित्यता हो, त्यो नै शून्यता हो । रित्तो, खाली जनाउने त्यो शून्यता हैन । यसरी बौद्धहरु प्रतीत्य समुत्पादको अर्को पाटा शून्यता हो भनेर बुझ्ने गर्छन् ।

जबसम्म पञ्चस्कन्धरुपी शरीर रहन्छ, दुःख हट्दैन । बुद्धले दुःख निरोधको मार्ग आर्य अष्टांगिक मार्ग हो भनेर बताउनुभएको छ । ती हुन्– सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वाचा, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि । यसलाई अर्को शब्दमा मध्यम मार्ग पनि भनिन्छ । आज बुद्धद्वारा प्रतिपादित यिनै मध्यम मार्गको चिन्तन मनन् गरी संसारको दलदलबाट मुक्त हुन प्रण गर्ने दिन हो ।

(लेखक राससका नायब महाप्रबन्धक हुनुहुन्छ)